Author: Ilam

  • भारतले सीमा मिचेकोमा जनताकाे तीब्र बिरोध पछि परराष्ट्रले निकाल्यो ‘झारा टार्ने’ विज्ञप्ति

    भारतले सीमा मिचेकोमा जनताकाे तीब्र बिरोध पछि परराष्ट्रले निकाल्यो ‘झारा टार्ने’ विज्ञप्ति

    काठमाडौँ । भारतले पश्चिम नेपालका भूभाग आफ्नो क्षेत्रमा समेटेर नयाँ नक्सा जारी गरेको प्रतिकृया स्वरुप नेपाल सरकारले विज्ञप्ति प्रकाशित गरेको छ । भारतले ५० बर्ष देखि मिच्न कोशिस गर्दै आएको भूभाग अन्नतः आफ्नो क्षेत्रफलमा समेटेर केही दिन अघि नयाँ नक्सा जारी गरेको थियो । पश्चिम नेपालका विवादिद क्षेत्रहरु लिपुलेक र कालापानी भारतले एकपक्षिय रुपले आफ्नो नक्सामा समेटेको थियो ।

    भारतीय नक्सा प्रति सर्वसाधारण एवं सीमा जानकारहरुले तीब्र विरोध जनाएपछि सरकार आफ्नो धारणा सार्वजनिक गर्न बाध्य भएको थियो । तर परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्ती पुरै झारा टार्ने किसिमको छ । विज्ञप्ति कुन अधिकारीले जारी गरेको हो भनेर नामसम्म लेखिएको छैन । हस्ताक्षरमा एउटा धर्को तानिएको छ । विज्ञप्तिलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एवं परराष्ट्र मन्त्रालय दुबैले आफ्नो सामाजीक सञ्जालमा सेयरसम्म गरेका छैनन् ।

    जनताको आँखामा छारा हाल्ने हिसावले मात्र विज्ञप्ति निकालेको भन्दै सामाजीक सञ्जालमा विरोध भइ रहेको छ । मन्त्रालयको विज्ञप्तिमा विवादित कुनै पनि सीमाक्षेत्रको नक्सांकनमा एक पक्षिय निर्णय मान्य नहुने उल्लेख गरिएको छ । यसैबीच भारतले सीमा मिचेको विरोधमा बुधबार काटमाडौँको माइतीघर मण्डलमा प्रदर्शन भयो । यस्तै कन्चनपुरको महेन्द्रनगरमा पनि बुधबार साँझ सर्वसाधारणले भारतीय विस्तारबाद मुर्दावाद भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

  • राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगको राँको दन्कियो, ‘युक्रेनलाई दवाव दिएको पुष्टि’

    राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगको राँको दन्कियो, ‘युक्रेनलाई दवाव दिएको पुष्टि’

    न्यूयोर्क
    अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु भएको भोली पल्टै यो प्रकरण तीब्रता पाएको छ । मंगलबार मात्र हाउस स्पिकर न्यान्सी पिलोसीले ट्रम्प विरुद्ध महाभियोगको अनुसन्धान सुरुवातको घोषणा गरेकी थिइन् ।

    बुधबार बिहान ह्वाइट हाउसले ट्रम्प र युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्की बीचको टेलिफोन सम्बादको विवरण सार्वजनिक गरेको थियो । त्यसलाई डेमोक्र्याटहरुले कानूनीको सीधा उल्लंघनको रुपमा अथ्र्याएका छन् भने केही रिपब्लिकन नेताले सामान्य कुराकानीको संज्ञा दिएका छन् । त्यति हुँदा पनि मिट रोम्नी लगायतका रिपब्लिकन सिनेटर एवं बरिष्ठ नेताले भने उक्त विवरण गम्भीर रहेको प्रतिकृया दिएका छन् ।

    विवरण अनुसार ट्रम्पले युक्रेनी समकक्षी समक्ष पूर्व उपराष्ट्रपति एवं डेमोक्रेटिक नेता जो बाइडेन बिरुद्ध अनुसन्धानका लागि प्रष्ट जोड दिएका छन् । उनले आफुप्रति उदारता देखाउन अनुरोध गर्दै युक्रेनलाई थप सहयोगका लागु आफु तयार रहेको बताएका छन् ।
    बुधबार साँझ न्यूयोर्क टाइम्सले प्रकाशन गरेको अर्को समाचार अनुसार ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई फोन गर्नु पूर्व नै बाइडेन माथि अनुसन्धान गर्नु पर्ने सर्त राखेका थिए ।

    अर्कोतिर युक्रेन प्रकरणबारे अमेरिकी खुफिया सम्यन्त्रलाई सूचना दिने जासुस (ह्विसेलब्लोअर)को उजुरी विवरण पनि आज ह्वाइट हाउस र संसदीय समितिलाई उपलब्ध गराइएको छ । ट्रम्पले यो उजुरीलाई ‘क्लासिफाइड’ सूचीमा राखेको कारण सांसदहरुले सार्वजनिक गर्न मानेका छैनन् । तर, उजुरी विवरण हेरेका डेमोक्रेटिक सांसदहरुले त्यहाँ उल्लेखित तथ्य झनै गम्भीर रहेको र ट्रम्पले अक्षम्य गल्ती गरि सकेको पुष्टि भएको प्रतिकृया दिएका छन् । रिपब्लिकन सांसदहरु भने केहीले उजुरीलाई सामान्य मानेका छन् भने केहीले गम्भीर रहेको बताएका छन् ।

    अहिले सम्म ती ह्विसेलब्लोअर को हुन् भन्ने पुष्टि भएको छैन । उनी गोप्य रुपमा सांसदहरुलाई भेट्न तयार भएको समाचार बुधबार साँझ प्रकाशित भएको छ । उनको गोपनियता र सुरक्षाको सम्पुर्ण प्रत्याभूती मिलाएको जासुसी सम्यन्त्र नेशनल इन्टिलिजेन्सले जनाएको छ ।

    इन्टिलिजेन्सका कार्यबाहक निर्देशक जोसेफ मागुरले बिहीबार हाउस र सिनेटका इन्टिलिसेन्स कमिटीमा बयान दिन लागेका छन् । ह्वाइट हाउसले केही तथ्य लुकाउन अत्यधिक दवाव दिएपछि उनले राजिनामा दिने चेतावनी दिएको समाचार बुधबार वासिंटन पोष्टले ब्रेक गरेको थियो । मागुरले मंगलबार विज्ञप्ति निकालेर आफुले संसद र ह्वाइट हाउससँग समन्वय गर्ने एवं कानुन पालना र कार्यान्वयनमा कुनै सम्झौता नगर्ने बताएका थिए । बिहीबार हुने उनको सुनुवाइले महाभियोग प्रकरणलाई थप पेचिलो बनाउने विश्लेषण गरिएको छ ।

    २०१६ को निर्वाचनमा रसियन हस्तक्षेप स्वीकार गरेका कारण ट्रम्पलाई पदबाट हटाउन १०० बढि सांसदहरुले यसअघिनै स्पिकर पिलोसीलाई दवाव दिइ सकेका थिए । तर, उनी त्यतिले मात्र तथ्य स्थापित नहुने अडानमा थिइन् । मंगलबार भने उनले युक्रेन प्रकरणमा राष्ट्रपतिले कानून उल्लंघन गरेको प्रष्ट प्रमाण मिलेको बताएकी छिन् । सोही कारण युक्रेन प्रकरण लिक भएको एक सातामै ट्रम्पलाई पदबाट हटाउने प्रकृयाका लागि पिलोसी सहमत भइन् ।

    बाइडेन अहिले सन् २०२० को राष्ट्रपतिय चुनावलागि डेमोक्रेटिक प्रत्याशीहरुमा अग्रस्थानमा छन् । सर्भेक्षणहरुले ट्रम्प माथि उनी हावि हुने देखाइ रहेका छन् । यस्तोमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बाइडेन बिरुद्ध अनुसन्धानका लागि दवाव दिएको तथ्य प्रकाशित भएको थियो । युक्रेनले अमेरिकाबाट पाउने सैन्य सहयोगका पूर्व सर्तको रुपमा बाइडेनमाथि अनुसन्धान गर्न ट्रम्पले दवाव दिएको समाचारहरुमा उल्लेख छ ।

    अमेरिकी कानून अनुसार आफ्नो आर्थिक लाभका लागि विदेशीलाई गुहार्नु गैर कानूनी हो । राष्ट्रपतिलाई पदबाट हटाउन तल्लो सदनले साधारण बहुमत प्रस्ताव पारित गर्न सक्छ । त्यसलाई सिनेटले दुई दुहाई मत सहित अनुमोदन गर्नु पर्ने हुन्छ ।

  • अमेरिकी तल्लो सदनमा राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु

    अमेरिकी तल्लो सदनमा राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु

    न्यूयोर्क
    अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोगको प्रकृया सुरु भएको छ । हाउस स्पिकर न्यान्सी पिलोसीले ट्रम्प विरुद्ध महाभियोगको अनुसन्धान सुरुवातको घोषणा गरेकी हुन् ।

    युक्रेनी समकक्षीलाई पूर्व उपराष्ट्रपति एवं डेमोक्रेटिक नेता जो बाइडेन बिरुद्ध अनुसन्धानका लागि दवाव दिएको तथ्य प्रकाशमा आएसँगै पिलोसी महाभियोगका प्रकृया अघि बढाउने निर्णयमा पुगेकी हुन् । पार्टी भित्रको तीब्र दवावकाबीच पनि उनले यस अघि महाभियोग अघि बढाउन मानेकी थिइनन् । २०१६ को निर्वाचनमा रसियन हस्तक्षेप स्वीकार गरेका कारण ट्रम्पलाई पदबाट हटाउन १०० बढि सांसदहरुले यसअघिनै पिलोसीलाई दवाव दिइ सकेका थिए । तर, उनी त्यतिले मात्र तथ्य स्थापित नहुने अडानमा थिइन् । मंगलबार भने उनले युक्रेन प्रकरणमा राष्ट्रपतिले कानून उल्लंघन गरेको प्रष्ट प्रमाण मिलेको बताएकी छिन् । सोही कारण युक्रेन प्रकरण लिक भएको एक सातामै ट्रम्पलाई पदबाट हटाउने प्रकृयाका लागि पिलोसी सहमत भइन् ।

    बाइडेन अहिले सन् २०२० को राष्ट्रपतिय चुनावलागि डेमोक्रेटिक प्रत्याशीहरुमा अग्रस्थानमा छन् । सर्भेक्षणहरुले ट्रम्प माथि उनी हावि हुने देखाइ रहेका छन् । यस्तोमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बाइडेन बिरुद्ध अनुसन्धानका लागि दवाव दिएको तथ्य प्रकाशित भएको थियो । युक्रेनले अमेरिकाबाट पाउने सैन्य सहयोगकाे पूर्व सर्तको रुपमा बाइडेनमाथि अनुसन्धान गर्न ट्रम्पले दवाव दिएको समाचारहरुमा उल्लेख छ । समाचारहरुका अनुसार ओबामा राष्ट्रपति हुँदा दिइएको सैन्य सहयोगमाथि भएको भ्रष्टाचारमा बाइडेनलाई मुछ्नु पर्ने ट्रम्पको सर्त थियो ।

    अमेरिकी कानून अनुसार आफ्नो आर्थिक लाभका लागि विदेशीलाई गुहार्नु गैर कानूनी हो । त्यसैले आफ्नो चुनावी लाभका लागि ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई दवाव दिएको पुष्टि भए उनले पद छोड्नु पर्ने रिपब्लिकन नेताहरुले बताएका छन् ।

