काठमाडौं । उत्तर कोरियाली नागरिकले नेपालमा गरेको लगानी फिर्ता गरेका छन् । नेपाल सरकारको उनीहरुलाई नेपालबाट आफ्नो लगानी फिर्ता लैजान पटक पटक समय दिएको थियो । अब सबै उत्तर कोरियाली लगानीकर्ताले लगानी फिर्ता लिएर नेपाल छाडिसकेको उद्योग विभागले जानकारी दिएको छ । यससँगै सरकारले संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पत्र पठाउँदै नेपालबाट उत्तर कोरिायली लगानी फिर्ता… Continue reading नेपालबाट फिर्ता भयो उत्तर कोरियाली लगानी
Author: Vishwanews.com
सीमा मिचिएकोबारे प्रधानमन्त्रीको टिप्पणी : भारतीय सैनिक फिर्ता हुनुपर्छ
काठमाडौं । भारतले सीमा मिचेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक सार्वजनिक कार्यक्रममा यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सरकारले आफ्नो धारणा सार्वजनिक गरेपनि प्रधानमन्त्रीले टिप्पणी गरेको पहिलो पटक हो । उनले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको एक इन्च पनि भूभाग कसैले मिच्न नसक्ने उल्लेख गरे… Continue reading सीमा मिचिएकोबारे प्रधानमन्त्रीको टिप्पणी : भारतीय सैनिक फिर्ता हुनुपर्छ
बढी कर तिर्ने १५ करदाता सम्मानित
काठमाडौं । सरकारले वर्षभर सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उनीहरुलाई सम्मान गरेका हुन् । १ मंसिरमा हरेक वर्ष कर दिवसको अवसर पारी बढी कर तिर्ने करदातालाई सम्मान गर्ने प्रचलन रहेको छ । आन्तरिक राजस्व विभागले उत्कृष्ट १५ करदातालाई सम्मान गर्ने गर्छ ।… Continue reading बढी कर तिर्ने १५ करदाता सम्मानित
सचिन तेन्दुलकर र प्रधानमन्त्रीबीच भेट, पशुपति दर्शनमा दंग
काठमाडौं । नेपाल भ्रमणमा रहेका विश्व चर्चित क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको स्वास्थ अवस्था बुझ्दै नेपालमा न्यानो स्वागतका लागि आभार व्यक्त गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिनलाई सुन्दर ल्याम्प पनि उपहारस्वरुप प्रदान गरेका छन् । भेटपछि प्रधानमन्त्रीले टुइट गर्दै सचिनले नेपालले बाल… Continue reading सचिन तेन्दुलकर र प्रधानमन्त्रीबीच भेट, पशुपति दर्शनमा दंग
विकास खर्च उस्तै निराशाजनक
काठमाडौं । विज्ञ अर्थमन्त्रीसहितको दुई तिहाईको सरकार गठन भएको करीव दुई वर्ष पुग्न लाग्यो । यसबीचमा सार्वजनिक खर्च त्यसमा पनि पूँजिगत खर्चमा निकै सुधार हुने अपेक्षा आमसर्वसाधारणले गरेका थिए । तर, सरकारले आफूलाई त्यसमा अब्बल सावित गर्न सकेन् । चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म)को तथ्यांक केलाउँदा पुँजिगत खर्चमा सरकार निकै कमजोर पाइएको… Continue reading विकास खर्च उस्तै निराशाजनक
सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम
काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले सार्वजनिक यातायातको व्यवस्थापनमा नयाँपनः ल्याउने गरी योजनाहरु सार्वजनिक गरेको छ । त्यसअन्तर्गत फोहोर सिट हटाउन व्यवसायीलाई अल्टिमेटम दिएर सुधार थाल्ने तयारी महाशाखाले गरेको छ । सार्वजनिक बस, ट्याक्सीलगायतमा रहेका सीट घिनलाग्दो भएको र गाडीहरु अत्यन्तै फोहोर रहेको जनगुनासो आइरहेको छ । जनगुनासोपछि महाशाखाले व्यवसायीसँग छलफल गरी सीट फेर्न अल्टिमेटम… Continue reading सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम
चम्किए शरद, जीत्यो नेपालले
बंगलादेश । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा नेपालले हङकङलाई हराएको छ । यससँगै नेपालको पोल्टामा पहिलो जीत हात पर्यो । भारतको २३ वर्षमुनीको टोलीसँग हारेको ज्ञानेन्द्र खड्का नेतृत्वको नेपाली टोलीले हङकङविरुद्ध भने प्रभावशाली जीत निकालेको हो । शनिबार बंगलादेशमा सम्पन्न खेलमा ४० रनले विजयी भयो । हङकङलाई नेपालले २१८ रनको लक्ष्य दिएको थियो ।… Continue reading चम्किए शरद, जीत्यो नेपालले
विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए
काठमाडौं । आगामी ३ मंसिरमा कुवेतसँग विश्वकप छनोटको महत्वपूर्ण खेल, नेपालका लागि त्यो खेल यति महत्वपूर्ण छ की, आगामी यात्रा सहज बनाउन नेपालले खेल जित्नै पर्छ । यसका लागि खेलाडीमा उच्च अनुशासन र देशका लागि ज्यानै दिन तयार हुनुपर्ने अवस्था छ । तर, शनिबारको फ्लाइटमा रहेका खेडाली शुक्रबार राती अबेरसम्म ठमेलको डान्सबारमा भेटिए । जब… Continue reading विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए
जब क्रिकेटका भगवान त्रिवि मैदानमा उत्रिए…
काठमाडौं सचिन तेन्दुल्करका साथमा क्रिकेट खेल्न पाउनु, सायद यो नेपाली खेलाडीका लागि असम्भव विषय हो । खेलाडीकै लागि त असम्भव कुरा अन्य आम सर्वसाधारणका लागि त निकै परको कुरा । तर, सचिन नेपाल आए, नेपाली क्रिकेटको मक्का मानिने त्रिभुवन विश्वविद्यालयको मैदानमा छिरे र १० ओभर क्रिकेट खेले । मात्र क्रिकेट खेलेनन्, उनको टोलीले उपाधी पनि जित्यो… Continue reading जब क्रिकेटका भगवान त्रिवि मैदानमा उत्रिए…
सिस्नेरीले मेटाउला ललितपुरवासीको तिर्खा ?
काठमाडौं । सरकारले ललितपुरको खानेपानी आपूर्ति व्यवस्थापनका लागि प्रयास थालेको छ । मेलम्ची खानेपानी आयोजनाको काम अन्तिमतर्फ पुग्दा अब काठमाडौं उपत्यकामा मकवानपुरजिल्लास्थित सिस्नेरी खोलाबाट खानेपानी आपुर्ति गर्न सकिने सम्भावनाबारे अध्ययन हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले यसको तयारी समेत थालेको छ । यस आयोजनाको सम्भाव्यता अध्ययन हुने बोर्डले जनाएको छ । मकवानपुरको… Continue reading सिस्नेरीले मेटाउला ललितपुरवासीको तिर्खा ?
