काठमाडौं । पछिल्लो डेढ महिनामा क्यानडाले तीन जना नेपाली समुदायका सदस्यलाई गुमाउन पुगेको छ । गत आइतबार राजधानी अटोवा निवासी मान्भी श्रीवास्तव विष्टको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । उनको घरमै लडेर ज्यान गएको हो । उनी ५० वर्षीया रहेको संघले जनाएको छ । यसअघि २७ अगस्तमा ओटवामा बस्ने जगन्नाथ र उर्मिला ओझाका… Continue reading क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु
Author: Vishwanews.com
पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो
गजुरी । पेट्रोलियम पदार्थ बोकेको एक ट्यांकर त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्गस्थित धादिङ आदमघाट खण्डबाट पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ। बिहान तीन बजे तिर नदीमा खसेको अनुमान प्रहरीले गरेको छ । दुर्घटनामा परेको ट्यांकरमा आगो लागेको छ । नदीको बीच भागमा पुगेको ट्यांकरमा आगो बलेको हो । ट्यांकरले… Continue reading पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्यो
युट्युव तथा सामाजिक संजाल बाट हुने आम्दानीलाई बैधता
काठमाडौं । सरकारले युट्युवसहित सामाजिक सञ्जालबाट हुने आम्दानीलाई वैधता दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब यस्तो रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सकिने भएको छ । यसअघि यस्तो रकम आइएमईबाट आउने गरिरहेको छ । राष्ट्र बैंकले ईकमर्स लगायत कारोबारवापत अनलाइन वित्तीय सेवामार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था समेत गरेको छ… Continue reading युट्युव तथा सामाजिक संजाल बाट हुने आम्दानीलाई बैधता
रानीपोखरीमा ३ करोड लिटर पानी हालिने
काठमाडौं । रानीपोखरी अब सामान्य अवस्थामा फर्कन थालिसकेको छ । भुकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएसँगै रानीपोखरी ५ वर्षपछि पुनः भरिन लागेको हो । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भर्न थालेको हो । विसं २०७२ सालको भूकम्पले क्षति गरेको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले… Continue reading रानीपोखरीमा ३ करोड लिटर पानी हालिने
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । एकै दिन ११ जना कोरोना संक्रमितको सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ । शनिवार ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौमा ७७ वर्षीया महिला… Continue reading नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो
नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य मन्त्रालयको अनुसार देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना परीक्षण गर्दा ४०८ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । एकैदिन १४४७ जना संक्रमणमुक्त भएका छन् । यो सहित… Continue reading नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि
थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो
काठमाडौं । नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय… Continue reading थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो
काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १सय ३८ पुगेको छ। काठमाडौंमा १२ हजार ४ सय ४४ ललितपुरमा १ हजार ४ सय २६ र… Continue reading काठमाडौं उपत्यकामा एकै दिन थपिए ८५९ कोरोना संक्रमित
नेपालमा अहिलेसम्मकै धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षणमा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा अहिलेसम्मकै धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो
डब्लूएफपीले भन्यो : विश्वभर ३० करोड मानिसमा भोकमरी छ
काठमाडौं । संयुक्त राष्ट्र संघीय खाद्य कार्यक्रम (डब्लुएफपी)ले संसारभर ३० करोड मानिस भोकमरीमा रहेको भन्दै सहयोगको अपिल गरेको छ । कार्यक्रमका प्रमुख प्रमुख डेभिड बेस्लेले संसारभर अर्बपतिसँग यस्तो सहयोगको अपिल गरेका हुन् । उनले अर्बपतिहरुसँग सहयोगको याचना गर्दै भोका व्यक्तिहरुका लागि सहयोग आवश्यक रहेको बताए । संयुक्त राष्ट्र सुरक्षा परिषदमा उनले भोका व्यक्तिलाई समयमै सहयोग… Continue reading डब्लूएफपीले भन्यो : विश्वभर ३० करोड मानिसमा भोकमरी छ
बंगलादेशबाट युरिया मल पैचौं ल्याउने औपचारिक निर्णय
काठमाडौं । सरकारले बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने निर्णयलाई औपचारिकता दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउन कृषि मन्त्रालयलाई सहमति दिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता गरी मल पैचौं मागेका थिए । प्रधानमन्त्रीको सहमतिसँगै मल ल्याउने बाटो खुलेको हो । अबको दुई महिना भित्र… Continue reading बंगलादेशबाट युरिया मल पैचौं ल्याउने औपचारिक निर्णय
आज जनकपुर आउँदै नेपाली रेल
काठमाडौं । नेपाल रेल्वेको नयाँ रेल आज जनकपुर आइपुग्ने भएको छ । नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर रुटमा चल्ने रेल बिहीवार साँझ जयनगरमा आइपुगेको थियो । जयनगरमै रोकिएको यो रेल शुक्रवार मध्यान्हसम्म जनकपुर स्टेशन ल्याइसक्ने योजना रहेको छ । नयाँ रेलको धेरैजसो डिब्बा प्लाष्टिकले छोपेर ल्याइएको छ । रेलको रंग भने नेपालको राष्ट्रिय झण्डा अंकित… Continue reading आज जनकपुर आउँदै नेपाली रेल
राष्ट्रियसभा सदस्यमा मनोनित गौतमले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराएका हुन् । उपाध्यक्ष गौतमलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति विद्या ण्डारीले गौतमलाई आज… Continue reading राष्ट्रियसभा सदस्यमा मनोनित गौतमले लिए पद तथा गोपनीयताको शपथ
कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन महिला र एक पुरुष गरि चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिला रहेका छन्… Continue reading कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५०७ ललितपुरका ६१ र भक्तपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार काठमाडौंमा १६४ महिला र ३४३ पुरुष, भक्तपुरमा २९ महिला र २१ पुरुष, ललितपुरमा ३१ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको… Continue reading काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिए
नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षणमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९… Continue reading नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बन्द रहेको सेवा आइतबारदेखि पुनः सञ्चालन
काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गरेको सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउने छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले एक सूचना जारी गर्दै दिनको २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी असोज ४ गतेबाट सेवा पुन सुचारु गर्न लागेको जानाकारी दिएको हो । यसको लागि कार्यलयले कुन दिन कुन महानगरका… Continue reading जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बन्द रहेको सेवा आइतबारदेखि पुनः सञ्चालन
यो वर्षको मनसुन अझै केही दिन लम्बिने
काठमाडौं । यो वर्षको मनसुन अझै केही दिन लम्बिने भएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुन सकिन एकसाता बाँकी रहेपनि अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले अझै केही दिन मनसुनको समय लम्बिने छ । मनसुन सकिने बेलामा पश्चिमतिरबाट पूर्वतिर हावा सर्नुपर्ने तर, अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले महाशाखाले जनाएको छ । मनसुन सामान्यतया… Continue reading यो वर्षको मनसुन अझै केही दिन लम्बिने
लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम
काठमाडौं । लकडाउनरनिषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन बिहीबारबाट सञ्चालनमा आएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु… Continue reading लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम
आधा मात्र यात्रु राखेर बिहीबारबाट चल्ने भयो चन्द्रागिरि केवलकार
काठमाडौं । चन्द्रागिति केवलकार बिहीबारबाट सूचारु हुने भएको छ । यो केवलकार ६ महिनादेखि बन्द थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले सबै गतिविधि बन्द गरेका कारण चन्द्रागिरि केबलकार समेत बन्द भएको हो । केवलकारमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) र स्वास्थ्य तथा… Continue reading आधा मात्र यात्रु राखेर बिहीबारबाट चल्ने भयो चन्द्रागिरि केवलकार
काठमाडौं उपत्यकाको निषेधाज्ञामा परिवर्तन, जोरबिजोर कायम
काठमाडौं । काठमाडौं उपत्यकाका जारी भएको निषेधाज्ञामा परिमार्जन गरिएको छ । स्थानीय प्रशासनले ३ भदौबाट निषेधाज्ञा थालेको थियो । यस्तो आदेश पुनः २४ भदौबाट ७ दिनका लागि हुने गरी तोकिएको थियो । एक साताअघि भने खुकुलो पारेको थियो । बुधबार रातिबाट यो समय समेत सकिदैछ । सोही सन्दर्भमा बुधबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला… Continue reading काठमाडौं उपत्यकाको निषेधाज्ञामा परिवर्तन, जोरबिजोर कायम
५० प्रतिशत यात्रु राखेर उडान गर्न नसक्ने एयरलाइन्स कम्पनीको अडान
काठमाडौं । सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान संचालन गर्न पाउने निर्णयको विरुद्धमा वायुसेवा संचालकहरु उभिएका छन् । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्दा भाडा बढाउनु पर्ने र भाडा बढाउँदा यात्रु जहाज चढ्न आउने अवस्था नभएको भन्दै वायुसेवा संचालकहरुले यो निर्णय मान्य नहुने निर्णय गरेका हुन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading ५० प्रतिशत यात्रु राखेर उडान गर्न नसक्ने एयरलाइन्स कम्पनीको अडान
‘कोरोना शंकास्पद व्यक्तिको मृत्युपछि शवबाट नमूना झिकेर परीक्षण नगर्न निर्देशन’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ‘इन्सिडेन्ट कमान्ड’ सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको जानकारी गराएका हुन्। तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । शवबाट नमूना निकाली… Continue reading ‘कोरोना शंकास्पद व्यक्तिको मृत्युपछि शवबाट नमूना झिकेर परीक्षण नगर्न निर्देशन’
थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ७१ र ७४ वर्षीया महिला रहेका छन् । त्यस्तै सुनसरीमा ७० वर्षीय पुरुष, सप्तरीमा ३५ वर्षीय पुरुष, बारामा ४६ वर्षीया महिला,… Continue reading थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो
काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ६५२, ललितपुरका ६० र भक्तपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ। काठमाडौंमा ११ हजार २ सय ३५ ललितपुरमा १ हजार… Continue reading काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिए
नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षणमा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५८… Continue reading नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ जना डिस्चार्ज
कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई अस्पताल भर्ना गरिएको छ । उनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा थिए । तर, ज्वरो बढेपछि उनलाई बुधबार बिहान काठमाडौंको ओम अस्पताल भर्ना गरिएको छ । उनको आइसीयूमा उपचार जारी रहेको अस्पतालले जनाएको छ ।… Continue reading कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ
काठमाडौं । मध्यपूर्वी क्षेत्रमा शान्ती स्थापनार्थ एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । संयूक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँग शान्ती सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको यो सम्झौतालाई राष्ट्रपति ट्रम्पले तारिफ गरेका छन् । यी तीन मुलुकबीच एक आपसमा सम्बन्ध सामान्य बनाउने गरी ऐतिहासिक सम्झौता भएको हो । सम्झौतापछि टुईटरमार्फत राष्ट्रपति… Continue reading अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ
हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली नेपाल प्रस्थान
काठमाडौं । सरकारले बहराइनका राजकुमार सहित १८ जनाको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको छ । उनीहरु आरोहणका लागि मंगलबार नेपाल प्रस्थान गरेका छन् । उनीहरुले नेपालमा लोबुचे र मनास्लु हिमाल आरोहण गर्दैछन् । उनीहरु मंगलबार राति नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनका नागरिक र… Continue reading हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली नेपाल प्रस्थान
नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु
काठमाडौं । नेपालमा आज बिहान ६ रेक्टरको ६ सेक्टर स्केलको ठूलो भूकम्प गएको छ । बिहान ५ः१९ बजेको समयमा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको शक्तिशाली धक्का काठमाडौं उपत्यकासहित यो आसपासका जिल्लामा महसुस भएको छ । बिहान सबेरै आएको भूकम्पपछि सबै मानिस घर बाहिर निस्किएका थिए… Continue reading नेपालमा ६ रेक्टर स्केलको ठूलो भूकम्प, सिन्धुपाल्चोक केन्द्रविन्दु