काठमाडौं। चिनियाँ प्राविधिक टोलीले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको छ। नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको हो। चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको उल्लेख छ। चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका… Continue reading दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ टोलीद्वारा पुष्टी, चार हजार मिटर ड्रिलिङ हुने
Author: Vishwanews.com
अफगानी पूर्वराष्ट्रपतिले भने : ६० लाख काबुलबासीलाई जोगाउन देश छाडे
काठमाडौं । अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले ६० लाख काबुलबासीलाई हिंसाबाट जोगाउन आफुले देश छाडेको बताएका छन् । देश छाड्नुको कारणबारे उल्लेख गर्दै विज्ञप्ति निकालेका उनले तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका हुन् । बीबीसीका अनुसार दुई पटक राष्ट्रपति बनिसकेका गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत… Continue reading अफगानी पूर्वराष्ट्रपतिले भने : ६० लाख काबुलबासीलाई जोगाउन देश छाडे
महिलाहरुको महान पर्व तीज आज, महादेवको व्रत र पूजा गरिँदै
काठमाडौं । नेपाली हिुन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आज देश तथा विदेशमा रहेका नेपालीले मनाउँदैछन् । नेपाली महिलाले भगवान महादेवको पूजा आराधना तथा निराहार व्रत बसी यो पर्व मनाउने प्रचलन रहेको छ । यस दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गर्दा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अघिल्लो… Continue reading महिलाहरुको महान पर्व तीज आज, महादेवको व्रत र पूजा गरिँदै
एमसीसी उपाध्यक्ष फतिमा आज नेपाल आउँदै
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार आज नेपाल भ्रमणमा आउने भएक िछिन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान कतार हुँदै नेपाल आउन लागेको अमेरिकी दूतावासले जनाएको छ । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा चर्को बहस… Continue reading एमसीसी उपाध्यक्ष फतिमा आज नेपाल आउँदै
एमसीसीबारे अमेरिकाले नेपाललाई पठायो जवाफ, के दियो स्पष्टिकरण ?
काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्यापक विरोध भइरहेको समयमा अर्थ मन्त्रालयले सोधेका ेप्रश्नको जवाफ अमेरिकाले नेपाललाई पठाएको छ । नेपालले सोधको प्रश्नको जवाफमा एमसीसीले यो सहयोग सैन्य रणनीतिको हिस्सा नरहेको स्पष्ट पारेको छ । सन् २०१७ मा हस्ताक्षर भएको यो सम्झौता अनुमोदन गर्ने समय ढल्कनै लागेको छ । एमसीसी अब… Continue reading एमसीसीबारे अमेरिकाले नेपाललाई पठायो जवाफ, के दियो स्पष्टिकरण ?
पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य
काठमाडौं । लगानी बोर्डले आगामी पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने सहितका लक्ष्य राखेको छ । ती लक्ष्य समेटिएको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको छ ।… Continue reading पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य
संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश
काठमाडौं । संसदमा आज नेकपा एमालेले नाराबाजी गरेको छ । संसदको नियमित बैठक अवरुद्ध गरेको पार्टीका सांसदहरुले रोष्ट्रम घेराउ गरि सभामुखविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले एमाले फुटाउन सभामुखले षडयन्त्र गरेको भन्दै विरोध गहिरहेका छन् । विरोधको माहौलका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । नेकपा एमालेले आफूले कारबाही गरेका १४… Continue reading संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश
रोकिएन् नेपाली सेयर बजारको पहिरो, दुई दिनमै नेप्से १०५ अंकले घट्यो
काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम जारी छ । यससाता आइतबार १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले कमब्याक गरे पनि त्यसयता फेरि ओरालो लागेको हो । पछिल्ला दुई दिनमै नेप्से १०५ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि शुरु भएको नेप्सेको ओरालो यात्रा अझै जारी रहेको हो… Continue reading रोकिएन् नेपाली सेयर बजारको पहिरो, दुई दिनमै नेप्से १०५ अंकले घट्यो
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए (सूचीसहित)
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गरेकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थप्दै १२ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा एमालेको माधव नेपाल समूह छोडेकी रचना खड्का अर्थमन्त्री बनेकी छन् । डा। अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। विजय सुवेदी… Continue reading बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए (सूचीसहित)
‘एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ’-प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोखरेल ‘वैरागी’को२२औं स्मृतिमा आयोजित कार्यक्रममा उनले आफूहरु भिन्नै शैली, संस्कार र संस्कृतिबाट आएको र त्यसलाई अझ सुदृढ, विकसित र परिमार्जित गरेर जानुपर्ने बताएका हुन् ।… Continue reading ‘एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ’-प्रचण्ड
