काठमाडौं । प्रहरीले हतियारसहित राजधानीबाट आइतबार तीन जनालाई पक्राउ गरेको छ । अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नयाँ बसपार्कस्थित तारा गेष्टहाउसबाट पक्राउ गरेको हो । उनीहरुले गेष्ट हाउसमा बसेर लुटपाटको योजना बनाएको सुराक प्रहरी समक्ष पुगेको थियो । पक्राउ पर्नेमा झापाका स्थायी बासिन्दा अहिले काठमाडौं टोखा बस्ने ३६ वर्षिय सबिन खवास, नुवाकोटका ३७… Continue reading लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा
Author: Vishwanews.com
विश्वकप विजेता इंल्याण्डको पोल्टामा ४४ करोड नगद
लण्डन । दर्शनीय फाइनलमा न्यूजील्याण्डलाई पराजित गर्दै पहिलो पटक विश्वकप उपाधी घरमा राखेको इंग्ल्याण्डले पुरस्कारस्वरुप नगद ४ मिलियन डलर (झण्डै ४४ करोड रुपैयाँ) समेत हात पारेको छ । इंल्याण्डलाई क्रिकेटको जननी मानिन्छ । तर, अहिलेसम्म विश्वकप उचाल्न सकेको थिएन् । आइतबार साँझ लण्डनको लर्डस् रंगशालामा सम्पन्न फाइनलमा इंङ्ल्याण्डले सुपर ओभरमा न्यूजिल्याण्डलाई पराजित गरेको हो ।… Continue reading विश्वकप विजेता इंल्याण्डको पोल्टामा ४४ करोड नगद
व्यापार युद्धको असर चीनमा, आर्थिक वृद्धि खस्कियो
बेइजिङ । शक्तिशाली मुलुकहरुसँगको व्यापार युद्धको असर चिनियाँ आर्थिक वृद्धिमा देखिन थालेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा पछिल्लो तीन दशक यताकै कम दरमा पुगेको छ । चीन सरकारले सार्वजनिक गरेको तथ्यांकलाई उदृत गर्दैसंचारमाध्यमले अमेरिका–चीन व्यापार युद्ध र विश्वभर आइरहेको आर्थिक मन्दिको असर चिनियाँ अर्थतन्त्रमा देखिएको उल्लेख गरेका… Continue reading व्यापार युद्धको असर चीनमा, आर्थिक वृद्धि खस्कियो
७२ स्थानीय तहमा अझै आएन बजेट, संघको बजेट प्रमाणिकरण
काठमाडौं । देशभर ७५३ स्थानीय तहमध्ये ७२ स्थानीय तह तोकिएको समयभन्दा १९ दिन पछिसम्म पनि बजेट ल्याउन असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबारसम्म ६८१ वटा स्थानीय तहले मात्र आगामी आर्थिक वर्ष २०७६\७७ को बजेट गाउँ तथा नगरसभामा पेश गरेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन,… Continue reading ७२ स्थानीय तहमा अझै आएन बजेट, संघको बजेट प्रमाणिकरण
यूएईमा नेपाली कामदारमाथि झन कडाई, श्रीमती र छोराछोरीलाई दूतावासले एनओसी नदिने
काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूइए)मा काम गरिरहेका नेपालीले अब भ्रमण भिसामा आफ्ना सबैभन्दा नजिकका आफन्तलाई पनि उक्त देशमा बोलाउन नपाउने भएका छन् । यसअघि कामदारले नजिकका आफन्त (श्रीमान, श्रीमती, छोराछोरी, बुबाआमा वा सासुससुरा)लाई भ्रमण भिसामा यूएइ लगेर भ्रमण गराउन चाहे त्यहास्थित नेपाली दूतावासले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) उपलब्ध गराउँदै आएको थियो । एनओसी उपलब्ध… Continue reading यूएईमा नेपाली कामदारमाथि झन कडाई, श्रीमती र छोराछोरीलाई दूतावासले एनओसी नदिने
नेपाललाई टी-२० सिरिज, विश्वकप छनोट तयारीमा अब्बल
काठमाडौं । नेपालले मलेसियाविरुद्धको टी-२० सिरिज कब्जा गरेको छ । दुई खेलको सिरिजमा नेपाल २–० ले विजेता बनेको हो । आइतबार मलेसियाको घरेलु मैदानमा सम्पन्न सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल ६ रनको रोमाञ्चक जीत हात पार्न सफल भयो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो । नेपालका लागि… Continue reading नेपाललाई टी-२० सिरिज, विश्वकप छनोट तयारीमा अब्बल
विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्ने उद्यमीलाई सरकारको पुरस्कार
