काठमाडौं । अमेरिकी मुलुकहरुमा नेपालको प्रतिनिधित्व गर्ने नेपाली राजदूतहरूले विश्वमा कोभिड विरुद्धको खोपको प्रभावकारीसँगै अन्तर्राष्ट्रिय पर्यटन आगमन सहज हुने बताएका छन् । पर्यटक आगमन बढ्ने भन्दै उनीहरुले नेपालमा तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन् । कोभिडविरुद्धको खोपको प्रभावकारीताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि उपयोग गर्नुपर्ने उनीहरुको भनाई छ । नेपाल पर्यटन… Continue reading अमेरिकी भेगका नेपाली राजदूतहरु भन्छन्: पर्यटक आगमन छिट्टै बढ्नेछ
Author: Vishwanews.com
पृथ्वीको तापक्रम अहिलेकै अवस्था वृद्धि भएमा पानीको मात्रा १२ प्रतिशतले बढ्ने
काठमाडौं । जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा ८ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने उनीहरुले औँल्याएका हुन् । स्वच्छ ऊर्जा नेपालसँगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले सोमबार आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन विषयका विज्ञ मञ्जित ढकालले… Continue reading पृथ्वीको तापक्रम अहिलेकै अवस्था वृद्धि भएमा पानीको मात्रा १२ प्रतिशतले बढ्ने
रुपा सुनार प्रकरणः सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो
काठमाडौं । सर्वोच्च अदालतले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चारकर्मी रुपा सुनारलाई छलफलका लागि बोलाएको छ । बुधबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मन्त्री श्रेष्ठ र सुनारलाई छलफलका लागि बोलाएको हो । अदालतले असार २९ गते उक्त घटनाको प्रमाणसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ । बबरमहलकी घरबेटी सरसवती महर्जनले जातीयताको कारण देखाउँदै आफूलाई कोठा भाडामा… Continue reading रुपा सुनार प्रकरणः सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो
नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो, २८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७८३५ पीसीआर परीक्षणमा २०७७ र ४०६३ जनाको एन्टिजेन परीक्षणमा ९०२ जना गरी २९७९ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५० हजार १६२ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो, २८ जनाको मृत्यु
कोपा अमेरिका : अर्जेण्टिना फाइनलमा, उपाधी भिडन्त ब्राजिलसँग
काठमाडौं । जारी कोपा अमेरिकामा अर्जेण्टिना उपाधी नजिक पुगेको छ । बुधबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै अर्जेण्टिना फाइनल पुगेको हो । निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । खेलमा अग्रता भने अर्जेण्टिनाले मार्टिनेजको गोलमार्फत ६ औं मिनेटमै लिएको थियो । कप्तान लियोनल मेसीको सटिक… Continue reading कोपा अमेरिका : अर्जेण्टिना फाइनलमा, उपाधी भिडन्त ब्राजिलसँग
बलिउड अभिनेता दिलिप कुमारको निधन
मुम्बई । हिन्दी सिनेमाका दिग्गज कलाकार दिलीप कुमारको निधन भएको छ । उनको बुधबार बिहान ९८ वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी लामो समयदेखि बिरामी थिए । अस्पतालमा भर्ना गराएका उनको स्वास्थ्यबारे विभिन्न अफवाह फैलिएका थिए । मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनको निधन भएको हो । बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनामले चिनिने दीलिपकुमारले… Continue reading बलिउड अभिनेता दिलिप कुमारको निधन
पर्वतमा दुई यात्रुसवार गाडी बाढीले बगायो
पर्वत । पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना सवार रहेको गाडी बाढीले बगाएको छ। मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नगरपालिका दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले गएराति साढे १० बजे गाडी बगाउँदा त्यसमा सबार दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् । बाढीले बगाउँदा निर्माण कम्पनी लामा… Continue reading पर्वतमा दुई यात्रुसवार गाडी बाढीले बगायो
अमेरिकाका लागि नेपाली राजदूत खतिवडाले पाए मेक्सिकोको समेत जिम्मेवारी
