४ वर्षअघि काबुलमा मारिएका नेपालीका परिवारले पाउने भए सम्मानजनक क्षतिपूर्ति

काठमाडौं । ४ वर्षअघि अफगानिस्तानको राजधानी काबुलमा भएका आतंकवादी हमलामा १५ नेपालीसहित केही भारतीय सुरक्षाकर्मीको समेत ज्यान गयो । तर, उनीहरुको परिवारले उचित क्षतिपूर्ति पाएका थिएनन् । अब आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते भएका नेपालीको परिवार र क्यानडा सरकारबीच मिलापत्र भएको छ । २० जुन २०१६ मा क्यानडा राजदूतावासअगाडी आत्मघाती आक्रमण भएको थियो ।… Continue reading ४ वर्षअघि काबुलमा मारिएका नेपालीका परिवारले पाउने भए सम्मानजनक क्षतिपूर्ति

शेयर बजारमा उत्साह, साताको पहिलो दिनमै दोहोरो अंकको वृद्धि

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उत्साहजनक वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले नेप्से बढेको हो । नेप्से १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा पुगेको छ । आइतबार कुल १९३ कम्पनीको ३ अर्ब ८ करोड ३ लाख ४४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भयो । १ करोड ४ लाख ७… Continue reading शेयर बजारमा उत्साह, साताको पहिलो दिनमै दोहोरो अंकको वृद्धि

भक्तपुरमा १४ वर्षिय किशोरीमाथि गाडी भित्रै बलात्कार, दुई पक्राउ

काठमाडौं । देशभर बालिका तथा किशोरीमाथि बलात्कारका घटना सार्वजनिक भइरहेकै समयमा उपत्यकामै एक किशोरी बलात्कारको शिकार बनेकी छिन् । सिन्धुपाल्चोककी एकजना बेसहारा १४ वर्षीया किशोरीमाथि कुकृत्य गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न एक जना फरार छन् । काठमाडौंमा मजदुरी गरेर गुजारा चलाउँदै आएकी किशोरीलाई नसालु पदार्थ खुवाएर तीन जनाले गाडी भित्रै… Continue reading भक्तपुरमा १४ वर्षिय किशोरीमाथि गाडी भित्रै बलात्कार, दुई पक्राउ

बुटवलमा कांग्रेस कार्यकर्ताबाट मूख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार

फाइल तस्वीर

बुटवल । प्रदेश ५ को स्थायी राजधानीका विषयमा बढ्दो तनावका बीच आज बुटवलमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार भएको छ। आइतबार साँझ काठमाडौंबाट हवाईमार्ग बुटवल फर्किएका मुख्यमन्त्री पोखरेल भैरहवा एअरपोर्टबाट बुटवल आइरहेको समयमा उनको गाडीमा ढुंगा हानिएको हो । बुटवलको राजमार्ग चौराहमा कांग्रेस कार्यकर्ताले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ… Continue reading बुटवलमा कांग्रेस कार्यकर्ताबाट मूख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार

मकवानपुरको भीमफेदीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

हेटौडा । मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आइतबार भएको जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको भने उपचारका क्रममा ज्यान गएको हो । प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलमै मृत्यु हुनेमा भीमफेदी –७ का २५ वर्षीय राजन मगर र हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २५ वर्षीय भीमलाल थिङ छन् । दुर्घटनामा परी… Continue reading मकवानपुरको भीमफेदीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

संक्रमण र भीड दुबै बढेपछि कडाई गर्ने सरकारको संकेत

फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणले हरेक दिन नयाँ नयाँ रेकर्ड राखिरहेको छ । यसले सर्वसाधारणदेखि भीआइपीसम्म आक्रमण गरेपछि सरकारले काठमाडौंमा कडाई गर्ने संकेत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिएको चाडबाड जो जहाँ छ, त्यही नै बसेर मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड१९) को संक्रमण एक जिल्लाबाट अर्को जिल्लासम्म हुन… Continue reading संक्रमण र भीड दुबै बढेपछि कडाई गर्ने सरकारको संकेत

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनमा ५५ वर्षीया महिला, काठमाडौंमा ५५, ललितपुरमा ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिने बालिका, बाँकेमा २५ वर्षीया महिला र ६०… Continue reading थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो

काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ७८४ जनाको पीसीआर परीक्षणमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित कुृल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १३२९ जना कोरोना… Continue reading नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना संक्रमणमुक्त

सवारी साधन हरायो ? यसरी दिनुहोस् घरबाटै प्रहरीमा उजुरी

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको वा चोरी भएको सवारी साधनको निवेदन अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ। महाशाखाले चोरी भएका वा फेला परेका सवारी अभिलेख व्यवस्थापनका लागि नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको हो । । उक्त सफ्टयरको उद्घाटन आइतबार महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गरेका हुन् । अब निवेदन र सिफारिसको… Continue reading सवारी साधन हरायो ? यसरी दिनुहोस् घरबाटै प्रहरीमा उजुरी

कोरोना परीक्षणमा स्पेनको एडभान्स प्रविधि, १५ मिनेटमै पिसिआर नतिजा

स्पेन । स्पेनले कोरोना भाइरसको परीक्षणमा सबैभन्दा एडभान्स प्रविधि भित्राएको छ । बीबीसीका अनुसार अब यो मुलुकमा पिसिआर परीक्षणको नतिजा १५ मिनेटै आउनेछ । कतिपय मुलुकमा नतिजा ढिला आउँदा समेत संक्रमण फैलिरहेको सन्दर्भमा यो प्रविधि संक्रमणको फैलावट रोक्न फलदायी हुने विश्वास लिइएको छ । स्पेनमा दोस्रो पटक कोरोनाको लहर प्रारम्भ भएको छ । १५ मिनेटमा… Continue reading कोरोना परीक्षणमा स्पेनको एडभान्स प्रविधि, १५ मिनेटमै पिसिआर नतिजा

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट ट्रम्पलाई स्वास्थ्य लाभको कामना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला कोरोना भाइरससँगको व्यक्तिगत लडाईमा छन् । उनी संक्रमित भई अस्पतालमा भर्ना भएका छन् । उनलाई संसारभरबाट स्वास्थ्य लाभको कामना गरी सन्देश पठाउने क्रम जारी रहेको छ । यसै सन्दर्भमा विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ट्रम्प दम्पतीमा… Continue reading राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट ट्रम्पलाई स्वास्थ्य लाभको कामना

कांग्रेसले जिल्ला बन्द र प्रदर्शन चर्काएपछि बुटवलमा निषेधाज्ञा

फाइल तस्वीर

बुटवल । प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेसँगै रुपन्देहीमा आन्दोलन चर्किएको छ । आइतबार नेपाली कांग्रेसले रुपन्देही जिल्ला बन्दको आह्वान गरेको छ । यो मुद्दालाई कांग्रेसले भोटको राजनीतिका रुपमा भरपर उपयोग गर्ने संकेत गरेको छ । विरोधका कार्यक्रम र प्रदर्शन बढ्सँगै रुपन्देही जिल्ला प्रशासनले भने बुटवलमा निषेधाज्ञा जारी गरेको छ ।… Continue reading कांग्रेसले जिल्ला बन्द र प्रदर्शन चर्काएपछि बुटवलमा निषेधाज्ञा

प्रतिस्पर्धात्मक खेलमा दिल्ली विजयी

सारजहाँ\युएई । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । शनिबार राती सम्पन्न खेलमा दिल्लीले निर्धारित २० ओभरमा कोलकातासामु २२९ रनको विशाल लक्ष्य राखेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले २ सय १० रन जोड्यो । कुनै समय यो रनसमेत भेटाउने संकेत गरेको… Continue reading प्रतिस्पर्धात्मक खेलमा दिल्ली विजयी

सुडानमा शान्ती सम्झौता, युद्ध अन्त्य गर्ने सहमति

जुबा\सुडान । सुडानमा शान्ती सम्झौता भएको छ । वर्षौ लामो युद्ध अन्त्य गर्दै शान्ती स्थापना गर्ने सहमतिमा सरकार तथा विद्रोही समूहबीच शनिबार हस्ताक्षर भएको हो । सुडानमा लामो समयदेखिको युद्धले लाखौं निर्दोष मानिसको ज्यान गएको छ । तर, शनिबारको ऐतिहासिक शान्ती सम्झौताले अफ्रिकी मुलुक सुडानमा शान्ती स्थापना हुने अनुमान गरिएको छ । सरकार र विद्रोहीबीच… Continue reading सुडानमा शान्ती सम्झौता, युद्ध अन्त्य गर्ने सहमति

कांग्रेसका चार केन्द्रिय सदस्यमा कोरोना, कार्यसमिति बैठक अन्यौल

काठमाडौं । नेपाली कांग्रेसले १९ असोजका लागि बोलाएको केन्द्रिय कार्यसमिति बैठक अन्यौलमा परेको छ । पार्टीका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएसँगै बैठक अन्यौलमा परेको हो । १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको… Continue reading कांग्रेसका चार केन्द्रिय सदस्यमा कोरोना, कार्यसमिति बैठक अन्यौल

कांग्रेस नेता गगन थापालाई कोरोना

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको छ । उनी स्वयमले यसको पुष्टी गरेका छन् । कांग्रेसले असोज १९ मा केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । त्यसका लागि गरिएको नेताहरुको पीसीआर टेष्टमा थापालाई कोरोना देखिएको हो । यसबाहेक नेता अर्जुननरसिंह केसी र अन्य केही नेतामा समेत कोरोना… Continue reading कांग्रेस नेता गगन थापालाई कोरोना

अत्यावश्यक नभएसम्म काठमाडौं नआउन सरकारको आह्वान

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ । अहिले देशभर देखिने कुल संक्रमणमध्ये ६० प्रतिशत काठमाडौंमा देखिएको छ । यस अस्थामा बाहिर सुरक्षित अवस्थामा विभिन्न जिल्लामा रहेका नागरिकलाई काठमाडौं नआउन सरकारले आह्वान गरको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको हो ।… Continue reading अत्यावश्यक नभएसम्म काठमाडौं नआउन सरकारको आह्वान

प्रधानमन्त्री निवासमा कोरोनै-कोरोना, ६७ सुरक्षाकर्मीमा पुष्टी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मूख्य सल्लाहकारसहित उनको किचेन क्याविनेटमा रहने ५ जनामा कोरोना भाइरसको पुष्टी भएकै दिन बालुवाटारको सुरक्षामा खटिने ६७ जना सुरक्षाकर्मीमा एकै पटक कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको सैन्य स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् । स्रोतका… Continue reading प्रधानमन्त्री निवासमा कोरोनै-कोरोना, ६७ सुरक्षाकर्मीमा पुष्टी

काठमाडौं उपत्यकामा ११७७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ११७७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन् ।यो सहित उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र… Continue reading काठमाडौं उपत्यकामा ११७७ जना कोरोना संक्रमित थपिए

नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभार गरिएको १२ हजार ९७८ जनाको पीसीआर परीक्षणमा २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। डिस्चार्ज… Continue reading नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

प्रधानमन्त्री ओलीका तीन सल्लाहकार सहित प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कोरोना पुष्टि भएको हो । त्यस्तै प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना देखिएको छ ।… Continue reading प्रधानमन्त्री ओलीका तीन सल्लाहकार सहित प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण

नेपाल-भारत हवाई सेवा शुरु गर्न पहल थालियो

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ । तर, भारतबाट भने यात्रु आउन पाउँदैनन् । किनकी भारतमा नेपालले उडान खोलेको छैन । तर, नजिकिएको दशैं र चाडबाडसँगै उडान खोल्न भने तीव्र दवाव छ । यसै सन्दर्भमा नेपालले भारतमा उडान अनुमति दिने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संकट… Continue reading नेपाल-भारत हवाई सेवा शुरु गर्न पहल थालियो

आज नेकपा सचिवालय बैठक, के छ एजेण्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई एकलौटी निर्णयमा अमेरिका र बेलायतका लागि नेपाली राजदूत नियुक्त गरेसँगै नेकपामा पुनः पाटी र सरकारबीच असहमति बढेको छ । यसै सन्दर्भमा आज सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । सम्भवः आज यस विषयमा प्रधानमन्त्रीले बैठकमा स्पष्टिकरण दिनुपर्नेछ । बैठक दिउँसो… Continue reading आज नेकपा सचिवालय बैठक, के छ एजेण्डा

चेन्नई लगातार तेस्रो खेलमा पराजित

यूएई । जारी आइपीएलमा बलियो टीम मानिएको चेन्नई सुपर किंग्स लगातार तेस्रो खेलमा समेत पराजित भएको छ । युएईमा गत राती सम्पन्न खेलमा सनराइजर्स हैदरावादले ७ रनले पराजित गरेको हो । आइपिएल इतिहासमै चेन्नई पहिलोपटक लगातार तीन खेलमा पराजित भएको हो । हैदरावादले दिएको १६५ रनको लक्ष्य पन्छाएको चेन्नई निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै… Continue reading चेन्नई लगातार तेस्रो खेलमा पराजित

प्रदेश ५ को प्रस्तावित स्थायी राजधानीमा जग्गाको कारोबार बन्द

बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी प्रस्तावित गरेको क्षेत्रमा अब जग्गाको कारोबार अनिश्चितकालका लागि बन्द भएको छ । सरकारले स्थायी राजधानीका रुपमा प्रस्ताव गरेको दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गा कारोबार रोक्का भएको हो । यसअघि… Continue reading प्रदेश ५ को प्रस्तावित स्थायी राजधानीमा जग्गाको कारोबार बन्द

राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सैनिक अस्पताल भर्ना भएका छन् । उनलाई सावधानी अपनाउँदै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको ह्वाइट हाउसले उल्लेख गरेको छ । उनलाई विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर पुर्याइएको थियो । राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्फत आफूलाई र आफ्नी पत्नी मेलानियालाई कोरोना संक्रमण… Continue reading राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना

बाजुरामा एकै घरका ५ जना खोलामा बगेर वेपत्ता

बाजुरा । बाजुरामा एक आमा र उनका चार जना बच्चालाई खोलाले बगाएको छ । उनीहरु वेपत्ता भएका छन् । प्रहरीका अनुसार बाजुराको हिमाली गाउँपालिका–५ कवाडी गाउँमा ३० वर्षकी सत्ता नेपाली र उनका ४ छोराछोरी स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएका छन् । यसको जानकारी आएसँगै प्रहरी घटनास्थलतर्फ लागेको बताइएको छ । आमासँगै ५, ४ र… Continue reading बाजुरामा एकै घरका ५ जना खोलामा बगेर वेपत्ता

प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको बैठकमा प्रदेशको स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेका हुन् । उनले प्रदेशको राजधानी देउखुरीलाई तोकियोस भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका हुन् । देउखुरी दाङको राप्ती गाउँपालिका, गडवा… Continue reading प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव

थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा मोरङ, ललितपुर, भक्तपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, बाँके र सुर्खेतमा गरी ११ जनाको मृत्यु भएको हो । ११ जनामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । मृत्यु हुनेमा मोरङमा २७, ललितपुरमा ३२… Continue reading थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो