थपिएका अन्तर्राष्ट्रिय गन्तब्यमा बिहीबारबाट उडान, कुन गन्तब्यमा कहिले उड्छ जहाज ?

File Photo

काठमाडौं । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छ । सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक र बाह्य उडान हुने मिति तोकेको छ । मन्त्रालयकाअनुसार आन्तरिक उडान १७ असारबाट शुरु हुने छ । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थातः १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुने भएका हुन् ।… Continue reading थपिएका अन्तर्राष्ट्रिय गन्तब्यमा बिहीबारबाट उडान, कुन गन्तब्यमा कहिले उड्छ जहाज ?

नेपालमा पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ८१ जनाको मृत्यु भएको हो । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमितको निधन

नेपालमा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टी, ३५५८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमण मुक्त भएका छन् ।

एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं । विशेष अदालतमा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जना विरुद्ध १ अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज… Continue reading एक अर्ब बढी भ्रष्टाचार गरेको आरोपमा चुडामणि शर्मासहित तीन जनाविरुद्ध मुद्दा

उच्च अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबारको चौंथोदिन नेप्से ५३.८८ अंकले घटेर २८५९.९६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१८ कम्पनीको ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच भएका छन्… Continue reading उच्च अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट

७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ? -प्रधानन्यायाधीश

काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ७६(३) अनुसारका प्रधानमन्त्रीले ७६(४)को प्रयोग नगरी ७६(५)मा जान मिल्छ भनेर प्रश्न गरेका छन् । बुधबारबाट संवैधानिक इजलासमा रिट निवेककको तर्फबाट खम्बबहादुर खाती र गोविन्द बन्दीले बहसमा प्रधानमन्त्रीमा शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दाबी वैध भएको तर्क राख्दा प्रधानन्यायाधीशले सो उल्लेख गरेका हुन् । प्रधानन्यायाधीश जबराले… Continue reading ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ? -प्रधानन्यायाधीश

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त

काठमाडौं । घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन् । जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार थुनामुक्त भएकी छन्। जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको बताइएको छ । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई… Continue reading जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त

यूरोकप : स्कटल्याण्ड समुह चरणबाटै बाहिरियो

काठमाडौं । जारी यूरोकप २०२० मा स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको छ । स्कटल्याण्डमाथि ३, १ को जित निकालेको क्रोएसिया भने अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राती सम्पन्न खेलमा स्कटल्याण्डलाई जित्नै पर्ने दवाव थियो । निकोला भ्लासिचले १७औं मिनेटमा क्रोएसियालाई अग्रता दिए । ४२औं मिनेटमा क्यालम मक्ग्रेगरले बराबरी गोल फर्काएका थिए । कप्तान… Continue reading यूरोकप : स्कटल्याण्ड समुह चरणबाटै बाहिरियो

बाइडेनलाई झट्का, हुलाकबाट गरिने मतदानलाई सहज बनाउने प्रयास असफल

Andrew Burton/Getty Images

वासिंटन डिसी । अमेरिकामा हुलाकबाट हुने मतदानलाई सहज गराउने गरि आएको चुनावसम्बन्धी नयाँ नियम ल्याउने राष्ट्रपति जो बाइडेनको प्रयास असफल भएको छ । बीबीसीका अनुसार रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडनको प्राथमिकतामा परेको चुनावसम्बन्धी नयाँ नियम लागु गर्ने प्रयास विफल पारेका हुन् । हुलाकबाट गरिने मतदानलाई सहज बनाउने नीति सो विधेयकमा थियो । दलीय आधारमा मत विभाजन… Continue reading बाइडेनलाई झट्का, हुलाकबाट गरिने मतदानलाई सहज बनाउने प्रयास असफल

कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्र, संक्रमण घटेको सरकारको निष्कर्ष

काठमाडौं । नेपालमा अब कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र हुने भएको छ । कोरोना संक्रमण कम भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार अब निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन गरिने छैन । निजी अस्पताललाई कोभिड–१९… Continue reading कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्र, संक्रमण घटेको सरकारको निष्कर्ष

संसद विघटनको रिटमा आजबाट निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधि सभा विघटन गरि सरकारले निर्वाचन घोषणा गरेको सम्बन्धमा परेका रिटमाथि आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ । विपक्षी सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित रिट दायर गरेका थिए । यस्तो रिट दायर गर्नेमा १४६ जना सांसद छ । ७ जेठमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन… Continue reading संसद विघटनको रिटमा आजबाट निरन्तर सुनुवाई

नेपाल मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप

पुरुषाेत्तम घिमिरे,काठमाडौं जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको लापरवाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् । कोभिड संक्रमणपछि अस्पताल भर्ना भएका जोरपाटीका ४० बर्षीय प्रकाश लामाको मंगलबार साँझ निधन भएको हो । सामान्य अवस्थामा उपचार गराइरहेका उनको सोमबार एक्कासी स्वास्थ्य अवस्था बिग्रेको आफन्तको भनाई छ । मृतकका दाजु प्रदीप लामाका अनुसार सोमबार राती… Continue reading नेपाल मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप

लगानी बोर्डद्धारा ९७ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले मंगलबार करीव १ खर्ब बराबरका दुई परियोजनामा आउने विदेशी लगानी स्वीकृति गरेको छ । मंगलबार प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४७ औं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २ जलविद्युत परियोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको हो । ५४ करोड… Continue reading लगानी बोर्डद्धारा ९७ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत

विपक्षी गठबन्धनको आंशका : प्रधानमन्त्रीका कारण अहिलेसम्मका उपलब्धी गुम्ने खतरा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालमा अहिलेसम्म प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै विपक्षी दलले आंशका व्यक्त गरेका छन् । विपक्षी गठबन्धनमा रहेका एमाले नेता माधव कुमार नेपालसहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको समेत बताएका हुन् । उनीहरुले प्रधानमन्त्रीविरुद्धको एकतामा प्रतिवद्धता समेत जनाएका छन् । नेपाली कांग्रेसका सभापति… Continue reading विपक्षी गठबन्धनको आंशका : प्रधानमन्त्रीका कारण अहिलेसम्मका उपलब्धी गुम्ने खतरा

आन्तरिक उडान खुल्यो, बाह्य उडानमा गन्तब्य र उडान संख्या थप

काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गर्न सकिने भएको छ । यसको तालिका र मिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्ने गरि तोकिएको छ । अन्तराष्ट्रिय… Continue reading आन्तरिक उडान खुल्यो, बाह्य उडानमा गन्तब्य र उडान संख्या थप

नेपालमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमितको निधन

File

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८१३ पुगेको छ।

नेपालमा थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टी, ४९५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४५२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२२०४ जनाको पीसीआरमा ३७०३ जना जना ४७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ८१९ जना गरि ४५२२ जनामा संक्रमित पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ ।… Continue reading नेपालमा थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टी, ४९५४ जना संक्रमणमुक्त

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, पदमुक्त भए २१ मन्त्री

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र… Continue reading मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, पदमुक्त भए २१ मन्त्री

६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोजको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । सोमबार काभ्रेपलान्चोकका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय… Continue reading ६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोजको खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

एक सातापछि सेयर बजारमा उच्च अंकको कमब्याक

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार लयमा फर्किएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा मंगलबार भने उच्च अंकले बढेको हो । यसदिन नेप्से ७९.४३ अकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २२५ कम्पनीको १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको १ करोड… Continue reading एक सातापछि सेयर बजारमा उच्च अंकको कमब्याक

टुटल र पठाओको सेवा आजबाट सूचारु

काठमाडौं । यातायात सेवाप्रदायक टुटल र पठाओले आजबाट आफ्नो सेवा सूचारु गरेका छन् । नेपालमा कोरोना भाइरसको महामारीका बीच सरकारले निषेधाज्ञा लगाएपछि यस्तो सेवा बन्द भएको थियो । आजबाट सरकारले निजी सवारी साधन जोर विजोर प्रणालीमा खुला गरेको छ । मोटरसाइकल तथा स्कुटरमा दुई जना बस्ने गरि नियम ल्याइएपछि टुटल र पठाओलाई सेवा सूचारु गर्न… Continue reading टुटल र पठाओको सेवा आजबाट सूचारु

कोपा अमेरिका : लगातार दोस्रो जित निकाल्दै अर्जेण्टिना शीर्ष स्थानमा

Photo : si.com

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोलले हराएको अर्जेण्टिना शीर्ष स्थानमा उक्लिएको हो । प्रतियोगिता ब्राजिलमा जारी छ । खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरेका हुन् । सोही गोल निर्णायक बन्यो । तीन खेलबाट ७ अंक जोडेको अर्जेण्टिनालाई पच्छाइरहेको उरुग्वे भने… Continue reading कोपा अमेरिका : लगातार दोस्रो जित निकाल्दै अर्जेण्टिना शीर्ष स्थानमा

