विश्वभरका समलिंगीहरुको आस्थाको केन्द्र स्टोन वाल मदिरालयको अस्तित्व संकटमा

न्युयोर्क न्युयोर्क म्यानह्याटनस्थित एक प्रतिकात्मक समलिंगी मदिरालय (मधुशाला) स्टोन वाल जँहाबाट ५१ बर्ष पहिले समलिंगी अधिकारको आन्दोलन सुरु भएको विश्वास गरिन्छ, आज त्यो मदिरालयको अस्तित्व संकटमा परेको छ । चर्चित पर्यटकीय क्षेत्र ग्रिनविच भिलेज क्षेत्रमा संचालित स्टोन वाल कोरोना महामारीको कारण खर्च अभाब भए पछि बन्द गर्नु पर्ने अवस्थामा पुगेको हो ।   महिनौं बन्द… Continue reading विश्वभरका समलिंगीहरुको आस्थाको केन्द्र स्टोन वाल मदिरालयको अस्तित्व संकटमा

लागुऔषध ओसार्ने प्रहरी निरिक्षक र खरिद-बिक्री गर्ने पूर्व पाइलट सहित पक्राऊ

काठमाडौं महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत पुलिस इन्सपेक्टर रुद्रबहादुर शाही लागूऔषध कारोवार गरेको आरोपमा पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले एक प्रहरी निरीक्षकको संलग्नता देखेपछि बिहीबार नियन्त्रणमा लिएको हो । गत बुधबारदेखि ब्युरोले लागू औषधसम्बन्धी अपरेसन थालेको प्रवक्ता तथा एसपी प्रविन धितालले जानकारी दिए । एसपी प्रबिन धिताल भन्छन्; “हामीले गत बुधबारदेखि केही सदस्य… Continue reading लागुऔषध ओसार्ने प्रहरी निरिक्षक र खरिद-बिक्री गर्ने पूर्व पाइलट सहित पक्राऊ

क्यालिफोर्नियाको वालमार्ट डिष्ट्रिब्युसन सेन्टरमा गोली चल्दा दुईको मृत्‍यु

शनिबार उत्तरी क्यालिफोर्नियाको एक सहरमा रहेको वालमार्ट डिष्ट्रिब्युसन  सेन्टरको कम्पाउण्ड भित्र गोली चल्दा दुई जनाको मृत्‍यु भएको छ भने चार जना घाईते भएका छन् । क्यालिफोर्नियाको रेड ब्लफमा रहेको वालमार्ट डिस्ट्रिब्युसन सेन्टरमा शनिबार दिउसो साँढे तीन बजे गोली चलेको हो । बन्धुकधारी कार लिएर डिस्ट्रिब्युसन सेन्टर प्रबेश गरी अन्धाधुन्द गोली चलाएका थिए । सन्धिग्द बन्धुकधारी माथि… Continue reading क्यालिफोर्नियाको वालमार्ट डिष्ट्रिब्युसन सेन्टरमा गोली चल्दा दुईको मृत्‍यु

न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो

न्युयोर्क अमेरिकाको दक्षिण पूर्वीय र पश्चिमी राज्यहरुमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गए पनि प्रारम्भमा महामारीको एपिसेन्टर बनेको न्युयोर्क राज्य भने संक्रमितको संख्यामा सुधारोन्मुख देखिएको छ । शनिबार न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले पछिल्ला दिनहरुमा जाँच गरिएका  ९९ प्रतिशत शंकास्पद संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएको बताएका छन् । शुक्रबार  न्युयोर्क राज्यमा जाँच गरिएका ७३ हजार… Continue reading न्युयोर्कमा कोरोना संक्रमण लगातार घट्दो; दक्षिण र पश्चिमी राज्यहरुमा भने बढ्दो

टेक्सासको एक सहरमा ‘पोङ्फेस्ट’ पार्टी मनाउँदा ठुलो संख्यामा कोरोना संक्रमित भएको आशँका

