अस्पतालको शौचालयमा नक्कली बम राखेर तीन करोड फिरौती माग्ने तीन जना पक्राउ

काठमाडौं । गत साता पुराना बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । अस्पतालका डाक्टर र प्रशासनलाई मध्याएर तीन करोड फिरौती मागेको र त्यसका लागि नक्कली बमको प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नक्कली बम बनाउन भने युट्युवबाट सिकेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका… Continue reading अस्पतालको शौचालयमा नक्कली बम राखेर तीन करोड फिरौती माग्ने तीन जना पक्राउ

नेपाल र बंगलादेशले बराबरी खेले

Photo : goalnepal.com

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशले दोस्रो मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । दशरथ रंगशालामा आइतबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । पहिलो मैत्रीपूर्ण खेल भने नेपालले २, १ ले जितेको थियो । दोस्रो खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका थिए । गोलकिपर… Continue reading नेपाल र बंगलादेशले बराबरी खेले

थप ९११ जनामा कोरोना पुष्टी, १४२३ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७८ पीसीआर परीक्षण गर्दा ८३८ जना र ३१४० एन्टिजेन परीक्षण गर्दा ७३ गरी ९११ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७७ हजार… Continue reading थप ९११ जनामा कोरोना पुष्टी, १४२३ जना संक्रमण मुक्त

नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक

काठमाडौं । सेयर बजारले उच्च अंकले बाउन्स ब्याक गरेको छ । गत हप्ता तीव्र उतरचढाव आएको बजार आज ७१ अंकले कमब्याक गरेको हो । हाइड्रोपावर, फाइनान्स, विकास बैंक समूहको सेयरमा चमक आउँदा नेप्सेमा उछाल आएको हो । यी समूहका अधिकांश कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ । सूचकमा उछाल आए पनि कारोबार रकममा भने… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपित सार्वजनिक

संखुवासभा । संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा… Continue reading संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपित सार्वजनिक

एकीकृत समाजवादी रोजेका सांसदलाई कारबाही नगर्न अदालतको आदेश

काठमाडौं । नेकपा (एमाले) बाट नेकपा (एकीकृत समाजवादी) मा जान लागेका सांसद सोमप्रसाद पाण्डेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यसबेलासम्म उनीहरुमाथि कारबाही नगर्न र नगराउन आदेश दिएको हो । एमाले सांसदहरु प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र… Continue reading एकीकृत समाजवादी रोजेका सांसदलाई कारबाही नगर्न अदालतको आदेश

म्यान यूको दोस्रो डेब्यू खेलमै रोनाल्डोले गरे दुई गोल

काठमाडौं । म्यानचेस्टर युनाइटेडमा फर्किएका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले डेब्यू खेलमै दुई गोल गरेका छन् । क्लवले इङ्लिस प्रिमियर लिगमा न्युक्यासललाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले न्युक्यासललाई ४, १ ले हराएको हो । युनाइटेडको जितमा १२ वर्षपछि क्लबमा फर्किएर डेब्यु खेल खेलेका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । रोनाल्डोले पहिलो… Continue reading म्यान यूको दोस्रो डेब्यू खेलमै रोनाल्डोले गरे दुई गोल

पेरुमा २८ वर्षदेखि जेलमा रहेका माओवादी नेता गोन्जालोको मृत्यु

काठमाडौं । पेरुमा २८ वर्षदेखि सैनिक जेलमा रहेका माओवादी नेता गोन्जालोका जेलमै निधन भएको छ । पेरुमा सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका बेला उनी प्रमुख नेता थिए । न्यूयोर्क टाइम्सका अनुसार पेरुको कायालो क्षेत्रको सैन्य जेलमा उनको मृत्यु भएको हो । गोन्जालो ८६ वर्षका थिए । पेरुमा वामपन्थी रास्ट्रपति… Continue reading पेरुमा २८ वर्षदेखि जेलमा रहेका माओवादी नेता गोन्जालोको मृत्यु

महिला फुटबल : आज नेपाल र बंगलादेश दोस्रो खेलमा भिड्दै

Photo : goalnepal.com

काठमाडौं । नेपाल एएफसी एसियन कप २०२२ छनोटको तयारीमा छ । यसै सिलसिलामा नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलिरहेको छ । जसमध्ये पहिलो खेलमा नेपाल विजयी भइसकेको छ । दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । यसअघि बिहीबार नेपालले बंगलादेशमाथि २–१ को जित निकालेको थियो । सिनियर टिममा पहिलोपल्ट अवसर… Continue reading महिला फुटबल : आज नेपाल र बंगलादेश दोस्रो खेलमा भिड्दै

मकवानपुरका विद्यालय आजबाट खुल्ने

हेटौडा । पछिल्लो चार महिनादेखि बन्द मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय लिएको हो । जिल्लाको १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउने भएका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउने… Continue reading मकवानपुरका विद्यालय आजबाट खुल्ने

चैतपछि आज सबैभन्दा कम संक्रमण, ९९४ जनामा पुष्टी- १३६८ जनाले जिते संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ले सार्वजनिक गरेको तथ्यांक अनुसार आज ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा… Continue reading चैतपछि आज सबैभन्दा कम संक्रमण, ९९४ जनामा पुष्टी- १३६८ जनाले जिते संक्रमण

संखुवासभा हत्याकाण्ड: एकै व्यक्तिले गरेको प्रहरीको भनाई, आरोपित पक्राउ

संखुवासभा । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा एक जना मात्र व्यक्तिको संलग्नता देखिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले हत्या आरोपित व्यक्तिलाई पक्राउ समेत गरेको छ । प्रहहरीका अनुसार हत्या आरोपमा शनिबार बिहान छिमेकी २६ वर्षीय लोकबहादुर कार्की पक्राउ परेका छन् । उनलाई आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने कार्यक्रम छ । पक्राउ… Continue reading संखुवासभा हत्याकाण्ड: एकै व्यक्तिले गरेको प्रहरीको भनाई, आरोपित पक्राउ

युट्युबको आम्दानीमा अब एक प्रतिशत कर

काठमाडौं । नेपाल सरकारले युट्युबसहित सामाजिक संजालबाट हुने आम्दानीलाई करको दायरामा ल्याएको छ । अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमा यस्तो व्यवस्था गरेका हुन् । उनका अनुसारु व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा… Continue reading युट्युबको आम्दानीमा अब एक प्रतिशत कर

मेलम्ची पुनः काठमाडौं ल्याउने समय सीमा चैतलाई तोकियो

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सक्ने गरि समय सीमा तोकेको छ । त्यसपछि काठमाडौंमा नियमित खानेपानी आपूर्ति हुने अर्थमन्त्री जनार्दन शर्माले बताए । बाढी र पहिरोका कारण मेलम्ची क्षेत्रमा ठूलो क्षति पुगेको छ । यो काम पुरा गरि काठमाडौंमा पुनः पानी ल्याउनु चूनौतिपूर्ण मानिएको छ । मेलम्चीमा आवश्यक मर्मत तथा पुनःस्थापन… Continue reading मेलम्ची पुनः काठमाडौं ल्याउने समय सीमा चैतलाई तोकियो

संसारले भुल्न नसक्ने मिति ९\११, के भएको थियो यो दिन ?

GETTY IMAGES\BBC

वासिंटन डिसी । कोरोना भाइरसको महामारी भन्दा अगाडी संसारभर पर्यटकीय आवागमन ठप्प बनाएको एक घटना थियो सेप्टेम्बर ११ । यो घटनाले अमेरिकालाई त धेरै सालसम्म झस्काइरहने छ नै, संसारले नै भुल्न भने सक्ने छैन । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा जोताएका… Continue reading संसारले भुल्न नसक्ने मिति ९\११, के भएको थियो यो दिन ?

आज ऋषिपञ्चमी पूजा, तीज सकिँदै

काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी, देशभर ऋषिपञ्चमी पर्व मनाइँदैछ । हिन्दु नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी यो पर्व मनाउँछन् । आजबाट तीज पर्व समेत समाप्त हुने छ । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी… Continue reading आज ऋषिपञ्चमी पूजा, तीज सकिँदै

पपुवा न्यूगिनीविरुद्ध नेपालको सानदार जित, सन्दीप र रोहित चम्किए

ओमन । बलमा सन्दिप लामिछाने र ब्याटमा रोहित पौडेल चम्किएको खेलमा नेपालले पपुवा न्यूगिनीमाथि सानदार जित निकालेको छ । शुक्रबार राती सुम्पन्न अन्तर्राष्ट्रिय वाड डे सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५१ रनको विशाल अन्तरले हराएको हो । आज नेपालले सबै फरम्याटमा उकृत्ष्ट प्रदर्शन गरेको छ । टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५०९… Continue reading पपुवा न्यूगिनीविरुद्ध नेपालको सानदार जित, सन्दीप र रोहित चम्किए

अमेरिकी कम्पनी फोर्डले अब भारतमा उत्पादन बन्द गर्ने, नेपालसहितको सेवा के हुन्छ ?

Reuters

नयाँ दिल्ली । अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले भारतमा कार उत्पादन बन्द गर्ने भएको छ । बीबीसीका अनुसार कम्पनीले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो । कम्पनीले भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने भएको हो । सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात राज्यमा रहेका प्लान्टहरू बन्द गर्ने तर निर्यातका लागि कार इन्जिन… Continue reading अमेरिकी कम्पनी फोर्डले अब भारतमा उत्पादन बन्द गर्ने, नेपालसहितको सेवा के हुन्छ ?

सरकारले घटायो ३७ अर्ब ऋणको लक्ष्य, राजस्व भने बढाउने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा लिने लक्ष्य लिएको सार्वजनिक ऋणको लक्ष्य घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार बजेटले आन्तरिक तथा वैदेशिक ऋणको अंश करिब ३७ अर्ब रूपैयाँले घटेको छ । संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले घटेको ऋणबाट नेपाली जनतामा रहेको ऋणभार सानो अंशमा भएपनि कम हुन जाने बताए । अनुत्पादक क्षेत्रमा सार्वजनिक… Continue reading सरकारले घटायो ३७ अर्ब ऋणको लक्ष्य, राजस्व भने बढाउने

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेकी हुन्। प्रधानमन्त्री देउवाले ट्विटरमा भेटको तस्वीर सार्वजनिक गरेका छन् । भेटमा एमसिसीबारे दुबै पक्षले आआफ्नो धारण राखेका छन् । साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण… Continue reading प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट, के भयो कुराकानी ?

कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रबाहेकका सबै अधिवेशनको कार्यतालिका हेरफेर

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । केन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो । शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन् । पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन् । जसअनुसार २७ भदौको पालिका अधिवेशन ९ असोजमा,… Continue reading कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रबाहेकका सबै अधिवेशनको कार्यतालिका हेरफेर

आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत राख्ने लक्ष्य लिएको छ। शुक्रबार अर्थमन्त्री जनार्दशन शर्माले बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत राख्ने लक्ष्य राखेको बताए । अध्यादेश मार्फत प्रस्तुत भएको बजेटले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयकमार्फत ०.५ प्रतिशत थपिएको हो । यसअघि तत्कालीन… Continue reading आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

नेपालमा थप ११४६ जनामा कोरोना पुष्टी, २१ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ पीसीआर परीक्षण गर्दा ९६१ जना र २३६७ एन्टिजेन परीक्षण गर्दा १८५ गरी ११४६ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७५ हजार… Continue reading नेपालमा थप ११४६ जनामा कोरोना पुष्टी, २१ जना संक्रमितको निधन

चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट सार्वजनिक

काठमाडौं । सरकारले तत्कालिन केपी शर्मा ओली सरकारले ल्याएको बजेटको आकार प्रतिस्थापन विधेयक मार्फत घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका छन्। कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब… Continue reading चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट सार्वजनिक

दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा, कोरोना खोपलाई ५ अर्ब

काठमाडौं । सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ। संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो। २०७४ को आम चुनावको… Continue reading दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा, कोरोना खोपलाई ५ अर्ब

सांसद र मर्यादापालकबीच घम्साघम्सी,अर्थमन्त्रीले पेश गरे बजेट प्रतिस्थापन विधेयक

काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेको अवरोधबीच प्रतिस्थापन विधेयक पेश भएको छ। शुक्रवार बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुनेगरी विधेयक पेश गरेका हुन्। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न र वर्तमान आर्थिक परियोजनाहरुलाई पूर्णता दिन बजेट परिमार्जन गर्नु परेको अर्थमन्त्री शर्माले बताएका छन्। अर्थमन्त्री शर्माले… Continue reading सांसद र मर्यादापालकबीच घम्साघम्सी,अर्थमन्त्रीले पेश गरे बजेट प्रतिस्थापन विधेयक

एमसीसी उपाध्यक्ष भेटघाटमा व्यस्त, आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने

काठमाडौं । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोली अहिले काठमाडौंमा छ । बिहीबार आइपुगेको यो टोली भेटघाटमा व्यस्त रहेको छ । टोलीले बिहीबार नै विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेको थियो । शुक्रबार भने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेको छ । नेपालको संसदबाट… Continue reading एमसीसी उपाध्यक्ष भेटघाटमा व्यस्त, आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने

कि खोप लगाउ, नभए हरेक साता कोरोना परीक्षण गर : राष्ट्रपति बाइडेन

GEETTY IMAGES

वासिंटन डिसी । अमेरिकी सरकारले खोप वितरण सुस्त भएपछि नागरिकका लागि कडा रवैया अपनाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड १९ विरुद्ध लड्न विभिन्न उपायहरू सार्वजनिक गरेका छन्। बीबीसीका अनुसार उनले गरेको पछिल्लो घोषणा अनुसार ठूला कम्पनीका कर्मचारीहरूले कोभिड विरुद्धको खोप लगाउनुपर्ने वा साप्ताहिक रूपमा परीक्षण गराउनुपर्ने भएको छ । अमेरिकामा ठूलो जनसंख्याले… Continue reading कि खोप लगाउ, नभए हरेक साता कोरोना परीक्षण गर : राष्ट्रपति बाइडेन

पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई दर्शन खुला

काठमाडौं । पशुपतिनाथ मन्दिरमा शुक्रबारबाट दर्शन गर्न पाइने भएको छ । सर्वसाधारणले निर्वाध दर्शन गर्न पाउने गरि आजबाट मन्दिर खुला भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना भाइरसको महामारीका बीच मन्दिर पछिल्लो चार महिनायता बन्द थियो । शुक्रबार बिहान ६ बजेदेखि दर्शन खुल्ला भएको छ । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका… Continue reading पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई दर्शन खुला

कप्तान मेसीको ह्याट्रिकमा अर्जेण्टिना विजयी

Getty Images

काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकको मद्दतमा दक्षिण अमेरिकी विश्वकप फुटबल छनोटमा अर्जेण्टिनाले लगातार ८ औं जित निकालेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेण्टिनाले शुक्रबार बोलिभियामाथि ३-० गोल अन्तरको जित निकाल्यो । ब्युनर्स आयर्समा सम्पन्न खेलमा तीन वटै गोल मेसीले गरेका हुन् । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका… Continue reading कप्तान मेसीको ह्याट्रिकमा अर्जेण्टिना विजयी