    रिपब्लिकन बहुमत रहेको संसदको माथिल्लो सदन सिनेटले समेत मंगलबार युक्रेनी राष्ट्रपति र ट्रम्पबीचको सम्बादको पुर्ण पाठ संसदलाई उपलब्ध गराउन निर्देशन दिइ सकेको छ । राष्ट्रपतिलाई पदबाट हटाउन तल्लो सदनले साधारण बहुमत प्रस्ताव पारित गर्न सक्छ । त्यसलाई सिनेटले दुई दुहाई मत सहित अनुमोदन गर्नु पर्ने हुन्छ ।

  • न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई

    न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई

    न्यूह्याम्पसर
    न्यूह्याम्पसर राज्यमा स्थापित एकमात्र नेपालीभाषीहरुको छात्रा संगठन न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०१९ (पुरुष सिंगल्स) को उपाधि दिनेश गुरुङले जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा मनिष हुमागाईँलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै गुरुङले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल्स संस्करणमा हर्क गुरुङ र रिकाश गुरुङको जोडी बिजयी भएको छ । उनीहरुले फाइनलमा किरण हुमागाईँ र मनिष हुमागाईँको जोडीलाई ६–३, ४–६ र ६–४ को अन्तरमा पारजित गरेका हुन् ।

    एक सातासम्म चलेको प्रतियोगिको सिंगल्स तर्फ १७ जना र डबल्स तर्फ नौ जोडी खेलाडीले भाग लिएका थिए । राज्यको म्याम्चेष्टर स्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताका विजयी एवं सहभागी खेलाडीलाई फाइनल खेलपछि आयोजित समारोहमा न्यूह्याम्पसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले ट्रफी एवं प्रमाणपत्र वितरण गरे । यसैगरी प्रतियोगिताको अवधिभर एम्पायरको भूमिका निर्वाह गर्ने हेमेन्द्रध्वज खड्का, वीर शाह, रविन थापा, गोविन्द गुरुङलाई प्रमाणपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यक्रममा अध्यक्ष गुरुङले खेल मार्फत राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुमा भाइचारा अभिबृद्धि गर्ने समाजको अभियानबारे चर्चा गरेका थिए । ‘हामीले हरेक बर्ष फुटबल, टेनिस लगायतका खेलकुद प्रतियोगिता आयोजना गरिरहेका छौँ, उनले भने ‘यसले न्यूह्याम्पसर मात्र नभइ अन्य छिमेकी राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुबीच पनि आत्मियता र भाइचारा बढाइ रहेको अनुभव गरेका छौँ ।’ टेनिस प्रतियोगितामा बर्षेनी बढ्दो सहभागिताले नेपालीहरुले आफ्नो समुदायमा मात्र नभइ अरु खुला प्रतिस्पर्धामा पनि छिटै आफ्नो पहिचान स्थापित गर्ने विश्वास आफुले लिएको उनको भनाइ छ ।

    प्रतियोगितामा राज्यका विभिन्न ठाउँहरुमा बसोबास गर्ने विभिन्न उमेर समूहका पुरुषहरुको सहभागिता रहेको थियो । ‘सहभागीहरुको संख्या बर्षेनी बढ्दो छ’ विगत केही बर्षदेखि खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएका न्यूह्यामसर नेपाली समाजका महासचिव माधव गुरुङले भने ‘नयाँ पिडीका भाइबहिनीहरुले पनि टेनिस खेलप्रति उत्साहजन सहभागिता जनाउँदै आएका छन् ।’

  • मेक्सिकोबाट अमेरिका छिर्नेलाई असाइलम नदिन ट्रम्प प्रशासनलाई अदालतको स्वीकृती

    मेक्सिकोबाट अमेरिका छिर्नेलाई असाइलम नदिन ट्रम्प प्रशासनलाई अदालतको स्वीकृती

    न्यूयोर्क
    अमेरिकी सर्बोच्च अदालतले ट्रम्प प्रशासनको असाइलममा कडाइ गर्ने नीतिलाई अनुमोदन गरेको छ । प्रशासनले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्नेले असाइलम आवेदन गर्न नपाउने नीति अख्तियार गरेको थियो ।

    सरकारी नीतिको पक्षमा सर्बोच्चका सात न्यायाधिशले साथ दिएका छन् । दुई न्यायाधिशले मात्र नीतिको विपक्षमा मत दिए ।

    क्यालिफोर्निया स्थित संघीय अदालतका न्यायाधिशले उक्त नीति कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प प्रशासनले सर्बोच्च गुहारेको थियो । यो नीतिले दक्षिणी सीमा हुँदै अमेरिका प्रवेश गर्ने नेपाली समेत प्रभावित हुनेछन् । विगतमा मानव तस्करहरुलाई रकम बुझाएर मेक्सिको हुँदै कैयन् नेपाली अमेरिका प्रवेश गरेका थिए ।

    विशेष गरि अश्वेत आप्रवासीहरुप्रति सुरुदेखिनै असहिष्णु नीति लिएको ट्रम्प प्रशासनको अहिलेसम्मकै ठूलो कानूनी जित हो । तर, यसमा अन्तिम फैसला हुन बाँकी छ । आउँदो बर्षको नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचन अगाडि यसमा अन्तिम फैसला आउने सम्भावना नरहेको कानूनी विश्लेषकहरुले उल्लेख गरेका छन् ।

  • ट्रम्प राष्ट्रपति चुनिएपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या बढ्यो, साढे आठ प्रतिशत अमेरिकी बीमा बिहिन

    ट्रम्प राष्ट्रपति चुनिएपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या बढ्यो, साढे आठ प्रतिशत अमेरिकी बीमा बिहिन

    न्यूयोर्क
    राष्ट्रपती डोनाल्ड ट्रम्पले राष्ट्रपतीको पदभार सम्हालेसँगै स्वास्थ बीमा गुमाउने अमेरिकीको संख्या उकालो लागेको छ । मंगलवार प्रकाशित संघीय तथ्यांक अनुसार ट्रम्पले कार्यभार सम्हालेपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या दुई लाखले बढेको हो ।

    अमेरिकी केन्द्रीय तथ्यांक विभागको सर्भेक्षण अनुसार सन् २०१८ मा मा बीमा बिहिन अमेरिकीको संख्या दुई करोड ७५ लाख पुगेको छ । सन् २००९ पछि पहिलो पटक अमेरिकामा बीमा बिहिनको संख्या बढेको हो । पूर्व राष्ट्रपति बाराक ओबामा राष्ट्रपतिमा चुनिएपछि बीमा बिहिनको संख्या घट्दै अाएकाे थियो । उनले ओबामा केयर कार्यक्रम मार्फत बिपन्नहरुलाई बीमाको दायरमा समेटेका थिए । ट्रम्प लगायत रिपब्लिकनहरु सुरु देखिनै ओबामा केयर खोस्ने पक्षमा भए पनि सकेका छैनन् । तर, यसका कैयन् प्रावधान वर्तमान सरकारले यसमा कडाइ गरेको छ ।

    डेमोक्र्याटहरुले ट्रम्प प्रशासनले ओबामा केयर हटाउन नसके पछि नागरिकले पाइ रहेको सुविधामा बिभिन्न छिद्रको प्रयोग गरि कटौती गर्दा बीमा बिहिनको संख्या बढेको भन्दै आलोचना गरेका छन् ।

    ‘राष्ट्रपति ट्रम्पको निर्दयी स्वास्थ्य नीतिका कारण २० करोड नागरिकले आफ्नो आफ्नो बीमा गुमाइ सके, कुनै भवितव्य या केही भइहाले कसरी उपचार गर्ने भन्ने भय र चिन्तामा नागरिकहरु जीवन बिताउन बाध्य भएका छन्’ अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख एवं डेमोक्रेटिक नेतृ न्यान्सी पिलोसीले भनेकी छिन् ।

    यस्तै सिनेटका डेमोक्रेटिक नेता चक स्हुमरले स्वास्थ्य सुरक्षणप्रति रिपब्लिकनको पछिल्लो प्रहारले नागरिकहरुलाई जोखिममा धकेलेको टिप्पणी गरेका छन् ।

    तथ्यांक विभागका अनुसार सन् २०१७ को अन्त्यतिर दुई करोड ५६ लाख अमेरिकीसँग कुनै पनि स्वास्थ्य बीमा थिएन । गत बर्ष यो बढेर दुई करोड ७५ लाख पुगेको छ । यसरी कुल अमेरिकी जनसंख्याको यो साढे आठ प्रतिशत जनता स्वास्थ्य बीमाबाट बञ्चित भएका हुन् । २०२० को राष्ट्रपतिय प्रतिश्पर्धामा रहेका सबै डेमोक्र्याट नेताहरुले स्वास्थ्य बीमालाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।

  • न्यूह्यामसरमा पहिचान झाँकीहरुका साथ मनाइयो विश्व आदिवासी दिवस

    न्यूह्यामसरमा पहिचान झाँकीहरुका साथ मनाइयो विश्व आदिवासी दिवस

    न्यूह्यामसर । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) न्यूह्यामसर च्याप्टरले भब्य कार्यक्रमका सहित २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ । राज्यको स्ट्रारडमस्थित पार्कमा शनिबार बिबिध कार्यक्रममा साथ च्याप्टरले आदिवासी दिवसको उत्सव मनाएको हो ।

    न्यूह्यामसर एवं छिमेकी राज्यहरुबाट राई, लिम्बू, गुरुङ, नेवार, तामाङलगायतका विभिन्न आदिवसी जनजाति मूलका समुदाय आआफ्नो भेषभुषाका साथ कार्यक्रममा उपस्थित भएका थिए । बिभिन्न जनजातिको पहिचान झल्किने झाँकी पनि कार्यक्रममा देखाइएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत एवं स्थायी प्रतिनिधि अमृतबहादुर राईले प्रवासमा बसेर पनि आफ्नो पहिचान, संस्कृति र परम्परालाई जगेर्ना कायम राख्नु ज्यादै प्रशंसनीय भएको बताए । ‘विदेशमा बसेपनि यहाँहरुले संस्कार र सँस्कृति जगेर्ना गर्न देखाउनुभएको कदम उल्लेखनीय छ’ उनले भने ‘यो कार्यले भावी पिँढीलाई पनि आफ्नो संस्कृतिप्रति रुची जगाउन अभिप्रेरित गर्नेछ ।’

    यसैगरी कार्यक्रममा न्यूह्यामसरका राज्य सिनेटर लाउ डी एलसेण्ड्रो, न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङ, वेस्र्टन मिसिगन यूनिभर्सिटीका प्राध्यापक डा. महेन्द्र लावती, गुरुङ समाज न्यूह्यामसरका अध्यक्ष छत्रकुमारी गुरुङ, अमेरिकी कंग्रेस कृष पापाजका प्रतिनिधि क्रिसटिना सियाहोल्टज, अमेरिकी सिनेटर जिहिन सिहिनकी प्रतिनिधि लिटिजा ओर्टिज, फिप्नाका संस्थापक अध्यक्ष शिवकुमार राईलगयायतका अथितिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रमको समापन गर्दै फिप्ना न्यूह्यामसर च्याप्टर अध्यक्ष सुन्दरी गुरुङले जातिय संस्कार संस्कृतिलाई विदेशमा भएपनि कायम राख्न गरेको पहल र सहयोगप्रति सबैलाई धन्यबाद ज्ञापन गरिन् । ‘यहाँहरुको निरन्तर सहयोगका कारण फिप्ना न्यूह्यामसरले हरेक बर्ष विश्व आदिवासी दिवस मनाउँदै आएको छ’ उनले भनिन् ‘हाम्रो संस्कार, संस्कृति र पहिचानप्रति हाम्रा नानीहरुले पनि चासो देखाउँदै उत्साहप्रद सहभागी जनाउनु हाम्रो लागि खुशीको कुरा हो ।’

