Author: Vishwanews.com

  • कर्ण शाक्यसँग नेवा: नख: को न्युयोर्कमा अन्तरकृया

    कर्ण शाक्यसँग नेवा: नख: को न्युयोर्कमा अन्तरकृया

    न्यूयोर्क   

    नेवा: नख: न्युयोर्कको आयोजनामा न्यूयोर्क क्वीन्सस्थित सत्यनारायण मन्दिरमा कर्ण शाक्यसँग अन्तरक्रिया सम्पन भएको छ । गत जुन ३० तारिख अाईतबारका दिन सम्पन्न अन्तर्कृया कार्यक्रममा न्युयोर्क र न्यूजर्सी लगायतका शहरबाट नेपाली अमेरिकन समाजका बुद्धिजीबी, समाजसेवी, पत्रकार, बिभिन्न संघ-संस्थाका प्रतिनिधी तथा अन्य महिलाहरुको उल्लेख्य सहभगिता रहेको थियो ।  

    कार्यक्रमका प्रमुख अतिथि श्री कर्ण शाक्यले सकारात्मक सोच किन र सकारात्मक सोचले के कसरी ब्यक्ति, समुदाय तथा राष्ट्रको बिकासमा सहयोग पुर्याउँदछ भन्ने प्रष्ट पारेका थिए । शाक्यले आफुले सकारात्मक सोचको अभ्यास अनुरूप आफ्नो निजी जीबन, समुदाय तथा राष्ट्रलाई के कस्तो सेवा र टेवा पुर्यायो भन्ने समेत चर्चा गरेका थिए भने अमेरिकामा पनि सकारात्मक सोच समूह गठन गर्न कार्यक्रमबाट श्रोताहरूलाई आग्रह गरे । 

    अन्तरक्रिया कार्यक्रममा लेखक राजन थपलिया, सम्प्रेषणका शैलेस श्रेष्ठ, रेडियो जर्नलिष्ट हरीशरण लामीछाने, सामाजिक अभियन्ता सुर्य लम्साल, डा. कमल पाण्डे, डा.गोबिन्द कोईराला, आनन्द श्रेष्ठ, फिप्ना महिला संघका अध्यक्ष संगिनी रानामगर, बिशाल बिक्रम शाह, बिष्णु सिं बैजु, रविन बज्राचार्य, श्रुती अमात्य (प्रधान) लगायतले प्रश्नहरु राखेका थिए ।  

    नख:का अध्यक्ष श्री बिष्णुमान प्रधानको  सभापतित्वमा सम्पन्न कार्यक्रममा नख:का उपाध्यक्ष श्री महेन्द्र वीर बज्राचार्यले प्रमुख अतिथि तथा उपस्थित सहभागीहरूले स्वागत गरेका थिए । नख:का सल्लाहकार अजय छोचूंले प्रमुख अतिथि कर्ण शाक्यको परिचय गराएको कार्यक्रममा न्युयोर्कस्थित वाणिज्य दुत कृशु क्षेत्रीले आफु “सोच” पुस्तकबाट आफु निकै प्रभावित भएको बताएका थिए ।  

    प्रमुख अतिथि कर्ण शाक्यलाई नख:का अध्यक्ष श्री बिष्णुमान प्रधानले खादा लगाएर स्वागत गरेका थिए भने सचिव संगिता मुखिया छोचूंद्वारा फूलको गुच्छा दिई शाक्यको स्वागत गरिएको थियो ।

  • नाईजेरियामा ट्यांकर बिस्फोट हुँदा ५० को ज्यान गयो

    नाईजेरियामा ट्यांकर बिस्फोट हुँदा ५० को ज्यान गयो

    न्युयोर्क   

    नाइजेरियामा ईन्धन बोकेको एक ट्यांकर बिस्फोट हुँदा ५० जनाको ज्यान गएको छ भने १०१ जना घाईते भएका छन् । ईन्धनले भरिएको ट्रकले सडकमा भएको खाडल छल्न खोज्दा ट्यांकर पल्टिएर बिस्फोट भएको हो । घटना बेनुई राज्यको अंबुही गाँऊमा सोमबार दिंउसो घटेको हो ।पल्टिएको ट्यांकरबाट पोखिएको ईन्धन उठाएर लैजान भिड जम्मा भएको समयमा ट्यांकर बिस्फोट भएको कारण थुप्रै मानवीय क्षति भएको समाचार एजेन्सीहरुले जनाएका छन्न् । बिस्फोटनबाट नजिकैका घर तथा पसलहरु समेत जलेर नष्ट भएका छन् ।  

    ईन्धन बोकेको ट्यांकर बिस्फोटको घटना नाईजेरियामा यो पहिलो होईन । गत जुन महिनामा लागोस् शहरमा ट्यांकर बिस्फोट हुँदा १० जनाको मृत्‍यु  भएको थियो भने सन् २०१५ मा अनाम्रा राज्यमा भएको ट्यांकर बिस्फोटमा ६० जनाको ज्यान गएको थियो ।  

    समाचार श्रोत : सि एन एन

  • स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा

    स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा

    समृद्धिकाे अपेक्षामा नेपाली जनताले राजनीतिक परिवर्तनका लागि लामो समयदेखि बलिदानी गर्दै आइरहेका छन् । जाे अझै पनि जारी नै छ । पटक पटककाे बलिदानी संघर्षले राजनीतिक परिवर्तन पनि भयाे । तर जनअपेक्षित निकास भने पाउन सकिएकाे छैन । पछिल्ला राजनीतिक घटनाक्रमहरुलाई मनन् गर्दा देशलाई अघि बढाउन हैन पछि हटाउन माहाेल बनाइदै गरे झैं देखिन्छ ।

    राजनीति गर्नेहरु यति बेला आफुलाई राजनेता साबित गर्ने निकै ठुलाे अवसर पाँउदा पाँउदै पनि चुकिरहेका छन् । देशमा राजनीति गतिलाे नभई दिदा निरासा र बेतिथी दुबाे झैं माैलाउदै छ भने इमान्दारिता र नैतिकता रेबीज राेग लागे झै बाैलाउदै छ । जबसम्म राजनीति ठिक हुदैन, तबसम्म सुशासन र समृद्धिकाे परिकल्पना केबल दिवा सपना मात्र साबित हुन्छ । नेपाली राजनीतिमा देशले बेला बखत महापुरुषहरु नपाएकाे त हैन तर  राजनितिक काेर्श पुरा नहुदै उनिहरुकाे जीवन यात्रा टुंगिएका कारण राजनीति पनि बिचैमा अलपत्र परेकाे जग जाहेर नै छ । यति बेला सबैलाई एकताकाे शुत्रमा बाँधेर अघि बढ्ने क्षमता भएकाे नेतृत्वकाे अभाव देखिन्छ । यस्ताे कठिन परिस्थितिले अाज अचानक बिगतलाई स्मरण गर्दा नेपाली राजनीतिका एक लाैह पुरुष स्वर्गीय गिरिजाप्रसाद काेइराला स्मृत हुन्छ । देशमा प्राप्त परिवर्नसंगै उठेकाे असन्तुष्टीका उल्झनहरुका कारण  परिवर्तनलाई संस्थागत् गर्न थप चुनाैती थपिदै गर्दा तत्कालिन प्रधानमन्त्री स्व. काेइरालाले बढाे बुद्धिमतापूर्वक आफु र आफ्नाे पार्टीकाे स्वार्थ भन्दा माथि उठेर समृद्ध नेपाल बनाउनका खातिर राष्ट्रकाे कार्यकारी प्रमुखकाे हैसियतले बढाे परिपक्कताका साथ असन्तुष्ट पक्षहरुलाई  वार्ताका लागि आव्हान गर्नु भएकाे थियाे । आैपचारिक लिखित आव्हान गर्नु अघि भूमिका बाध्दै उहाँले ब्यक्त गर्नु भएकाे भावुक मन्तब्यकाे केही अंश जाे मननयाेग्य, सान्दर्भिक र उपयाेगी हुन सक्ने ठानी जस्ताकाे त्यस्तै लिपिबद्ध गरी प्रस्तुत गरेकाे छु । 

    “याे मेराे सायद पहिलाे र अन्तिम तपाईहरुलाई मेराे सन्देश हुने छ हाेला । किनभने मेराे उमेर र मेराे हेल्थले गर्दा या अरु अन्तिम पनि हुन सक्ला । आज एउटा युगान्तकारी परिवर्तन पछि तपाईहरुलाई दिदी बहिनी दाजूभाईहरुलाई एउटा संदेश म दिदैछु । मेराे पनि आफ्नै सेन्टिमेन्ट छ । आफ्नै इमाेसन छ । आफ्नै भावना छ । आफ्नै ईच्छा छ तपाईहरुकै जस्तै । म कुनै भिन्न मानिस हाेइन । जस्ताे तपाईहरुकाे आकांक्षा छ, ईच्छा छ, भावना छ, उत्कण्ठा छ, त्यस्तै मेराे पनि छ । किनभने म पनि यही भूमिमा, यही माटाेमा लडिबुडि खेलेर यही हावा पानीमा हुर्केकाे ब्यक्ति हुँ – तपाईहरु जस्तै । त्यसकारण तपाईहरुकाे सेन्टिमेन्ट र इमाेसन, तपाईहरुकाे आकाँक्षा ईच्छासंग म पूर्णरुपबाट परिचित छु । मेराे उमेरले गर्दा पनि धेरै तपाईहरुसंग उठबस गर्दा खेरी परिचित म भएकाे हुँ । र अर्काे कुरा याे युगान्तकारी परिवर्तन त भयाे । युगान्तकरी परिवर्तन पछि एउटा जनतामा  ईच्छा, आकांक्षा र उत्कण्ठाहरु उर्लिएर आयाे । त्याे स्वभाविक कुरा हाे । त्याे हुन्छ नै । त्यसैले हामी के भन्छाै भने, राष्ट्रकाे प्रथम बेदना हाे भनेर हामीहरु भन्छाैं त्यस्लाई । किनभने त्यस बेला त्याे एउटा परिवर्तन पछि अर्काे परिवर्तन आउँदाकाे त्याे वेदना हुन्छ राष्ट्रलाई । त्याे स्वभाविक कुरा मैले ठानेकाे छु । तर मलाई एउटै कुरा अहिले तपाईहरुलाई भन्न मन लागिरहेछ कि यहाँकाे परिस्थितिलाई अध्ययन गर्दा, विश्लेषण गर्दा मलाई लाग्याे कतै प्रतिगामी शक्तिहरु, र ले  चलखेल गर्न त सुरु गरेका छैनन् ? भन्ने मलाई लागेकाे छ । त्यसकारणले म दिदीबहिनी, दाजुभाईहरुलाई सचेत गर्न चाहन्छु कि त्यस्ताे खेलबाट हामी मुक्त हुनु पर्छ र राष्ट्रलाई पनि मुक्त गराएर हामीहरु जान सक्नु पर्छ । अर्काे कुरा मलाई भन्नु के छ भने, याे राष्ट्र सबैकाे राष्ट्र हाे । एउटा ब्यक्तिकाे हाेइन । यसकाे सम्पत्ति सबैकाे हाे । एक ब्यक्तिकाे हाेइन । त्यसकारणले यसकाे समस्या पनि सबै जनताकाे समस्या हाे । त्यसकारणले कुनै समस्या छ, कुनै त्यस्ताे छ भने वार्ताबाट नै याे समस्याकाे समाधान हाेस् भन्ने म चाहन्छु । र समस्या जुन जस्ताे सुकै भएता पनि वार्ताबाट त्याे समस्याकाे समाधान हुन्छ भन्ने  विश्वास मलाई छ । त्यसकारण आज म सबैलाई आव्हान गर्न चाहन्छु । आग्रह गर्न चाहन्छु कि कुनै त्यस्ताे समस्या छ भने आउनुहाेस् वार्ता गराैं । समस्याकाे समाधान गराैं । याे किन भने आपसी समझदारीकाे कुरा हाे । याे घर भित्रकाे बिबाद हाे । या त्यल्लाई घरै भित्र हाम्ले समाधान गर्नु पर्छ । माआेबादीकाे समस्याकाे समाधान गर्दा पनि यही कुरा थियाे । त्याे घर भित्रकाे हाे । आपसका हुन् झगडा ,बिबाद । त्यल्लाई पनि कि उनीहरुलाई बाेलाएर नेपालै भित्र बाेलाएर याे समस्याकाे समाधान गरेर नेपालकाे छवीलाई उज्वल बनाउनु पर्छ भन्ने मेराे आग्रह थियाे र त्यही आधारमा अहिले उनीहरु आका हुन् ।त्यल्ले एउटा एउटा म्यासेज इन्टरनेशनल म्यासेज दियाे कि नेपालले नेपालकाे जनताले नेपालैकाे समस्या आफै समाधान गर्न सक्ने क्षमता राख्दछन् भनेर । आज म फेरी तपाईहरुलाई दाेहाेर्याउन चाहन्छु  कुनै समस्या छ, कुनै छ भने आउनुस् मेराे ढाेका जहिले पनि खुल्ला छ । त्यसमा आएर हामीहरु वार्ता गरेर समस्याकाे समाधान गराैं । मैले गृह मन्त्रीजीलाई पनि निर्देशन दि सक्या छु कि वार्ताकाे निम्ति एउटा कमिटी बनाउनुस् र वार्तालाई सुरु गर्नुहाेस् भनेर मैले निर्देशन दि सक्या छु । त्यसकारण याे समस्याकाे समाधानकाे निम्ति सबैलाई म आव्हान फेरी पनि गर्न चाहन्छु । पहिले पनि मैल एक पटक गरेकाे हुँ र आज चाही स्पेशल आव्हान मेराे छ उहाँहरुलाई, आएर वार्ता गर्नुस् र वार्ताकाे साथ साथै मेराे आग्रह याे पनि छ जुन आन्दाेलन, बन्द या यी हडताल ईत्यादिहरु भएकाे छ त्यल्लाई उहाँहरुले समाप्त गनुहाेस् । र एउटा नयाँ नेपालकाे भविष्यकाे निम्ति त्यल्लाई समाप्त गरेर सदभावताकाे वातावरण हामीले तयार गराैं भन्ने मेराे आग्रह छ”

    (यसपछि वार्ता आव्हानका लागि तयार पारिएको आैपचारिक लिखित मन्तव्य पढिएको थियो)

    सुपेन्द्र बस्नेत

    बोष्टन, अमेरिका

  • पूर्व राष्ट्रपतिले भने – ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेकै होईन, रसियाले राष्ट्रपति बनाएको हो ।

    पूर्व राष्ट्रपतिले भने – ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेकै होईन, रसियाले राष्ट्रपति बनाएको हो ।

    अमेरिकाका एक पूर्व राष्ट्रपतिले बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनधिकृत राष्ट्रपतिको संज्ञा दिएका छन् । बर्तमान राष्ट्रपतिलाई अबैधानिक राष्ट्रपति भन्ने ब्यक्ती जिमी कार्टर हुन् । कार्टर अमेरिकाको ३९ औ राष्ट्रपति हुन् भने उनले सन् १९७७ देखि१९८१ सम्म राष्ट्रपतिको रुपमा काम गरेका थिए । 

    पूर्व राष्ट्रपति जिमी कार्टरले शुक्रबार बिहान मानव अधिकार सम्बन्धी एक कार्यक्रममा भने “रसियाको हस्तक्षेपमा सन् २०१६ को निर्वाचन जितेका कारण डोनाल्ड ट्रम्प बैधानिक राष्ट्रपति होईनन्” । सन्  २०१६ को निर्वाचनमा रसियन संलग्नताको प्रसंगमा कार्टरले थप प्रस्ट पार्ने कोशीस गर्दै भने “रसियनले सन् २०१६ को निर्वाचनमा हस्तक्षेप गरेको कुरामा कुनै शंका नै छैन । यदी पूर्णरुपमा अनुसन्धान गर्ने हो भने थाहा हुन्छ, वास्तवमा ट्रम्पले निर्वाचन जितेकै छैन । उसले  निर्वाचन हारेको हो तर रसियन हस्तक्षेपका कारण जिताएर राष्ट्रपति बनाईयो” ।  

    पूर्व राष्ट्रपति कार्टरले राष्ट्रपति ट्रम्पको राष्ट्रपति पदमा जितका बिषयमा अमेरिकामा यस्तो आरोप लगाई रहँदा उता जापानको ओसाकामा आयोजित जि – २० को शिखर बैठकको दौरान राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई औला देखाउदै हास्यास्पद तरिकाले भनेका छन् “कृपया निर्वाचनमा हस्तक्षेप नगर्नुस्”।   

    एजेन्सी

  • जीवन जयन्ती

    जीवन जयन्ती

    म बेरोज़गार भएको उ बेला 

    देशको ठेकेदारहरूलाई

    सम्झि सम्झि कुर्लन्थे

    टुडिखेलमा खाल्डो खनेर

    सबै नेतालाई पुरेको सपना देख्थे 

    आजको पुस्ताले गोलीले उडाउने भन्दा

    म अतित फेरि सम्झन्छु अभावको 

    अहिले प्रवासमा बिकास देख्दा 

    माकुराको जालो जस्तो बाटोहरू हेर्दा 

    मन मनै खुब सम्झन्छु 

    हाम्रो नेताहरूलाई किन मार्नु ? 

    बरू लाईन लगाएर 

    हत्केलामा गैती बेल्चा झ्याम्पल कोदालो दिएर 

    बाटो खनाउनु पर्ने जीवन भरी

    मर्न अगाडि बिकासको पूर्वधार सिकुन 

    श्रमको पसिना के हो जानुन्

    सजाए यस्तो दिन मन लाग्छ आजभोली

    मरे त सकी गयो नि 

    ज़िम्मेवार कहिले हुनु ? 

    राष्ट्रलाई माया कहिले गर्नु ? 

    यसै जूनीमा मान्छे हुन 

    बाटो खन्दै खन्दै स्कुल पुर्याउन

    त्यहिबाट दोबाटो जोडेर अस्पताल 

    थाह होस हाम्रो नेताहरूलाई 

    देश त बिकास तिर यसरी लम्कन्छ 

    यहाँ देख्छु

    एउटा टोलमा एउटा पार्क 

    जहाँ बच्चाहरू खेल्छन् 

    ठूलाहरू  उफ्रन्छन्, दौडन्छन् 

    अनि जान्छन् नजिकै लाइब्रेरी 

    पढछन् नजानेका अनेक कुरा 

    मेरो मन पोलिरहन्छ कता कता

    तुइन चढेर स्कूल गएको भाईबहिनी

    घर फर्कन सक्यो सकेन सम्झनाले 

    प्रवासको मेरो भोगाईले 

    जीवनलाई सकारात्मक बनाएको छ 

    बाँचेर मात्र गर्न सकिने चमत्कारहरू 

    बाँचेर गर्न मन छ 

    मर्न दिन मन छैन 

    षडयन्त्रको खेलाडीहरूलाई पनि 

    आत्माग्लानीमा सडिएर 

    आफ्नो दुर्गन्ध आफैले सफा गरून 

    जीवनले क्षमा गरेको यो बेला 

    सर्वाङ्ग पखालिएर संजिवनी बुट्टीबाट

    दृष्टिहरूले सबैलाई मान्छे देखुन 

    खुनको रंग एउटै हो स्वीकारून 

    सृष्टिको समान उपजले

    सपना उस्तै देख्ने क़सम खाउन

    नभए त तिम्रो बिपरित खोपड़ी 

    बर्तमान पुस्ताको सदृष्टिहरूले

    सडकमा फुटबल खेलेको देख्ने छौ

    दिपा राई पुन

    बोष्टन, अमेरिका

  • छोरालाई तुच्छ आप्रबासी भनी होच्याईयो : बचाऊ गर्दा आमा कुटिईन्

    छोरालाई तुच्छ आप्रबासी भनी होच्याईयो : बचाऊ गर्दा आमा कुटिईन्

    न्यूजर्सी पसेक काउण्टी प्रोसिक्युटर्स कार्यालयका अनुसार १३ वर्षका केटामाथि कक्षाको साथीलाई आप्रबासी बिरुद्ध अपहेलनायुक्त शब्द प्रयोग गरेको र उसको आमालाई कुटपिट गरेको अभियोगमा पक्राउ गरेको छ । 

    एटोर्नी डेनियल सेन्टियागोका अनुसार पिडित भेरोनिका रुईज न्यूजर्सी पसेकको सडकमा गत १९ तारिख उनको एक वर्षिया बेबी र १२ बर्षका छोराको साथमा हिडिरहेको अवस्थामा   पछ्याउँदै आएका ३ जना केटाहरुले आक्रमण गरी सख्त घाईते बनाएका हुन् । एटोर्नी सेन्टिएगोले मिडियालाई बताए अनुसार घटनाको कारण अघिल्लो दिन स्कुलमा भएको घटनासँग जोडिएको छ । अघिल्लो दिन स्कुल क्याफेटेरियामा पिडक १३ वर्षिय केटाले “गो ब्याक मेक्सिको” भनी गाली बेईज्जती गरी अपशब्द प्रयोग गरेका थिए । पिडित १२ बर्षिय केटाले, अमेरिकी नागरिक हुन्, ले हामी सबै कुनै समयको आप्रबासी नै हौं भनी प्रतिकार गरेका थिए । स्कुलको उक्त घटना पछि पिडितको उजुरीपछि निज पिडकलाई स्कुलले कारवाहीमा राखेका थिए ।

    उक्त अघिल्लो घटनाको बदला लिन निजले बाटोमा पछ्याउँदै आएको थियो । पिडित महिलाका १२ बर्षका छोराले घटना घट्नु अघि “हिजोको केटाहरुले हामीलाई पछ्याईरहेछ छ” समेत भनेका थिए । तर सुरक्षित ठाउँमा पुग्नु अघिनै अनुहार र घाँटीमा मुक्का प्रहार गरी अचेत बनाई आमा छोरा दुबैलाई पिटेर ३ जना प्रहरी आउनु अघिनै भागेका थिए ।

    अभियोग लागेका १३ बर्षका केटा बालिग नभएकोले नाम सार्वजनिक गरेको छैन ।

    घाईते महिला भन्छिन् “शरिरको घाऊ पुरिएला तर बिक्षिप्त मन र अपहेलना कसरी मेटिएला” ? अब त उनलाई आँगन काटेर निस्कन पनि डर लाग्ने बताउँछिन् । अदालतको फैसलाले दोषी करार भएमा निज पिडक केटालाई २ बर्षको नाबालिग डिटेन्सन सेन्टरमा राखिने छ ।

    एजेन्सी ।

  • अमेरिकामा मनोरञ्जन प्रयोजनको लागि गाँजा सेवन खुल्ला गर्ने ११ औं राज्य बन्यो: ईलनोए

    अमेरिकामा मनोरञ्जन प्रयोजनको लागि गाँजा सेवन खुल्ला गर्ने ११ औं राज्य बन्यो: ईलनोए

    गत मंगलबार ईलनोए राज्यका डेमोक्रेटिक गभर्नर जेबी प्रिज्करको निर्णयकारी हस्ताक्षरपछि अमेरिकाको ईलनोए राज्य ११ औं गाँजा खुल्ला राज्य बनेको छ ।

    मनोरञ्जनात्मक प्रयोजनको लागि तोकिएको अंश गाँजा र गाँजाजन्य पदार्थ टेट्रा-हाईड्रो-क्यानिबिनोल (टिएचसी) सेवन गर्न २१ बर्ष उमेर पुरा गरेको हुनुपर्दछ । कानून मुताबिक डाक्टरको सिफारिस प्राप्त गरी औषधीको रुपमा अरुले नदेख्ने ठाउँमा गाँजाको बिऊ रोप्न उमार्न पनि छुट दिएको छ । यद्यपी रोजगारदाताले अनुमती नदिएको हकमा काममा भने सेवन गर्न पाईने छैन । 

    तोकिएको उमेर पुगेको व्यक्तिले ३० ग्राम गाँजाको पात, ५ ग्राम माडेको गाँजा र ५०० मिलिग्राम प्रोसेस्ड टिएचसी सेवन गर्न खरिद गर्न वा बोकी हिड्न पाउनेछन् ।

    अमेरिकामा यस अघि अलास्का, क्यालिफोर्निया, कोलोराडो, मेन, म्यासाच्युसेट्स, मिचिगन, नेभाडा, ओरेगन, भर्माण्ट, वाशिङ्टन् र (वाशिङ्टन डिसी) समेत गरी १० राज्यमा गाँजालाई कानूनन् खुल्ला गरिसकिएको थियो ।

    श्रोतका अनुसार न्यूयोर्क र न्यूजर्सी बाह्रौ र तेह्रौ राज्य बन्ने प्रकृयामा रहेको समेत जनाईएको छ ।

    एजेन्सी 

  • अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा

    अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा

    यात्रा संस्मरण: अर्जुन मैनाली 

    यात्रा उद्देश्यात्मक भयो भने थप मज्जा आउँदो रहेछ । जिबनमा धेरै घुमियो, कहिले आफ्नो लागि कहिले अरुका लागि । यस पटक मानवताका लागि घुमें ।

    रगत दिएर बिमारी बचाउनु एक सामान्य चिकित्सा उपचार हो । यद्यपी धेरै बिरामीले समयमा रगत नपाएर जीवन गुमाउनु परेका छन् । केहीलाई भए पनि आफ्नै रगत दिई बचाउँ, केहीलाई रक्तदान गर्न हौसला प्रदान गरुँ, केहीलाई उत्प्रेरणा जगाऊँ भन्ने भावनाले समय समयमा अफ्रिकाको मलावी, युगाण्डा, इथियोपिया जस्ता देशमा गएर रक्तदान गर्ने गरेको छु ।

    अफ्रिकामा अझबढी सेवा गर्नका हेतु अफ्रिका सोसाइटी ब्लड ट्रान्सफ्युजनको सदस्यता लिएको छु । यस संस्थामार्फत वर्ल्ड ब्लड डोनर्स डे २०१९ रुवान्डामा जुन १४ मा मनाउन लागेको थाहा पाएँ । तुरुन्तै रुवाण्डा बायोमेडिकल सेन्टरका पब्लिक हेल्थ डाइरेक्टर जनरल एसोसिएट प्रोफेसर डा. जेनिन कोन्डोसँग संपर्क गरें । उनले ईमेलमा लेखे; ‘यस बर्ष विश्व स्वास्थ्य संगठनले मनाउन लागेको वर्ल्ड ब्लड डोनर्स डे २०१९ हामीले होष्ट गर्दैछौं । जुन १३ – १४ मा हुने कार्यक्रममा तपाईंले स्वेच्छिक रक्तदान “सबैको लागि सुरक्षित रगत” गर्नको लागि बोलिदिनु पर्यो।’ मैले तुरुन्तै; ‘हुन्छ, म आउछु’ भनें । मेरो लागि सुवर्ण अवसर पनि थियो । आन्तरिक द्वन्दबाट गुज्रिएर द्रुत आर्थिक बिकासमा लम्कारहेको देशमा काम गर्ने वातावरण हुँदोरहेछ । परिवर्तन महत्व बुझेका छन् । 

    न्यूयोर्कबाट रुवान्डा जान सिधा हवाइ सेवा भएको भए करिव १० घण्टामा पुग्थें । सो नभएकाले जहाजले रुवान्डा भन्दा पनि टाढा कतार लग्यो । अर्को जहाजले रुवान्डाको राजधानी किगाली पुर्याउँदा २२ घण्टा लाग्यो । थकित थिएँ । त्यहाँका युवाहरुमा रक्तदान गर्न हौसला बढाउन उनिहरुका सामुन्ने थकाईको वास्ता नगर्दै ब्लड बैंकमा गएर रक्तदान गरें । त्यहाँ उपस्थित करिव एक दर्जन युवाहरुका अनुसार अफ्रिकामा रगत नै नपाएर धेरै बिरामीहरुले जीवन गुमाउनु परिरहेको घटनाले मन छोयो । त्यसैले, “मेरो आफ्नै रगतले एक जना बिरामीलाई मात्र भएपनि बचाउन र उपस्थित युवाहरुमा कम्तिमा बर्षको एक पटक भएपनि रक्तदान गर्न उत्प्रेरणा गरौं भन्ने उद्देश्यले पटक पटक अफ्रिका आउनु परेको हो” भनें ।

    भोलिपल्टको वर्ल्ड ब्लड डोनर्स डेको एकेडेमी सत्रमा प्रमुख अतिथी रुवान्डाका स्वास्थ्य राज्यमन्त्री र १५ देशका ५२ जना सहभागीहरुलाई सम्बोधन गर्दै आफुले रक्तदान र रक्तदान उत्प्रेरणा गरेका बिभिन्न कार्यहरु र स्वेच्छिक रक्तदान “सबैको लागि सुरक्षित रगत” गर्नको लागि एक उपाय; बिषयमा १८ वटा पावर प्वाइन्ट स्लाईड प्रस्तुत गरें । भने; “मैले ३२ बर्ष यता १७१ पटक रक्तदान गरि सकेछु । मैले दान गरेको रगत करिव ८५ हजार मिलिलिटर परिमाण हुन्छ । मेरै रगतले मात्रै करिव ५१३ जना बिमारी बचाउन सहयोग पुगेको छ ।रक्तदान गरौं भन्ने लाखौंमा सन्देश पुर्याएँ, सयौ कार्यक्रम राखें, हजारौं पोका रगत सञ्कलन गर्न सघाएँ” । मेरो अनुभव सुनिसकेपछि दिवा भोजको समयमा धेरैले मेरो कामको तारिफ गरे । मेरो हौसला अझ बुलन्द भएको महसुस गरें ।

    पर्सीपल्ट रुवाण्डाका करिव २५० जना रक्तदाताहरु पनि थपिए । सोही अवसरमा आयोजक, केही अतिथी र मैले ढोकासम्म पुगेर प्रमुख अतिथी मन्त्रीलाई स्वागत गर्दै रक्तदान कार्यक्रम चलिरहेको ठाउँमा लग्यौं । मन्त्रीले कार्यक्रम बढो रुचीका साथ अवलोकन गरिरहेका थिए । मैले मन्त्रिलाई ‘हजुर पनि रक्तदान गर्नु हुन्छ कि ?’ सोधें । समय धेरै लाग्ने हो कि ? भन्दै मन्त्रीले पनि रक्तदान गरे । मन्त्रीले रक्तदान गर्ने अवस्था सिर्जना गर्दिदा युवाहरुमा रक्तदान गर्न सन्देश गयो, भन्ने मलाई लाग्यो ।

    अपरान्हतिर आयोजकले मलाई टेष्टिमोनि स्पिचको लागि मन्चमा बोलाए । जुन मेरो लागि महत्वपूर्ण अवसर थियो । मैले बोल्न राखेको टिपोट हराएछु, बोल्ने क्रममा उत्प्रेरणा गर्न महत्व राख्ने कतिपय मुख्य बुँदाहरु नै छुटे । केहीबेर खिन्न लाग्यो । कार्यक्रमको अन्त्यमा मन्त्रीले म लगायत देश बिदेशका १५ जनालाई सम्मान गरे । मेरो सम्मान पत्रमा ‘बिरामीहरुको जीवन बचाउन तपाईंले उदारतकासाथ रगत दान गर्नु भएकोमा स्वास्थ्य मन्त्रालय तपाईंलाई पुरस्कृत गर्न पाउँदा खुशी छ’ लेखिएको छ ।

    दुई दिनको समयमा अफ्रिकाका युवाहरुलाई रक्तदान गरी रहन जागरुक गराएँ । मेरो कृयाकलापलाई स्थानीय टेलिभिजन लगायतका सञ्चार माध्यायमले महत्व दिएका थिए ।

  • राजकुमारीको जुत्ता

    राजकुमारीको जुत्ता

    म लक्ष्मणको घरमा आएको यो तेस्रोपल्ट हो । २०५८ पुस १८ गते हाम्रो भेट भएको थियो । त्यतिबेला हामी “बिजोशीतल सिड्स कम्पनी” अरौंगावादको निमन्त्रणामा दुई साताको गोवा भ्रमणमा गएका थियौं । त्यो भ्रमणमा हेटौडाका विश्वनाथ बानियाँ, मनहरीका कृष्ण बर्तौला, पोखराका पिताम्बर भण्डारी, नारायण गौतम, दाङका एकनारायण गौतम, बर्दघाटका रामप्रसाद, चितवनका रमेश श्रेष्ठ, बुटवलका लक्ष्मण घिमिरे, गणेश खनाल, गोरखाका रामशरण कोइराला, तेजेन्द्र पौडेलको नेतृत्वमा सुनौली गोरखपुर, दिल्ली हुँदै गोवा भ्रमणमा गएका थियौं । गोवा भ्रमण सकेर जब हामी मुम्बई पुग्यौं, रेलमा हाम्रो सम्बन्ध (लक्ष्मण र मेरो) अझ प्रगाढ भयो । उमेरले म भन्दा सात वर्ष कान्छो भएपनि लक्ष्मणसँग सबै उमेरका मान्छेसँग मिल्न सक्ने खुबी थिए । जब मैले मुम्बईमा हिन्दू कोलनी बास बस्दा उसलाई मैले “राजकुमारीको जुत्ता” कथा भनें त्यसपछि त उसले मलाई झनै आदर गर्न थाल्यो । प्रत्येक भेटमा उसले मलाई त्यो कथा भन्न लगाउँथ्यो । तपाईंलाई पनि उत्सुकता भएको होला कि राजकुमारीको जुत्ता कथामा के छ ?

    राजकुमारीको जुत्ता रुसी लोककथा हो । सानैमा अर्थात् एसएलसी दिएर बसेका बखत विद्यार्थीको अध्यक्ष (अहिलेको अखिल क्रान्तिकारी) भएको बेला मैले पढेका चिनियाँ बाल उपन्यास चम्किलो रातो तारा, अजम्बरी गाउँ, रुसी लोककथा राजकुमारीको जुत्ता, मेक्सिम गोर्कीको चर्चित उपन्यास आमा, चिनियाँ लेखक साङमोको युवाहरुको गीत, प्रश्रितको गोलघरको सन्देश, भुतप्रेतको कथा, चोर, जस्ता कथा, उपन्यासले मेरो जीवनमा अत्यन्तै प्रभाव पारेको छ । जीवनका हरेक होडमा म ती कथा, उपन्यासका पात्र र तिनका चरित्रहरुलाई सम्झने गर्छु । त्यतिबेलादेखि संग्रह गरेका मेरा किताबहरु द्वन्द्वकालमा प्रहरी र सेनाको डरले केहीलाई प्लाष्टिकमा पोको पारेर गाडेको थिएँ, पछि निकाल्दा ती सबै किताबहरु माटो भएको थियो भने केही बहुमूल्य किताब सुवास मिजार (झापाबाट कविता पौडेललाई बिहा गरेर हाम्रो मित्र एग्रोभेटमा आश्रय लिएका थिए, असली नाम दलबहादुर मिजार) ले लग्यो । बाँकी मैले को–कोलाई किताब फिर्ता गर्ने शर्तमा दिए पनि फर्काएनन् । भनिन्छ, किताब दिने मूर्ख, किताब फर्काउने महामूर्ख । त्यसैले कोही पनि महामूर्ख बन्ने चाहेनन् होला । मलाई अहिले यस्तै लाग्छ ।

    म बताउँदै थिएँ रुसी कथा राजकुमारीको जुत्ता । रुसमा जार शाहीको शासन भन्दा पनि एक सय वर्ष पहिले टोलटोलमा राजा थिए । हाम्रो पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नुभन्दा पहिले बाइसे चौबिसे राज्य भए भन्दा बढ्ता राजाहरु थिए । हाम्रो पहाड जस्तै त्यहाँ पनि पहाडमा राजाको दरबार थियो । जाडो महिना एक दिन राजाकी छोरी राजकुमारीले दरबारको छतमा पारिलो घाम लागेको बेला निर्वस्त्र भएर नुहाउन थाली । दरबारभन्दा सात सय मिटर माथि एउटा सार्कीको घर थियो । सार्की पनि पालीमा बसेर जुत्ता सिलाइरहेको थियो । त्यो सार्कीको आँखा अचानक नुहाई रहेकी राजकुमारीमा पर्यो । हुन त त्यो सार्कीको बिहे पनि भएको थियो । सन्तान पनि थिए । तर राजकुमारीलाई त्यसरी वस्त्रहीन अवस्थामा नुहाइरहेको देखेपछि आँखा नझिम्काई हेर्यो । उसको मनमा कामुकता पैदा भइसकेको थियो । उसमा राजकुमारीलाई भोग्ने इच्छा प्रकट भो । तर कसरी ?

    राजकुमारी नुहाई सकेर छतबाट तल झरी । सार्कीको मन भरङ्ग भो । उसले सोच्यो कि राजकुमारीको शरीर कस्तो होला ? उसलाई भोग्दा यो मनले कत्ति स्वर्गीय आनन्द पाउला भन्ने सोच्दासोच्दै उसले आफूले एक जोर जुत्ता बनाएको पत्तै पाएन । ऊ झसङ्ग भयो । के मैले राजकुमारीको तन मन जित्न सकुँला ? सक्दिनँ … । फेरि सक्छु । यस्तै मनोविवाद गर्दै उसले अर्को जोर पनि जुत्ता सिलाई सक्यायो । उसकी श्रीमती छोरोलाई काखमा च्यापेर पछाडि डोकोमा सुकेको छाला बोकेर आई । उसले श्रीमतीलाई कुनै वास्तै गरेन । उसले मनभरी राजकुमारीको शरीरलाई मात्र सम्झिरहेको थियो । उसले निश्चय गर्यो कि जसरी पनि राजकुमारीलाई भोगेरै छोडने । तर दरबारसम्म कसरी पुग्ने र त्यो वातावरण कसरी तयार पार्ने ? उसले सोच्दा सोच्दै एउटा जुक्ति निकाल्यो कि म राजकुमारीलाई जसरी पनि प्रभावमा पार्छु । त्यसैले भोलिपल्ट उसले राजकुमारीलाई एक जोर जुत्ता दरबारमा पुर्याउने निर्णय गर्यो ।

    बिहानै उसले राजकुमारीको गोडाको अन्दाज गरेर एक जोर जुत्ता बनायो । दरबारमा काम गर्ने आठपहरिया उसकै घर नजिकबाट जाने हुँदा त्यही आठपहरिया (आईमाई) मार्फत् उसले आफ्नो नामबाट एकजोर जुत्ता उपहार पठायो । जब उसले राजकुमारीलाई जुत्ता उपहार पठायो, त्यसपछि उसको मन झन् अस्थिर भयो । त्यो जुत्ता राजकुमारीलाई मन परेन होला भन्ने सोचेर फेरि उसले भोलिपल्ट त्योभन्दा राम्रो जुत्ता दरबार पठायो । फेरी उसलाई दोस्रोपल्ट पठाएको जुत्ता मन परेन । तेस्रोपल्ट झन् राम्रो जुत्ता राजकुमारीको लागि दरबारमा पठाइसकेको थियो । राजकुमारीले, सार्कीले यसरी जुत्ता पठाएको कुरा आफ्नी सँगीमार्फत् बुझिसकेकी थिई । उसले त्यही जुत्ता ल्याउने आठपहरिया मार्फत् सार्कीलाई खबर पठाइ कि भोली दरबारमा दिउँसो दर्शन भेट गर्ने । सार्कीले आफ्नै हातबाट एकदम राम्रो जुत्ता दिने निर्णय गर्यो । बडो मिहेनतका साथ उसले जुत्ता बनायो । पालिस टल्कायो र जुत्ता लिएर दरबारतिर झर्यो । राजाराजी दिउँसो घोडा चढेर शिकार खेल्न जान्थे । त्यही समयमा राजकुमारीले सार्कीलाई निम्ता गरेकी थिई । मनमा कतै डर अनि कामुकताका साथ सार्की दरबार पस्यो । बैठकमा राजकुमारी उसकी सँगी सुसारे र आठपहरिया थिए । धनुष्टंकार गरेर सार्कीले राजकुमारीलाई ढोग्यो र आफ्नो हातबाट जुत्ता राजकुमारीलाई दियो । राजकुमारीले उसको आँखामा हेरी । उसले हेर्न सकेन । सँगी बाहेक अरुलाई त्यहाँबाट जानु भन्ने आँखाले इशारा गरी । तब सार्कीलाई राजकुमारीले बस्न आदेश दिई ।

    राजकुमारी साह्रै विद्वान् थिई । उसले मान्छेका मनोविज्ञान जान्दथी । राजपाठदेखि उसलाई धेरै कुराहरुको ज्ञान थियो । सार्कीले लगातार जुत्ता किन र केका लागि पठाएको भन्ने कुरा उनलाई थाहा भइसकेको थियो । सार्कीलाई उनले तलदेखि माथिसम्म हेरी । राजकुमारी नबोली आफूलाई त्यसरी हेरेकोमा सार्की कुरा नबुझेर पनि आफै मख्ख थियो । मात्र उसको मनले राजकुमारीलाई वस्त्रहीन हेर्ने र भोग्ने इच्छा उसको मनमा पलाइरहेको थियो । राजकुमारीले भनी – तिमी मेरो शरीर हेर्न चाहन्छौ होइन ? सार्कीले केही नबोली मुन्टो हल्लाउँदै हो भन्ने इशारा गर्यो । तिमी मलाई प्रभाव पार्न आठ दिन अघिदेखि जुत्ता पठाइरहेका छौ, होइन ? सार्की बोल्यो – हो राजकुमारी ।

    राजकुमारीले आफ्ना सुसारेलाई बोलाउँदै सबै जुत्ता ल्याउन लगाई । जुत्तालाई लहरै राख्न लगाई । जुत्ता पहिलोभन्दा दोस्रो, दोस्रो भन्दा तेस्रो एवं रितले नवौं त टलक्क टल्किएर झनै राम्रो भएका थिए ।

    सार्कीलाई लागिरहेको थियो राजकुमारी मदेखि प्रभावित भएकी छे । अब ऊ म जे चाहन्छु त्यो हुन्छ । त्यत्तिकैमा राजकुमारीले सोधी – तिम्रो बिहे भएको छ होइन ?

    सार्कीले हो भन्यो । ल यी जुत्ताहरु कति राम्रा छन् हगी ?

    दरबारका सबैले भने हो । यो भन्दा त्यो भन्दा, त्यो राम्रो ।

    सार्कीलाई सबै जुत्ता उल्टो पार्न आदेश दिई ।

    सार्कीले सबै जुत्ता उल्टो पार्यो । राजकुमारीले सोधी – कुन राम्रो ?

    सार्कीले जवाफ दियो – सबै उस्तै । त्यति नै बेला कसेर राजकुमारीले एक थप्पड सार्कीलाई दिई र भनी हो जुत्ताको सोल जस्तै सबै आइमाईको शरीर पनि उस्तै हो । तिम्रो बिहे भइसकेको मान्छे मलाई भोग्ने कल्पना गर्ने ? सबै मान्छेका शारीरिक अंगहरु पनि उस्तै हुन् । मन मात्र भड्किने हो । यो भन्दा यो मान्छे र उसको शरीर कस्तो होला भनेर सोच्ने गर्दछन् मान्छेहरु । त्यही सोचाइले मान्छेमा कामवास्ना बढ्छ ।

    हो त्यो राजकुमारीको जुत्ताले मलाई धेरै प्रभाव पारेको थियो । त्यो रात पनि लक्ष्मणले राजकुमारीको जुत्ताको कथा भन्नलाई कर गर्यो । मैले राजकुमारीको जुत्ताको कथाको अर्थ बताइरहेका बेला उसका आँखा लोलाइसकेका थिए ।

    आर एल श्रमजिबी

  • महाभारत : प्रेमका आँखाले नि हेरौं

    महाभारत : प्रेमका आँखाले नि हेरौं

    म पश्चिम एक नम्बरको ग्रामीण पहाडमा जन्में । अहिले त्यो गाउँ चोकदे, बागेश्वरी हुँदै संघीय नेपालको सूर्यगढी गाउँपालिका भएको छ । सानो छँदा गाउँमा बढो धुमधामले टेलिभिजन भित्रिएको थियो । गाउँ पञ्चायतले नै जोरजाम गरेको । विद्यालयको झ्यालमा राखेर देखाइन्थ्यो । चार गाउँका मान्छे जम्मा हुन्थे । महाभारत आउँथ्यो, रामायण आउँथ्यो । जुन दिन यी हिन्दी धारावाहिक आउँथे त्यो दिन पर्व जस्तै लाग्थ्यो । छिमेकमा वस्तुभाऊ अलि चाँडै खोरमा थुनिन्थे । घाँसदाउरा अलि सम्साँझै सकाइन्थ्यो । चुल्हो अलिक उज्यालैमा जलाइन्थ्यो । किनकि, रामायण वा महाभारत आउने दिन हुन्थ्यो । अलिक टाढाका सहपाठीहरु त्यो दिनको विद्यालय सकिएलगत्तै घर जाँदैनथे, एकैपटक कार्यक्रम हेरेर मात्र फर्कन्थे । टेलिभिजनका दर्शक घर फर्कदा डाँडाडाँडामा ‘राँकेभुत’का लस्कर जस्ता देखिन्थे । टर्चलाइट हल्लिरहेका, बाबियोको मुठोको आगो दन्किरहेको… ।

    अर्थात् म त्यो ‘सँस्कृति’बाट आएको हूँ । राजनीति, सत्ता, संघर्ष, प्रेम केही नबुझ्दा नबुझ्दै महाभारतको रस पिउने अवसर सबैले कहाँ पाउनु त्यो बेला दूरदराजको पहाडमा ।

    अहिले पनि कहीं शंखध्वनीसहित ‘यदा यदा ही धर्मस्य ग्लाननिर्भवति भारत’ बज्यो भने दिमागमा त्यही चित्र—दृष्य आउँछ । दिमागमा गडेका केही पात्रको चरित्र र तस्वीर याद आउँछ । त्यो बेला त्यो फगत ‘गीत’ थियो, गीताको चौथो अध्यायबाट लिइएको श्लोक भन्ने के थाहा …! तैपनि घोक्रो फुकाइन्थ्यो, चिच्याइन्थ्यो…!

    महाभारत जति पछि भयो उति विराट लाग्ने रहेछ । अलिकति बुझें वा बुझियो कि भन्यो केही पनि बुझिएको नहूँदो रहेछ । यो सन्दर्भ वा प्रसंग चैं गज्जब रहेछ भन्यो त्यो भन्दा अर्को सन्दर्भ झन् गज्जब हुने रहेछ । आजपर्यन्त त्यस्तै लाग्छ ।

    यद्यपि, मलाई महाभारतमा प्रेम पनि छ भनेर कसैले पढाएनन् । महाभारतलाई प्रेमले पनि गतिशील बनाएको छ भनेर न कक्षामा गुरुले सिकाए न प्रवचनमा पण्डितले सुनाए । सत्ता, षड्यन्त्र, छलकपट, संघर्ष, शस्त्र, अस्त्रको घेराबाहिर गएर कसैले महाभारतबारे सुनाएनन् औ पढाएनन् । द्वन्द्वको घेराबाट उठेर प्रेमको घेराबाट महाभारतको कहानी किन नसुनाइएको होला ? उसैपनि महाभारतको आदिपर्व दुष्यन्त र शाकुन्तलाको प्रेमले भरिएको छ । यसभित्रै बिराट कृतिहरु लेखिएका छन् । आज यता भन्दा महाभारतमै लाऔं ।

    अहिले अनुभव भएको छ, महाभारत युद्धमा जसरी सत्ता र संघर्ष प्रधान हो त्यसैगरी प्रेम पनि प्रधान रहेछ । यसो भनौं, महाभारतको उदय नै प्रेम जराबाट भएको रहेछ ।

    पत्याउनुभएन ?

    केही विमर्श गरौं ।

    सत्यवती र ऋषी परासरको प्रेम प्रसङ्ग लिऔं । महर्षी व्यास (वेदव्यास) को जन्म नै परासर ऋषी र माझीकी छोरी सत्यवतीको प्रेम आकर्षणबाट शुरु हुन्छ । उनीहरुबीच शर्तसहित विवाह र सन्तान उत्पादनको प्रक्रिया पूरा भएपछि व्यास जन्मिए । सन्तान उत्पादन भएपछि पनि कुमारित्व कायम गराउने वाचा ऋषी परासरले पूरा गरेपछि मात्र हस्तिनापुरका राजा शान्तनु र सत्यवतीको प्रेम सन्दर्भ आउने हो ।

    शान्तनु र गंगाका पुत्र हुन् देवब्रत । देवब्रत शान्तनुलाई कुरुवंश कायम राख्न गंगाबाट प्राप्त सन्तान हुन् । देवब्रतलाई हामी भीष्म भन्छौं जो पहिल्यै हस्तिनापुर युवराज घोषित थिए । तर कालान्तरमा शान्तनु र सत्यवतीबीच प्रेम अंकुरायो । आफ्नै छोरीको गर्भबाट जन्मिएको पुरुष नै हस्तिनापुरको उत्तराधिकारी हुनपर्ने माग सत्यवतीको पिताले राखेपछि आहत भएका शान्तनुलाई चित्त बुझाउन देवब्रत (भीष्म) ले प्रतिज्ञा गरे । सत्यवतीको प्रेममा बेचैन, ब्याकूल प्रेमरोगी पिताका लागि यूवराज पदसहित त्यागेर आजीवन ब्रम्हचर्यको घोषणा नै भीष्मप्रतिज्ञा हो । यही प्रतिज्ञापछि शान्तनु र सत्यवतीको विवाह भयो र महाभारतको डोब खनियो । भीष्मको त्यो प्रतिज्ञा पिताको प्रेम प्राप्तीका लागि उत्सर्ग थियो, बलिदान थियो भनेर मलाई किन कसैले नपढाएका होलान् ?

    अम्बा र शाल्वबीचको प्रेम कहानीले पूर्णता पाएको भए महाभारतमा भीष्मको पराजय कसरी सम्भव हुन्थ्यो ? उनै भीष्मले स्वयम्वर समारोहबाट अपहरण गरेका थिए तीन कन्या अम्बा, अम्बिका र अम्बालिका । अम्बिका र अम्बालिका त हस्तिनापुरका बुहारी भए तर अम्बाले शाल्वसँगको आफ्नो प्रेमका खातिर सबैखाले बिद्रोह गरिन् । यही प्रेम—द्वन्द्वले परशुराम र भीष्मबीच अनिर्णित तर भयंकर युद्ध भयो । अन्ततः पुनर्जन्ममा भीष्मको मृत्युको कारण बन्ने बरदान प्राप्त गरेर अम्बाले देहत्याग गरिन् । यहींबाट शिखण्डीको उदय र भीष्मको पतनको कथा शुरु हुन्छ । सबैलाई थाहा छ भीष्मको पतनविना महाभारतको अन्त्य सम्भव छैन । अर्थात् अम्बा महाभारतको शुरुदेखि आखिरीसम्म छिन् । प्रेमका खातिर अम्बाले गरेको बिद्रोह महाभारतको अर्को कडी हो भनेर मलाई किन पण्डितहरुले नसुनाएका होलान् ?

    महाभारतमा द्रौपदी केन्द्रिय चरित्र हुन् । खासमा द्रौपदीले पाञ्चाल नरेशको दवावमा कर्णप्रतिको आशक्तिलाई घृणामा रुपान्तरण गरेको भेटिन्छ । यही घृणाले महाभारतमा चिरहरणको बीज रोप्छ । जसरी द्रौपदी कर्णप्रति आकर्षित थिइन् उस्तै चरित्र कर्णको पनि भेटिन्छ । भीष्मसँगको संवादमा कर्णले द्रौपदीसँग आजीवन प्रेम गरेको स्वीकार गरेका छन् । हामीलाई चाँहि कर्ण र द्रौपदी सधैं विपरीत ध्रुवमा उभ्याएर प्रस्तुत गरियो । किन होला ?

    महाभारतमै बिदर्भकी राजकुमारी रुक्मिणीको विवाह शिशुपालसँग हुने भएपछि कृष्णले अपहरण गरेर भित्र्याएको अर्को प्रेमकथा छ । दुर्योधनसँग बहिनीको विवाह होस् भन्ने चाहने बलरामको इच्छाविरुद्ध कृष्णले अर्जुनलाई उक्साएर शुभद्राको अपहरण गराई बिवाह गराईदिएको अर्को प्रेम सन्दर्भ छ । हिडिम्बाको बिद्रोह र भीमसँगको प्रेम रतीरागको अर्को कहानी छ । नागकन्याका रुपमा उलुपीले गरेको अर्जुनको अपहरण र प्रेमको अर्कै कहानी छ । कृष्णपुत्र साम्ब र दुयोधनपुत्री लक्ष्मणाबीचको प्रेम र भागी बिवाहकै कारण हस्तिनापुर र द्वारिकाबीच युद्धै भएका छन् । हामीलाई चाँहि युद्धैयुद्ध मात्र पढाइयो, सत्ता संघर्षका रुपबारे मात्र घोकाइयो । प्रेमबारे नपढाइएको किन होला ?

    शकुनी ः भन्नासाथ छल, कपट र षड्यन्त्रको गन्ध आउँछ । शकुनी आफैंमा बिम्ब जस्ता, प्रतीक जस्ता लाग्छन् । शकुनी मामा—भाञ्जा प्रेमको पनि पर्याय छन् । महाभारतको कडी बनाउन र जोड्न सिद्धहस्त कालीगढझैं लाग्छन् शकुनी । कौरव र पाण्डवबीच महाभारतको सेतु बनाउने काम नै शकुनीको भाञ्जा अर्थात् दुर्योधन प्रेममा देखिन्छ । यस्तो देखिन्छ मानौं दुर्योधनका सबै कृत्य, कु—कृत्यको समर्थन गर्नु नै शकुनीको धर्म हो । बाहिरबाट हेर्दा शकुनीले कौरवका सय भाईको अभिभावकत्व लिएकै देखिन्छ । तर तथ्य के पनि हो भने शकुनीका माता, पितालगायतका परिवार धृतराष्ट्रकै हस्तिनापुरको जेलमा भोकभोकै सडेर मारिएका थिए । मर्नुअघि आफ्नो बाबु (सुबाल)को अन्तिम इच्छाको रुपमा शकुनीले धृतराष्ट्रबाट जीवनदान पाएका थिए । जेलबाट निस्किएपछि हस्तिनापुरमै रहेर शकुनीले सय भाई कौरवको मन जिते । दुर्योधनका प्रिय मामा बने । भाञ्जा प्रेमको आवरणमा शकुनीले चालेका हरेक चाल कौरवको वीपक्षमा जाँदाजाँदा महाभारत भएकै हो । यसर्थ, कौरवको विनाश खासमा शकुनीको बदलाभावको खेती पनि थियो । भनिन्छ नि, समस्याको समाधान यसमा पनि निर्भर गर्दछ कि हामीलाई सल्लाह कसले दिइरहेको छ । जस्तो कौरव उर्फ दुर्योधन शकुनीको सल्लाह लिइरहेका थिए यता पाण्डव कृष्णको ।

    महाभारतमा दुर्योधन र कर्णबीचको मित्रताको वा मित्रप्रेमबारे कमै पढाइन्छ । गुरु द्रोणाचार्यले अर्जुनप्रति गरेको एकपक्षी प्रेमले गराएको वास्तविक कर्णको जन्म प्रसंग कम रुचिपूर्ण छैन । घृणा र भेदभावको शिकार कर्णप्रति दुर्योधनले दर्शाएको प्रेम र सम्मानको बलमा महाभारतमा नयाँनयाँ अध्याय थपिएका छन् । अझ बढी त धृतराष्ट्रको पुत्रप्रेम पनि महाभारतको जड हो । पतिप्रेमका खातिर गान्धारी र पुत्रप्रेमका खातिर धृतराष्ट्रको उदाहरण सबैलाई थाहा छ । यी सबैलाई सत्तासँग भन्दा प्रेमसँग तुलना किन कम भएको होला ?

    बाँकि दर्जनौं प्रेम दृष्टान्त उल्लेख गर्न अर्को महाभारत लेखिनपर्छ जुन सम्भव छैन ।

     

    पुरुषोत्तम लम्साल

    भर्जिनिया, अमेरिका

    Sent from my iPhone

  • मेरा आँखाहरुले रोई सकेछन्

    मेरा आँखाहरुले रोई सकेछन्

    ​​​​​’मैले पनि होईन मेरा आँखाहरुले तिम्रा लागि रोई सकेछन्’ । बर्षौदेखि बच्चुकैलाशले गाएको यो सदाबहार गीत सुन्दै आएको छु । यसमा क्षेत्रप्रताप अधिकारीको शव्द र नातीकाजीको संगीत छ । गीतले पुरुष र महिलाका बिचमा हुने भावनात्मक सम्वन्धको गहिराईलाई छोएको महसुस हुन्थ्यो । अनि म पात्रको मनमा नरोईकन आँखाले मात्रै कसरी रोए होलान ? भन्ने प्रश्न उठ्थे, शव्दको सतही अर्थ गर्न खोज्दा ।

    तर ती गीतका हरफहरुले मलाई आज अर्कै अर्थ दिईरहेका थिए । जब राकेशजीले जुन ११, २०१९ का दिन बिहानै भने; “दादा अब अखिलेशजी नही रहे” !

    मैले आफ्नै आँखाहरु अनायासै रोएको देखें । म भने आँखाहरुबाट बहदै गरेका आँसुहरु हेरिरहेको थिए । मेरो घाँटीबाट रुवाईको चित्कार निस्कन खोजिरहेको थियो । केहीबेरसम्म हेरिरहें, साक्षीभावले आफनै वर्तमान अवस्थालाई । बिगत १९ बर्षदेखि मेरा पाँच ईन्द्रीयहरुले उनीसँग बिताएका पलहरुलाई शरिरका विभिन्न कोशहरुमा रेकर्ड गरेर राखेका रसहरु आँखाबाट बहदै थिए । यी वेदनाका रसहरुको अनुभुती दुखदायी भएर पनि पिडा भने मिठो दिईरहेका थिए । प्रसव वेदनाको बेलामा युवतीले सहवासको क्षणको पनि अनुभव गरेझैं । ताकि फेरी पनि यस्तो प्रकृया दोहोरियोस् । उताबाट राकेशजी रुँदै भन्दैथिए; “दादा अपनेको सम्हालो” । म राकेशलाई भन्न खोजिरहेको थिए । “मै तो ठिक हुं आप अपनेको सम्हालो” । तर मेरो आवाज निस्कीरहेको थिएन । आँखाहरु भने अझै रोई रहेकै थिए ।

    अखिलेश कृष्ण पेशाले वकिल हुन् । नयाँ दिल्लीबाट न्यूर्योक आएका थिए । डिसेम्बर १०, १९६३ मा जन्मिएका एक्ला छोरा थिए । उनी त्यहाँ पनि वकिल, चार्टर एकाउण्टेण्ट अनि जिटिभीमा समाचार बाचकको रुपमा काम पनि गर्दथे । उनका पिताजी प्रो.डा. सुरेशकृष्ण दिल्ली युनिर्भसिटीका पुर्विय दर्शन र हिन्दी साहित्यका प्राध्यापक, कवि, एवं विदेशी रेडियोका स्थानीय सम्वाददाता भई काम गरी सकेका विद्धान हुन् । र उनको दिवंगत माताजी पनि त्यहीं प्राध्यापन गर्दथिईन् । पिताजीका साथमा रही उनले विदेशी रेडियोमा समाचार सम्प्रेषणको काम पनि गरेका थिईन् ।

    उनी न्यूयोर्कको टुरो ल कलेजको एलएलएमको अन्तिम बर्षमा अध्ययनरत रहँदा म त्यहाँ विद्यार्थी हुन पुगेको थिए, सन १९९९ मा । छोटोकद र हँसिलो मुहार भएका अखिलेशलाई अव्वासीले ‘पण्डीतजी आप कैसै हो’ ? भनेर सम्वोधन गर्दथ्यो । जवाफमा उनी मुस्काऊदै भन्थे “मै ठिक हुँ सर” । अखिलेश जैन परिवारबाट आएकोले लसुन प्याज समेत नखाने शाहाकारी थिए ।  नियमित पुजापाठ गर्दथे । आफनो वकालतको साथै न्यूयोर्कको एउटा कलेजमा पार्टटाईम पढाउँथे । उनलाई साहित्य, संगीत र कला लगायतका विद्यामा उत्तिकै दखल थियो । समुहका साथीभाईलाई समस्या पर्यो भने अखिलेशलाई सम्झथे । उनी कृष्ण झैं थिए । आर्दश पति, पिता, भाई अनि गोपीनीहरुका लागि सखा । यशोदाहरुका लागि कान्हा । बाहिर खान जानु पर्यो भने साथीहरुले खाँदै गर्दा उनी क्रेडिट कार्ड बोकेर काउण्टरमा पुग्दथे । रक्सी पिंउदैनथे । तर पिउनेहरुको पार्टीमा सामेल भै अरुलाई पिलाउँथे । रमाईलो बढी उनी गर्थे, मात लागेसरी ।

    उनी एक्ली छोरी मिनाक्षीले नेपालका गरिब बालबालिकाको सहयोगार्थ, सोलुको विद्यालयमा छाना लगाउने प्रोजेक्ट, टेक्ससस्थित एचपिएनपी र क्यान्सर रिसर्चको लागि प्रत्येक बर्ष फण्ड रेजिंगका लागि आयोजना गर्ने कार्यक्रममा श्रीमती डा. कल्पनाका साथ सहभागी हुन्थे । उनको कार्यक्रममा हार्डवर, पेन, स्टानफोर्ड, येल, लगायतका कलेजहरुमा पढने भारतीयमुलका विद्यार्थीहरु सहभागी रहन्थे । मिनाक्षीले नेपालका लागि संकलन गरेको सहयोग कवि दिनेश अधिकारी, समाजकल्याण मन्त्रालयका सचिव र म मार्फत नेपाल पठाईएकी थिईन् । मिनाक्षीले हार्डवरबाट स्नातक पुरा गरिन र हाल कोलम्वियामा पढदैछिन । अहिले पनि नेपाललाई सहयोग गर्ने भाव उनीमा छ ।

    अखिलेशजीको वहुआयामीक व्यत्तित्वका बारेमा लेखेर सकिदैन । केही अविस्मरणिय कुराहरु टिपोट गर्नु उचित ठान्दछु ।

    उनी मेरो अफिसमा अफ काउन्सीलको रुपमा आई रहन्थे – मन खोलेर हाँस्नु पर्यो भने ।भाषा र अन्य जटिल समस्या अयो भने म उनको सहयोग लिने गर्दथे । एनआरएन अमेरिकाको २०१४ को निर्वाचनको लागि मैले खटेको देखेर उनले भनेका थिए; “आपको पैसे मिल्ते है क्या” ? मैले भनें “नहि सर” । “क्यु ईतने लोग उम्मेदवार बन रहे है” ? उनको थप प्रश्न थियो । मैले भनें; “सर पद पाने के लिए” । “पद के सिवाय और क्या मिलता है” ? मैले भने ‘कुछ नही’ । “हमारे भी है एनआरआई मगर ईस तरह से चुनाव नही होते है” । अनि म भन्थे; ‘सर प्लिज हेल्प मि टु ड्राफ्ट दिस नोटीस्’ । उनी मलाई सघाउन  थाल्थे ।

    अखिलेशजीले मलाई अद्यागमन सम्वन्धि अफ्ठयारो परेका मान्छेको काम पठाउँथे र पैसा आफ्नै अफिसको चेकबाट दिन्थे । मलाई लाग्थ्यो क्लाईन्टबाट पैसा लिएका होलान् तर पछि थाहा पाउँथे – कतिपय असमर्थ क्लाईन्टबाट पैसा नै लिएका हुदैनथे । मैले पनि कतिपय कामहरु उनलाई पठाउँथे । उनी सामान्यतया पैसा लिन मान्दैनथे । “रख लो दादा बादमे देखेंगे” भनेर टार्थे । म करिब दुई महिना अगाडी उनलाई भेटन गएको थिए । मेरो परिवार (मेनुका, प्रभात र परिता) पनि संगै थिए । हिडने बेलामा उनले एउटा चेक दिए । त्यो चेक मैले उनलाई निकै अगाडी दिएको थिए, एऊटा काम गरे वापत । उनले भने; “दादा ऐ चेक वापस रखलो” । अखिलेश र मेरो बिचमा भएको कारोबारको बारेमा थाहा पाएका एकजना मित्रले उनको मृत्युको खवर सुनेर सोधे ‘व्यवहार त मिलेको थियो होला नी’ ?  

    अखिलेश, उनको पिताजी र छोरी मिनाक्षीको कविता बाचन हामीले श्रृजनाका यात्राहरुमा गराएका थियौं, न्युर्योकको ज्याक्सन हाईट्समा । पिताजीबाट साहित्य र दर्शनका बारेमा सहदेवजी र मैले प्रश्नहरु पनि राखेका थियौं । पछि प्रदिप थापाजी र मैले पिताजीसंग साहित्य र दर्शनका बारेमा सम्वाद गरेका थियौं यो सबै मिलाउने अखिलेश नै थिए । उनले लंगआइल्याण्डमा अर्को नयाँ घर किने । त्यो घरमा आउन कर गरिरहेका थिए; “दादा, मेनुकाजी और आप आ जाओना विकेण्ड मै, स्वीमिंग करो, ध्यान करो, बागमे सैर करो,  बहुत अच्छी जगह है” । उनलाई थाहा थियो म ड्राईभ गर्दिन भनेर । त्यसैले भन्थे; “गाडीवाले और एक कपलको भी साथमे लेके आओ । बहुत कमरे है” । तर हामी जान सकिरहेका थिएनौं ।

    उनले एकदिन भने “पिताजी आए हैं क्यालिफोर्निया से । कुछ समय यही रहेंगे” । ८५ बर्ष नाघिसकेका अस्वस्थ पिताजी न्युर्योकको मौसमको कारणले गर्दा छोरी ऋजुसँग क्यालिफोर्निया नै बस्नु हुन्छ । पिताजीसंग साहित्य र दर्शनका बारेमा केही सत्संग गर्न पाए हुन्थ्यो भन्ने आकांक्षा जागेकोले अखिलेशजीलाई भाव व्यक्त गरें । तत्काले उनले ‘कहिले र कतिजना आउने ?जानकारी गराऊ’ भने। मैले अनेसास, न्यूयोर्कका राजेन्द्र श्रेष्ठसँग केही नामहरु मागें । मेनुका, म, राजेन्द्र, डा.तारा निरौला, डा. गोविन्द कोईराला, राम र गीता खत्री, शकुन, परिता, प्रभात, हजुरी र अन्य केही साथीहरु अखिलेशजीको घरमा शनिवारका दिन गयौं ।

    हामीलाई पिताजी, अखिलेश, भाउजू, मिनाक्षी र अन्य परिवारका सदस्यले स्वागत गर्नुभो । उनको नयाँ घर फिल्म स्टुडियो जस्तो भब्य, जंगल भित्र एकान्तमा । वरिपरीको रमणीय वातावरण हेरेर हामी मोहित भयौं । सबैजना फोटो खिच्न र खिचाउन थाले । त्यसपछि हामी कार्यक्रम हुने र खानेपान सजाएको ठाउँमा गयौं । मिठाई र खानाका परिकारहरु देखेर हामी छक्क पर्यौं । एकपछि अर्को परिकारहरु ल्याईरहेका थिए । मानौं हामी कुनै शाही भोजमा छौं । मलाई सहभागीहरु सोध्दै थिए “हैन दाई तपाईको साथी त ठुलो दिलवाला रहेछ” । मैले आफुलाई कृष्णको घरमा पुगेको सुदामा जस्तो अनुभव गरें ।

    पिताजीसँग गरिएका सत्संगको फोटो र भिडियो परिता र प्रभातले लिए । साहित्य, दर्शन र धर्मका बारेमा दिएका जानकारी पछि हामीले उहासँग धेरै प्रश्नहरु राख्यौं । चित्तबुझ्दो उत्तर पनि पायौं । पिताजीसँगका सत्संगको भिडियोलाई सम्पादन गरेर निकाल्न अखिलेशजी र म काम गर्दै थियौं । जुन पुरा भएन । आशा छ निकट भविष्यमा म निकाल्ने छु ।

    अखिलेशजी नियमित डाक्टरकहाँ गईरहने र पथ परहेजमा रहने मान्छे हुन् । करिब १६ महिनाअघि उनी अफिसमा काम गरिरहेका बेला घरमा बोलाईएछ । घर पुग्दा डाक्टर र परिवारका सदस्यहरुले रुँदै भनेछन् । उनलाई पेङ्क्रियाजको क्यान्सर भएछ । उनको उपचार सुरु भयो । मलाई उनले शुरुमै भनेका थिए – यी कुराहरु । साथमा भनेका थिए कि “दादा मेनुकाजीको ए बात मत बताना” । उनलाई थाहा थियो मेनुकाले अनावश्यक पिर लिन्छिन भन्ने ।

    म अप्रिल ३, २०१९ का दिन नेपाल हिडें – बालगुरुको कार्यक्रममा सहभागी हुन । जानु भन्दा केही दिन अघि उनीसँग कुरा हुँदा “दादा बहुत लोंगो को ए भी पता नही है कि उनकी मृत्यु कब होगी ? मगर डाक्टर ने कह दिया है मै कब तक जिन्दा रहुंगा ! मै तो निश्चित हु उसके आगे नही मरुंगा” । अखिलेशले भनेका यी भनाईले मलाई आजभन्दा करिब ३५ बर्ष अघि मृत्यु भएका मेरा सहकर्मीलाई सम्झिएँ । उनी २५ बर्षको उमेरमा वितेका थिए । उसको मृत्युले ममा मृत्युको भय पैदा भएको थियो । अनि म चिन्तामा डुब्न थालें । डाक्टर र वैद्यको दवाईले काम गरेन । सबैले मलाई डिप्रेशनमा छ भने । तर म पत्याउन्नथ्ये । आजीत भएर विपश्यना ध्यानमा गएँ १९९४ ताका ।

    त्यसपछिको निरन्तरको सत्संगले ममा एउटा पराभौतिक ज्ञान पस्यो । म मन, बुद्धि र शरिर होईन । म चैतन्यस्वरुप आत्मा हुँ । म न त जन्मन्छु नत मर्दछु । मर्ने त केवल मेरो शरिर हो । म जागृत, स्वप्न, र सुषुप्ती अवस्था भन्दा माथि रहेको र तीनै अवस्थालाई जान्ने साक्षी हुँ । अखिलेशले मृत्युलाई यसरी सहज रुपबाट स्वीकारेको सुनेर म फेरी मृत्युबाट निर्भयी भएँ । ममा वैदिक साहित्य प्रतिको श्रद्धा र विश्वास अझ बढ्यो । अनि आफ्नै रचना र संगीतमा रेर्कड गरेको तलको गीत सम्झिएँ;

    जन्मने र मर्ने, म हुँ कि मेरो शरिर ?

    गुरुजी हटाई पाऊँ, यो मनको पिर 

    भन्नुभो गुरुले सुन ज्ञानका कुरा

    पन्छाई एकछिन बुद्धिका कुरा

    तिमी चेतना हौ, कुनै वस्नु होईनौ

    तिमी सर्वत्र छौ शरिर होईनौ

    शास्वत छ चेतना शरिर नासिन्छ

    अज्ञानी तिम्रो मन, शरिरमा टासिन्छ

    न मर्दर्छाै तिमी, न मर्छन अरु

    तिम्रो अज्ञान डढाऊ, बनाई चरु ॥

    विनोद रोका

    न्युर्योक

  • हवाईमा हवाई दुर्घटना हुँदा ९ को मृत्‍यु

    हवाईमा हवाई दुर्घटना हुँदा ९ को मृत्‍यु

    अमेरिकाको पर्यटकीय राज्य हवाईमा गत शुक्रबार राती एक बिमान दुर्घटना हुँदा ९ जनाको मृत्‍यु भएको छ । बिमानलाई स्काई डाईभको लागि प्रयोग गर्ने क्रममा दुर्घटना भएको अधीकारीहरुले संचार माध्यमलाई बताएका छन् भने स्काई डाईभिङ्का लागि जहाजमा गएका कतिपय मृतकका परिवार बिमानस्थलमा कुरिरहेको समेत          बताईएको छ । दुईवटा ईन्जिन भएको किङ एयर बिमान दुर्घटना ओहु अाईल्यान्डको उत्तरी तटमा भएको हो ।  

    मृतकहरुको पारिचय समाचार  तयार पार्दासम्म खुलाईएको छैन ।  

    एजेन्सी

  • गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्‍यु

    गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्‍यु

    न्युह्याम्पसायर

    एउटा पिकअप ट्रक मोटर साईकल चालकहरुको समुहमा  ठोक्किन पुग्दा न्युह्याम्पसायरस्थित सानो हाईवेमा गत शुक्रबार साँझ ७ जना मोटरसाईकल चालकको मृत्‍यु भएको छ भने ३ जना  घाईते भएका छन्  । न्युह्याम्पसायरका स्थानीय प्रहरीका अनुसार रेन्डल्फस्थित यु एस -२ नामको २ लेनको साँघुरो सडकमा डज पिक अपले समुह बनाएर हाईवेमा तिब्र गतीमा कुदेका मोटर साईकल चालकहरुलाई ठक्कर दिएको थियो ।  

    प्रहरीले घाईते  र मृतकको नाम सार्वजनिक  गरेको छैन ।

  • न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

    न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

    न्यूयोर्क पुलिस डिपार्टमेण्टले ३ दर्जनभन्दा बढी उबर र लिफ्ट ड्राईभर चोरिएको घट्नाको छानबिन गरिरहेको छ । 

    पुलिसका अनुसार अप्रिलदेखि यता मात्रै ३ जना १६ देखि २५ बर्षका चतुर चोरहरुले न्यूयोर्कको ब्रोन्क्स, ब्रक्लिन, क्वीन्स र म्यानह्याटनमा करिब ४० भन्दा बढी ड्राईभरमाथि उस्तै किसिमको तरिका अपनाई लुटिसकेका छन् । जति प्रबिधिले सुबिधा दिएको छ, त्यति नै सावधान रहनुपर्ने अवस्था आएको छ । कतिपय घटनामा त ड्राईभरले आफू लुटिएको खबरसम्म पनि तत्काल थाहा नपाउने गरेका छन् । 

    ती चोरहरु अन्य पेसेन्जर जस्तै सामान्य तरिकाले कारमा चढ्छन् र केही बेरमा आफ्नो गन्तब्य परिवर्तन गर्नुपर्यो भनी भन्छन् । रेगुलर उबर राईडमा पेसेन्जरले कुनैपनि बेला गन्तब्य  परिवर्तन गर्न पाउँछन् । त्यसपछि आफ्नो फोन नचलेको नाटक गर्छन् र ड्राईभरको बिश्वास जितेर गन्तव्य परिवर्तन गर्नको लागि ड्राईभरको फोन माग्छन् र उबर/लिफ्टको ड्राईभरले तुरुन्त पैसा निकाल्न मिल्ने सिस्टम “क्यास आउट” मार्फत आफ्नो खातामा वा कार्डमा तुरुन्तै पैसा पठाउँछन् । 

    ड्राईभर चार्ली एडवार्ड भन्छन् अत्याधुनिक प्रबिधिले झन जोखिम बढाएको छ । त्यस्तै अर्का अनुभवी ड्राईभर ब्रिन्टो रसिद, जसले पहिले पहेलो ट्याक्सी चलाई सकेका थिए, भन्छन्; “पहेलो ट्याक्सीमा गाली बेईजती र हातपातको घटना पनि घट्थ्यो, अहिले क्यामारा लगाएको छु, राईडरको पूर्व जानकारी हुन्छ, बढ्ता हुनेलाई ओराल्दिन्छु” । उनी भने आफूले सुरक्षित महसुस गरेको बताउँछन् ।

    यतिबेला उबर र लिफ्ट कम्पनीले गाडी गतिमा भएको समयमा पैसा ट्रान्सफर गर्न नमिल्ने गराउने भएका छन् । ड्राईभरलाई ग्राहकले प्रबिधि मार्फत लुट्ने अर्को प्रकृतीको घटना पनि प्रचलनमा रहेको छ । ड्राईभरलाई कामको अनुरोध आएपछि ग्राहक लिन जाँदैगर्दा तुरून्त फोन आउँछ; “म उबरको कार्यालयबाट बोल्दैछु, तँपाईले अहिले यो ठाउँमा लिन जाँदै गरेको फलानो व्यक्तीलाई अर्कै ड्राईभर पठाईदिनेछु । तँपाई  सुरक्षित ठाउँमा गाडी रोकेर फलानो ब्यक्तीको राईड क्यान्सिल गर्नुस्, तँपाईको एकाउण्टको खाता नम्बरमा समस्या आएको छ । सच्याउनु पर्नेछ”। ग्राहकको समेत सबै जानकारी भनेकोले सोझा ड्राईभरले पत्याउँछन् र बैंक सम्वन्धि जानकारी अफिसलाई दिएको ठानेर दिन्छन् । वास्तवमा त्यो फोन उबरको कार्यालयले गरेको नभै त्यो ठग ग्राहकले नै कर्मचारी बनेर गरेको हुन्छ । यस्तो अवस्थामा जानकारी बिल्कुलै दिन हुँदैन । समस्यामा परे एनवाईपिडीको क्राईम स्टपर्स हटलाईन 800 577 8477 र 888 577 4782 मा खबर गर्न अनुरोध गरिएको छ ।

    श्रोत : सिबिएस न्युयोर्क ।

  • बिदेशी छायाँ स्वदेशको माया

    बिदेशी छायाँ स्वदेशको माया

    युरोप पसेको सात बर्ष लागेछ । यो सात बर्षमा सुनकोशीमा कति पानी बग्यो होला ? सात जुनीमा नभोगेको हण्डर ठक्कर यही युरोपको भुमीमा भोगेको छु । पहिले सोचेको थिए सजिलै पैसा कमाइन्छ जीवन व्यवस्थित होला तर कहाँ हुनु ? यो दलदल पो रहेछ, जति निस्कन्छु भन्छु उति भाँसिदै जान्छ । कति मान्छेले आफ्नो जीवनको समिक्षा गर्छन होला ? मलाइ लाग्छ हरेक मान्छेले आफ्नो जीवन जन्मदिनमा पक्कै नियाल्छन । मलाइ त सपनामा जन्मभुमिले सताइरहन्छ । मलाई जस्तै काम, माम र अवसरका लागि परदेश भाँसिनु परेका तमाम नेपाली युवाहरुको निन्द्रामा आफ्नै घर आँगन सपनामा नाच्दो हो ! 

    काभ्रे जिल्लाको साविक देवभूमी बालुवा गाविस ८ लुइँटेलगाउँमा जन्मिएर हुर्केको त्यो ठाउँ, त्यो घैरिनी डाँडा, खोका खोल्सो, डुडेको चौर पातालको वन, रानीपानी, चापाकोबोट, बकुल्टार, खामपुर, देवभूमी बालुवा मात्र होइन माथि धुर्पुरादेखि तल ढोट्नेसम्म मेरा कलिला पाइलाहरुले धेरैपल्ट त्यो जमीन नाप्यो । त्यही कयौं पटक ठेस लाग्दा ऐया आमा भनेर चिच्याएँ । ढोडारा र इन्द्रवानको फाँटमा दाइँ गर्दा गोरु धपाईयो । असारे रोपाइँमा हिमाम्य भईयो । टन्यौटे र ओखले कुवाको पानी खाईन्थ्यो । यसरी जम्माजम्मी आमा बाबासँग ५ हजार १ सय १० दिन बिताएछु मैले । त्यसपछि सर्वमंगलाबाट एसएलसी गर्दा मामाघरको त्यो दुलालथोक काफ्लेडी तामाघाट, तीनपिप्ले र बालुवाका सेरोफेरोमा लगभग १२ सय दिन बितेछन् । पार्टीमा संगठित हुँदा, आरआर कलेज हुँदै कालिकोट, जुम्ला, मुगु, डोल्पाका ती दुर्गम बस्तीदेखि काठमाडौंसम्म ९ सय दिनहरु र जीवनको ऊर्जाशील अवस्थामा ६ हजार ६ सय ६५ दिन बनेपालाई केन्द्र बनाउँदै म देश विदेश पुगेछु । यसै दौरानमा मबाट हामी चार भयौं । कामको दोरानमा मेरो सामिप्यतामा धेरै आए त केही पात्र खलनायक पनि भए । मित्र एग्रो भेटको त्यो मेरो दैनिकी काभ्रे टाइम्सको स्थापनादेखि रेडियो प्रसारणसम्मको संख्या र अनुहारको सम्झनामा आउने ति अनुहारहरु मैले हिसाब गर्नुपर्छ । थुप्रै अनुहारहरुको छुट्टै प्रवृत्तिसँग ति सबै बानी व्यहोरा र बेग्लाबेग्लै नाम र व्यक्तित्व र प्रवृतिका बारेमा वर्णन गरेर यहाँ साध्य छैन ।

    जव सपनाले सताउँछ  मेरा भावनाहरु जो उफ्री उफ्री मनबाट बाहिर प्रकट भइरहेका हुन्छन । तिनीहरुलाई दवाउन नसकेर धेरै पटक भावनामा भक्कानिएको छु । युरोपका फ्रान्स जर्मनी बेल्जियम नेदरल्याण्ड लग्जम्बर्ग इटाली लन्डन स्पेन पोर्चुगालका गल्लीहरुमा भौतारिएको छु । सबैले भन्ने गरेको सपनाको देश अमेरिका पुग्दा पनि मलाइ त्यस्तो आहा जस्तो यो मनमा भएन ।  

    जीवनको तथ्य उजागर गर्ने क्रममा पहिलो महान व्यक्तित्व भनेकै आमा र धर्ती रहेछन् । जसलाई जति कुल्चेपनि यो धर्तीले ऐया भन्दैन । त्यस्तै आमालाई जति सन्तानले दुःख दिए पनि उनको सन्तानप्रति कुनै पनि आमाले गुनासो गरेको मलाई थाह छैन । काभ्रेमा काभ्रे टाइम्सकै नामबाट मैले संचार संस्थालाई स्थापना गरें । काभ्रे टाइम्स प्रकाशन भएको पनि २३ बर्ष भएको छ । आम काभ्रेलीको माया त छ तर पत्रिकालाई समयानुकुल बनाउन सकिएको छैन । म प्रतिका ती विश्वासलाई डगमगाउन दिने छैन भन्ने प्रतिवद्धता गरेको छु । योजना त् धेरै छन् तर अझै समय अनुकुल छैन । साँच्चिकै देश सजिलै छिट्टै बन्ने छाटकाट मैले देखेको छैन । हाम्रो देशमा जंगबहादुरको त् जन्म भयो तर देश बनाउने कुनै बहादुर अहिलेसम्म किन जन्मिएन ?

    मेरो मोह मेरै धर्तीप्रति हो । हो, मानिसलाई अन्ततः परदेशको वैभव भन्दा स्वदेशको अभाब र झमेला नै बरु सही लाग्ला । ठुलो त आफ्नै समाज, आफ्नै संस्कृति, आफ्नै पाखा पखेरु हुँदो रहेछ । तिनलाई मृत्यु पछाडि पनि ऊ छोड्न चाँहदैन । सायद विज्ञहरुले भन्ने गरेको राष्ट्रियता, देश भक्तिको जग यस्तैबाट बन्दो हो । म भित्रको प्रतिकुलतालाई अनुकुलतामा बदल्न पराई भूमिमा छु । यहाँ भाषा, रहनसहन र भूगोल नै बेग्लै भएकोले झनै प्रतिकुलता छ तर जीवनका लागि नभई नहुने ज्ञान, सीप र अवसर यहाँ भएकोले त्यसलाई आफ्नो बर्कतले भ्याएसम्म लिने प्रयत्नमा छु । सबै परिचित प्रति गहिरो सम्झना र न्यानो माया ! 

    आर एल श्रमजीवी

    बेल्जियम

  • बबल एण्ड क्र्यास

    बबल एण्ड क्र्यास

    बबल एण्ड क्र्यास शीर्षकमा यो दास्रो आलेख हो । यस परिप्रेक्षमा अन्तराष्ट्रिय स्तरमा शेयर बजारमा भएका विभिन्न बबल र क्र्यासको ईतिहासका बारेमा चर्चा गर्दै उक्त समयमा नेपालको अर्थतन्त्रको अवस्था र त्यस्ता घटनावाट हालको नेपाली बजार तथा नीति निर्माताले सिक्नु पर्ने पाठका सम्बन्धमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

    मिसिसिपी बबल (१७१९ – १७२१)

    वेलायतको साउथ सी बबलको केही समयमा नै फ्रान्समा मिसिसिपी बबल भएको थियो । सन् १७१५ मा फ्रान्सको अर्थतन्त्र निरन्तर युद्धका कारण धारासायी हुन पुग्यो । यसवाट बच्न सरकारले स्कटिस अर्थशास्त्री जोन लको सुझाव अनुसार नोट जारी गर्ने अधिकार सहित एक सरकारी बैंक स्थापना गरेको थियो । जनताले उक्त बैंकमा सुन, चाँदी जस्ता बहुमूल्य धातु राखेर बैंकले जारी गर्ने नोट प्रयोग गर्दथे । विस्तारै उक्त बैंकले जम्मा हुने सुन चाँदी भन्दा बढी रकमको नोट जारी गर्न थाल्यो । सतहमा फ्रान्सको अर्थतन्त्र सुधार भएको देखियो भने जोन लले संचालन गरेकोे ब्यापारिक कम्पनीको शेयरको माग धेरै बढ्यो । सन् १७१९ मे महिनामा ५०० लिभ्रिस (तत्कालिन फ्रेन्च मुद्रा) मूल्य रहेको उक्त कम्पनीको शेयर मूल्य बढेर नोभेम्बर महिनामा १०,००० लिभ्रिस पुग्यो । यसवाट फ्रेन्च स्टक मार्केटमा त्यस समयमा धेरै मिल्यनियरहरु देखा परे । उक्त बबलको समयमा फ्रान्समा घर जग्गाको मूल्य र घर भाडामा २० गुणा सम्म बृद्धि हुन गयो । तर बैंकले जति पनि नोट छाप्दै जादा बजारमा मुद्रास्फिती बृद्धि भई केही समयमा नै अर्थतन्त्र गहिरो संकटमा पर्न गयो । १०,००० लिभ्रिस पुगेको उक्त कम्पनीको शेयर मूल्य सन् १७२० मा ४००० लिभ्रिस र सन् १७२१को सुरुमा ५०० लिभ्रिस भन्दा कम हुन गयो । यसवाट फ्रान्सको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्न गयो ।

    ब्रिटिस रेल वे म्यानीया

    नेपालमा विगत केही वर्षदेखि रेलमार्ग निर्माण गर्ने विषय चर्चामा छ । यसको लागि सरकारी निकायवाट कार्यालय स्थापना गरिएता पनि ठोस कार्य अघि बढ्न सकेको छैन । कति लामो रेलमार्ग निर्माण गर्ने, कुन स्थानमा गर्ने यसको लागत लाभ के हुने भन्ने सम्बन्धमा खासै चर्चामा आएको देखिदैन । रेलवे निर्माणका लागि जनतावाट पूँजी जुटाउन सकिन्छ भन्ने विषय त नीति निर्माताको दिमागमा पनि छैन होला । तर सन् १८३० मा नै वेलायतमा जनताको वचतवाट पूँजी निर्माण गरी रेल कम्पनीहरु स्थापना गरिएको थियो ।

    सन् १८३० मा लिभरपुल र म्यान्चेष्टर विच संचालन गरिएको रेलले उच्च सफलता प्राप्त ग¥यो । यसवाट हौसिएर थप रेलवे लाईन निर्माणका लागि दश प्रतिशत रकम मात्र जम्मा गरी बाँकी पछि माग गर्ने गरी शेयर लगानी गरेर कम्पनीको स्थापना गरियो । यस्तै कार्य नेपालको प्रधानमन्त्री सहितको सहभागितामा केही अघि जलविद्युतमा जनताको लगानी नाममा १० प्रतिशत रकम जम्मा गरी जलविद्युत कम्पनीमा लगानी गरिएको छ । तर व्रिटेनको उक्त मोडल केही समयमा नै असफल सिद्ध भयो । तत्कालिन समयमा ठूलो लागत सहित सुरु गरिएको उक्त परियोजनावाट धेरै प्रतिफल प्राप्त हुने आशामा शेयर तथा ऋणपत्रमा लगानी भयो । सुरुमा १० प्रतिशत रकम मात्र माग भएका कारण धेरै व्रिटिस लगानीकर्ताहरुले पछि रकम थप गर्न सक्ने वा नसक्ने विचार नै नगरी आफुसंग भएको सवै रकम उक्त १० प्रतिशत मार्जिनमा लगानी गरे । तर धेरै ठूलो रकमको लगानी आवश्यक पर्ने, निर्माण कार्य पनि सहज नभएको र वेला वेलामा कम्पनीले थप रकम माग गरिरहने कारणवाट केही वर्ष पछि लगानीकर्ताहरुको विश्वास उक्त रेलवे कम्पनीहरु प्रति कम हुदै गयो र आकासिएको शेयरको मूल्य धेरै घट्न गयो । सन् १८४५ तिर लगानीकर्ताहरुले कम्पनीहरुलाई थप रकम भुक्तानी गर्नै छाडे । फलस्वरुप योजना गरिएको भन्दा १५ प्रतिशत मात्र कार्य सम्पन्न हुन सक्यो र लगानीकर्ताहरुले धेरै ठूलो रकम गुमाउन पुगे । यसवाट  वेलायतको समग्र विकासमा नै धक्का पुग्न गयो । औद्योगिक क्रान्ती पछि मध्यम वर्गमा रहेका धेरै वेलायती जनताको वचत गुमेको कारण गरिवीको प्रतिशत समेत बढ्न गयो ।

    स्टक मार्केटमा सूचना संप्रषणको धेरै महत्व हुन्छ । उपलब्ध सूचनाका आधारमा लगानीकर्ताले लगानी निर्णय गर्ने गर्दछ । ब्रिटिस रेल वे म्यानीया बबल र क्र्यासको एक प्रमुख कारणका रुपमा त्यस वेलाका छापा पत्रिका पनि एक हुन् । सन् १८३० को दशकमा वेलायतमा अर्थतन्त्रका वारेमा लेख्ने पत्रिकाहरु प्नि प्रकाशन हुन थालिसकेको थियो । ती पत्रिकाहरुमा रेलवे कम्पनीका विभिन्न सूचना, जानकारी, वित्तीय विवरण आदि प्रकाशन हुन थाले पछि पत्रिकाको आय पनि बढेकोले यस्ता पत्रिकाहरुले सुरुका केही वर्ष रेलवे कम्पनीहरुका वारेमा असाध्यै सकारात्मक समाचार प्रकाशन गरेर बजार बढाउन योगदान गरेका थिए । तर पछिल्ला दिनहरुमा पत्रिकाहरुले त्यस्ता रेलवे कम्पनीहरुको नकारात्मक समाचार संप्रेषण गर्न थाले । तत्कालिन पत्रिकाहरु दी टाईम्सले श्रृङ्खलावद्ध रुपमा रेलवे कम्पनीहरुको विरुद्ध समाचार एवं सम्पादकीय लेखहरु लेखेका कारण नै लगानीकर्ताहरु शेयर बजार प्रति नकारात्मक हुन गई ब्रिटिस रेल वे म्यानीया बबल र क्र्यास भएको पनि विभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा उक्त समयमा भिमसेन थापाको प्रधानमन्त्रीकालको अन्तिम समय थियो भने दरवारमा थापा खलक र पाण्डे खलक विचको द्वन्दवाट देशमा विकासका विषयहरु प्राथमिकतामा नै पर्दैन थियो । पत्रिका प्रकाशन भने नेपालमा सर्वप्रथम सन् १९०१ मा गोरखापत्रवाट भएको हो ।    

    नेपाल सरकार र नियामक निकायले पनि वेलायतको करिव १८० वर्ष अघिको अनुभववाट पाठ सिक्नु पर्ने देखिन्छ । नेपालमा भरखरै सुरु गरिएको जलविद्युतमा जनताको लगानी कार्यक्रम अन्तर्गत १० प्रतिशत मात्र रकम माग गरी जलविद्युत कम्पनीमा लगानी गर्ने प्रचलन सुरु भएको छ । तर नेपालको जलविद्युत क्षेत्रले पनि त्यस्तै नियती नभोगोस भन्ने तर्फ समयमा नै ध्यान दिनु जरुरी छ । विसौ वर्षसम्म मेलाम्ची खानेपानी आयोजना सम्पन्न हुन नसकेको अवस्थामा रेल मार्गको निर्माण गर्दा लाग्ने धेरै समय र रकम, निर्माणका क्रममा भोग्नु पर्ने कठीनाई र परियोजना सम्पन्न भई सकेपछि प्राप्त हुने लाभलाई समेत मध्य नजर गरी योजना छनौट गर्नु उपयुक्त देखिन्छ । करिव ३०० वर्ष अघि नै वेलायत तथा युरोपमा जनताको वचतलाई पूँजीको रुपमा परिचालन गरी पूर्वाधारको निर्माण गरिएवाट नेपालमा पनि यस्ता महत्वपूर्ण परियोजनाहरुमा सरकारले आफै लगानी गर्ने वा विदेशी दातृनिकायको मुख ताक्ने प्रबृतिलाई कम गरी पूँजी बजारलाई अझै प्रभावकारी बनाई लगानी जुटाउन सकिने देखिन्छ ।

    क्रमशः (बाँकी अर्को अंकमा)

    निरञ्जन फुयाल

    प्रबन्धक नेप्से

    काठमाडौं 

  • यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें

    यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें

    समाजमा अनेक इकाई हुन्छन् । ती ईकाई मिलेर समूहले आकार पाउँछ । समाज र समाज व्यवस्थामा त्यस्ता समूह स्थायी प्रकृतिको हुन्छ । भन्नका लागि व्यक्तिव्यक्ति मिलेर बनेको समूहको संगठित स्वरुप नै समाज हो । तर यो समूह र समाजको प्रकृतिमा व्यक्ति मात्र प्रधान हुँदैन, व्यवहार, चालचलन, रीति, आवश्यकता, सम्बन्ध सबै आउँछन् । उनीहरु क्रिया, कर्मदेखि उनीहरुलाई कुन तत्वले व्यवस्थित र अनुशाशित बनाइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । यही व्यवस्थित बनाउने चरणमा अनेक सामाजिक संस्थाको निर्माण भइरहेको हुन्छ जसले समाज र सामाजिक ईकाईलाई व्यवस्थित, मर्यादित र धेरै हदसम्म नियन्त्रित गरिरहेको हुन्छ । समाजमा सबैले मनोमानी गर्ने वा गर्न पाउने अवस्थामा समाज संगठित र व्यवस्थित दुबै हुँदैन । त्यो बेला समाजको परिचय र पहिचान छिन्नभिन्न हुन्छ । तात्पर्य, सामाजिक उश्रृंखलताबाट बच्न व्यक्ति समुदायको साहारा लिन्छ र समुदायको यही औचित्य र प्रयत्नले शान्ति, व्यवस्था र अस्तित्व गतिशील भइरहेको हुन्छ । जुन बेला सामाजिक संगठनहरु आफैं धराशायी हुन्छन् वा तिनीहरुलाई दवाव र प्रभावले धराशायी बनाउने क्रियाले गति लिन्छ त्यो बेला सामाजिक अव्यवस्थाको प्रारम्भ हुन्छ र सामाजिक विघटनले डोब खन्छ ।

    अनुमान गर्नुहोस् गुठीमा बाँधिएका साँस्कृतिक समुदाय आफ्नो साँस्कृतिक विरासतबाट वञ्चित भए अथवा उनीहरुलाई साँस्कृति विरासतबाट जबरजस्ती वञ्चित गराइए ती समुदायको अस्तित्व कहाँ पुग्छ ? तिनीहरुको सामाजिक संरचना कसरी अलगथलग हुन्छ ? पाठकका नाताले तपाईको विमति होला तर आजको मेरो मुख्य चासो यो हो ।

    जहाँ उमेर, लिंग, नाता, व्यवसाय, आवास, सम्पत्ति, विशेषाधिकार, सत्ता र काम जस्ता कुरा विविधतामा आधारित रही समायोजन गरिएको हुन्छ त्यही सामाजिक संगठन हो । यसलाई इलियट र मेरिलले आफ्नो पूर्व निश्चित एवम् मान्य उद्देश्यअनुसार काम गर्ने सामाजिक इकाईको नाम दिएका छन् ।समाज भनेकै संगठित बानीव्यवहार, मनोभाव अथवा मतैक्यताको योग हो । यही व्यक्ति र सामाजिक सम्बन्धको अर्थपूर्ण मिलन हुन्छ । समाजप्रदत्त व्यक्तिको सामाजिक स्थान र स्थितिभित्र सामाजिक प्रथाको नियन्त्रण भइरहेको हुन्छ । यो नियन्त्रण नियमको अधीनमा रहेर हुन्छ वा गरिन्छ । यही परम्पराले सामाजिक गुण प्रदर्शन गरिरहेको हुन्छ, सामाजिक बल र सामाजिक पहिचान निर्माण गरिरहेको हुन्छ । र, विकासको प्रक्रियामा  परिवर्तन पनि समाजले आफू अनुकूल गर्दै लगिरहेको हुन्छ । समाजिक संगठन बलियो छ भने त्यो परिवर्तन यूगानुकूल स्थायी हुन्छ, कमजोर छ भने सामाजिक चरित्रमा क्षयीकरण शुरु हुन्छ ।

    प्रस्तावित गुठी विधेयक अक्षरशः अध्ययन गर्नेले सहजै अनुमान लगाउन सक्छ यो सामाजिक साँस्कृतिक चरित्र क्षयीकरण गर्ने नियतले आएको छ । यही क्षयीकरणमा सामाजिक प्रक्रियाहरु एकआपसमा छिन्नभिन्न हुन थाल्दछन् । यो वा त्यो रुपमा प्रतिस्पर्धाले स्थान पाउँदछ र द्वन्द्वले आकार लिन्छ । सामाजिक द्वन्द्व घनिभूत हुँदै जाँदा समाज पनि विघटनको बाटोमा जान्छ ।

    सामुदायिक भावनाबाट प्रेरित रहेर सामुदायिक इच्छापूर्ति उद्देश्य प्राप्तका लागि बन्ने सामाजिक इकाई गुठी हो भनेर बुझ्छु म । यसलाई परम्परागत नेपाली समाजको सामाजिक संगठनकै एउटा रुपमा बुझ्दा पनि हुन्छ । यसमा उनीहरुको आफ्नै अनुशासन हुन्छ, श्रम र श्रम विभाजन हुन्छ, आफ्नै नियम र शैली हुन्छ जुन उनीहरुले अनुभव गरेको अवस्थामा परिवर्तन पनि हुँदै जान्छन् वा गइरहेका हुन्छन् । प्रस्तावित विधेयकले त्यही थितिमाथि जबरजस्ती राजनीतिक हस्तक्षेप गर्ने ध्येय बोकेकाले त्यो सामाजिक विघटनको कडी बन्नसक्दछ भन्ने हो ।

    आध्यात्मिकता भनेको जप, तप ध्यान मात्र होइन, यो आत्मिक सम्बन्धको कोमलता पनि हो । सामूहिकताको स्वभाव पनि हो । हामी जुन भौतिकवाद भन्छौं त्यसमा धर्म, विश्वास, आस्था, सामाजिक सम्बन्धभन्दा आधुनिक सुख प्राप्ति प्रधान हुन्छ । सामाजिक जीवनबाट रीतिरिवाज, परम्परा, प्रथाहरुबाट सम्बन्ध टुट्दै जान्छ । सामाजिक दर्शन कम हुँदै जान्छ । सामाजिक दर्शनलाई टिकाइ राख्न सामाजिक संगठन असफल हुँदै जाँदा भौतिकवाद हावी हुँदै जान्छ । वैज्ञानिक दृष्टिकोण खोज्ने ध्याउन्नमा सामाजिक महत्व गौण हुँदै जाँदा सामाजिक साँस्कृतिक पहिचानको पनि दशा आरम्भ हुन्छ । हामी कति व्यवहारिक छौं वा हामी कति प्राविधिक छौं भन्ने प्रतिष्पर्धामा त्यो सामाजिक साँस्कृतिक पहिचानको स्थान हुँदैन । हो ठीक यही अवस्थामा सामाजिक विघटन र साँस्कृतिक पहिचानको संकट तीब्र हुन्छ भन्ने मेरो ठहर हो । अजासु प्रवृत्तिका एकजना मन्त्रीले गुठीलाई फगत सामन्तवादको अवशेष बताएर गुठीबारे आफ्नो ज्ञान र नियत छताछुल्ल बनाइदिएकाले यो विषयमा धेरै नलेखौं । यसैलाई एलियट र मेरिलले सम्बन्धको अभावमा हुने सामाजिक विश्रृंखलता भनेका होलान् (सामाजिक विघटन, १९५० हार्पर एण्ड ब्रोस, पृष्ठ २९)

    सामाजिक ढाँचालाई अस्थायी रुपमै सही, तोडिदिए वा छिन्नभिन्न गरिदिएपछि सामाजिक विघटन आरम्भ हुने हो । त्यसको स्थानमा नयाँ ढाँचा त ढिलो चाँडो बन्ला तर त्यसले पूर्ववत् मूल्यमान्यता आत्मसाथ गर्छ कि गर्दैन भन्ने यकीन हुँदैन । पुरानो, जीर्ण, रुग्ण घर ढल्नु र ढाल्नु पनि राम्रो हो, रुढ सामाजिक संरचना विघटन गर्नु पनि राम्रो हो तर रोगको निदान र उपचारको विधि यो हो भन्ने यकीन नै नभई घाउमाथि करौंती चलाउँदा व्यक्तिको मृत्यु निश्चित हुन्छ जो फर्केर आउँदैन । अर्थात् समाज र संस्कृतिलाई नयाँ जीवन दिन पनि त्यसको विश्वासिलो र भरपर्दो नयाँ खाका आउन पर्दछ । चिकित्सकले लहडमा वा जबरजस्ती कैंची चलाउँदा के भयो भर्खरैको ओम अस्पताल प्रकरण हेर्दा भएन ? गुठी विधेयक यस्तै जबरजस्ती कैंची चलाउन खोजिएको नयाँ दृष्टान्त हो ।

    साँस्कृतिक सामाजिक नियममा राज्यको, शाषकको हस्तक्षेप हुँदा गडबढी स्वभाविक हुन्छ । पशुपतिनाथको पूजारी प्रकरण नै यसको उदाहरण हो । अझ त्यसमा नियत पनि फोहोरी देखियो भने त्यसले संकट पैदा गर्छ । संगठित र एकीकृत सामाजिक सम्बन्ध छिन्नभिन्न बनाउन बद्नियतपूर्वक राज्य वा सत्ता वा अन्य कुनै तत्वले अग्रसरता देखायो भने त्यसभित्र सामाजिक विघटनको षड्यन्त्र छ भन्न असजिलो मान्न हुँदैन ।

    आदर्श र विचारको अन्तरभित्र रुढ र नवीनता स्वभाविक हुन्छ । द्वन्द्व हुने नै यिनीहरुको बीचमा हो । तर यो द्वन्द्वको एउटा पक्ष कहीं प्राचीनताको नामोनिशान मेटाउन पर्दछ भनेर मुखरित हुन्छ त कहीं सामाजिक संरचना खल्बल्याएपछि त्यसभित्र आफूले हैकम जमाउने प्रपञ्च लिएर उठिरहेको पनि हुन्छ । यो संघर्षमा दुबैको हार वा दुबैको जीत सम्भव छैन । यदि सामाजिक सम्बन्ध टुट्यो भने सामाजिक विघटनको चरण आश्चर्य हुँदैन । यसको फाइदा लिन ढोकामा र्याल काडेर बसिरहेका धार्मिक समूहहरु सधैं तयार छँदैछन् ।

