Author: Vishwanews.com

  • न्युयोर्क सहरमा बढ्दै हत्या; आइतबार एकै दिन ७ जनाको गोली प्रहारबाट मृत्‍यु

    न्युयोर्क सहरमा बढ्दै हत्या; आइतबार एकै दिन ७ जनाको गोली प्रहारबाट मृत्‍यु

    न्युयोर्क

    न्युयोर्क सहरमा आईतबार एकै दिन गोली प्रहारका घटनाबाट ७ जनाको मृत्‍यु भएर रक्तपातपूर्ण दिन बनेको छ । न्युयोर्कमा गत जुलाई ५ पछि एकै दिनको गोली प्रहारका घटनामा मृत्‍यु भएको मानिसको यो संख्या सबैभन्दा उच्च हो । यसअघि गत जुलाई ४ स्वतन्त्रता दिवसको भोलिपल्टको रात अर्थात जुलाई ५ का दिन न्युयोर्कमा ९ जनाको गोली प्रहारका फरक फरक घटनामा हत्या भएको थियो ।  

    प्रहरीले गत शनिबारको रात आईतबार बिहान १ बजेर ३५ मिनेट जाँदा ब्रोंक्सस्थित वेष्ट १९२ स्ट्रिट र जेरोम एभिन्युस्थित एक घरको तेश्रो तल्लाको हल वेमा एक ट्रान्स जेन्डर महिलाको छातीमा गोली लागेर मृतक अवस्थामा भेटिएकी थिइन् । सोही राती ३ बजेर १० मिनेट जाँदा ब्रोंक्स कै एलर्टनस्थित पार्क ईस्ट र ब्रिटनमा ३७ बर्षीय जेम्स कोनरलाई टाऊकोमा गोली हानी हत्या गरियो । उक्त घटनाको दुई घण्टापछि ब्रोंक्सस्थित बेलमोण्टको ग्रोट स्ट्रिटमा अर्को दुई जनालाई गोली प्रहार गरियो । उक्त घटनामा २४ बर्षीया जुआन कार्लोस र अर्को नाम थाहा नभएका २० बर्षीया ब्यक्तिलाई गोली प्रहार गरिएको थियो । ती दुई युवालाई गोली प्रहार गरी भाग्न खोज्ने ३९ बर्षीय जोम कसाडोलाई केही परसम्म प्रहरीले लखेटेर तत्काल पक्राऊ गरेको छ ।  

    आईतबार कै रात पाँचौं हत्याको अर्को घटना कुईन्सस्थित वुड हेभेनमा घट्यो । वुड हेभेनको ९१ एभिन्यु र ८४ स्ट्रिटमा ४० बर्षीय सका ईफिलको ढाडमा गोली हानी हत्या गरिएको छ । घटना रातको २ बजेर १५ मिनेट जाँदा घटेको हो । गोली प्रहार गरी हत्या भएको उक्त घटनालाई प्रहरीले सम्भाबित घरेलु हिंसाको घटनाको रुपमा हेरेको बताईएको छ । आईतबार गोली प्रहारबाट नै छैठौं ब्यक्तिको मृत्‍यु भएको अर्को घटना ब्रुकलिनस्थित साईप्रस हिलमा घटेको हो ।  साईप्रस हिलस्थित भर्मोन्ट स्ट्रिटमा साँझ ६ बजेर ४० मिनेट जाँदा गोली चल्दा १६ वर्षीय युवकको मृत्‍यु भएको हो । ती युवकको टाउकोमा गोली लागेको थियो । आईतबार नै सातौं ब्यक्तिको मृत्‍यु भएको अर्को गोली प्रहारको घटना ब्रुकलिनको कोर्टल्यु रोड नजिक ईस्ट १६ स्ट्रिट र फ्ल्याटबुशमा ७ बजे साँझ ३२ बर्षीया पुरुषको छातीमा गोली प्रहार हुँदा भएको छ ।  

    न्युयोर्क सहरमा गत जुलाई १९ सम्म गत बर्ष सोही दिनसम्म भन्दा २४ प्रतिशत धेरैले मानिसहरुको गोली प्रहारबाट मृत्‍यु भएको छ । गत बर्ष न्युयोर्क सहरमा गोली प्रहारबाट जुलाई १९ सम्म १ सय ७१ को मृत्‍यु भएको थियो भने यो बर्ष सोही दिनसम्म २ सय १२ को मृत्‍यु भएको छ । गोली प्रहारका घटनामा भने न्युयोर्क सहरमा जुलाई १९ सम्म ६९ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष उक्त दिनसम्म ४१४ घटनामा ४ सय ८१ जना घाईते  भएका थिए भने यो बर्ष ६९८ घटनामा ८ सय ५४ जना घाईते भएका छन् ।

    फोटो: गुगल

  • एम्बलम् हेल्थका प्रतिनिधि हरिशचन्द्र हमालले गरे स्वास्थ्य सामग्री बितरण

    एम्बलम् हेल्थका प्रतिनिधि हरिशचन्द्र हमालले गरे स्वास्थ्य सामग्री बितरण

    न्युयोर्क

    स्वास्थ्य बीमा क्षेत्रमा लोकप्रिय ‘एम्बलम् हेल्थ प्लान’ न्युयोर्कका प्रतिनिधि हरिश चन्द्र हमालको अगुवाईमा क्वीन्सस्थित ७४ स्ट्रीट ज्याक्सन हाइट्समा स्वास्थ्य सामग्री बितरण कार्य सम्पन्न भएको छ । गत शनिवार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म सुरक्षा मास्क, ग्वोभ्स, शपिङ् ब्याग लगायत स्वास्थ्य सचेतना सम्वन्धि जानकारी बितरण गरेको हो । 

    समुदायको सेवामा व्यस्त प्रतिनिधि हमालले बताए; “म सधैं समुदायको नजिक रहेर काम गर्न चाहन्छु र यस्तै कार्यक्रम अर्को हप्ता शनिबार यसै स्थान र समयमा पुन: गर्नेछु” । न्युयोर्कको म्यानह्याटनमा केन्द्रिय कार्यालय रहेकोले एम्बलम हेल्थको स्वास्थ्य सुबिधा अमेरिकाभर भए तापनि न्युयोर्कमा काम गर्न अझ सजिलो भएको पनि हमालले बताए ।

    नि:शुल्क वा न्युनतम् बीमा शुल्क रकम तिरेर स्वाथ्य बीमा सेवा लिन प्रतिनिधि हमाललाई जुनसुकै समयमा ९१७ ७१६ ९६९४ मा फोन गर्न सकिने एम्बलम् हेल्थका ब्यवस्थापकले जानकारी दिए ।

  • राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि कोरोना संक्रमित

    राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि कोरोना संक्रमित

    न्युयोर्क

    राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिएनलाई कोरोना संक्रमण भएको छ । ओब्रिएनलाई भएको कोरोना संक्रमण ट्रम्प सरकारको हालसम्म कै सबैभन्दा माथिल्लो तहको अधिकारीलाई भएको हो । राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रिएन कोरोना संक्रमित भएको ह्वाईट हाऊसले पुष्टी गरेको छ ।  

    ह्वाईट हाऊसले सोमबार प्रकाशित  बिज्ञप्तीमा भनेको छ; ‘राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिएनमा कोरोना पोजेटिभ देखिएको छ । उनलाई सामान्य लक्षण देखिएको छ र उनी आँफै छुट्टै बसेर सुरक्षित ठाउँबाट काम गरी रहेका छन् ।  उनीबाट राष्ट्रपति र उप-राष्ट्रपतिलाई संक्रमण सर्ने कुनै खतरा छैन । राष्ट्रिय सुरक्षा परिषदको काम पूर्ववतरुपमा कुनै बाधा बिना चलिरहन्छ । “अमेरिकाको दक्षिण र पश्चिमका राज्यहरुमा संक्रमित र मृतकको संख्यामा भारी बृद्धि हुँदै गरेको अवस्थामा सुरक्षा सल्लाहकार ओब्रिएन पनि संक्रमित भएका हुन् । राष्ट्रपति ट्रम्प लगायतका ह्वाईट हाऊस अधिकारीहरुमा कोभिड -१९ नियमित जाँच गरिने गरिएको अमेरिकास्थित एबिसि न्युजले लेखेको छ । संक्रमण पुष्टी भएका ओब्रिएनको कार्यालय ह्वाईट हाऊसस्थित राष्ट्रपतिको कार्यालय ओभल अफिसको नजिकमा नै भएको पनि समाचार एजेन्सीहरुले जनाएका छन् ।  

    अमेरिकामा सोमबारसम्म १ लाख ४६ हजार ९ सय ३५ जनाको कोरोनाको कारण मृत्‍यु भै सकेको छ ।  

    श्रोत : समाचार एजेन्सी

  • भियतनामको सहरमा तीन जना संक्रमित भेटिएपछि ८० हजार मानिसको तत्काल उद्दार

    भियतनामको सहरमा तीन जना संक्रमित भेटिएपछि ८० हजार मानिसको तत्काल उद्दार

    कोरोना महामारी सुरु भए लगत्तै कडा नियम बनाएर क्वारेन्टिनको ब्यबस्था र फराकिलो दायरामा संक्रमण जाँच गर्दै आएको भियतनामको एक सहरमा ३ जना संक्रमित भेटिएपछि उक्त सहरबाट ८० हजार मानिसलाई उद्दार गर्दै अन्यत्र सार्न लागिएको छ । एसियाको दक्षिण पुर्बी देश भियतनाममा  अप्रिलपछि पहिलो पटक पुन समुदायमा कोरोना फैलिएको आसंकामा ड नाङ सहरबासी तीन जनामा संक्रमण देखिए लगत्तै ११ सहरबाट त्यहाँ घुम्न आएका ८० हजार आन्तरिक पर्यटकलाई उद्दार गरेर लैजाने तयारीमा लागेको भियतनाम सरकारको हावाला दिदै ब्यांकक पोष्टले लेखेको छ ।दैनिक १०० भन्दा धेरै उडानबाट चार दिन भित्र ८० हजार मानिसलाई ड नाङबाट अन्य सहरमा लगिने भियतनाम सरकारले एक बिज्ञप्तिमा भनेको छ ।

    सोमबार ड नाङमा भेटिएका तीन वटै संक्रमित त्यहाँस्थित चर्चित पर्यटकीय क्षेत्रमा भेटिएका हुन् । कोरोना संक्रमण फैलन नदिन निकै सचेत भएर काम गरिरहेको भियतनाम सरकारले हालसम्म अन्तरराष्ट्रिय पर्यटकलाई खुला गरेको छैन । त्यहाँ अन्तरराष्ट्रिय पर्यटकको आवागमन बन्द भएका कारण आन्तरिक उडानहरुले टिकटमा ब्यापक छुट दिएपछि देशभर आन्तरिक पर्यटकहरुको घुँईचो लाग्ने गरेको छ । भियतनाममा सोमबार सम्म ४ सय २० संक्रमित भएका छँन् भने कोरोनाको कारण हालसम्म एक जनाको पनि मृत्‍यु भएको छैन ।  