काठमाडौं । वैदेशिक रोजगारीमा गएर सीप सिकी त्यसलाई स्वदेशमा उपयोग गरेका ७ उद्यमीलाई सरकारले पुरस्कृत गरेको छ । विदेशमा सिकेको सीपलाई उपयोग गरेर उनीहरु स्वरोजगार मात्र बनेनन्, थप नेपाीलाई विदेश जानबाट रोक्ने गरी स्वदेशमै रोजगारी सिर्जनामा पनि उत्तिकै भूमिका निर्वाह गरेका छन् । देशभरबाट ७ जना उदाहरणीय उद्यमी छनोट गरी पुरस्कृत गरिएको हो । स्वदेशमा… Continue reading विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्ने उद्यमीलाई सरकारको पुरस्कार
बाढी पहिरोमा ५१ को निधन, सरकारले तोक्यो सरोकारवालालाई जिम्मेवारी
काठमाडौं । गत बिहीबारदेखिको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोमा परी निधन हुनेको संख्या ५१ पुगेको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले निधन भएको संख्या सार्वजनिक गरेको हो । मुलुकभर ५१ जनाको निधन भएको र ३१ जना वेपत्ता रहेको सरकारको तथ्यांकमा उल्लेख छ । २८ जना घाइते छन् । १० हजार ३ सय ८५… Continue reading बाढी पहिरोमा ५१ को निधन, सरकारले तोक्यो सरोकारवालालाई जिम्मेवारी
लेविको विषयले कांग्रेसको नियमावली विवादमा
काठमाडौं । सक्रिय कार्यक्रतासँग लेवि उठाउने विषय समेटिएको कांग्रेसको नियमावली विवादमा परेको छ । काठमाडौंमा बसेको काग्रेस केन्द्रिय समिति बैठकमा सक्रिय कार्यक्रतासँग लेवी उठाउने उठाउने विषय र अनुशासनको कारवाही कडा गराउने विषय बढी आलोचित बनेका छन् । नेताहरुबीच यी दुई विषयमा अलगअलग धारणा आएका कारण निष्कर्ष ननिस्किएको हो । लेवि उठाउने प्रथा कम्यूनिष्टको भएको भन्दै… Continue reading लेविको विषयले कांग्रेसको नियमावली विवादमा
कोशी ब्यारेजका सबै ढोका खुला
काठमाडौं । सप्तकोशी नदीमा जलस्तर अधिक भएपछि कोशी ब्यारेजका सबै (५६ वटा) ढोका खोलिएको छ । आइतबार बिहानदेखि सबै ढोका खोलेर जल प्रवाहको व्यवस्था मिलाइएको ब्यारेज प्रहरी चौकी कार्यालयले जानकारी दिएो छ । सम्भावित जोखिम कम गर्न सबै ढोका खोलिएको कार्यालयको भनाई छ । एक दशक अगाडी पश्चिम कुशहामा बाँध फुटेपछि नेपाल र भारत दुबै… Continue reading कोशी ब्यारेजका सबै ढोका खुला
अफगानिस्तानमा भिडन्त, २६ आतंककारी मारिएको दावि
अफगानिस्तानमा शुक्रबारदेखि शुरु सरकारी फौज र तालिबान समथर्क लडाकुबीच भएको भिडन्तमा २६ जना मारिएको सरकारी अधिकारीहरुले दावि गरेका छन् । अन्तराष्टिय संचारमाध्यमहरुका अनुसार अफगानिस्तानका उत्तरी प्रान्त तखार र जावजानमा सुरक्षा फौज र तालिबान लडाकुबीच झडप भएको हो । तालिबान समर्थक लडाकूले जावजान प्रान्तस्थित एक जिल्ला कब्जा गर्न खोजेपछि भयानक आक्रमण भएको बताइएको छ । यसरी… Continue reading अफगानिस्तानमा भिडन्त, २६ आतंककारी मारिएको दावि
डोल्पामा तीन घर बगे, १ को निधन, १० वेपत्ता
डोल्पा । डोल्पामा खोलाले तीन घर बगाउँदा एक जनाको निधन भएको छ भने १० जना वेपत्ता भएका छन् । शनिबार डोल्पाको तल्लो भेगस्थित मुड्केचुला गाउँपालिका(१ मा औलमा पर्ने काचिला खोलामा बाढी आएछि ती घर बगाएको प्रहरीले जानकारी दिएको छ । तीन घरका १० जना सम्पर्कविहीन भएका छन् भने १ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको… Continue reading डोल्पामा तीन घर बगे, १ को निधन, १० वेपत्ता
बाढी पहिरोले ३२ को लियो ज्यान
काठमाडौं । बिहीबारदेखि नै परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोमा परी देशभर ३२ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार देशभर ज्यान गुमाउने नागरिकको संख्या ३२ पुगेको हो । विभिन्न स्थानमा १७ जना अझै वेपत्ता छन् । पहाडी भेगमा पहिरो र तराई भेगमा डुबानका कारण धेरै क्षेत्रमा त्रास… Continue reading बाढी पहिरोले ३२ को लियो ज्यान
