थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ महिला र ६ जना पुरुषसहित थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ६५ वर्षीया दुई जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुष रहेका छन् ।… Continue reading थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

सरकारले तेस्रोपटक घटायो पीसीआर परीक्षणको मुल्य अब अधिकतम दुई हजार रुपैयाँमात्रै

काठमाडौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ। परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । नयाँ मूल्य अनुसार देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने… Continue reading सरकारले तेस्रोपटक घटायो पीसीआर परीक्षणको मुल्य अब अधिकतम दुई हजार रुपैयाँमात्रै

नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार नाघ्यो

काठमाडौं,२८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार १सय १६५ जनाको पीसीआर परीक्षणमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना… Continue reading नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार नाघ्यो

यसरी पुरियो सिन्धुपाल्चोकको घुम्थाङ, नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन् । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । नागपूजे र भीरखर्कमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ। पहिरोमा परी बेपत्ता भएका भक्तिमाया श्रेष्ठ, ल्याकसिं… Continue reading यसरी पुरियो सिन्धुपाल्चोकको घुम्थाङ, नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता

जब सैनिक जहाज काठमाडौंको सडकमा गुड्न थाल्यो..

काठमाडौं । त्रिभुवन विमानस्थलबाट ओर्लिएको जहाज तिनकुने, नयाँ बानेश्वरहुँदै बबरमहलतिर लाग्ने लागेपछि शनिबार बेलुका काठमाडौंको सडकमा यात्रा गरिरहेका धेरैलाई यो दृष्यले एकाएक अचम्मित बनायो । आकाशमा उड्ने र विमानस्थलभन्दा बाहिर नबस्ने ठूलो जहाज सडकमा गुडिरहेको थियो । त्यो पनि आर्मिको । ककपिटमा पाइलट पनि बसिरहेका थिए । धेरैले यो दृष्यलाई आफ्नो मोवाइलमा कैद गर्न समेत… Continue reading जब सैनिक जहाज काठमाडौंको सडकमा गुड्न थाल्यो..

विदेशमा फेरी बढ्यो नेपालीको मृत्युदर

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या कुनै समय शुन्यमा पुगेको थियो । तर, पछिल्ला दिनमा पुनः वृद्धि भएको छ । विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जनाको मृत्यु भएको यो साता मात्र पुष्टी भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु… Continue reading विदेशमा फेरी बढ्यो नेपालीको मृत्युदर

सिन्धुपाल्चोकमा फेरी विनासकारी पहिरो, २ को मृत्यु, कम्तिमा २२ वेपत्ता

बाह्रबिसे । सिन्धुपाल्चोकमा पुनः विनासकारी पहिरो गएको छ । जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्क भन्ने स्थानमा गएराति गएको पहिरोमा परी कम्तीमा दुई जनाले ज्यान गुमाएका छन् । अन्य २२ जना मानिस बेपत्ता रहेको प्रहरीको अनुमान छ । यद्दपी यकिन विवरण आउन बाँकि रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार नागपुचेमा कम्तिमा ७… Continue reading सिन्धुपाल्चोकमा फेरी विनासकारी पहिरो, २ को मृत्यु, कम्तिमा २२ वेपत्ता

नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?

काठमाडौं । काठमाडौं । सरकारले देशव्यापी लकडाउन खुला गरेको छ । विभिन्न जिल्लामा घोषित निषेधाज्ञा समेत क्रमशः खुकुलो बन्दै गएको छ । यसको मतलव अब कोरोनासँग नेपालीले पनि लिभिंग टुगेदरमै जानु पर्नेछ । त्यसो त नेपालको ग्रामिण भेग, पहडाी र हिमाली क्षेत्र अझै पनि कोरोना भाइरसको कम जोखिममा रहेको देखिएको छ । तर ठूला शहर… Continue reading नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?

कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६, एक दिनमै १४ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । यससँगै अब देशभर ज्यान गुमाउने मानिसको संख्या ३३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टामा ११ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । सुनसरीका ४३ वर्षिय पुरुषको ज्यान गएको छ । यसअवधिमा पर्साकी… Continue reading कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६, एक दिनमै १४ जनाको ज्यान गयो

नेपालमा ५३ हजार भन्दा बढी मानिसमा पुग्यो कोरोना

काठमाडौं । नेपालमा कोरोना भाइरसको कुल संक्रमितको संख्या ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२०१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अहिलेसम्म ५३ हजार १ सय २० जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कुल १० हजार १ सय ७६ जनामा पिसिआर परीक्षण गरिएको थियो ।… Continue reading नेपालमा ५३ हजार भन्दा बढी मानिसमा पुग्यो कोरोना

करेन्ट लागेर चितवनमा दुई सैनिकको ज्यान गयो

भरतपुर । चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ । चितवनको कालिका नगरपालिका–८ शक्तिखोरमा रहेको सिंहनाथ गणमा रुख काट्ने क्रममा करेन्ट प्रवाह हुँदा ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ । कार्यालय कम्पाउण्डभित्र रहेका रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेको र त्यसक्रममा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका क्रममा अस्पताल लैजादै मृत्यु भएको हो ।… Continue reading करेन्ट लागेर चितवनमा दुई सैनिकको ज्यान गयो

भक्तपुर घटना : श्रीमती र छोराको हत्यापछि आत्महत्या ?

घटना घटेको घर

भक्तपुर । शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरास्थित घरमा एउटै परिवारका तीन जनाको शव फेला पर्यो । शव सड्न लागेको अवस्थामा फेला परेका कारण केही दिन अगाडी नै उनीहरुको ज्यान गएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले शुक्रबार साँझबाटै अनुसन्धान तिब्र बनाएको थियो । यो घटनामा बाहिरी मानिसको संलग्नता भन्दा बढी पारिवारिक किचलो,… Continue reading भक्तपुर घटना : श्रीमती र छोराको हत्यापछि आत्महत्या ?

कोरोनाबाट ललितपुरमा तीन जनाको मृत्यु

काठमाडौं । ललितपुरमा आज कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । ललितपुरका दुई अस्पतालमा उपचारार्थ भर्ना भएका तीन जनाको ज्यान गएको हो । पाटन अस्पतालमा २ र मेघा अस्पतालमा १ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुर र एक जना काठमाडौंका छन्… Continue reading कोरोनाबाट ललितपुरमा तीन जनाको मृत्यु

ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगका उत्पादनमा हानिकारक रसायन

काठमाडौं । नेपालमा ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगले स्वास्थ्यमा गम्भीर असर गर्ने रसायन मिसाएको फेला परेको छ । यस्तो उद्योगबाट उत्पादन भएका उत्पादन प्रयोगमा समेत सरकारले रोक लगाएको छ । औषधि व्यवस्था विभागले आज उद्योगको सूचि सार्वजनिक गर्दै यस्तो आह्वान गरेको हो । यस्ता ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको छ… Continue reading ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगका उत्पादनमा हानिकारक रसायन

पोखरामा स्याङ्जाका कोरोना संक्रमितको ज्यान गयो

पोखरा । आज पोखरामा उपचार भइरहेका कोरोना भाइरसबाट संक्रमित स्याङ्जाका एक पुरुषको ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । यहाँ स्याङ्जा, पुतलीबजार नगरपालिका १ का ८५ वर्षीय पुरुषको ज्यान गएको हो । सङ्क्रमणको पुष्टि भएपछि भदौ २४ मा उनलाई उपचारार्थ… Continue reading पोखरामा स्याङ्जाका कोरोना संक्रमितको ज्यान गयो

