युरोकप : आजबाट नकआउट चरणका खेल शुरु

Photo : tass.com

काठमाडौं । जारी यूरोकप फुटबलमा आजबाट नकआउट चरणका खेल शुरु हुँदैछन् । अन्तिम १६ का खेलमा पहिलो खेल नेपाली समय अनुसार राति पौने १० बजे वेल्स र डेनमार्क खेल्ने छन् । खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुनेछ । आजै राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया भिड्ने छन् । इटलीले समूह चरणका… Continue reading युरोकप : आजबाट नकआउट चरणका खेल शुरु

शनिबार देशभर ठूलो वर्षाको सम्भावना, सचेत रहन आह्वान

Photo : wrightouttanowhere.com

काठमाडौं । शनिबार देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । प्रदेश१, प्रदेश २ र काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । काठमाडौंमा भने भिषण वर्षा जारी छ । दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी… Continue reading शनिबार देशभर ठूलो वर्षाको सम्भावना, सचेत रहन आह्वान

कोलम्बियाका राष्ट्रपति चढेको हेलिकोप्टरमा बन्दुक आक्रमण

Photo : frenchguiana.bpositivenow.com

काठमाडौं\एजेन्सी । कोलम्बियाका राष्ट्रपति इवान ड्यूक चढेको हेलिकोप्टरमा बन्दुकबाट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भेनेजुएलासँगको सीमाना नजिक उडिरहेको समयमा उनी सवार हेलिकोप्टरलाई लक्षित गरि गोली चलाइएको छ । हेलिकोप्टरमा राष्ट्रपति ड्यूकसहित रक्षामन्त्री, आन्तरिक मामला मन्त्रीसमेत सँगै थिए । राष्ट्रपतिका प्रवक्ताले घटनामा मानवीय क्षति भने नभएको जानकारी गराएका छन् । राष्ट्रपति इवान ड्यूकले घटनाको… Continue reading कोलम्बियाका राष्ट्रपति चढेको हेलिकोप्टरमा बन्दुक आक्रमण

अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गर्ने प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल

(Dave Schwarz/St. Cloud Times via AP)

मिनेपोलिस । अमेरिकामा एक वर्ष अगाडी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या प्रमाणित भएसँगै एक प्रहरी अधिकारीलाई अदालतले साढे २२ वर्ष जेल सजाय सुनाएको छ । अफ्रीकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या गरेको प्रमाणित भएसँगै पूर्व पुलिस अधिकारी डेरेक शोविनलाई यस्तो सजाय सुनाइएको हो । हत्यामा दोषि सावित भएका उनलाई न्यायाधीशले पूर्वपुलिस अधिकारी डेरेक शोविनले… Continue reading अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गर्ने प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल

बाढी-पहिरो प्रभावित क्षेत्रमा खोप लगाउन प्राथमिकता दिइने

Reuters

काठमाडौं । नेपालको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा कोरोना विरुद्धको खोप लगाउन प्राथमिकता दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो तयार गरेको हो । बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने मन्त्रालयले गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् । उनले छिट्टै कोभिड–१९… Continue reading बाढी-पहिरो प्रभावित क्षेत्रमा खोप लगाउन प्राथमिकता दिइने

चीनको एक मार्सल आर्ट्स स्कुलमा आगलागी, कम्तिमा १८ विद्यार्थीको मृत्यु

Photo : IG NEWS

काठमाडौं\एजेन्सी । चीनको एक मार्सल आर्ट्स स्कुलमा आगलागी भएको छ । घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ । हताहत हुनेमा अधिकांश सातदेखि १६ वर्षका बालबालिका छन् । उनीहरू खअनान प्रान्तको झङ्सीङ्ग मार्सल आर्ट्स सेन्टरका आवासीय विद्यार्थी थिए। शुक्रवार बिहानै भएको आगलागीलाई… Continue reading चीनको एक मार्सल आर्ट्स स्कुलमा आगलागी, कम्तिमा १८ विद्यार्थीको मृत्यु

नेपालमा थप २४७६ जनामा कोरोना संक्रमण पुष्टी, ५४५५ जना संक्रमणमुक्त

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९५८६ पीसीआर परीक्षणमा १७२१ र ४७६५ जनाको एन्टिजेन परीक्षणमा ६५५ जना गरी २४७६ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २४७६ जनामा कोरोना संक्रमण पुष्टी, ५४५५ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २७ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९४५ पुगेको छ।

चिनियाँ खोप भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

Reuters

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ। भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई असार २२ गते (शनिबार) देखि दोस्रो डाज लगाइने स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसअन्तर्गत गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर भेरोसेलको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोज दिइनेछ। बिहीबार मन्त्रालयले एक… Continue reading चिनियाँ खोप भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

कोरोनासँग जुध्न जनसम्पर्क समिति अमेरिकाको ४८ लाख सहयोग

न्युयोर्क । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालमा कोरोना नियन्त्रणका लागि भन्दै ४८ लाख रुपैयाँ बराबरको सहयोग रकम पाठाएको छ। कारोना उपचारमा सहयोग र स्वास्थ्य सामाग्री वितरणका लागि सो समितिले उक्त रकम नेपाली कांग्रेसको राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको खातामा जम्मा गरेको हो। नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा नेपाली कांग्रेसले सम्पूर्ण… Continue reading कोरोनासँग जुध्न जनसम्पर्क समिति अमेरिकाको ४८ लाख सहयोग

आइतबारदेखि तीन दिन श्रम स्वीकृति लिन सकिने, कुन कुन बार ?

काठमाडौं । वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । कोरोना महामारीको कारण यसअघि आइतबार र बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि आउँदो आइतबारदेखि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ । व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका… Continue reading आइतबारदेखि तीन दिन श्रम स्वीकृति लिन सकिने, कुन कुन बार ?

कोरोनाबाट राष्ट्रगानका गायक अजय थापाको निधन

काठमाडौं । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको कोरोना संक्रमणबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका… Continue reading कोरोनाबाट राष्ट्रगानका गायक अजय थापाको निधन

कोपा अमेरिका : उरुग्वे र पाराग्वेको जित

Photo : Then24.com

काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा उरुग्वे र पाराग्वेले जित निकालेका छन् । चिलीसँगको खेलमा पाराग्वेले २–० गोल अन्तरको जित निकालेको छ । जितसँगै पाराग्वे समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेको ३ खेलबाट ६ अंक भएको छ । शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको ३ खेलबाट ७ अंक छ । चिलीको ४ खेलमा ५… Continue reading कोपा अमेरिका : उरुग्वे र पाराग्वेको जित

अमेरिकामा मध्यरातमा १२ तले घर भत्किँदा कम्तिमा ९९ जना मानिस वेपत्ता

MIAMI BEACH POLICE\BBC

मायामी । संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीवार मध्यरातमा भत्किँदा कम्तिमा ९९ जना मानिस बेपत्ता भएका छन्। बीबीसीका अनुसार एक जनाको मृत्यु भएको पुष्टि भएको छ । धेरै जना भग्नावशेषभित्र पुरिएको आंशका छ । हराएकामा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेको बताइएको छ । यो घटना मायामीमा भएको हो । त्यहाँका मेयरले सङ्घीय सरकारसँग… Continue reading अमेरिकामा मध्यरातमा १२ तले घर भत्किँदा कम्तिमा ९९ जना मानिस वेपत्ता

माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका देशभरका दुई मेयर, पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद खारेज भएको छ । निर्वाचन आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो । माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन… Continue reading माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

आजबाट पुनः लगातार तीन दिन वर्षा

फाइल तस्वीर

काठमाडौं । नेपालमा आजबाट लगातार तीन दिन वर्षा हुने भएको छ । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज सूचना जारी गरि यसबारे जानकारी गराएको हो । नेपालको दक्षिण भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको प्रभावले पानी पारेको हो । यसको… Continue reading आजबाट पुनः लगातार तीन दिन वर्षा

राष्ट्रिय सभाको अधिवेशन असार १९ गतेका लागि आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को १० असारको सिफारिसबाट १९ असारमा बस्ने गरि राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा भने गत जेठमा विघटन गरिएको छ । त्यससँगै परेको मुद्दा भने सर्वोच्चमा… Continue reading राष्ट्रिय सभाको अधिवेशन असार १९ गतेका लागि आह्वान

एक मन्त्रीको भागमा ५ मन्त्रालय राख्दै तोकियो जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । आफुले रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य मन्त्रालय भने ४ जना मन्त्रीले हेर्ने गरि जिम्मेवारी तोकेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेलले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालय हेर्नेछन् । मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण,… Continue reading एक मन्त्रीको भागमा ५ मन्त्रालय राख्दै तोकियो जिम्मेवारी

नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको निधन

File

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत २४ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९१८ पुगेको छ।

नेपालमा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टी, २५१८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७२३५ पीसीआर परीक्षणमा १५७७ र ४९९७ जनाको एन्टिजेन परीक्षणमा ८९७ जना गरी २४७४ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टी, २५१८ जना संक्रमणमुक्त

राष्ट्रपतिद्धारा संवैधानिक निकायमा पदाधिकारी नियुक्त (सूचीसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका लागि २० पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्को सिफारिसमा बिहीबार भण्डारीले लोकसेवा आयोगसहित २० वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन् । गत वैशाखमा संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, महिला आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा विभिन्न नियुक्तका लागि सिफारिस… Continue reading राष्ट्रपतिद्धारा संवैधानिक निकायमा पदाधिकारी नियुक्त (सूचीसहित)

दक्षिणकालीको विभत्स हत्या प्रकरण: बलात्कारको प्रतिकार गर्दा हत्या भएको खुलासा

काठमाडौं । सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका- ७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको हो । अपराध महाशाखा अनुसन्धानका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङको टोलीले सन्तोषीको शव पुष्टि भएको २४ घण्टा नबित्दै… Continue reading दक्षिणकालीको विभत्स हत्या प्रकरण: बलात्कारको प्रतिकार गर्दा हत्या भएको खुलासा

फास्टट्रयाक्कमा सुरुङमार्ग बनाउने कम्पनीका प्राविधिक नेपाल आए

RSS

काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत प्याकेज नम्बर २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का प्राप्त गरेको चिनियाँ पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका प्राविधिक नेपाल आएका छन् । कोरोना महामारीका बीच प्राविधिक नेपाल आउन पाएका थिएनन् । राससका अनुसार परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आएको हो । यो परियोजना निर्माणको जिम्मा नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ । नेपाली सेनाको… Continue reading फास्टट्रयाक्कमा सुरुङमार्ग बनाउने कम्पनीका प्राविधिक नेपाल आए

सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा विपक्षी दल

काठमाडौं । सरकारले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलन शुरु गर्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गरि मुलुकभर सडक प्रदर्शन थाल्ने निर्णय गरेको हो । सडक आन्दोलनमा भाथृ संगठनहरु परिचालन हुने भएका छन् । विपक्षी गठबन्धनले यो विषय अदालतमा बहस भइरहेको समयमा… Continue reading सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा विपक्षी दल

इथियोपियामा हवाई हमला, कम्तिमा ६० जना मारिए

Getty images

काठमाडौं\एजेन्सी । उत्तरपूर्वी इथियोपियाको टिग्रे भन्ने क्षेत्रमा रहेको एउटा बजारमा सरकारी फौजले गरेको हवाई हमलामा कम्तिमा ६० जना मारिएका छन् । बीबीसीका अनुसार आक्रमणमा दर्जनौँ मानिस घाइते छन् । प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले लेखे अनुसार इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको हो । इथियोपियाको सेनाले गैर… Continue reading इथियोपियामा हवाई हमला, कम्तिमा ६० जना मारिए

यूरो २०२० मा अन्तिम १६ मा पुग्ने टोलीको टुंगो, प्रिक्वाटरमा कुन टीम कोसँग खेल्दै

Photo : tass.com

काठमाडौं । युरो २०२० मा समूह चरणका खेल पुरा भइसकेका छन् । यससँगै प्रिक्वाटरफाइनलमा खेल्ने अन्तिम १६ टिमको टुंगो लागेको हो । अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगेका छन् । साथमा ६ समूहका तेस्रो हुने ४ टिमलाई अन्तिम अन्तिम १६ मा स्थान दिइएको छ । अन्तिम १६ का खेल… Continue reading यूरो २०२० मा अन्तिम १६ मा पुग्ने टोलीको टुंगो, प्रिक्वाटरमा कुन टीम कोसँग खेल्दै

यूरोकप : फ्रान्स र पोर्चुगल बराबरी खेले

काठमाडौं । जारी युरोकप २०२० मा समूह एफको अन्तिम खेलमा बलियो दुई टीम फ्रान्स र पोर्चुगलबीच बराबरी भएको छ । खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलमा गोल गरेका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध टीमका लागि दुबै गोल आफैले गरेका छन्… Continue reading यूरोकप : फ्रान्स र पोर्चुगल बराबरी खेले

आज स्थानीय तहमा बजेट आउने

काठमाडौं । देशभरका स्थानीय तहमा आज आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आउँदैछ । हरेक स्थानीय सरकारले आआफ्नो नगर वा गाउँ सभामा बिहीबार बजेट प्रस्तुत हुनेछ । यद्दपी सबै स्थानीय सरकारले भने बजेट ल्याउन सक्दैनन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । कतिपयको भने असारभर… Continue reading आज स्थानीय तहमा बजेट आउने

युट्युवमा भाइरल बनेकी प्रतिभाशाली सन्तोषी सुब्बाको दक्षिणकालीमा विभत्स हत्या

काठमाडौं । मंगलबार प्रहरीले काठमाडौं दक्षिणकालीमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा एक महिलको शव भेट्टायो । स्थानीय महिलाले प्रयोगमा नरहेको सार्वजनिक शौचालयमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीरमा नराम्रोसँग प्रहार भएको, अनुहार क्षतविक्षत पारिएको र सलले घाँटी कसेर हत्या गरिएको अवस्थामा भेटाएको उक्त शवको पहिचान बुधबार मात्र भएको छ । उनी कालोपुल… Continue reading युट्युवमा भाइरल बनेकी प्रतिभाशाली सन्तोषी सुब्बाको दक्षिणकालीमा विभत्स हत्या

नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धि गरेको छ । पेट्रोल तथा डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८२ रुपैयाँ पुर्याइएको छ… Continue reading नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ पुग्यो