  • चुनावी माहोल बनाउँदै अमेरिका भ्रमणमा आचार्य

    चुनावी माहोल बनाउँदै अमेरिका भ्रमणमा आचार्य

    न्यूयोर्क

    गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका वर्तमान उपाध्यक्ष कुल आचार्यले अमेरिकाको भ्रमण सम्पन्न गरेका छन् ।

    गत साता न्यूयोर्क ओर्लिएका आचार्य यहाँको गैर आवासीय नेपाली संघ च्याप्टर एवं नेपाली समयुदायका बिभिन्न गतिविधिमा सकृयहरुलाई भेटेपछि टेक्सास गएका थिए । त्यहाँ उनको एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह लगायत पदाधिकारीसँग छलफल एवं अन्तरकृया भएको थियो ।

    अमेरिकाको अन्य राज्यमा बस्ने धेरै नेपालीहरुले निम्तो दिए पछि यसपाली दुई ठाउँ मात्र पुग्न संभव भएको आचार्य विश्वन्यूजलाई बताए । अमेरिका पछि उनी क्यानडाको टोरन्टो गएका थिए । त्यहाँ उनको एनआरएनए क्यानडाका नव निर्वाचित पदाधिकारी लगायत अभियन्ताहरुसँग भेट भएको थियो । अमेरिका क्षेत्रको भ्रमण अत्यन्त फलदायी रहेको र मौका मिले अन्य राज्य एवं शहरमा बस्ने नेपालीहरुसँग पनि अन्तरकृयाका लागि छिटै आउने उनले प्रतिकृया दिए ।

    १२ बर्ष अघि एनआरएन अभियानमा जोडिएका आचार्य एनआरएनए बेलायतको कार्यसमिति सदस्य, अध्यक्ष, केन्द्रीय सदस्य, युरोप संयोजक हुँदै गत अधिवेशनमा केन्द्रिय उपाध्यक्ष निर्वाचित भएका थिए । १२ देखि एनआरएनए अभियानमा रहँदा सिकेको ज्ञान र आर्जेको भावनालाई नेतृत्वमा पुगेर नेपालसँग जोड्ने आफ्नो मुख्य अठोट रहेको उनले बताए । अब केही महिना भित्रै हुने एनआरएनए केन्द्रीय कमिटीको निर्वाचनमा आचार्यसँग अर्का उपाध्यक्ष कुमार पन्तको प्रतिश्पर्धा हुने देखिएको छ । पन्त जर्मनी निवासी हुन् ।

  • अमेरिका चीन व्यापार युद्ध, सेयर बजारमा गयो पहिरो

    अमेरिका चीन व्यापार युद्ध, सेयर बजारमा गयो पहिरो

    न्यूयोर्क
    चीन र अमेरिकाबीचको बढ्दो व्यापार युद्धको प्रभावले सेयर बजारमा अत्यास उत्पन्न गराएको छ । सोमबार अमेरिकी सेयर बजारका अधिकांश तीब्र गतिले घटेका हुन् ।
चीनसँगको व्यापार वार्ता असफल भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ३०० सय अर्ब डलर बराबरका चीनियाँ उत्पादनमा १० प्रतिशतका दरले भन्सार लगाउने घोषणा गरेका थिए । त्यसको प्रतिकृया स्वरुप चीनले आफ्नो मुद्रा अवमूल्यन गराउने रणनीति अख्तियार गर्यो ।

    चीनले सोमबार एक अमेरिकी डलर खरिद गर्न सात युआन खर्चिने निर्णय गरेको थियो । चीनले आफ्नो मुद्रा पछिल्लो एक दशककै न्यून विनिमय दरमा झारेको हो । साथै अमेरिकी कृषि उत्पादन खरिदमा पनि रोक लगाएको छ । यो परिघटनाको प्रभाव सेयर बजारमा देखिएको हो ।

    अमेरिकी बजारहरु सोमबार खुल्ने वित्तिकै ओरालो लागेका थिए । डाउजोन इन्डष्ट्रियल इन्डेक्समा ७६७ अंकको गिरावट आयो । बिषेश गरि प्रविधिमा आधारित कम्पनीको सेयर मूल्य तीब्र रुपले घटेको छ । आजको गिरावटलाई नोभेम्बर २०१६ पछिकै ठूलो ह«ासको रुपमा विश्लेषकहरुले बताएका छन् ।

  • अमेरिकी तल्लाे सदनले पास गर्यो न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर, रिपब्लिकनहरु विपक्षमा

    अमेरिकी तल्लाे सदनले पास गर्यो न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर, रिपब्लिकनहरु विपक्षमा

    न्यूयोर्क
    अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले कामदारको न्यूनतम तलव दोब्बर बृद्धिको प्रस्ताव पारित गरेको छ । डेमोक्र्याट बहुल सदनले प्रतिघण्टा न्यूनतम पारिश्रमिक १५ अमेरिकी डलर पुर्याउने विधेयक पास गरेको हो ।

    विधेयक अब अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट पनि पास भएर राष्ट्रपतिले प्रमाणीकरण गरे कार्यान्वयनमा जानेछ । विधेयकमा हाल कायम प्रतिघण्टा ७.२५ डलर संघीय न्यूनतम पारिश्रमीकलाई सन् २०२५ भित्र १५ डलर पुर्याउनु पर्ने उल्लेख छ ।

    डेमोक्र्याट बहुल राज्य न्यूयोर्कले यस अघिनै न्यूनतम पारिश्रमिक प्रतिघण्टा १५ डलर पुर्याइ सकेका छ । रिपब्लिकन बहुल अधिकांश राज्यले भने संघीय पारिश्रमिकलाई मान्यता दिएर आफ्नो न्यूनतम पारिश्रमिक तोकेका छैनन् । मासाचुसेट्स, क्यालिफोर्निया लगायतका डेमोक्र्याट बहुल राज्यले पनि यस अघि नै न्यूनतम पारिश्रमिक १२ डलर प्रतिघण्टा पुर्याइसक्दा रिपब्लिकन बहुल एवं अमेरिकाको सबैभन्दा ठूलो राज्य टेक्सासले न्यूनतम पारिश्रमिक तोकेकै छैन ।

    अमेरिकामा डेमोक्रेटिक पार्टीले कामदारको हित र पक्षमा आवाज उठाउँदै आएको छ भने रिपब्लिकनहरु बजारलाई नै ज्याला निर्धारण गर्न दिनु पर्ने पक्षमा बोल्ने गरेका छन् । जसले पूँजीको तुलनामा श्रमको अवमूल्यन गरेको श्रमजिवीहरुको मत रहेको छ । आज हाउस अफ रिप्रिजेन्टिेटिभबाट पारित पारिश्रमिक बढाउने प्रस्तावमा पनि अधिकांश रिपब्लिकन सांसदहरु सहमत भएनन् । विधेयकको पक्षमा २३१ र विपक्षमा १९९ भोट खसेको थियो ।

    अमेरिकी सिनेटमा रिपब्लिकन बहुमत रहेको र राष्ट्रपति पनि रिपब्लिकन नै रहेको कारण यो विधेयक कानूनमा परिणत हुने संभावना भने न्यून रहेको छ । सिनेट मेजोरिटी नेता मिच म्याकोनेलले माथिल्लो सदनमा यो विधेयक प्रस्तुत नगर्ने बताइ सकेका छन् । तर, यो सन् २०२० निर्वाचनको लागि राजनीतिक हरियार भने हुने निश्चित छ । डेमोक्र्याटहरुले आफुले जितेमा न्यूनतम पारिश्रमिक बढाउने प्रतिबद्धता जनाउने छन् भने रिपब्लिकनले त्यो बाटो समाजवाद तर्फको हुने तर्क गर्नेछन् ।

    हाउस डेमोक्र्याटले भने आजको विधेयकलाई अमेरिकी कामदारको हितमा अभुतपुर्व निर्णय भन्दै खुसीयाली मनाएका छन् । ‘आज साँच्चिकै ऐतिहासिक दिन हो’ सभामुख न्यान्सी पेलोसीले भनेकी छिन् ।

    न्यूनतम पारिश्रमिक १५ डलर पुर्याउँदा १३ लाखले रोजगारी गुमाउन सक्ने कंग्रेसकै बजेट अफिसको रिपोर्टलाई आधार देखाउँदै रिपब्लिकन सांसदले भने यो विधेयकको विपक्षमा मत दिएका दिएका थिए । रिपोर्टमा न्यूनतम तलव बृद्धिले दुई करोड ७३ लाख कामदारलाई फाइदा पुग्ने समेत उल्लेख छ । तर, त्यसप्रति भने रिपब्लिकन सांसदहरुले चासो दिएनन् । उल्टो राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुसार उकालो लागेको अर्थतन्त्रमाथि प्रहार गर्न डेमोक्र्याटहरुले पारिश्रमिक बृद्धिको चाल चालेको आरोप उनीहरुले लगाएका छन् । अमेरिकामा सन् २००९ यता संघीय न्यूनतम पारिश्रमिक बृद्धि भएको थिएन । हाउस र सिनेट दुबैमा डेमोक्रेटिक बहुमत र राष्ट्रपति पनि एकै पार्टीको भएका बेला पारिश्रमिक बढाइएको थियो ।

  • मेक्सिकन लागु औषध ‘बादशाह’ एल चापोलाई आजिवन जेल, १३ खर्ब जरिवाना

    मेक्सिकन लागु औषध ‘बादशाह’ एल चापोलाई आजिवन जेल, १३ खर्ब जरिवाना

    न्यूयोर्क
    मेक्सिकन लागु औषध बादशाह जोसिन ‘एल चापो’लाई अमेरिकी अदालतले आजिवन सहित थप ३० बर्षको काराबासको सजाय सुनाएको छ । साथै उनले १२ अर्ब ६० करोड अमेरिकी डलर (१३ खर्ब रुपैयाँ बढी) जरिवाना समेत तिर्नु पर्ने भएको छ ।

    उनी कोलोराडो स्थित सुपरम्याक्स जेल चलान भएका छन् । बुधबार फैसला सुनाइँदा उनी पनि अदालत उपस्थित थिए । ग्रे रङको सुट र कालो टाइ लगाएका एल चापोलाई फैसला सुनाउनु अघि आफ्नो भनाइ राख्न समय दिइएको थियो । ‘यहाँ न्याय पाइँदैन’ उनले स्पेनिश भाषामा भनेका थिए ।

    अत्यन्त ठूलो लागु औषध सञ्जाल विस्तार गरेका एल चापा दुई पटक मेक्सिकन जेलबाट फरार हुन सफल भएका थिए । पछिल्लो पटक न्यूयोर्कमा पक्राउ परेका उनले हिरासतको अवस्थालाई पनि आलोचना गरेका थिए ।

