काठमाडौं । शेयर बजारमा पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो जानेक्रम आजपनि जारी रहेको हो । नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो । साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज नेप्से ७१.०६ अंकले घटेर २८३४.४१ विन्दुमा झरेको छ… Continue reading नेपाली शेयर बजारमा भीषण पहिरो जारी, आत्तिएपछि लगानीकर्ता
Author: Vishwanews.com
भारतमा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई खोप वितरण शुरु
नयाँ दिल्ली । भारतले आजबाट १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप वितरण थालेको छ । यसअघि उमेर समूह छुट्याएर प्राथमिकताका आधारमा कोरोना खोप वितरण गरिएको थियो । महाअभियान नाम दिएर भारतले आजबाट भने १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप दिन थालेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतमा सबै नागरिकले खोप भने निःशुल्क पाउने… Continue reading भारतमा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई खोप वितरण शुरु
आज अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाईंदै
काठमाडौं । आज विश्वभर योग दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा यो मितिमा योग दिवस मनाउनेबारे निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा अन्तर्राष्ट्रिय योग दिवस घोषणाको प्रस्ताव गरेका थिए। प्रस्तावको पहिलो… Continue reading आज अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाईंदै
सेफ्टी ट्याङ्की भत्कदा सङ्खुवासभामा दुई जनाको मृत्यु
संखुवासभा । संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टि ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको राससले लेखेको छ । दुर्घटनामा सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको ज्यान गएको छ । गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला… Continue reading सेफ्टी ट्याङ्की भत्कदा सङ्खुवासभामा दुई जनाको मृत्यु
यूरोकप : इटालीसँग हारेपनि वेल्स दोस्रो चरणमा प्रवेश
काठमाडौं । जारी युरो कप २०२० मा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार राती घरेलु मैदानमा भएको समूह चरणको अन्तिम खेलमा वेल्सविरुद्ध १–० गोलले विजयी भयो । वेल्स ५६ औं मिनेटपछि १० खेलाडीमा समेटिएको थियो । इटलीका माटियो पेसीनाले ३९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । इटलीले… Continue reading यूरोकप : इटालीसँग हारेपनि वेल्स दोस्रो चरणमा प्रवेश
अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको दुर्घटनामा कम्तिमा १३ को मृत्यु
अलबामा । अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको सडक दुर्घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार बालबालिका उक्त संख्यामा मानिसहरुको ज्यान गएको हो । आँधीका कारण १८ वटा गाडी एकै स्थानमा दुर्घटनामा परेका थिए । आँधीले यो भेगमा ठूलो नोक्सानी गरेको खबर छ । आँधीपछि वर्षा भएको थियो । बाढीले… Continue reading अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको दुर्घटनामा कम्तिमा १३ को मृत्यु
विश्व बैंकले नेपाललाई दियो स्वास्थ्य सामग्री
काठमाडौं । विश्व बैंकले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरको छ । विश्व बैंकको तर्फबाट ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो । विश्व बैंककअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको नेपालस्थित विश्व बैंकको कार्यालयले जनाएको छ । कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य… Continue reading विश्व बैंकले नेपाललाई दियो स्वास्थ्य सामग्री
चीनले एक अर्ब डोज खोप लगायो
