राजिनामा दिएका डा. युवराज खतिवडा मन्त्रीसरह सल्लाहकारमा नियुक्त

काठमाडौं । अर्थमन्त्रीबाट राजिनामा दिएका डा. युवराज खतिवडालाई सरकारले विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । कानूनी प्रावधानका कारण मन्त्री बन्न नपाउने अवस्था आएसँगै उनले राजिनामा गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्री सरहकै सेवा सुविधा दिने गरी विशेष आर्थिक सल्लाहकार बनाएको हो । सरकारले यो पद आफै सिर्जना गरेको छ । किनकी… Continue reading राजिनामा दिएका डा. युवराज खतिवडा मन्त्रीसरह सल्लाहकारमा नियुक्त

बिदा भए कुलमान, प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

काठमाडौं । नेपाल विद्यूत प्राधिकरणबाट कुलमान घिसिङ बिदा भएका छन् । उनलाई प्राधिकरणले मंगलबार औपचारिक बिदाई गरेको छ । उनले आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक पार गरी बिदा भएका हुन् । नेपालमा १८ घण्टासम्म लोडसेडिंग भइरहेको समयमा नेतृत्व सम्हालेका उनले अन्धकारबाट नेपाललाई पार मात्र लगाएनन्, प्राधिकरणलाई वार्षिक ५ अर्ब मुनाफा कमाउने संस्थामा परिणत समेत गर्न… Continue reading बिदा भए कुलमान, प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

लामो दूरीका यातायात र एयरलाइन्स १ असोजबाटै चलाउन सकिने

काठमाडौं । सरकारले लामो दूरीका यातायातका साधन १ असोजबाटै चलाउन सकिने गरी निर्णय सार्वजनिक गरेको छ । यसअघि सोमबार मन्त्रिपरिषद् बैठकपछि भने मन्त्रिहरुले लामो दूरीका यातायात र आन्तरिक उडान ५ असोजबाट खुल्ने निर्णय भएको बताएका थिए । तर, औपचारिक निर्णय सार्वजनिक गर्दै सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले १ असोजबाटै यी सेवा संचालनमा आउने निर्णय भएको… Continue reading लामो दूरीका यातायात र एयरलाइन्स १ असोजबाटै चलाउन सकिने

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषगरि थप ११ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमित रहेका छन्… Continue reading नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ। काठमाडौंमा १० हजार ५ सय ८३ ललितपुरमा १ हजार… Continue reading काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या… Continue reading नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६, ७८८ पुग्यो

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

काठमाडौं । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको अमेरिकामा ज्यान गुमाउने मानिसको संख्या दुई लाख नजिक पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा४ सय ८० जनाको ज्यान गयो । यससँगै कोरोनाबाट कुल १ लाख ९९ हजार मानिसको जीवन समाप्त भएको छ । वर्ल्डोमिटर्सले मंगलबार बिहान गरेको अपडेट अनुसार अमेरिकामा मंगलबार ३८ हजार ७२ जनामा संक्रमण… Continue reading अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

अमेरिकामा डडेलोको कहर, ३५ को गयो ज्यान

काठमाडौं । अमेरिकामा पछिल्लो एक महिना सातायता विभिन्न राज्यमा फैलिएको डडेलोले मानवीय क्षति तिब्र बनाएको छ । अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । बीबीसीका अनुसार अमेरिकामा तीन वटा राज्यमा डडेलोको कहर चलेको छ । यसको फैलावट तिब्र रहेको र रोकथाममा असफल भएको भन्दै सरकारको आलोचन समेत शुरु भएको छ ।… Continue reading अमेरिकामा डडेलोको कहर, ३५ को गयो ज्यान

सर्वाधिक कमाई गर्ने खेलाडीको नम्बर वानमा मेसी

काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बन्न सफल भएका छन् । फोर्ब्सले सन् २०२० को खेलाडीहरुको कमाई सम्बन्धी सूचि सार्वजनिक गरेको छ । शीर्ष १० को सूचिको पहिलो नम्बरमा मेसी रहेका छन् । उनलाई र्पोचुगिष्ट स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पच्छ्याइरहेका छन् । फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष मेसीको वार्षिक… Continue reading सर्वाधिक कमाई गर्ने खेलाडीको नम्बर वानमा मेसी

कोरोना बीमामा फेरी झेल, १ लाखको बीमा गर्दा २५ हजार मात्र भुक्तानी

काठमाडौं । सरकारले कोरोना बीमाका नाममा फेरी झेल शुरु गरेको छ । यसअघि निजी ल्यावबाट भएको परीक्षण अमान्य हुने निर्णय गरेको बीमा समितिले त्यो निर्णय सच्याउँदै भुक्तानी हुने रकममा ७५ प्रतिशत कटौती गरेको छ । यसअघि कोरोना बीमा १ लाख रुपैयाँको थियो । अब २८ भदौयता हुने कोरोना बीमा एक लाख रुपैयाँकै भएपनि भुक्तानी भने… Continue reading कोरोना बीमामा फेरी झेल, १ लाखको बीमा गर्दा २५ हजार मात्र भुक्तानी

कसले रोक्यो कुलमानको नियुक्ति ?