    एजेन्सी

  • अप्रिलपछि चीनमा सोमबार एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिए

    अप्रिलपछि चीनमा सोमबार एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिए

    चीनमा अप्रिलपछि जुलाई २६ तारिख सोमबार एकै दिनसबै भन्दा धेरै संक्रमित एकै दिन भेटिएका छन् । पूर्ण रुपमा कोरोना नियन्त्रण गरेर राहत महसुस गर्दै बसेको चीनमा पछिल्लो तीन महिना भित्र सोमबारका दिन एकै दिन ६१ जना कोरोना संक्रमित भेटिएका हुन् । सोमबार त्यहाँ भेटिएका ६१ जना फरक फरक क्षेत्रमा भेटिएका हुन्। सुदुर उत्तर पश्चिमको जियाङ क्षेत्रमा ५७ जना संक्रमित भेटिएका छन् । त्यहाँको क्षेत्रीय राजाधानी उरुम्क्युमा गत जुलाई मध्यमा एक्कासी संक्रमित भेटिएका थिए ।चीनको उत्तर पुर्बी क्षेत्रको लिओनिङ र जिलिङमा पनि संक्रमित भेटिएका छन् । जिलिङ उत्तर कोरियाको सिमाना नजिकै पर्दछ ।
    चीनस्थित नेशनल हेल्थ कमिसनले आँकडा सार्वजनिक गरेको हो ।

    एजेन्सी

  • तिस बर्षअघि बोलेको आधारमा एक अमेरिकीले साथीलाई दिए चिठ्ठाको २२ मिलियन डलरको आधा

    तिस बर्षअघि बोलेको आधारमा एक अमेरिकीले साथीलाई दिए चिठ्ठाको २२ मिलियन डलरको आधा

    न्युयोर्क      

    विस्कन्सिन राज्यका एक ब्यक्तिले झन्डै ३० बर्षअघि एक साथीसँग गरेको अनौपचारिक प्रतिबद्धताका आधारमा दुई करोड १० लाख अमेरिकी डलरको चिट्ठा जितेपछि आधा भाग दिने भएका छन । सन् १९९२ मा थोमस कुक र टम फेनिले अमेरिकाकै चर्चित चिट्ठा ‘पावर बल’ सुरुवात हुँदा यदि कुनै दिन दुई जना मध्ये एकलाई चिट्ठा पर्‍यो भने आधा-आधा गर्ने प्रतिबद्धता गरेका थिए । उनीहरु दुबै जना हरेक हप्ता जस्तो पावर बल चिट्ठा किन्दै आएका थिए । झन्डै ३० बर्षपछि गत जुन १० तारिखका दिन थोमसलाई दुई करोड २० लाख डलरको चिट्ठा पर्‍यो । उनले साथी टमलाई फोन गरेर आफुलाई पावर बलको २२ मिलियन डलरको चिट्ठा परेको र यो गेम सुरु हुँदा १९९२ मा आफुबीच गरेको प्रतिबद्धता अनुसार आधा पैसा दिने बताएको थोमसले भनेका छन् ।  

     

    https://youtu.be/-JqxvyFI23o

    कयौं बर्षदेखि पावर बल चिट्ठा खरिद गर्दै आएका कुकले २२ मिलियन डलर जितेको चिट्ठा भने मेनोमोनीस्थित साईनर्जी कपमा किनेका थिए । कुकले चिट्ठा जितेपछि काम छोड्नको लागि दुई हप्ते जानकारी दिई सकेका छन् । ३० बर्षअघि हात मिलाएर कुरै कुरामा गरेको सामान्य प्रतिबद्धतालाई आधार मानेर एक करोड १० लाख डलर दिएका कुक भन्छन् ‘ह्याण्ड सेक इज ह्याण्ड सेक’ । दुई करोड १० लाख जितेको चिट्ठाको १० लाख डलर भने कर बापत तिर्नु पर्नेछ ।

  • लाईन्स क्लब अफ क्वीन्स बुद्धको भर्चुअल बैठक सम्पन्न

    लाईन्स क्लब अफ क्वीन्स बुद्धको भर्चुअल बैठक सम्पन्न

    न्युयोर्क

    अमेरिकाभरि छरिएर रहेका नेपाली लाईन्सहरूको प्रतिनिधित्व हुने गरी लाईन्स क्लब अफ कुईन्स बुद्धको आयोजनामा ‘सफलताका कथाहरू २०२०’ मा विभिन्न प्रतिवेदन पेश गर्दै यही जुलाई १८ गते भर्चुयल पध्दतिबाट ३:३० घण्टा लामो बैठक सम्पन्न भएको छ । बैठक ‘हामी सेवा गर्छौं’ मूल नाराका साथ स्थापना भएको लाईन्स क्लबहरुको सहभागितामा भएको हो ।

    सामाजिक सँस्थाहरुको स्थापना र संचालन केवल समाज सेवाकै निम्ति केन्द्रित हुनुपर्छ भन्ने मान्यता लिएर स्थापित र लाईन्स क्लब अफ कुईन्स बुध्दलेआज आफ्नो स्थापना र सक्रियताको औचित्यलाइ विगतमा जस्तै फेरी एकपटक पुष्टि गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथ्यता गर्दै अमेरिकाको लागि नेपाली राजदुत डा.अर्जुन कार्कीले भन्नु भयो; “हामीनेपाली अरू समुदायको लागि असल भएजस्तै हामी आफ्नो समुदायको लागि असल बन्ने जीवनशैलीको विकास गर्नु पर्छ । विश्व एक घर जस्तै वनेको सन्दर्भमा नेपाली दाजुभाइ दिदीवहिनी विश्वभरी पुगे तापनि आफ्नो भाषा संस्कृतिलाई कहिले पनि छोडेका छैनन् । बरू आफ्नो समुदायमा जोड्ने र जोडिने धेरै उपायहरू निकालेर मानवीय सेवामा लाग्नुले नै वास्तविक शान्ति र आनन्द दिलाउँदछ” ।

    लाईन्स क्लब ईन्टरनेशनलका संजय खेतानलेले नेपाली भाषामा लाईन्स क्लब अन्तराष्ट्रिय पनि चाँडै तयार हुने जानकारी पनि गराऊॅंनु भयो । अहिले कोरोना बिपत्तिमा नेपाल सरकारसॅंग मिलेर सबैभन्दा अग्रपंतिमा रहेर मानवीय सेवामा सक्रिय लाईन्सहरू नै रहेको जानकारी पनि दिनु भयो । 

    लाईन्स क्लबबाट पहिलो नेपाली राजेन थापाले अमेरिकामा लाईन्स क्लबको अवसर र चुनौतिका बारेमा प्रकाश पारेको थियो  अमेरिकामा धेरै लाईन्स क्लबहरू र नेतृत्वहरू पनि जन्मिने क्रममा रहेको जानकारी गराएको थियो ।

    अर्का अथिति राज श्रेष्ठले नेतृत्वको विकास, अवसर र चुनौतिको बिषयमा प्रष्ट पारेको थियो । लाईन्स क्लबले कसरी काम गर्ने तौर तरिकाहरूको जानकारी समेत गराएको थियो । त्यसैगरि बियान पन्थले लियो क्लबको आवश्कता र औचित्यमाथि प्रकाश पारेको थियो । अतिथिहरू थलराज पंथ, बिन्दु सापकोटा, मीना क्षेत्री, संजय थापा, कपिलदेव सुवेडी, अस्मिता फुयल लेआ- आफ्नो मन्तव्य राखेका थिए ।

    लाईन्स क्लब अफ कुईन्स बुध्दका अध्यक्ष रिमाया नेपालीले स्वागत मन्तव्य र संस्थापक अध्यक्ष कृष्ण आचार्यले कार्यक्रम संचालन गरेका थिए । सफलता कथाहरू अन्तर्गत सचिवालयमा दिपकराज घिमिरे, अर्जुन गैडेल, रिमाया नेपाली, बुध्द पौडेल, बेगम पंडित, विकि पुलामीको टिमले कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए ।

  • संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र

    संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र

    न्युयोर्क

    कोरोना भाइरसको महामारीले विश्वभर ६ लाख ३३ हजार ६ सय ५६ मानिसको ज्यान गई सकेको छ । १ करोड ५५ लाख २६ हजार मानिस विश्वभरमा संक्रमित भई सकेका छन् । यो महामारीबाट १ सय ८८ देश प्रभावित छन् । यो आँकडा जोन हप्किन्स युनिभर्सिटीको सबैभन्दा पछिल्लो आँकडा हो । हाल देखिएको तथ्यांक यस्तो भएपनि संसारभर कोरोना संक्रमित र मृतकको संख्या यो भन्दा निकै धेरै हुन सक्ने अनुमान गरिएको छ । कतिपय देशहरु पर्याप्त मात्रामा जाँच गर्न असमर्थ हुनु, कतिपयले रिपोर्टिङ नगर्नु र कोरोनाको कारण मृत्‍यु भएको हो वा अन्य कारण संकास्पद केशहरु धेरै हुनु । कतिपय देशहरुमा राज्यस्तरबाट आँकडा लुकाउने कामहरु गरिनु र सरकारले सफल देखिन थोरै देखाउनु आदिले अहिले देखिएको भन्दा यो संख्या निकै धेरै भएको चर्चा गर्ने गरिएको छ ।

    कोरोना संक्रमणको महामारीमा अमेरिका सबैभन्दा प्रभावित राष्ट्र बनेको छ । झन्डै ३३ करोड जनसंख्या भएको अमेरिकामा बिहिबारसम्म ४० लाख मानिस संक्रमित भै सकेका छन् भने १ लाख ४४ हजार ३ सय ५ जनाको मृत्‍यु भै सकेको छ । पछिल्ला दुई हप्तामा मात्र अमेरिका १० लाख संक्रमित थपिए । पहिलो १० लाख संक्रमितबाट २० लाख पुग्न ४५ दिन लागेको थियो । भने २० लाख जनाबाट ३० लाख संक्रमित संख्या पुग्न २७ दिन लागेको थियो । अमेरिकामा दुई हप्तासम्म संक्रमितको संख्या प्रतिदिन औसत ६६ हजारको दरमा थपिदै आएको छ । यो खतरानाक भाईरस संक्रमणको महामारीले अमेरिकामा हालसम्म संक्रमणको दर घट्ने कुनै संकेत देखाएको छैन ।

    राष्ट्रपति ट्रम्पले महामारी सुरु भएको ४ महिनापछि यसै हप्ता ह्वाईट हाऊसबाट भाईरस संक्रमणबाट बच्न मास्क लागाउनु पर्ने सार्वजनिक अभिब्यक्ति दिएका छन् । जनस्वास्थको कुरा गर्दै बिहिबार ट्रम्पले फ्लोरिडास्थित ज्याक्सनभिलमा आयोजित रिपब्लिकन पार्टीको राष्ट्रिय अधिबेशन रद्द भएको घोषणा गरे । यसअघि नर्थ क्यारोलाइनाको सार्लेटमा आयोजित उक्त राष्ट्रिय अधिबेशनलाई त्यहाँका गभर्नरले जनस्वास्थ सम्बन्धि प्रश्न उठाएपछि ट्रम्पले अधिबेशन फ्लोरिडामा सारेका थिए ।अमेरिकामा कोरोना नियन्त्रणमा आउने कुनै संकेत नदेखिएपछि देशका नाम चलेका १ सय ५० जना स्वास्थ बिज्ञ, बैज्ञानिक, शिक्षक, नर्स लगायत अन्य पेशा सम्बद्ध ब्यक्तिहरुले हस्ताक्षर सहित पुन: अमेरिका बन्द गरी कोरोना नियन्त्रण गर्नु पर्ने अनुरोध र सुझाव-पत्र ट्रम्प प्रशासनलाई बिहिबार पठाएका छन् ।

  • कोरोनाको खतरा तालु खुईले पुरुषलाई धेरै

    कोरोनाको खतरा तालु खुईले पुरुषलाई धेरै

    एजेन्सी

    टाउकोको कपाल खुइलिएका ‘तालु खुईले’ मानिसलाई कोरोना संक्रमण भयो भने त्यस्ता मानिसलाई अस्पताल भर्ना हुनै पर्ने सम्भावना ४० प्रतिशत ज्यादा रहेको एक अध्ययनले दाबी गरेको छ । वेष्ट भर्जिनिया युनिभर्सिटीका अनुसन्धानकर्ताको एक टोलीले अनुसन्धानपछि यस्तो दाबी गरेका हुन्  । फोक्सो सम्बन्धि रोग, मधुमेह, ब्लड प्रेसर, मुटुको रोग, मोटोपना, कमजोर प्रतिरक्षा प्रणाली, मृगौलाको रोग, लिभर सम्बन्धि रोग भएका मानिसलाई कोरोना संक्रमण भयो भने मृत्‍यु हुने सम्भावना उच्च रहने स्वास्थ्य बिज्ञहरुले चेतावनी दिदै आएपनि तालु खुईले मानिसलाई पनि कोरोना संक्रमण खतरा हुने कुरा त्यति चर्चामा भने छैन ।  अनुसन्धानकर्ताहरुले बेलायतस्थित बायो बैंकका आँकडामा रहेका २ हजार मानिसमा गरिएको अध्ययनपछि निस्कर्षमा पुगेका हुन् । क्यान्सर, मुटु रोग, स्ट्रोक, मधुमेह, अर्थराईटिस, ओस्टिओपोराईटिस, डिप्रेसन जस्ता रोगहरु पत्ता लगाउन र प्रभावकारी उपचारको लागि बिगत १४ बर्षदेखि काम गर्दै आएको परियोजना नै बायो बैंक हो । बायो बैंकले हालसम्म बिभिन्न रोग भएका ५ लाख मानिसलाई आफ्नो आँकडामा राखिसकेको छ ।  

    अनुसन्धान गरिएका दुई हजार मानिसलाई कपाल नखुईलिएका, अलिकति मात्र खुईलिएका, मध्यम प्रकृतीको तालु देखिएका र ज्यादै तालु खुईलिएका गरेर चार समुहमा बिभाजन गरेर अध्ययन गरिएको द डेली मिररको अनलाईन संस्करण मिरर डट सिओ डट युके ले लेखेको छ । अनुसन्धानमा कपाल झर्दै नझरेका १५ प्रतिशत अलिकति मात्र कपाल झरेका १७ प्रतिशत, मध्यम कपाल झरेका १८ प्रतिशत, धेरै नै कपाल झरेका २० प्रतिशत मानिसमा कोरोना संक्रमण भएको थियो । समग्रमा तालु नखुईलिएकामा भन्दा खुईलिएका ४० प्रतिशत धेरै मानिसलाई संक्रमण भएको थियो ।  

    तर तालु खुईले मानिसमा कोरोनाको जोखिमको बारेमा गरिएको आनुसन्धान भने यो नै पहिलो भने होईन । यसअघि गत जुन महिनामा स्पेनस्थित ब्राऊन युनिभर्सिटीका प्रोफेसर कार्लोस वामबिरले गरेको दुई वटा  छुट्टाछुट्टै अध्ययनबाट कपाल खुईलिएका थुप्रै पुरुषहरुलाई अस्पताल लगिएको थियो ।

  • नियम तोडी भिडभाड गर्दै मदिरा र खाना बिक्री गर्ने न्युयोर्कका २७ ब्यवसायको  ईजाजत रद्द

    नियम तोडी भिडभाड गर्दै मदिरा र खाना बिक्री गर्ने न्युयोर्कका २७ ब्यवसायको ईजाजत रद्द

    न्युयोर्क

    कोरोना महामारीले केही महिना बन्द रहेको न्युयोर्क अहिले चौंथौं चरणमा समेत खुलिसकेको छ । मार्चपछि कोरोना संक्रमणको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्क सहर ३ महिना अस्वाभाविक रुपमा सुनसान रह्यो । गत जुलाई २० तारिख चौथौं चरणमा समेत अर्थतन्त्र  खुली सकेपछि न्युयोर्कमा भिडभाड बढ्न थालेको छ । लामो समय घर भित्रै थन्किएका न्युयोर्कबासी बजार ब्यबसायमा जान थालेका छन् । बजारमा भिडभाड बढेसंगै रेस्टुरेण्ट र मधुशाला (बार) मा समेत निकै भिडभाड बढन् थालेको छ । चौथौं चरणमा अर्थतन्त्र सुचारु गरे पनि राज्य सरकारले अनिबार्य मास्क, सामाजिक दुरीको पालना लगायतका नियमलाई भने कडाईका साथ लागू गरेको छ । चौथौं चरणपछि पनि रेस्टुरेण्ट भित्र बसेर खान र बारहरु भने खुला गरिएका छैनन् ।  सरकारले लागू गरेको सामाजिक दुरीको नियम र क्षमतालाई पालन नगरि जथाभावी ब्यवसाय संचालन गरेका कारण गत हप्ता मात्र न्युयोर्कमा संचालित २७ वटा  रेस्टुरेण्ट र बारको ईजाजत सरकारले खारेज गरेको छ । केही मदिरालय (बार) र रेस्टुरेण्ट गरेर २७ वटा ब्यबसायको लिक्वेयर (मदिरा) बिक्री बितरण गर्ने ईजाजत सरकारले रद्द गरेको हो । ती बार तथा रेस्टुरेण्टको लाईसेन्स खारेज गरेको बिषयमा गभर्नर कुमोले मंगलबार भनें; “यस्तो गर्नु पर्‍यो मलाई माफ गर्नुस् तर यो खतरनाक अवस्था हो । मैले धेरै धेरै पटक भन्दै आएको छु । हामीले बार (मदिरालय) खोलेकै छैनौं । उनीहरुले सुरुदेखि नै उलंघन गर्दै आएका छन” । न्युयोर्क स्टेट लिक्वेएर अथोरिटीले २७ वटा ब्यवसायको ईजाजत रद्द गर्दै उनीहरुलाई ४ सय १० वटा उलंघनको मुद्दा चलाएको हो ।  

    मंगलबार मात्र एस्टोरियाको ब्रिन्क बार र एमआईएको मदिरा बिक्री बितरण गर्ने अनुमति खारेज गरियो भने लङ आईल्याण्ड डियर पार्कस्थित सिक्रेट जेन्टलम्यान क्लब र म्यास्पेथ पिज्जा हाऊसको ईजाजत खारेज गरियो ।

  • कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता

    कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता

    न्युयोर्क

    राष्ट्रपति ट्रम्प प्रशासनले डिसेम्बरसम्ममा कोरोना बिरुद्धको भ्याक्सिन डेलिभरी दिने गरी फाइजर कम्पनीसँग २ अरब अमेरिकी डलरमा सम्झौता गरेको छ । ट्रम्प प्रशासनले  निकट भविष्यमा आँउदै गरेको १० करोड डोज भ्याक्सिनको लागि फाइजरसँग सम्झौता गरेको हेल्थ एण्ड ह्युमन सर्भिसका सेक्रेटरी  एलेक्स अजरले बुधबार घोषणा गरेका हुन् । प्रशासनले गरेको सम्झौता अन्तर्गत अमेरिकाले अर्को ५० करोड डोज खरिद गर्न सक्ने पनि सेक्रेटरी अजरले बताएका छन् ।  अजरले फक्स न्युज टिभिमा भनें; ‘पक्कै पनि त्यो भ्यक्सिन सुरक्षित र प्रभावकारी हुनु पर्छ, साथै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनबाट मान्यता प्राप्त हुनै पर्छ’ ।

    फाइजर र बायोएनटेकले संयुक्तरुपमा बनाउदै गरेको भ्याक्सिनको लागि हेल्थ एण्ड ह्युमन सर्भिस र डिफेन्स डिपार्टमेन्टसँग सम्झौता गरेको दुबै कम्पनीले बिज्ञप्ति सार्वजनिक गर्दै बताएका छन् । सरकारले भ्याक्सिन प्राप्त गर्न औषधि कम्पनीसँग गरेको सबैभन्दा पछिल्लो सम्झौता हो  । फाइजर र बायोएनटेक कम्पनीका अनुसार एफडिएबाट मान्यता प्राप्त गर्ने बित्तिकै १० करोड डोज भ्याक्सिनको लागि अमेरिकी सरकार १ अरब ९५ करोड अमेरिकी डलर तत्काल नै कम्पनीलाई भुक्तानी दिनु पर्नेछ । अमेरिकी जनताले भने भ्याक्सिन नि:शुल्क लिन पाउने छन् ।  

    अमेरिकी सरकारको अनुदानमा निर्माणाधिन अवस्थामा रहेका सम्भाबित भ्याक्सिन प्राप्त गर्न सरकारले गरेको यो पाँचौं सम्झौता हो ।  हाल विश्वभर झण्डै २ दर्जन भ्याक्सिनहरु मानब परिक्षणको क्रममा छन् भने केही भ्याक्सिन प्रमाणिकरणको लागि अन्तिम अवस्थामा छन् ।

  • कोरोना संक्रमणमा न्युयोर्कलाई जित्यो क्यालिफोर्नियाले

    कोरोना संक्रमणमा न्युयोर्कलाई जित्यो क्यालिफोर्नियाले

    न्युयोर्क

    कोरोना संक्रमितको कुल संख्यामा न्युयोर्कलाई क्यालिफोर्नियाले उछिनेको छ ।  क्यालिफोर्नियामा बुधबारसम्म कोरोना संक्रमितको संख्या ४ लाख १५ हजार ७ सय ६३ पुगेको छ भने कुनै बेलाको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्कमा हालसम्म ४ लाख १५ हजार ९४ कुल संक्रमित छन् । हाल कोरोना नियन्त्रित न्युयोर्क राज्यमा मृतकको हालसम्मको जम्मा संख्या भने ३३ हजार ३ सय ६८ छ । तर क्यालिफोर्नियामा मृतकको संख्या ७ हजार ९ सय मात्र छ ।  

    मंगलबारका दिन क्यालिफोर्निया आजसम्मकै उच्च एकै दिन १२ हजार ८ सय सात नयाँ संक्रमित भेटिएको बुधबारको प्रेस ब्रिफिङ्मा गभर्नर गेभिन न्युसमले बताएका छन् । न्युयोर्कमा भने एक हप्तादेखि दैनिक ७ सयको हाराहारीमा नयाँ संक्रमित देखिएका छन् ।

  • पेण्ट्सले पादको गन्ध रोकिंदैन भने मास्कले भाइरस कसरी रोकिन्छ ? एक अमेरिकीको तर्क (हेर्नुस् भिडियो)

    पेण्ट्सले पादको गन्ध रोकिंदैन भने मास्कले भाइरस कसरी रोकिन्छ ? एक अमेरिकीको तर्क (हेर्नुस् भिडियो)

    न्युयोर्क

    गत जुलाई १० तारिख क्यालिफोर्नियास्थित एक क्याफे ‘पनेरा ब्रेड’मा खाना खरिद गर्न जाँदा मास्क लगाउन अस्विकार गर्ने एक स्वेत महिलाले अनौठो तर्क दिएर मास्क लगाउन अस्विकार गरेको भिडियो सार्वजनिक भएको छ । खानेकुरा खरिद गर्न लाईनमा बसेकी ती महिलालाई क्याफेका कर्मचारीले मास्क नलगाएको भन्दै उनको अर्डर लिन मानेन ।खानेकुरा खरिद गर्न नपाएपछि ती महिलाले; “पेण्ट्सले पादको गन्ध रोक्दैन भने मास्कले पनि कोरोनाभाइरस रोक्दैन” भन्दै बाहिरिएकी थिइन ।  

    https://youtu.be/BqRrOTSADM8

    ती महिला पसल भित्र बिना मास्क नै प्रबेश गरेकी थिईन । क्याफेका कर्मचारीले उनलाई तत्काल एउटा मास्क दिएका थिए तर ती महिला त्यो मास्क हातमा लिएर मात्र बसिन् । लगाउन भने मानिनन् । क्यालिफोर्नियामा गत जुलाई १५ देखि कुनै पनि बन्द कोठा भएको सार्वजनिक स्थलमा प्रबेश गर्दा मास्क अनिबार्य गरिएको छ ।

  • कोभिड-१९ अनुसन्धानमा चीनले ‘साइबर जासुसी’ गर्न खोजेको अमेरिकाको आरोप

    कोभिड-१९ अनुसन्धानमा चीनले ‘साइबर जासुसी’ गर्न खोजेको अमेरिकाको आरोप

    यसअघि अमेरिकी न्याय मन्त्रालयले कोरोनाभाइरसको खोप विकास गर्न काम गरिरहेका प्रयोगशालालाई निसाना बनाइरहेका ह्याकरहरू चीनद्वारा प्रायोजित भएको आरोप लगाएको थियो ।

    अधिकारीहरूले कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरूबारे जासुसी गरेको अभियोग दुई चिनियाँ नागरिकलाई लगाएका छन्। उनीहरूले सूचना चोर्न सरकारी सूत्रबाट सहयोग लिएको अमेरिकी सरकारको दाबी छ।

    चिनियाँ साइबर गुप्तचरीविरुद्ध अमेरिकी सरकारको अभियान अन्तर्गत अहिले मुद्दा चलाइएको हो। गत साता अमेरिका, यूके र क्यानाडाले पनि कोभिड-१९ को अनुसन्धान चोर्न खोजेको आरोप रुसमाथि लगाएका थिए। इलेक्ट्रिकल इन्जिनियरिङका दुई विद्यार्थीहरू लि सियाओइ र डुङ जियाजमाथिको अभियोग मंगलवार सार्वजनिक भएको हो।

    एजेन्सी

  • अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश

    अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश

    अमेरिकी सरकारले टेक्सासस्थित ह्युस्टनमा रहेको चिनियाँ दुतावास तत्काल बन्द गर्न आदेश दिएको छ । अमेरिकी बिदेश मन्त्रालयले बन्द गर्न आदेश गरिएको दुतावास मार्फत तत्काल कुनै पनि कृयाकलाप नगर्न र ७२ घण्टा भित्र बाणिज्य दुतावासको कार्यालय बन्द गर्न आदेश गरेको हो । अमेरिकन जनताका ब्यक्तिगत सुचना र अमेरिकन नागरिकका सम्पत्तिको सुरक्षाका लागि नियोगलाई बन्द गर्ने आदेश दिएको बिदेश मन्त्रालयका प्रबक्ता मोर्गन अर्टाजसको हवाला दिंदै समाचार संस्था सिएनएनले जनाएको छ । अमेरिका र चीन बीच जारी ब्यापार युद्ध विद्यमान कोरोना महामारी तथा हङकङस्थित मानव अधिकार उलंघन भएको भन्दै अमेरिकाले लगातार गरी रहेको आलोचना लगायतका बिषयमा बिगत एक बर्षदेखि आपसी सम्वन्ध चिसिदै आएको छ ।

    मंगलवार बेलुका टेक्सासको हुस्टनस्थित मिडटाऊनमा रहेको चिनियाँ दुतावासको कम्पाउन्ड भित्र धुँवाको मुस्लो आएको ह्युस्टन प्रहरीले जनाएको स्थानीय संचार माध्यमले जनाएका छन् । कन्सुलेट कम्पाउन्ड भित्र थुप्रै कागजात जलाएको अनुमान प्रहरीले लगाएको छ ।  

    एजेन्सी

  • डिसी, भर्जिनिया, मेरिल्याण्ड लगायत थप दश राज्य पनि न्युयोर्क, न्युजर्सी र कनेक्टिकटको क्वारेन्टिन लिष्टमा