टी-२०इन्टरनेशनल सिरिजको पहिलो खेलमा नेपाल विजयी
मलेसिया । मलेसियाविरुद्ध दुई खेलको टी-20 सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार बिहान मलेसियाको घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा कप्तान पारस खड्का चम्किएपछि नेपालले सिरिजमा एक शून्यको अग्रता लिएको हो । नेपालले मलेसियालाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको मलेसियाले १२८ रन जोडेको थियो । १२९ रनको लक्ष्य नेपालले १८… Continue reading टी-२०इन्टरनेशनल सिरिजको पहिलो खेलमा नेपाल विजयी
पूर्वी तराईका अधिकांश जिल्ला डुबानमा
काठमाडौं । शनिबार पनि तराईका नदिहरुका जलस्तर बढ्ने क्रम जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी तराईका अधिकांश ठूला नदिहरुले खतराको सूचि पार गरिसकेका छन् । सप्तकोसी र कमला नदीमा बाढीका कारण खतराको स्तर माथि पुगिसकेको बाढी मापन केन्द्रले शनिबार सवेरै जानकारी गराएको छ । कमला नदी(धनुषा(तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा… Continue reading पूर्वी तराईका अधिकांश जिल्ला डुबानमा
सरकारको प्रतिवाद गर्न कांग्रेस र राष्ट्रिय जनता पार्टी एकै ठाउँ
काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारको प्रतिवाद गर्न सहकार्य गर्ने निर्णय गरेका छन् । सरकारका पछिल्ला निर्णय, संसदमा प्रस्तुत गरेका विवादित विधेयक र नागरिक हत्याको ऋंखला बढ्दै गएपछि दई दल सरकारविरुद्ध एक साथ उभिन तयार भएका छन् । दुई दलबीच सहकार्यको वातावरण कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभाका दलका नेता… Continue reading सरकारको प्रतिवाद गर्न कांग्रेस र राष्ट्रिय जनता पार्टी एकै ठाउँ
बार्सिलोना आए एन्टोनी ग्रिजम्यान
विश्व विजेता फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यान बार्सिलोनामा अनुबन्ध भएका छन् । यसअघि उनी स्पेनिस क्लब एट्लेटिको माड्रिडमा थिए । उनी एथलेटिकोका सफल खेलाडी मानिन्छन् । २८ वर्षिय ग्रिजम्यान लियोनल मेसीको कप्तानीमा रहेको ला लिगा च्याम्पियन बार्सिलोनामा अनुबन्ध भएका हुन। बार्सिलोनाले ग्रिजम्यानको रिलिज मूल्य १२० मिलियन एट्लेटकोलाई बुझाउँदै क्लबमा अनुबन्ध गरेको हो । फ्रान्सका फरवार्ड ग्रिजम्यानले… Continue reading बार्सिलोना आए एन्टोनी ग्रिजम्यान
चार प्रहरी एक लाख घुससहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित ४ जना प्रहरीलाई पक्राउ गरेको छ । राजधानीको सामाखुसीस्थित एक मिठाई पसलबाट उनीहरुलाई पक्राउ गरिएको आयोगले जानकारी दिएको छ । उनीहरुलाई रंगेहात पक्राउ गरिएको बताइएको छ । घुस लेनदेनको गोप्य सूचना पाएपछि अख्तियारको टोली मिठाई पसलमा पुगेको थियो । तर, पक्राउ पर्ने प्रहरीको नाम भने खुलाइएको… Continue reading चार प्रहरी एक लाख घुससहित पक्राउ
अविरल वर्षाको वितंडा , देशभर डेढ दर्जनको ज्यान गयो
काठमाडौं । बिहीबार देखिको अविरल वर्षाले नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।
प्रहरी प्रधान कार्यायको पछिल्लो तथ्यांक अनुसार विभिन्न जिल्लामा १७ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं क्षेत्र डुबानमा परेको छ ।
शुक्रबार राजधानी काठमाडौंमै ३ जनाले ज्यान गुमाए । यसबाहेक रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाको ज्यान गएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
काठमाडौं र खोटाङमा ३र३ जनाको ज्यान गएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार सम्म नै ठूलो वर्षाको अनुमान गरेको छ । सोहीकारण क्षति अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