टेक्सास अमेरिकाको टेक्सास राज्यमा आयोजित एक भोजमा सहभागी ३ सय जना किशोर किशोरीमा कोरोना संक्रमण सरेको आशंकामा उनिहरुलाई अलग्गै (आईसोलेसन) मा बस्न भनिएको छ । टेक्सास अस्टिनस्थित जन स्वास्थ सरोकार राख्ने एक निकाय र लेक वे सिटीले सयौंको संख्यामा भोज मनाएका सबै युवा युवती कोरोना संक्रमितको संसर्गमा आएका कारण सहभागी सबैलाई आईसोलेसनमा बस्न भनिएको हो… Continue reading टेक्सासको एक सहरमा ‘पोङ्फेस्ट’ पार्टी मनाउँदा ठुलो संख्यामा कोरोना संक्रमित भएको आशँका

अमेरिकामा ह्याण्ड सेनिटाईजर पिउँदा तीनको मृत्‍यु चार घाईते

अमेरिकाको न्यु-मेक्सिको राज्यमा भाईरस निस्कृय पार्न प्रयोग गरिने सेनिटाईजर खाँदा ३ जनाको मृत्‍यु र एक जना सदाका लागि अन्धो भएका छन् । न्यु मेक्सिकोस्थित डिपार्टमेन्ट अफ हेल्थका अनुसार अन्य तीन जना पनि अति सम्वेदनसिल अवस्थामा उपचारत छन् । डिपार्टमेन्टका अनुसार ती ७ जनाले नै मिथानोल भएको सेनिटाईजर खाएका थिए । ह्यान्ड सेनिटाईजर खाएका कारण दुर्घटना… Continue reading अमेरिकामा ह्याण्ड सेनिटाईजर पिउँदा तीनको मृत्‍यु चार घाईते

सेनिटाईजर प्रयोग गर्दा होस् गर्नुस्; नौ प्रकारका सेनिटाईजर प्रतिबन्दित

कोरोनाको महामारी छ । भाईरस सर्ने हो कि भन्ने त्रास छ । जति बेला पनि हात धुन सम्भव छैन । ह्याण्ड सेनिटाईजर बोकेर हिंड्नु पर्दछ तर त्यही सेनिटाईजर पनि गुणस्तर हिन भयो भने सेनिटाईजर बोकेको फलदायी हुँदैन । त्यसैले सेनिटाईजरको गुणस्तर बिचार  गरेर मात्र प्रयोग गर्दा उदेश्य पुरा हुने गर्दछ ।  अमेरिकास्थित उपभोग्य सामग्रीको जाँच… Continue reading सेनिटाईजर प्रयोग गर्दा होस् गर्नुस्; नौ प्रकारका सेनिटाईजर प्रतिबन्दित

सिमा सुरक्षाकर्मीलाई छलेर भाग्न खोज्दा ७ जनाको मृत्‍यु

टेक्सास एल पासोस्थित एक किशोर सिमा सुरक्षाकर्मीबाट भाग्ने क्रममा कार दुर्घटनामा परि आफु सहित ७ जनाको मृत्‍यु भएको छ ।  १८ बर्षीय किशोरले प्रहरीसँग भाग्ने क्रममा  बिहान २ बजेर १५ मिनेट जाँदा लामो ट्रेलरमा ठोकेर दुर्घटना गरेका थिए । एल पासो प्रहरी रोबर्ट गोमेजका अनुसार जब १८ बर्षीय युवकले कार दुर्घटना गरे, त्यति बेला कारमा… Continue reading सिमा सुरक्षाकर्मीलाई छलेर भाग्न खोज्दा ७ जनाको मृत्‍यु