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त भएका छन् । उनी अमेरिकामा बस्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको… Continue reading अमेरिकाका लागि नेपाली राजदूत खतिवडाले पाए मेक्सिकोको समेत जिम्मेवारी
बाढी-पहिरोले पुलमा गरेको क्षति अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । सरकारले बाढी पहिरोले देशभरका सडकमा रहेका पुलमा भएको क्षतिबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलमा पुगेको क्षतिबारेमा अध्ययन गर्न कार्यदल गठन गरेको हो । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको छ । मन्त्रालयका अनुसार समितिले आगामी साउन… Continue reading बाढी-पहिरोले पुलमा गरेको क्षति अध्ययन गर्न कार्यदल गठन
इटली यूरोकप फाइनलमा, पेनाल्टीमा हार्यो स्पेन
लण्डन । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटली युरोकप २०२० को फाइनल पुगेको छ । मंगलबार राती सम्पन्न खेलमा स्पेनका दुई खेलाडीको पेनाल्टी गोलमा परिणत हुन सकेन । पहिलो सेमिफाइनलमा इटली ४-२ गोलले विजयी भएको हो । लण्डनको वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकियो । इटलीका मानुएल… Continue reading इटली यूरोकप फाइनलमा, पेनाल्टीमा हार्यो स्पेन
पेट्रोलियम पदार्थको भाउ पुनः बढ्यो
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । बढेको मूल्य आज राती १२ बजेबाटै लागु हुने छ । निगमले दुई सातामा दोस्रो पटक मूल्य बढाएको हो । यसअघि १० असारमा मूल्य बढेको थियो । अब पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँले बढेर १२९ रुपैयाँ… Continue reading पेट्रोलियम पदार्थको भाउ पुनः बढ्यो
पाँच विद्यार्थी संगठनद्धारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा पाँच विद्यार्थी सङ्गठनहरूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा पाँच विद्यार्थी सङ्गठनहरूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । अखिल (क्रान्तिकारी) को काठमाडौं बागबजार स्थित कार्यालयमा बसेको बैठकले पहिलो चरणको… Continue reading पाँच विद्यार्थी संगठनद्धारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक
थप २६३४ जनामा कोरोना संक्रमण पुष्टी, १५ जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७५०३ पीसीआर परीक्षणमा १७१८ र ५०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २६३४ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ । पछिल्लो २४… Continue reading थप २६३४ जनामा कोरोना संक्रमण पुष्टी, १५ जना संक्रमितको मृत्यु
काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा लगाउन कहाँ-कहाँ छन् खोप केन्द्र ?
काठमाडौं । काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले बुधबारदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको हो । खोप केन्द्रहरुमा वीर अस्पताल, त्रिवि… Continue reading काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा लगाउन कहाँ-कहाँ छन् खोप केन्द्र ?
शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार सवा ४ अर्बमा सीमित
काठमाडौं । आइतबारदेखि निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको छ । साताको कारोबारको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । मंगलबार नेप्से ५२४ अंकले घटेर २८१८. ११ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२० कम्पनीको ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँ बराबरको १… Continue reading शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार सवा ४ अर्बमा सीमित
नाइजेरियामा बन्दुकधारीले गरे १४० स्कुले बच्चाको अपहरण
काठमाडौं एजेन्सी । नाइजेरियामा फिरौतीका लागि अवोध बालबालिकाको अपहरण गर्ने पुरानै शैली अनुसार थप १४० स्कुले बच्चाको अपहरण भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार नाइजेरियाको काडुना राज्यमा यस्तो घटना भएको हो । यो सोमबारको घटना हो । यसअघि आइतबार समेत यहाँ ८ जनाको अपहरण भएको थियो । त्यहाका सरकारी अधिकारीले घटनाको पुष्टी गरेका छन् ।… Continue reading नाइजेरियामा बन्दुकधारीले गरे १४० स्कुले बच्चाको अपहरण
चिनियाँ राष्ट्रपतिले सम्बोधन गर्ने भर्चुअल सम्मेलनमा नेपाली प्रधानमन्त्रीसहित शीर्ष नेताले भाग लिँदै
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) स्थापनाको एक शताब्दी पुगेको अवसरमा राजनीतिक दलसम्बन्धी एक विश्वस्तरीय सम्मेलनलाई आज चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिङ पिङले सम्बोधन गर्दैछन् । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेता सहभागी हुने भएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा… Continue reading चिनियाँ राष्ट्रपतिले सम्बोधन गर्ने भर्चुअल सम्मेलनमा नेपाली प्रधानमन्त्रीसहित शीर्ष नेताले भाग लिँदै
जर्मनीले नेपालसहित मुलुकका नागरिकमाथि लगाएको प्रतिवन्ध हटाउने
लण्डन । जर्मनीले कोभिड १९ को बढ्दो संक्रमणका कारण लगाएका प्रतिवन्ध हटाउने भएको छ । बीबीसीका अनुसार बेलायत, नेपालसहित अन्य तीन राष्ट्रका यात्रुमा लगाएको प्रतिबन्ध अब हट्नेछ । पोर्चुगल, रुस र भारतका नागरिकहरूमा समेत यो नियम लागु हुने र प्रतिबन्ध बुधवारबाट हट्ने बीबीसीले जनाएको छ । पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारन्टीन… Continue reading जर्मनीले नेपालसहित मुलुकका नागरिकमाथि लगाएको प्रतिवन्ध हटाउने
उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधन निर्वाध चले
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधनको संचालन खुला भएको छ । अब निजी तथा सार्वजनिक सवारी साधन निर्वाध चल्न सक्ने भएका हुन् । सार्वजनिक तथा निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । माइक्रो, टेम्पोसहित सानो क्षमताका सार्वजनिक सवाी साधन समेत आजबाट चल्ने भएका हुन् । उपत्यका भित्रका जिल्ला प्रशासन… Continue reading उपत्यकामा आजबाट सबै प्रकारका सवारी साधन निर्वाध चले
एमाले विवाद मिलाउन गठित कार्यदल ब्यूँतियो, आज बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले)को एकता कायम राख्न पहल र्ने उद्देश्यले गठन भएको कार्यदल ब्यूँतिएको छ । कार्यदलको बैठक मंगलबार सिंहदरवारमा बस्ने भएको छ । कार्यदललाई ब्यूँताउने र दुबै पक्षले संयुक्त वक्तब्य दिएर एमाले एकता कायम राख्ने संन्देश दिने गरि शीर्ष तहमा सहमति भएसँगै आज बैठक बस्न लागेको हो ।एमाले विवाद चर्किँदै गएपछि कार्यदल समेत निस्क्रिय… Continue reading एमाले विवाद मिलाउन गठित कार्यदल ब्यूँतियो, आज बैठक बस्दै
कोपा अमेरिका : साविक विजेता ब्राजिल फाइनलमा
काठमाडौं । साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । अहिले ४७औं संस्करणको कोपा अमेरिका फुटबल ब्राजिलमै आयोजना भइरहेको छ । मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा पेरुलाई १, ० गोलले हराएको ब्राजिल फाइनल पुगेको हो । ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । ब्राजिलले उपाधिका लागि अर्जेन्टिना… Continue reading कोपा अमेरिका : साविक विजेता ब्राजिल फाइनलमा
कलाकार तथा निर्माता राणा बैंकिङ कसुरमा पक्राउ
काठमाडौं । कलाकार तथा निर्माता शिशिर शमशेर जबरा बैंकिङ कसुरमा पक्राउ परेका छन् । कलाकारितामा सक्रिय उनी आफै पनि निर्माता थिए । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सोमबार बिजुलीबजारबाट पक्राउ गरेको जनाएको छ । राणालाई बैंकिङ कसुरमा उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते दस दिन कैद र ४५ लाख रूपैयाँ विगो जरिवानाको फैसला सुनाएको… Continue reading कलाकार तथा निर्माता राणा बैंकिङ कसुरमा पक्राउ
अदालतमा मुद्दा चल्दाचल्दै निर्वाचन आयोगले निकाल्यो निर्वाचन कार्यतालिका
काठमाडौं । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनको निर्णयविरुद्ध अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको छ । उता, निर्वाचन आयोगले भने निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न समय दिने निर्णय गर्दै तालीका निकालेको छ । निर्वाचन आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । यस अनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ताको समेत… Continue reading अदालतमा मुद्दा चल्दाचल्दै निर्वाचन आयोगले निकाल्यो निर्वाचन कार्यतालिका
जब म्याद सकिएको बेलायती बैंकको डेविट कार्डबाट काठमाडौंमा निस्कियो साढे ३४ लाख…
काठमाडौं । नेपालको बैंकिंग प्रणालीमाथि पटक पटक प्रश्न चिन्ह उठ्ने गरेको छ । यस्तै एक रहस्यमय घटना अहिले काठमाडौंमा भएको छ । जहाँ म्याद सकिएको डेबिट कार्डबाट साढे ३४ लाख रुपैयाँ निकालिएको छ । यो आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित भत्केको पुलबाट दुई जनालाई आइतबार… Continue reading जब म्याद सकिएको बेलायती बैंकको डेविट कार्डबाट काठमाडौंमा निस्कियो साढे ३४ लाख…
चितवनमा ९ दिन देखि हराइरहेकी यूवतीको शव फेला, घटना रहस्यमय रहेको परिवारको आशंका
चितवन । चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको आइतबार शव भेटिएको छ । ९ दिन अगाडी आफुलाई अपहरण गरिएको भन्दै दिदीलाई फोन गरेकी भण्डारीको शव भेटिएपछि परिवारले यो घटना रहस्यमय भएको बताएको छ । सोहीकारण सोमबार दिनभर स्थानीयले उनको शव समेत बुझ्न मानेनन् । सोमबार साँझ भने स्थानीय प्रशासन र परिवारबीच दुई बुँदे सहमति भएसँगै… Continue reading चितवनमा ९ दिन देखि हराइरहेकी यूवतीको शव फेला, घटना रहस्यमय रहेको परिवारको आशंका
नेपालमा थप २६२२ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७४९९ पीसीआर परीक्षणमा १७४५ र ४०२८ जनाको एन्टिजेन परीक्षणमा ८७७ जना गरी २६२२ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २६२२ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको मृत्यु
प्रधानन्यायाधीशको प्रश्न – एमालेको विकल्पमा अर्को सरकार बन्ने देखिन्न,यस्तो अवस्थामा के हुन्छ ?
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पहिले वैकल्पिक सरकार बन्ने सम्भावना दखेर सार्वेच्वले संसद पुनस्स्थापना गरे पनि अहिले त्यस्तो अवस्था नभएको भन्दै यस्तो अवस्थामा के हुन्छ ? भनेर रिट निवेदक पक्षका कानून व्यवसायीलाई प्रश्न गर्नुभएको छ । सोमबार संसद विघटन सम्बन्धी सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीश राणाले वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई सोध्नुभयो, ‘मैले हिजो… Continue reading प्रधानन्यायाधीशको प्रश्न – एमालेको विकल्पमा अर्को सरकार बन्ने देखिन्न,यस्तो अवस्थामा के हुन्छ ?
नेपाल समूहलाई दिएको अल्टिमेटम सकिँदै,दोस्रो तहका नेताहरु अन्तिम कसरतमा
काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु अन्तिम कसरतमा जुटेका छन् । आजपनि उनीहरु छलफलमा जुटेको बताइएको छ । उनीहरुले पार्टी एकताका लागि बनाइएको कार्यदल ब्यूँताउन कोसिस गरिरहेका छन् । त्यो समय अगावै दुई नेतालाई मिलाउन दोस्रो तहका नेताहरु दौडधुप गरिरहेका छन् । गत शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका… Continue reading नेपाल समूहलाई दिएको अल्टिमेटम सकिँदै,दोस्रो तहका नेताहरु अन्तिम कसरतमा
प्रतिनिधिसभा विघटनविरुद्धको बहस आज सकिँदै, फैसला कहिले ?
काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा आज पनि जवाफी बहस हुँदैछ । आइतवार सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानून व्यवसायीहरुको बहस सकिएसँगै रिट निवेदक पक्षका कानूनी व्यवसायीहरुको जवाफी बहस शुरु भएको थियो । आइतवार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले जवाफी बहस शुरु गरेका थिए । उनीसहित जवाफी बहस गर्ने कानून व्यवसायीहरुलाई विभिन्न प्रश्नहरु सोधिएको छ । प्रधानन्यायाधीश… Continue reading प्रतिनिधिसभा विघटनविरुद्धको बहस आज सकिँदै, फैसला कहिले ?
काठमाडौंमा मंगलबारबाट जोर-विजोर प्रणाली हट्ने, सबै सवारी साधन खुला
काठमाडौं । सरकारले निषेधाज्ञामा व्यापक खुकुलो नीति लिँदै सबै प्रकारका सवारी साधनको संचालन खुला गरेको छ । काठमाडौं उपत्यकामा १६ वैशाखबाट शुरु भएको निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै सबै प्रकारका सवारी साधनको संचालन खुला भएको हो । काठमाडौं उपत्यकाकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा भने मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्म… Continue reading काठमाडौंमा मंगलबारबाट जोर-विजोर प्रणाली हट्ने, सबै सवारी साधन खुला