पर्यटक र गैरआवासीय नेपालीलाई नेपाल प्रवेश अनुमति खुलाउने तयारी

काठमाडौं । सरकारले विदेशी पर्यटक तथा विदेशको नागरिकता दिएका गैरआवासीय नेपालीलाई समेत नेपाल प्रवेशको अनुमति खुला गर्ने तयारी थालेको छ । संसारका धेरै मुलुकमा विदेशी नागरिकमाथिको प्रतिवन्ध क्रमशः खुकुलो बनाउँदै लगिएको छ । यसै सन्दर्भमा नेपालमा समेत पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आगमन अनुमति खुला गर्ने तयारी गरिएको हो । यसअघि नेपालमा अतिआवश्यक काम… Continue reading पर्यटक र गैरआवासीय नेपालीलाई नेपाल प्रवेश अनुमति खुलाउने तयारी

आन्तरिक उडान खोल्ने प्रस्ताव सीसीएमसीमा, मिति अझै अन्यौल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान सूचारु गर्ने तयारी थालेको छ । यसका लागि उडान संचालनको मिति १ असोज राखेर मन्त्रालयले कोभि १९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको हो । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार १ असोजमा सम्भव नभए १५ असोजबाट भने उडान सूचारु हुनेछन् । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै उडान… Continue reading आन्तरिक उडान खोल्ने प्रस्ताव सीसीएमसीमा, मिति अझै अन्यौल

तीन देशमा प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिबाट तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको छ । सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम बिहीबार संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो । अनुमोदन भएसँगै अब उनीहरु राष्ट्रपतिबाट नियुक्ति पाउन योग्य भएका छन्… Continue reading तीन देशमा प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका तीन जनासहित १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा मात्र ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। चितवनमा ६२ र कपिलवस्तुमा… Continue reading थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौं का ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सहित काठमाडौंमा ८ हजार १ सय ६ ललितपुरका १ हजार ५४ र भक्तपुरमा ८५२ संक्रमित पुगेका छन्।

नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५० हजार ४६५ जना… Continue reading नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५० हजार नाघ्यो

नेकपा भित्रको विवाद टुंगियो, स्थायी कमिटिमा लैजाने एजेण्डा तय

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी भित्रको विवाद अन्ततः टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी स्थायी कमिटीको बैठकमा लैजाने एजेण्डाका विषयमा समेत सहमति भएसँगै पार्टी भित्रको विवाद तत्कालका लागि टुंगिएको हो । बुधबार दुई नेताबीचको छलफलमा यस विषयमा सहमति भएको हो । बालुवाटारमा करिब २ घण्टा दुई अध्यक्षबीच… Continue reading नेकपा भित्रको विवाद टुंगियो, स्थायी कमिटिमा लैजाने एजेण्डा तय

आजबाट उपत्यकामा सार्वजनिक सवारी साधन पनि चले

काठमाडौं । तीन साता लामो निषेधाज्ञा खुकुलो बनेको दिन आजबाट काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्न थालेका छन् । प्रशासनले जोर विजोर प्रणालीमा सबै प्रकारका निजी सवारी र १६ सीट भन्दा माथिका सार्वजनिक यातायात खोल्ने निर्णय बुधबार गरेको थियो । सार्वजनिक यातायातमा समेत जोर विजोर प्रणाली लागु भने हुन्छ । यससँगै आजबाट सडकमा सार्वजनिक यातायातका साधन… Continue reading आजबाट उपत्यकामा सार्वजनिक सवारी साधन पनि चले

आन्तरिक उडानमा जहाज किन्न नेपाल एयरलाइन्सलाई पर्यटन मन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सलाई आन्तरिक उडानमा प्रयोग गर्न जहाज खरीद प्रक्रिया तत्काल थाल्न निर्देशन दिएका छन् । उनले बुधबार नेपाल एयरलाइन्सका अधिकारीसँग मन्त्रालयमा छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् । मन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानमा सञ्चालन गर्ने गरी… Continue reading आन्तरिक उडानमा जहाज किन्न नेपाल एयरलाइन्सलाई पर्यटन मन्त्रीको निर्देशन

उपत्यकामा कुन पसल कुन बार खोल्न पाइने, यस्तो छ प्रशासनको आदेश

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । नयाँ मोडालिटी अनुसार बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय भएको छ । पसल सञ्चालनमा नयाँ व्यवस्था गरिएको छ । अब उपत्यकामा सोमबार बुधबार र… Continue reading उपत्यकामा कुन पसल कुन बार खोल्न पाइने, यस्तो छ प्रशासनको आदेश

निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्यो के बन्द ?

File photo

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । नयाँ मोडालिटी अनुसार बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय भएको छ । त्यस्तै पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ ।… Continue reading निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्यो के बन्द ?

उपत्यका प्रवेशमा कडाइ, निषेधाज्ञा खुकुलो- सवारी साधनमा जोरबिजोर

file

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । बैठकले बिहिबारदेखि उपत्यकामा जोर विजोर सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ। सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न… Continue reading उपत्यका प्रवेशमा कडाइ, निषेधाज्ञा खुकुलो- सवारी साधनमा जोरबिजोर

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय १२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला… Continue reading कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय १२ पुग्यो

काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ३ सय ९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९,२१९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ७६ जनाको पीसीआर परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १३८ जना पुगेको… Continue reading नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९,२१९

चलचित्र निर्देशक एवं लेखक छेतन गुरुङको निधन

काठमाडौं । चलचित्र निर्देशक छेतेन गुरुङको निधन भएको छ। गुरुङको मेट्रो अस्पताल, महाराजगंजमा उपचारको क्रममा बुधबार बिहान २ बजे निधन भएको हो। दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। गुरुङको कलेजोमा समस्या थियो। छेतेन चलचित्र निर्देशक एवं लेखक समेत हुन्। उनी निर्देशित फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनको तयारीमा छ। दिनेश राउत निर्देशित सन्… Continue reading चलचित्र निर्देशक एवं लेखक छेतन गुरुङको निधन

आज १ सय ७ औं विपी जन्मजयन्ती

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती मनाइदै छ । उनको विचारधारामा आस्था राख्नेहरुले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनको सम्झना गर्छन् । यद्दपी यो वर्ष औपचारिक कार्यक्रमहरु भने आयोजना हुने छैनन् । नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने बताएको छ । कांग्रेस केन्द्रीय… Continue reading आज १ सय ७ औं विपी जन्मजयन्ती

रोनाल्डोले पुरा गरे कीर्तिमानी १ सय औं गोल

काठमाडौं । पोर्चुगिष्ट स्टार क्रिस्टियानो रोनाल्डोले देशका लागि १ सय औं अन्तर्राष्ट्रिय गोल गर्दै कीर्तिमान कायम गरेका छन् । युइएफए नेसन्स लिगअन्तर्तग मंगलबार राती सम्पन्न खेलमा स्विडेनविरुद्ध गोल गरेका उनले आफ्नो करीयरमा देशका लागि १ सय औं गोलको कोशेढुंगा पार गरेका छन् । रोनाल्डोले पोर्चुगलबाट १७ वर्ष निरन्तर खेलिरहेका छन् । यस अवधिमा उनले कुल… Continue reading रोनाल्डोले पुरा गरे कीर्तिमानी १ सय औं गोल

अक्सफोर्डले किन रोक्यो कोरोना भ्याक्सिनको परीक्षण ?

लण्डन । अक्सफोर्ड विश्व विद्यालयले कोरोना भाइरस विरुद्धको खोप परीक्षणको काम स्थगित गरेको छ । पहिलो र दोस्रो चरणमा उत्साहजनक नतिजा आएको परीक्षण तेश्रो चरणमा पुगेपछि रोकिएको छ । बीबीसीका अनुसार परीक्षणका दौरान एक जना व्यक्ति विरामी भएपछि तत्कालका लागि परीक्षण रोक्ने निष्कर्षमा विश्वविद्यालय पुगेको छ । अक्सफोर्डले एस्ट्राजेनेसँग मिलेर खोप निर्माणको काम गरिरहेको छ… Continue reading अक्सफोर्डले किन रोक्यो कोरोना भ्याक्सिनको परीक्षण ?

पैसा सापटी नदिएको झोकमा वृद्ध दाजु-बहिनीको विभत्स हत्या

खोटाङ । मानिसले पैसाका लागि के सम्म गर्न सक्ला ? त्यो पनि कति रुपैयाँका लागि ? नेपालमा एक व्यक्तिले मात्र १ हजार रुपैयाँ सापटी नदिएको झोँकमा आफ्नो हजुरबुबा उमेरका वृद्धवृद्धाको हत्या गरेको खुलेको छ । खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा दुई वृद्धवृद्धाको विभत्स हत्या भएको अवस्थामा अघिल्लो साता शव घरमै फेला परेको थियो । जङ्गल नजिकै… Continue reading पैसा सापटी नदिएको झोकमा वृद्ध दाजु-बहिनीको विभत्स हत्या

निजगढ विमानस्थल निर्माणका कामलाई गति दिने निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तर्गत निर्माण प्रक्रियालाई गति दिने निर्णय गरेको छ । आयोजनाको पूर्वतयारीको चरणमा अहिले रुख गणनाको काम भइरहेको छ । यस्तो गणना आगामी मंसिरसम्म सकाउने निर्णय भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मंगलबार बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि… Continue reading निजगढ विमानस्थल निर्माणका कामलाई गति दिने निर्णय

काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस, नाकामा कडाई गरिने

काठमाडौं । बढ्दो दवावका बीच काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा खुकुलो बनाउने तयारी शुरु भएकोछ । नगरपालिका फोरमले नाका कडाई गरी उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउन सिफारिस गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बैठक बसेको थियो । बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । उपत्यका छिर्ने नाकामा भने सेना… Continue reading काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस, नाकामा कडाई गरिने

कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडौं, २३ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइरालानिकट एक नेताका अनुसार मंगलबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ नतिजा आएको हो । उनमा कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनी अहिले होम–आईसोलेशनमा बसिरहेका छन् ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुषको रहेका छन् । त्यस्तै काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय… Continue reading कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा काठमाडौंमा ३ सय , ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिए हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ। काठमाडौंमा ६ हजार २ सय १७ ललितपुरका ९७७ र भक्तपुरमा ७८२… Continue reading उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षणमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८… Continue reading नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज

विवाद बढेपछि रेलमार्गको ठेक्का स्थगित

काठमाडौं । १०६ किलोमिटर रेलमार्गका लागि ५४ वटा प्याकेजमा ठेक्का आह्वान भएपछि मिलेमतोको आंशका बढेको थियो । त्यसपछि यो आयोजनाको तिब्र आलोचना शुरु भयो । सोहीकारण सरकारले पूर्व-पश्चिम रेलमार्गको काकडभिटा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का नै स्थगित गरिदिएको छ । रेल विभागले मंगलबार सूचना प्रकाशित गरी विवादित बनेको ठेक्का स्थगित भएको स्पष्ट पारेको छ । यहाँ… Continue reading विवाद बढेपछि रेलमार्गको ठेक्का स्थगित

जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित

टोकियो । जापानमा आइतबार आएको शक्तिशाली आँधीले जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । संसारमा बढी प्राकृतिक विपत्तिको सामना गर्ने मुलुकमध्ये एक जापानमा पछिल्लो २५ वर्षयता कै शक्तिशाली आँधी आएको हो । यो आँधिलाई ‘हाइसेन’ नाम दिइएको छ । यद्दपी पूर्वतयारी गरिएका कारण अहिलेसम्म मानवीय क्षतिको भने खबर छैन । शक्तिशाली आँधीले ११ लाख मानिस प्रत्यक्ष… Continue reading जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित

लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ

लद्दाख । लद्दाखमा केही महिना अगाडी २० जना भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक मुडभेडपछि यो क्षेत्र अशान्त बनेको छ । दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा त्यसयता पटक पटक फायरिङका घटना हुन थालेका छन् । सोमबार राती समेत दुबै मुलुकका सेनाले सीमानामा चेतावनी फायरिङ गरेको चीनको सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले पुष्टी गरेको… Continue reading लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ

एम्बाप्पेमा देखियो कोरोना

पेरिस । फ्रान्सेली फर्वाड केलियन एम्बाप्पेमा कोरोना भाइरसको संक्रमण भएको छ । सोमबारको परीक्षणको नतिजा अनुसार उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले पुष्टी गरेको छ । उनी युरोपियन नेसन्स लिग खेलिरहेका थिए । कोरोना पोजेटिभ देखिएसँगै उनी घर फर्किएको बताइएको छ । उनमा कोरोनाको लक्षण नभएको र स्वास्थ्य अवस्था समेत सामान्य रहेको संघको भनाई… Continue reading एम्बाप्पेमा देखियो कोरोना