साउदीमा चम्किए मेसी, ब्राजिललाई अर्जेन्टिनाले हरायो
साउदी अरव । कप्तान लियोनल मेस्सीको एकमात्र गोल निर्णायक बनेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा ब्राजिललाई पराजित गरेको छ । शुक्रबार राती साउदी अरेवियामा सम्पन्न खेलमा मेसीले खेलको चौथो मिनेटमै टोलीलाई अग्रता दिए । अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेसीको प्रहार ब्राजिलियन गोलकिपरले बचाएका थिए । तर, उनले बल नियन्त्रणमा लिन सकेनन् । सोही बललाई गोलको पोष्ट दिँदै… Continue reading साउदीमा चम्किए मेसी, ब्राजिललाई अर्जेन्टिनाले हरायो
आलम नख्खु जेलमा, सरकारी वकिल र न्यायाधिसले पनि जिल्ला छाडे
काठमाडौं । रौतहटमा आलम आतंक शुरु भएको लामो समय भइसकेको थियो । मानिसहरुले आंग्रेस सांसद मोहम्मद आफताब आलमको ज्यादती सहेरै बसिरहेका थिए । तर, जब उनीविरुद्ध जाहेरी दर्ता भयो, त्यसपछि कानूनि कठधरामा उनी उभिए । तर, उनको त्रास भने जिल्लामा अझै उस्तै छ । शुक्रबार उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै सरकारी पक्षका वकिल… Continue reading आलम नख्खु जेलमा, सरकारी वकिल र न्यायाधिसले पनि जिल्ला छाडे
विश्वचर्चित क्रिकेटर सचिन नेपालमा
काठमाडौं । विश्वचर्चित क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आएका छन् । संयुक्त राष्ट्र संघ अन्तर्गत अन्तर्राष्ट्रिय बालबालिका आपतकालीन कोष (युनिसेफ)का सद्भावना दूत सचिन नेपाल आउने वातावरण पनि सोही संस्थाले बनाएको हो । उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट शुक्रबार काठमाडौं अवतरण गरे । नेपाल आउँदा आफू खुसी भएको प्रतिक्रिया उनले विमानस्थलमा दिए । सचिन र नेपालका पूर्वक्रिकेटर… Continue reading विश्वचर्चित क्रिकेटर सचिन नेपालमा
१४ मंसिरबाट इलाममा सूर्योदय महोत्सव
काठमाडौं । इलामको सूर्योदय नगरपालिकाले प्रथम सूर्योदय नगर महोत्सव आयोजनाको तयारी गरेको छ । १४ मंसिरबाट ५ दिनसम्म आयोजना संचालन गर्न लागिएको शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइयो । यो स्थान सरकारले घोषणा गरेको १ सय पर्यटकीय गन्तब्य भित्र परेको छ । इलामको कन्याम, फिक्कल र श्रीअन्तुलाई जोडेर सर्किट निर्माण गरिएको र यसकै माध्यमबाट पर्यटक… Continue reading १४ मंसिरबाट इलाममा सूर्योदय महोत्सव
स्वदेश फर्किए बंगलादेशी राष्ट्रपति हमिद
काठमाडौं । चार दिने नेपाल भ्रमणमा पुरा गरी बंगलादेशी राष्ट्रपति अब्दुल हमिद स्वदेश फर्किए । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिदाई गरिन् । भण्डारी राष्ट्रपतिको स्वागतका लागि समेत विमानस्थलमा पुगेकी थिइन् । मंगलबार काठमाडौं आएका उनले अन्तिम दिन चन्द्रागिरि र पाटन जाने कार्यक्तम रहेपनि स्वाथ्यमा खराबी आएपछि स्थगित गरे । उनको टोलीका अन्य सदस्य… Continue reading स्वदेश फर्किए बंगलादेशी राष्ट्रपति हमिद
सन्दीप फेरी पनि दिल्लीबाटै आईपीएल खेल्ने
काठमाडौं । स्टार खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटलले आगामी सिजनको आइपीएलका लागि समेत निरन्तरता दिएको छ । दिल्लीले आफ्नो टीमबाट यसपटक पनि सन्दीपलाई रिलिज गरेन । यससँगै उनी लगातार तेस्रो वर्ष दिल्लीबाटै आइपीएल खेल्ने भएका छन् । आइपीएल खेल्ने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । दिल्लीका भरपर्दा लेगस्पीनर सन्दीपले अहिले विश्वका सबैजसो लीगमा निक्र राम्रो… Continue reading सन्दीप फेरी पनि दिल्लीबाटै आईपीएल खेल्ने
भलिबल खेलाडी चेलीलाई विमानस्थलमा भब्य स्वागत, जनही ३ लाख पुरस्कार
काठमाडौं । देशका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधी जितेर नेपाल फर्किएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ । बंगलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता टोली शुक्रबार स्वदेश फर्किएको हो । टोलीका प्रत्येक सदस्यलाई नगद तीन लाख पुरस्कार घोषणा गरेको राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र नेपाल… Continue reading भलिबल खेलाडी चेलीलाई विमानस्थलमा भब्य स्वागत, जनही ३ लाख पुरस्कार
रिहा भए उद्योगी रुप ज्योति
काठमाडौं । ठगिको आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती रिहा भएका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएका उनलाई प्रहरीले रिहा गरेको हो । उनीविरुद्ध मुद्दा नचलाउने निष्कर्षमा पुग्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले शुक्रबार हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेख्यो । लगत्तै उनलाई प्रहरीले रिहा गरेको हो । मुद्दा नचल्ने कसुरमा थुनामा राख्न नमिल्नै… Continue reading रिहा भए उद्योगी रुप ज्योति
अदालतले आलमलाई पठायो जेल, सांसद पद निलम्बन
रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलम पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्यायाधीश दीपक ढकालको इजलासले आलम आरोप अस्वीकार गरेपनि प्राप्त प्रमाणका आधारमा उनी निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको छ । कसुरको प्रकृति, गम्भीरता र बादीको साक्षी… Continue reading अदालतले आलमलाई पठायो जेल, सांसद पद निलम्बन
विदेशमा असुरक्षित नेपाली, तीन महिनामा १८४ शव नेपाल आए
काठमाडौं । विदेशमा नेपालीहरुको ज्यान जाने क्रम बढ्दो क्रममा रहेको छ । एक त असुरक्षित काम र अर्कोतर्फ जनसंख्यासमेत विदेशमा बढ्दै जाँदा मृत्यु भई नेपाल भित्राउने शवको संख्यासमेत बढ्दै गएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म)मा विश्वका विभिन्न मुलुकमा १८४ जना नेपालीको निन भएको छ ।… Continue reading विदेशमा असुरक्षित नेपाली, तीन महिनामा १८४ शव नेपाल आए
बंगलादेशका राष्ट्रपति पाटन र चन्द्रागिरिमा, आजै स्वदेश फर्कने
काठमाडौं बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणको अन्तिम दिन आज नयाँ गन्तब्य चन्द्रागिरि भ्रमणमा पुग्दैछन् । त्यहा करीव २ घण्टा बिताएपछि ललितपुरस्थित पाटन दरवार स्क्वायरको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । कम राजनीतिक र बढी बिदा प्रयोजनमा नेपाल आएका उनी शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालबाट… Continue reading बंगलादेशका राष्ट्रपति पाटन र चन्द्रागिरिमा, आजै स्वदेश फर्कने
इन्डोनेसियामा शक्तिशाली भूकम्प
जकार्ता । शुक्रबार इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार क्षतिको विवरण आइसकेको छैन । तर, समुन्द्री सुनामीको चेतावनी जारी गरिएको छ । इण्डोनेसियाको को मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको हो । स्थानीय समयअनुसार शुक्रबार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले उल्लेख गरेको छ । भूकम्पको केन्द्रविन्दु मोलुसा सागरको ७३… Continue reading इन्डोनेसियामा शक्तिशाली भूकम्प
तीन आमाछोरीको हत्या आरोपमा दुईजना पक्राउ
कास्की । गुल्मीमा दुई बालिकासहित तीन जनाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गुल्मी, चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा दुई बालिकासहित एक महिलाको शव फेला परेको थियो । उनीहरुको हत्या भएको प्रहरीको निष्र्का छ । प्रहरीले पोखराको हेम्जाबाट बाग्लुङ गाल्कोट नगरपालिका ८ ज्यामिरेका ४६ वर्षीय पुर्णबहादुर सुनार र त्यही ठाउँमा बस्ने माधव… Continue reading तीन आमाछोरीको हत्या आरोपमा दुईजना पक्राउ
रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल विजयी
पोर्चुगल । विश्वचर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा पोर्चुगलले लिथुवानीयामाथि फराकिलो जीत निकालेको छ । यूरोकप छनोट अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा पोर्चुगलले लिथुवानीयालाई ६–० गोल अन्तरले हरायो । यससँगै अब पोर्चुगल युरोकप छनोटको निकै नजिक पुगेको छ । पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेका हुन् । बिहीबार तीन गोल तपेसँगै उनले देशका… Continue reading रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल विजयी
इंग्ल्यान्ड यूरोकपमा छानियो, ह्यारी केनको ह्याट्रिक
लण्डन । कप्चान ह्यारी केनले ह्याट्रिक गरेसँगै इंल्याण्डले युरो कप फुटबल छनोटमा मोन्टेनेग्रो माथि फराकिलो जीत निकालेको छ । जीतसँगै इंल्याण्ड यूरोपकप २०२० मा छनोट समेत हुन सफल भएको छ । खेत बिहीबार राती इंल्याण्डमा भएको थियो । इंल्याण्डले मोन्टेनेग्रोमाथि ७-० गोल अन्तरको फराकिलो जीत निकाल्यो । इंल्याण्डले ११औं मिनेटमा अग्रता लिएको थियो । केनले… Continue reading इंग्ल्यान्ड यूरोकपमा छानियो, ह्यारी केनको ह्याट्रिक
फर्मुला वान इ–कार रेस नेपालमा हुने
काठमाडौं । विश्वकै चर्चित कार रेसमध्ये एक वान इ–कार रेस पहिलोपटक नेपालमा आयोजना हुने भएको छ । नेपालको मुस्ताङमा मे २०२१ मा यो इभेन्ट आयोजना हुने घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा यसको जारी दिइएको हो । इ-कार च्याम्पियनसीपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागले मंगलबार मुस्ताङ पुगेर साइट अवलोकन गरेका थिए ।… Continue reading फर्मुला वान इ–कार रेस नेपालमा हुने
सरकारी जागिरको उमेरहद अब ६० वर्ष
काठमाडौं । अब सरकारी कर्मचारीले ६० वर्षसम्म सेवामा कार्यरत रहन पाउने भएका छन् । यसअघि ५८ वर्ष रहेको अनिवार्य अवकासको उमेर दुई वर्ष थप भएको हो । नेपालीको औसतः आयु बढ्दै गएसँगै सरकारले निजामती कर्मचारीको उमेर हद बढाउने प्रस्तावसहित कानून बनाएको छ । निजामति सेवा ऐनको मस्यौदामा अनिवार्य अवकासको उमेर हद ६० वर्ष राख्न संसदीय… Continue reading सरकारी जागिरको उमेरहद अब ६० वर्ष
चीनले भन्यो ‘हामीले नेपालको सीमा मिचेका छैनौं’
काठमाडौं । नेपाल र भारत सीमा विवाद चलिरहेका बेला चीनले यस विषयमा पहिलो प्रतिक्रिया सार्वजनिक गरेको छ । भारतले दुई साता अघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग पारिएको थियो । यसको चौतर्फी आलोचना भइरहेको छ । कहीकतै नेपालको भूभाग चीनले समेत मिचेको भन्दै समाचार सार्वजनिक हुन थालेपछि चिनियाँ दूतावासले बिहीबार एक विज्ञप्ती जारी… Continue reading चीनले भन्यो ‘हामीले नेपालको सीमा मिचेका छैनौं’
पोखरामा दंग बंगलादेशी राष्ट्रपति
पोखरा । सुन्दर नगरी पोखरा पुगेर आँखै अगाडी सेताम्य हिमश्रृंखला अवलोकन गर्न पाउँदा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद दंग परेका छन् । श्रीमतीसहित बिहीबार पोखरा पुगेका उनले प्रकृतिको भरपुर आनन्द लिए । स्वच्छ, हराभरा वातावरणमा उनलाई बिहीबार मौसमले पनि साथ दियो । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति बिहीबार नेपाली सेनाको हेलिकोप्टर चढेर पोखरा पुगेका… Continue reading पोखरामा दंग बंगलादेशी राष्ट्रपति
नेपाली महिला भलिबल टोलीलाई ऐतिहासिक सफलता
काठमाडौं । नेपालको महिला भलिबल टोलीले देशलाई एक ऐतिहासिक उपाधी जिताउन सफल भएको छ । बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालको पोल्टामा पर्यो । यो नेपाली महिला भलिबलको पहिला अन्तर्राष्ट्रिय उपाधि जिहो । नेपाल र माल्दिभ्सबीचको खेलमा ३–० सेटको सोझो जीत निकाल्दै नेपालले यो सफलता चुमेको हो ।… Continue reading नेपाली महिला भलिबल टोलीलाई ऐतिहासिक सफलता