    ‘यहाँ निरन्तर मानसिक तनाव झेल्नुपर्यो, यो मैले आफुले जीवनमा भोगेकामध्ये सबैभन्दा अमानवीय समय रह्यो’ उनले अदालतमा भनेका थिए । ६२ बर्षिय एलचापोको सुनुवाई गत फेब्रुअरीमै सम्पन्न भएको थियो । उनलाई अदालतले आपराधिक व्यवसाय, लागुऔषध कारोवार, हातहतियार लगायतका १० काउन्टमा दोषी ठहर गरेको थियो । उनलाई सरकारी वकिलहरुले ‘एक निर्दयी रक्तपिपासु’को संज्ञा दिएका थिए । साक्षीहरुका अनुसार उनले आफ्नो लागु औषध साम्राज्यमा तगारो बन्न खोज्नेलाई क्रुर यातना दिँदै हत्या गर्ने गरेका थिए ।

    अमेरिका र मेक्सिकोका अधिकारीहरुलाई झुक्याउँदै आफ्नो साम्राज्य विस्तार गरि रहेका उनी साढे दुई बर्ष अघि पक्राउ परेका थिए । मेक्सिकोमा जेल तोडेर भागेको नजिरलाई ध्यान दिएर नै अमेरिकाको सबैभन्दा सुरक्षित मानिने कोलोराडो जेलमा उनलाई राख्न लागिएको हो । चापो पक्राउको घटनालाई अमेरिकी अधिकारीहरुले अपराध गरेर सधैँभरि लुक्न कसैलाई पनि संभव नहुने बताएका छन् । चापाे अमेरिका मात्र हाेइन विश्वकै एक कुख्यात लागु औषध काराेवारीमा पर्छन् ।

  • महिला विश्वकपको उपाधि अमेरिकालाई, मेगनले पुरा गरिन् ट्रम्पको चुनौती

    महिला विश्वकपको उपाधि अमेरिकालाई, मेगनले पुरा गरिन् ट्रम्पको चुनौती

    न्यूयोर्क
    संयुक्त राज्य अमेरिकाले महिला विश्वकप फुटवलको उपाधि जितेको छ । आईतबार सम्पन्न फाइनलमा नेदरल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अमेरिकाले उपाधि हात पारेको हो ।

    अमेरिकाका लागि ६१ मिनेटमा कप्तान मेगन रापिनोले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएकी थिइन् । ६९ मिनेटमा रोज लाभेल्लेले अर्को थोल थपेर टोलीको जित निश्चित गरिन् ।

    अमेरिकाले यसपाली लगातार दोस्रो महिला विश्वकपको उपाधि जितेको हो भने लगातार तीन पटक फाइनल खेलेको हो । सन् २०११ मा जापानसँग फाइलनमा पराजित अमेरिकी टोलीले २०१५ मा जापानसँगै बदला लिँदै उपाधि भित्र्याएको थियो । महिला विश्वकपमा अमेरिका सर्वाधिक उपाधि जित्ने टोली समेत हो । सन् १९९१ मा सुरु भएको प्रतियोगिताको आठ संस्करण सम्पन्न हुँदा अमेरिकाले चार उपाधि जितेको छ ।

    आईतबारको फाइनलमा सुरु देखिनै नेदरल्याण्डमाथि अमेरिकाले दबाब बढाएको थियो । पहिलो हाफमा नेदरल्याण्डकी गोल किपरले केही आकर्षक सेभ गर्दै गोल खानबाट टोलीलाई बचाएकी थिइन् । तर, दोस्रो हाफमा अमेरिकी आक्रमण सामु उनको केही लागेन । खेलमा अमेरिकाले कुल १० शक्तिशाली प्रहार गरेको थियो भने नेदरल्याण्डले एक मात्र प्रहार गर्न सफल भयो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टोलीकी कप्तान मेगनबीचको नोकझोंकले पनि यसपालीको प्रतियोगिता रोचक भएको थियो । मेगनले अहिलेको सरकार र आफ्नो बिचार नमिल्ने कारण उपाधि जितेपनि ह्वाइट हाउस नजाने घोषणा गरेकी छिन् । ट्रम्पले भने उनलाई धेरै बोल्नु भन्दा उपाधि जितेर देखाउन चुनौती दिएका थिए । मेगनले उनको चुनौती पुरा गरेकी छिन् । उनले प्रतियोगितामा सर्वाधिक छ गोल गर्दै गाेल्डेन बुट समेत जितिन् ।

    उनी सहित अर्की अमेरिकी खेलाडी एलेक्स मोर्गन र बेलायतकी एलेन ह्वाइटले पनि ६/६ गोल गरेका छन् । सर्वाधिक एसिष्ट गरेकाे कारण बुट मेगनकाे पाेल्टामा परेकाे हाे ।

  • ट्रम्पका आलोचक रिपब्लिकन सांसदले पार्टी छोडे

    ट्रम्पका आलोचक रिपब्लिकन सांसदले पार्टी छोडे

    न्यूयोर्क
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक रिपब्लिकन सांसद जष्टिन अमाशले पार्टी छोडेको घोषणा गरेका छन् । उनले अमेरिकी स्वतन्त्रता दिवसको दिन पारेर द वासिंटन पोष्टमा लेख लेख्दै पार्टीगत राजनीतिबाट स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

    अमाश सन् २०११ मा मिचिगन तेस्रो कंग्रेसनल डिष्ट्रिक्टबाट पहिलो पटक हाउस अफ रिप्रिजेन्टेटिभ निर्वाचित भएका थिए । त्यस यताका चार निर्वाचनमा उनी उक्त क्षेत्रबाट निर्वाचित भए । सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा रसियन हस्तक्षेपबारे विशेष काउन्सिलर रोबर्ट मुलरले प्रतिवेदन बुझाएपछि उनी ट्रम्पलाई महाभियोग लगाउनु पर्छ भन्ने एक्ला रिपब्लिकन सांसद थिए ।

    मुलरले आफ्नो प्रतिवेदनमा ट्रम्पमा न्यायीक अनुसन्धानमा अवरोध (अब्सट्रक्सन अफ जष्टिस) गरेको संकेत गरेका छन् । साथै उनले बहालवाला राष्ट्रपतिलाई कुनै आरोप नलगाउने जष्टिस डिपार्टमेन्टको परम्परा अनुसार ट्रम्पले अपराध गरेको बनेर किटान नगरेको तर क्लिन चिट पनि दिन नसकेको अभिव्यक्ति दिएका थिए । त्यस लगत्तै अमाश ट्रम्पमाथि महाभियोगको पक्षमा थिए ।

    ट्रम्पलाई कारबाही माग गरेपछि रिपब्लिकन संस्थापन उनीसँग रुष्ट बनेको थियो । राष्ट्रपतिका छोरा डोनाल्ड ट्रम्प जुनियरले आगामी निर्वाचनमा प्राइमरीमै हराइदिने चेतावनी दिएका थिए । पार्टीगत राजनीतिले व्यक्तिगत स्वतन्त्रतामै आघात पुर्याएको र यो अमेरिकी लोकतन्त्रकै लागि खतरा रहेको भन्दै उनले आफुलाई रिपब्लिकन पार्टीबाट अलग राखेको घोषणा गरेका छन् । उनले आम अमेरिकीलाई पनि आफ्नो स्वतन्त्रताको रक्षाका लागि पार्टी राजनीतिबाट माथि उठ्न आह्वान गरेको छन् । ४३५ सदस्सीय अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभमा अब उनी एक्ला स्वतन्त्र सांसद भएका छन् ।

  • महिला विश्वकपको उपाधिका लागि अमेरिका नेदरल्याण्डसँग भिड्ने, ट्रम्पसँग अमेरिकी उपकप्तानको नोकझोंक

    महिला विश्वकपको उपाधिका लागि अमेरिका नेदरल्याण्डसँग भिड्ने, ट्रम्पसँग अमेरिकी उपकप्तानको नोकझोंक

    न्यूयोर्क
    फ्रान्समा जारी महिला विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता अमेरिकाले नेदरल्याण्डसँग प्रतिश्पर्धा गर्ने भएको छ । अमेरिका बेलायत र नेदरल्याण्ड स्विडेनलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

    बुधबार भएको दोस्रो सेमिफाइनलको अतिरिक्त समयमा नेदरल्याण्डले स्विडेनलाई १–० गोल अन्तरले पराजित गर्यो । मंगलबार अमेरिकाले बेलायतलाई २–१ गोल अन्तरमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

    अमेरिका यसपाली लगातार तेस्रो फाइनल खेल्न लागेको हो । सन् २०११ मा जापानसँग फाइनलमा पराजित अमेरिकाले २०१५ मा बदला लिएको थियो । लगातार दुई फाइनल खेलेको जापान भने यसपाली अन्तिम १६ बाटै बाहिरिएको छ ।

    उपाधिका प्रमुख दावेदार मानिएका आयोजक फ्रान्स र बेलायतलाई हराउँदै अमेरिकाले फाइलनको यात्रा तय गरेको छ । यस्तै नेदरल्याण्डले पनि अघिल्लो प्रतियोगिताको उप विजेता जापानलाई अन्तिम १६ बाट घर फर्काएको थियो । फाइनल खेल्ने दुबै टोलीले समूह चरणका तीनवटै खेल जित्दै ९ अंक सहित अन्तिम १६ मा प्रवेश गरेका थिए । उपाधिका लागि आइतबार अमेरिका र नेदरल्याण्डको प्रतिश्पर्धा हुनेछ । त्यस अघि शनिबार बेलायत र स्विडेनबीच तेस्रो स्थानका लागि प्रतिश्पर्धा हुनेछ ।

    सन् १९९१ मा सुरु भएको महिला विश्वकपका सात संस्करणमध्ये अमेरिकाले सर्वाधिक तीन पटक उपाधि जितेको छ । प्रतियोगिता सुरु भएको बर्षका अलावा १९९९ र २०१५ मा अमेरिकाले उपाधि भित्र्याएको हो । अमेरिका बाहेक जर्मनीले दुई एवं जापान र नर्वेले १÷१ पटक उपाधि जितेका छन् ।

    यसपाली विश्वकपमा सहभागि अमेरिकी टोलीको प्रतिश्पर्धा राजनीतिक कारणले पनि रोचक भएको छ । अमेरिकी टोलीकी उपकप्तान मेगन र्यापिनोले ‘उपाधि जितेमा खुसी मनाउन ह्वाइट हाउस जाने हो ?’ भनेर पत्रकारले सोधेको प्रश्नमा ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले निम्त्याउने संभावना नै आफुले नदेखेको र बोलाइ हाले पनि नजाने’ जवाफ दिएकी थिइन् । उनको भनाइ लगत्तै ट्रम्पले ‘बोलाउने नबोलाउने आफ्नो निर्णय हुने र त्यस अघि जितेर देखाउन’ अमेरिकी टोलीलाई ट्विट मार्फत चेतावनी दिएका थिए । साथै उनले ह्वाइट हाउसको अपमान गरेको भन्दै मेगनको आलोचना समेत गरेका थिए ।

    ट्रम्पको प्रतिकृया पछि मेगनले आफु आफ्नो पुरानो भनाइमा अडिग रहेको र आफ्ना साथीहरुलाई पनि निम्तो आइहाले ह्वाइट हाउस नजान सुझाव दिने बताएकी थिइन् । ‘हामी जुन चेतना र मूल्य मान्यता साथ हुर्किँदै आयौँ त्यो अहिलेको प्रशासनसँग मेल खाँदैन त्यसैले म ह्वाइट हाउस जान्न’ उनले भनेकी छिन् । ट्रम्प र मेगनको नोकझोंक पछि अमेरिकी टोलीको खेलप्रतिको चासो ह्वात्तै बढेको छ । ट्रम्पको प्रतिकृया पछि अमेरिकाले क्वार्टर फाइनल र सेमीफाइनलका कठिन खेल जितेको थियो । आयोजक फ्रान्ससँगको क्वार्टर फाइनलमा मेगनले नै दुबै गोल गरेकी थिइन् ।

