काठमाडौंमा अचाक्ली महंगी

काठमाडौं । काठमाडौं उपत्यकामा अचाक्ली महंगी बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा काठमाडौं उपत्यकामा मूल्य वृद्धि ८ प्रतिशत भन्दा माथि पुगेको छ । गत आवको पहिलो त्रैमासिकमा मात्र ४ प्रतिशत मूल्य वृद्धि थियो । यस वर्ष भने आवको प्रारम्भमै नागरिकको ढाड सेक्ने गरी महंगी बढेको छ ।… Continue reading काठमाडौंमा अचाक्ली महंगी

भूकम्पले भत्काएका ६२ प्रतिशत घर बने, २४ प्रतिशत निर्माणाधिन

काठमाडौं । भूकम्पले भत्काएका मध्ये ६२ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको जानकारी अनुसार २४ प्रतिशत घर निर्माणाधिन अवस्थामा रहेका छन् । संघीय संसद, विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको… Continue reading भूकम्पले भत्काएका ६२ प्रतिशत घर बने, २४ प्रतिशत निर्माणाधिन

नेपालमा विद्युतको पहुँचमा उल्लेख सुधार

काठमाडौं । नेपालले विद्युतको पहुँच र गुणस्तरमा उल्लेख्य सुधार गरेको छ । विश्व बैंकले गरेको एक अध्ययन अनुसार नेपालले छोटो सयममा यस क्षेत्रमा गुणात्मक सुधार गरेको हो । विश्‍व बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार प्रति १ सय घरधुरीमध्ये ९५ घरधुरीमा विद्युत पहुँच बिस्तार भइसकेको छ । विद्युत भरपर्दो, किफायती र निर्बाध पहुँचमा समेत… Continue reading नेपालमा विद्युतको पहुँचमा उल्लेख सुधार

अमेरिका-चीनमा भन्दा नेपालमा शान्ति

काठमाडौं ।आतंकवादको जोखिम, घरेलु तथा अन्तर्राष्ट्रिय युद्ध र सामाजिक सुरक्षाका दृष्टिकोणबाट अमेरिकाको तुलनामा नेपाल शान्त पाइएको छ । ग्लोबल पीस इन्डेसक्ले देखाएअनुसार १ सय ६३ मुलुकमध्ये नेपाल ७६ औं स्थानमा रहेको छ । जहाँ नेपालभन्दा पछाडी भारत, चीन, अमेरिकाजस्ता अतिविकसित मुलुक पर्छ । यी मुलुकमा भौतिक विकासले चरम रुप लिएपनि शान्तीपूर्ण रुपमा बाच्न पाउने वातावरण… Continue reading अमेरिका-चीनमा भन्दा नेपालमा शान्ति

प्रधानमन्त्रीकै रफ्तारमा अगाडी बढ्ला देश ?

काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठन निकै पेचिलो विषय थियो, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार लगाएका छन् । यद्दपी उनी विवाद मुक्त हुन सकेनन् । यसको स्पष्टिकरण नै उनले दिनुपर्यो । बिहीबार नवनियुक्त मन्त्रीसहित मन्त्री र सचिवहरुको पूर्ण बैठक बोलाएर प्रधानमन्त्रीले अरुलाई पनि पालो दिनु पर्ने भएकाले राम्रो काम गरेका मन्त्रीसमेत हट्नु परेको बताए । यसपटक… Continue reading प्रधानमन्त्रीकै रफ्तारमा अगाडी बढ्ला देश ?

जलवायु परिवर्तनको असरबारे सगरमाथा संवाद गरिदै

काठमाडौं । नेपालमा पहिलो पटक सगरमाथा संवाद कार्यक्रम आयोजना हुने भएको छ । जलवायु परिवर्तन र यसले पारेको असरबारे संसारको ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो पटक सगरमाथा संवाद गर्न लागिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार चैत तेस्रो साता अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने पक्का भएको छ । ‘जलवायु परिवर्तन, पर्वतीय… Continue reading जलवायु परिवर्तनको असरबारे सगरमाथा संवाद गरिदै

