नेपाल एयरलाइन्सले दूर्गमका विमानस्थलमा थाल्यो परीक्षण उडान

काठमाडौं । नेपाल एयरलाइन्सले दूर्गम पहाडी तथा हिमाली भेगका विमानस्थलमा परीक्षण उडान शुरु गरेको छ । निगमको वाई१२इ जहाजबाट धमाधम परीक्षण उडान भइरहेको निगमले जानकारी दिएको छ । पर्यटन वर्ष २०२० का लागि सहयोग पु¥याउन भन्दै निगमले आफ्नो सक्रियता बढाएको उल्लेख गरेको छ । निगमले आन्तरिक उडान सुदृढ बनाउने लक्ष्यसहित साउन १८ मा चौरजहारी विमानस्थल… Continue reading नेपाल एयरलाइन्सले दूर्गमका विमानस्थलमा थाल्यो परीक्षण उडान

भूकम्पले भत्काएका ४ लाख २४ हजार घर पुनर्निर्माण सकियो

काठमाडौं । १२ वैशाख २०७२ को भूकम्प र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीका घर निर्माण सम्पन्न भएका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा… Continue reading भूकम्पले भत्काएका ४ लाख २४ हजार घर पुनर्निर्माण सकियो

योगेश भट्टराईलाई सांसदका सुझाव : निस्कदा कुनै दाग नलागोस

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई सांसदहरुले मन्त्री पदबाट बाहिरिँदा कुनै दाग नबोकी निस्कने गरी काम गर्न सुझाव दिएका छन् । आइतबार अन्तरराष्टिय सम्बन्ध समितिको बैठकमा सहभागी भएको सबैजसो सांसदले मन्त्री भट्टराईसँग देशले ठूलो आशा गरेको भन्दै त्यसमा सफल हुन सुझाव दिएका हुन् । बैठकमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाललाई संसारभरको… Continue reading योगेश भट्टराईलाई सांसदका सुझाव : निस्कदा कुनै दाग नलागोस

प्रधानमन्त्री स्वास्थ्य जाँच गर्न सिंगापुरमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका सिलसिलामा सिंगापुर पुगेका छन् । प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षणमा संलग्न निजी चिकित्सकहरुको सल्लाहमा उनी सिंगापुर गएका हुन् । शनिबार राती काठमाडौंबाट प्रधानमन्त्रीको टोली सिंगापुर लागेको हो । प्रधानमन्त्री सँगै श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत रहेका छन्… Continue reading प्रधानमन्त्री स्वास्थ्य जाँच गर्न सिंगापुरमा

टेक्सस गोलिकाण्ड : २० मारिए, दर्जनौं घाइते

टेक्सस । अमेरिकाको टेक्ससमा भएको गोलिकाण्डमा २० जना मारिएका छन् । कम्तिमा २६ जनालाई घाईते अवस्थामा अस्पताल पुर्याइएको छ । एक सपिंग मलमा भएको भयानक गोली काण्डमा ठूलो हताहती भएको हो । टेक्ससस्थित एल पासो क्षेत्रमा पर्ने सीएलओ वालमार्टमा यो गोली काण्ड भएको हो । यो अमेरिका र मेक्सिकोको सीमा नजिकै पर्ने क्षेत्र हो ।… Continue reading टेक्सस गोलिकाण्ड : २० मारिए, दर्जनौं घाइते

भारतमै उठ्यो तरकारीमा विषादी मुद्दा

काठमाडौं । भारतबाट नेपाल आउने तरकारी तथा फलफूलमा हानिकारक विषादी पाइएपछि सरकारले नाका मै त्यसको चेकजाँच गर्ने निर्णय गर्यो । केही समय कार्यान्वयन पनि भएपछि अचानक भारतले सन्धी सम्झौताको हवाला सरकारलाई उक्त निर्णय फिर्ता लिन बाध्य बनायो । अहिले भारतीय सीमा नाकाबाट निर्वाध रुपमा विषादीसहितको तरकारी र फलफूल भित्रिरहेको छ । यही मेसोमा स्वयमः भारतमा… Continue reading भारतमै उठ्यो तरकारीमा विषादी मुद्दा

मेसीलाई ३ महिनाको प्रतिवन्ध

दक्षिण अमेरिकी फुटबल प्रशासकीय निकाय दक्षिण अमेरिकी फुटबल संंघले विश्वचर्चित खेलाडी लियोनल मेसीमाथि ३ महिनाको प्रतिवन्ध लगाएको छ । साथै उनीमाथि ५० हजार अमेरिकी डलर जरिवानासमेत तोकिएको छ । अर्जेन्टाइन कप्तान मेसीले कोपा अमेरिका फूटबलको सेमिफाइनलमा ब्राजिलसँगको खेलपछि प्रशासकीय निकाय नै ब्राजिललाई जिताउन लागेको टिप्पणी गरेका थिए । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा बीना… Continue reading मेसीलाई ३ महिनाको प्रतिवन्ध

६४ अर्बमा बन्ने भयो औद्योगिक पार्क

सांकेतीक तस्वीर

काठमाडौं । झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्न लगानी बोर्डले लगानी स्वीकृत गरेको छ । बोर्डका अनुसार यो परियोजनाको लागत ६४ अर्ब रुपैयाँ रहेको छ । चीन–नेपाल फ्रेण्डसीप औद्योगिक पार्क निर्माण हुन लागेको हो । स्वीकृत भएको यो लगानी कार्यान्वयनमा आउँदा सम्भवतः अहिलेसम्मकै ठूलो विदेशी लगानी हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको… Continue reading ६४ अर्बमा बन्ने भयो औद्योगिक पार्क

नेपालको पानी विदेश निर्यातको तयारी

काठमाडौं । नेपालको पानी अब विदेशमा निर्यातको तयारी शुरु गरिएको छ । रुद्र गंगा नेचुरल वाटर कम्पनीले रसुवाबाट स्प्रिङ पानीको उत्पादन थालेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पानीको ब्राण्ड सार्वजनिक गरिएको हो । हिमालबाट बगेर आउने शुद्ध पानी प्रशोधन गरी उत्पादन थालिएको हो । खानेपानी मन्त्री बिना मगरले रसुवा ब्रान्डको पानी उत्पादन… Continue reading नेपालको पानी विदेश निर्यातको तयारी

राजधानीमै असुरक्षित मजदुर, मेलम्चीको पाइप भित्र निसास्सिएर मृत्यु

काठमाडौं । राजधानी भित्रैको विकास निर्माणको काम कति असुरक्षित तरिकाले भइरहेको छ भन्ने उदाहरण शुक्रबार एक डरलाग्दो घटनाले उजागर गरेको छ । काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुर निसास्सिएर मृत्युवरण गर्न बाध्य भएका छन् । पाइप सफा गर्न पाइप भित्र पसेका सप्तरी स्थायी घर भएका २५ वर्षीय सुरेश साह… Continue reading राजधानीमै असुरक्षित मजदुर, मेलम्चीको पाइप भित्र निसास्सिएर मृत्यु

भदौ १ बाट खुल्दैछन् अन्नपूर्ण वेशक्याम्पका होटेल

काठमाडौं । गत फागुनमा आएको हिमपात र वर्षाले भत्किएका होटेलको पुनर्निर्माण सकिएपछि अन्नपूर्ण वेशक्याम्पका होटेल पुनः संचालनको तयारी गरिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का मिडिया संयोजक गोपाल श्रेष्ठले सार्वजनिक गरेको सूचना अनुसार १ भदौबाट अन्नपूर्ण वेशक्याम्पको पदयात्रामा जाने पाहुनाले होटेलमा बास बस्न पाउने भएका छन् । संसारकै व्यस्त पदयात्रा मार्गमध्ये यो पनि… Continue reading भदौ १ बाट खुल्दैछन् अन्नपूर्ण वेशक्याम्पका होटेल

मंसिर १४ मा हुने भयो उपनिर्वाचन

काठमाडौं । उपनिर्वाचन आगामी मंसिर १४ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबारको निर्णयले उपनिर्वाचनको मिति तय गरेको हो । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले उपनिर्वाचनको मिति तय भएको जानकारी दिएका छन् । शनिवार पर्ने उक्त दिन सबै तहको निर्वाचन एकै पटक संचालन हुने भएको छ । देशभर ५० स्थानमा उपनिर्वाचन गर्नुपर्ने खरेलद्धारा जारी विज्ञप्तीमा… Continue reading मंसिर १४ मा हुने भयो उपनिर्वाचन

समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

भारतीय केन्द्रिय एजेन्सीले माल्दिभ्सका पूर्व उप राष्ट्रपति अहमद अदीब अब्दुल गफूरलाई नियन्त्रणमा लिएको छ । उनी गैरकानूनि रुपमा समुन्द्रि मार्गबाट भारत प्रवेश गरेका थिए । उनी भारत आउने कुनै सूचना नरहेको र अवैध रुपमा भारत प्रवेश गरेपछि पक्राउ गरिएको भारतीय अधिकारीहरुले पुष्टी गरेका छन् । उनी बिहीबार भारत पुगेका थिए । तूतीकोरिन समुन्दी तटबाट उनी… Continue reading समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

यमनमा सैन्य परेडमाथि आक्रमण, दर्जनौं हताहत

यमनमा एक सैन्य परेडमाथि आक्रमण हुँदा कम्तीमा ४७ जनाको निधन भएको छ । यमनका दक्षिणी पोर्ट सीटी अदनमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा ठूलो संख्यामा सैनिक मारिएका हुन् । अंतरराष्ट्रीय संचारमाध्यमहरुका अनुसार सैन्य शिविरमा परेड चलिरहेका बेला सिमाइल आक्रमण भएको थियो । सिमाइल आक्रमणमा परी ३६ जनाको निधन भएको र त्यसअघि भएको आत्मघाति विष्फोटमा ११ जना… Continue reading यमनमा सैन्य परेडमाथि आक्रमण, दर्जनौं हताहत

दलहरु आफ्नै अडानमा, संसद अवरोध कायमै

कठमाडौं । राजनीतिक दल आ-आफ्नो अडानमा टसमस नहुँदा व्यवस्थापिका संसदको अवरोध बिहीबार पनि कायम रह्यो । विहीबार सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरी संसदको अवरोध हटाउने प्रयास थालेका थिए । तर, सर्वदलीय बैठकमा दलहरु आफ्नो अडानमा टसमस भएनन् । सर्लाहीका दुई गोलीकाण्डका घटनामा संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित मषेधवादी दलले… Continue reading दलहरु आफ्नै अडानमा, संसद अवरोध कायमै

१५ मंसिर अगाडी नै उपनिर्वाचनको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी १५ मंसिर अगावै उपनिर्वाचन सम्पन्न गर्न सरकार समक्ष सिफारिस गरेको छ। आयोगका अनुसार मध्य मंसिरभन्दा अगाडी नै उपनिर्वाचन सक्न सरकारलाई सिफारिस गरिएको छ । आयोगले उपनिर्वाचनको विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेको छ । अब दलहरुसँगको छलफलमा मिति तयर गर्ने सरकारको छ । आयोगका अनुसार अहिले देशभर ५० स्थानमा उपनिर्वाचन गराउनु पर्ने… Continue reading १५ मंसिर अगाडी नै उपनिर्वाचनको सिफारिस

१८ वर्ष नपुगी मदिरा किन्न रोक

पर्वत । पर्वतमा मदिरा बिक्रिका लागि नयाँ मापदण्ड तोकिएको छ । अब १८ वर्ष नपुगेको किशोर किशोरीले मदिरा खरीद गर्न नपाउने भएको छन् । मदिराको अवैध कारोबार र यसको अधिक प्रयोगले यूवापुस्तामा आपराधिक गतिविधि बढ्दै गएपछि नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो । मदिरा बिक्रि दिउँसोको समयमा समेत गर्न रोक लगाइएको छ । साँझ… Continue reading १८ वर्ष नपुगी मदिरा किन्न रोक

प्रधानमन्त्री रोजगार कार्यक्रमको श्रममन्त्री स्वयमःद्धारा प्रशंसा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वयमःले प्रशंसा गरेका छन् । सफल रोजगार कार्यक्रम भएपनि छिटपुट उदाहरण लिएर आलोचना गर्न नमिल्ने उनको तर्क थियो । मन्त्री विष्टका अनुसार एक महिना चलेको यस कार्यक्रमका दौरान १ लाख ७६ हजार बेरोजगार नागरिकले काम पाएका छन् । उनले यस कार्यक्रमको प्रशंसा हुनुपर्ने… Continue reading प्रधानमन्त्री रोजगार कार्यक्रमको श्रममन्त्री स्वयमःद्धारा प्रशंसा

दशैंमा जापानबाट नेपाल आउँदै हुनुहुन्छ ? नारितामै उड्ने भयो नेपाल एयरलाइन्स

काठमाडौं । नेपाली समूदायको उल्लेख्य बसोबास रहेको जापानको टोकियो नजिकैको नारिता विमानस्थलमा नेपालको ध्वजाबाहक नेपाल एयरलाइन्सले चार्टर्ड उडान गर्ने भएको छ । नेपाली समूदायको आग्रहमा नारिताबाट दुई वटा चार्डर्ड उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । नारितामा आगामी सेप्टेम्बर २६ मा पहिलो चार्डर्ट उडान हुने नेपाल एयरलाइन्सले जानकारी दिएको छ । दोस्रो उडान… Continue reading दशैंमा जापानबाट नेपाल आउँदै हुनुहुन्छ ? नारितामै उड्ने भयो नेपाल एयरलाइन्स

कोठा चाहियो भन्दै महानगरमा उजुरी

काठमाडौं । कोठा भाडामा उपलब्ध नभएका कारण भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ। काठमाडौं महानगरपालिका, न्यायिक समितिले भाडामा कोठा उपलब्ध गराउन माग गर्दै उजुरी परेको जानकारी दिएको छ । एकातर्फ कोठा भाडामा पाएइन भनेर उजुरीको परेको थियो भने अर्कोतर्फ घर भाडामा लगाई पाउँ भनेर समेत उजुरी परेको बुधबार सार्वजनिक विवरणमा… Continue reading कोठा चाहियो भन्दै महानगरमा उजुरी

भूकम्पबाट पूर्ण क्षति भएका ७० सरकारी भवन पुनर्निर्माण सम्पन्न

काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारीरसार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा चालु… Continue reading भूकम्पबाट पूर्ण क्षति भएका ७० सरकारी भवन पुनर्निर्माण सम्पन्न

योगेश भट्टराई बने पर्यटन मन्त्री

काठमाडौं । नेकपाका युवा तथा प्रभावशाली नेता योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । बुधबार अपरान्ह मन्त्री भट्टराईले शितल निवासमा राष्टपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए । लगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।… Continue reading योगेश भट्टराई बने पर्यटन मन्त्री

तीन तलाक भारतमा अवैधानिक

नयाँ दिल्ली । सम्बन्ध विच्छेद गर्न परे तीन तलाक भन्दा पुग्ने परम्परा अब भारतमा कानूनको दायरा भित्र आएको छ । भारतीय लोकसभाबाट ‘तीन तलाक’ विधेयक पारित भएसागै अब तीन तलाक भनेकै भरमा कुनै पनि मुस्लिम पुरुषले महिलासँग सम्बन्ध विच्छेद गर्न नसक्ने भएको छ । मुस्लिम समुदायमा श्रीमानले श्रीमतीलाई तीनपटक ‘तलाक’ भनी सम्बन्धबिच्छेद गर्न सक्ने परम्परा… Continue reading तीन तलाक भारतमा अवैधानिक

बन्द आह्वान गरेको विप्लव समूहबाट ठाउँठाउँमा क्षति

काठमाडौं । आफ्ना केन्द्रिय स्तरका नेताहरु पक्राउ परेको विरोधमा विप्लव समूहले बुधबार देशका विभिन्न स्थानमा बन्द आह्वान गरेको छ । खासगरी बागमति र नारायणी अञ्चलका जिल्लाहरुमा समूहले बन्दको घोषणा गरेको हो । बन्द सफल बनाउन भन्दै यस समूहका कार्यक्रताले भौतिक सम्पत्तिमाथि क्षति पुर्याउन थालिसकेका छन् । मकवानपुरमा एक गाडीमा आगजनी गरेको प्रहरीले बताएको छ ।… Continue reading बन्द आह्वान गरेको विप्लव समूहबाट ठाउँठाउँमा क्षति

मलेसियाको रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलित

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् । १४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । मलेसियाको रोजगारी नखुलाए व्यवसायको लाइसेन्स नै सरकारको जिम्मा लगाउने चेतावनी उनीहरुले दिएका छन् । व्यवसायी मंगलबार वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण धर्नामा उपस्थित थिए । म्यानपावर व्यवसायीको सबैभन्दा ठूलो आम्दानीको स्रोत नै मलेसिया… Continue reading मलेसियाको रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलित

काठमाडौंबाटै विप्लव समूहकी नेतृ पक्राउ

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्यायलाई पक्राउ गरेको छ । उनी ‘भृकुटी’ उपनामले चिनिन्छन् । यसअघि काठमाडौंबाट विप्लवका काठमाडौ इन्चार्ज माइला लामा पक्राउ परेका थिए । पछिल्लो समय प्रहरीले नेकपाविरुद्ध आक्रामक रवैया अपनाइरहेको छ । उच्च तहका नेतालाई निरन्तर पक्राउ गरिरहेको छ । कालिकोट स्थायी घर भएकी नेतृ उपाध्याय… Continue reading काठमाडौंबाटै विप्लव समूहकी नेतृ पक्राउ

रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै

File Photo

काठमाडौं । रंगशाला तयार नहुँदा विश्वकप छनोट अन्तर्गतका खेल नेपाली भूमिमा नहुने भएको छ । विश्वकप छनोट २०२२ का लागि हुन छनोट अन्तर्गत प्रारम्भका ५ खेल नेपालमा आयोजना नहुने भएको छ । नेपाल फुटबल संघ (एन्फा)ले ५ खेल नेपालबाहिर नै खेल्ने निर्णय गर्दै त्यसको व्यवस्था मिलाउन एसियाली फुटबल महासंघलाई आग्रह गर्ने निर्णय गरेको छ ।… Continue reading रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै

प्रचण्ड यूइए प्रस्थान, प्रधानमन्त्री सिंगापुर जाने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका सिलसिलामा दुबई प्रस्थान गरेका छन् । पत्नी सीताको उपचारको सिलसिलामा प्रचण्ड यूएइैतर्फ लागेको हुन् । भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नहुने प्रचण्डको सचिवालय स्रोतले बताएको छ । प्रचण्ड परिवारका ७ सदस्य यस टोलीमा सहभागी रहेका छन् । प्रचण्ड परिवार चार दिनसम्म यूइर्एमा रहने भएका छन् ।… Continue reading प्रचण्ड यूइए प्रस्थान, प्रधानमन्त्री सिंगापुर जाने

ब्राजिलको जेल भित्र झडप, ५२ को ज्यान गयो

तस्वीर साभार : बीबीसी

ब्राजिल । ब्राजिलमा कैदी-कैदी बीच भएको झडपमा ५२ कैदी-बन्दीको मृत्यु भएको छ । सोमबार अत्यन्तै हिंस्रक झडप भएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ब्राजिलको अल्टामिरा जेलमा ५ घण्टा भन्दा बढी समय चलेको नरसंहारमा उक्त हताहती भएको हो । ब्राजिलमा कैदी बन्दीबीच नियमित जस्तो झडप हुन्छ । अधिकारीहरु यसलाई सामान्य मान्छन् । कैदीले जेलका सरकारी अधिकारीलाई… Continue reading ब्राजिलको जेल भित्र झडप, ५२ को ज्यान गयो

एक वर्षमा ७५३ नेपालीको विदेशमा निधन

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पगेका ७५३ जना नेपाली युवा अब कैले पनि नउठ्ने गरी काठको बाकसमा स्वदेश फर्किएका छन् । बैदेशिक रोजगार बोर्ठले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५\७६ को तथ्यांक अनुसार एक वर्षको अवधिमा विदेशमा मृत्यु भई स्वदेश शव ल्याइएका ७५३ जनाको परिवारलाई क्षतिपूर्ति प्रदान गरेको छ । यस तथ्यांकमा अवैधानिक रुपमा… Continue reading एक वर्षमा ७५३ नेपालीको विदेशमा निधन