गरिब देशमा खोपको चरम अभाव रहेको डब्लूएचओद्धारा स्वीकार

Nipah Dennis—AFP/Getty Images

काठमाडौं । विश्वमा धनी मुलुकले आफ्ना नागरिकलाई धमाधम खोप लगाइरहेका छन् । तर, गरिब मुलुकले खरीद गर्छु भन्दा पनि खोप पाएका छैनने । विश्वव्यापी साझेदारी कार्यक्रम मार्फत कोभिड १९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो सङ्ख्याका गरिब देशहरूसँग आफ्नो खोप कार्यक्रमलाई निरन्तरता दिने गरी पर्याप्त मात्रामा खोप नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ। बीबीसीका अनुसार… Continue reading गरिब देशमा खोपको चरम अभाव रहेको डब्लूएचओद्धारा स्वीकार

उपत्यकामा खुकुलो बनाइएको निषेधाज्ञा आजबाट लागु

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले एक साता निषेधाज्ञा लम्ब्याएको छ । तर, यो समय पहिला जस्तै कडीकडाउ भने हुने छैन । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको आइतबारको मंगलबारबाट लागु हुने गरि निषेधाज्ञा लम्ब्याएको थियो । कोरोनाभाइरस संक्रमण कम भएको छ । तर, सबै क्षेत्र एक साथ खुला हुँदा संक्रमण बढ्न सक्ने भन्दै सरकारले क्रमशः… Continue reading उपत्यकामा खुकुलो बनाइएको निषेधाज्ञा आजबाट लागु

यूरोकप : रुस बाहिरियो, डेनमार्क अन्तिम १६ मा

Photo : Telecom Asia

काठमाडौं । जारी यूरोकप २०२० प्रतियोगिताबाट रुस बाहिरिएको छ । डेनमार्कले शुरुका दुई खेल हारेको थियो । तर, सोमबार राती सम्पन्न खेलमा रुसविरुद्ध भने डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्यो । समूह ‘बी’ अन्तर्गत रुसलाई ४-१ ले हराउँदै डेनमार्क समूह उपविजेताका रुपमा अन्तिम १६ स्थानमा पुगेको छ । खेल डेनमार्कको घरेलु मैदानमा भएको थियो । डेनमार्कका लागि… Continue reading यूरोकप : रुस बाहिरियो, डेनमार्क अन्तिम १६ मा

ओलीले पार्टी एकता भंग गर्न खोजेको माधव नेपाल समूहको निष्कर्ष

काठमाडौं । नेकपा एमालेमा पुनः विवाद चर्किएको छ । यसको संकेत स्वयमः वरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् । उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकतालाई भङ्ग गर्न खोजेको आरोप लगाएका छन् । सोमवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो संकेत गरेका हुन् । एमालेमा पार्टी विवाद पुनः चर्किएको सम्बन्धमा भने सोमबार… Continue reading ओलीले पार्टी एकता भंग गर्न खोजेको माधव नेपाल समूहको निष्कर्ष

टोकियो ओलम्पिकमा १० हजारसम्म दर्शक रंगशाला जान सक्ने

टोकियो । जापानले आयोजना गर्न लागेको ओलम्पिक खेलहरु दर्शकले प्रत्यक्ष हेर्न पाउने भएका छन् । स्वास्थ्य अधिकारीले कोरोना महामारीका बीच दर्शक नराख्न दिएको चेतावनी वेवास्ता गर्दै जापानले दर्शकलाई सहभागी गराउन लागेको हो । जापान २०२० ओलिम्पिक्सका खेलमा एक स्थानमा दश हजारसम्म जापानी प्रशंसकलाई सहभागी हुन दिइने निर्णय भएको बीबीसीले जनाएको छ । विदेशी दर्शकले भने… Continue reading टोकियो ओलम्पिकमा १० हजारसम्म दर्शक रंगशाला जान सक्ने

अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोपछि छानविन समिति गठन

काठमाडौं । सरकारले नियमित उडेका सिमित गन्तब्य र चार्टर्ड उडानमा अत्यधिक भाडा लिएको गुनासो पछि सरकारले छानविन समिति गठन गरेको छ । अहिले टर्की, कतार र भारतमा नियमित उडान खुलेको छ । तर यी गन्तब्यमा समेत चर्को शूल्कमा भाडा हसुल भइरहेको छ । सरकारले अन्तर्राष्ट्रिय नियमित उडान रोकेर चार्टर्ड उडानलाई प्रोत्साहन गरेको छ । टिकट… Continue reading अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको गुनासोपछि छानविन समिति गठन

नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४६ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७७२ पुगेको छ।

नेपालमा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टी,३१३० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६५८३ जनाको पीसीआरमा १५८४ जना जना ४३२१ जनाको एन्टीजेन परीक्षण गर्दा ७१३ जना गरि २२९७ जनामा संक्रमित पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ ।… Continue reading नेपालमा थप २२९७ जनामा कोरोना संक्रमण पुष्टी,३१३० जना संक्रमणमुक्त