विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

काठमाडौं । संसारभर कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउने संक्रमितको संख्या १० लाख नजिक पुगेको छ । शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ९ लाख ८७ हजार १५६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८७२ जनाले ज्यान गुमाएको तथ्यांक छ । यो अवधिमा नेपालमा मात्र १८ जनाको ज्यान गएको छ । जुन सर्वाधिक संख्या… Continue reading विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

स्याङ्जा । स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको बिहीबार सामुहिक दाहसंस्कार गरिएको छ । उनीहरुको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार भएको नेपाल दलित सङ्घ स्याङ्जाले जनाएको छ । रामनदी धाम स्याङ्जा र पाल्पाको संगमस्थल हो । यो कालीगण्डकी नदीमा पर्छ । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको छ ।… Continue reading स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा

काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा उपलब्ध गराएको छ । यसअघि नेपाल एयरलाइन्सले मात्र नेपालमा ग्राउन्ड ह्यान्डलिङको सेवा गर्न पाउने गरी अनुमति पाएको थियो । सरकारले दिएको अनुमतिसँगै अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालयले आफ्ना जहाज र यात्रुको व्यवस्थापन कम्पनीले स्वयमःले गर्न पाउने छ । कम्पनीले आवश्यक पर्ने उपकरण र जनशक्ति समेत आफैं… Continue reading हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा

शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता

काठमाडौं । शुक्रबार सार्क राष्ट्रका विदेशमन्त्रीहरूको भर्चुअल बैठक आयोजना हुने निश्चित भएको छ । भारतीय विदेशीमन्त्री एस जयशंकरले सहभागिता निश्चित गरेसँगै बैठक समेत संचालन हुने भएको हो । बैठकको नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने छन् । भारत र पाकिस्तान विवादका कारण यी दुबै मुलुकका विदेश मन्त्री सहभागी हुने वा नहुने निश्चित थिएन ।… Continue reading शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता

कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनलाई गत भदौ २३ मा कोरोना पोजेटिभ देखिएको थियो । उनको गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएसँगै कोइराला कोरोनामुक्त बनेका छन् । उनी कोरोना पोजेटिभ देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना भइ उपचार गराइरहेका थिए । त्यसपछि स्वास्थ्य लाभ गरी पछिल्लो… Continue reading कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना

पशुपति र लुम्बिनी सर्वसाधारणका लागि खुलाउने तयारी

काठमाडौं । सरकारले पशुपति र लुम्बिनी क्षेत्रलाई सर्वसाधारणको दर्शनका लागि खुला गर्ने तयारी गरेको छ । प्रोटोकल बनाइ यी क्षेत्र खुला गर्ने तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । प्रोटोकल बनेपछि यी दुई धार्मिक गन्तब्य खुला गर्ने प्रस्ताव मन्त्रालयले कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा लैजाने भएको छ । सीसीएमसीले निर्णय… Continue reading पशुपति र लुम्बिनी सर्वसाधारणका लागि खुलाउने तयारी

कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

file

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्हिगमन भएको छ । सँगै नेपालमा विजुलीको आपूर्ति समेत अनियमित बनिरहेको छ । यसै त कुलमानको पुननियुक्ति माग गरिरहेक जनता सरकारप्रति रुष्ट छन् । त्यसमाथि पुनः विजुली जाने क्रम बढेसँगै उर्जा मन्त्रालयलाई भने तनाव थपिदिएको छ । सोहीकारण उर्जा मन्त्री वर्षमान पुनःले बिहीबार मन्त्रालयमा प्राधिकरणका अधिकारीहरुसँग आकष्मिक बैठक… Continue reading कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

स्याङ्जा पहिरो : एकै परिवारका ८ सहित ९ को मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोले घर भत्काउँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसमा ८ जना एकै परिवारका सदस्य रहेका छन् । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिएको थियो । आज दिनभरको उद्धारका क्रममा ९ जनाकै शव निकालिएको छ । प्रहरीका अनुसार एक जनाको जिवितै उद्धार भएको छ । बिहीबार बिहान… Continue reading स्याङ्जा पहिरो : एकै परिवारका ८ सहित ९ को मृत्यु

हप्तामा दुई दिन बिदा दिने प्रस्तावको तयारी, मन्त्रिपरिषदमा पेश गरिने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेस गर्ने निर्णय… Continue reading हप्तामा दुई दिन बिदा दिने प्रस्तावको तयारी, मन्त्रिपरिषदमा पेश गरिने

नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

काठमाडौं । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको हो । मृतयु हुनेमा काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको रहेका छन् । यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९,… Continue reading नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ।

नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ४५७… Continue reading नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

file

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको बताइएको छ । यहाँ एकजनाको शव भेटिसकेको छ । प्रहरीका अनुसार एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको छ । अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताको… Continue reading स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

सामान्य खुल्यो रसुवागढी नाका, दशैंका सामान आउलान ?

file

काठमाडौं । चीनतर्फको एक मात्र सक्रिय रसुवागढी नाका निरन्तर बन्द भएको ८ महिना पुगिसकेको छ । यो बीचमा केही दिन नाका सूचारु भएपनि कोरोना भाइरसको महामारीको बाहनामा चीनले निरन्तर नाका बन्द गराइदिएको छ । बुधबारबाट भने नाका आशिंक रुपमा संचलनमा आएको छ । नेपाली कामदारलाई कोरोना संक्रमण देखिएको भन्दै चीनले यो नाका बन्द गराएको थियो… Continue reading सामान्य खुल्यो रसुवागढी नाका, दशैंका सामान आउलान ?

शनिबारदेखि मात्र मौसममा सुधार

काठमाडौं । बिहीबार र शुक्रबार नेपालमा अविरल वर्षा जारी रहने भएको छ । मौसममा शनिबारदेखि मात्र क्रमिक सुधारको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारबाट भने मौसममा क्रमिक सुधारको सम्भावना छ । देशका अधिकांश स्थानमा आगामी दुई दिन वर्षा जारी रहने भएको छ । अहिले… Continue reading शनिबारदेखि मात्र मौसममा सुधार

नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता

प्रतिकात्मक तस्वीर

पाल्पा । नेपालमा पछिल्लो ४८ घण्टायता अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ । यसले विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम समेत बढाएको छ । पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले ६ जना वेपत्ता पारेको र तीन वटा घर पुरिएको प्रहरीले जनाएको छ । यद्दपी संख्यामा थपघट हुन सक्ने बताइएको छ । भर्खरै… Continue reading नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता

चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण

काठमाडौं । हुम्लामा नेपाली भूमि मिचिएको समाचारको नेपाल सरकार स्वयमले समेत खण्डन गरेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि चिनियाँ दूतावासले समेत यो समाचारको खण्डन गरेको थियो । पछिल्लो समय चीनले नेपाली भूमिमा भवन बनाएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । बुधबार मन्त्रिपरिषद्… Continue reading चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण

८ कात्तिकबाट क्लिन फिड लागु, विदेशी च्यानल विज्ञापनरहित

काठमाडौं । ८ कात्तिकबाट नेपालमा प्रशारण हुने सबै प्रकारका विदेशी च्यानलको विज्ञापन हट्नेछ । विज्ञापन हटाउन नमिल्ने विदेशी च्यानल भने सरकारले बन्द गराउने छ । सोहीअनुसार तयारी शुरु भएको सूचना तथा संचार प्रविधि मन्त्रालयले जानकारी दिएको छ । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ ले ७ कात्तिक २०७७ सम्म विदेशी च्यानल नेपालमा… Continue reading ८ कात्तिकबाट क्लिन फिड लागु, विदेशी च्यानल विज्ञापनरहित

बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने गरी अन्तरिम आदेश जारी गरेको छ । उनी हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । उनका सांसद पद भने यथास्थितिमै रहने छ । गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि… Continue reading बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

सक्रिय संक्रमित २५ हजारबाट माथि गए लकडाउन गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमित संख्या देशभर २५ हजार भन्दा माथि गएमा पुनः लकडाउन गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम बैठकले यस्तो निर्णय गरेको हो । अब २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २५… Continue reading सक्रिय संक्रमित २५ हजारबाट माथि गए लकडाउन गर्न सिफारिस

थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका ८६, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय किशोर रहेका छन् । यस्तै, ललितपुरका… Continue reading थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसअनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।… Continue reading काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

उपत्यकामा दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपन निवासी ४५ वर्षिय शंकर पन्तको मृत्यु भएको छ । राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले उनलाई ठक्कर दिएको… Continue reading उपत्यकामा दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

बहराइनका राजकुमारसहित १८ जनाको टोलीले लियो आरोहण अनुमति

काठमाडौं । कोरोना महामारीपछि पहिलो विदेशी आरोहीका रुपमा बहराइनका राजकुमारसहित १८ जनाको टोली यतिबेला नेपालमा छ । उनीहरुले मंगलबार मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार १८ जनालाई हिमाल आरोहण अनुमति दिइएको छ । यो जारी सिजनको दोस्रो अनुमति हो । यसअघि एक नेपाली टोलीले आरोहणका लागि अनुमति लिइसकेको छ ।… Continue reading बहराइनका राजकुमारसहित १८ जनाको टोलीले लियो आरोहण अनुमति

नेपालमा उच्च वर्षा, सतर्क रहन आह्वान

फाइल तस्वीर

काठमाडौं । नेपालमा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा अहिले उच्च वर्षा भइरहेको छ । यसले नदी किनारका वस्तीमा क्षति पुग्ने र पहाडी भेगमा पहिरोका डर हुने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । अहिले देशभरको मौसम बदली भई पानी परिरहेको हो । मुलुकको धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केहि… Continue reading नेपालमा उच्च वर्षा, सतर्क रहन आह्वान

आइपीएल : चेन्नईलाई राजस्थानले हरायो

यूएई । १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आइपीएल) २०२० अन्तगर्त गत राती सम्पन्न खेलमा चेन्नई सुपरकिंस पराजित भएको छ । रोमाञ्चक खेलमा राजस्थान रोयल्सले चेन्नईलाई १६ रनले हराएको हो । २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्‍नइ २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएर ओभर सकायो । उसका लागि मुरली विजय र… Continue reading आइपीएल : चेन्नईलाई राजस्थानले हरायो

हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

काठमाडौं । चीनले नेपाली भूमिमा भवन नबनाएको स्पष्ट पारेको छ । नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको समेत चीनको दाबी छ । यसअघि हुम्लामा नेपाली सीमा मिचेर चीनले भवन बनाएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि नेपाली टोली हुम्ला पुगेपनि त्यसै फर्किएको छ । चीनले भने नेपाली भूमिमा बनाएको भनिएका भवनको सत्यतथ्य… Continue reading हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

काठमाडौं । वीर अस्पतालमा एक जना कैदीबन्दीको मृत्यु प्रकरणले आज दिनभर सामाजिक संजाल तात्यो । ज्यान गुमाएका एक कैदीबन्दीको शव असामान्य देखेपछि यो विषयलाई आफन्तले सामाजिक सञ्जालमा ल्याए । सामाजिक संजालमा भने यो विषयलाई अनेक दृष्टिकोणबाट व्याख्या शुरु भएको छ । परिवारले यो विषयलाई बिरामीका कारण नभई हत्या भएको आरोप लगाएका छन् । बुटवल घर… Continue reading वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं । सरकारले विश्वविख्यात आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उनको किरियामा लाग्ने खर्च समेत सरकारले बेहोर्ने भएको छ । शाहसी आरोही उनी हिम चितुवाका नामबाट समेत परिचित थिए । उनको सोमबार ७२ वर्षको उमेरमा काठमाडौं जोरपाटीस्थित निवासमा निधन भएको हो… Continue reading आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने