काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा माधव कुमार नेपाल-झलनाथ खनाल पक्षधर नेता सहभागी नहुने भएका छन् । बिहीबार काठमाडौंमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निसर्त रूपमा पार्टीका सङ्गठनलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा नफर्काएको भन्दै बैठकमा सहभागी नहुने निर्णय लिएको हो । अध्यक्ष ओलीले नवौँ… Continue reading एमालेको केन्द्रिय कमिटी बैठकमा नजाने नेपाल-खनाल पक्षको निर्णय
Author: Vishwanews.com
बाढीले एम्बुलेन्स बगाउँदा बिरामीको मृत्यु, अन्य भाग्न सफल
कास्की । कास्कीमा खहरे खोलाको बाढीले एम्बुलेन्स बगाउँदा एक जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका–९ मुग्रीबेंसीका ८३ वर्षीया गोमा अधिकारीको एम्बुलेन्स बगेपछि भएको दुर्घटनामा ज्यान गएको हो । गाउँपालिकाबाट उपचारका लागि एम्बुलेन्समा राखेर पोखरा ल्याउँदै गर्दा बाटोमा पर्ने खहरे खोलाले एम्बुलेन्सलाई बगाएको थियो । मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरूङ ‘श्याम’लाई उदृत गर्दै स्थानीय… Continue reading बाढीले एम्बुलेन्स बगाउँदा बिरामीको मृत्यु, अन्य भाग्न सफल
राष्ट्रिय फुटबल टोलीका २० सदस्यमा कोरोना पुष्टी
काठमाडौं । नेपाली राष्ट्रियय फुटबल टोलीका कुल २० सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बन्द प्रशिक्षणको तयारी भइरहेका बेला गरिएको परीक्षणमा खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको अखिल नेपाल फुटबल संघ एन्फा जनाएको छ । कोरोना संक्रमण पुष्टी भएसँगै बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण समेत स्थगित भएको छ ।… Continue reading राष्ट्रिय फुटबल टोलीका २० सदस्यमा कोरोना पुष्टी
शुक्रबारदेखि एक सातासम्म नेपालबाट फिर्ता हुने पर्यटकको भिसा नविकरण निःशुल्क
काठमाडौं । निषेधाज्ञाको समयमा भिसा अवधि रोकिएपनि नविकरण गर्न नपाएका विदेशी पर्यटकको भिसा अवधि थप गर्ने कार्य शुक्रबारबाट शुरु हुने भएके छ । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएको भिसा सेवा शुक्रबारबाट सुचारु हुने अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारबाट आगामी एक सातासम्म नेपालमा रहेका पर्यटकले भिसा सम्बन्धी कामका लागि विभिन्न छुट तथा… Continue reading शुक्रबारदेखि एक सातासम्म नेपालबाट फिर्ता हुने पर्यटकको भिसा नविकरण निःशुल्क
चितवन र तनहुँमा पहिरो, कम्तिमा ४ जनाको मृत्यु
चितवन । चितवन र तनहुँमा पहिरोमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ । चितवनमा केही मानिस घाइते छन् । तनहुँमा भने तीन जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको हो । तीनजना अझै बेपत्ता छन् । मृत्यु हुनेमा कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय… Continue reading चितवन र तनहुँमा पहिरो, कम्तिमा ४ जनाको मृत्यु
दक्षिण कोरिया र चीनमा समेत हुने भयो नियमित हवाई उडान
काठमाडौं । अब चीन र दक्षिण कोरियामा समेत काठमाडौंका लागि नियमित उडान हुने भएको छ । पछिल्लो निषेधाज्ञापछि रोक लगाइएको यी गन्तब्यका लागि सरकारले विभिन्न कम्पनीलाई उडानको अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि यी दुई मुलुकमा एयरलाइन्सहरुले अनुमति नमागेका कारण तालिका निकालिएको थिएन । प्राधिकरणका अनुसार दक्षिण कोरियामा प्रत्येक बुधबार एक उडान… Continue reading दक्षिण कोरिया र चीनमा समेत हुने भयो नियमित हवाई उडान
म्याग्दीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
म्याग्दी । म्याग्दीमा जीप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–२, सिमलचौरको मिठौलामा बुधबार बेलुका जीप दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार घटनामा ६ जना घाइते छन् । ग १ ज ७६५२ नम्बरको जीप दुर्घटनामा बेनी नगरपालिका–५, डडुवाकी २० वर्षीया सबिना भण्डारी र मङ्गला–१, पूर्णगाउँका १३ वर्षीय बिमल विकको ज्यान गएको… Continue reading म्याग्दीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
चिनियाँ कम्यूनिष्ट पार्टी स्थापनाको १ सय वर्ष पुरा, कसरी मनाईंदै उत्सव ?