बाँधेका गोरुमाथि क्रुर व्यवहार, धारिलो हतिहारले चोटैचोट

दैलेख । हिन्दु धर्मावलम्बीले गाईलाई भगवान मान्छन् । उनको छोरा गोरु माथि पनि उत्तिकै श्रद्धा र आस्था गरिन्छ । सोहीकारण गाई र गोरुमाथि चोट पुर्याउनु कानूनतः वर्जित रहेको छ । तर, दैलेखमा बारीमा बाँधिराखेका दुई गोरुमाथि क्रुर व्यवहार भएको छ । बारीमा बाँधेका गोरुको खुटटा छिनालिएको छ भने शरीरभर चोटैचोट पारी विक्षिप्त बनाइएको छ ।… Continue reading बाँधेका गोरुमाथि क्रुर व्यवहार, धारिलो हतिहारले चोटैचोट

रुपन्देही र धनुषामा कोरोनाबाट एक\एक जनाको मृत्यु

बुटवल । कोरोना भाइरसको संक्रमणबाट धनुषा र रुपन्देहीमा थप एक\एक जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर चार मुरली चोकका ६०वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनी भदौ १९ मा स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो । उनमा भदौ २२ मा पीसीआर परीक्षणबाट कोरोना पुष्टी भएको थियो ।… Continue reading रुपन्देही र धनुषामा कोरोनाबाट एक\एक जनाको मृत्यु

चितवनमा आज थपिए ८७ कोरोना संक्रमित

भरतपुर । चितवनमा आज थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति आएको परीक्षणको नतिजामा उनीहरुमा कोरोना देखिएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाका अनुसार संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा छन् । यहाँ ५० पुरुष र २३ महिला गरी कुल ७३ जनामा कोरोना देखिएको हो । उता कालिका नगरपालिकाका ६ पुरुष… Continue reading चितवनमा आज थपिए ८७ कोरोना संक्रमित

इजरायल र बहराइन सम्बन्ध सुधारमा सहमत, भयो शान्ती सम्झौता

काठमाडौं । इजरायल र बहराइन बीच शान्ती सम्झौता भएको छ । उनीहरु एकअर्काबीच सम्बन्ध सुधारमा सहमत बनेका छन् । यो सम्झौताका लागि पहल भने अमेरिकाले गरेको हो । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिएका छन् । ट्रम्पले ट्वीटमार्फत एक महिनाको अवधिमा इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो मुलुक भएको उल्लेख गरेका छन् । एक… Continue reading इजरायल र बहराइन सम्बन्ध सुधारमा सहमत, भयो शान्ती सम्झौता

भक्तपुरमा एकै घरका तीन जना मृत फेला

भक्तपुर । भक्तपुरमा एकै घरका तीन जना सदस्य मृत फेला परेका छन् । उनीहरुको घरमा पालेको एउटा कुकुर समेत मृत अवस्थामा फेला परेका कारण यो घटना रहस्यमय रहेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरीका अनुसार अहिले अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको छ ।… Continue reading भक्तपुरमा एकै घरका तीन जना मृत फेला

गौतमबुद्ध विमानस्थलको भौतिक संरचना निर्माण पुरा, अब उपकरण जडान

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिकतर्फको निर्माणको काम सम्पन्न भएको छ । अब उपकरण जडानको काम बाँकि रहेको आयोजनाले जनाएको छ । आयोजनाको कुल प्रगति ९२.५ प्रतिशत पुगिसकेको छ । यो उपकरण जडानअन्तर्गतको काम हो । भैरहवा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार बाँकी काम भने चिनियाँ दक्ष तथा प्राविधिक रइन्जिनियर… Continue reading गौतमबुद्ध विमानस्थलको भौतिक संरचना निर्माण पुरा, अब उपकरण जडान

परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । असारको पहिलो सातादेखि सुरु भएको सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुक्रबार सकिएको छ । आन्तरिक विवादको कारण पटक पटक रोकिँदै आएको वैठक साढे दुई महिनापछि टुंगिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि नेकपाको आन्तरिक विवाद सुरु भएको थियो । शुक्रबार बसेको स्थायी कमिटी बैठक आजैबाट समाप्त… Continue reading परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ५ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष रहेका छन्… Continue reading थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

काठमाडौं‌ उपत्यकामा एकै दिन थपिए ६९६ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या १० हजार ७ सय ८ पुगेको छ। काठमाडौंमा ८ हजार ७ सय २६ ललितपुरमा १… Continue reading काठमाडौं‌ उपत्यकामा एकै दिन थपिए ६९६ संक्रमित

नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ७ सय १ जनाको पीसीआर परीक्षणमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ। पछिल्लो २४ घन्टामा थप… Continue reading नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

आज बस्दैछ नेकपा स्थायी कमिटि बैठक

काठमाडौं । असहमतिलाई टुंग्याउँदै आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक बस्ने भएको छ । यसअघि पटक पटक स्थगित हुँदै आएको बैठक अन्तिम समय साउन १३ गतेदेखि स्थगित भइरहेको छ । उक्त दिन स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि बैठक अवरुद्ध भएको थियो । प्रधानमन्त्रीले त्यसपछि बैठक बस्ने वातावरण सिर्जना… Continue reading आज बस्दैछ नेकपा स्थायी कमिटि बैठक

अमेरिकामा एक हजार चिनियाँ नागरिकको भिसा खारेज

काठमाडौं । अमेरिकी सरकारले १ हजार भन्दा बढी चिनियाँ नागरिकको भिसा खारेज गरिदिएको छ । ट्रम्प प्रशासनबाट चिनियाँ नागरिकको भिसा खारेज भएको विदेश मन्त्रालयले पुष्टी गरेको छ । बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच प्राप्त गरेके सूचनाका आधारमा चिनियाँ विद्यार्थी र अनुसन्धनकर्ताको भिसा रद्द गरिएको छ । अमेरिकामा चुनाव नजिकिएसँगै चुनावसँग सम्बन्धित… Continue reading अमेरिकामा एक हजार चिनियाँ नागरिकको भिसा खारेज

विद्यालयहरुले अनलाइन कक्षा संचालनको शूल्क लिन पाउने

काठमाडौं । अब निजी विद्यालयहरुले अनलाइन कक्षा संचालन गरेवापत शुल्क लिन पाउने भएका छन् । सरकारले यसका लागि कानूनी व्यवस्थाबाटै प्रावधान गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका छन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका ल्याउँदै मन्त्रालयले निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको दरमा शुल्क लिन… Continue reading विद्यालयहरुले अनलाइन कक्षा संचालनको शूल्क लिन पाउने

एक जिल्लाबाट अर्को जिल्ला जाँदा आफ्नै खर्चमा अनिवार्य १४ दिन क्वारेन्टिन

काठमाडौं । नेपालका एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै खर्चमा अनविार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो प्रावधान ल्याएको हो । सरकारले नाकामा कडाई गरी जिल्ला भित्रको जनजीवन सहज बनाउने रणनीति ल्याएको छ । सोहीअनुसार जिल्ला छाडेर जाने र प्रवेश गर्ने व्यक्तिलाई भने कडाई गर्न लागिएको हो… Continue reading एक जिल्लाबाट अर्को जिल्ला जाँदा आफ्नै खर्चमा अनिवार्य १४ दिन क्वारेन्टिन

नेपालमा कोरोना संक्रमित ५० हजार माथि, ७१ प्रतिशत निको

फाइलफोटो

काठमाडौं । नेपालका बिहीबार कोरोना भाइरसको अर्को रेकर्ड कायम भएको छ । १ हजार २४६ जनामा कोरोना पुष्टी भएको यस दिन नेपालमा कुल संक्रमितको संख्याले ५० हजारको नेटो काटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको… Continue reading नेपालमा कोरोना संक्रमित ५० हजार माथि, ७१ प्रतिशत निको