काठमाडौं । मंगलबार विश्वभर एक खबर सनसनिपूर्ण रुपमा फैलियो, रसियाले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालले साढे २ करोड डोज खरीद गर्न सम्झौता गरेको छ । त्यो सम्झौता पनि सरकारी निकायले होइन, निजी कम्पनीले । धेरैका लागि अपत्यारिलो लाग्ने यो खबर वास्तविक भएको पुष्टी त्यति बेला भयो, जब रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ)… Continue reading रसियाबाट साढे २ करोड खोप नेपाल आउने खबरले तातियो विश्वबजार
Author: Vishwanews.com
ब्रोइलर चल्लालाई मेहेन्दी लगाउँदै लोकल बनाउँदै…
काठमाडौं । मेहेन्दी एक सौन्दर्य प्रशासन हो । यसले सुन्दरता थप्ने विश्वासमा प्रयोग गरिन्छ । तर, नेपालमा केही व्यक्तिले ब्रोइलर कुखुराको चल्लालाई लोकल कुखुरा बनाउन मेहेन्दी प्रयोग गर्ने खुलेको छ । रोचक तथ्य त यसरी लोकलमा परिणत भएको कुखुरा सधैभरी लोकल नै बन्दैन । १०\ १२ दिनपछि यसको आफ्नो वास्तविक स्वरुप खुल्छ र ग्राहकले आफु… Continue reading ब्रोइलर चल्लालाई मेहेन्दी लगाउँदै लोकल बनाउँदै…
लकडाउनका कारण मिटर रिडिङ छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने
काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले चालेको लकडाउन तथा निषेधाज्ञाका कारण मिटर रिडिङ हुन नसकेका वा छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । बन्दाबन्दीको समयमा नेपाल विद्युत प्राधिकरणका धेरै ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ छुटेको छ । प्राधिकरण आफैले मिटर रिडिङ नगर्ने र उल्टो जरिवाना हुन लागेको गुनासो ग्राहकबाट आउन थालेपछि… Continue reading लकडाउनका कारण मिटर रिडिङ छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने
तातोपानी नाका १९ असोजबाट खुल्ने
काठमाडौं । दशैंको मुखमा सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने भएको छ । नाका १९ असोजबाट खुल्ने निर्णय भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ बाट चीनबाट सामान नेपाल आइपुग्ने नेपाली संचारमाध्यमलाई जानकारी दिएका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वमा… Continue reading तातोपानी नाका १९ असोजबाट खुल्ने
थप १० जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४९१ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ पुरुष र ३ महिला गरि थप १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, बाँकेका ५३ वर्षीय र… Continue reading थप १० जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४९१ पुग्यो
काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ७४७ ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुषमा कोरोना संक्रमण… Continue reading काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित
नेपालमा थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १५१३ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५… Continue reading नेपालमा थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो
गरिब मुलुकलाई कोरोना परीक्षण छिटो गर्ने प्रविधि, टेस्टको नतिजा २० मिनेटमै
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ ले केही मिनेटभित्रै कोरोना भाइरस संक्रमण पत्ता लगाउने परीक्षण विधि विस्तार गर्ने भएको छ । न्यून र मध्यम आय भएका मुलुकलाई सहजता होस् भन्नको लागि उक्त प्रविधि विस्तार गर्न लागेको हो । पाँच डलर मात्र लागत पर्ने सो परीक्षण प्रविधि स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा पठाउन लागिएको… Continue reading गरिब मुलुकलाई कोरोना परीक्षण छिटो गर्ने प्रविधि, टेस्टको नतिजा २० मिनेटमै
भारतस्थित अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टीको कार्यालय बन्द
काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भारत सरकारले प्रतिशोधस्वरूप आफूमाथि शृंखलाबद्ध आक्रमण गरेको भन्दै भारतमा रहेको आफ्नो कार्यालय र सबै कार्य बन्द गर्ने घोषणा गरेको छ। मंगलबार एम्नेष्टी इन्टरनेशनल इन्डियाले एक विज्ञप्ति जारी गर्दै भारत सरकारले आफ्नो बैंक खाता पूर्ण रूपमा बन्द गरिदिएको १० सेप्टेम्बरमा आफूले थाहा पाएको जनाउँदै त्यसले आफ्ना काम बन्द गर्नुपर्ने अवस्थामा… Continue reading भारतस्थित अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टीको कार्यालय बन्द
नेपाल आउने पर्यटकको लागि शर्तैशर्त: एक साता होटल क्वारेन्टिन बस्नैपर्ने, ६ लाखको बीमा अनिवार्य
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदायात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ। सरकारले कात्तिक १ कात्तिकदेखि पर्वतारोहण तथा पदयात्रा गतिविधि खुला गर्ने गरी २९ भदौमा गरेको निर्णय अनुसार मापदण्ड जारी गरेको हो । यही असोज ९ गते स्वीकृत भएको मापदण्डमा नेपाल आउने पर्यटकको लागि शर्तैशर्त… Continue reading नेपाल आउने पर्यटकको लागि शर्तैशर्त: एक साता होटल क्वारेन्टिन बस्नैपर्ने, ६ लाखको बीमा अनिवार्य
विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द
काठमाडौं । यस वर्ष कुनै पनि श्रष्टाले पद्मश्री पुरस्कार नपाउने भएका छन् । यसअघि सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई यो पुरस्कार दिने निर्णय खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले गरेको थियो । तर, पात्रहरुबीच नै आरोप प्रत्यारोप र विवाद भएपछि अन्ततः पुरस्कार नै रद्द गरिएको छ । आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’… Continue reading विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द
नेपाली सेनामा स्थगित भएका भर्ना पुनः शुरु
काठमाडौं । नेपाली सेनाले आफ्नो संगठनमा रिक्त रहेका पदमा शुरु गरेको भर्ना प्रक्रिया कोरोना भाइरसको महामारीसँगै स्थगित गरेको थियो । यसरी स्थगित भएका भर्ना पुनः प्रारम्भ भएको सेनाले जनाएको छ । कोरोना महामारीपछि चैत ७ गतेदेखि स्थगित गरिएको भर्ना प्रक्रिया पुनः सूचारु भएको सेनाले विज्ञप्ती मार्फत जानकारी गराएको छ । २०७६ माघ ७ मा सेनाले… Continue reading नेपाली सेनामा स्थगित भएका भर्ना पुनः शुरु
रोमाञ्चक खेलमा मुम्बईलाई आरसीबीले हरायो
आबुधावी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार राती एक रोमाञ्चक प्रतिस्पर्धामा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ । दुबै टोलीबाट २० ओभरमा समान २ सय १ रन बनेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा भने बैंगलोरले बाजी मार्यो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा… Continue reading रोमाञ्चक खेलमा मुम्बईलाई आरसीबीले हरायो
धरान र नेपालगन्जमा तीन संक्रमितको ज्यान गयो
काठमाडौं । मंगलबार बाँकेको नेपालगन्ज र धरानमा गरी तीन जना कोरोना भाइरसका संक्रमितको ज्यान गएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको ज्यान गएको हो । कलेजका अनुसार कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको ज्यान गएको हो । अस्पतालका अनुसार नेपालगन्जका मृतक स्वास्थ्यकर्मी समेत… Continue reading धरान र नेपालगन्जमा तीन संक्रमितको ज्यान गयो
कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?
काठमाडौं । दशैं नजिकिएको छ । शहर बजारमा बस्नेहरु अधिकांश आफ्नो जन्मघर फर्कने यो चाडका लागि यातायात व्यवसायीलाई व्ववस्थापन निकै हम्मे हम्मे पर्छ । तर, यसपाली देशभर कोरोना महामारी छ । यस्तो अवस्थामा दशैं कसरी मनाउने भन्ने अन्यौलसमेत रहेको छ । तर, सर्वसाधारणमा चासो भने छ, दशैंमा घर जाने बसका अग्रिम टिकट कहिले खुल्छन् ?… Continue reading कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?
झापामा एक वृद्ध महिलाको विभत्स हत्या
झापा । झापामा एक वृद्ध महिलाको विभत्स हत्या भएको छ । उनको मृत शरीर आफ्नै घरको खाटमुनी भेटिएको हो । झापा, गौरादह नगरपालिका १ की ६५ वर्षीया मनमाया भण्डारीको आफ्नै घरमा खाटमुनि शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव सोमबार दिउँसो साढे ४ बजे फेला परेको हो । स्थानीयले प्रहरीलाई खबर… Continue reading झापामा एक वृद्ध महिलाको विभत्स हत्या
बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल
काठमाडौं । नजिकिएको दशैंलाई लक्षित गरी सरकारले बिहीबारबाट सहुलीयतपूर्ण पसल संचालनमा ल्याउने भएको छ । बजारमा अधिक बढिरहेको भाउ नियन्त्रण गर्दै सर्वसाधारणलाई राहत दिने उद्देश्यले सहुलियतपूर्ण पसल संचालन गर्ने निर्णय भएको हो । यसले महंगी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १५ असोजबाट… Continue reading बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल
नेपालमा विशेष कृषि केन्द्र स्थापना हुने, इजरायलको लगानी
काठमाडौं । कृषि क्षेत्रमा इजरायली नमुना विश्व प्रसिद्ध छ । त्यहाको प्रविधिलाई नेपालमा भित्राउन सरकारी स्तरबाटै पहल थालिएको छ । यसै क्रममा नेपाल सरकारले इजरायलको अत्याधुनिक कृषि प्रविधिसहितको विशेष केन्द्र स्थापना गर्न अनुमति दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेपालमा विशेष कृषि केन्द्र स्थापना… Continue reading नेपालमा विशेष कृषि केन्द्र स्थापना हुने, इजरायलको लगानी
नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी
काठमाडौं । सरकारले एसिड आक्रमण गर्ने व्यक्तिहरुविरुद्ध कडा कानूनी कारवाहीका प्रावधानसहित नयाँ कानून कार्यान्वयनमा ल्याएको छ । एसिड आक्रमणका दोषिलाई कडा कारवाही गर्ने व्यवस्थासहित कानूनी व्यवस्था गर्न सरकारले आज अध्यादेश जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यावधि सम्बन्धी केही… Continue reading नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी
देउवाविरूद्ध २७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित विरोध पत्र दर्ता
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ जना केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई पार्टी विधिसम्मवत चलाउन माग गरेका छन् । उनीहरुले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्न सभापति देउवासँग माग गरेका हुन् । उनीहरुले सोमबार सभापति देउवालाई ज्ञापनत्रप बुझाउँदैं नजिकिँदै गरेको पार्टीको १४ औं महाधिवेशन… Continue reading देउवाविरूद्ध २७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित विरोध पत्र दर्ता
एक महिनामै बैंकिङ मार्फत १८ अर्ब ३९ करोडको कारोबार
काठमाडौं । विद्युतीय भुक्तानी कारोबारको संख्या उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले लकडाउन र निषेधाज्ञा पछि फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो । चालु आर्थिक… Continue reading एक महिनामै बैंकिङ मार्फत १८ अर्ब ३९ करोडको कारोबार
थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो
काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २ महिला र २ पुरुष गरी थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुष रहेका छन् यो सहित मृत्यु हुनेको संख्या ४… Continue reading थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो
काठमाडौंमा ६४९ सहित उपत्यकामा थपिए ८१७ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार काठमाडौंमा २३५ महिला र ४१४ पुरुष, भक्तपुरमा १६ महिला र २० पुरुष, ललितपुरमा ५० महिला र ८२ पुरुषमा कोरोना संक्रमण… Continue reading काठमाडौंमा ६४९ सहित उपत्यकामा थपिए ८१७ कोरोना संक्रमित
नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८० जनाको पीसीआर परीक्षणमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ पछिल्लो २४ घन्टामा थप ७४२ जना कोरोना संक्रमणमुक्त भएका… Continue reading नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त
सिजनको पहिलो खेलमा चम्कियो बार्सिलोना, मेसी र फातीको गोल
बार्सिलोना । १७ वर्षिय युवा स्ट्राइकर अंशु माने फाती र कम्प्तान लियोनल मेसी चम्किएपछि स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो खेलमा बार्सिलोनाले सानदार जीत प्राप्त गरेको छ । बार्सिलोनाले भिल्लारियललाई ४–० गोल अन्तरले हराएको हो । बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई कप्तान लियोनल मेस्सी एक गोल गरेका थिए । एक गोल विपक्षी टोलीले… Continue reading सिजनको पहिलो खेलमा चम्कियो बार्सिलोना, मेसी र फातीको गोल
थप ९ कम्पनीको स्यानिटाइजर बिक्रि र प्रयोगमा प्रतिवन्ध
काठमाडौं । सरकारले पछिल्ला दिनमा स्यानिटाइजरको गुणस्तर मापन तिब्र बनाएको छ । त्यस क्रममा थप ९ वटा कम्पनीको स्यानिटाइजर बिक्रिमा प्रतिवन्ध लागेको छ । बजारमा प्रयोग हुँदै आएका नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएकोपाइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभिन्न कम्पनीका ह्यान्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा हानिकारक रसायन… Continue reading थप ९ कम्पनीको स्यानिटाइजर बिक्रि र प्रयोगमा प्रतिवन्ध
सीमा विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जना मारिए
काठमाडौं । सीमानामा रहेको विवादका क्रममा अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध भएको छ । विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थल र हवाई दुबै माध्यमबाट झडप भएको थियो । घटनामा केही घाइते रहेको बताइएको छ । नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै गएको… Continue reading सीमा विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जना मारिए
कोरोनाबाट संसारभर ज्यान गुमाउने १० लाख नाघे
काठमाडौं । कोरोना भाइरसबाट भएको मानवीय क्षतिको आंकडा १० लाख नाघेको छ । संसारभर सोमबार बिहानसम्म १० लाख ३ सय ५० जनाको ज्यान गइसकेको तथ्यांक छ । अमेरिकामा मात्र कोरोनाबाट ज्यान गुमाउने मानिस २ लाख पुगेका छन् । पछिल्लो २४ घण्टामा २ हजारभन्दा बढी मानिसले ज्यान गुमाएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेहरुको संख्या १० लाख पुगेको… Continue reading कोरोनाबाट संसारभर ज्यान गुमाउने १० लाख नाघे
इयूकी नवनियुक्त राजदूत नेपालमा, राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश
काठमाडौं । नेपालका लागि युरोपियन युनियन (ईयू)की नवनियुक्त राजदूत तथा नेपालका लागि युरोपियन युनियनको डेलिगेशनका प्रमुख नोना डेप्रेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार भएको कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी नवनियुक्त राजदूत डेप्रेले ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । उनले नेपालमा युरोपियन युनियनको राजदूतका रुपमा जिम्मेवारी सम्हाल्न… Continue reading इयूकी नवनियुक्त राजदूत नेपालमा, राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश
बारामा बसले स्कुटरलाई ठक्कर दियो, एकै परिवारको तीनको मृत्यु
निजगढ । बारामा बसले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा प्रहरीका अनुसार बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र… Continue reading बारामा बसले स्कुटरलाई ठक्कर दियो, एकै परिवारको तीनको मृत्यु