सिंहदरबारमा रमझम, गोकर्ण विष्टको ट्याक्सी यात्रादेखि कृषि मन्त्रीको अंकमाल

काठमाडौं । बिहीबार नवनियुक्त मन्त्रीहरुले सपथ खाइसकेपछि करीव १२ बजे अपरान्हदेखि सिंहदरबार छिर्न शुरु गरे । सबै जसो मन्त्रालयमा सचिवदेखि उच्च पदस्थ अधिकारीहरु फूलको थुंगासहित नयाँ मन्त्रीहरुको स्वागतमा तम्तयार थिए । कर्मचारीहरु लाइनमा बसेर मन्त्रीको स्वागतमा खटिएका थिए । मन्त्रीहरु प्रवेश गर्न लागे । त्यसबेला मन्त्रालयमा छुट्टै माहौल छाएको थियो । कृषि मन्त्री घनश्याम भुषाललाई… Continue reading सिंहदरबारमा रमझम, गोकर्ण विष्टको ट्याक्सी यात्रादेखि कृषि मन्त्रीको अंकमाल

नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनसँगै नयाँ मन्त्रिहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार एक औपचारिक कार्यक्रम आयोजना गरी नयाँ मन्त्रिहरुलाई सपथ खुवाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराइन् । ३ जना राज्य मन्त्रीलाई भने प्रधानमन्त्रीले शपथ खुवाए । उक्त अवसरमा विशिष्ट व्यक्तिरु उपस्थित थिए… Continue reading नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण

घनश्याम भुषालको काँधमा गहकिलो जिम्मेवारी

काठमाडौं । नेकपा भित्र सिद्धान्ततः सबैभन्दा खरो रुपमा उत्रने नेताका रुपमा पहिचान बनाएका घनश्याम भुषाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बोलाएका छन् । उनी ओलीको आलोचक पनि मानिन्छन् । तर, ओलीले उनलाई कृषि तथा पशुपंक्षिजस्तो गहकिलो मन्त्रालय सुम्पिदिएर चलाखी गरेका छन् । हेर्दा लाग्छ, कृषि लो प्रोफाइलको मन्त्रालय हो । तर, देशको दुई तिहाई जनसंख्या… Continue reading घनश्याम भुषालको काँधमा गहकिलो जिम्मेवारी

गोकर्ण विष्टलाई सरकारबाट हटाएपछि प्रधानमन्त्रीको आलोचना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले ८ जना नयाँ मन्त्री थपे भने बाँकि पुरानैलाई निरन्तरता दिए । यस क्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट समेत बाहिरिने मन्त्रीको सूचिमा परे । पछिल्लो समय केपी ओली सरकारले सबैभन्दा सफलता मानेका प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, मलेसियाको सिण्डिकेट… Continue reading गोकर्ण विष्टलाई सरकारबाट हटाएपछि प्रधानमन्त्रीको आलोचना

आजदेखि राजपाको संयोजक राजेन्द्र महतो

काठमाडौं । चक्रिय प्रणालीमा नेतृत्व चलाइरहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महोतोको काँधमा आएको छ । उनले बिहिबारबाटै अध्यक्ष मण्डलको जिम्मेवारी सम्हाल्दैछन् । यसअघि अध्यक्ष मण्डलको संयोजक महन्त ठाकुर थिए । राजपाका बुधबार बसेको केन्द्रिय बैठकले बिहीबारदेखि महतोलाई संयोजकको जिम्मेवारी तोकेको हो । करीव आधा दर्जन दल सिमिएर एक बनेको… Continue reading आजदेखि राजपाको संयोजक राजेन्द्र महतो

सागमा प्याराग्लाइडिङ नहुने, ६ टोलीले भाग नै लिएनन्

काठमाडौं । नेपालका लागि स्वर्ण पदक नै सुनिश्चित भएको प्याराग्लाइडिङ दक्षिण एसियाली खेलकुदमा समावेश नहुने भएको छ । यस खेलका लागि प्रतियोगिको आवश्यक संख्या नै पुगेन । बुधबार नाम दर्ताको अन्तिम दिन थियो । तर, यस खेलमा भाग लिन नेपाल र पाकिस्तानले मात्र नाम टिपाए । अन्य टोलीले भाग नलिने भएपछि प्याराग्लाइडिङ सागमा समावेश नहुने… Continue reading सागमा प्याराग्लाइडिङ नहुने, ६ टोलीले भाग नै लिएनन्

नेपाल एयरलाइन्स नारिता उड्ने निश्चित

काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारितामा उडान गर्ने निश्चित भएको छ । नारिता जापानको राजधानी टोकियोबाट नजिकको विमानस्थल हो । नारितामा ग्राउण्ड ह्याण्डिंगका लागि कम्पनी छनोट भई मंगलबार सम्झौता समेत भइसकेको नेपाल एयरलाइन्सले जनाएको छ । यससँगै अब निकट भविश्यमै नेपाल एयरलाइन्सको जहाज नारिता उड्ने भएको हो । नारिता धेरै नेपालीका लागि सहज विमानस्थल हो… Continue reading नेपाल एयरलाइन्स नारिता उड्ने निश्चित

मन्त्रिपरिषद् पुनर्गठन, को को भए मन्त्री ? (सूचिसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । नेकपा सचिवालय बैठकबाट अनुमोदन भएका मन्त्रीहरुको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष बुझाएका थिए । सोही नामलाई समेटेर राष्ट्रपतिबाट बुधबार मन्त्रिपरिषद्को पुनर्गठन भएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरीएको राष्ट्रपति… Continue reading मन्त्रिपरिषद् पुनर्गठन, को को भए मन्त्री ? (सूचिसहित)

मन्त्रिपरिषद् पुनर्गठन चर्चाले दिनभर तात्यो माहौल, सूचि राष्ट्रपति कार्यालयमा

काठमाडौं । मन्त्रिपरिषद् पुनगर्ठनको चर्चाले बुधबार पनि नेपालको राजनीतिक सरगर्मी तात्यो । संचारमाध्यमदेखि सामाजिक संजाल यसैको चर्चामा थियो । किनकी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रममा नजान भनेका थिए । उनको आषय बुधबार नै मन्त्रिपरिषद्पुनर्गठन हुने र मन्त्रीहरु परिवर्तन हुनेतर्फ थियो । बुधबार त्यसका लागि पटक पटक बैठकहरु… Continue reading मन्त्रिपरिषद् पुनर्गठन चर्चाले दिनभर तात्यो माहौल, सूचि राष्ट्रपति कार्यालयमा

निजी सवारीले भाडामा मान्छे बोक्न नपाउने, निसानामा टूटल र पठाओ

काठमाडौं । सरकारले निजी सवारी साधनका रुपमा दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोक्ने नपाउने भन्दै त्यसो गरेको पाइए कारवाहीको चेतावनी दिएको छ । यातायात व्यवस्थ विभागले बुधबार सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले सार्वजनिक प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ । कानून नमानी निजी सवारीले भाडामा मान्छे बोकेमा… Continue reading निजी सवारीले भाडामा मान्छे बोक्न नपाउने, निसानामा टूटल र पठाओ

प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, सत्ता ५ वर्षसम्म नै ओलीको हातमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष प्रचण्ड बनेका छन् । नेकपाको बुधबार कसेको बैठकले प्रचण्डलाई कार्यकारी अधिकारीसहित अध्यक्षको जिम्मेवारी दिएको हो । अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसमेत रहने छन् । तर, उनको भूमिका कार्यकारी हुनै छैन । पार्टीको जिम्मेवारी प्रचण्डको काँधमा दिएसँगै नेकपाले सत्ताको बागडोर भने ५ वर्षसम्म नै केपी शर्मा ओलीलाई… Continue reading प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, सत्ता ५ वर्षसम्म नै ओलीको हातमा

आज होला मन्त्रीपरिषद् पुनर्गठन ?

काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठनले राजनीतिक माहौल तातेको एक महिना नाघिसक्यो । तर, यसले मुर्तरुप पाउन भने सकेको छैन । तर, मन्त्रीपरिषद् पुनर्गठनको अन्तिम तयारी भने भइरहेको बताइएको छ । सम्भवतः बुधबार यसले मुर्तरुप पाउने संकेत नेताहरुले गरेका छन् । मंगलबार मन्त्रीपरिषद् बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको संकेत गरिसकेका छन्… Continue reading आज होला मन्त्रीपरिषद् पुनर्गठन ?

बझाङमा गयो भूकम्प, पश्चिम नेपाल र भारतमा समेत धक्का महसुश

काठमाडौं । बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढीमा केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ । मंगलबार बेलुका ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ । भूकम्पको धक्का बझाङसहित सूदुर पश्चिम, कर्णाली र प्रदेश नं ५ का जिल्लासम्म गरिएको थियो । गुल्मी र अर्घाखाँचीमा समेत… Continue reading बझाङमा गयो भूकम्प, पश्चिम नेपाल र भारतमा समेत धक्का महसुश

करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा

काठमाडौं । करीव २० लाख मूल्य बराबरको डिजेल बोकेर बाराको अम्लखेगन्जबाट विराटनगर आइरहेको ट्यांकर अपहरण भएको छ । आइतबार रातको १ बजे सिराहा, लहानस्थित पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ट्यांकर अपहरणमा परेको हो । ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमले जनाएको छ । यो ट्यांकर ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा दर्ता… Continue reading करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा

सम्हालिएको नेपालले हार टार्न सकेन

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटमा नेपालले बलियो टोली कुवेतविरुद्ध सम्हालिएर खेलेको छ । यद्दपी हार टार्न भने सकेन । मंगलबार भुटानको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल कुवेतसँग १ गोलले पराजित भयो । तर, नेपालले बलियो टोलीविरुद्ध निकै सुधारिएको प्रदर्शन गरेको छ । मूख्य चार खेलाडी ठमेल काण्डका कारण कारवाही… Continue reading सम्हालिएको नेपालले हार टार्न सकेन

नेपाल र कुवेत आज भिड्दै, मूख्य खेलाडीको अभाव टर्ला ?

File Photo

काठमाडौं । कतार विश्वकप २०२२ का लागि नेपाल र कुवेतबीच छनोट प्रतियोगिताको दोस्रो लेग मंगलबार हुँदैछ । पहिलो लेगमा नेपाल पराजित भइसकेको छ । दोस्रो खेल जीत्दै त्यसको बदला लिने मौका नेपालसँग रहेको छ । भुटानको राजधानी थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा नेपाल र कुवेतबीच मंगलबार दिउँसो २ः४५ बाट खेल शुरु हुँदैछ । पहिलो लेगमा कुवेतले नेपाललाई… Continue reading नेपाल र कुवेत आज भिड्दै, मूख्य खेलाडीको अभाव टर्ला ?

सिद्धबाबामा सुरुङ बन्ने पक्का, अर्थले दियो स्रोत सुनिश्चितता

File

काठमाडौं । अर्थमन्त्रालयले बहुवर्षिय ठेक्कामा लगाएर सुरुङ निर्माण गर्न सहमति दिएसँगै अब सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबामा सुरुङमार्ग बन्ने पक्का भएको छ । बुटवल, तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिलोका कारण वर्षेनी धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । यस क्षेत्रको पहिरो छल्न सुरुङ मार्ग निर्माणको निकर्षमा सरकार पुगेको हो । सुरुङमार्ग निर्माण गर्न मन्त्रिपरिषद्‍ले अर्थलाई स्वीकृति… Continue reading सिद्धबाबामा सुरुङ बन्ने पक्का, अर्थले दियो स्रोत सुनिश्चितता

प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् । प्रधानमन्त्रीले कालापानीबाट तत्काल भारतीय सैनिक फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए । त्यसक्रममा उनले नेपालको एक टुक्रा जमिन पनि भारतले लैजान नसक्ने उल्लेख गरेका थिए । यस अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका… Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना

रेसुंगा विमानस्थल निरिक्षणमा पुगे परराष्ट्रमन्त्री

गुल्मी । आफ्नै पहलमा निर्माण शुरु भएको गुल्मीको रेसुंगा विमानस्थलको सोमबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निरिक्षण गरेका छन् । धुले मैदानबाट परिक्षण उडान भइसकेको यो विमानस्थलको धावनमार्ग पीच गर्ने गरी अगाडी बढेको छ । यद्दपी काम भने सुस्त रहेको छ । रेगुंगा नगरपालिका वडा नं १० सिमीचौरमा यो मिानस्थल निर्माण भइरहेको छ । यो विमानस्थल… Continue reading रेसुंगा विमानस्थल निरिक्षणमा पुगे परराष्ट्रमन्त्री

पाकिस्तान सुपर लीगको ड्राफ्टमा ७ नेपाली, को को परे ?

काठमाडौं । पाकिस्तान सुपर लीगको सिल्भर क्याटगोरीमा परेका खेलाडीको सूचि सोमबार सार्वजनिक भएको छ । यस सूचिमा नेपालबाट ७ खेलाडीको नाम परेको हो । सूचिमा पूर्वकप्तान पारस खड्कासहित ७ जना क्रिकेटर परेका छन् । त्यसमध्ये कसलाई टीमहरुले छनोट गर्छन्, त्यसका आधारमा खेलाडीको भाग्य चम्कने छ । सिल्भर क्याटगोरीको ड्राफ्टमा पारससहित नेपालबाट आरिफ शेख, विनोद भण्डारी,… Continue reading पाकिस्तान सुपर लीगको ड्राफ्टमा ७ नेपाली, को को परे ?

दुई बलात्कारीलाई साढे ११ वर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले दुई जना बलात्कारीलाई साढे ११ वर्षको जेल सुनाएको छ । साथै पिडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ । पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो । बैतडीकी पूजा बोहोराको बलात्कार कसुर प्रमाणित भएपछि सागर भट्ट र अमरराज अवस्थीलाई उक्त कैद तथा नगद सजाय सुनाएको… Continue reading दुई बलात्कारीलाई साढे ११ वर्ष जेल सजाय

निजगढ विमानस्थलबारे हतारमा बोले योगेश, उपलब्धी शून्य

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो कार्यभार सम्हालेपछिको एक साता निकै जोडबलका साथ उठाएको इस्यू थियो, निजगढ एयरपोर्ट । नेपालमा दोस्रो अन्तरािष्ट्रय विमानस्थलका रुपमा चिनिने यस आयोजनाले नेपालको अर्थतन्त्रका कायालपट गर्ने अपेक्षा गरिएको छ । तर, आयोजनोकापूर्व तयारीको काम जस्ताको तस्तै छ । तर, योगेशले फ्याट्टै बोलिदिए, मंसिरसम्म यस आयोजनाको… Continue reading निजगढ विमानस्थलबारे हतारमा बोले योगेश, उपलब्धी शून्य

माथिल्लो त्रिशूली थ्री ‘ए’ आजबाट औपचारिक संचालन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयस्थित एक्सन रुमबाट पहिलो पटक आयोजनाको उद्घाटन गर्दैछन् । माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाको पहिलो पटक एक्सन रुमबाट उद्घाटन गर्न लागिएको हो । नेपाल विद्युत प्राधिकरण आफैले निर्माण गरेको सो आयोजना एक दशकको प्रयासमा निर्माण सम्पन्न भएको हो । अघिल्लो चैत महिनाबाट नियमित उत्पादन थालेको ६० मेगावाट क्षमताको… Continue reading माथिल्लो त्रिशूली थ्री ‘ए’ आजबाट औपचारिक संचालन

अब आन्तरिक विमानस्थलमा समेत र्याम्पको सुविधा

काठमाडौं । अन्तराष्ट्रिय उडानका जहाज चढ्न र ओर्लन प्रयोगमा आउने र्याम्प अब आन्तरिक विमानस्थलमा समेत जडान गरिएको छ । पहिलो पटक बुद्ध एयरले भैरहवाबाट यसको प्रयोग थालेको छ । यसअघि जहाजमै जडित सानो भर्यांगबाट यात्रु चढ्नु र ओर्लुनु परेको छ । त्यसको साटो र्याम्प प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ । भैरहवाबाट शुरु भएको यो सुविधा… Continue reading अब आन्तरिक विमानस्थलमा समेत र्याम्पको सुविधा