अविरल वर्षाका कारण पहाडमा पहिरोले ज्यान गुमाउनको संख्या बढिरहेको छ । तराईमा भने वस्तीहरु क्रमशः डुबानमा पर्न थालेका छन् ।
प्रहरीका अनुसार बनेपा–३, नालास्थित घरमाथि पहिरो खसेर दुई जनाले ज्यान गुमाएका छन् । यस घटनामा परी ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालको निधन भएको छ ।
रामेछापमा रामपुरस्थित ४५ वर्षीया पदमकुमारी सुनुवारको घरमा पुरिएर मृत्यु भएको छ । भोजपुरमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई आफ्नै घरको पर्खालले पुरिएका छन् ।
काठमाडौंको मुलपानीमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बारा घर भइ मुलपानीमा डेरा गरी बस्ने नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादवको निधन भएको हो ।
शुक्रबार पहाडी र पूर्वी तराईका अधिकांश जिल्लामा वर्षा भयो । जसले गर्दा यस भेगका नदीको जलस्तरसमेत माथि उठेको छ ।
काठमाडौंका अधिकाशं भेग डुबानमा परे । त्यसमा पनि कंलकी क्षेत्र बढी डुबान भयो । काठमाडौंका नदीमा समेत जलस्तर निकै बढेको छ ।
यति एयरलाइन्सको जहाज चिप्लिदा विमानस्थल ८ घण्टा बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको धावनमार्गमा यति एयरलाइन्सको जहाज चिप्लएपछि बन्द भएको विमानस्थल ८ घण्टा पछि सूचारु भएको छ । त्रिभुवन विमानस्थलमा शुक्रबार बिहान ११ बजे नेपालगन्जबाट आएको जहाज अवतरणका क्रममा धावनमार्गमा चिप्लएको थियो । उक्त घटनामा यात्रु र जहाज भने सकुसल रहे । तर, जहाजको पांग्रा हिलोमा भास्सिएपछि बेलैमा जहाज बाहिर निकाल्न सकिएको थिएन… Continue reading यति एयरलाइन्सको जहाज चिप्लिदा विमानस्थल ८ घण्टा बन्द
मनसुनले देशभरको जनजीवन प्रभावित
काठमाडौं । बिहीबारबाट निरन्तर परेको मनसुनले देशमा विभिन्न स्थानको जनजीवन प्रभावित पारेको छ । वर्षापछि आएको बाढीले रौतहटमा डुबान शुरु भएको छ । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्नुका साथै लाल बकैया नदी वस्तीमा छिर्दा डुबान शुरु भएको हो । प्रहरीका अनुसार चन्द्रपुर लच्कामा बाढी सडकमा पसेको छ, जसले गर्दा पूर्व–पश्चिम राजमार्ग नै अवरुद्ध भएको हो ।… Continue reading मनसुनले देशभरको जनजीवन प्रभावित
त्रिविको दावि : प्रधानमन्त्री हिड्न हिलोमा ओच्छ्याइएको कार्पेट होइन, प्लाइउड
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीका बेला हिलो माथि कार्पेट बिच्छ्याएको भन्दै भएको प्रचारको खण्डन गरेको छ । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँड्न कार्पेट नभई प्लाइउड बिच्छाइएको विश्वविद्यालयको दावि छ । बुधबार त्रिविको ६०औ वार्षिकोत्सवका अवसरमा विश्वविद्यालय परिसर पुगेका प्रधानमन्त्रीलाई हिड्न हिलोमाथि कार्पेट ओच्छ्याइएको तस्वीर भाइरल भएको छ… Continue reading त्रिविको दावि : प्रधानमन्त्री हिड्न हिलोमा ओच्छ्याइएको कार्पेट होइन, प्लाइउड
चीनसँग हवाइ सम्झौता पुनरावलोकन हुने
काठमाडौं । नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । यसका लागि सरकारले स्वीकृति दिने निर्णय गरेको छ । नेपाल सरकार र चीन सरकारका प्रतिनिधीमण्डलबीच चीनको राजधानी बेइजिङ्गमा २५–२६ जुलाई २०१९ मा हुने वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार चीन र नेपालबीचको… Continue reading चीनसँग हवाइ सम्झौता पुनरावलोकन हुने
हिमालय एयरलाइन्सको ढाकामा सिधा उडान
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं\ढाका\काठमाडौं रुटमा सीधा उडान गर्ने भएको छ । हिमालयले ६ साउनबाट काठमाडौंदेखि ढाकासम्म सिधा उडान गर्न लागेको हो । यस रुटमा एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उडाउने बिहीबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । एयरलाइन्ससँग तीन वटा न्यारोवडी… Continue reading हिमालय एयरलाइन्सको ढाकामा सिधा उडान