काठमाडौं\एजेन्सी । चीनले आफ्नो जनसंख्यामा १ अर्ब भन्दा माथिको संख्यामा कोरोना खोप लगाएको छ । चीन कोरोना खोप निर्माता मुलुक समेत हो । चिनियाँ नेशनल हेल्थ कमिसनका अनुसार शनिबारसम्म चीनमा उक्त संख्यामा कोरोना खोप वितरण भएको हो । विश्वभर कोरोना खोपको २ अर्ब ५० करोड डोजभन्दा बढी खोप वितरण भएको छ । यस आधारमा विश्वभर… Continue reading चीनले एक अर्ब डोज खोप लगायो
पर्यटन क्षेत्रका मजदुरलाई नागरिक लगानी कोषले विशेष सापटी दिने
काठमाडौं । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई नागरिक लगानी कोषले विशेष सापटी सुविधा दिने भएको छ । कोषले पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे्रकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षित गरि विशेष सापटी दिने भएको हो । यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा… Continue reading पर्यटन क्षेत्रका मजदुरलाई नागरिक लगानी कोषले विशेष सापटी दिने
काठमाडौंको निषेधाज्ञा एक साता थप, निजी सवारी र ट्याक्सीलाई जोर-बिजोर प्रणाली
काठमाडौं । काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। निजी सवारी साधनहरू जोरबिजोर प्रणाली अनुसार खोल्ने निर्णय भएको हो। ट्याक्सीको हकमा तीन जनाभन्दा बढी बोक्न नपाइने गरी अनुमति दिइएको छ। पसल… Continue reading काठमाडौंको निषेधाज्ञा एक साता थप, निजी सवारी र ट्याक्सीलाई जोर-बिजोर प्रणाली
नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७२६ पुगेको छ।
नेपालमा थप २४४२ जनामा कोरोना संक्रमण पुष्टी, ३४५६ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६७७ जनाको पीसीआर १४२१ जना र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् ।
नेपाली बजारमा भीषण पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी
काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो गएको हो । नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो । पछिल्लो ३ दिनमा मात्रै नेप्से करिब ११५ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि भारी… Continue reading नेपाली बजारमा भीषण पहिरो, यी हुन् सबैभन्दा धेरै गुमाउने १० कम्पनी
अमेरिकाले प्रतिवन्ध लगाएका रइसी बने इरानका नयाँ राष्ट्रपति
तेहरान । कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति बनेका छन् । उनलाई अमेरिकाले प्रतिवन्ध लगाएको छ । रइसीको पक्षमा ६२ प्रतिशत मत आएको छ । बीबीसीका अुनसार रईसी इरानका वरिष्ठ न्यायधीश समेत हुन् । रुढीवादी बिचारधाराका उनी अमेरिकाका कट्टर विरोधी मानिन्छन् । राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णय गरेको भन्दै उनीमाथि अमेरिकाले प्रतिवन्ध लगाएको… Continue reading अमेरिकाले प्रतिवन्ध लगाएका रइसी बने इरानका नयाँ राष्ट्रपति
बारामा स्टील कारखानामा आगलागी, दुई मजदुरको मृत्यु
काठमाडौं । बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागीमा परी दुई मजदुरको मृत्यु भएको छ । तीन जना घाइते छन् । प्रहरीका अनुसार आगलागीमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारको सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतोको मृत्यु भएको छ । घटनामा रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं घाइते छन् ।… Continue reading बारामा स्टील कारखानामा आगलागी, दुई मजदुरको मृत्यु
उपत्यकामा निषेधाज्ञा अझै लम्बिने, प्रावधान भने खुकुलो पार्ने तयारी
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा पूर्ण रुपमा अझै नखुल्ने भएको छ । तर, प्रावधान अहिलेभन्दा समेत खुकुलो पार्ने तयारी गरिएको छ । उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । यो बैठकले निषेधाज्ञाबारे आगामी कदमबारे निर्णय लिने भएको हो । स्थानीय सरकार शहरी इलाकामा अझै पनि पूर्णरुपमा निषेधाज्ञा खोल्ने मनसायमा छैन । तर, प्रावधान… Continue reading उपत्यकामा निषेधाज्ञा अझै लम्बिने, प्रावधान भने खुकुलो पार्ने तयारी
पोर्चुगलमाथि जर्मनीको रवाफिलो जित
काठमाडौं । युरोकप २०२० मा क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलमाथि जर्मनीले रवाफिलो जित निकालेको छ । जर्मनीको घरेलु मैदानमा भएको खेलमा जर्मनी एक गोलले पछि थियो । उत्कृष्ट पुनरागमन गर्दै समग्रमा पोर्चुगललाई ४-२ ले हरायो । जितसँगै जर्मनीको २ खेलबाट ३ अंक भएको छ । जर्मनीलाई फ्रान्सले १-० ले हराएको थियो । पोर्चुगलले भने पहिलो… Continue reading पोर्चुगलमाथि जर्मनीको रवाफिलो जित
विमलेन्द्र निधि कांग्रेस सभापतिमा उठ्ने
काठमाडौं । आगामी १४औं महाधिवेशनमा विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उमेदवारी दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति उठ्ने बताइसकेका छन् । देउवाले शनिबार प्रदेश २ का नेताहरुलाई भेट्दै आफू सभापति उठ्ने बताएका थिए । सोही क्रममा निधिले आफु समेत सभापतिमा उठ्ने बताएका हुन् । उनले आफूले यसअघि पनि यो बारे सभापतिलाई भनेको… Continue reading विमलेन्द्र निधि कांग्रेस सभापतिमा उठ्ने
भारतीय सेनामा नेपाली महिला भर्तिसम्बन्धी सूचना भारतले सच्यायो
काठमाडौं । भारतीय सेनामा नेपाली महिलालाई भर्ति लिइने सम्बन्धी सूचनालाई भारत सरकारले सच्याएको छ । गत साता काठमाडौंस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाबाट एक सूचना जारी गरि नेपाली महिलालाई भारतीय सैनिक सेवामा भर्ति लिइने उल्लेख थियो । यो सूचनाको व्यापक आलोचना भएपछि भारतले सूचना सच्याएको हो । अब नेपाली भाषि भारतीय महिलाले भर्ति पाउने गरि सूचना… Continue reading भारतीय सेनामा नेपाली महिला भर्तिसम्बन्धी सूचना भारतले सच्यायो
नेपालमा कोरोनाबाट थप ३४ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा उक्त संख्यामा मानवीय क्षति भएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८६७५ पुगेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कुल २४०१ जनामा कोरोना… Continue reading नेपालमा कोरोनाबाट थप ३४ जनाको मृत्यु
११ हजार परीक्षणबाट २४०१ मा देखियो कोरोना
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कुल २४०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो अवधिमा कुल ११ हजार ६ सय ९६ वटा परीक्षण भएको थियो । अब नेपालमा कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३६६० जनाले कोरोनालाई जित्न सफल भएका छन् ।… Continue reading ११ हजार परीक्षणबाट २४०१ मा देखियो कोरोना
मुस्ताङको भिडियो ट्वीटरमा राख्दै डब्लूएचओ प्रमुखले गरे स्वास्थ्यकर्मीको प्रशंसा
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोसले नेपालको मुस्ताङमा एक नदीबाट कोरोना विरुद्धको खोप तार्न गरिएको प्रयासलाई लिएर स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् । साथै यो भिडियोमार्फत शक्ति सम्पन्न मुलुकहरुले देखाएको रवैयाप्रति उनले चिन्ता समेत व्यक्त गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप वितरणमा स्वास्थ्यकर्मी खटिरहेको उदाहरणका रुपमा यो भिडियो प्रस्तुत गर्दैस्वास्थ्यकर्मीहरूलाई धेरै स्थानमा खोप… Continue reading मुस्ताङको भिडियो ट्वीटरमा राख्दै डब्लूएचओ प्रमुखले गरे स्वास्थ्यकर्मीको प्रशंसा
शनिबार पनि नेपालमा ठूलो वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम
काठमाडौं । नेपालमा शनिबार समेत देशभर ठूलो वर्षा जारी रहने छ । अहिले मनसुन सक्रिय भएको छ । जसको प्रभावले देशभर वर्षा भइरहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन वटा प्रदेशमा ठूलो वर्षाको सम्भावना छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा… Continue reading शनिबार पनि नेपालमा ठूलो वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम
भारतमा तीन महिनापछि कोरोनाको तेस्रो लहर आउने चेतावनी
नयाँ दिल्ली । भारतमा अबको तीन महिनापछि कोरोना भाइरसको तेस्रो लहर शुरु हुने आंकलन गरिएको छ । समाचार एजेंसी रोयटर्सका स्वास्थ्य विशेषज्ञले गरेको एक सर्वेक्षण अनुसार भारतमा अक्टोवरबाट कोभिडको संक्रमणको तेस्रो लहर शुरु हुने जोखिम देखिएको छ । तर, आगामी संक्रमण अहिलेको तुलनामा भने निकै नियन्त्रित हुनेछ । यद्दपी कोरोना संकटका कारण थप एक साल… Continue reading भारतमा तीन महिनापछि कोरोनाको तेस्रो लहर आउने चेतावनी
कोपा अमेरिका : प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो
काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत दुई दक्षिण अमरिकी बलिया टोली अर्जेन्टिना र उरुग्वेबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ । प्रतियोगिताको यो खेल चिलिसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा भने महत्वपूर्ण जित निकालेको हो । खेल शनिबार विहान सम्पन्न भएको छ । अर्जेन्टिनाले उरुग्वेमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो । अर्जेन्टिनाका लागि १३ औं… Continue reading कोपा अमेरिका : प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो
स्पेनमा अब घर बाहिर निस्कदा मास्क अनिवार्य नहुने
बार्सिलोना । स्पेनले अनिवार्य मास्कको नीतिमा परिवर्तन गरेको छ । त्यहाँका प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ बाट घरबाहिर निस्किँदा मास्क अनिवार्य रहेको नीति हटाउने घोषणा गरेका छन् । शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमद्धारा आयोजित कार्यक्रमबाट उनले यस्तो घोषणा गरेका हुन् । यसले स्पेनले कोरोनालाई जितेको संकेतका रुपमा हेरिएको छ । स्पेनको जनसंख्या ४ करोड ७० लाख… Continue reading स्पेनमा अब घर बाहिर निस्कदा मास्क अनिवार्य नहुने
तामाकोशी नदी थुनियो, सचेत रहन स्थानीय प्रशासनको अपिल
दोलखा । दोलखामा बग्ने तामाकोशी नदी पहिरोका कारण थुनिएको छ । नदीको बहाव थुनिएसँगै तामाकोशीमा जुनसुकै बेला बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले सतर्क रहन सूचना जारी गरेको छ । शुक्रबार साढे ९ बजे राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल चीन सीमा क्षेत्रको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यस आसपास भारी वर्षा भएको… Continue reading तामाकोशी नदी थुनियो, सचेत रहन स्थानीय प्रशासनको अपिल
‘ढुंगा गिट्टी र वालुवा निकासी गर्ने नीति कार्यान्वयन नगर्नु’
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको एक महत्वपूर्ण नीतिको कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । सरकारले ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने नीति बजेटमा राखेको थियो । यो व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चले शुक्रबार अन्तरिम आदेश गरेको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र… Continue reading ‘ढुंगा गिट्टी र वालुवा निकासी गर्ने नीति कार्यान्वयन नगर्नु’
राजदूत बन्न स्नातक नचाहिने सरकारको निर्णय कार्यान्वयनमा सर्वोच्चको रोक
काठमाडौं । सरकारले मन्त्री भइसकेको व्यक्तिलाई राजदूत बन्न स्नातक पास हुनु नपर्ने गरि कानूनमा गरेको परिवर्तन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ । यससँगै स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा रोक लागेको छ । सरकारले गत २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरि यस्तो प्रावधान ल्याएको थियो । त्यसविरुद्ध परेको रिटमा… Continue reading राजदूत बन्न स्नातक नचाहिने सरकारको निर्णय कार्यान्वयनमा सर्वोच्चको रोक
कांग्रेसले भन्यो : विपक्षी गठबन्धन निरन्तर रहन्छ
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संसद विघटन गरेसँगै विपक्षी दल एक भएका थिए । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने निष्कर्षमा समेत कांग्रेस पुगेको हो । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस… Continue reading कांग्रेसले भन्यो : विपक्षी गठबन्धन निरन्तर रहन्छ