काठमाडौं । बुधबारबाट साझा यातायातका लामो दुरीका बस चल्ने भएका छन् । दशैंमा घरजाने यात्रुको सहज होस भन्ने उद्देश्यले लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातले जानकारी दिएको छ । साझाले सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउने भएको छ । बुधबार साझ ७ बजे बस बाग्लुङ र सवा ७ बजे… Continue reading बुधबारदेखि साझा यातायातका लामो दूरीका बस चल्ने
Author: Vishwanews.com
काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार
काठमाडौं । अनशनरत डा. गोविन्द केसीमाथि काठमाडौंमा प्रहरीले दुर्व्यवहार गरेको छ । उनी सोमबार जुम्लाबाट नेपालगञ्ज आएका थिए । नेपालगन्जबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको हो । डा.केसी त्रिभुवन शिक्षण अस्पतालमा अनसनका लागि जान चाहन्थे । तर, प्रहरीले उनलाई जबर्जस्ती ट्रमा सेन्टर लैजाने क्रममा दुर्व्यवहार गरेको छ । त्यसो त उनी ट्रमा… Continue reading काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार
कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयको काठमाडौंका ५० वर्षिय पुरुष र काभे्रपलाञ्चोकका ५० वर्षिय महिलाको मृत्यु भएको हो । योसँगै मृत्यु भएको संख्या ४२९ पुगेको छ।
काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५११, भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८… Continue reading काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए
नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षणमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च
आइपीएल : बैंगलोरले हैदरावादलाई हरायो
यूएई । १३ औं इण्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको हो । बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । हैदराबाद भने १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३… Continue reading आइपीएल : बैंगलोरले हैदरावादलाई हरायो
नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज नयाँ मन्त्रीहरुको विषयमा छलफल हुने भएको छ । सम्भवतः आजैको बैठकबाट मन्त्रिमण्डल परिवर्तनको मोडालिटी बनिसक्ने अपेक्षा नेताहरुले गरेका छन् । मन्त्रिमण्डल परिवर्तन भने निश्चित हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठक बोलाइएको छ । आज बैठक समेत सरकारका काम… Continue reading नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?
यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै यो संस्था विश्वमा शान्ती स्थापनार्थ महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले खासगरी कम विकसित मुलुकको हितमा अझ बढी राष्ट्रसंघबाट अपेक्षा रहने उल्लेख गरे । उनले राष्ट्र संघ यतिबेला… Continue reading यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण
केरुङ–काठमाडौं रेलमार्ग : चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न
काठमाडौं । केरुङ–काठमाडौं जोड्ने रेल्वे आयोजनाको चीनको भूभागमा पर्ने क्षेत्रमा भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । अध्ययन टोलीले स्थलगत रुपमा गरेको अध्ययन पुरा भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् । यो अध्ययनको निष्कर्ष के आयो भन्ने बारेमा भने खुलाइएको छैन । रेल मार्ग निर्माणको यो प्रारम्भिक अध्ययन मात्र हो । यसमा थप अध्ययन आवश्यक… Continue reading केरुङ–काठमाडौं रेलमार्ग : चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न
राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति
काठमाडौै । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह अब हलो नै हुने भएको छ । छ महिनाअघि एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटाएको हो । एकीकरण हुनुअघि राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटाएको हो । यसअघि हलो साविक राप्रपा… Continue reading राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति
विदेशमा उडान संख्या बढाउन राजदूतहरुको आग्रह
काठमाडौं । विदेशमा काम गर्न गएका नेपालीहरुको नेपाल फर्कने संख्यालाई मध्यनजर गर्दै विदेशमा उडान संख्या बढाउन विभिन्न मुलुकका राजदूतले सरकारलाई सुझाव दिएका छन् । कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा नेपालीहरु अलपत्र छन् । उनीहरुलाई घर फर्काउन उद्धार तथा नियमित उडानको संख्या बढाउनु पर्ने सुझाव राजदूतहरुले दिएका छन् । लकडाउनपछि नेपाल आउन नपाएका, रोजगारी गुमाएका… Continue reading विदेशमा उडान संख्या बढाउन राजदूतहरुको आग्रह
यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै
काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले विभिन्न गन्तब्य भ्रमणका लागि आकर्षक प्याकेज ल्याएको छ । करिब डेढ दर्जन पर्यटकीय प्याकेज ल्याउँदै यतिले आन्तरिक पर्यटकलाई भ्रमणप्रति प्रोत्साहित गर्ने नीति लिएको हो । कम्पनीले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालले प्याकेज सार्वजनिक गरेका… Continue reading यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै
अब विदेशबाट डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सकिने
काठमाडौं । अब विदेशमा रहेका श्रमिक र नेपालीले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स कम्पनीलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न सक्ने भएका छन् । राष्ट्र बैंकको निर्देशनपछि अब विदेशमा रहेका नेपालीहरुले डिजिटल पेमेन्टमार्फत… Continue reading अब विदेशबाट डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सकिने
काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन्। यो सहित उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १७… Continue reading काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए
नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो
नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ महिला र १३ पुरुष गरि १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंमा ५८ र ७३ वर्षीय, भक्तपुरमा ८४ र ६२ पुरुष रहेका छन् । मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय… Continue reading नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो
विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन
काठमाडौं । हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ । सोमबार बिहान १० बजे ७२ वर्षको उमेरमा निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् । शेर्पाको पुर्ख्यौली घर… Continue reading विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन
संसारभर सवा तीन करोड मानिसमा कोरोना
काठमाडौं । विश्वभर सवा ३ करोड मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । सोमबार बिहानसम्म ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ । यो दिन थप ३ हजार ८९१ जनाको कोरोना भाइरसको संक्रमणबाट… Continue reading संसारभर सवा तीन करोड मानिसमा कोरोना
आइपीएल : दिल्लीको रोमाञ्चक जीत
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई रोमाञ्चक खेलमा हराएको छ । निर्धारित ओभरमा दुबै टोलीको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा दिल्लीले बाजी मार्यो । युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाए । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो… Continue reading आइपीएल : दिल्लीको रोमाञ्चक जीत
उडे आन्तरिक गन्तब्यमा जहाज
काठमाडौं । आजबाट आन्तरिकतर्फ उडान सूचारु भएको छ । सरकारले ११ चैतबाट उडानमाथि प्रतिवन्ध लगाएको थियो । कोरोना भाइरसको महामारीसँगै सो दिन देशव्यापी लकडाउन घोषणा भयो । सोहीअनुसार उडानहरु बन्द भएका थिए । तर, अब भने सरकारले सुरक्षा सतर्कताका साथ सबै व्यवसाय खुला गर्ने क्रममा आन्तरिक उडान खुलाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार… Continue reading उडे आन्तरिक गन्तब्यमा जहाज
नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा
काठमाडौं । नेपालमा ११ वर्षको अवधिमा ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलासा भएको छ । सुन, अलकत्रा, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’… Continue reading नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा
फेरी हुँदैछ मन्त्रिपरिषद् पुनर्गठन ?
काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पेरिस डाँडामा बस्यो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश पाएको छ । नेकपा सचिवालय स्रोतका अनुसार आज पार्टीमा विभिन्न विकल्पबारे छलफल भएका थिए । त्यसमध्ये प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफ्नो प्रस्ताव सुनाएका थिए । सचिवालय स्रोतका अनुसार पुरै मन्त्रिहरुको सेट परिवर्तनदेखि केही मन्त्रीलाई मात्र परिवर्तन गर्ने… Continue reading फेरी हुँदैछ मन्त्रिपरिषद् पुनर्गठन ?
लुक्ला विमानस्थलमा पिसिआर रिर्पोट नेगेटिभ नभएका यात्रुलाई प्रवेश निषेध
काठमाडौं । लुक्ला विमानस्थलमा हवाई मार्गबाट जान चाहने सबै यात्रुको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले यस्तो नियम बनाएको हो । तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट… Continue reading लुक्ला विमानस्थलमा पिसिआर रिर्पोट नेगेटिभ नभएका यात्रुलाई प्रवेश निषेध
कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४ पुगेको छ । पछिल्लो एक सातामा थप एक जनाको ज्यान गएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १७ मुलुकमा नेपालीको मृत्यु भएको छ । यससँगै नेपालसहित कोरोनाका कारण विश्वभर कुल ६४५ नेपालीको ज्यान गएको तथ्यांकले देखाएको छ… Continue reading कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४
सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?
काठमाडौं । ६ महिना लामो उडान प्रतिवन्धपछि सोमबारबाट नेपालमा आन्तरिक हवाई सेवाले उडान थाल्दैछन् । यसका लागि सम्पूर्ण तयारी पुरा भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । नेपालमा १० चैतबाट आन्तरिक उडान बन्द भएको हो । अब हवाई यात्रामा यात्रुले केही कठिनाई भोग्नु पर्नेछ भने समय पनि केही लामो हुनेछ । किनकी अब हवाई… Continue reading सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?
यस वर्षको जगदम्बा–श्री शान्ति ठटाल र मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई
यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाईकाठमाडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा(श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो। बानियाँको उपन्यासलाई सिखा पब्लिकेसनले बजारमा ल्याएको हो । ‘मदन पुरस्कार गुठीको साधारण सभा बैठकले… Continue reading यस वर्षको जगदम्बा–श्री शान्ति ठटाल र मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई
थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४११ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंको ४ जना सहित थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा ६ महिला र ४ पुरुष रहेका छन् । काठमाडौंमा मात्र ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु भएको छ।… Continue reading थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४११ पुग्यो
काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८… Continue reading काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिए
नेपालमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६४ हजार नाघ्यो
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षणमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६४ हजार नाघ्यो
श्रेष्ठले लगाए कोरोनाविरुद्धको खोप, बने पहिलो नेपाली
काठमाडौं । सल्यानका डा. महेश श्रेष्ठ कोरोना भाइरस विरुद्धको खोप लगाउने पहिलो नेपाली बनेका छन् । उनी रुसको मस्कोमा कार्यरत छन् । गैरआवासीय नेपाली संघ रुसका अनुसार उनले मस्कोमा यो खोप लगाउने अवसर पाएका हुन् । रुसमा अहिले कोरोना भाइरसको खोप परीक्षण धमाधम भइरहेको छ । सोहीक्रममा नेपाली डाक्टर श्रेष्ठले समेत खोप लगाउने अवसर पाएका… Continue reading श्रेष्ठले लगाए कोरोनाविरुद्धको खोप, बने पहिलो नेपाली