काठमाडौं । तीब्र जन दवावका बीच सोमबार मन्त्रिपरिषद् बैठकले नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुननियुक्ति दिने अपेक्षा धेरैको थियो । किनकी सरकारले जनप्रिय नियुक्ति दिएर पुनः एक पटक स्यावासी पाउने सम्भावना छ । तर, त्यस विपरित जनताले प्रत्यक्ष निर्वाचनमा हराएका बामदेव गौतमलाई सांसद बनाएर जनमतकै उपहास हुने निर्णय गर्यो, तर कुलमानको पक्षमा निर्णय… Continue reading कसले रोक्यो कुलमानको नियुक्ति ?

अन्ततः बामदेव गौतम बन्ने भए सांसद

काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरिएको हो । उनलाई भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो । राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिले नियुक्ति गर्ने एक सीट खाली रहेको छ ।

५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने

काठमाडौं । ५ असोजबाट लामो दुरीको यातायात सेवा र आन्तरिक हवाई उडान शुरु हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा १० चैत राती १२ बजेदेखि लामो दुरीको यातायात र हवाई यातायातमा प्रतिवन्ध लागेको छ । नजिकिएको दशैं र यात्रु तथा व्यवसायिको तिब्र दवावका बीच सरकारले यी दुबै यातायातका… Continue reading ५ असोजबाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने

डा. केसीले जुम्लाबाट थाले १९ औं सत्याग्रह

जुम्ला । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १९ औं सत्याग्रह जुम्लाबाट शुरु गरेका छन् । भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँदै डा. केसीले विभिन्न मागका साथ सत्याग्रह थालेका हुन् । केसीले सोमबारदेखि जुम्लाबाट अनसन शुरु गरेका छन् । उनी जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रहमा छन् । आफुलाई जुम्लामा हिँडडुल गर्नदेखि उपचार… Continue reading डा. केसीले जुम्लाबाट थाले १९ औं सत्याग्रह

जग्गाको कित्ताकाट खुलाउने निर्णयमा सर्वोच्चको रोक

काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खुलाउने सरकारी निर्णयमा रोक लगाएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासबाट जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी रीट दायर गरेका थिए । यो रीटमा… Continue reading जग्गाको कित्ताकाट खुलाउने निर्णयमा सर्वोच्चको रोक

मल नल्याएका कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, कारवाही रोक्न अदालतको आदेश

काठमाडौं । सरकारसँग गरेको सम्झौता अनुसार मल ल्याउन नसकेका दुई कम्पनीमाथि सरकारले कारवाही प्रक्रिया अगाडी बढाएको छ । उता, उच्च अदालत पाटनले भने कारवाही तत्कालका लागि अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सम्झौता बमोजिम युरिया मल ल्याउन असफल भएका दुई कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको थियो । शारदाप्रसाद… Continue reading मल नल्याएका कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, कारवाही रोक्न अदालतको आदेश

एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ वटा जिल्लाका ५ महिला र १० पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका मात्र ६ जना रहेका छन् । काठमाडौंमा ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको… Continue reading एकैदिन १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो

काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सोमबार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसअनुसार काठमाडौंमा १४१ महिला र २९९ पुरुष, भक्तपुरमा महिला २८ र १५ पुरुष, ललितपुरमा ११ महिला र १८ पुरुषमा कोरोना… Continue reading काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ११७० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षणमा थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५५ हजार ३२९… Continue reading नेपालमा थप ११७० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५५ हजार नाघ्यो

नेपाल वायुसेवाका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ। उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ। कोरोना देखिएसँगै अहिले सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।

स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति’

काठमाडौं । नेपाली साहित्यका युगपुरुष राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति पैले हो की , मेरो प्रीति पैले’ गीत सार्वजनिक भएको छ । राष्ट्रकवि घिमिरेले रचना गरेका गीत चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको संगितमा नयाँ भर्सनमा नयाँ कलाकारको साथ बजारमा आएको हो । रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको गीतमा प्रविन बेडवाल… Continue reading स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति’

निजी ल्यावको रिर्पोटका आधारमा समेत अब कोरोना बीमा दावि गर्न सकिने

काठमाडौं । निजी ल्यावमा गरिएको परीक्षणमा कोरोना पुष्टी भएमा समेत अब कोरोना बीमा दावि गर्न सकिने भएको छ । यसअघि बीमा कम्पनीहरुले सरकारी ल्यावको रिर्पोटलाई मात्र मान्य हुने बताएका थिए । बीमा समिति कोरोना बीमा सम्बन्धी मापदण्ड संशोधन गर्दै यस्तो प्रावधान सुनिश्चित गरेको हो । कोरोना बीमा मापदण्डअनुसार निजी ल्याबको रिपोर्टका आधारमा पनि अब भने… Continue reading निजी ल्यावको रिर्पोटका आधारमा समेत अब कोरोना बीमा दावि गर्न सकिने

काठमाडौंका मेयर विद्यासुन्दरले जिते कोरोना

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई जित्न सफल भएका छन् । उनको आइतबार कोरोना नेगेटिभ रिपोर्ट आएको छ । उनको शनिवार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनमा १५ भदौमा कोरोना देखिएको थियो । त्यसपछि उनी सोल्टी होटलका भीआइपी आइसोलेसनमा बसेका थिए । श्रीमती बिरामी भएपछि जचाउन ग्राण्डी अस्पतालमा जाँदा आफुले पनि… Continue reading काठमाडौंका मेयर विद्यासुन्दरले जिते कोरोना

तनावपूर्ण खेलमा पीएसजी हार्यो, नेयमारसहित ५ खेलाडीलाई रातो कार्ड

काठमाडौं । सन् १९८४\८५ को लीगयता फ्रेन्च लीग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलो पटक लीगमा लगातार पहिलो दुई हार सामना गर्यो । तर, गत राती खेलमा उसले अर्को झट्का समेत बेहोरेको छ । मार्सेसँग हारेको यो खेलमा ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीले रातो कार्ड पाए । तनावपूर्ण खेलमा मार्सेका दुई खेलाडीलाई समेत रेफ्रीले २… Continue reading तनावपूर्ण खेलमा पीएसजी हार्यो, नेयमारसहित ५ खेलाडीलाई रातो कार्ड

चितवनमा मात्र कोरोनाबाट ज्यान गुमाउने २७ पुगे

भरतपुर । आज चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । यससँगै चितवन जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको हो । यसमध्ये १७ जना चितवनकै हुन भने १० जना भन्ने अन्य जिल्लाबाट चितवनमा उपचारका लागि आएका बिरामी हुन् । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको आज मृत्यु भएको… Continue reading चितवनमा मात्र कोरोनाबाट ज्यान गुमाउने २७ पुगे

बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारार्थ एक महिलाको आज निधन भएको हो । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ज्यान गएको अस्पतालले पुष्टी गरेको हो । उनमा भदौ २१ मा कोरोना पुष्टि भएको थियो । उनको आईसीयूमा… Continue reading बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसकदीय समितिले विदेशमा समस्यामा रहेका सबै नेपालीको उद्धार एक महिना भित्र गरिसक्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको हो । समितिको बैठक आइतबार सिंहदरबारमा बसेको हो । बैठकले वैदेशिक… Continue reading विदेशमा समस्याग्रस्त नेपालीको एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन

सिन्धुपाल्चोक पहिरो : ११ को शव फेला, २० अझै वेपत्ता

बाह्रबिसे । सिन्धुपाल्चोकमा शनिबार दोहोरिएको प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । रातमा गएको पहिरोमा परेर हराइरहेकाको खोजी शनिबार दिउँसो जारी रह्यो । यस क्रममा थप दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा अझै २० जना हराइरहेको पाइएको छ । गत राती आएको पहिरोले बाह्रबीसे नगरपालिका ७… Continue reading सिन्धुपाल्चोक पहिरो : ११ को शव फेला, २० अझै वेपत्ता

सकियो कुलमानको कार्यकाल, थप हुने-नहुने अन्यौल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेका छन् । उनलाई तत्कालिन प्रधानमन्त्री प्रचण्डको सरकारले २०७३ भदौ २९ मा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सम्भवतः सार्वजनिक संस्थानमा नियुक्त भएपछि सबैभन्दा बढी वाहवाही पाएका कुलमानको पक्षमा ठूलो जनमत पुनः नियुक्ति गर्नुपर्ने रहेको छ । किनकी कुलमानले आफ्नो कार्यकालमा… Continue reading सकियो कुलमानको कार्यकाल, थप हुने-नहुने अन्यौल

काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको हो । यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ। काठमाडौंमा ९ हजार ५ सय ८६ ललितपुरमा १ हजार १ सय २… Continue reading काठमाडौं उपत्यकामा ५९७ जना कोरोना संक्रमित थपिए