काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मसँग सरकारले किनेको कोरोना भाइरस विरुद्धको खोप २५ असारबाट काठमाडौं आउन थाल्ने भएको छ । नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्याउने प्रयोजनका लागि चीनको राजधानी बेइजिंग जाने छ । २४ असारमा जाने वाइडबडी जहाज २५ असारमा काठमाडौं आउने छ । यो जहाजमा ८ लाखभन्दा माथि डोज एक खेपमा ल्याउने तयारी छ ।… Continue reading २५ असारदेखि चीनबाट धमाधम खोप आउने, यस्तो छ उडान तालिका
Author: Vishwanews.com
तयार भयो राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अन्ततः तयार भएको छ । आधारभूत काम पुरा भई विजुलीको परीक्षण उत्पादन थाल्ने तयारीसँगै सरकारले सोमबार आयोजनाको औपचारिक उद्घाटन गर्ने भएको छ । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा यो आयोजनाका परीक्षण उत्पादन सोमबारबाटै शुरु हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट… Continue reading तयार भयो राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २७ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ।
नेपालमा थप १६०३ जनामा कोरोना संक्रमण पुष्टी, २५५२ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४८७६ पीसीआर परीक्षणमा १०५२ र ३२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १६०३ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४४ हजार ६२२ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १६०३ जनामा कोरोना संक्रमण पुष्टी, २५५२ जना संक्रमणमुक्त
माधव नेपाल फकाउने ओली पक्षको दोश्रो तहका नेताहरुको प्रयास असफल
काठमाडौं । नेकपा (एमाले) को पार्टी एकताका लागि वरिष्ठ नेता माधव नेपाललाई मनाउने दोसो तहका नेताहरुको प्रयास असफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको हो । नेपाल पक्षलाई पार्टीले भोलिसम्मको समय दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर… Continue reading माधव नेपाल फकाउने ओली पक्षको दोश्रो तहका नेताहरुको प्रयास असफल
बहुमत पुग्छ भनेर अदालतले प्रधानमन्त्री नियुक्त गर्न मिल्छ ?
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमा आएर सनाखत गराएको अवस्थामा १ सय ४६ जना सांसदको हस्ताक्षरलाई आधार मान भन्न मिल्छ र ? भन्दै प्रश्न गरेका छन् । आइतबार संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस गरिरहेका अधिवक्ता मेघराज पोख्रेललाई संसद विघटन मुद्धामा अदालतमा आएर सनाखत गराएको अवस्थामा बहुमत पुग्छ भनेर अदालतले प्रधानमन्त्री नियुक्त गर्न… Continue reading बहुमत पुग्छ भनेर अदालतले प्रधानमन्त्री नियुक्त गर्न मिल्छ ?
बाढीपहिरो प्रभावितको निजी आवास सरकारले बनाइदिने
काठमाडौं । यस वर्षको बाढीमा फसेका २७८ जनालाई हवाई मार्फत उद्धार गरेको छ । गृहमन्त्री विष्णु प्रसाद पौडेलले आइतबार राष्ट्रिय सभाको बैठकमा मनसुनजन्य विपतका फसेको २७८ जनाको उद्धार गरिएको जनाकारी दिए । सिन्धुपाल्चोक, गोर्खा,मनाङका बाढीपिडतलाई हेलिकोप्टरबाट उद्धार गरिएको बताए । उनले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिए। यस्तै ३६… Continue reading बाढीपहिरो प्रभावितको निजी आवास सरकारले बनाइदिने
कोपा अमेरिका : अर्जेण्टिना सेमिफाइनल पुग्यो, उरुग्वे बाहिरियो
काठमाडौं । इक्वेडरविरुद्ध रवाफिलो जित दर्ता गर्दै अर्जेण्टिना कोपा अमेरिका फूटबलको सेमिफाइनल पुगेको छ । आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा अर्जेण्टिनाले इक्वेडरलाई ३-० गोल अन्तरले हराएको हो । आजको खेलमा क्याप्टेन मेसी पुनः एक पटक चम्किए । उनले एक उत्कृष्ट फ्रिकिक गोल गरे । दुई गोलका लागि भने असिष्ट गरे । उनले ९३ औं मिनेटमा… Continue reading कोपा अमेरिका : अर्जेण्टिना सेमिफाइनल पुग्यो, उरुग्वे बाहिरियो
प्रतिनिधिसभा विघटनको रिटमा आज सभामुखका वकिलले वहस गर्ने
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सभामुखका वकिलबाट बहस हुँदैछ । शुक्रबारसम्म सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेका छन् । उनीहरुको बहस सकिएसँगै आइतबारबाट सभामुख तर्फका वकिलले बहस थाल्ने छन् । सरकारी पक्षका वकिललाई कुल १५ घण्टा बहसको समय दिइएको थियो । त्यसमध्ये सरकारी वकिलले ७ र प्रधानमन्त्रीका निजी वकिलले ७ घण्टा बहस गरेका छन्… Continue reading प्रतिनिधिसभा विघटनको रिटमा आज सभामुखका वकिलले वहस गर्ने
टोखामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
काठमाडौं । काठमाडौंको टोखामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार टोखा नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो । गएराति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका ६ का २६ वर्षका… Continue reading टोखामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
यूरोप हिँडेका आप्रवासी चढेको डुंगा भूमध्यसागरमा डुब्यो, कम्तिमा ४३ को मृत्यु
काठमाडौं\एजेन्सी । लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटालीका लागि छूटेको आप्रवासी सवार डुंगा ट्युनिसियाको सीमानजिक भुमध्यसागरमा डुबेको छ । डुंगामा विभिन्न मुलुकका आप्रवासी सवार रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इन्जिन बिग्रिएर डुंगा दुर्घटनामा परेको बताइएको छ । कम्तिमा ४३ को शव भेटिएको र ८४ जनालाई ट्युनिसियाको नौसेनाबाट उद्धार भएको समाचारमा उल्लेख छ । डुंगामा… Continue reading यूरोप हिँडेका आप्रवासी चढेको डुंगा भूमध्यसागरमा डुब्यो, कम्तिमा ४३ को मृत्यु
इंल्याण्ड र डेनमार्क पुगे यूरोकपको सेमिफाइनल, कुन-कुन टीम भिड्नेछन् ?
लण्डन । प्रभावशाली जितसहित इंल्याण्ड र डेनमार्क जारी युरोकप २०२० को सेमिफाइनल पुगेका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । शनिबार राति सम्पन्न अन्तिम दुई क्वाटरफाइनलबाट सेमिफाइनलमा खेल्ने चार टोलीको टुङ्गो लागेको छ । शनिबार राति डेनमार्कले चेक रिपब्लिकलाई २,१ ले हरायो । इंग्ल्याण्डले भने युक्रेनमाथि ४, ० को प्रभावशाली जित… Continue reading इंल्याण्ड र डेनमार्क पुगे यूरोकपको सेमिफाइनल, कुन-कुन टीम भिड्नेछन् ?
देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले हुँदैनन् : ओली, कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने नेपाल पक्षको अडान
काठमाडौं । नेकपा एमालेमा चर्किएको विवाद अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटनको मुद्दा र त्यसमा विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरमा पुगेर अड्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर बहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका नेतालाई सोमबार भित्र हस्ताक्षर फिर्ता लिन समय दिएका छन् । उनले शनिबार समेत सोही प्रशंग दोहोर्याए । शनिबार… Continue reading देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले हुँदैनन् : ओली, कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने नेपाल पक्षको अडान
‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु
काठमाडौं । नेपाल खेलकुद महासंघले ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ नामक अभियान शुरु गरेको छ । तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको शुरुवात गरेको हो। अवका दिनमा खेलकुद संगै उत्पादनमा पनि खेलाडीहरुको सहभागिता र योगदानका लागि शुरु गरिएको सो अभियानको शुभारम्भ नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पुर्व गृहमन्त्रि खगराज… Continue reading ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु
कोरोनाबाट नेपालमा थप १९ जनाले ज्यान गुमाए
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१९८ पुगेको छ । नेपालमा संक्रमितको तुलनामा कोरोनाको मृत्युदर १.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २३२८ मा कोरोना पुष्टी भएको छ । यस अवधिमा ३०६६… Continue reading कोरोनाबाट नेपालमा थप १९ जनाले ज्यान गुमाए
नेपालमा २३२८ मा कोरोना पुष्टी, ३०६६ जनाले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल ५,८३७ पीसीआर परीक्षणबाट १५२७ र ४२९६ एन्टिजेन परीक्षणबाट ८०१ जनामा कोरोना देखिएको हो । पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अब नेपालमा कुल कोरोना संक्रमण ६… Continue reading नेपालमा २३२८ मा कोरोना पुष्टी, ३०६६ जनाले जिते
बलिउड अभिनेता आमिर खान दम्पत्तिको भयो डिभोर्स, आमिरको दोस्रो बिहे पनि असफल
मुम्बई । बलिउड अभिनेता आमिर खान र उनकी धर्मपत्नी किरण राव १५ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने निचोडमा पुगेका छन । उनीहरुले एक संयुक्त वयान जारी गरि यस्तो फैसला सार्वजनिक गरेका हुन् । १५ वर्ष अगाडी विवाह गरेका उनीहरुका एक पुत्र छन् । आमिर र किरणले बयानमा सुन्दर १५ वर्ष आफुहरुबीच जीवनभरको अनुभव, खुशी र… Continue reading बलिउड अभिनेता आमिर खान दम्पत्तिको भयो डिभोर्स, आमिरको दोस्रो बिहे पनि असफल
दुई सय अमेरिकी कम्पनीमाथि साइबर हमला, रुसी ह्याकरको हात रहेको आशंका
काठमाडौं-एजेन्सी । अमेरिकामा एक साथ दुई सय कम्पनीमाथि साइवर हमला भएको छ । एक साइबर सुरक्षा फर्मलाई उदृत गर्दै अमेरिकी संचारमाध्यमले यसको जानकारी गराएका छन् । यहाँ करीव २ सय कम्पनी हमलाबाट प्रभावित भएका छन् । हन्ट्रेस ल्याव्सले सफ्टवेयरका माध्यमबाट आफ्नो कम्पनीलाई निसाना बनाएको पुष्टी गरेको छ । यससँगै २ सय हाराहारी आइटी कम्पनीलाई निसाना… Continue reading दुई सय अमेरिकी कम्पनीमाथि साइबर हमला, रुसी ह्याकरको हात रहेको आशंका
अफगानिस्तानका महत्वपूर्ण सैन्य अखडा छाड्दै अमेरिकी तथा नेटो सैनिक
काबुल । अफगानिस्तानका महत्वपूर्ण सैन्य अखडाबाट अमेरिकी तथा नेटोका सैनिकहरु बाहिरिएका छन् । यहाँको बाग्राम हवाई अखडाबाट अमेरिका र नेटोका अन्तिम सैनिक बाहिरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उक्त सैन्य अखडा उग्रवादी विरुद्धको झण्डै २० वर्ष लामो युद्धको केन्द्र थियो। बीबीसीका अनुसार त्यहाँबाट भएको यस्तो सैन्य फिर्तीको सङ्केत अब अफगानिस्तानबाट चाँडै नै सम्पूर्ण विदेशी सैन्य… Continue reading अफगानिस्तानका महत्वपूर्ण सैन्य अखडा छाड्दै अमेरिकी तथा नेटो सैनिक
काठमाडौं थलीमा एक अस्थाई टहरामाथि टिपर पल्टियो, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौँको गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर अस्थायी टहरामा पल्टिएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । महानगरीय प्रहरी वृत्त बौद्धलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु चाबहिल सडक खण्डको थलीमा पल्टिएको हो । सो क्रममा टहरामा सुतिरहेका… Continue reading काठमाडौं थलीमा एक अस्थाई टहरामाथि टिपर पल्टियो, दुई जनाको मृत्यु
संघर्षपूर्ण जितसहित ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा
काठमाडौं । आयोजक ब्राजिल चिलीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई १० गोल अन्तरले हरायो । ब्राजिल ४८ मिनेटमै १० खेलाडीमा सिमित भएको थियो । टोलीका गाब्रियल जेसस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । उनले चिलीका डिफेन्डर मेनामाथि फाउल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित… Continue reading संघर्षपूर्ण जितसहित ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा
इटली र स्पेन यूरोकपको सेमिफाइनलमा
काठमाडौं । जारी विश्वकपमा प्रभावशाली प्रदर्शन गरिरहेको इटली र स्पेन सेमिफाइनल प्रवेश गरेका छन् । इटलीले विश्व नम्बर वान टिम बेल्जियमलाई हरायो । स्पेनले भने स्विट्जरल्याण्डमाथि पेनाल्टी सुटआउटबाट नतिजा आफ्नो पक्षमा पार्यो । दुबै खेल गएराति सम्पन्न भए । इटलीले बेल्जियमलाई २-१ ले हराएको हो । इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे… Continue reading इटली र स्पेन यूरोकपको सेमिफाइनलमा
अन्ततः चीनबाट आउने भयो ४० लाख डोज खोप, सरकार आफैले किन्यो
काठमाडौं । नेपाल सरकारले कोरोना खोप भेरोसेल खरीद गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार खोप किन्न सरकार स्वयमःले चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको हो । पौडेलले सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको र २४ असारबाट खोप आपूर्ति सुरु हुने जानकारी गराए । सो प्रयोजनका… Continue reading अन्ततः चीनबाट आउने भयो ४० लाख डोज खोप, सरकार आफैले किन्यो
निजी आवास पुनर्निर्माणको अनुदान लिने अन्तिम समयसीमा निर्धारण
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा तोकेको छ । शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विविध कारणवश किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तसम्मको समयमा किस्ता लिन अनुरोध गरेको हो । जस अनुसार लाभग्राहीहरुले कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्नु पर्ने भएको छ । यसअघि, २०७८ असार १०… Continue reading निजी आवास पुनर्निर्माणको अनुदान लिने अन्तिम समयसीमा निर्धारण
थप २२९९ जनामा कोरोना संक्रमण पुष्टी, ३४५१ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२९९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६५६६ पीसीआर परीक्षणमा १३९१ र ४०३० जनाको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २२९९ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading थप २२९९ जनामा कोरोना संक्रमण पुष्टी, ३४५१ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३४ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ।
लगातारको वर्षाले ठाउँठाउँमा पहिरो, देशभर एक दर्जन राजमार्ग ठप्प
काठमाडौं । नेपालमा मध्यमनसुन जारी छ । यसले पछिल्लो तीन दिनयता लगातार वर्षा भइरहेको छ । वर्षाका कारण बाढी र पहिरो बढेसँगै देशभर सडक संजालमा असर पुगेको छ । सडक विभागका अनुसार अहिले १४ सडक खण्ड ठप्प छ । यसमा चितवनको नारायणघाट मुग्लिङ सडक खण्ड समेत रहेको छ । सडक विभागका अनुसार ४९ सडक खण्ड… Continue reading लगातारको वर्षाले ठाउँठाउँमा पहिरो, देशभर एक दर्जन राजमार्ग ठप्प
यूरोपको लापरवाहीप्रति डब्लूएचओ चिन्तित, कोरोनाको अर्को लहरको चेतावनी
काठमाडौं\एजेन्सी । यूरोपका विभिन्न ११ शहरमा यूरोकपका खेलहरु भइरहेका छन् । आफ्नो मुलुकलाई समर्थन गर्न हरेक चोक चोकमा मानिस भेला भई सेलिब्रेसन भइरहेका छन् । यस्तो लाग्छ, यहाँ अवस्था निकै सामान्य छ । यूरोपेली मुलुक र यहाँका जनताको लापरवाहीबाट विश्व स्वास्थ्य संगठन भने डराएको छ । संगठनले सावधानी नगर्ने र यही स्तरको लापरवाही रहने हो… Continue reading यूरोपको लापरवाहीप्रति डब्लूएचओ चिन्तित, कोरोनाको अर्को लहरको चेतावनी
अहिलेसम्मकै उच्च तापक्रम पुगेको क्यानडामा आगलागी बढ्यो
काठमाडौं\एजेन्सी । क्यानडा यतिबेला इतिहासमै मापन भएको मध्ये सबैभन्दा उच्च तापक्रमबाट गुज्रिरहेको छ । यहाँ पछिल्लो ५ दिनमा ४८६ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँको एउटा गाउँमा जङ्गली डढेलोले ९० प्रतिशत भूभाग जलाइसकेको संचारमाध्यमले जनाएका छन् । बीबीसीले स्थानीय सांसद् ब्राड भिसलाई उदृत गर्दै यसको पुष्टी गरेको हो । ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर… Continue reading अहिलेसम्मकै उच्च तापक्रम पुगेको क्यानडामा आगलागी बढ्यो
यूरोकप : आजबाट क्वाटरफाइनल प्रतिस्पर्धा
काठमाडौं । जारी युरोकप २०२० मा आजबाट क्वाटरफाइनल प्रतिस्पर्धा शुरु हुँदैछ । नेपाली समय अनुसार राती ९ः४५ मा स्वीट्जरल्याण्ड र स्पेन भिड्दै छन् । राती १२ः४५ बजे भने बेल्जियम र इटली खेल्ने कार्यक्रम छ । स्वीट्जरल्याण्ड पहिलो पटक यूरोकपको क्वाटरफाइनल पुगेको हो । उता, स्पेन भने सर्वाधिक ३ पटकको विजेता हो । स्वीट्जरल्याण्ड आजको खेलमा… Continue reading यूरोकप : आजबाट क्वाटरफाइनल प्रतिस्पर्धा