    ट्रम्पको ट्विट पछि धेरै अमेरिकीले मेगनप्रति समर्थन देखाएका छन् भने ट्रम्प समर्थकले मेगनलाई मुलुकको अपमान गरेकोसम्म आरोप लगाएका छन् । जवाफमा मेगनले आफु हृदय देखिनै अमेरिकी रहेको र ट्रम्पसँग बिचार मिल्दा मात्र अमेरिकी नहुने बताएकी छिन् ।

  • अमेरिकी मिडियासँग भन्दा बिदेशी तानाशाहसँगको सम्बन्ध राम्रो- राष्ट्रपति ट्रम्प

    अमेरिकी मिडियासँग भन्दा बिदेशी तानाशाहसँगको सम्बन्ध राम्रो- राष्ट्रपति ट्रम्प

    न्यूयाेर्क

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बन्ध अमेरिकी मिडियासँग भन्दा बिदेशी तानाशाहहरुसँग राम्रो भएको बताएका छन् । जि २० शिखर सम्मेलनका दौरान जापान स्थित अमेरिकी मिडियाकर्मीहरुको भिडमा राष्ट्रपति ट्रम्पले उक्त अभिब्यक्ती दिएका हुन् । ओसाका स्थित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने “ मेरो सम्बन्ध तिमीहरु बाहेक सबै सँग राम्रो छ । मेरो सम्बन्ध राष्ट्रपती पुटिन सँग राम्रो छ साउदी अरेबियाका राजकुमार मोहमद् बिन सलामसँग पनि राम्रो छ ।”

    राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको नाम लिंदै भने- हामीले एक अर्कालाई बुझ्ने गरेका छौ ।

    ट्रम्पले गत आईतबार उत्तर कोरियामा पाहिला टेक्ने पहिलो बहालवाल अमेरिकी राष्ट्रपतीको ईतिहास समेत बनाएका छन् । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका शासक उनलाई ह्वाईट हाऊस भ्रमणको निम्तो समेत दिएका छन् ।

  • विश्वकप क्रिकेटमा भारतको पहिलो हार, पाकिस्तानलाई तनाव

    विश्वकप क्रिकेटमा भारतको पहिलो हार, पाकिस्तानलाई तनाव

    न्यूयोर्क
    बेलायतमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पहिलो हार व्यहोरेको छ । आईतबारको खेलमा भारत आयोजक बेलायतसँग ३१ रनले पराजित भयो ।

    बेलायतले दिएको ३३७ रनको लक्ष पछ्याएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३०६ रनमात्र बनाउन सक्यो । भारतीय टोलीका तर्फबाट रोहीत शर्माले सर्वाधिक १०२ रन बनाएका थिए । भारतले लीग चरणका छ खेलसम्म हारेको थिएन । न्यूजिल्याण्डसँग बराबरी बाहेक पाँच खेल जितेको भारत अहिले पनि ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

    आजको जितसँगै आयोजक बेलायतले सेमीफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । भारतको चीर प्रतिद्वन्दी छिमेकी पाकिस्तानलाई भने आजको नतिजाले घाटा पुगेको छ । आठ÷आठ खेली सकेका बेलायत र पाकिस्तानले क्रमशः १० र ९ अंक हासिल गरेका छन् । अब पाकिस्तानलाई सेमीफाइनलमा पुग्न अन्तिम खेल जित्नै पर्ने हुन्छ भने बेलायतले आफ्नो खेल हार्नु पर्नेछ । पाकिस्तानले बंगलादेशसँग र बेलायतले न्यूजील्याण्डसँग अन्तिम खेल खेल्दैछन् ।

    तालिकामा १४ अंक सहित पहिलो नम्बरमा रहेको अष्टे«लिया भने सेमिफाइनलमा प्रवेश गरि सकेको छ । अब न्यूजील्याण्ड, भारत, बेलायत र पाकिस्तानमध्ये तीन टोली सेमिफाइनलमा जानेछन् । श्रीलंका, बंगलादेश, साउथ अफ्रिका, बेष्ट इन्डिज र अफगानिस्तान भने सेमीफाइनल दौडबाट बाहिरिइ सकेका छन् ।

  • रोचक खेलमा पाकिस्तानद्वारा अफगानिस्तान तीन विकेटले पराजित, अफगानिस्तान शुन्य अंकमै

    रोचक खेलमा पाकिस्तानद्वारा अफगानिस्तान तीन विकेटले पराजित, अफगानिस्तान शुन्य अंकमै

    न्यूयोर्क
    विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा पाकिस्तानले रोचक जित हासिल गरेको छ । अफगानिस्तानले दिएको २२८ रनको लक्ष पछ्याएको पकिस्तानले दुई बल बाँकी छँदा तीन विकेटको जित हात पारेको हो ।

    आजको हारसँगै अफगानिस्तानको प्रतियोगितामा जितको खाता खोल्ने चाहना अधुरै रह्यो । प्रतियोगिता अन्तर्गत लिग चरणका आठ खेल खेलि सकेको अफगानिस्तान अहिलेसम्म जित निकाल्न नसक्दा शुन्य अंक सहित तालिका अन्तिम स्थानमा रहेको छ । अफगानिस्तानले अब एक खेल मात्र खेल्न बाँकी छ । शनिबार कसिलो बलिङ गरेको अफगानिस्तानले सुरु देखिनै पाकिस्तानलाई दबाबमा राखेको थियो । तर, अन्तिम चार ओभरमा सुधारिएको ब्याटिङ गर्दै पाकिस्तान बिजयी भयो ।
    ४७ औँ ओभरमा पाकिस्तानका

    आई वसिमले १८ रन हान्दै खेलको मोडमा परिवर्तन ल्याएका थिए । पाकिस्तानी माथि निरन्तर दबाब बढाइरहेको अफगानिस्तानका कप्तान गुल्बादिन नाइब उक्त ओभरमा बलिङ गर्न गएका थिए । तर, खेल उनले सोचेभन्दा ठीक उल्टो भयो । २० ओभरको खेल सकिँदा पाकिस्तानले चार विकेट गुमाएर ५७ रन मात्र बनाउन सकेको थियो । अफगानिस्तानी मुजिब र नाबीको कसिलो बलिङ अन्ततः देशलाई टिमलाई जिताउन काफी भएन ।

    आजको जितसँगै पाकिस्तानले सेमिफाइनलमा प्रवेशको सम्भावनालाई जिवित रोखेका छ । तालिकाको उत्कृष्ठ चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । आजको जितसँगै पाकिस्तान नौ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको बेलायतको आठ अंक रहेको छ । अब पाकिस्तानले अन्तिम खेल जितेमा र बेलायत दुईमध्ये एक खेल हारेमा पाकिस्तान सेमिफाइनल प्रवेश गर्नेछ । अंक तालिकामा अष्ट्रेलिया, भारत र  न्यूजिल्याण्ड क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

  • न्यूयोर्क सिटीले घोषणा गर्यो जलवायु परिवर्तन संकटकाल, ट्रम्प नीतिलाई चुनौती

    न्यूयोर्क सिटीले घोषणा गर्यो जलवायु परिवर्तन संकटकाल, ट्रम्प नीतिलाई चुनौती

    न्यूयोर्क
    अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटीले जलवायु संकटकाल घोषणा गरेको छ । बढ्दो विश्व तापक्रम जुध्न सिटीले यो ऐतिहासिक घोषणा गरेको हो ।

    न्यूयोर्कले यो निर्णयसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि प्रष्ट सन्देश दिएको छ । न्यूयोर्कमै घर भएका ट्रम्प जलवायु परिवर्तनमा विश्वास गर्दैनन् र यससँग सम्बन्धित बैज्ञानिक तथ्यहरुलाई हाँसोको बिषय बनाउँदै आएका छन् ।

    झन्डै ९० लाख जनसंख्या भएको न्यूयोर्क सिटी काउन्सिलले बुधबार यस सम्बन्धि कानून पारित गर्दै संकटकाल घोषणा गरेको हो । सिटी काउन्सिलले विश्वको बढ्दो तापक्रमलाई सम्बोधन गर्न तत्कालै कदम चाल्नु पर्ने निचोड निकालेको छ । बिभिन्न अध्ययन र रिपोर्टहरुलाई उद्दृत गर्दै जलवायु परिवर्तनका असर र प्रभाव केलाउँदै सिटी काउन्सिलले उक्त निर्णय लिएको हो । बढ्दो तापक्रमका कारण सुरक्षित वातावरणका लागि धर्ती धेरै तातो हुन लागेको सिटीले उल्लेख गरेको छ ।
    सिटी काउन्सिलले वातावरणप्रति ट्रम्प सरकारको रवैयालाई पनि कडा आलोचना गरेको छ । ‘विश्वको जलवायु परिवर्तनका लागि अमेरिका अत्यन्त जिम्मेवार रहेको छ । तर, त्यती हुँदा पनि हरित अर्थतन्त्रका लागि विश्वले थालेको पहलमा पनि निरन्तर भाँजो हालि रहनु आफैँमा खेदजनक छ किनकी यो चुनौतीको सम्बोधनका लागि प्राथमिक पहलकदमी (अमेरिकाले) लिनुपर्ने हो’ सिटी काउन्सिलले आफ्नो घोषणामा उल्लेख गरेको छ ।

    संकटकाल घोषणामा जलवायु परिवर्तनलाई सम्बोधनका लागि के कस्तो नीतिगत व्यवस्था गर्ने भन्ने चाहिँ उल्लेख छैन । तर, आगामी दिनमा नीति बनाएर यसमा सम्बोधन गर्दै जाने बताइएको छ । न्यूयोर्क राज्यले पनि सन् २०५० भित्र इन्धनका कारण हुने तापक्रम बृद्धिलाई सम्बोधन गरि सक्ने गरि नीति तय गर्ने यस अघिनै घोषणा गरेको थियो ।

    अहिलेसम्म १५ मुलुकका बिभिन्न ६७० स्थानीय सरकारहरुले जलवायु संकटकाल घोषणा गरि सकेका छन् । त्यसमा अमेरिकाका सानफ्रान्सिस्को, होबोकन, न्यूजर्सी लगायत १८ सिटी रहेको छ । न्यूयोर्क थपिएसँगै अमेरिकी सहरको संख्या १९ पुगेको छ ।

  • सामाजीक अभियन्ता ज्ञवालीलाई कम्युनिटी सर्भिस अवार्ड

    सामाजीक अभियन्ता ज्ञवालीलाई कम्युनिटी सर्भिस अवार्ड

    न्यूयोर्क
    द रोटरी क्लव अफ न्यूयोर्क ‘क्वीन्स’का सभापति मोहन ज्ञवाली कम्युनिटी सर्भिस अवार्डबाट सम्मान्नित भएका छन् । रिजउड डेमोक्रेटिक क्लवको आयोजनामा न्यूयोर्क स्टेट एसेम्ब्लीका तर्फबाट एसेम्बी मेम्बर क्याथेरिन नोलान एवं न्यूयोर्क सिटी काउन्सिलका तर्फबाट काउन्सिल मेम्बर डोनोभान रिचार्ड्सले ज्ञवालीलाई सम्मान गरेका हुन् ।

    उनको साथमा कंग्रेसम्यान ग्रगोरी डब्लु मिक्स, मदजुर नेता एवं सामुदायीक अभियन्ताहरु हेक्टर फिगुएरोवा, जोसेफ जेइजर, माइकल जे. पलाडिनो, ब्रिआना मुलिगान, थोमस सी गुड्ढार्ट, बिनजेश समुदायका अधिवक्ता मेलिसा वोर्लान्डो पनि सम्मान्नित भएका छन् । रिजउड डेमोक्रेटिक क्लवको १११ औँ जनजयन्तीको अवसर पारेर गत जुन १३ मा आयोजित रात्रीभोजमा उनीहरुलाई सम्मान्नित गरिएको हो ।

    कार्यक्रममा एसेम्ब्ली मेम्बर नोलान् एवं न्यूयोर्क सिटी काउन्सिलका पूर्व काउन्सिल मेम्बर क्राउलीले ज्ञवालीले स्थानीय नेपाली समुदायमा पुर्याएको योगदानको सदैव उच्च कदर हुने बताएका थिए । राज्यका गभर्नर एन्ड्रु कुम्बोका प्रतिनिधी हर्ष पारेखले नेपाली भाषामा ड्राइभर लाइसेन्स परिक्षा दिन पाउने व्यवस्थाका लागि ज्ञवालीले गरेको मेहनत स्मरण गरेका थिए । ज्ञवालीकै अथक प्रयासका कारण अहिले न्यूयोर्कमा नेपाली भाषामा ड्राइभिङ लाइसेन्स जाँच दिन पाइएको उनको भनाइ थियो ।

    अवार्ड ग्रहण गर्दै ज्ञवालीले नेपाली अमेरिकी समाजबाट आफुले पाएको प्रेरणा र उर्जाकै कारण सम्मान हासिल गर्न सफल भएको बताउका थिए । उनले आफुलाई निरन्तर प्रोत्साहित गर्ने हिमालयन डेमोक्रेटिक क्लव र द रोटरी क्लव अब न्यूयोर्क ‘क्वीन्स’का सहकर्मीहरुलाई बिशेष धन्यवाद दिएका थिए ।

  • ३० बर्षभित्र न्यूयोर्क राज्यबाट खनिज र पेट्रोलियममा आधारित उर्जा अन्त्य हुने

    ३० बर्षभित्र न्यूयोर्क राज्यबाट खनिज र पेट्रोलियममा आधारित उर्जा अन्त्य हुने

    न्यूयोर्क
    न्यूयोर्क राज्यले विश्वकै सर्वाधिक महत्वाकांक्षीमध्येको जलवायु नीतिलाई पारित गरेको छ । जस अनुसार सन् २०५० भित्रमा राज्यमा उपयोग हुने सबै विद्युतको स्रोत कार्वन विहिन हुनेछन् ।

    कार्वन उत्सर्जनलाई न्यूनतम बिन्दुमा झार्ने गरि नीति तय गर्न न्यूयोर्क विधायीका तयार भएको हो । जस अनुसार धेरै ग्यास खपत गर्ने कार, तेलबाट बल्ने हिटर लगायत पेट्रोलियम पदार्थमा आधारित उपकरण चलाउन रोक लगाइनेछ । त्यती मात्र होइन राज्यमा उपयोग हुने शतप्रतिशत बिजुली समेत कार्वनमुक्त स्रोतबाट मात्र प्राप्त गर्ने उल्लेख गरिएको छ ।

    राज्यको संसद र गभर्नर एन्ड्रयु कम्बोबीच यही साता भएको सहमति अनुसार क्लाइमेट लिडरसिप एण्ड कम्युनिटी प्रोटेक्सन कानुन ल्याइनेछ । जसको मूल उध्येश्य बढ्दो तापक्रमका कारण हुने प्रदुषणलाई ८५ प्रतिशतले न्यून गर्दै सन् २०५० सम्म सन् १९९० को तहमा ल्याउने रहेको छ ।

    प्रदुषण न्यूनिकरणसँगै बायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा कम हुने र त्यसले बाँकी १५ प्रतिशत शुद्धिकरणमा पनि सघाउ पुर्याउने सहमतिमा उल्लेख छ ।

    यदी साँच्चिकै राज्यले यो नीति अवलम्बन गरे कथित ‘नेट–जेरो इकोनोमी’ प्रभावकारी कार्यान्वयनमा जानेछ । यो नीति कार्यान्वयन हुँदा जलवायु परिवर्तनका लागि चिन्तित सरोकारवाला र वातावरणविदको चिन्तालाई सम्बोधन गर्नेछ ।

    डेमोक्र्याटले नेतृत्व गरेका धेरै राज्यले वातावरण संरक्षण र हरितगृह प्रभाव कम गर्ने कानुन पारित गर्न थालेका छन् । न्यूयोर्क त्यही सूचीमा थपिन लागेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको वातावरणप्रति बढ्दो बेवास्तालाई टक्कर दिन डेमोक्रेटिक राज्यहरुले जोड दिएका हुन् ।

  • पुनः निर्वाचनका लागि फ्लोरिडाबाट ट्रम्पको प्रचार सुरु, बिपक्षीलाई गालीकाे बर्षा

    पुनः निर्वाचनका लागि फ्लोरिडाबाट ट्रम्पको प्रचार सुरु, बिपक्षीलाई गालीकाे बर्षा

    न्यूयोर्क
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आमसभा आयोजना गरि दोस्रो कार्यकालको प्रचार प्रसार थालेका छन् । मंगलबार साँझ फ्लोरिडाको ओर्लान्डोमा प्रथम महिला मलेनिया ट्रम्प एवं उपराष्ट्रपति माइक पेन्स दम्पती सहितको उपस्थितीमा ट्रम्पले २०२० मा आफुले दोस्रो कार्यकालका लागि चुनाव लड्ने घोषणा गरेका हुन् ।

    ट्रम्पले चार बर्ष अघि राष्ट्रपतिका लागि उम्मेद्वारी घोषणा गर्दाका समान एजेन्डालाई नै अहिले पनि दोहोर्याएका छन् । आप्रवासी प्रतिको विष बमन, मिडिया माथिको तितो, प्रतिपक्षी डेमोक्र्याटलाई लान्छना मात्र नभइ पूर्व प्रतिद्वन्दी हिलारी क्लिन्टनलाई समेत कटाक्ष दोहोर्याउन मंगलबार ट्रम्पले भ्याए ।

    यस्तै उनले आफ्ना नीतिका कारण मुलुकले खास गति लिएको दावी पटक पटक दोहोर्याएका थिए । बिशेष गरि कर कटौती कानून, नियमनमा खुकुलोपना, अर्थतन्त्रको बिस्तार लगायतका मुद्दामा उनले आफैंलाई जस दिएका थिए । तर, आगामी कार्यकालका लागि निर्वाचित भएमा नयाँ के गर्ने भने ठोस अफर भने उनले गरेनन् । चार बर्ष अघि सुरु गरेको नारा ‘मेक अमेरिका ग्रेट अगेन’ संसोधन गरेर ‘किप अमेरिका ग्रेट’ बनाइएको छ ।

    ‘हाम्रा राजनीतिक प्रतिद्वन्दीहरुले घृणायुक्त सोचका साथ हाम्रा मूल्य र मान्यतालाई धुलिसात गर्न एक पछि अर्को कसरत जारी राखेका छन्’ समर्थकहरुले खचाखच भरिएको सभाहलमा ट्रम्पले अहिलेसम्मका सबै सर्भेक्षणमा उनीभन्दा अघि देखिएका पूर्व उपराष्ट्रपति जो बाइडेनलाई उडाउँदै ‘स्लिपी जो’को उपमा दिएका थिए ।

  • न्यूह्यामसरमा आयोजित एक दिवसीय फुटबलको उपाधि न्यूयोर्कलाई

    न्यूह्यामसरमा आयोजित एक दिवसीय फुटबलको उपाधि न्यूयोर्कलाई

    न्यूह्यामसर
    न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको एक दिवसीय सेभेन ए साइट फुटबल प्रतियोगिताको उपाधि न्यूयोर्कको एनवाईएन फुटबल क्लवले जितेको छ । आईतबार राज्यको सबैभन्दा ठूलो सहर म्यान्चेष्टरको रक रिमन रंगशालामा भएको प्रतियोगिताको फाइनलमा न्यूह्यामसरकै ड्रागन फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजित गरि एनवाईएन उपाधि हात पारेको हो ।

    प्रतियोजितामा उत्तरपूर्वी अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने ११ नेपाली भाषी टोलीले भाग लिएका थिए । सहभागी टोलीलाई चार समुहमा विभाजित गरि लिग चरणको खेल खेलाइएको थियो । प्रत्येक समूहका विजेता र उपबिजेता टोली नक आउट चरण (क्वार्टर फाइनल)मा प्रवेश गरेका थिए ।

    बिजेता र उपबिजेता टोलीलाई समाजका अध्यक्ष सोम गुरुङले नगद पुरस्कार एवं ट्रफी हस्तान्तरण गरेका थिए । पूर्वी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायबीच भातृत्व र हार्दिकता विकास गर्ने मूल उध्येश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरेको उनले जानकारी दिए । अब बर्षेनी रुपमा प्रतियोगिता आयोजना गर्ने र धेरै भन्दा धेरै टोली समेट्दै जाने समेत उनले बताए ।

  • डेमोक्रेटिक प्रेसिडेन्सियल डिबेटका लागि २० जनाको सूची तयार, अग्रभागमा बाईडेन

    डेमोक्रेटिक प्रेसिडेन्सियल डिबेटका लागि २० जनाको सूची तयार, अग्रभागमा बाईडेन

    न्यूयोर्क
    डेमोक्रेटिक नेशनल कमिटीले राष्ट्रपतीय बहसका लागि २० जना उम्मेद्वारको सूची तयार पारेको छ । पार्टीले तोकेको मापदण्ड पुरा गर्ने उम्मेद्वारलाई बहसमा सहभागि गराउने घोषणा अनुरुपको सूची तयार पारिएको हो ।

    सूचीमा पूर्व उपराष्ट्रपति जो बाईडेन, भर्माउन्ट सिनेटर बर्नी स्यान्डर्स, साउथ बेन्ड मेयर पिट बुटिगग, क्यालिफोर्निया सिनेटर कमला ह्यारीस, मासाचुसेट्स सिनेटर एलिजावेथ वारेन, टेक्सासका पूर्व रिप्रीजेन्टेटिभ बेटो ओ’रर्क, व्यापारी एन्ड्रु याङ, न्यूजर्सी सिनेटर कोरी बुकर, पूर्व सेक्रेटरी हुलियान क्यास्ट्रो, रिप्रीजेन्टेटिभ तुलसी गब्बर्ड, वासिंटन गभर्नर जे इन्स्ली, मिनिसोटा सिनेटर एमी क्लोबुचार, लेखक मरिन विलियमसन, न्यूयोर्क मेयर विल दे ब्लाजियो, कोलोराडो सिनेटर माइकल बेन्नेत, पूर्व मेरिल्याण्ड रिप्रीजेन्टेटिभ जोन डेलानी, न्यूयोर्क सिनेटर क्रिष्टीन जिलीब्राण्ड, पूर्व कोलोराडो गभर्नर जोन हिकेनलुपर, रिप्रीजेन्टेटिभ टिम रायन र रिप्रीजेन्टेटिभ एरिक स्वालवेल छन् ।

    उम्मेद्वारी घोषणा गरेकामध्ये मोन्टाना गभर्नर स्टिभ बुलोक, रिप्रीजेन्टेटिभ सेट मोल्टन, मेयर वायने मेसन भने बहसमा छुटेका छन् । पहिलो बहस जुन २६ र २७ मा मियामीमा हुनेछ ।

  • सगरमाथाको ट्राफिकजामबारे बिबिसीमा प्रधानमन्त्री ओली रक्षात्मक, सचिवालयको तयारी कमजोर

    सगरमाथाको ट्राफिकजामबारे बिबिसीमा प्रधानमन्त्री ओली रक्षात्मक, सचिवालयको तयारी कमजोर

    काठमाडौं
    नेपाल सरकारले हचुवाको भरमा सगरमाथा चढ्ने अनुमती दिँदा यसपाली धेरै आरोहीको निधन भएको बारे प्रधानमन्त्री केपी शर्मा ओली बिबिसी विश्वसेवासँगको अन्तर्वार्तामा रक्षात्मक बन्न पुगेका छन् । युरोप भ्रमणमा गएको ओलीलाई बिबिसीले स्टुडियोमै बोलाएर यसपटकको आरोहण सिजनमा भएको मृत्युको उच्च संख्या बारे प्रश्न गरेको थियो ।

    बिबिसीका प्रस्तोताले किन यति धेरैलाई आरोहण अनुमति दिएको भन्दै गरेको पहिलो प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले उक्त भनाइमा सत्यता नभएको दावी गरे । लगत्तै अहिलेसम्मकै धेरै ३८१ जनालाई आरोहण अनुमति दिएको र चुचुरोमा ट्राफिक जामका कारण धेरै आरोहीको मृत्यु भएको प्रतिप्रश्न बिबिसी प्रस्तोताले राखेका थिए ।

    उक्त प्रश्नको जवाफमा भने प्रधानमन्त्री ओली रक्षात्मक बन्न पुगे । उनले एकै पटक धेरैलाई अनुमति दिएको नभइ सबै आरोही उपयुक्त मौसम पर्खेर एकसाथ माथि उक्लिँदा जाम बन्न पुगेको बताएर आफ्नो तर्क पुष्टि गर्न त खोजे तर बिबिसीको प्रतिप्रश्नले उनलाई फेरि रक्षात्मक अवस्थामै धकेल्यो । बिबिसीले मौसम खुल्ने समयमा पनि कति मात्र सहजै चढ्न र उक्लिन सक्लान् भन्ने तथ्य किन नराखेको भनेर गरेको प्रश्नको जवाफ ओलीले आगामी दिनमा आफुले हेर्ने भन्दै बिट मारे ।

    सगरमाथामा यस पटक धेरैले आरोहण अनुमति पाएका र आरोहीको मृत्युदर बढेको बारे अन्तर्राष्ट्रिय संचार माध्यमले अघिल्लो महिना देखिनै श्रृङ्खलाबद्ध रिपोर्ट प्रकाशन एवं प्रशारण गरेका थिए । तर, बिबिसीको अन्तर्वार्ता हेर्दा उनको सचिवालय यसबारे बेखवर जस्तो देखियो । प्रधानमन्त्रीको प्रस्तुती अनुसार उनका सल्लाहकार एवं सचिवालयले सगरमाथाबारे प्रश्न उठ्न सक्ने र त्यसमा के जवाफ दिने भनेर कुनै तयारी गरेको प्रतित हुँदैन ।

    नेपाल भन्ने वित्तिकै अन्तर्राष्ट्रिय सञ्चार माध्यमको पहिलो चासो हिमालय क्षेत्रमै हुने गरेको छ । तर, नेपाली नेताले त्यो चासो बुझ्न सकेका छैनन् । आफुहरुले राजनीतिक मुद्दा सल्टाएको, दुई तिहाई बहुमतको बामपन्थी सरकार बनेको जस्ता बिषय जति सुनाउन चाहे पनि न संचारकर्मीलाई मतलव हुन्छ न विदेशी पाठक दर्शकलाई नै ।

    बिबिसीले ओलीसँगको अन्तवार्ता सहितबारे नौ मिनेटको प्याकेज बनाएको थियो । अन्तर्वार्ता अघि साढे एक मिनेटको सगरमाथा आरोहणबारेको नेपाली मुलका पत्रकार नविनसिंह खड्काको रिपोर्ट बजाएको थियो । रिपोर्टमा खड्काले सगरमाथा आरोहणको नियमन गर्न ६० कर्मचारीलाई खटाए पनि मुस्किलले पाँच जना पनि बेसक्याम्प नपुगेको यथार्थ सुनाएका थिए । त्यसबारे पनि प्रस्तोताले प्रश्न गरेपछि ओलीले अनुसन्धान गर्ने जवाफ दिएका छन् ।

    सगरमाथा आरोहणको सन्दर्भपछि बिबिसीले ओलीलाई चीनसँगको नेपालमा बढ्दो प्रभाव, नेपाल चीनको ऋणपासोमा पर्न सक्ने सम्भावना लगायतबारे प्रश्न गरेको थियो । त्यसमा उनले नेपालले आफ्नो आवश्यकतामा कर्जा लिने र कसैले थोपरेर नथोपरिने जवाफ दिएका थिए ।

  • युद्धमा भन्दा धेरै अमेरिकी सेनाको दुर्घटनामा मृत्यु, बिहीबार सडक दुर्घटनामा फेरि गयो एकको ज्यान

    युद्धमा भन्दा धेरै अमेरिकी सेनाको दुर्घटनामा मृत्यु, बिहीबार सडक दुर्घटनामा फेरि गयो एकको ज्यान

    बासिङटन
    अमेरिकी सेनाको तालिम क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जवानको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् ।

    यो घटनाले अमेरिकी सेना युद्धमा भन्दा बढि यस्ता दुर्घटनामा मारिएको तथ्यप्रति फेरि एक पटक सबैको ध्यान तानेको हो । सन् २००६ देखि २०१६ सम्म मारिएका अमेरिकी सैनिक मध्ये झन्डै ३२ प्रतिशतको सडक दुर्घटनामा मृत्यु भएको गत महिना सार्वजनिक अमेरिकी संसदको नयाँ तथ्यांकमा उल्लेख गरिएको छ । जबकी उक्त अवधिमा मारिने मध्ये १६ प्रतिशतको मात्र युद्धको क्रममा मृत्यु भएको थियो । साथै ज्यान जाने गरि हुने यस्तो दुर्घटना युद्धका लागि खटिए भन्दा अरु बेला नै धेरै हुने गरेको समेत संसदीय तथ्यांकमा उल्लेख छ ।

    ‘सन् २००६ यता कुल १६ हजार ६५२ अमेरिकी सेनाले सेवारत अवस्थामा ज्यान गुमाएका छन् । त्यसमध्ये ७३ प्रतिशतको मृत्यु युद्धसँग असम्वन्धित घटनामा भएको छ’ संसदीय रिपोर्टमा भनिएको छ ।

    सन् २०१७ मा मात्र युद्ध भन्दा चार गुणा बढि सैनिकले तालीमका क्रममा हुने दुर्घटनामा ज्यान गुमाएको हाउस आर्म सर्भिस कमिटीको रिपोर्टमा जनाइएको छ । धेरै सांसद र सैनिक अधिकारीले युद्धजन्य गतिविधी बाहेक अन्य घटनामा हुने जवान मृत्युदर कम गर्न अतिरिक्त बजेटको व्यवस्था गर्नु पर्ने समेत बताउँदै आएका छन् । सन् २०१७ मा २१ सैनिक जवान युद्धका क्रममा मारिएका थिए । उक्त साल ८० जनाले युद्धसँग असम्बन्धित घटनामा ज्यान गुमाएका थिए ।
    (सिएनएसको सहयोगमा)

  • एक महिनामा ट्रम्पको एप्रुभल रेटिङमा भारी गिरावट– ग्यालप न्यूज

    एक महिनामा ट्रम्पको एप्रुभल रेटिङमा भारी गिरावट– ग्यालप न्यूज

    न्यूयोर्क
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कामकारबाही प्रति जनताको सन्तुष्टी (जब एप्रुभल रेटिङ) एक महिनाको अन्तरालमा ह्वात्तै घटेको एक अध्ययनले देखाएको छ । ग्यालप न्यूजको सर्भेक्षण अनुसार अप्रिलको तुलनामा मे महिनामा ट्रम्पको जब एप्रुभल रेटिङ छ प्रतिशत बिन्दुले ओरालो लागेको हो ।

    अप्रिलको दोस्रो पाक्षिक ट्रम्पको कामले आफुलाई सन्तुष्ट बनाएको भन्ने सर्वसाधारण ४६ प्रतिशत थिए । ग्यालपको नियमित सर्भेमा ट्रम्प निर्वाचित भए यताकै यो सबैभन्दा उच्च एप्रुभल रेटिङ थियो । मे दोस्रो पाक्षिकमा फेरि उनी प्रतिको सन्तुष्टि ४० प्रतिशतमा झरेको हो ।

    सन् २०१६ को चुनावमा रसियन सम्लग्नताको अनुसन्धान गरेको बिषेश काउन्सिलर रोबर्ट मुलरले ट्रम्पले कानुन उल्लंघन नगरेको भनेर आफुले क्लिन चिट दिन नसकेको बताए लगत्तै ग्यालपको पछिल्लो सर्भे भएको थियो । ग्यालपको सर्भेक्षण अनुसार ट्रम्पको सबैभन्दा कम एप्रुभल रेटिङ ३७ प्रतिशत रहेको छ । सन् १९८० को दशकबाट राष्ट्रपतिको कामबारे जनताको सन्तुष्टि मापन गर्दै आएको ग्यालप सर्भे अमेरिकामा उच्च विश्वसनिय रहेको छ ।

    ग्यालप सर्भे अनुसार ट्रम्पले कार्यभार सम्हाले यताको उनको औषत जब एप्रुभल भने ३९ प्रतिशत रहेको छ । मेमा उनको कामप्रति सन्तुष्टि नजनाउने अमेरिकी मतदाताको संख्या भने ५५ प्रतिशत रहेको छ ।

  • सेनामा राजनीति नगर्न ह्वाइट हाउसलाई पेन्टागनको अनुरोध, जोन म्याकेनको नामको युद्धपोत मुख्य मुद्दा

    सेनामा राजनीति नगर्न ह्वाइट हाउसलाई पेन्टागनको अनुरोध, जोन म्याकेनको नामको युद्धपोत मुख्य मुद्दा

    न्यूयोर्क
    अमेरिकी रक्षामन्त्रालय पेन्टागनले राष्ट्रपति भवन ह्वाइट हाउसलाई सेनामाथि राजनीति नगर्न अनुरोध गरेको छ । पूर्व सिनेटर एवं भियतनाम युद्धका अमेरिकी हिरो जोन म्याकेनको सम्मानमा उनको नाम दिइएको युद्धपोत माथिको बिवाद बढ्दै जाँदा पेन्टागनको उक्त अनुरोध आएको हो ।

    गत बर्ष मृत्यु भएका म्याकेनको सम्मानमा पेन्टागनले एक युद्धपोतलाई ‘युएसएस जोन एस म्याकेन’ नामाकरण गरेको थियो । अघिल्लो साता जापान भ्रमणमा गएका ट्रम्पले त्यहाँ रहेको अमेरिकी सेनालाई सम्बोधन गर्ने क्रममा ह्वाइट हाउसले उक्त युद्धपोत नदेखिने गरि राख्न आग्रह गरेको थियो । म्याकेन ट्रम्पको आलोचक थिए । ट्रम्पले भने उनको मृत्युपछि पनि उनलाई गाली गरेका थिए ।

    ह्वाइट हाउसको अनुरोध बमोजिम उक्त युद्धपोत ट्रम्पको सम्बोधनताका लुकाएर भने राखिएन । ट्रम्पले भने आफुलाई ह्वाइट हाउसले गरेको उक्त अनुरोध बारे केही जानकारी नभएको बयान दिएका छन् । साथै आफ्नो भ्रमणटोलीका कसैले यस्तो अनुरोध गरेको भएको त्यो गलत प्रस्ताव नभएको समेत उनले बताएका छन् ।

