काठमाडौं । मंगलबार राजधानीमा जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने छ । सागको समापनका दिने हुने अधिक भिडभाड नियन्त्रण गर्न प्रहरीले उक्त प्रणाली लागू गर्न लागेको हो । मंगलबार दशरथ रंगशाला वरपरसमेत सवारी साधन लगेर जान पाइने छैन । यस क्षेत्रमा ट्राफिक व्यवस्थापन कठिन हुने भन्दै सवारी साधन निषेध गरिएको हो । साग समापनमा… Continue reading आज काठमाडौंमा जोर नम्बरका मात्र सवारी
Author: Vishwanews.com
आज सागको समापन, आगामी साग पाकिस्तानमा
काठमाडौं । अन्तिम समयमा भएको तीव्र तयारीका वावजुत नेपालले १३ औं दक्षिण एसियाली खेलकुदको सफल आयोजना गरेको छ । सागको आज अन्तिम ५ विभिन्न इभेन्टका फाइनल खेलसँगै भब्य समापन समारोह आयोजना हुँदैछ । दशरथ रंगशालामा हुने समापन समारोहमा सहभागी हुने दर्शकलाई फूटबलको फाइनलबाटै प्रवेश गराइएको छ । आज दोब्बर मूल्य तिरेर मात्र सर्वसाधारणले टिकट पाएका… Continue reading आज सागको समापन, आगामी साग पाकिस्तानमा
आज साग फूटबलको फाइनल, बन्ला इतिहास ?
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदको आज अन्तिम दिन, आज विभिन्न ५ इभेन्टको फाइनल प्रतिस्पर्धा हुदैछ । त्यसमध्ये पुरुष फूटबलको फाइनलमा स्वर्ण पदकका लागि नेपाल र भूटान मैदानमा उत्रिदैछन् । खेल अपरान्ह ३ बजेबाट प्रारम्भ हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलपछि साग समापनको कार्यक्रमसमेत प्रारम्भ हुनेछ । नेपाल फूटबलको साविक विजेता… Continue reading आज साग फूटबलको फाइनल, बन्ला इतिहास ?
२०८१ बैशाखमा द्रुतमार्गमा गाडी गुड्छ : नेपाली सेना
काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं -तराई द्रूतमार्ग वैशाख २०८१ मा सम्पन्न हुने दावि गरेको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा सेनाले २०८१ वैशाखमा आयोजनाको काम सम्पन्न भई सवारी साधन चल्न थाल्ने दावि गरेको हो । द्रूतमार्गको तोकिएको अवधिमै काम पुरा गर्न सडक संरचना, पुलको एकीकृत प्याकेज गुरुयोजना बनाएर अघि बढ्ने तयारी भएको… Continue reading २०८१ बैशाखमा द्रुतमार्गमा गाडी गुड्छ : नेपाली सेना
महिला फूटबल : भारतसँग हार्यो नेपाल, प्रशिक्षकले दिए राजिनामा
काठमाडौं । लगातार दोस्रो सागमा भारतसँग पराजित हुँदै स्वर्ण जित्नबाट वञ्चित भएसँगै राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले राजीनाको घोषणा गरेका छन् । सोमबार भएको फाइनलमा भारतले नेपाललाई २-० गोल अन्तरले पराजित गर्यो । यससँगै ऐतिहासिक स्वर्ण पदकबाट नेपाल फेरी चुकेको छ । खड्काले नैतिकताको आधारमा राजिनामाको घोषणा गरेको बताएका छन् । ११ औं… Continue reading महिला फूटबल : भारतसँग हार्यो नेपाल, प्रशिक्षकले दिए राजिनामा
विश्व खेलकुदमा रुसलाई झट्का, लाग्यो ४ वर्षे प्रतिवन्ध
स्वीट्जरल्याण्ड । एन्टी डोपिङ काण्डमा दोषि सावित भएसँगै रुसलाई ४ वर्षे प्रतिवन्ध घोषणा भएको छ । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले रूसलाई अन्तर्राष्ट्रिय खेलकुदका सबै इभेन्टबाट चार वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । एजेन्सीको उक्त निर्णयसँगै टोकियोमा आयोजना गरिएको आगामी ओलम्पिक रुसले गुमाउने पक्का भएको छ । सन् २०१४ मा रूसमै आयोजना भएको… Continue reading विश्व खेलकुदमा रुसलाई झट्का, लाग्यो ४ वर्षे प्रतिवन्ध
खस्किएको नेपाली क्रिकेटले तान्न सकेन दर्शक, फूटबलमा स्वाभाविक आकर्षण
काठमाडौं । सोमबार नेपाली क्रिकेट टोलीले माल्दिभ्सलाई हराउँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कांस्य पदक जित्यो । यस पटक सागमा भारत र पाकिस्तान अनुपस्थित थिए । श्रीलंका र बंगलादेशले यू,२३ टोली पठाएका थिए । पूर्ण टोली खेलाउने टिम नेपाल, भुटान र माल्दिभ्स थिए । नेपाल एकशिवसीय मान्यता प्राप्त मुलुक । स्वाभाविक रुपमा टेस्ट मुलुकले… Continue reading खस्किएको नेपाली क्रिकेटले तान्न सकेन दर्शक, फूटबलमा स्वाभाविक आकर्षण
बाल दूराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ
काठमाडौं । नेपाली बालबालिका माथि यौन शोषणको आरोपमा अमेरिकी नागरिक ज्यासन ल्योयड मुडी पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाउँदै बालबालिका माथि बाल शोषण गरेको आरोप प्रहरको छ । नागरिक राहदानी नं. ५६७४७२५३५ बोकेका ४० वर्षीय ज्यासनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पक्राउ गरेको हो । उनलाई सिनामंगलस्थित एक गेष्ट आउसबाट प्रहरीले पक्रिएको हो… Continue reading बाल दूराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ
गौरिकालाई चौथो स्वर्ण, कसले तोड्ला यो रेकर्ड
काठमाडौं । पौडीवाज किशोरी गौरिका सिंहले जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीका लागि एक दूर्लभ रेकर्ड राखेकी छिन् । उनले सोमबार भएको प्रतिस्पर्धामा स्वर्ण जित्दै एउटै सागमा ४ स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी हुन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै चौथो स्वर्ण हात पारेकी हुने । उनले १०० मिटर फ्रीस्टाइल ५८.१३… Continue reading गौरिकालाई चौथो स्वर्ण, कसले तोड्ला यो रेकर्ड
कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने
सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका छोरीको बैँक खाता आफैले खोलि दिने निर्णय गरेको छ । १ साउन २०७६ यता कर्णालीको क्षेत्रफलमा जन्मिएका सबै छोरीको बैँक खाता सरकारले नै खोलिदिने योजना प्रदेश सरकारले कार्यानवयन गर्न लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सरकारले ‘बैँक खाता छोरीकोः सुरक्षा जीवन भरीको’… Continue reading कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने
मन्त्री बस्नेत स्पेनतर्फ, हिमालका मुद्दा उठाउने
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन वन तथा वातावरण मन्त्री शक्ति बस्नेत स्पेन प्रस्थान गरेका छन् । उनी आइतबार राती त्रिभुवन विमानस्थलबाट स्पेनतर्फ लागेको मन्त्री बस्नेतको सचिवालयले जानकारी दिएको छ । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन लागेका हुन् । स्पेनको म्याड्रिडमा कोपको विशेष सभा शुरु भएको छ । बस्नेतले बुधबार सभालाई सम्बोधन… Continue reading मन्त्री बस्नेत स्पेनतर्फ, हिमालका मुद्दा उठाउने
साग महिला फूटबलमा नेपाल र भारत भिड्दै, बन्ला इतिहास ?
पोखरा । नेपालमा जारी १३ औं सागअन्तर्गत सोमबार महिला फूटबलको फाइनल खेल संचालन हुँदैछ । यस खेलले स्वर्ण र रजत पदको टुंगो लाग्नेछ । पोखरा रंगशालामा अपरान्ह १ बजे नेपाल र भारत उपाधीका लागि भिड्नेछन् । आज भारतलाई हराउन सके, त्यो महिला फूटबलका लागि ऐतिहासिक जीत हुनेछ । किनकी नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन… Continue reading साग महिला फूटबलमा नेपाल र भारत भिड्दै, बन्ला इतिहास ?
पदक तालीकामा नेपाल दोस्रो, भारत तेब्बरले अगाडी
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदमा आइतबारका खेल सम्पन्न भएसँगै पदक तालीकामा नेपाल दोस्रो स्थानमा कायम रहेको छ । आइतबार नेपालको नाममा २ स्वर्ण थपियो । अहिले नेपालको खातामा कूल ४५ स्वर्ण पुगेको छ । नेपालले ४४ रजत र ७५ कास्यसमेत कूल १६४ पदक जितिसकेको छ । आइतबार पौडीकी गौरिका सिंह र… Continue reading पदक तालीकामा नेपाल दोस्रो, भारत तेब्बरले अगाडी
एनसेललाई मात्र २२ अर्ब ४४ करोड कर निर्धारण
काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका लागि नयाँ कर निर्धारण गरेको छ । सर्वोच्चको आदेशसँग एनसेलका लागि कर कार्यालयले नयाँ कर निर्धारण गरेको हो । अब एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर तिरे पुग्ने भएको छ । ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब… Continue reading एनसेललाई मात्र २२ अर्ब ४४ करोड कर निर्धारण
गौरिकालाई सागमा ऐतिहासिक तेस्रो स्वर्ण
काठमाडौं । गौरिका सिंह नेपाली पौडी प्रतिस्पर्धामा चम्किलो नाम हो । राष्ट्रिय खेलकुदमा सबै खाले रेकर्ड तोडेर आफ्नो नाममा बनाइसकेकी यी खेलाडी यतिबेला सागमा चम्किरहेकी छिन् । उनले आइतबार ऐतिहासिक तेस्रो स्वर्ण जित्न सफल भएकी छिन् । एउटै सागमा तेस्रो स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् । उनले १३औं सागको पौडीतर्फ आइतबार… Continue reading गौरिकालाई सागमा ऐतिहासिक तेस्रो स्वर्ण
नेपाल साग फूटबलको फाइनलमा, भूटानसँग भिड्ने
काठमाडौं । डिफेन्डिंग च्याम्पियन नेपाल दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल सागमा लगातार दोस्रो फाइनलका लागि मैदानमा उत्रने भएको छ । यो नेपाली फूटबलका लागि महत्वपूर्ण क्षण हो । किनकी दक्षिण एसियाली फूटबलमा भारतको दवदवा कायम रहेको छ । अघिल्लो सागमा नेपालले भारतलाई हराएर स्वर्ण जितेको थियो । यसपटक भारतले… Continue reading नेपाल साग फूटबलको फाइनलमा, भूटानसँग भिड्ने
किन सधै किचलो निजगढ विमानस्थलमा ?
काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारी आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई त्रिभुवन विमानस्थलमा पुगे । त्यसअवसरमा उनले निर्माणाधिन संरचनाको अवलोकनपछि एउटा ट्वीट गरे । उनले त्रिभुवन विमानस्थलमा संरचना बनिरहेका भएपनि यसले समस्या समाधानको स्थायी समाधान दिँदैन, त्यसको स्थायी समाधान निजगढ विमानस्थल नै हो । किनकी अहिले त्रिभुवन… Continue reading किन सधै किचलो निजगढ विमानस्थलमा ?
साग फूटबलमा फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) फूटबलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । अपरान्ह हुने खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । भूटान फाइनल पुगिसकेको अवस्थामा नेपालका लागि बंगलादेशविद्ध कम्तीमा बराबरी नतिजा आवश्यक रहेको छ । बंगलादेशका लागि भने शतप्रतिशत जित आवश्यक रहेको छ । नेपालले समूहचरणका अघिल्ला खेलमा भूटानलाई ४ गोलले हराएको थियो… Continue reading साग फूटबलमा फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै
मेसीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाको जित
स्पेन । स्पेनिस लालिगामा लियोनल मेसीले कीर्तिमानी ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले रियल माल्लोर्कामाथि सानदार जित हात पारेको छ । बार्सिलोनाले माल्लोर्कामाथि ५–२ गोल अन्तरको जित हात पारेको छ । खेल आइतबार बिहान भएको थियो । यस खेलबाट लियोनल मेस्सीले लालिगामा मात्र ३५ औं ह्याट्रिक पुरा गरे । बार्सिलोनाको घरेलु मैदानमा खेल भएको थियो । बार्सिलोनाले… Continue reading मेसीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाको जित
चितवन दूर्घटनाका मृतक चार जनाको सनाखत
चितवन । चितवनको राप्ती नगरपालिका ४ चेपाङ मार्गमा शनिबार भएको अटो दूर्घटनामा ज्यान गुमाएका ५ मध्ये ४ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार पर्वत कुस्मा नगरपालिका पिपलटारी घर भई चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी–९ का ४२ वर्षीय विश्वमणी भण्डारी, राप्ती ९ का २५ वर्षीय मीना खड्का र राप्ती नगरपालिका–९ रसौलीका… Continue reading चितवन दूर्घटनाका मृतक चार जनाको सनाखत
३० स्वर्णका लागि आज दर्जनौं प्रतिस्पर्धा
काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत आज ३० स्वर्ण पदकको छिनोफानो हुँदैछ । फाइनल प्रवेशका लागि आज फूटबलमा नेपाल र बंगलादेशबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ । यस प्रतिस्पर्धाले नेपाललाई अर्को जिततर्फ उन्मुख गराउन सक्छ । ह्याण्डबलमा उपधिका लागि नेपाल र भारतसँग भिड्नेछन् । पौडीतर्फ पनि आठ वटा स्वर्ण पदकका लागि आज प्रतिस्पर्धा राखिएको… Continue reading ३० स्वर्णका लागि आज दर्जनौं प्रतिस्पर्धा
चितवनमा अटो दूर्घटना, ५ जनाको ज्यान गयो
चितवन । चितवनमा शनिबार साँझ भएको अटो दूर्घटनामा पाँच जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका, ४ चेपाङ मार्गको भित्री सडकमा चौकी डाँडातर्फ गइरहेको अटो दूर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको छ । ना. १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर पल्टीको हो । अटोमा ६ जना सवार रहेको र पाँचजनाको मृत्यु भएको प्रहरीले… Continue reading चितवनमा अटो दूर्घटना, ५ जनाको ज्यान गयो
साग फूटबलमा भूटानलाई ऐतिहासिक सफलता
काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा भूटानी फूटबलले निरन्तर अप्रत्यासित प्रदर्शन गर्यो । त्यति मात्र होइन, अब भूटान, त्यो ऐतिहासिक क्षणमा आइसकेको छ, जहा उसले कम्तिमा रजत पदक पक्का गरेको छ । भूटानले जारी प्रतियोगितामा बलिया टोली बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हरायो । नेपालसँग भने हार्यो । त्यसका बावजुत भूटान फाइनलमा प्रवेश… Continue reading साग फूटबलमा भूटानलाई ऐतिहासिक सफलता
अन्तरघात गर्नेलाई कारवाही हुन्छ : देउवा
रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारवाही हुने बताएका छन् । पार्टीमा बसेर पार्टीकै मानिसलाई चुनाव हराउन भूमिका खेल्नेहरु माथि कारवाही गरिने चेतावनी उनले दिए । कांग्रेस रूपन्देही सिद्धार्थनगर समितिको दोस्रो नगर भेला उद्घाटन गर्न रुपन्देही पुगेका उनले आधिकारिक उम्मेदवारलाई सहयोग नगरी विद्रोही उम्मेदवार बनेका नेता र प्रस्तावक… Continue reading अन्तरघात गर्नेलाई कारवाही हुन्छ : देउवा
पुरुष क्रिकेटमा स्वर्णको दौडबाट नेपाल आउट, महिला क्रिकेटलाई काश्य
काठमाडौं । शनिबार नेपाली फूटबल र क्रिकेटका महत्वपूर्ण खेलहरु सम्पन्न भए । पुरुष फूटबलमा नेपालतर्फ आएको नतिजा पुरुष क्रिकेटमा भने सुखद रहन सकेन । नेपाललाई बंगलादेशको २३ वर्षमुनीकै टोलीले हराइदिएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा बंगलादेश यू-२३ टोलीले नेपाललाई ४४ रनले हराएको हो । हारसँगै नेपाल स्वर्णको दौडबाट बाहिरिएको छ… Continue reading पुरुष क्रिकेटमा स्वर्णको दौडबाट नेपाल आउट, महिला क्रिकेटलाई काश्य
साग फूटबलमा नेपालद्धारा माल्दिभ्स पराजित
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा फूटबलको शनिबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले दक्षिण एसियामै बलियो मानिने टोली माल्दिभ्सलाई २-१ गोलअन्तरले हराएको हो । पहिले गोल गर्दै अग्रता लिएपनि माल्दिभ्स त्यसलाई जोगाउन असफल भयो । काठमाडौंको दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले १८औं मिनेटमा इब्राहिम हुसेनको गोलमार्फत माल्दिभ्सले अग्रता… Continue reading साग फूटबलमा नेपालद्धारा माल्दिभ्स पराजित
अमेरिकाको फ्लोरिडामा अन्धाधुन्द गोली प्रहार, ४ को मृत्यु
फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यस्थित पेन्सकोलामा अन्धाधुन्द गोली चल्दा ४ जनाको मृत्यु भएको छ । पेन्सकोलास्थित जलसेनाको आधारस्थल (नेवल बेस) मै गोलि चलेको हो । घटनामा शंकास्पद एक व्यक्तिसहित चारजनाको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । स्थानीय समयअनुसार बिहान ६ बजेतिर भएको यो घटनापछि एफबिआई, एटिएफजस्ता सुरक्षा दस्ता परिचालन गरिएको छ । आधारस्थलस्थित… Continue reading अमेरिकाको फ्लोरिडामा अन्धाधुन्द गोली प्रहार, ४ को मृत्यु
इरानले १ हजारभन्दा बढी प्रदर्शनकारी मारेको अमेरिकाको आरोप
वासिंगटन । इरानमा पछिल्लो दिनमा सरकार विरोधी प्रदर्शन जारी छन् । प्रदर्शनका क्रममा ७ हजार भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । त्यसमा पनि हजार जनालाई भने प्रहरीले हत्या गरिसकेको अमेरिकाले जनाएको छ । इरानका लागि अमेरिकका विशेष दूतले उक्त रिर्पोटिंग गरेका छन् । उनको यो दावि संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांक भन्दा निकै धेरै… Continue reading इरानले १ हजारभन्दा बढी प्रदर्शनकारी मारेको अमेरिकाको आरोप
क्रिकेट र फूटबलमा आज महत्वपूर्ण खेलमा नेपाल भिड्दै
काठमाडौं । नेपालका तीन शहरमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार क्रिकेट र फूटबलका तीन महत्वपूर्ण इभेन्ट आज हुँदैछन् । महिला फूटबलमा आज नेपालले भारतसँग फाइनल खेल्दैछ । यो फाइनल जित्न सके नेपाली महिला टोलीका लागि एतिहासिक पदक प्राप्त हुने छ । यो खेल पोखरामा हुने छ । पुरुष फूटबलमा आज नेपालले माल्दिभ्सको… Continue reading क्रिकेट र फूटबलमा आज महत्वपूर्ण खेलमा नेपाल भिड्दै
आज काठमाडौंमा म्याराथन, सवारी आवागमन रोकिने
काठमाडौं । जारी १३ औं दक्षिर्ण सियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शनिबार राजधानीमा म्याराथन दौड प्रतियोगिता हुँदैछ । आज अत्यावश्यकबाहेक अन्य सवारीसाधन नचलाउन महानगरीय ट्राफिक प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ । म्याराथन दौड बिहान सात बजेबाट सुरु हुने कार्यक्रम रहेको छ । दशरथ रंगशालाबाट दौड प्रारम्भ हुनेछ । दौड टेकु, कालिमाटी, बल्खु, एकान्तकुना, कोटेश्वर हुदै… Continue reading आज काठमाडौंमा म्याराथन, सवारी आवागमन रोकिने