कारवाहीमा परेका १४ जना सांसद उपस्थित भए संसद चल्न दिदैनाैं : अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएको छ । प्रतिनिधिसभाको बैठक आज बुधबार (२३ भदौमा) बोलाइएको छ । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन… Continue reading कारवाहीमा परेका १४ जना सांसद उपस्थित भए संसद चल्न दिदैनाैं : अध्यक्ष ओली
मेक्सिकोमा गर्भपतनलाई अब कानूनि मान्यता
काठमाडौं । मेक्सिकोमा गर्भपतनले कानूनि मान्यता पाएको छ । त्यहाँको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । गर्भपतन अपराध नभएको ठहर गर्दै अदालतले ऐतिहासिक फैसला गरेको हो । बीबीसीका अनुसार गर्भपतन गराएकालाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक हुने फैसला अदालतले गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले यस्तो… Continue reading मेक्सिकोमा गर्भपतनलाई अब कानूनि मान्यता
एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने
काठमाडौं । एमाले विभाजन भएपछि बनेको नयाँ पार्टी एकिकृत समाजवादी दलमा जान चाहने स्थानीय र प्रदेश तहका जनप्रतिनिधिलाई मंगलबारसम्मको समय सीमा दिइएको थियो । सो समय भित्र सनाखत गरेका जनप्रतिनिधिको पद सुरक्षित रहने छ । साथै उनीहरु नयाँ दलमा रहने छन् । अन्यको भने एमाले मै रहने छन् । यो जनता समाजवादी दलमा समेत लागु… Continue reading एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने
तीजको दर खाने दिन आज, चेलीहरु पुग्नेछन् माइतीमा
काठमाडौं । महिलाहरुको महान चाड हरितालिका तीज बिहीबार परेको छ । त्यसको अघिल्लो दिन आज दर खाने दिनका रुपमा मनाइदैछ । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने गरिनछ । दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गरिन्छ । आज बिहे गरेर… Continue reading तीजको दर खाने दिन आज, चेलीहरु पुग्नेछन् माइतीमा
संसदको अधिवेशन आजबाट शुरु
काठमाडौं । प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक आज बस्ने भएको छ । बुधबार अपराह्न चार बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने भएको छ । सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने समेत कार्यसूची रहेको छ । एक दर्जन बढी अध्यादेश स्वीकृतिका लागि प्रस्ताव… Continue reading संसदको अधिवेशन आजबाट शुरु
काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु
काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक सम्पदा बसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । अब छानो छाउने काम सुरु गरिएको हो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण गरि छानो राख्न थालिएको हो । सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको… Continue reading काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु
अफगानिस्तानमा तालिबानले बनायो सरकार
काबुल । अफगानिस्तानमा तालिबानले सरकार घोषणा गरेको छ । तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको बीबीसीले जनाएको छ । समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने भएका छन्। उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्ला मुजाहिदले बताएका छन्। अब्दुल गनी बरादर तालिबान समूहका उपसंस्थापक पनि हुन्। उनी… Continue reading अफगानिस्तानमा तालिबानले बनायो सरकार
संखुवासभा हत्याकाण्ड: ६ जनाकै टाउकोमा प्रहार गरि हत्या भएको खुल्यो
धरान । संखुवासभामा भएको सामूहिक हत्या काण्डमा मारिएका ६ जनालाई नै टाउकोमा प्रहार गरि मारिएको पाइएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । चिकित्सकका गरेको प्रारम्भिक जाँचबुझ अनुसार टाउकोमा देखिएको गम्भीर चोटका कारण उनीअरुको मृत्यु भएको देखिएको छ । टाउकोमा पछाडीबाट लौरो वा मुंग्रो जस्तो वस्तुले प्रहार… Continue reading संखुवासभा हत्याकाण्ड: ६ जनाकै टाउकोमा प्रहार गरि हत्या भएको खुल्यो
रोहित र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको जित
काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । मंगलबार ओमानमा भएको खेलमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर गुमाएर भेटाएको हो । नेपालको जितमा रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारी गरे । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर… Continue reading रोहित र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको जित
नेपालमा थप १६७७ जनामा कोरोना पुष्टी, २०७२ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ पीसीआर परीक्षण गर्दा १४२३ जना र ३९२३ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १६७७ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७२ हजार… Continue reading नेपालमा थप १६७७ जनामा कोरोना पुष्टी, २०७२ जना संक्रमण मुक्त
सभामुखविरुद्ध मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगसँग लिखित जवाफ माग
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) लाई भदौ २८ गते छलफलका लागि बोलाएको हो । ओलीको तर्फबाट बहस गरेका अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमेश बडालका अनुसार सांसद पदबाट मुक्त गर्ने… Continue reading सभामुखविरुद्ध मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगसँग लिखित जवाफ माग
नेपाली सेयर बजारमा फेरि गयो पहिरो, कारोबार साढे ७ अर्बमा सीमित
काठमाडौं । सेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार एकैदिन कीर्तिमानी १६२ अंकले बढेको बजार आज फेरि उच्च अंकले घटेको हो । यस साता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो भने आज फेरि ४४ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि… Continue reading नेपाली सेयर बजारमा फेरि गयो पहिरो, कारोबार साढे ७ अर्बमा सीमित
फेरिए काठमाडौं सिडिओ, गृहका सहसचिव गोविन्द रिजाललाई जिम्मेवारी
काठमाडौं । काठमाडौं जिल्ला प्रशासनका प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृहमा तानेको हो। उनको ठाउँमा गृहका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको गृहले जनाएको छ। पराजुलीले गत मंसिरमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए। प्रमुख जिल्ला अधिकारीको पदावधि एक वर्षको हुने गर्छ। पछिल्लो समय सिडिओ पराजुलीले काठमाडौंको चन्द्रागिरि रिसोर्टलाई स्वास्थ्य मापदण्ड… Continue reading फेरिए काठमाडौं सिडिओ, गृहका सहसचिव गोविन्द रिजाललाई जिम्मेवारी
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
काठमाडौं । हिन्दु धर्मावलम्बीहरु बुबालाई भगवानको रुपमा सम्मान गर्छन् । बुबालाई सम्मान प्रकट गर्ने दिनका रुपमा आज नेपाल तथा विदेशमा कुशे औंशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसीका दिन देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने प्रचलन रहेको छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको… Continue reading आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट
काठमाडौं । नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट खेल हुँदैछ । आईसीसी क्रिकेट विश्वकप लिग २ मा त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेको नेपालले सिरिज शुरु हुने अगाडी पपुवा न्यु गिनीसँग दुई खेलको सिरिजमा भाग लिँदैछ । जसमा पहिलाने खेल आज हुँदैछ । नेपाल र पीएनजीबीच मंगलबार बिहान नेपाली समय अनुसार ११ः१५ बजेबाट ओमान… Continue reading नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट
बेलायती महारानीले राजा महेन्द्रलाई दिएको बग्गी सार्वजनिक प्रदर्शनीमा
काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिएको सुनौली बग्गी अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । यो बग्गी तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गर्न ल्याइएको थियो । नारायणहिटी दरबार सङ्ग्रहालयमा सोमबार बग्गीको औपचारिक सार्वजनिकीकरण गरियो । अब संग्रहालय घुम्न जानेहरुले यो बग्गी हेर्न सक्ने छन् । यसअघि हिटलरले राजा… Continue reading बेलायती महारानीले राजा महेन्द्रलाई दिएको बग्गी सार्वजनिक प्रदर्शनीमा
जनगणना २५ कात्तिकबाट ९ मंसिरसम्म हुने निश्चित
काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको मिति तोकिएको छ । यसअघि २५ जेठबाट शुरु भई ८ असारमा सकिनु पर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेको हो । तालीका अनुसार कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना… Continue reading जनगणना २५ कात्तिकबाट ९ मंसिरसम्म हुने निश्चित
दार्चुला घटना र भारतीय हेलिकोप्टर नेपालमा उडेको घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट
काठमाडौं । दार्चुलामा भारतीय सुरक्षा बलको उपस्थितिमा तुइन काटिँदा नेपाली युवा महाकाली नदिमा वेपत्ता भएको र नेपाली आकासमा बीना अनुमति भारतीय हेलिकोप्टर उडेको सम्बन्धमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले यसको पुष्टी गरेका छन् । दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत… Continue reading दार्चुला घटना र भारतीय हेलिकोप्टर नेपालमा उडेको घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट
अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं
काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयले बहसको उचाई छोएको छ । यस विषयमा नकारात्मक टिप्पणी बढी आइरहेका छन् । केही दिन अगाडी गृह मन्त्रालयले एमसीसीका सम्बन्धमा नकारात्मक टिप्पणी नगर्न भन्दै विज्ञप्ती निकालेको थियो । तर, अमेरिकी दुतावासले भने अमेरिकी सरकार स्वस्थ्य बहसको पक्षमा रहेको बताएको छ । काठमाडौंस्थित… Continue reading अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं
पछिल्लो २४ घण्टामा १ हजार ८९७ संक्रमित थपिए, २० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १४८८ जना र ४३७० एन्टिजेन परीक्षण गर्दा ४०९ गरी १८९७ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७० हजार… Continue reading पछिल्लो २४ घण्टामा १ हजार ८९७ संक्रमित थपिए, २० को मृत्यु