‘आई लभ न्युयोर्क’ लोगोका परिकल्पनाकार मिल्टनको मृत्‍यु

न्युयोर्क अमेरिकाकै पर्यटकीय र आर्थिक नगरी न्युयोर्कलाई प्रतिनिधित्व गर्दै आएको ‘आई लभ न्युयोर्क’ रेखा चित्र (लोगो) का परिकल्पनाकार मिल्टन ग्लासरको ९१ बर्षको उमेरमा मृत्‍यु भएको छ । मिल्टनले परिकल्पना गरेको रातो रङको पानको आकारलाई बिचमा राखेर ‘आई लभ न्युयोर्क’ लेखेको लोगोलाई अमेरिकामा पर्यटकीय लोगो मान्ने गरिन्छ ।  मृगौला फेल भएर उपचारको क्रममा रहेका ९१ वर्षीय… Continue reading ‘आई लभ न्युयोर्क’ लोगोका परिकल्पनाकार मिल्टनको मृत्‍यु

अमेरिकाको तल्लो सदनबाट वासिङ्टन डिसिलाई ५१ औं राज्य बनाउने प्रस्ताव बहुमतले पास

अमेरिकाको महत्वपूर्ण तर ५० वटै राज्य भित्र नपरेको देश कै राजधानी वासिङ्टन डिसिलाई अब ५१ औं राज्य बनाउने बहस अमेरिकामा सुरु भएको छ । अमेरिकाको राजधानी वासिङ्टन डिसिलाई ५१ औं राज्य बनाउने बिधेयक आज शुक्रबार डेमोक्र्याट पार्टी नियन्त्रित तल्लो सदनबाट पास भएको छ । डिसीलाई ५१ औं राज्य बनाउने  बिधेयक डिसीस्थित मतदानको अधिकार नभएका सभासद… Continue reading अमेरिकाको तल्लो सदनबाट वासिङ्टन डिसिलाई ५१ औं राज्य बनाउने प्रस्ताव बहुमतले पास

कोरोना लगातार बढेपछि टेक्सास र फ्लोरिडाका मदिरा बारहरु पुन: बन्द गरियो; एरिजोनामा स्टे होम अर्डर

अमेरिकाको टेक्सास र फ्लोरिडा राज्यमा संक्रमितको संख्यामा र अस्पताल भर्ना हुनेको संख्यामा नाटकीय बृद्धि भएपछि ३ महिना भित्र पुन: दोश्रो पटक मदिराका बारहरु बन्द गरिने भएको छ भने एरिजोना राज्यबासीलाई ‘स्टे एट होम’ आदेश गरिएको छ । टेक्सास गभर्नर ग्रेग एबोटले टेक्सासका मदिरा बारहरुलाई शुक्रबार दिउँसोबाट बन्द गर्न आदेश गरेका छन् । फ्लोरिडामा भने डिपार्टमेण्ट… Continue reading कोरोना लगातार बढेपछि टेक्सास र फ्लोरिडाका मदिरा बारहरु पुन: बन्द गरियो; एरिजोनामा स्टे होम अर्डर

मेयर ब्लाजियोले राष्ट्रपति ट्रम्पकै निवास अगाडि पोत्ने भए ‘ब्ल्याक लाइफ म्याटर’; ट्रम्प असन्तुष्ट

न्युयोर्क न्युयोर्कको म्यानह्याटनस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नै स्वामित्वको भवन अगाडिको बाटोमा ठुलो अक्षरमा ‘ब्ल्याक लाईफ म्याटर’ पेन्ट गर्ने मेयर बिल दि ब्लाजियोको योजनामा राष्ट्रपति ट्रम्पले असन्तुष्टी जनाएका छन् । मेयर ब्लाजियोले ट्रम्प भवन अगाडिको फिफ्थ एभेन्युमा ब्ल्याक लाईफ म्याटर पेन्ट गर्ने घोषणा जुन महिनाको सुरुवातमा नै गरेका थिए भने राष्ट्रपति ट्रम्पले बिहीवार ट्विटर मार्फत असन्तुष्टी… Continue reading मेयर ब्लाजियोले राष्ट्रपति ट्रम्पकै निवास अगाडि पोत्ने भए ‘ब्ल्याक लाइफ म्याटर’; ट्रम्प असन्तुष्ट

राष्ट्रपति ट्रम्पका चुनाव प्रचार समितिका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखियो

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता ओक्लोहामामा आयोजना गरेको चुनावी सभा ब्यबस्थापनका सबै कर्मचारीलाई क्वारेन्टिनमा बस्न भनिएको छ । उक्त चुनावी सभा ब्यबस्थापनका अन्य ८ जना कर्मचारीमा  कोरोना संक्रमण देखिए पछि बाँकी सबै कर्मचारीलाई घर मै ‘क्वारेन्टिन’ मा बस्न भनिएको हो । ट्रम्पको चुनाव प्रचार प्रसार समितिले समुदायका मानिसहरुमा संक्रमण नफैलियोस भनेर समितिले नै अन्य सदश्यलाई… Continue reading राष्ट्रपति ट्रम्पका चुनाव प्रचार समितिका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखियो

जन्मदिन मनाउँदा एकै परिवारका १८ जना संक्रमित

न्युयोर्क अमेरिकाको टेक्सस राज्यको एक परिवारमा आयोजित ‘बर्थ डे’ पार्टी पछि एकै परिवारका १८ जना नातेदार कोरोना संक्रमित भएका छन्  । पार्टी गत महिना उत्तरी टेक्ससको क्यारेल्टिनस्थित एक घरमा आयोजना गरिएको थियो । पार्टीमा सहभागी भएका एक बृद्ध दम्पत्ती र एक महिला जो ब्रेस्ट क्यान्सरसँग लडिरहेकी थिईन ती तीन जना अहिले अस्पतालमा कोरोनासँग संघर्ष गरी… Continue reading जन्मदिन मनाउँदा एकै परिवारका १८ जना संक्रमित

अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

न्युयोर्क अमेरिकामा अधिकारिक रुपमा बाहिर आएको कोरोना संक्रमितको संख्या भन्दा १० गुणा बढी मानिस संक्रमित भएको हुन सक्ने कुरा सिडिसि (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) ले जनाएको छ । सिडिसिको नयाँ अनुमान अनुसार अमेरिकामा बास्तबिक कोरोना संक्रमितको संख्या दुई करोड माथि  हुन सक्ने बताईएको हो । सिडिसिका डाईरेक्टर डक्टर रोबर्ट रेडफिल्डले पत्रकारहरुसँगको फोन बार्तामा भनेका छन्; “हाम्रो सबैभन्दा… Continue reading अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

एजेन्सी ल्याटिन अमेरिका र करेबियन देशहरुमा गरेर मंगलबार कोरोनाबाट मृत्‍यु हुनेको संख्या १ लाख कटि सकेको छ । मृतकको त्यति ठुलो संख्या मध्ये आधा भन्दा धेरै ब्राजिलबाट भएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपिले जनाएको छ ।   त्यो क्षेत्रमा महामारी फैलदै जाँदा अहिले ल्याटिन अमेरिका र करेवियन देशहरुमा गरेर २१ लाख संक्रमित भएका छन् । त्यसमा… Continue reading ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

भारतले संक्रमितको संख्यामा रेकर्ड राख्यो; राजधानीका सबै घरमा गएर स्वास्थ जाँच गरिने घोषणा

नयाँ दिल्ली  भारतमा पनि बिहीवार कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।  भारतमा बुधबार एकै दिन १६ हजार ९ सय २२ संक्रमित भेटिए । यो संख्या एकै दिन भेटिएका संक्रमितको सबैभन्दा उच्च हो । भारतमा बिहीवारसम्म ४ लाख ७३ हजार १ सय जना कोरोना संक्रमित भै सकेका छन् ।  केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार… Continue reading भारतले संक्रमितको संख्यामा रेकर्ड राख्यो; राजधानीका सबै घरमा गएर स्वास्थ जाँच गरिने घोषणा

खुल्यो आईफल टावर

एजेन्सी बिगत तीन महिनादेखि बन्द रहेको आईफल टावर खुलेको छ । कोरोनाभाइरसको संक्रमणका कारण टावर क्षेत्र तीन महिनाभन्दा अघि बन्द गरिएको थियो। टावर खुल्ला गरिए पनि कोरोना महामारी भन्दा अगाडिको जस्तो पूर्ण सहज ढंगले भने टावर खोलिएको होईन ।   अहिले राजधानी पेरिस सहित आईफल टावर क्षेत्रलाई सीमित रूपमा सञ्चालनमा ल्याइएको छ। त्यहाँ मानिसको संख्यालाई… Continue reading खुल्यो आईफल टावर

क्यालिफोर्नियामा भुकम्पको ठुलो धक्का

क्यालिफोर्निया मध्य क्यलिफोर्नियामा बुधबार ५ दशमलब ८ म्याग्निच्युडको भुकम्प गएको छ । यु एस जियोलोगिकल सर्भेका अनुसार केन्द्र बिन्दु रिजक्रेस्टबाट ६० माईल्स उत्तर पश्चिमको ओएन्स भ्याली क्षेत्रमा परेको भुकम्पको  धक्का बिहान १० बजेर ४० मिनेट जाँदा महसुस गरिएको थियो ।  भुकम्पको केन्द्र बिन्दुबाट झन्डै २४० माईल्स टाढाको सेक्रेमेन्टोसम्म धक्का महसुस गरिएको थियो । ५ दशमलब… Continue reading क्यालिफोर्नियामा भुकम्पको ठुलो धक्का

कोरोना संक्रमणमा अमेरिकामा नयाँ रेकर्ड; एकै दिन ३६ हजार ३ सय ५८ संक्रमित

न्युयोर्क अमेरिकामा आज बुधबार आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । बुधबार मात्र अमेरिकामा ३६ हजार ३ सय ५८ संक्रमित भेटिए । यो संख्या गत अप्रिल २६ तारिख एकै दिन भेटिएका ३६ हजार २ सय ८५ संक्रमितलाई उछिने पछि अमेरिकामा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य बिज्ञहरुले अमेरिकाको दक्षिण र… Continue reading कोरोना संक्रमणमा अमेरिकामा नयाँ रेकर्ड; एकै दिन ३६ हजार ३ सय ५८ संक्रमित

कोरोनाको रिपोर्टिङ गरेपछि चीनमा पत्रकार बेपत्ता हुँदै; कोरोनाको भिडियो राख्दा महिला पक्राऊ

एजेन्सी चीनको उहानमा बसेर कोरोना भाईरस नियन्त्रणमा सरकारको फितलो प्रयास देखिने भिडियो सोसल मिडियामा राखेका कारण एक महिला नागरिक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ३७ बर्षीया कानून ब्यबसायी झाङ झानले गत फेब्रुअरीमा कोरोना महामारीको समयमा चीनबाट ‘लाइभ स्ट्रिमिङ’ गर्दै सरकारले कोरोना नियन्त्रणमा गरेको फितलो प्रयासको पाटो देखाएकी थिईन् । उनलाई संघाईबाट गत शुक्रबार नियन्त्रणमा… Continue reading कोरोनाको रिपोर्टिङ गरेपछि चीनमा पत्रकार बेपत्ता हुँदै; कोरोनाको भिडियो राख्दा महिला पक्राऊ

न्युजर्सीस्थित पटेल परिवारका तिनै जना आफ्नै स्विमिङ पुलमा मृत फेला परे

एजेन्सी अमेरिकाको न्युजर्सी राज्यको इष्ट ब्रन्सविकस्थित एक प्राईभेट घरको करेसा (ब्याक यार्ड) को स्विमिङ पुलमा एक नाबालक सहित तीन जना मृत फेला परेका छँन् । पटेल थर भएका एकै परिवारको घरमा घटेको उक्त घटनामा ८ बर्षीया बालिका ३२ बर्षीया आमा निषा पटेल र ६२ बर्षीय नातेदार भरत पटेल सोमबार अन्दाजी ४ बजे दिउँसो  स्विमिङ पुलमा… Continue reading न्युजर्सीस्थित पटेल परिवारका तिनै जना आफ्नै स्विमिङ पुलमा मृत फेला परे

ओकासा – कोर्टेज भारी मतान्तरले डेमोक्र्याटिक पार्टीबाट पुन: निर्वाचित

न्युयोर्क      डेमोक्र्याटिक पार्टीकी न्युयोर्क राज्य सभासद अलेक्जेन्ड्रीया ओकासा – कोर्टेजले मंगलवार भएको निर्वाचनमा भारी मतान्तरमा जित हासिल गरेकी छिंन् । न्युयोर्क राज्यको डिस्ट्रिक १४ बाट अमेरिकी कङ्रेसको तल्लो सदनमा प्रतिनिधित्वको लागि मंगलवार भएको डेमोक्र्याटिक पार्टीको आन्तरिक निर्वाचनमा उनले ५३ वर्षीय पूर्व टेलिभिजन होस्ट मिसेल क्रुसो कब्रेरालाई ७० प्रतिशत मतान्तरमा जित हासिल गरेकी हुन्… Continue reading ओकासा – कोर्टेज भारी मतान्तरले डेमोक्र्याटिक पार्टीबाट पुन: निर्वाचित

मेक्सिकोमा मंगलवार शक्तिशाली भुकम्प

एजेन्सी दक्षिण तथा मध्य मेक्सिकोमा मंगलवार बिहान शक्तिशाली भुकम्प गएको छ ।  अमेरिकी भूगर्भ केन्द्रका अनुसार मंगलवार स्थानीय समय बिहान १० बजेर २९ मिनेट जाँदा भुकम्पको ठुलो धक्का महसुस गरिएको हो । ७ दशमलब ४ रेक्टर स्केलको भुकम्पको केन्द्र बिन्दु ओहाका राज्य भएको भुगर्भ केन्द्रले नजाएको छ । समाचार श्रोतका अनुसार क्रुसेसिता क्षेत्रका केही भवनहरु… Continue reading मेक्सिकोमा मंगलवार शक्तिशाली भुकम्प

गायक सुरजको राष्ट्रिय भावको गीत तथा भिडियो सार्वजनिक

काठमाडौं बिगत ३ दशकदेखि नेपाली गीत – संगीतमा समर्पित गायक सुरज कुमार थापाको नयाँ म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । ‘चिनारी’ एल्बममा समाबिष्ट गीत “हामी कमजोर हैनौ केले यो हाल गरायो? यो शान्तिको फूलबारी आँधी कताबाट आयो ?” का रचना तथा संगीत कम्पोज विश्वनाथ प्रेम ‘बराल’ ले गरेका हुन् भने संगीत एरेन्जमेण्ट नोर्बु… Continue reading गायक सुरजको राष्ट्रिय भावको गीत तथा भिडियो सार्वजनिक

केही हप्ता भित्रै दोश्रो चरणको राहत रकम आउँछ; राष्ट्रपति ट्रम्प (भिडियो सहित)

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीका कारण अमेरिकी अर्थतन्त्र लगातार लर्बराए पछि दोश्रो पटक पनि ‘स्टिमुलस पेमेन्ट’ बितरण गरिने संकेत गरेका छन् । ट्रम्पले सोमबार एक टेलिभिजन अन्तर्वातामा अर्को पटक पनि स्टिमुलस पेमेन्ट पठाउने बारेमा भनेका हुन् । अन्तर्वार्ताकारले कोरोना महामारी पछि फ्लोरिडा, ओहायो, विस्कन्सिन, मिचिगन राज्यहरु आर्थिकरुपमा संघर्ष गरी रहेको र पहिलो चरणमा पठाएको… Continue reading केही हप्ता भित्रै दोश्रो चरणको राहत रकम आउँछ; राष्ट्रपति ट्रम्प (भिडियो सहित)

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १ लाख २० हजार; एरिजोना, टेक्सस र फ्लोरिडामा संक्रमित बढ्दो

न्युयोर्क अमेरिकाका सबै राज्यमा अर्थतन्त्र खुल्ला गरिएसंगै एरिजोना, टेक्सस र फ्लोरिडा राज्यमा भने संक्रमितको संख्या लगातार उकालो लाग्न थालेको छ । यद्यपी मृतकको संख्या भने ती राज्यहरुमा पनि निरन्तर ओरालो लाग्दै गएको छ । स्वास्थ बिज्ञहरुले अहिले संक्रमित संख्या बढेर मृतकको संख्या घटेका फ्लोरिडा, एरिजोना र टेक्सस राज्यहरुमा पुन:  मृतकको संख्यामा बृद्धि हुन सक्ने चेतावनी… Continue reading अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १ लाख २० हजार; एरिजोना, टेक्सस र फ्लोरिडामा संक्रमित बढ्दो

नर्थ क्यारोलाइनास्थित एक पार्टीमा गोली चल्दा दुईको मृत्‍यु १२ घाईते

अमेरिकाको नर्थ क्यारोलाइनास्थित एक ब्लक पार्टीमा गोली चल्दा २ जनाको मृत्‍यु १२ जना घाईते भएका छन् । नर्थ क्यारोलाइना प्रहरीका अनुसार घटना सोमबार बिहान घटेको हो । केही ब्यक्तिहरुले भिडमा दर्जनौं गोली चलाएको सार्लेट मेक्लेनबर्ग पुलिस डिपार्टमेन्टको बिज्ञप्तीमा जनाईएको छ ।  घटनाको बारेमा स्थानीय प्रहरीले सोमबार बिहान साँढे बाह्र बजे फोनबाट जानकारी प्राप्त गर्दा गोली… Continue reading नर्थ क्यारोलाइनास्थित एक पार्टीमा गोली चल्दा दुईको मृत्‍यु १२ घाईते

अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रका ६ सहर कोरोना संक्रमणको रेड जोन

मेलबर्न दक्षिणपूर्वी अष्ट्रेलियाको भिक्टोरियामा  अकस्मात कोरोना संक्रमितको संख्या बढन थाले पछि त्यस राज्यका ६ वटा परिषद क्षेत्रलाई खतराको सुचीमा राखेर आवत जावतमा कडाई गर्न थालिएको छ । कोरोना संक्रमित बढेका ती ६ वटा क्षेत्र हुमे क्यासी, ब्रिमब्यांक, मोरल्याण्ड, कार्डिनिया र डरिबिन सबै मेलबर्न सहर भित्र छन् । अधिकारिहरुले ती ६ वटा परिषद क्षेत्रबाट टाढै रहन… Continue reading अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रका ६ सहर कोरोना संक्रमणको रेड जोन

एन आर एन नागरिकताको ढोका खुल्यो तर लिखित प्रतिवद्धता-पत्रको प्रावधान राखियो

काठमाडौं नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार गैर-आवासीय नेपाली नागरिकता लिनका लागि लिखित प्रतिवद्धतापत्रको व्यवस्था गरिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिखित प्रतिवद्धताको प्रावधानसहित समितिबाट बहुमतले नेपाल नागरिकता ऐन, २०६३ लाई  संशोधन गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । यो विधेयक चालु अधिवेशनबाटै पारित गर्ने नेकपाको तयारी छ ।  सदनबाट… Continue reading एन आर एन नागरिकताको ढोका खुल्यो तर लिखित प्रतिवद्धता-पत्रको प्रावधान राखियो