कोपा अमेरिका : कोलम्बियाले कब्जा गर्यो तेस्रो स्थान

Photo by Andressa Anholete/Getty Images

काठमाडौं । जारी कोपा अमेरिका फुटबलको तेस्रो स्थानका लागि भएको भिडन्तमा कोलम्बिया विजयी भएको छ । शनिबार बिहान सम्पन्न खेलमा पेरुलाई ३२ गोलले हराउँदै कोलम्बियाले तेस्रो स्थान कब्जा गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरे । पेरु सेमिफाइनलमा ब्राजिल र कोलम्बिया अर्जेण्टिनासँग पराजित भएका थिए… Continue reading कोपा अमेरिका : कोलम्बियाले कब्जा गर्यो तेस्रो स्थान

विश्व बैंकले नेपाललाई दिने भयो थप १२ अर्ब ऋण

काठमाडौं । विश्व बैंकले नेपाललाई थप १२ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर) ऋण दिने भएको छ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै विश्व बैङ्कले थप १० करोड डलर ऋण सहायता अनुमोदन गरेको हो । विश्वै बैङ्कले शिक्षाका लागि पाँच करोड र स्वास्थ्यका लागि पाँच करोड डलर सहयोग दिन लागेको हो ।… Continue reading विश्व बैंकले नेपाललाई दिने भयो थप १२ अर्ब ऋण

विश्वकै महंगो ट्राफिक जाम पार्ने पानीजहाज अब नियमित संचालनमा

Photo by - / Suez CANAL / AFP)

कायरो । गत मार्च महिनामा सुइज नहरमा तेर्सो परेर अड्किँदा दैनिक करोडौं डलर घाटा लगाएको विशाल पानीजहाज अन्ततः पुनः व्यवसायिक संचालनमा फर्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सूइज नहरलाई अड्किएको यो पानीजहाजका कारण यूरोप र एसियाबीच समुन्द्रीमार्गबाट हुने व्यापार रोकिएको थियो । यसले विश्व व्यापारमै असर पारेको थियो । इजिप्टले उक्त पानीजहाजलाई नियन्त्रणमा लिएको थियो… Continue reading विश्वकै महंगो ट्राफिक जाम पार्ने पानीजहाज अब नियमित संचालनमा

एक महिना अगाडीको बाढी-पहिरोग्रस्त क्षेत्र हेर्न आज प्रधानमन्त्री सिन्धुपाल्चोक जाने

File

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी, पहिरोले क्षतिग्रस्त बनाएको क्षेत्र हेर्न सिन्धुपाल्चोक जाने भएका छन् । मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको छ । उनले मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा भाग दिने छन् ।… Continue reading एक महिना अगाडीको बाढी-पहिरोग्रस्त क्षेत्र हेर्न आज प्रधानमन्त्री सिन्धुपाल्चोक जाने

राजस्व उठाउन शनिबार पनि बैंक खुला

काठमाडौं । नेपालमा आर्थिक वर्षको अन्तिम साता चलिरहेको छ । यस अवस्थामा राजश्व संकलन र खर्चको चाप दुबै बढ्छ । सोही प्रयोजनका लागि आज शनिबार पनि बैंकका शाखा तथा काउन्टर भने खुला हुने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राखेका हुन् ।… Continue reading राजस्व उठाउन शनिबार पनि बैंक खुला

रुसी साइबर हमलाकर्तामाथि कारवाही हुन्छ : बाइडेन

PETER KLAUNZER / POOL\BBC

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी साइवर हमलाकर्तामाथि कारवाही हुने बताएका छन् । ह्वाइट हाउसका तर्फबाट जारी एक बयानमा उनले रूसका राष्ट्रपतिलाई अमेरिकामाथि साइवर हमला रोक्न आग्रह गरेका छन् । रुसले नरोके अमेरिका आफैले कारवाही गर्ने उनको चेतावनी छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटीन र बाइडेनबीचको फोनवार्तापछि ह्वाइट हाउसले यस्तो वयान जारी गरेको… Continue reading रुसी साइबर हमलाकर्तामाथि कारवाही हुन्छ : बाइडेन

अफगानिस्तानको अधिकांश सीमा क्षेत्र तालिवान विद्रोहीको कब्जामा, सेना फिर्तिको प्रभाव