    स्थायी सामाजिक साँस्कृतिक संगठनको हस्तान्तरणको क्रममा एउटा पुस्ताले अर्को पुस्तालाई आफ्नो अनुभवको आधारमा विद्यमान समस्या र बेथितीमा गर्नपर्ने सुधारका विषयमा मार्गनिर्देश गर्दा मात्र सामाजिक विघटनको खतरा कम हुने हो । कुनै नयाँ संस्था र तत्वले जबरजस्ती त्यसमा हस्तक्षेप गर्दा विघटनको खतरा झन् चुलिन्छ नै । एउटा जाती, बर्ग, धर्म, सम्प्रदायको संरचनामा, उसको आस्था, आदर्श र विश्वासमा फरक समूहको हस्तक्षेप र प्रवेश आफैंमा विघटनकारी प्रतीत हुन्छ । त्यो हस्तक्षेप र प्रवेश सुधारको गुञ्जायशमा आउँदैन स्वार्थसिद्दीको हेतु आउँछ ।

    सामाजिक विघटनबारे रबर्ट ई. फेरिस भन्छन् अरुको नक्कल गर्नु, समुदायको पवित्र हितलाई क्षय गरिदिनु, सामुदायिक स्वतन्त्रता र सामुदायिक अधिकारमा हस्तक्षेप गर्नु, परस्पर अविश्वास पैदा गर्नु र अशान्तिको तत्व रोप्नु वा विकास गरिदिनु पनि विघटनलाई मलजल गर्नु हो । प्रस्तावित विधेयकमा नियत यही देखिन्छ ।

    कर्तव्यभन्दा अधिकारमाथि बल, स्थिति र क्रियामा समन्वयभन्दा विग्रह, सार्वजनिक हित र रुचीमा सामाजिकताभन्दा राजनीतिक चरित्र आत्मसाथ गर्दा, सामाजिक यन्त्र र प्रतीकको व्यवस्थापनभन्दा तिनमा गड्बडी ल्याउँदा, दृढ सामाजिक नियन्त्रणको स्थानमा सामाजिक नियन्त्रणको परम्परागत व्यवस्थामा खल्बली ल्याउँदा, सामाजिक नियमको सम्मानको स्थानमा उपेक्षाभाव प्रदर्शन गर्दा, व्यक्ति र समाजबीच समन्वयको स्थानमा विरोध र संघर्ष पैदा गर्दा, सामाजिक अंकहरुलाई एकीकृत र सुदृढ गर्नुको स्थानमा विभाजन गरी कमजोर धरातल विकास गर्दा सामाजिक साँस्कृतिक विघटनलाई निमन्त्रण पुग्छ । प्रस्तावित विधेयक त्यही निमनत्रणको दस्तावेज जस्तो देखिन्छ ।

    सँस्कृति भौतिक तत्व होइन । त्यसैले यो पदार्थ जस्तो तुरुन्त रुपान्तरण वा परिवर्तन हुँदैन । सँस्कृति अपनाउनु र नयाँ मोबाइलमा अभ्यस्त हुनुबीच त्यही अन्तर हुन्छ । त्यसरी नै नयाँ मोबाइल तुरुन्त फेरेर नयाँ मोडलको नयाँ एप्पल वा एण्ड्रोइड लिएको जस्तो साँस्कृतिक रुपान्तरण वा परिवर्तन सम्भव हुँदैन । मोबाइलको उपयोग जसरी सँस्कृतिको उपयोग सम्झनु र त्यसलाई अपनाउनु सरल र सहज हुँदैन । यस्तो अभ्यासले साँस्कृतिक विलम्व पैदा गर्छ र अन्ततः तत् तत् समाज र समूहमा विघटनको खतरा निम्त्याउँछ । विधेयकको विपक्षमा उभिएको ठूलो पंक्तिले यही खतरा महशुस गरेको हुनपर्छ ।

    अहिलेको संकट आकस्मिक हो वा संचित ? कुनै भयङ्कर दुर्घटना, विपत्ति वा प्रकोप, युद्ध वा बिग्रहको अवस्थामा सामाजिक विघटन स्वभावतः हुन्छ नै । त्यो बेला समाजका लाखौं व्यक्तिको सोच, जीवनशैलीमा आकस्मिक परिवर्तन पनि हुन्छ । बाध्यकारी जस्तै हो यो जहाँ ‘एडजस्ट’ नभइ सुख्खै छैन । जस्तो गणतन्त्र, धर्मनिरपेक्षता, भूकम्प आदि । तर अहिले प्रस्तावित गुठी विधेयक संचित संकटको कडीसँग जोडिएका पर्याप्त आधार र तथ्य देखिन्छन् । सामाजिक साँस्कृति मूल्यमा आघात पार्न स्वार्थ समूहहरुको ठूलो प्रयत्न भित्रभित्र भइरहेको रहेछ भन्न विधेयकको सम्बन्धमा सामाजिक संस्थाहरुसँग संवाद र अन्तक्रिया गर्न नचाहेबाट स्पष्ट हुन्छ ।

    मुद्दा सामाजिक समस्याको सिद्धान्त होइन । भौगोलिक पनि होइन । भौतिक उत्कर्षताको परिणाम पनि होइन । यो साम्प्रदायिक, जातिवादी, क्षेत्रवादी, भाषावादी एवम् प्राचीन परम्परावादी कडीसँग जोडिएको देखिन्छ । रुढ र अव्यवस्थाको छेको लिएर ठूलो सामाजिक संरचनाको नाभीमै प्रहार गर्न विधेयक केन्द्रित देखिन्छ । पुरानो समिति, संयन्त्र र नयाँ संस्थागत संरचनामा घर्षण हुँदा नचाहेर पनि सामाजिक मूल्यमा ह्रास आउँछ र यसैले सामाजिक साँस्कृतिक विघटनको दिशा लिन्छ । ढिलो चाँढो मात्र हो, हुन्छ । अतः सामाजिक मूल्यमाथि प्रहार केन्द्रित गर्ने गरी आएको प्रस्तावित विधेयक साँस्कृतिक विघटनको कारक बन्नसक्छ ।

    पुरुषोत्तम लम्साल

    भर्जिनिया, अमेरिका

  • लुकेको प्यारो मान्छे

    लुकेको प्यारो मान्छे

    प्रत्येक घडीको पलसँग

    सँगै हिंडें,

    जीवनको ऋतुहरूमा 

    तिमीलाई नै प्रेम गर्छु ।

    तिमीले देख्ने सपना, र मैले देख्ने सपना भिन्न भिन्न छन् ।

    वास्तवमा ,

    मेरो सत्य त्यही हो 

    सुन्दर सपना तिमी, 

    सधै तिम्रो संझनामा हाँसेर,

    जीबन यात्राको पाइलाहरूमा

    तिमीलाई भेट्छु ।

    खुशी लाग्छ,

    आकाश झैं मौनतामा 

    सुन्दर प्रस्तुती देखेर 

    अलि कति पनि दुखाई छैन,

    तिमीसम्म पुग्न नसक्दा नि,

    टाढा दूरीको पनि अति प्रिय लाग्छ ।

    त्यसैले होला, 

    विहानीको लाली मसम्म आइपुग्दा न्यानो अंगालोमा बाँधिएको,

    रात उदाएको चन्द्रमा सित शितलताको ओढ्नेसँग गुटुमुटु 

    यथार्थको धरातलमा 

    मिठो, आनन्दको अनुभूति हुन्छ।

    एउटा नयाँ उमङ्ग,

    एउटा  नयाँ रचना जस्तै 

    स्वतन्त्रको परिधिमा

    म उही 

    मसँग तिमी, 

    थाहा पाई थाहा नपाई

    बगेको तिमी

    न्यानो, चिसो संरचना 

    मिठो आवाज, लाग्छ

    सुनी रहूॅ म बाँचेको छु 

    भनेर  

    घडी झै टिक टिक

      

    मनको भित्तामा 

    कोरिएको चित्र 

    शान्त ,मुर्त 

    बुद्ध झै 

    मनको गुफामा

    लुकेको प्यारो मान्छे ॥

    ममता कर्माचार्य 

    बोस्टन 

  • चुम्बन आलिङ्गन : सफा वा दोषी

    चुम्बन आलिङ्गन : सफा वा दोषी

    करिव ६ बर्ष अगाडिको एउटा परिघटनाबाट सन्धर्व सुरु गर्छु ।मेरो हजुरआमा बितेको तेश्रो दिन म काममा फर्कदा सबैलेसहानुभुती दर्शाउन आंगालो मार्दै दु:ख शेयर गरिरहेका थिए ।त्यही बेलामा एक पोर्तोरिकन महिला साथीले पनि अंगालो मारेरआफू पनि दुखी भएको भाव दर्शाइन । मैले उनले दर्शाएकोसहानुभुतीलाई धन्यबाद ज्ञापन गरें । अर्को दिन पनि ती महालाअंगालो मार्न काममा पुग्ने बित्तिकै आइपुगिन । उनले त्योक्रमलाई केही दिन जारी राखिन । उनी अलिक ठूलो ज्यानकी रम हल्का सानो ज्यानको हुनाले मलाई त झ्याप्पै छोपुला जस्तोगरेर कस्न पो थालिन् । केही दिन पछी उनी माथी मैले प्रश्नउठाउने  निर्णय गरें र भने “हेर मेरी श्रीमती पनि यँही काम गर्छिन्। यदि उनले थाहा पाइन भने मलाई ठूलो तनाव हुन्छ । मलाईयसरी अफ्ठेरो नै पर्ने गरी अंगालो मार्न छोडीदेउ“। त्यस पछीउनले मलाई कसेर होइन, अंगालो मार्न नै आँट गरिनन् ।

    नियमित उपस्थिती नभएको कारण उनको जागिर पनि गयो ।मेरो समस्या पनि संधैका लागि टर्यो । 

    चुम्बन र आलिङ्गन बिशेष गरी पश्चिमाहरुको परम्परा भए पनिबिस्तारै पुर्वियहरुले पनि प्रयोगमा ल्याइसकेका छन् । तर चुम्बनआलिङ्गन स्वाभावैले एक अर्काको सशरिर स्पर्शका साथ गरिनेअभिवादन भएपनि कहिलेकाँही बदनियत गर्नेहरुले गाल पार्ने रफाइदा उठाउने कुरा मेरो माथि उल्लेखित अनुभवबाट पनि प्रष्टहुन्छ । त्यसैले त्यस्ता आलिङ्गन वा चुम्बन सफा वा दोषी भनेरछलफल गर्नु पर्ने चरणसम्म आइपुगेको “नुन चिनी पानी“कोठम्याई छ ।

    खास गरी आलिङ्गन गर्दा मित्रता, आत्मियता, प्रेम झल्कनेहुनाले धेरै प्रयोगमा आएको देखिन्छ । तर साथी साथीको बिच, त्यसमा पनि बिपरित लिङ्गी बिच हुने कसिलो आलिङ्गन र त्योसङ्गै पछाडी ढाडमा गरिने मसाजले भने दोषी आलिङ्गनकोसंकेत गर्छ । कतिपय असजिलो अवस्था आउँदा पनि बोल्नसक्ने स्थिती रहंदैन ।आखिरी दोषी त दोषी नै हो नि होईन ? 

    आलिङ्गन गर्दा कुनै पनि पक्षबाट छातीको भाग पुरै टस्साउनु पर्छभन्ने हुंदैन । आत्मियता दर्शाउँने हो वा आनन्दको क्षण सम्झेरझुम्ने हो त्यो सफा र दोषी आलिङ्गनमा भर पर्छ । परिवार रआफन्तमा गरिने आलिङ्गनलाई यहाँ उठाउन खोजिएको पट्टक्कैहोईन ।

    चुम्बन पनि अहिले फेसनमा आइसक्यो । टाढैबाट गरिनेफ्लाईङ्ग किसहरु सजिला, निर्दोषी शिर्षकमा लेखिए जस्तैसफा हुन्छन् । कोही गालालाई स्याउ नै ठानेर टोकौं जस्तो गर्ने वाअनुहारको अग्र भाग नै जोड्नेहरु चाँहि सामाजिक परिबेशअनुसार दोषी भनेर बर्गिकरण गर्ने आँट गरियो ।

    समग्रमा खुल्लमखुल्ला सार्वजनिक स्थानमा चिनेजानेकाहरु भेटगरिने गाला जोडाई चुम्बन र आलिङ्गनको पनि नियत सफा हुनुपर्दछ । सोचाइ सुद्ध हुनुपर्छ, हेराईमा पाप हुनुहुन्न । यद्धपीआँखा लोभी र मन पापी पारेक कसैले हल्का चानस् नै मारेपनिमेरो भन्नु केही छैन ।

    अर्जुन दाहाल

    नुनचिनीपानी अभियन्ता

    कनेक्टिकट

  • लघुकथा : नाजवाफ

    लघुकथा : नाजवाफ

    चालिस बर्ष पार हुॅदै गर्दा स्वस्तिमालाई अचानक देब्रे पट्टीको छाती र कोखा दुखेर आयो । ग्याष्ट्रिक त होलानि भनेर दुई चार दिन सहन सक्नेसम्म सहेर बसी । दुखाई तिब्र हुन थाल्यो । मुटु नै होला भनेर दौडेर हस्पिटल पुगी । धेरै नै खराबी छ जस्तो गरेर उसलाई मुटुका सम्पूर्ण जाॅच गर्न भनियो । डाक्टरले “सरर सबै चेक गरौं पहिले, सबै लुगा खोल्नुस” भन्यो । उ अलि अन्कनाई । डाक्टरले बेस्सरी झपार्यो । “के सोर्ह बर्षे किशोरी जस्तो गर्नु हुन्छ म्याम ? बडो सर्माऊॅदै हुनुहुन्छ । एकै मिनेटले जीउ तल माथि पर्न सक्छ” ।

    बाल्यकालमा आमाले, बिहेपछि श्रीमानले र स्तनपान गराउँदा अबोध बच्चा बाहेक अरू कसैले त उसको शरीर देख्ने कुरै हुॅदैन । कहाॅबाट दशा लाग्यो, मन भित्रै ऊ बोली । डाक्टरले शरिरको सबै चेकजाँच फुर्सदले गर्यो । ऊ उपचारमा थिई… चुपचाप ।तत्काल गरिएको ईसीजीमा कुनै खराबी देखिएन ऊ केही ढुक्क भई । म आज घर जान्छु, बरू अरू चेक पछि लिउॅला – उनले भनिन् । “मुटु जस्तो कुरामा खेल्वाड नगर्नुस म्याम  । फेरी केही पर्यो भने म त्यस्तो बिरामी चेक गर्न सक्दिन नि” । मन डरायो, घर नजिकको डाक्टर छाडेर कहाॅ जाने टाढा ? चार, पाॅचवटा थप टेष्ट लिए । पाॅच हजार एकै छिनमा चिलीम । रिपोर्ट लिन अर्को दिन आऊनुस् आजलाई सबै ठीक छ; डाक्टरले सेवा पुरा गर्यो ।

    स्वस्तिमाको रिस मरेन । भनिन् “हुन्छ, डाक्टर साब आजलाई त मुटु ठीकै रहेछ । अब कहाॅ जाम खै? कपडा पसलमा जाऊॅ भने सबै बन्द भईसक्यो होला” !  डाक्टर; “भर्खर दुई बज्यो कहाॅ बन्द हुन्छ ? हेर्नुस् बिरामीलाई समस्या भएपछि हामीले पूरापुर चेक त गर्नैपर्यो । तर तॅपाइमा खासै समस्या देखिंदैन, मजाले घुम्न सक्नुहुन्छ” । मैले त्यसो भनेको होइन डाक्टर, चालिस काटेपछि महिलालाई कपडा नचाहिंने रहेछ । शरिरको लज्जा सहज बनाईंदो रहेछ । सारा कपडा पसल बन्द गरे भयो अब” । किशोरीहरूलाई जाँच्ने निहुॅमा हात्पात गर्न पल्केको डाक्टरको मुखबाट कुनै उत्तर निक्लन सकेन…

    रश्मी भट्ट

    न्यूयोर्क

  • आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले

    आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले

    गत हप्ता ए बि सि न्युज टेलिभिजनको लागि अन्तर्वार्ता दिदै गर्दा आफ्नो चिफ अफ स्टाफ मिक मल्भानीलाई खोकेको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले  कोठाबाट बाहिर  निकालेका छन् ।  राष्ट्रपति ट्रम्पसँग ए बि सि  न्युजका लागि पत्रकार जर्ज स्टेफोनोपोलसले ह्वाईट हाऊसस्थित ओभल अफिसमा अन्तर्वार्ताको रेकर्डिङ गर्दै गर्दा नेपथ्यमा सुनिएको खोकीको आवाज ट्रम्पका चिफ अफ स्टाफ मिक मल्भानीको भएपछि राष्ट्रपतिले उनलाई ओभल अफिसबाट तत्काल बाहिर निकालेका हुन् ।  

    राष्ट्रपति ट्रम्प पत्रकार जर्ज स्टेफोनोपोलसँग फाईनान्सियल रिपोर्ट रिलिज गर्ने बिषयमा बोल्दै गर्दा ओभल अफिसको नेपथ्यमा अचानक खोकेको आवाज सुनिए पछी बोल्दा बोल्दै राष्ट्रपति रोकिएर “हि ईज कफिङ इन द मिडिल अफ माई एन्सर (उसले मेरो उत्तरको बिचमा खोकेको छ)” फेरी ट्रम्पले भनेका छन् “अाई डन्ट लाईक ड्याट्, यु नो अाई डन्ट लाईक ड्याट्  (मलाई त्यो मन पर्दैन, तपाईंलाई थाहा छ मलाई यो मन पर्दैन )”

    राष्ट्रपति ट्रम्पसँगको उक्त अन्तर्वार्ताको भिडियो ए बि सि न्युजले गत अाईतबार साँझ  प्रसारण गरेको थियो ।

    एजेन्सी ।

  • अमेरिकाकै बहुचर्चित किराना होलसेल “कोष्टको” मा गोली चल्दा एकको मृत्‍यु

    अमेरिकाकै बहुचर्चित किराना होलसेल “कोष्टको” मा गोली चल्दा एकको मृत्‍यु

    क्यालिफोर्निया   

    अमेरिकाकै ठुलो तथा बहुचर्चित किराना होलसेल “कोष्टको” भित्र गोली चल्दा १ जनाको मृत्‍यु भएको छ भने अन्य ३ जना घाईते भएका छन् । दक्षिण क्यालिफोर्नियाको लसएन्जलसबाट ५० माईल्स परको कोरोना शहरमा रहेको किराना होलसेल भित्र शुक्रबार साँझ स्थानीय समय ७:४५ बजे गोली चलेको खबर प्रहरीले प्राप्त गरेको प्रहरी श्रोतले बताएको छ ।  प्रत्यक्षदर्शीहरु मार्फत प्रहरीले पाएको जानकारी अनुसार सामान्य बिबाद पछि गोली चलेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ । प्रहरी घटनास्थल पुग्दा गोली चलिरहेको अवस्था नभएको र ४ जना भुईमा लडिरहेका प्रहरीले प्रेसलाई बताएको छ । भुईमा लडिरहेका मध्ये १ लाई घटनास्थलमा मृत घोषणा गरिएको थियो । बाँकी ३ जना घाईतेलाई उपचारको लागि अस्पताल लगिएको छ । बन्धुकधारीलाई समेत घाईते अवस्थामा अस्पताल पुर्याएको प्रहरीले बताएको छ ।  

    घटनाका घाईतेहरुको पहिचान प्रहरी खुलाएको छैन ।

  • सार्वजनिक पार्क बनाउन समुन्द्रमा बोईङ ७४७ डुबाईयो

    सार्वजनिक पार्क बनाउन समुन्द्रमा बोईङ ७४७ डुबाईयो

    बहराईन 

    मध्य पूर्विय देश बहराईनमा समुन्द्र  मुनि विश्व कै बिशाल सार्वजनिक पार्क बन्ने भएको छ । एक लाख बर्ग मिटर (१००००० ) को पार्कको मुख्य आकर्षण भने ७० मिटर लामो बोईङ ७४७ हुनेछ । गत जुन १० तारिख बहराईन टुरिजम् एन्ड एक्जिबिसन अथोरिटीले एक पत्रकार सम्मेलन आयोजना गरी आगामी अगष्ट महिनादेखि विश्व कै सबै भन्दा ठुलो पानी मुनिको सार्वजनिक पार्क संचालनमा आउने बताएको हो । उक्त अचम्मको सार्वजनिक पार्कका आकर्षणको रुपमा राख्न लागिएको बिशाल बोईङलाई पानी मुनी करिब ६५ फिटको सामुन्द्रिक सतहमा राखिने जनाईएको छ ।  पार्क निर्माणका लागि आवश्यक बोईङ ७४७ को पाङ्रा र इन्जिनहरुलाई निकालेर जहाज पानी भित्र पठाउन ठिक्क पारेको तस्बिरहरु बहराईन सरकारका निकायले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।  

    पार्कमा सम्पूर्ण रुपमा हरिया बस्तुहरुको प्रयोग गरिने छ भने समुन्द्री घाँस झ्याउ लेउहरुको संरक्षण गर्दै समुन्द्री जिवहरुको बासस्थानका रुपमा समेत बिकास गरिने छ । समुन्द्रको ६५ फिट गहिरोमा रहेको पार्क हेर्न चाहने पर्यटकहरुलाई अनुमती प्राप्त अनुभवी गोताखोरले लैजाने छन् ।  

    समुन्द्रमा हवाई जहाज डुबाउने बहराईन भने पहिलो राष्ट्र होईन । यस् अघि क्यानाडाले संन् २००६ मा बोईङ ७३७ र सन् २०१६ मा टर्कीले एयरबस ए ३०० समुन्द्रको सतहमा कृतिम चट्टान निर्माणका लागि डुबाईसकेका छन् ।

  • न्यूयोर्क प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

    न्यूयोर्क प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

    न्यूयोर्क

    शुक्रबार न्यूयोर्कको स्टाटन आईल्याण्डस्थित १२१ पुलिस प्रिसेण्ट पछाडी एक प्रहरीद्वारा आफुले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । मृत पुलिस अफिसरलाई प्रहरी कार्यालय पछिडीको विल्कक्स स्ट्रिटमा रहेको गाडी भित्र मृत भेटिएको थियो । उनी अफ ड्यूटीमा रहेको बेला शुक्रबार अपरान्ह यस्तो गरेका हुन् । प्रहरी सुत्रका अनुसार उनी घरेलू हिंसा अधिकृतको रुपमा बिगत ७ बर्षदेखि प्रहरी सेवामा थिए ।

    एकै महिनामा न्यूयोर्कमा  पुलिस डिपार्मेण्ट भित्र यो  तेश्रो आत्महत्या आत्महत्या  हो । न्यूयोर्क पुलिस डिपार्टमेण्टले एक हप्ता अघिमात्र अफिसरहरुलाई मेन्टल हेल्थको बारेमा आवाज उठाउन र उपचार खोज्नको लागि आह्वान गरेको थियो । 

    अघिल्लो बिहिबार पनि ५८ बर्षिया मानव हत्या सम्बन्धि जासुस प्रहरी जो क्यालाब्रिसले ब्रुक्लिनको प्लम्ब बीच नजिकै आफैलाई गोली हानी आत्महत्या गरेका थिए । त्यस्तै ६२ बर्षिय डेप्युटी चिफ अफ पेट्रोलिङ् स्टिभेन सिल्क्सले पनि क्वीन्सको फोरेस्ट हिल्सस्थित ११२ प्रिसेन्टमा उस्तै किसिमको घट्ना घटाएका थिए ।

    माथिका ३ घटनाको बिषयमा चिफ अफ डिपार्टमेण्ट टेरेन्स मोनाहन्ले ट्वीट गरेका छन कि “जसरी प्रहरी अधिकृतहरुले आत्महत्या गरेका छन् । यो चुपचाप कानेखुसी गर्ने खालको कुरा होईन । यस बिषमा बृहत अध्ययन र समाधान हुनुपर्छ” ।

  • म्यानहाटनको गगनचुम्बी भवनको धुरीमा हेलिकप्टर खस्यो

    म्यानहाटनको गगनचुम्बी भवनको धुरीमा हेलिकप्टर खस्यो

    न्यूयोर्क  

    न्यूयोर्कको ब्यस्त शहर म्यानह्याटनको एक भवनको छतमा हेलिकप्टर खसेको छ ।ताजा जानकारी अनुसार दुर्घटनामा पाईलटको मृत्यु भएको छ ।न्यूयोर्क फायर डिपार्ट्मेन्ट्ले आफ्नो ट्विट्मा जनाए अनुसार हेलिकप्टर ७ एभिन्युको ७८७ नम्बर भवनको धुरीमा खसेको हो ।दुर्घटना पछी न्यूयोर्क प्रहरीले दुर्घटनाको अनुसन्धान भईरहेको कारण ५१ स्ट्रिट पश्चिम ७ एभिन्युतिर भरसक गाडी नचलाउन अनुरोध गरेको छ ।उक्त क्षेत्रमा ब्यापक ट्राफिक जाम भै रहेको समेत न्यूयोर्क प्रहरीले जनाएको छ ।दुर्घटना ७ एभिन्युको ५१ र ५२ स्ट्रिट बिचको ५४ तल्ले गगनचुम्बी भवनको छतमा भएको हो ।घटना दिउसो २ बज्नु केही मिनेट अगाडि भएको थियो ।

    न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले हेलिकप्टर भवनको धुरीमा खस्दा आगो देखिएको बताएका छन् भने भवनको छानोमा हेलिकप्टर खस्दा पुरा भवन हल्लिएको दुर्घटनाको समयमा भवन भित्र रहेकाहरुले बताएका छन् ।अहिले आगोलाई नियन्त्रणमा लिईएको छ ।

  • बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज

    बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज

    कानूनको अनभिज्ञता क्षम्य हुँदैन।अर्थात मलाई यो कानूनको बारेमा थाहा थिएन भन्दैमा छुट पाईदैन। यो कानूनको बिश्वव्यापी सिद्धान्त हो । यस्तै खालको घटनामा एक यात्रु जिन्दगीभर “स्पिरिट एयरलाईन्स” चढ्न नपाउने भएका छन् । ति यात्रुले आफु यात्रा गरिरहेको बिमानको सौचालय भित्र चुरोट पीए पछि उनलाई सम्बन्धित बिमान कम्पनीले जीवनभरका लागि यात्रा गर्न नपाउने गरेको हो ।

    सेन्ट पिटर्सबर्ग फ्लोरिडा निवासी ३० बर्षिय पेसेन्जर डेट्रोएटबाट न्यू ओर्लन्सको  फ्लाईट एनके ९८५ मार्फत गर्दै थिए । 

    डेप्यूटी अफिसरलाई फ्लाईट् अटेण्डेण्टले बताए अनुसार बाटोमा उनले बाथरुममा ई-सिगरेट तानेर झोलामा धुँवा फुकेपनि फायर अलार्म बजेपछि फ्लाईट अटेण्डेण्टले उनलाई तत्काल हप्काएका थिए । 

    लुईस् आर्मष्ट्रङ यू ओर्लेन्स अन्तर्राष्ट्रिय बिमानस्थलमा डेप्यूटी अफिसरले उनलाई सोधपुछ गर्दा उनले आफूलाई फ्लाईटमा चुरोट तान्न नपाईने कुरा थाहा नभएको भनि ढाँटेका थिए । तत्काल गिरफ्तार नगरेपनि उनलाई स्पिरिटले आफ्नो कम्पनीको जहाजमा जिबनभरको लागि बन्देज गरेको छ । यद्यपी अन्य यात्रुहरुले पनि उक्त ब्यक्तिले उडानमा आफैले बोकेर ल्याएको मदिरा अत्याधिक सेवन गरेको बताएका थिए । ति यात्रुको नाम भने सार्वजनिक गरिएको छैन ।

    एजेन्सी

  • समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

    समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

    बिगत ४ महिनादेखि बन्द गरिएको भेनेजुएला र कोलम्बियाको सिमाना हिजो शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले पुन: खोलेपछी हजारौको संख्यामा मानिसहरु कोलम्बिया प्रबेश गरेका छन् । उनिहरु खाना औषधी लगायतका अत्यावस्यक सामग्री लिनका लागि कोलम्बिया प्रवेश गरेका हुन् । दुई देश बिचको सिमाना हिजो पुन: खोलिए पछी भेनेजुएलियन जनताको भिड समुन्द्रको  छाल जस्तै कोलम्बिया पसेको थियो ।  दिनभर जस्तो कोलम्बिया र भेनेजुएला जोड्ने २ वटा अन्तर्राष्ट्रिय पुलहरुमा भेनेजुएलियन जनताको भिड थियो । आफ्नो काँधमा काखे बालक च्यापेर कोलम्बियन अधिकारीहरुको कागज पत्र जांच प्रकृयाका लागि घण्टौंसम्म भेनेजुएलियन जनता पुलमाथि लामबद्ध थिए । समुन्द्रको छाल जस्तो ओईरिएको मान्छेको भिड ब्यबस्थापनाको लागि हरियो रङको लुगा लगाएका भेनेजुएलियन सिमा प्रहरीले सघाएका थिए ।  

    बिपक्षी राजनीतिक दलले खाना औषधी लगायतका अत्यावस्यक सामाग्री भेनेजुएला पठाएको भन्दै गत फेब्रुअरीदेखि ब्राजिल  कोलम्बिया लगायत अरुबा, बोनाईर र कुराकाओ टापुहरुसँगको सिमाना  बन्द गरिएको थियो ।  

    गत जनबरीदेखि शुरु भएको राजनीतिक द्वन्द पछी कुनै समयको इन्धनका लागि अत्याधिक धनी भनिने राष्ट्र भेनेजुएला अहिले दैनिक जीवनसँग सम्बन्धित अत्यावस्यक सामाग्रीका लागि समेत छटपटाई रहेको छ । झण्डै ४० लाख भेनेजुएलियन जनताले पछिल्लो समय देश छोडिसकेका छन्  ।  

    शनिबार नै यु एन एच् सि आरको बिशेष दुतको रुपमा हलीउड नायिका एन्जेलिना जोली पनि भेनेजुएला पुगेकी छिन् । उनी छिमेकी कोलम्बियाका राष्ट्रपति ईभान डुकलाई भेटेर भेनेजुलास्थित आप्रबासी र शरणार्थीहरुको अवस्था बुझ्न भेनेजुएला गएको बताईएको छ ।

    एजेन्सी ।

  • नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

    नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

    काठमाडौं । 

    नेपाली चलचित्र कलाकारहरूको छाता संगठन चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्की प्रत्याशी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् ।

    भर्खरै प्राप्त नतिजा अनुसार उपाध्यक्षमा रेजिना उप्रेती, महासचिब सानु ताम्राकार, कोषाध्यक्ष सुनिल कटवाल बिजयी भएका छन् । संघको निर्वाचन शनिबार भएको थियो । यस पटक महिला नेतृत्व चयन गर्ने भनेर तीब्र प्रचार भएपनि अन्त्यमा पुरूषले नै बाजी मारेका हुन् ।

  • अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

    अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

    पैसा सबै चिज होईन भन्नेहरुका लागि अब मनग्य पैसा भयो भने धेरै चिज प्राप्त हुँदो रहेछ भन्ने नयाँ उदाहरण सार्वजनिक भएको छ ।  

    नासाले अब पर्यटकका लागि पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र खुला गर्ने भएको छ । नासाले पर्यटकका लागि अन्तरिक्ष केन्द्रसम्म उड्ने सौभाग्य भने अर्को बर्षदेखि प्रदान गर्ने भएको कुरा घोषणा गरेको छ ।  नासाले प्रति बर्ष २ जना मात्र प्राईभेट अन्तरिक्ष यात्रीको लागि स्विकृती दिने जनाएको छ । तर अन्तरिक्ष यात्रा गर्ने सौभाग्य भने सामान्य जीवनयापन गर्नेहरुको पंहुच बाहिर हुने छ । नासाको अन्तर्राष्ट्रिय    अन्तरिक्ष यात्रा गर्ने पर्यटकका लागि ३० दिनको प्याकेज हुने छ भने शुल्क प्रती रात न्युनतम पनि ३५ हजार अमेरिकी डलर पर्ने छ ।  उक्त घोषणा नासाले गत शुक्रबार नयाँ बिजिनेस योजना बनाउदै सार्वजनिक गरेको हो । पर्यटकले अन्तरिक्ष यात्रा आगामी बर्षको सुरुदेखि गर्न पाउने छन् ।  

    नासाले खर्चको फाँटबारी भने यसरी बाँडफाँड गरेको छ –

    रिजेनरेटिभ लाईफ सपोर्ट र शौचालय शुल्क – ११,२५० अमेरिकी डलर प्रति दिन 

    क्र्यु सप्लाईज ( खाना अक्सिजन र मेडिकल किट )- २२,५०० अमेरिकी डलर प्रति दिन 

    ठाउँ भाडा – १०५ अमेरिकी डलर प्रति दिन 

    बिधुत शक्ती – ४२ अमेरिकी डलर प्रति किलोवाट प्रति घण्टा 

    डाटा – ५० अमेरिकी डलर प्रति गेगा बाईटस् 

    एजेन्सी ।

  • क्यलिफोर्नियाका भाग्यमानीलाई पर्‍यो आधा अरब अमेरिकी डलरको चिट्ठा

    क्यलिफोर्नियाका भाग्यमानीलाई पर्‍यो आधा अरब अमेरिकी डलरको चिट्ठा

    क्यालिफोर्निया राज्यमा कसैले आफ्नो बैंक  खातामा आधा अरब अमेरिकी डलर थप्ने सौभाग्य प्राप्त गरेको छ । कसले त्यस्तो सौभाग्य  प्राप्त गरेको हो ? नाम नखुलेका ति भाग्यमानीले हिजो शुक्रबारको ५३० मिलियन अमेरिकी डलरको चिट्ठा जिते पछी अब उनको खातामा झन्डै आधा बिलियन अमेरिकी डलर थपिने छ ।  

    क्यालिफोर्नियास्थित सान डियागोमा संचालित सोरेन्टो डेली मार्टमा बिक्री भएेको ५ अर्ब ३० करोड अमेरिकी डलरको चिट्ठा एउटै ब्यक्तीलाई परेको छ । उक्त भाग्यशाली चिट्ठा  नम्बर – १७ १९ २७ ४० ६८ को साथमा मेगा बल २ हो ।  

    एजेन्सी