बेइजिङ । चीनमा सत्तारुढ कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पुगेको छ । चीनले यो अवसरलाई विशेष उत्सवका रुपमा मनाइरहेको छ। बीबीसीका अनुसार विशेष कार्यक्रमबारे खुलासा भने गरिएको छैन । तर राष्ट्रपति सी जिन्पिङले बिहीवार एक मन्तव्य दिने कार्यक्रम छ । चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रम भइरहेको र संचारमाध्यममा चीनको इतिहासबारे कार्यक्रम प्रसारण गरिएका छन्… Continue reading चिनियाँ कम्यूनिष्ट पार्टी स्थापनाको १ सय वर्ष पुरा, कसरी मनाईंदै उत्सव ?
राष्ट्रिय सभाको अधिवेशन आजबाट शुरु हुँदै
काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीबाट शुरु हुँदैछ । संघीय संसद भवन बानेश्वरमा बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिको आह्वानपछि आजका लागि बैठक बोलाइएको छ । आजको बैठकमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउने कार्यसूची रहेको… Continue reading राष्ट्रिय सभाको अधिवेशन आजबाट शुरु हुँदै
पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध
चितवन । अविरल वर्षापछि खसेको पहिरोका कारण नारायणगढ मुग्लिन-सडकखण्ड अवरुद्ध भएको छ । अहिले देशभर वर्याा जारी छ । यस्तो वर्षा शनिबारसम्म नै रहने छ । पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध हुँदा पश्चिम नेपालको काठमाडौंसँगको सम्पर्क भने अस्थायी रुपमा बन्द भएको छ । प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी रुपमै… Continue reading पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध
आजबाट नियमित आन्तरिक हवाई उडान हुँदै
काठमाडौं । नेपालमा आजबाट आन्तरिक हवाई उडान नियमित हुँदैछ । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै सरकारले २० वैशाखबाट उडानमा प्रतिवन्ध लगाएको थियो । त्यसबेला निषेधाज्ञाको बीचमा पनि उडान जारी थियो । तर, आलोचना पछि हवाई उडान समेत बन्द भएको हो । मन्त्रिपरिषद्ले साविकको तुलनामा ५० प्रतिशत यात्रु राखेर उडान गर्न दिने निर्णय गरेअनुसार उडान सूचारु… Continue reading आजबाट नियमित आन्तरिक हवाई उडान हुँदै
अमेरिका र बेलायत युद्ध गर्न उक्साइरहेका छन् : पुटीन
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटीनले बेलायत र अमेरिकाले युद्ध गर्न उक्साइरहेको आरोप लगाएका छन् । उनको यस्तो आरोप बेलायतको युद्धपोत ‘एचएमएस डिफेंडर’ रुसको नियन्त्रणमा रहेको क्रीमियाको सागर किनारको नजिकैबाट गएसँगै आएको हो । उनले यो कदमलाई पश्चिमा मुलुकले यूक्रेन नजिक मिलिट्री बेस स्थापित गर्ने प्रयास भएको समेत बताएका हुन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार राष्ट्रपति… Continue reading अमेरिका र बेलायत युद्ध गर्न उक्साइरहेका छन् : पुटीन
नेपाली रेलले कोलकत्ता र हल्दियासम्म सामान ढुवानी गर्न सक्ने
काठमाडौं । नेपाल रेल्वे कम्पनीको स्वामित्वमा रहने रेलले अब वीरगन्ज विराटनगरबाट भारतको कलकत्ता र हल्दियासम्म पुगी सामान ढुवानी गर्न सक्ने भएका छन् । नेपाल र भारतबीच रेल सेवा सम्झौतामा संशोधन गरि यस्तो प्रावधान राखिएको हो । यसअघि नेपालको वीरगञ्जसम्म रेल सेवा उपलब्ध भएकोमा विराटनगर, भैरहवा र इनरुवामा रेल सम्बद्ध पूर्वाधार तयार भएपछि रेल सेवा उपलब्ध… Continue reading नेपाली रेलले कोलकत्ता र हल्दियासम्म सामान ढुवानी गर्न सक्ने
भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता वसन्तकुमार नेम्वाङ्गले उक्त जानकारी दिए । थापाले नेपाल-अंग्रेज युद्धमा वीरता प्रदर्शन गरेका थिए। विसं १७९८ मा लमजुङमा जन्मिएका थापा नेपाल-अंग्रेज युद्धको… Continue reading भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय
अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक, प्रत्येक साता २१ उडान हुने (सूचीसहित)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जुलाईदेखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ । एक महिनाका लागि प्रतिसाता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक भएको हो । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरेको हो… Continue reading अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक, प्रत्येक साता २१ उडान हुने (सूचीसहित)
नेपालमा कोरोना संक्रमण पुनः उकालो, बुधबार २८ सय संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३६ हजार… Continue reading नेपालमा कोरोना संक्रमण पुनः उकालो, बुधबार २८ सय संक्रमित थपिए
सबै म्यानपावर कम्पनी नविकरण हुने
काठमाडौं । सरकारले अहिले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसाय कम्पनी नवीकरण गरिदिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी भएसँगै सबै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने भएको हो । कोरोना महामारीका कारण विदेशमा तोकिएको संख्यामा कामदार पठाउन नपाउँदा ७३१ वटा म्यानपावर कम्पनी खारेज… Continue reading सबै म्यानपावर कम्पनी नविकरण हुने
बुधबारबाट तीन दिन नेपालमा पुनः ठूलो वर्षाको सम्भावना
काठमाडौं । नेपालमा बुधबारबाट कम्तीमा तीन दिन ठूलो वर्षा हुने भएको छ । देशका विभिन्न स्थानमा हुने वर्षाका कारण हुन सक्ने सम्भावित क्षतिप्रति सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी वर्षा जारी छ । बुधबार बिहान काठमाडौं उपत्यकासहित देशका धरै स्थानमा पानी… Continue reading बुधबारबाट तीन दिन नेपालमा पुनः ठूलो वर्षाको सम्भावना
क्यानडामा अधिक तापक्रमका कारण कम्तिमा ६० जनाको मृत्यु
बर्नेबी\क्यानडा । अमेरिकी मुलुक क्यानडामा अत्यधिक तापक्रमका कारण मानिसहरुको हताहती बढेको छ । दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम बढ्दा मानिसहरु मरेको बीबीसीले लेखेको छ । ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको उल्लेख गरेको छ । मर्नेमा ज्येष्ठ नागरिक धेरै छन्। सो क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको हो । ब्रिटिश… Continue reading क्यानडामा अधिक तापक्रमका कारण कम्तिमा ६० जनाको मृत्यु
यूरोकप : अन्तिम १६ का खेल सकिए, क्वाटरफाइनलमा कुन टीम को सँग भिड्दै
काठमाडौं । युरोकप २०२० मा अन्तिम १६ का खेल पुरा भएका छन् । मंगलबार राती इंल्याण्डले जर्मनीलाई हरायो भने युक्रेनले स्वीडेनलाई हरायो । यी अन्तिम १६ बाट क्वाटरफाइनल प्रवेशका दुई खेल थिए । यससँगै यूरोकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब क्वाटरफाइनमा इंग्ल्याण्डको प्रतिस्पर्धी युक्रेन हुने छ । बेल्जियम र इटली भिड्ने छन् ।… Continue reading यूरोकप : अन्तिम १६ का खेल सकिए, क्वाटरफाइनलमा कुन टीम को सँग भिड्दै
२०७५ जेठ २ कै हैसियतको बैठक बोलाउने एमालेको औपचारिक निर्णय
काठमाडौं । नेकपा एमालेले माधव नेपाल समूहको माग अनुसार २०७५ जेठ २ को हैसियतमा पार्टीको बैठक बोेलाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेता मात्र सहभागी स्थायी कमिटीको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक… Continue reading २०७५ जेठ २ कै हैसियतको बैठक बोलाउने एमालेको औपचारिक निर्णय
हुलाक सेवा विभागका कार्गो र चिठी अब नेपाल एयरलाइन्सले बोक्ने
काठमाडौं । हुलाक सेवा विभागले बोक्ने चिठ्ठीपत्र तथा कार्गो नेपाल एयरलाइन्सबाट ओसारपसार हुने भएको छ । यस्तो सामान यसअघि थाई एयरले बोकिरहेको थियो । नेपाल एयरलाइन्सबाट हुलाक सेवा विभागको सामान बोक्ने गरि मंगलबार नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता भएको छ । नेवानिका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र… Continue reading हुलाक सेवा विभागका कार्गो र चिठी अब नेपाल एयरलाइन्सले बोक्ने
काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी अब ‘पिक एण्ड ड्रप’ प्रणालीमा चल्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र चल्ने सार्वजनिक सवारी साधन अब लामो समयसम्म एकै स्थानमा रोकेर राख्न नपाइने भएको छ । उपत्यकामा यसअघि खुल्लामञ्च भित्र बसपार्क बनाएर सवारी साधन रोक्ने गरिएको थियो । अब भने महानगरपालिका भित्र सबै सवारी साधन पिक एण्ड ड्रप प्रणालीमा चल्नुपर्ने छ । महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारी… Continue reading काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी अब ‘पिक एण्ड ड्रप’ प्रणालीमा चल्नुपर्ने
टर्कीले नेपालसहित ६ मुलुकको सिधा उडान रोक्यो, ट्रान्जिट उडान हुने
काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशका गर्दै सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानलाई रोकेको छ । टर्कीको आन्तरिक मामिला मन्त्रलयलाई उदृत गर्दै रोयटर्सले यस्तो जानकारी दिएको हो । तर अन्य देश जाने यात्रुले भने टर्की ट्रान्जिट बनाएर यात्रा गर्नेलाई भने कुनै रोकतोक नहुने नेपालस्थित टर्कीस एयरलाइन्सको कार्यालयले जनाएको छ ।… Continue reading टर्कीले नेपालसहित ६ मुलुकको सिधा उडान रोक्यो, ट्रान्जिट उडान हुने
नेपालमा थप २६३६ जनामा कोरोना संक्रमण पुष्टी, ४३४८ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७२५९ पीसीआर परीक्षणमा १७२८ र ४४८९ जनाको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २६३६ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३६ हजार ९१६पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप २६३६ जनामा कोरोना संक्रमण पुष्टी, ४३४८ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टा २० जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २० जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१पुगेको छ।
प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिन भन्ने संसद छलेर जान मिल्छ ?
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने घोषणा आफैँ गर्न मिल्छ वा मिल्दैन भनेर प्रश्न गरेका छन् । संसद विघटनविरुद्धको मुद्दामा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संसद् छलेर जान मिल्छ ? भन्दै प्रश्न… Continue reading प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिन भन्ने संसद छलेर जान मिल्छ ?
नेपाली शेयर बजारमा फेरि गयो पहिरो
काठमाडौं । साताको कारोबारको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ४७.५० अंकले घटेर २८२८ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२३ कम्पनीको ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँ बराबरको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा फेरि गयो पहिरो
साउदीमा कामदार क्वारेन्टिन बस्नु पर्ने शूल्क कम्पनीले तिरिदिने
काठमाडौं । साउदी अरबमा विदेशी कामदारले संस्थागत क्वारेनटाइनमा बस्दा कामदार आफैले खर्च बेहोर्नु नपर्ने भएको छ । सम्बधित रोजगारदाताले खर्च बेहोर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । साउदीमा जाने नेपालीले स्वयमःले यस्तो खर्च बेहोर्नुपर्ने प्रावधानका कारण मारमा परिरहेका थिए । बिदामा घर आएका वा नयाँ विदेशी कामदारले साउदी प्रवेश गर्दा क्वारेनटाइन खर्च आफै व्यहोर्नुपर्ने प्रावधान… Continue reading साउदीमा कामदार क्वारेन्टिन बस्नु पर्ने शूल्क कम्पनीले तिरिदिने
कोपा अमेरिका : कप्तान मेसी चम्किएको खेलमा अर्जेण्टिनाको सानदार जित
काठमाडौं । जारी कोपा अमेरिकामा समूह चरणको अन्तिम खेलमा अर्जेण्टिनाले बोलभियामाथि सानदार जित दर्ता गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा कप्तान लिओनल मेसी चम्किए । कुल ४-१ गोल अन्तरको जित निकालेको अर्जेण्टिनाका लागि मेसीले दुई गोल र एक असिष्ट गरे । खेलको छैठौं मिनेटमा गोमेजले गोल गर्दा उनलाई मेसीले पास दिए। त्यसपछि उनले लगातार… Continue reading कोपा अमेरिका : कप्तान मेसी चम्किएको खेलमा अर्जेण्टिनाको सानदार जित