File Source : AP Photo

काबुल । अमेरिका र नेटासम्बद्ध सैनिक फिर्ता भएसँगै द्धन्द्धग्रस्त मुलुक अफगानिस्तानमा विद्रोहीको पकड बलियो भएको छ । तालिबान विद्रोहीहरूले इरानसँगको महत्त्वपूर्ण सीमानाका आफ्नो नियन्त्रण लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले पुष्टी गरेका छन्। बीबीसीका अनुसार इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको छ । अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र तालिबानले विभिन्न भूभाग कब्जा गरिरहेको हो । अफगानिस्तान… Continue reading अफगानिस्तानको अधिकांश सीमा क्षेत्र तालिवान विद्रोहीको कब्जामा, सेना फिर्तिको प्रभाव

एमाले नेताहरुको दावि: एकताको सहमति भयो

काठमाडौं । नेकपा एमालेका नेताहरु एकताका लागि सहमत भएको नेताहरुले दावि गरेका छन् । पछिल्लो दुई साता लगातार बैठकमा जुटेका नेताहरुले शुक्रबार महत्वपूर्ण सहमति जुटेको दावि गरेका छन् । यद्दपी सहमतिका बुँदा के हुन भन्ने चाँही खुलाइएको छैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच एकताका लागि बनेको कार्यदलको शुक्रबार… Continue reading एमाले नेताहरुको दावि: एकताको सहमति भयो

बंगलादेशमा खाद्य उद्योगमा आगलागी, कम्तिमा ५२ जनाको मृत्यु

REUTERS

ढाका । बंगलादेशको एक खाद्य उद्योगमा भएको आगलागीमा कम्तिमा ५२ जना मारिएका छन् । राजधानी ढाकानजिक एउटा खाद्य प्रशोधन कारखानामा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ थुप्रै कामदार हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अग्निनियन्त्रकले बताएका छन् । मानिस भवनभित्रै रहेका बेला स्थानीय समयअनुसार बिहीवार राति आगलागी शुरू भएको थियो। आगलागीको कारणबारे अहिलेसम्म स्पष्ट भएको… Continue reading बंगलादेशमा खाद्य उद्योगमा आगलागी, कम्तिमा ५२ जनाको मृत्यु

आइतबारबाट अन्तर्राष्ट्रिय उडान संख्या दोब्बर हुने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरि दोब्बर पारेको छ । यसअघि उडान खुला गरेका गन्तब्यमा सिंगापुरमा सातामा एक उडान हुने गरि थप भएको छ । भारतमा भने साविककै सातामा दुई उडान कायम छ । यसबाहेकका मुलुकमा हुने उडान संख्या भने थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ । अब सातामा कुल… Continue reading आइतबारबाट अन्तर्राष्ट्रिय उडान संख्या दोब्बर हुने

अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने

काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनेको कोरोना खोपको मात्रा निश्चित भएको छ । अमेरिकाले सिधै वितरण नगरी कोरोना महामारी नियन्त्रणका लागि धनी मुलुकले गरिब मुलुकलाई खोप वितरण गर्न बनाएको साझा संयन्त्र कोभ्याक्स कार्यक्रममार्फत खोप नेपाललाई दिन लागेको हो । यस्तो खोप नेपालमा १५ लाख डोज आउने भएको छ । आगामी साता काठमाडौं आइपुग्ने भएको छ… Continue reading अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने

नेपालमा थप २२३९ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६५७ पीसीआर परीक्षणमा १४७९ र ४६५६ जनाको एन्टिजेन परीक्षणमा ७६० जना गरी २२३९ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २२३९ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु

विश्वभर कोरोनाको ३ अर्ब ३२ करोड डोज खोप लगाइयो, धेरै चीनमा

Reuters

काठमाडौं । विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप… Continue reading विश्वभर कोरोनाको ३ अर्ब ३२ करोड डोज खोप लगाइयो, धेरै चीनमा

एएफसी यू-२३ एसिया कप छनोट: नेपाल कठिन समूहमा

काठमाडौं । एएफसी यू-२३ एसिया कप छनोट प्रतियोगिताको ड्र सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ(एएफसी) ले शुक्रबार प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो। जसमा नेपाल समूह ‘बी’ मा परेको छ । त्यस समूहमा इरान, ताजिकिस्तान र लेबनान छन् । ४२ वटा टिमलाई ११ समूहमा विभाजन गरिएको छ। छनोटका खेल सन् २०२१ को अक्टोबर २३ देखि… Continue reading एएफसी यू-२३ एसिया कप छनोट: नेपाल कठिन समूहमा

इजरायलबाट नेपाल आयो स्वास्थ्य सामग्री

काठमाडौं । इजरायलबाट नेपालमा विभिन्न स्वास्थ्य सामग्री आएको छ । नेपाल वायुसेवा निगमको जहाजले इजरायल पुगेर स्वास्थ्य सामग्री बिहीबार काठमाडौं ल्याएको हो । नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाईटमार्फत सामग्री बिहीबार विहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीले सो सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। इजरायलबाट ५८… Continue reading इजरायलबाट नेपाल आयो स्वास्थ्य सामग्री

द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत प्रस्थान

काठमाडौं । द हन्ड्रेड क्रिकेट प्रतियोगितामा भाग लिन स्टार नेपाली क्रिकेटर सन्दीप लामिछाने बेलायत प्रस्थान गरेका छन् । उनी गएराति बेलायत प्रस्थान गरेका हुन् । सन्दीप बेलायत पुगेर १० दिन क्वरेण्टीन बस्नु पर्नेछ । त्यहाँ उनको दुई पटक कोरोना पीसीआर परीक्षण हुनेछ । नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सहभागी हुने छ । द हन्ड्रेड प्रतियोगिताका… Continue reading द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत प्रस्थान

अफगानिस्तानमा तालिवानको सक्रियता बढ्यो, सेना फिर्तिबारे बाइडेनको बचाउ

काठमाडौं । अमेरिकी सैनिकले अफगानिस्तान छाडेसँगै उक्त मुलुकमा अतिवादी समूहहरुको सक्रियता बढेको छ । तालिवानले देशका महत्वपूर्ण भूभागहरु कब्जा गरेको भनेको छ । उता, राष्ट्रपति जो बाइडेन भने आफ्नो प्रशासनको यो कामप्रति सन्तुष्ट छन् । बीबीसीका अनुसार उनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका हुन्… Continue reading अफगानिस्तानमा तालिवानको सक्रियता बढ्यो, सेना फिर्तिबारे बाइडेनको बचाउ

चीनबाट नेपालले किनेको खोपको पहिलो खेप काठमाडौं आयो

काठमाडौं । नेपालले चीनबाट किनेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । त्रिभुवन विमानस्थलमा चीनबाट नेपाल एयरलाइन्सका जहाज आज साढे ६ बजे विहान अवतरण गरेको हो । आगामी दुई साता भित्रै ४० लाख डोज खोप नेपाल आइसक्ने छ । खोप लिन नेपाल वायुसेवा निगमको विमान बिहीवार चीन गएको हो । नेपाल आएको… Continue reading चीनबाट नेपालले किनेको खोपको पहिलो खेप काठमाडौं आयो

नायिका जेनी कुँवरले गरिन आत्महत्या

काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेको प्रहरीले पुष्टी गरेको छ । प्रहरी वृत्त, बाँनेश्वरका अनुसार कुँवरले काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव भेटिएको जानकारी दिएको हो । पछिल्लो दिनमा उनी डिप्रेशनको शिकार बनेकी थिइन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ । उनको सुसाइड नोट समेत भेटिएको… Continue reading नायिका जेनी कुँवरले गरिन आत्महत्या

चीनमा लगाईयो कोरोनाको १ अर्ब ३३ करोड डोज, अमेरिकामा कति ?

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप खपत भएको छ । राससले समाचार एएफपीलाई उदृत गर्दै जनाए अनुसार यस्तो खोप चीनमा मात्र एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज खपत भइसकेको छ । चीन सर्वाधिक खोप लगाउने मुलुक हो । दोस्रो स्थानमा भारत छ ।… Continue reading चीनमा लगाईयो कोरोनाको १ अर्ब ३३ करोड डोज, अमेरिकामा कति ?

अब आन्तरिक उडानमा माग अनुसार अनुमति

Photo : Lonely Planet

काठमाडौं । सरकारले आन्तरिक उडान पूर्ण रुपमा खुला गरेको छ । देशभर बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको समयमा यात्रुको सुविधालाई ध्यानमा राखी सबै उडान खोल्न वायुसेवा कम्पनीले माग गरेका थिए । सोहीअनुसार सरकारले अब आवश्कयता अनुसार पूर्ण क्षमतामा जहाज उडाउन सक्ने गरि खुला गरेको हो । यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान… Continue reading अब आन्तरिक उडानमा माग अनुसार अनुमति

१४ र १५ वर्षका दुई किशोरी ३ वर्षिय बालकको हत्या अभियोगमा पक्राउ

कैलाली । कैलालीमा १५ वर्षकी एक किशोरीले ३ वर्षिय बालकको हत्या गरेको स्वीकार गरेकी छिन् । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या अभियोगमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । त्यसमध्ये एक जनालाई भने सघाएको आरोप लागेको छ । कैलाली प्रहरीका अनुसार बालकलाई नातामा दिदी पर्ने किशोरीले कुलोमा… Continue reading १४ र १५ वर्षका दुई किशोरी ३ वर्षिय बालकको हत्या अभियोगमा पक्राउ

दार्चुलामा पहिरोमा पुरिँदा कम्तिमा तीन जनाको मृत्यु

file

काठमाडौं । दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित कम्तिमा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको नौगाढ गाउँपालिका ३ खार भन्ने स्थानको चौखुट्टेमा भिषण वर्षाका कारण पहिरो गएको हो । पहिरोले एकै घरका दुई र थप एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली… Continue reading दार्चुलामा पहिरोमा पुरिँदा कम्तिमा तीन जनाको मृत्यु

नेपालमा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टी, २९ जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५३७४ पीसीआर परीक्षणमा १२१८ र ५१३० जनाको एन्टिजेन परीक्षणमा ६५७ जना गरी १८५७ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टी, २९ जना संक्रमितको मृत्यु

फेसबुक, ट्विटर र गुगलविरुद्ध ट्रम्पले हाले मुद्दा

President Donald Trump speaks about the coronavirus in the James Brady Press Briefing Room of the White House, Monday, April 20, 2020, in Washington. (AP Photo/Alex Brandon)

अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा दर्ता गराएका छन् । उनले कम्पनीका सीईओलाई लक्षित गरि फ्लोरिडा राज्यको दक्षिणी जिल्ला मियामीको जिल्ला अदालतमा सो मुद्दा दर्ता गराएका हुन् । सीईओ मार्क जुरकवर्ग सहित तीनै कम्पनीका ज्याक डोर्से र सुन्दर पीचाइलाई केन्द्रित गर्दै ट्रम्पले मुद्दा हालेका हुन् । करिब ६ महिना अघि… Continue reading फेसबुक, ट्विटर र गुगलविरुद्ध ट्रम्पले हाले मुद्दा

विदेशबाट ल्याएका मोबाइल आइएमईआइ दर्ता नगरे साउनदेखि नचल्ने,यसरी गर्नुहोस् दर्ता

काठमाडौं । आगामी साउन १ गतेदेखि विदेशबाट खरिद गरी ल्याइएका मोबाइल फोनको ‘मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आइएमईआइ)’ नम्बर दर्ता नगरे नेपालमा नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध वा चोरी पैठारीबाट भित्रिने मोबाइल फोन नियन्त्रण गर्न आइएमईआइ नम्बर दर्ता अनिवार्य गरेको हो । धेरै मोबाइल प्रयोगकर्ताले आफ्नो सेटको आइएमईआइ दर्ता गर्नुपर्ने हो कि भन्ने भ्रम… Continue reading विदेशबाट ल्याएका मोबाइल आइएमईआइ दर्ता नगरे साउनदेखि नचल्ने,यसरी गर्नुहोस् दर्ता

नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । विहिबार नेप्से २३.९७ अंकले बढेर २८२५.११ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२३ कम्पनीको ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक

बेलायत यूरोकप फाइनलमा, भित्राउला ऐतिहासिक उपाधी ?

लण्डन । फुटबलको राजा मानिने इंग्ल्याण्ड ५५ वर्षपछि कुनै पनि ठूलो प्रतियोगिताको फाइनल पुगेको छ । यसअघि सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि चुमेयता ठूलो प्रतियोगिताको फाइनल नखेलेको यो टीम जारी यूरोकपको फाइनल पुगेको हो । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। इंग्ल्याण्डले… Continue reading बेलायत यूरोकप फाइनलमा, भित्राउला ऐतिहासिक उपाधी ?

शुक्रबार चीनबाट किनेको खोपको पहिलो खेप नेपाल आउँदै, आज जहाज जाने

काठमाडौं । चीनबाट नेपाल सरकारले खरीद गरेको कोरोना भाइरसविरुद्धको खोप ल्याउन आज नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदैछ । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो । बिहीबारबाट ८ साउनसम्म कुल तीन वटा उडान तय भइसकेको छ । यो उडानबाट एकै पटक २५ लाख डोज भन्दा बढी खोप नेपाल आउने छ ।… Continue reading शुक्रबार चीनबाट किनेको खोपको पहिलो खेप नेपाल आउँदै, आज जहाज जाने

हेइटीका राष्ट्रपतिको निवासमै गोली हानी हत्या

Andrés Martínez Casares/Reuters

काठमाडौं । हेइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै गोली प्रहार गरि हत्या भएको छ । देशका अन्तरिम प्रधानमन्त्रीद्वारा विज्ञप्ती जारी गरि यसको पुष्टी गरेको बीबीसीले जनाएको छ । पोर्ट अ प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन्। आक्रमणमा प्रथम महिला घाइते भएको विवरणमा… Continue reading हेइटीका राष्ट्रपतिको निवासमै गोली हानी हत्या