काठमाडौं । हिमालयन ट्राभल मार्ट बिहीबारदेखि काठमाडौंमा शुरु भएको छ । मार्टमा नेपालसहित ४१ देशका ७ सय पर्यटन व्यवसायी भेला भएका छन् । मार्टको तेस्रो संस्करण अहिले संचालन हुँदैछ । हिमालयन ट्राभल मार्ट सन् २०१७ देखि नेपालमा शुरु भएको हो । अन्तरदेशीय पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा मेला सहयोगी हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल… Continue reading शुरु भयो हिमालयन ट्राभल मार्ट, ४१ देशका पर्यटन व्यवसायी नेपालमा
Author: Vishwanews.com
संविधानसभा पदकमा सूर्य भएको भन्दै कांग्रेसको आपत्ति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँडेको संविधानसभा पदकमा सूर्य चिन्ह अंकति रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । गृह मन्त्रालयका अनुसार २०६४ र २०७० सालको संविधानसभाका सभासद्लाई यो पदक दिने निर्णय भएको थियो । गणतन्त्र दिवसको भोलीपल्ट अर्थातः जेठ १६ मा पदक बाँडियो । तर, यस पदकमा सूर्य चिन्ह अंकति रहेको भन्दै प्रमुख प्रतिपक्षी दल… Continue reading संविधानसभा पदकमा सूर्य भएको भन्दै कांग्रेसको आपत्ति
पशुपतिनाथको सम्पत्ति ९ किलो सुन र १ अर्ब ३० करोड नगद
काठमाडौं । भगवान पशुपतिनाथ मन्दिर विश्वभरका हिन्दु धर्मावलम्बीका ठूलो तीर्थस्थल हो । धार्मिक आस्थाका लागि भक्तजनले यस मन्दिरमा मन खोलेर दान गर्छन् । द्रब्य चढाउँछन् । सरकारले इतिहासमै पहिलोपटक पशुपतिनाथ मन्दिरको नाममा रहेको चल(अचल सम्पत्तीको विवरण बुधबार सार्वजनिक गरेको छ । पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दश महिना लामो अध्ययन… Continue reading पशुपतिनाथको सम्पत्ति ९ किलो सुन र १ अर्ब ३० करोड नगद
विश्वकपको पहिलो खेलमा भारतको प्रभावशाली जीत
काठमाडौं । रोहित शर्माले शतकीय इनिङ खेलेपछि विश्वकप क्रिकेट प्रतियोगितामा भारतले दक्षिण अफ्रिकामाथि ६ विकेटको प्रभावशाली जीत निकालेको छ । बुधबार राति भएको खेलमा भारतले विश्वकपको पहिलो खेलबाटै विजयी शुरुवात गरेको हो । २२८ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको भारतले ४७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । भारतका लागि प्रारम्भीक ब्याट्सम्यान… Continue reading विश्वकपको पहिलो खेलमा भारतको प्रभावशाली जीत
अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?
डेमोक्र्याटिक पार्टीको बहुमत रहेको अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले ‘ड्रिम याक्ट’का नाममा परिचित एक विधेयक पारित गरेको छ । आधिकारिक कागजपत्र बीना अमेरिकामा बसिरहेका आप्रवासीलाई नागरिकताको बाटो खुलाउन सक्ने यो विधेयकलाई निकै महत्वका साथ हेरिएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको माथिल्लो सदन, सिनेटबाट पारित नभएसम्म यो विधेयकले कानूनि मान्यता पाउँदैन… Continue reading अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?
१ साउनबाट निर्माण ठप्प पार्ने ठेकेदारको चेतावनी
काठमाडौं । ठेकेदारहरुले १ साउनदेखि सम्पूर्ण निर्माण ठप्प पार्ने निर्णय गरेका छन् नेपाल निर्माण व्यवसायी महासंघ बुधबार राजधानीमा राष्ट्रिय भेला आयोजना गरी आन्दोलन घोषणा गरेको हो । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का प्रावधानमा विमति राख्दै ठेकेदारहरु अहिले आन्दोलनमा छन् । निर्माण ठप्प पार्ने दिन १ साउन भन्दा अघि व्यवसायीले आफ्नो आफ्नो इजाजत पत्र… Continue reading १ साउनबाट निर्माण ठप्प पार्ने ठेकेदारको चेतावनी
नेपाल एयरलाइन्स तत्काल जापान नउड्ने
काठमाडौ । नेपाल वायुसेवा निगमको जापान उडानको तालीका तत्कालका लागि स्थगित भएको छ । निगमले यात्रु नपाएपछि जापान उडान सार्न लागेको हो । निगमले असार १९ गतेबाट जापानको ओशाकामा नियमित उडान गर्ने योजना बनाएको थियो । तर, बजारिकरणमा पर्याप्त ध्यान दिन नसकेपछि निगमले यात्रु पाएन । सोहीकारण जापान उडानको योजना स्थागित गरिएको निगमका अधिकारीहरु बताउँछन्… Continue reading नेपाल एयरलाइन्स तत्काल जापान नउड्ने
अब पाइपलाइनबाटै नेपालमा जानेछ पेट्रोलियम पदार्थ
काठमाडौं । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणको ९९ प्रतिशत काम सम्पन्न भएको छ । यससँगै अब नेपालमा पाइपलाइनबाटै पेट्रोलियम पदार्थ पुग्ने लगभग निश्चित भएको हो । नेपाल आयका निगमका अनुसार भौतिक संरचना निर्माणको काम सम्पन्न भएको छ । यसले परियोजनाको ९९ प्रतिशत कार्य प्रगति भइसकेको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका… Continue reading अब पाइपलाइनबाटै नेपालमा जानेछ पेट्रोलियम पदार्थ
मिङ्मा दोर्ची शेर्पाका नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
काठमाडौं । आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन् । शेर्पाले गत जेठ १३ मा ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको पायोनियर एडभेन्चरले जानकारी दिएको हो । शेर्पा संखुवासभाका स्थानीय हुन् । उनले सगरमाथा र ल्होत्से हिमालको सबैभन्दा… Continue reading मिङ्मा दोर्ची शेर्पाका नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
हराइरहेको भारतीय सैन्य जहाज अझै वेपत्ता
भारतमा सोमबारदेखि हराइरहेको यात्रुबाहक सैन्य जहाज अझै फेला परेको छैन । भारतीय सेनाका सबै संयन्त्रले जोजि जारी राखेपनि जहाज फेला नपरेको भारतीय संचारमाध्यमहरुमा उल्लेख छ । भारतीय नौसेनाको एएन ३२ जहाजमा ९ जना यात्रु सवार थिए । भारतको आसमबाट उडेको केही मिनेटमै जहाज बेपत्ता भएको थियो । यो जहाज भारतकै अरुणाञ्चल प्रदेशतर्फ उडेको थियो ।… Continue reading हराइरहेको भारतीय सैन्य जहाज अझै वेपत्ता
विश्वकपमा ठूला टीमसँग निरिह अफगानिस्तान, श्रीलंकाले हरायो
विश्वकप क्रिकेटमा नयाँ टोली अफगानिस्तान ठूला र बलिया टीमसामू निरिह देखिएको छ । मंगलबार राती भएको खेलमा श्रीलंकासँग हारेको श्रीलंकालाई यसअघि पहिलो खेलमा अष्ट्रेलियासँग हारेको थियो । कार्डिफस्थित सोफिया गार्डेनमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले हराएको हो । यी दुई टोलीको खेल हुँदै गर्दा पानी पर्यो । त्यसपछि ४१ ओभरमा खेल छोट्याइएको… Continue reading विश्वकपमा ठूला टीमसँग निरिह अफगानिस्तान, श्रीलंकाले हरायो
नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता
काठमाडौं । नेपाली प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आगामी साता बेलायत जाँदैछन् । बेलायतमा १७ वर्षपछि नेपाली प्रधानमन्त्री भ्रमणका लागि पुग्दैछन्। बेलायत र नेपालबीच २ सय वर्षभन्दा पुरानो सम्बन्ध रहेको छ । तर, यस बीचमा एक जना पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छैनन् । तर, बेलायती राजसंस्थाले भने नेपाललाई जहिले पनि माया गरेको छ… Continue reading नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता
त्रिभुवन विमानस्थलमा पहिलो पटक थपियो रिमोर्ट पार्किङ वे
काठमाडौं । सामान्यतया जहाजमा विस्फोटक पदार्थ भरिएको या जहाज अपहरणकारीले कब्जा गरेको अवस्थामा अन्य सामान्य पार्किङ स्थलभन्दा त्यस्ता जहाजलाई केही पर या छुट्टै राख्ने गरिन्छ । संसारभरका अन्तरराष्ट्रिय विमानस्थलमा यस्तो व्यवस्था हुन्छ । तर, नेपालमा भने थिएन। त्रिभुवन विमानस्थलमा अब भने रिमोर्ट पार्किङ वे संचालनमा आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माण गरिएको ठूला जहाज… Continue reading त्रिभुवन विमानस्थलमा पहिलो पटक थपियो रिमोर्ट पार्किङ वे
बुधबार सार्वजनिक बिदा
काठमाडौं । नेपाल सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्वीहरुको पर्व इद ऊल फित्रको अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । सरकारको यस निर्णयसँगै विदेशस्थित कूटनीतिक नियोगका कार्यालयसमेत बुधबार बन्द हुनेछन् । सरकारले बिदा कटौती गरेपनि इदका अवसरमा भने बिदा थपेको हो । पछिल्लो समय धेरै… Continue reading बुधबार सार्वजनिक बिदा
ऊर्जामा कुलमानको कमाल, एकै दिन तीन सवस्टेसन संचालन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबार एकै दिन तीन सवस्टेशन निर्माण सम्पन्न गरी संचालनमा ल्याएको छ । कुलमान घिसिङको सफल नेतृत्वमा प्राधिकरणले आफूलाई निरन्तर कार्यसम्पादन हुने संस्थाका रुपमा परिणत गरिरहेको छ । यसैक्रममा सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण सम्पन्न भएका ३३ / ११ केभी सवस्टेसन परीक्षण गरी संचालनमा ल्याइएको प्राधिकरणले जानकारी दिएको छ ।… Continue reading ऊर्जामा कुलमानको कमाल, एकै दिन तीन सवस्टेसन संचालन
साझा बसमा अब कार्डबाटै भुक्तानी
काठमाडौं । काठमाडौंमा गुड्ने साझा बस सेवाले क्रमशः नगद बोक्नुपर्ने झण्झटबाट यात्रुलाई मुक्त बनाउने बताएको छ । उपत्यकामा चल्ने साझाका सबै बसमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था मिलाइएको कम्पनील जानकारी दिएको छ । यद्दपी नेपालमा यात्रुले कार्डबाट भुक्तानी गर्ने प्रणाली नयाँ नै भएका कारण अपेक्षित सफलता भने हात नपरिरहेको कम्पनीको भनाई छ । साझा यातायातले… Continue reading साझा बसमा अब कार्डबाटै भुक्तानी
भूकम्पको अफवाह फैलाउने ज्योतिष पक्राउ
काठमाडौं । भूकम्प आउने ठोकुवा गर्दै यूट्यूव च्यानलमा प्रचार गर्ने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छछ । आफूलाई ज्योतिषी बताउने क्षेत्रीलाई प्रहरीले मंगरबार नियन्त्रणमा लिएको हो । उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्प आउने ठोकुवा गर्दै आएका थिए । उनको सम्बन्धमा विपदसम्बन्धी अफवाह फैलाएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी… Continue reading भूकम्पको अफवाह फैलाउने ज्योतिष पक्राउ
कमल थापाको प्रस्ताव, पूर्वराजादेखि विप्लवसहितको गोलमेच सम्मेलन
बुटवल । द्धन्द्धकालमा तत्कालिन नेकपा माओवादीले निकै प्राथमिकताका साथ उठाउने गरेको गोलमेच सम्मेलनलाई अब राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाउन थालेको छ । राप्रपा अध्यक्ष कमल थापाले मुलुक राजनीतिक संकटमा परेको दाबी गर्दै गोलमेच सम्मेलनको माग गरेका हुन् । सम्मेलनमा पूर्वराजादेखि विप्लव समूह समेत सहभागी गराउनु पर्ने उनको प्रस्ताव छ । अझ रोचक के छ भने विगतमा… Continue reading कमल थापाको प्रस्ताव, पूर्वराजादेखि विप्लवसहितको गोलमेच सम्मेलन
प्रधानमन्त्रीको विदेश आकर्षण, १५ महिनाभित्र ९ मुलुक, ११ भ्रमण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको १५ महिना मात्र भएको छ । तर, यसबीचमा उनले ७ मुलुकको औपचारिक भ्रमण गरिसकेका छन् भने आगामी जेठ २५ बाट थप तीन मुलुकको भ्रमणमा निस्कदैछन् । त्यसो त प्रधानमन्त्रीले भारतमा दोहोर्याएर भ्रमण गरिसकेका छन् । उनी जेठ १६ देखि दुई दिने भारत भ्रमण गरी नेपाल फर्किएका हुन्… Continue reading प्रधानमन्त्रीको विदेश आकर्षण, १५ महिनाभित्र ९ मुलुक, ११ भ्रमण
नेकपा शीर्ष नेताबीच आज छलफल, जिल्ला इन्चार्जको टुंगो लाग्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीचको छलफल सकारात्मक रहेसँगै मंगलबार शीर्ष तीन नेताबीच छलफल हुने भएको छ । नेकपा एकिकरणका दौरान जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको नाम टुंगो लगाउन सोमबार दुई नेताबीच छलफल भएको थियो । मंगलबार माधव नेपालसहित बैठक बसेर नाम टुंग्याउने तयारी नेकपाको रहेको छ । सोमबार अध्यक्षद्वय केपी… Continue reading नेकपा शीर्ष नेताबीच आज छलफल, जिल्ला इन्चार्जको टुंगो लाग्दै
महासंघको जम्बो टोली यूरोप प्रस्थान
काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको जम्बो टोली यूरोप भ्रमणमा निस्किएको छ । नेपाल र यूरोपेली राष्ट्र बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महासंघको व्यवसायिक प्रतिनिधीमण्डल यूरोप प्रस्थान गरेको महासंघले उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न यूरोप भ्रमणलाई लक्षित गरी महासंघको टोली यूरोप लागेको हो । महासंघका… Continue reading महासंघको जम्बो टोली यूरोप प्रस्थान
अमेरिकी राजदूत बेरीका गतिविधि कूटनीतिक मर्यादा विपरित : भीम रावल
काठमाडौं । सत्तारुढ दल नेकपाका नेता भीम रावलले अमेरिकी राजदुत र्याण्डी बेरीका गतिविधि कूटनीतिक मर्यादा विपरित रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै रावलले उनका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना समेत गरे । अमेरिकी राजदूत बेरीले ‘राजदुतसँग गफगाफ’ कार्यक्रम संचालन गरेपछि नेपालको उनको व्यापक आलोचना भइरहेको छ । राजदूतको यस्ता गतिविधि नियन्त्रण गर्न… Continue reading अमेरिकी राजदूत बेरीका गतिविधि कूटनीतिक मर्यादा विपरित : भीम रावल
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अवरोध गर्ने छुटे
काठमाडौं । चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अवरोध गर्ने व्यक्तिहरु सोमबार छुटेका छन् । उनीहरुलाई धुर्मुश सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुरक्षा गर्न लगाइएको तारबार भत्काएको आरोपमा पक्राउ गरिएको थियो । १८ जना पक्राउ परेकोमध्ये सोमबार मध्ये १४ जना मात्र छुटेका हुन् । उनीहरुलाई अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइएको… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अवरोध गर्ने छुटे
सेजमा लगानी आकर्षित गर्न पूर्वाधारमा जोड
काठमाडौं । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रअन्तर्गत सञ्चालनको तयारीमा रहेको ‘गार्मेन्ट प्रोसेसिङ् जोन(जीपीजेड)’मा थप पूर्वाधारको व्यवस्था भए मात्र उद्योग स्थापना गर्न सकिने सरोकारवाला उद्योगीले बताएका छन् । अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न बढी लगानी पर्ने भएकोले पूर्वाधार सुविधा बढाउनुपर्ने उनीहरुको माग छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन), इकोनोमिक पोलिसी इन्कुबेटर(इपीआई) र यूके एडले… Continue reading सेजमा लगानी आकर्षित गर्न पूर्वाधारमा जोड
यूरोपमा नेपालको सेल्स मिशन
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको प्रवद्र्धन गर्न यूरोपमा “नेपाल सेल्स मिशन यूरोप २०१९” सम्पन्न गरेको छ । बोर्डका अनुसार वारसामा मे २७ मा, भियानामा मे २९ र म्यूनिखमा मे ३१ मा यो कार्यक्रम सम्पन्न भएको छ । सेल्स मिशनमा दुई नेपाली ट्राभल कम्पनी द एक्सप्लोर नेपाल र इन्टरटु्र्स नेपालले भाग लिएका थिए । सेल्स… Continue reading यूरोपमा नेपालको सेल्स मिशन
नेपाल प्रवद्र्धन गर्न हिमालयन ट्राभल मार्ट
काठमाडौं । नेपाललाई हिमालय गन्तब्यको प्रवेशद्धारको रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ आयोजना हुने तेस्रो संस्करणको हिमालयन ट्राभल मार्ट बिहीबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा… Continue reading नेपाल प्रवद्र्धन गर्न हिमालयन ट्राभल मार्ट
चक्रपथमा प्रहरीले तोक्यो स्पीड लिमिट
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित विस्तारित चक्रपथमा अधिकतम गतिको सीमा तोकेको छ । यसैसाता सडक खण्डमा मोटरसाइकल स्कार्पीयो दूर्घटनामा गरी दुई पत्रकारले ज्यान गुमाएपछि सरकारले अधिकतम सीमा तोकेको हो । महाशाखाका अनुसार अब कलंकी कोटेश्वर सडक खण्डको मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा मात्र सवारी चलाउन पाइनेछ । सर्भिस लेनको अधिकतम सीमा… Continue reading चक्रपथमा प्रहरीले तोक्यो स्पीड लिमिट
सोलुखुम्बुमा विप्लव त्रास, सुरक्षा निकायमा आक्रमण गर्ने नीति नभएको विप्लव प्रवक्ताको स्पष्टिकरण
काठमाडौं । आइतबार राती सोलुखुम्बुको विकट गाउँमा सरकारद्धारा प्रतिवन्धित नेकपा विप्लव समुहले प्रहरी चौकी आक्रमण गरेको समाचारले दिनभर नेपालमा चर्चा पायो । विप्लवका कार्यक्रताले सोलुको महाकुलुङ गाउँपालिकास्थित छेक्कामा प्रहरी चौकि आक्रमणको प्रयास गरेको प्रहरी स्रोतको भनाई छ । आक्रमणको सूचना पाएलगत्तै उक्त प्रहरी चौकिका सुरक्षाकर्मी भने अन्यत्रै भागेको बताइएको छ । हतियारधारी समूह गाउँ पसेको… Continue reading सोलुखुम्बुमा विप्लव त्रास, सुरक्षा निकायमा आक्रमण गर्ने नीति नभएको विप्लव प्रवक्ताको स्पष्टिकरण
आजबाट नेकपाको सचिवालय बैठक शुरु, पूर्वसन्ध्यामा ओली र प्रचण्डबीच भेट
काठमाडौं । नेकपाका दुई अध्यक्षबीच सम्बन्ध चिसिएको हल्ला चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको नेकपा स्रोतले जानकारी दिएको छ । सोमबारदेखि नेकपाको सचिवालय बैठक बस्दैछ । त्यसको पूर्वसन्ध्यामा भएको दुई बीचको भेटले असहमति निवारणको प्रयास गरेको बताइएको छ… Continue reading आजबाट नेकपाको सचिवालय बैठक शुरु, पूर्वसन्ध्यामा ओली र प्रचण्डबीच भेट
नेपाल र चाइनिज ताइपेई मैत्रीपूर्ण फूटबल खेल्ने, मलेसियासँग पराजित
काठमाडौं । नेपाल र चाइनिज ताइपेईबीच आगामी ६ जुनमा मैत्रीपूर्ण फूटबल हुने भएको छ । अखिल नेपाल फूटबल संघ (एन्फा)का अनुसार फूटबल चाइनिज ताइपेईको घरेलु मैदानमा हुँदैछ । अहिले नेपालको आधिकारिक फूटबल प्रतियोगिता नभएका कारण मैत्रीपूर्ण फूटबल खेलिरहेको छ । यसैबीच मलेसियाले मैत्रिपूर्ण फूटबलमा नेपाललाई हराएको छ । आइतबार मलेसियाले घरेलु मैदानमा भएको खेलमा नेपाललाई… Continue reading नेपाल र चाइनिज ताइपेई मैत्रीपूर्ण फूटबल खेल्ने, मलेसियासँग पराजित