बालविवाह रोक्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हुने सबै प्रकारको बाल विवाह रोक्न सरकार कट्टिवद्ध रहेको बताएका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बाल विवाहलाई विकास प्रतिफलको नकारात्मक सूचकको संज्ञा दिँदै यसमा परिवर्तन ल्याउन प्रयास भइरहेको उल्लेख गरेका छन । ‘कुनै पनि प्रकारको बालश्रम र बाल दुव्र्यवहारप्रति सरकारले शून्य… Continue reading बालविवाह रोक्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री
भागेका थुनुवा फेरी पक्राउ
काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट फरार तीन थुनुवामध्ये २ जना पुनः पक्राउ परेका छन् । उनीहरु मंगलबार हिरासतको ग्रिल उप्काएर भागेको प्रहरीले बताएको थियो । लागु औषध कारोबार र चोरीको आरोपमा पक्राउ परेका थिए । अभियुक्त रुद्रलाल श्रेष्ठ, समशेर माझी र रवीकुमार तिमल्सिना हिरासतबाट भागेका थिए । भागेका मध्ये रुद्रलाल श्रेष्ठ, समशेर माझी… Continue reading भागेका थुनुवा फेरी पक्राउ
सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु
काठमाडौं । सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न आदेश दिएको छ । अर्को आदेश नआएसम्म तत्कालका लागि असार १८ मा मन्त्रीपरिषद्ले विषादी परीक्षण गर्ने निर्णय फिर्ता कार्यान्वयन नगर्न आदेश दिएको हो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गरेको… Continue reading सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु
त्रिवि पुगेर प्रधानमन्त्रीले भने : गल्ती गर्नेहरु कारवाहीको भागिदार
काठमाडौं । एकपछि अर्को काण्ड बाहिरिएपछि बदनाम भइरहेको त्रिभुवन विश्वविद्यालयले ६० औं वार्षिकोत्सव मनायो । वार्षिकोत्सवका अवसरमा विश्वविद्यालयका कूलपति तथा प्रधानमन्त्री केपि शर्मा ओली त्रिभुवन विश्वविद्यालय पुगे । तर, उनी पुगेपछिको व्यवस्थापनको दृष्यले देशकै पाको विश्वविद्यालयको बेइज्यत मात्र गरेन, यो अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने पनि प्रष्ट देखायो । बुधबार काठमाडौंमा ठूलो पानी परेको… Continue reading त्रिवि पुगेर प्रधानमन्त्रीले भने : गल्ती गर्नेहरु कारवाहीको भागिदार
भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास
भोजपुर । बुधबार बिहानै भोजपुर सदरमुकाम मै नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता र प्रहरीबीचको गोली हानाहानमा दुई जनाको ज्यान गएसँगै सर्वसाधारणमा त्रास फैलिएको छ । मुलुक शान्ती प्रक्रिया टुंग्याएर राजनीतिक स्थायित्वतर्फ अगाडी बढ्दै जाँदा सरकारले विप्लव समूहलाई प्रतिवन्धित समूह घोषणा गरेको छ । यसको प्रतिवादस्वरुप विप्लव समूहले गतिविधि बढाएसँगै देशभर त्रासको वातावरण शुरु भएको छ… Continue reading भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास
न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो
म्यान्चेस्टर । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको छ । बुधबार बेलायतको म्यानचेस्टरमा सम्पन्न खेलमा न्यूजिल्याण्डले भारतमाथि १८ रनको रोमान्चक जीत हात पार्यो । खेल मंगलबार नै हुनुपर्ने थियो । तर, वर्षाले अवरुद्ध भएको खेल बुधबारका लागि सारिएको थियो । न्यूजिल्याण्डले मंगलबार नै ब्याटिङ गरेको थियो । भारतका लागि बुधबार २४० रनको… Continue reading न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो