५ महिनामा विपद्ले लियो २७१ को ज्यान

प्रतिकात्मक तस्वीर

काठमाडौं । प्राकृतिक विपत्तिमा परी ५ महिनाको अवधिमा २ सय ७१ जना मानिसले ज्यान गुमाउन बाध्य भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वैशाख २०७६ यता प्राकृतिक विपत्तका कारण ति मानिसको ज्यान गएको हो । यसबीचमा ६ सय ४६ जना मानिस घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै बाढी पहिरोले नेपालीको ज्यान लिएको… Continue reading ५ महिनामा विपद्ले लियो २७१ को ज्यान

अमेरिका-इरान बढ्दो तनाव, कच्चा तेलको मूल्य निरन्तर उकालो

साउदी अरेविया । गत शनिबार साउदी अरेवियाको सबैभन्दा ठूलो कच्चा तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भयो । हमलाका कारण आगोलागी मात्र भएन, तेलको कुवामै क्षति पुग्यो । त्यसपछि अरामको नामक कम्पनीले उत्पादन नै कटौती गरेको छ । विश्वको ५ प्रतिशत तेल उत्पादन गर्ने कम्पनीले थोरै मात्र उत्पादन घटाउँदा पनि त्यसले अन्तर्राष्ट्रिय बजारमा ठूलो असर गर्छ… Continue reading अमेरिका-इरान बढ्दो तनाव, कच्चा तेलको मूल्य निरन्तर उकालो

नेपालमा उत्तर कोरियाली लगानी प्रतिवन्ध, फिर्ता लैजान अल्टिमेटम

काठमाडौं । सरकारले नेपालमा उत्तर कोरियाली लगानी प्रतिवन्ध गरेको छ । नेपालमा उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम दिँदै लगानी प्रतिवन्ध गरेको हो । उद्योग विभागका अनुसार अक्टोबर अन्त्यसम्म सबै उत्तर कोरियाली व्यवसायीले आफ्नो लगानी फिर्ता लगिसक्नु भएको भएको छ । त्यसक्रममा उनीहरुले व्यवसाय बन्द गर्न सक्छन् वा बिक्री गरेर… Continue reading नेपालमा उत्तर कोरियाली लगानी प्रतिवन्ध, फिर्ता लैजान अल्टिमेटम

नेपालगन्ज घटनाबारे बुद्ध एयरको स्पष्टिकरण : हुलका कारण जहाज नै ढल्कियो

काठमाडौं । बुद्ध एयरले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहार सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टिकरण बुझाएको छ । सोमबार बुझाएको स्पष्टिकरण अनुसार केही समय मन्त्रीका कारण र केही समय भीडले गर्दा निर्धारित समयभन्दा २४ मिनेट जहाज ढिला उडेको स्पष्ट पारेको छ । मन्त्रीले जानकारी गराएर आफू बाटोमा भएकाले आउँदै गरेको… Continue reading नेपालगन्ज घटनाबारे बुद्ध एयरको स्पष्टिकरण : हुलका कारण जहाज नै ढल्कियो

नास्टको ग्राउण्ड स्टेशन तयार, स्याट १ ले पठाएका सूचना प्राप्त हुने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना तथा तस्वीर प्राप्त गर्न सक्ने गरी ग्राउण्ड स्टेशन तयार पारेको छ । नाष्टका अनुसार पहिलो पटक यस्तो स्टेशन तयार भएसँगै अब अन्तरिक्षमा रहेको उक्त भू उपग्रहबाट सूचना र तस्वीरहरु प्राप्त गर्न सहज हुने भएको हो । अघिल्लो बिहीबारबाट संचलनमा आएको यो… Continue reading नास्टको ग्राउण्ड स्टेशन तयार, स्याट १ ले पठाएका सूचना प्राप्त हुने

फेरी भेट्दैछन् ट्रम्प र मोदी, के छ एजेण्डा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न अमेरिका भ्रमणका दौरान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता तय भएको छ । करीव ५० हजार भारतीयको सहभागितामा अमेरिकामा हाउडी मोदी नामक कार्यक्रम आयोजना गरिएको छ । २२ सेप्टेम्बरमा हुने उक्त कार्यक्रमका दौरान भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच भेट हुने भएको हो । यस कार्यक्रमका दौरान आयोजना हुने… Continue reading फेरी भेट्दैछन् ट्रम्प र मोदी, के छ एजेण्डा

काठमाडौंका घरबेटीले विद्यूतको व्यापार गर्न नपाउने

काठमाडौं । प्राधिकरणलाई सस्तोमा मूल्य तिरेर घरमा बस्नेसँग दोब्बर मूल्य असुल गर्ने घरबेटीलाई अब नेपाल विद्यूत प्राधिकरणले कारवाही गर्ने भएको छ । घरबेटीले विद्यूतको व्यापार गर्न नपाउने भन्दै अब उजुरीका आधारमा कारवाहीको चेतावनी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरे । पछिल्लो समय आफ्नो… Continue reading काठमाडौंका घरबेटीले विद्यूतको व्यापार गर्न नपाउने

आइतबारबाट मलेसियाका लागि श्रम स्वीकृति प्रारम्भ

काठमाडौं । सरकारले आइतबारबाट मलेसिया जाने कामदारका लागि श्रम स्वीकृति दिन शुरु गरेको छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार १५ महिनापछि पहिलो पटक आइतबारबाट श्रम स्वीकृति पुनः खुला भएको हो । मलेसिया नेपालीहरुको सबैभन्दा आकर्षक रोजाईको मुलुक हो । खासगरी यहाँको हावापानी राम्रो मानिन्छ भने नेपाली शैलीमा हुने कामलाई अदक्ष नेपाली कामदारहरुले बढी रुचाउने… Continue reading आइतबारबाट मलेसियाका लागि श्रम स्वीकृति प्रारम्भ

दशैंदेखि छठसम्म हवाई भाडामा १० प्रतिशत छूट

काठमाडौं । आन्तरिक उडानमा असोज १२ देखि कात्तिक १७ गतेसम्म १० प्रतिशत छूट पाइने भएको छ । वायुसेवा संचालक संघ (आयोन)को आइतबार बसेको बैठकले छूट दिने घोषणा गरेको हो । निजी वायुसेवा कम्पनीहरुले पहिलो पटक छूट योजना ल्याएका हुन् । यसअघि दशैं र तिहारमा टिकट समेत किन्न नपाइने नेपालमा पछिल्लो समय वायुयानको वृद्धिले कम्पनीहरुसँग पर्याप्त… Continue reading दशैंदेखि छठसम्म हवाई भाडामा १० प्रतिशत छूट

भवन भट्टलाई जहाजबाहिर निकाल्दा ज्ञानेन्द्र शाहीलाई किन छूट ?

काठमाडौं । भदौं पहिलो साता सिल्क एयरको जहाज चढेर त्रिभुवन विमानस्थलबाट सिंगापुर उड्ने क्रममा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई असामान्य व्यवहार देखाएको भन्दै पाइलटले जहाजबाट पठाए । उक्त दिन भट्ट र उनका एक सहयोगीले मात्र जहाजमा असामान्य व्यवहार देखाएका थिए, दुबैजनालाई जहाज बाहिर निकालियो र प्लेन उड्यो । शनिबार एक भीड नेपालगन्ज विमानस्थलमा… Continue reading भवन भट्टलाई जहाजबाहिर निकाल्दा ज्ञानेन्द्र शाहीलाई किन छूट ?

प्राधिकरणमा कुलमानका तीन वर्ष, उज्यालो नेपालको सपना साकार

काठमाडौं । नेपालीका लागि असम्भव जस्तै देखिएको लोडसेडिङ हटाएर नेपालीको मुहारमा खुसी ल्याउने कुशल प्रशासक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण सम्हालेको आज तीन वर्ष पुरा भएको छ । नेताहरुले नेपालीलाई धेरै लामो समयसम्म सपना मात्र देखाएर पुरा गर्न नसकेको काम कुलमानले कार्यभार सम्हालेको दुई महिना भित्रै सम्भव बनाएका थिए । उनलाई २९ भदौ २०७२ को… Continue reading प्राधिकरणमा कुलमानका तीन वर्ष, उज्यालो नेपालको सपना साकार

दशैंको मुखमै फेरी शुरु भयो वर्षा

फाइल तस्वीर

काठमाडौं । नेपालको अधिकांश भूभागमा वर्षा शुरु भएको छ । यसपटक छिटो दशैं परेका कारण वर्षातले बाटो अझै बढी नराम्रोसँग प्रभावित हुने देखिएको छ । बंगालको खाडीबाट आएको जलवाष्प युक्त वायुको प्रभावले देशभर मौसमी गतिविधि सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा केही देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । अहिले… Continue reading दशैंको मुखमै फेरी शुरु भयो वर्षा

नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्रीको अपमान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगन्ज विमानस्थलमा अभद्र व्यवहार भएको छ । जहाजमा ढिला आएको भन्दै केही व्यक्तिले उनीमाथि गालिगलौज गर्दै भिडियो खिचेर सामाजिक संजालमा भाइरल बनाएका छन् । उनीहरुको दावि मन्त्रीले १ घण्टा विमान कुराएको रहेको छ । यूट्यूवमा आफू राजवादी भएको भन्दै चर्चा कमाएका ज्ञानेन्द्र शाहीले मन्त्री भट्टराई… Continue reading नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्रीको अपमान

तरुण दलको विवाद छताछुल्ल, अध्यक्ष र महासचिवले गरे एक अर्कालाई कारवाही

काठमाडौं । नेपाल तरुण दलको विवाद छताछुल्ल भएको छ । शनिबार अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एक अर्कालाई कारवाही गरेको विज्ञप्ती सार्वजनिक गरेसँगै तरुण दल भित्रको विवाद सतहमा आएको हो । दुबै नेताले शनिबार एकले अर्कालाई पदबाट बर्खास्त गरेको वक्तव्य सार्वजनिक गरेका छन् । अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी… Continue reading तरुण दलको विवाद छताछुल्ल, अध्यक्ष र महासचिवले गरे एक अर्कालाई कारवाही

बुद्ध एयरको १३ औं जहाज काठमाडौं आयो

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्राएको छ । यो बुद्धको १३ औं जहाज हो । बुद्धले ८ औं एटीआर ७२ जहाज भित्राएको हो । यो जहाज नेपालको तराई भेगका ठूला विमानस्थल तथा छिमेकी मुलुक भारतका विभिन्न शहरको उडानमा प्रयोग हुँदै आएको छ । बुद्धले काठमाडौंबाट कलकत्ता र बनारसमा… Continue reading बुद्ध एयरको १३ औं जहाज काठमाडौं आयो

हङकङमा गोर्खा सैनिकको भरोसा, विमानस्थलपछि अब रेल्वे स्टेशनमा समेत गोर्खा

हङकङ । हङकङमा तीन महिना भन्दा लामो समयदेखिको आन्दोलनका क्रममा आन्दोलनकारीले निसाना बनाउन थालेको विमानस्थल र रेल्वे स्टेशन सुरक्षाको जिम्मा अब क्रमशः गोर्खा सैनिकलाई दिन थालिएको छ । हङकङमा गोर्खा सैनिकलाई अति संवेदनसिल क्षेत्रको मात्र सुरक्षा गर्न दिइन्छ । तर, पछिल्लो समय आन्दोलनकारीले बढी सेवा प्रभवित हुने क्षेत्रहरुलाई आन्दोलनको निसाना बनाएका छन् । किनकी हङकङमा… Continue reading हङकङमा गोर्खा सैनिकको भरोसा, विमानस्थलपछि अब रेल्वे स्टेशनमा समेत गोर्खा

नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड

इलाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति अमेरिकालाई उत्तेजित बनाउन नआएको स्पष्ट पारेका छन् । उनले नेपाल विश्वका कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्दै यो अडानमा यथावत रहेको बताएका छन् । इलाममा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिमा अडिग रहेको बताएका हुन् ।… Continue reading नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड

आजबाट सोह्र श्राद्ध शुरु

काठमाडौं । शनिबारबाट हिन्दु धर्मावलम्बीहरुले पितृको सेवामा सोह्र श्राद्ध मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र श्राद्ध गरिन्छ । शनिबार पहिलो दिन प्रतिपदा तिथिमा पर्ने श्राद्ध गरिन्छ । आज बिहान ९ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने पञ्चांक निर्णायक समितिले जानकारी दिएको छ । सोहीकारण शनिबार बाटै सोह्रश्राद्धको काम प्रारम्भ… Continue reading आजबाट सोह्र श्राद्ध शुरु

७ वर्षपछि मनाङमा पुग्यो जहाज

मनाङ। नियमित जहाज उड्न बन्द भएको ७ वर्षपछि मनाङमा जहाज पुगेको छ । समिट एयरको जहाजबाट शुक्रबार मनाङमा सफल उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थल पीच गरेपनि यात्रुको अभावले कम्पनीहरु आकर्षित हुन सकेका थिएनन् । प्रदेश सरकारको पहलमा शुक्रबार पोखराबाट मनाङमा समिट एयरको जहाज पुगेको छ । जहाजमा गण्डकी प्रदेशका मुख्यमन्त्री… Continue reading ७ वर्षपछि मनाङमा पुग्यो जहाज

गुण्डानाइके बस्न्यातका सहयोगी गुरुङलाई गोली हानेर समातियो

काठमाडौं । प्रहरीले गुण्डानाइके समिरमान सिंह बस्न्यातका सहयोगी साजन गुरुङलाई गोली प्रहार गरी पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको गोलढुंगामा प्रहरीले गोली हानेर गुरुङलाई पक्राउ गरेको हो । नकोज भनिने गुरुङले जेल भित्र रहेका नाइके बस्न्यातका लागि काम गर्ने गरेको प्रहरीको दावि रहेको छ । बस्न्यातसँगको साँठगाँठ रहेको आरोपमा गृहमन्त्री राम बहादुर थापा बादलका भाई… Continue reading गुण्डानाइके बस्न्यातका सहयोगी गुरुङलाई गोली हानेर समातियो

आज विदेशी पाहुनाका अगाडी देखाइदैछ इन्द्रजात्रा

काठमाडौं । काठमाडौं उपत्यकाको विशेष पर्व इन्द्रजात्रा । आज धुमधामका साथ मनाइदैछ । उपत्यकाको विशेष सांस्कृतिक पर्वका रुपमा चिनियो यो पर्वका अवसरमा काठमाडौँ महानगरपालिकाले विदेशी पाहुनालाई नेपाल बोलाएको छ । सरकारले उपत्यकामा सार्वजनिक विदा समेत दिने गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका सहरका प्रमुखसहित ४८ विशिष्ट विदेशी पाहुना जात्रा अवलोकनमा सहभागी हुने बताएको छ… Continue reading आज विदेशी पाहुनाका अगाडी देखाइदैछ इन्द्रजात्रा

कंगोमा रेल दूर्घटना, ५० को निधन, १ सयभन्दा बढी घाइते

कंगो । लिकबाट रेल उछिट्टिएपछि भएको भयानक दूर्घटनामा परी कंगोमा ५० जनाको ज्यान गएको छ । दूर्घटनामा १ सय भन्दा बढीको उपचार भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । कंगोको दक्षिण पूर्वी तान्गानयिका प्रान्तमा बिहीबार तिब्र गतिमा रहेका एक रेल लिकबाट उछिट्टिएको प्रत्यक्षदर्शीले बताएका छ । कंगोका मानवीय राहत माममा मन्त्री स्टीव मबीकाईका अनुसार ५०… Continue reading कंगोमा रेल दूर्घटना, ५० को निधन, १ सयभन्दा बढी घाइते

५ असोजदखि अग्रिम टिकट बुकिंग

काठमाडौं । दशैंलक्षित अग्रिम टिकट बुकिंग ५ असोजदेखि शुरु हुने भएको छ । बिहीबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको वार्ताले अग्रिम बुकिंग खुलाउने सहमति गरेको हो । यसअघि पटक पटक वार्ता भएपनि सहमति जुट्न सकेको थिएन । व्यवसायी दशैंको मुखमा भाडा बढाउने शर्तमा मात्र अग्रिम बुकिंग खुलाउने अडानमा थिए । तर, दशैं अगाडी भाडा… Continue reading ५ असोजदखि अग्रिम टिकट बुकिंग

फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो

काठमाडौं । बलियो टोली उज्वेकिस्तानसँग ३-२ को गोल अन्तरमा नतिजामा सुम्पिएसँगै नेपाली महिला टोलीले ऐतिहासिक उपाधी जित्ने एक सूनौलो मौका गुमाएको छ । यदी यो उपाधी जितेको भए नेपाली महिला फूटबलका लागि त्यो पहिलो अन्तर्राष्ट्रिय उपाधी हुने थियो । बिहीबार बिहीबार किर्गिस्तानमा भएको नाडेज्दा कपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो । नेपाल विभिन्न अन्तर्राष्ट्रिय फूटबलको… Continue reading फाइनलमा चुक्दा महिला फूटबलको ऐतिहासिक उपाधी गुम्यो

अब विमानस्थलमा ‘बिग सिक्स’लाई मात्र जहाजसम्मै सवारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब आन्तरिक उडानतर्फ सम्माननीय उपाधि प्राप्त ६ जना अतिविशिष्ट व्यक्तिले मात्र जहाजसम्म आफ्नो सवारी साधन लैजान पाउने भएका छन् । भीआइपीका नाममा उक्त सुविधाको दूरुपयोग बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यस्तो नियम ल्याएका हुन् । नियम कार्यान्वयनमा आएको विमानस्थल कार्यालयले बिहीबार जानकारी गराएको छ । अब… Continue reading अब विमानस्थलमा ‘बिग सिक्स’लाई मात्र जहाजसम्मै सवारी

खुल्ने भयो मलेसियाको रोजगारी

काठमाडौं । अन्ततः मलेसियाको रोजगारी खुल्ने भएको छ । करीव डेढ वर्षदेखि ठप्प रोजगारी खुलाउने सहमति दुई मुलुकबीच सहमति भएको छ । बन्द रोजगारी तत्काल खुलाउने सहमति भएको हो । नेपाल र मलेसियाबीच सहसचिव स्तरमा उक्त सहमति भएको हो । दुबै देशका श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा यस्तो सहमति जुटेको श्रम तथा रोजगार मन्त्रालयले… Continue reading खुल्ने भयो मलेसियाको रोजगारी

कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण

काठमाडौं । बाँकेमा नेपाली कांग्रेसको जागरण अभियानमा नेकपा कार्यक्रताले आक्रमण गरेका छन् । बाँकेको सीतापुरमा प्रतिपक्षी नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेको नेपाली कांग्रेस बाँकेले जानकारी दिएको छ । घटनामा बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको बताइएको छ । अन्य कार्यक्रतासमेत घाइते भएका छन् । नेपाली कांग्रेसले विपि जयन्तीको अवसर पारेर देशव्यापी… Continue reading कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण

त्रिदेशिय ट्राभल शो नेपालमा

काठमाडौं । नेपाल इण्डिया चाइना एक्स्पो (नाइस) नेपालमा आयोजना हुने भएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो आयोजना गर्न लागिएको बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । भारत, चीन र नेपालका पर्यटनसँग सम्बन्धित व्यवसायी तथा सरोकारवालाको सहभागितामा हुने यस शोले भ्रमण वर्ष सफल बनाउन ठूलो भूमिका खेल्ने पाटा नेपाल च्याप्टरले… Continue reading त्रिदेशिय ट्राभल शो नेपालमा

एउटै व्यक्ति बैंकर र व्यवसायी बन्न नपाउने, विधेयक दर्ता

काठमाडौं । अब व्यवसायी र बैंकर एउटै व्यक्ति बन्न नपाउने प्रावधान ल्याउन लागिएको छ । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संसदमा दर्ता गरेको छ । यो विधेयक पारित भए एउटै व्यक्ति अब बैंकर र व्यवसायी एउटै भूमिकामा रहन पाउने छैन । विधेयकले बैंकर र व्यवसायी छुट्ट्याउने मात्र छैन, सञ्चालक र प्रमुख कार्यकारीको उमेर,… Continue reading एउटै व्यक्ति बैंकर र व्यवसायी बन्न नपाउने, विधेयक दर्ता

ठूलो कारोबार गर्ने व्यक्ति अब सरकारको निगरानीमा

काठमाडौं । ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थामाथि अब सरकारले निगरानी बढाउने भएको छ । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिका २०७६ ल्याउन लागेको सरकारले अब एक पटकमा २५ लाख र सो भन्दा माथिको कारोवार गर्ने व्यक्ति तथा संस्थामाथि निगरानी बढाउने भएको हो । ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थाले तीन पुस्ते विवरण… Continue reading ठूलो कारोबार गर्ने व्यक्ति अब सरकारको निगरानीमा