    पेन्टागनका कार्यबाहक सेक्रेटरी प्याट्रिक श्यानहानले भने आफुले उक्त प्रकरणबारे थप सोधपुछ गर्ने बताएका छन् । उनले सेनाबारे राजनीति गर्न आवश्यक नरहेको र यो प्रकरण सुल्झाउन आफुले उपयुक्त कदम चाल्ने समेत बताएका छन् ।

  • अमेरिकामा पनि कांग्रेस जाग्दै, तीन स्थानमा जागरण अभीयान हुने

    अमेरिकामा पनि कांग्रेस जाग्दै, तीन स्थानमा जागरण अभीयान हुने

    नेपाली जनसम्पर्क समिति अमेरिकाले आउँदो जुन १५ का दिन अमेरिकाको तीन क्षेत्रमा एकैसाथ जनजागरण अभियान कार्यक्रम गर्ने भएको छ । गत मे २९ मा सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको कन्फरेन्स बैठकले उक्त निर्णय गरेको जनाइएकाे छ ।

    अभियानलाई प्रभावकारी ढंगले सफल बनाउन संगठनले अमेरिकाको पूर्व क्षेत्रमा महासचिव मुनिन्द्र नेम्बाङ, दक्षिणी भेगमा उपसभापति चेत प्रसाद पौडेललाई र पश्चिम क्षेत्रका लागि उपसभापति धर्म राज श्रेष्ठलाई केन्द्रीय प्रतिनिधीको रूपमा खटाएको छ ।

    अमेरिकाको पूर्व क्षेत्रको न्यूयोर्कमा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, दक्षिणी भेगको टेक्सासका लागि नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं संस्थाका सभापति आनन्द बिष्ट र पश्चिम क्षेत्रको क्यालिफोर्नियामा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रमुख अथिति रहने महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिए ।

    जनजागरण अभियानमा संस्थाका साधारण एवं कृयाशील सदस्य, शुभेच्छुक, संस्थाको केन्द्र र च्याप्टरमा आबद्ध, अग्रज एवं संस्थाका सल्लाहकार, नेपाली काँग्रेसमा आस्थावान एवं लोकतन्त्र प्रेमी आम नेपालीहरूको सहभागिता रहने समितिले जनाएकाे छ । साथै कार्यक्रमलाई भव्यरूपमा सफल बनाउन संस्थाका सबै संरचना एवं आस्थावान सबैलाई सहभागिताका लागि पनि समितिले अनुराेध गरेकाे छ ।

  • अमेरिकामा बन्दुकबाट फेरि अर्को नरसंहार, भर्जिनिया बीचमा भएको गोली प्रहारमा झण्डै दर्जनको मृत्यु

    अमेरिकामा बन्दुकबाट फेरि अर्को नरसंहार, भर्जिनिया बीचमा भएको गोली प्रहारमा झण्डै दर्जनको मृत्यु

    न्यूयोर्क
    अमेरिकाको भर्जिनिया बीच स्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्दाधुन्द गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । यस्तै छ जना घाइतेलाई अस्पताल पठाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

    भर्जिनिया बीच सिटी कार्यालयको भवन नम्बर दुईमा बन्दुधकारीको अन्दाधुन्द गोली प्रहार थालेका थिए । प्रहरीको जवाफी कारबाहीमा बन्धुकधारी पनि मारिएका छन् । स्थानीय प्रहरी प्रमुखका अनुसार बन्धुकधारी पब्लिक युटिलिटी वर्करको रुपमा कार्यरत थिए ।

    ‘आज भर्जिनिया बीचको इतिहासमा सबैभन्दा कहालीलाग्दो दिन हो, नगरका मेयर बबी डेयरले भनेका छन्– हामीले आफ्ना मित्र, सहकर्मी, छिमेकी गुमाउन पुग्यौँ ।’ बन्दुधकारीले कुनै जाती बिशेषलाई निशाना नबनाएको र एकाएक सबैभन्दा गोली बर्षाउन थालेको स्थानीय प्रहरी प्रमुख जेम्स कार्भेराले बताएका छन् । घटनामा बाँच्न सफल धेरैले टेबुलमुनी लुकेर ज्यान जोगाएको बताएका छन् । घाईतेहरुको स्थानिय प्रिन्सेस एनी र नफोर्क जनरल अस्पतालमा उपचार भईरहेको बताईएको छ । एफबिआईले समेत स्थानीय प्रशासनको सहायोगमा घटनाको अनुसन्धान गर्ने जनाएको छ ।

    बन्दुधकारीले भवनको तला तलमाथि गर्दै गोली चलाएका थिए । लगत्तै प्रहरीले जवाफी कारबाही सुरु गरेको थियो । प्रहरीसँग बन्दुकधारीको दोहोरो गोली हानाहान समेत भएको थियो ।

    आक्रमणकारीले कानुनी प्रकृया पुर्याएर नै फायरआर्म (स्वचालित बन्दुक) खरिद गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गोली प्रहार भएको दुई नम्बर भवनमा नगरका धेरै विभागहरु रहेका छन् । अमेरिकामा बिभिन्न कारणले हुने गोली प्रहार अहिले राजनीतिक बृत्तमा पनि सर्वाधिक बहसको बिषय बनेको छ । अमेरिकी संविधानको दोस्रो संसोधनमा नागरिकलाई फायर आर्म खरिद गर्ने अधिकार हुने उल्लेख छ ।

    तर, तात्कालिन समय र अहिलेको फायरआर्ममा ठूलो फरक आइ सकेको कारण त्यसमा समय सापेक्ष सुधार हुनु पर्ने तर्क डेमोक्र्याटहरुले गर्दै आएका छन् भने रिपब्लिकनहरु त्यसमा सहमत छैनन् । पछिल्लो समय स्वचालित हतियार मार्फत बेला बेला स्कुलहरुमा हुने गोली प्रहारमा पनि बर्षेनी दर्जनौँ छात्रछात्राको मृत्यु हुने गरेको छ ।

  • मोदी मन्त्रीमण्डल– नेपालमा संविधान रोक्न पुग्ने जयशंकर विदेशमन्त्री, विश्वासपात्र शाह गृह

    मोदी मन्त्रीमण्डल– नेपालमा संविधान रोक्न पुग्ने जयशंकर विदेशमन्त्री, विश्वासपात्र शाह गृह

    काठमाडौँ
    दोस्रो कार्यकालका लागि विहीबार सपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आफ्नो मन्त्रीमण्डल सदस्यलाई जिम्मेवारी तोकेका छन् । धेरै प्रभावशाली पदमा पर्ने विदेश मन्त्रीको जिम्मेवारी पार्टी नेतालाई नभइ एक पूर्व कर्मचारीलाई दिएर मोदीले धेरैलाई चकित समेत पारेका छन् ।

    पूर्व विदेश सचिव सब्रमण्यम (एस) जयशंकरले सिधै मन्त्रीको रुपमा त्यो पनि कैयन् पार्टी नेताभन्दा बरियतामा अघि रहेर विहीबार सपथ ग्रहण गर्दा नै धेरैले आश्चर्य मानेका थिए । शुक्रबार जिम्मेवारी तोकिँदा उनले विदेश मन्त्रालयको कमान सम्हाल्न पाएका हुन् । जयशंकर प्रति मोदी भरोसा साँच्चिकै उच्च देखिएको छ । सन् २०१४ अघि नै भाजपाको सदस्य बनेर दुई पटक लोकसभा चुनाव जितेका सेवा निवृत्त चार तारे जर्नेल भिके सिंहलाई यस पटक पनि राज्यमन्त्रीको जिम्मेवारीमै सिमित राखिएको छ । अर्को तिर सिंहकै शैलीमा गैर राजनीति पृष्ठभूमीबाट आएका र अहिलेसम्म पार्टीको सदस्यता पनि नलिएका जयशंकरको छलाङप्रति भारतीय बुद्धिजिवीहरुले नै जिब्रो टोकेका छन् ।

    अघिल्लो कार्यकालमा भाजपाकी बरिष्ठ नेता शुष्मा स्वराजले सम्हालेको विदेश मन्त्रालयको जिम्मेवारी अहिले जयशंकरले पाएका हुन् । स्वराजको सचिव भएर जयशंकरले काम गरेका थिए । अर्कोतिर भिके सिंह स्वराजकै राज्यमन्त्री थिए । अहिले सिंह सडक परिवहन राज्यमन्त्री नियुक्त भएका छन् भने उनी मातहत काम गरेका जयशंकरले सिधै फुलमन्त्रीमा जम्प गर्न पाएका हुन् ।

    जयशंकर प्रति मोदीको भरोसा भने उनी सचिव हुँदा देखिनै देखिएको थियो । नेपालमा संविधानसभाबाट पारित संविधान जारी हुनबाट रोक्न मोदीले जयशंकरलाई नै विशेष दुतका रुपमा काठमाडौँ पठाएका थिए ।

    नेपाली नेताबाट प्रतिकुल जवाफ पाएपछि रिसाएर फर्किएका जयशंकर नेपालमा नाकाबन्दी लगाउन लागि मोदी र स्वराजलाई सहमत गराउन सफल भए । उनलाई अहिले पनि नेपाली बौद्धिक बर्गले उनलाई नाकाबन्दीकै खलनायकको पहिचान दिने गरेको छ । जयशंकर सिधै विदेश मन्त्रीमा नियुक्त भएपछि अब नेपाललाई हेर्ने भारतीय नजर कस्तो होला भन्नेमा सबैको चासो बढेको छ ।

    यस्तै मोदीले आफ्ना विश्वास पात्र अमित शाहलाई गृहमन्त्री बनाएका छन् । सन् २०१४ को चुनावमा उत्तर प्रदेशको जिम्मेवारी पाएका शाह भाजपालाई त्यहाँका ८० मध्ये ७३ लोकसभा सिटमा जिताउन सफल भए पछि पार्टी अध्यक्षमा बढुवा भएका थिए । उनको अध्यक्षतामा यस पटक २०१४ भन्दा ठूलो जित निकाल्न भाजपा सफल भएसँगै मोदीले आफ्नो प्रमुख सारथीको रुपमा उनलाई मन्त्रीमण्डलमा समावेश गरेका हुन् ।

    मोदी गुजरातको मुख्यमन्त्री हुँदा देखिनै शाह उनको सहयोगी थिए । राज्यमा पनि एक पटक मन्त्रीमा नियुक्त भएका शाहले पछि हत्याको अभियोगमा अदालतमा मुद्दा दायर भएपछि राजिनामा दिएका थिए । उनलाई विपक्षिहरुले भने ‘गुण्डा’को पहिचान दिने गरेका छन् ।

    अघिल्लो कार्यकालमा गृहमन्त्री रहेका राजनाथ सिंहलाई भने मोदीले रक्षा मन्त्रालयमा स्थानान्तरण गरेका छन् । यस्तै रक्षामन्त्री रहेकी निर्मला सीतारमन भने अर्थमन्त्रीमा बढुवा भएकी छिन् । उनी भारतको पहिलो महिला अर्थमन्त्री हुन् । पूर्व अर्थमन्त्री अरुण जेट्लीले स्वास्थ्यको कारण देखाउँदै सरकारमा सामेल नहुने निर्णय लिए पछि सीतारमणलाई चुनौतीपुर्ण जिम्मेवारी आइलागेको हो ।