    डिसी, भर्जिनिया, मेरिल्याण्ड लगायत थप दश राज्य पनि न्युयोर्क, न्युजर्सी र कनेक्टिकटको क्वारेन्टिन लिष्टमा

    न्युयोर्क      

    न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यले थप १० राज्यबाट आउनेहरुलाई पनि बाध्यकारी क्वारेन्टिन लागू गरेको छ । यसअघि दक्षिण पश्चिमका २१ वटा राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउनेहरुको हकमा मात्र क्वारेन्टिनको नियम लगाईएको थियो ।अब आसपासका थप १० राज्यलाई पनि क्वारेन्टिनको सुचीमा राखेपछि जम्मा ३१ राज्यबाट आउनेहरु क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया, मेरिल्याण्ड, डेलावर, अलास्का, ईन्डियाना , मिजौरी, मोन्टाना, नर्थ डकोटा र नेब्रास्का नयाँ सुचीमा थपिएका हुन । मिनियासोटा भने न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउँदा बस्नु पर्ने क्वारेन्टिनको सुचीबाट हटेको छ ।  

    न्युयोर्कले क्वारेन्टिनको नियम उलंघन गर्ने यात्रुहरुलाई २ हजार अमेरिकी डलर जरिवानाको घोषणा यसअघि  नै गरी सकेको छ । क्वारेन्टिनको नियम बस, ट्रेन, कारबाट यात्रा गर्ने समेतमा लागू हुने गभर्नर कुमोले बताएका छन् । हवाई जहाजबाट आउनेले यात्राका क्रममा प्लेन भित्र उपलब्ध फर्म भर्नु पर्नेछ । हवाई यात्रा र जमिनबाट यात्रा गर्ने सबैले न्युयोर्क, न्युजर्सी, कनेक्टिकट आउँदा आफ्नै खर्चमा क्वारेन्टिन्मा बस्नु पर्ने जनाईएको छ ।

  • बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले कोरोनाबिरुद्ध तयार पारेको भ्याक्सिन मानव परिक्षणमा सफल

    बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले कोरोनाबिरुद्ध तयार पारेको भ्याक्सिन मानव परिक्षणमा सफल

    एजेन्सी    

    बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले  तयार गर्दै गरेको कोरोनाभाइरस बिरुद्धको भ्याक्सिनको मानव परिक्षण सफल भएको छ । अक्सफोर्डले एस्ट्र जेनेकासँग मिलेर बनाएको भ्याक्सिनले मानवमा गरेको परिक्षणमा शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुनुको साथै संक्रमणबिरुद्ध किलर टि सेल्स समेत बनेर कोरोनाबिरुद्ध दोहोरो काम गरेको सोमबार प्रकाशित ल्यानसेट जर्नलमा जनाईएको छ । परिक्षणको क्रममा दिईएको भ्यासिनले १०० प्रतिशत मानिसको शरिरमा प्रतिरोधात्मक क्षमता बृद्धि भएको अनुसन्धानकर्ताहरुले बताएको जर्नलले लेखेको छ । यो भ्याक्सिन परिक्षणको लागि अक्सफोर्डले १ हजार जनामा प्रयोग गरिरहेको छ । मानवमा परिक्षण गरिएको २८ दिनपछि भ्याक्सिनले मानव शरीरमा निम्न दुई असर देखाएको समेत जर्नलले लेखेको छ । पहिलो; भ्याक्सिनको प्रयोगपछि शरीरको मांसपेसी दुख्ने काम छुट्ने । दोश्रो; जरो आउने जस्ता साईड ईफेक्ट भने देखिएको छ ।  

    अनुसन्धानकर्ताहरुले ChAdOx1 nCoV-19 नाम दिएको अक्सफोर्डको भ्याक्सिन एस्ट्र जेनेकाले उत्पादन गर्न थालि सकेको छ भने बेलायत सरकारले १० करोड डोजको अर्डर गरिसकेको छ ।

  • गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्

    गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्

    हरेक बर्ष गर्मीयाम सुरु हुने बित्तिकै लाखौं अमेरिकनहरु देश भित्र र बाहिरको भ्रमणमा निस्कन्छन् । तर यो बर्ष कोरोना महामारीको कारण देश बाहिरको त कुरा छाडौं, अमेरिका भित्रकै एउटा राज्यबाट अर्को राज्यको भ्रमणमा निस्कदा दुई पटक सोचेर मात्र निस्कनु पर्ने भएको छ । अर्को राज्यमा जाँदा कोरोना संक्रमण होला कि ! भनेर सोच्नु पर्ने त छँदैछ, त्यो भन्दा पनि हरेक राज्यले अर्को राज्यबाट आउनेको सम्बन्धमा लागू गरेको नियमले गर्दा अझै सोच्नु पर्ने भएको हो । हाल अमेरिकाका अधिकांश राज्यहरुले कतै कोरोना जाँच गर्नु पर्ने त कतै वाध्यकारी क्वारेन्टिनमा बस्नु पर्ने नियम बनाएका छन् ।

    सरुवा रोग सम्बन्धि संघीय सरकारको निकाय ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले एक ठाँऊबाट अर्को ठाँऊ जाने सबैलाई मास्क लगाउन र बेला बेलामा हात धोई नाक मुखमा नछुन तथा अन्य मानिस भन्दा ६ फिट टाढा बस्न भनेको छ । त्यसैगरी हाच्छ्यु गर्दा र खोक्दा नाक मुख छोप्न, खानेकुरा किन्दा भरसक ड्राईभ थ्रुबाटै किन्न सुचित गर्दै आएको छ ।  

    अमेरिकाका बिभिन्न राज्यहरुमा अहिले प्रतिबन्ध निम्नानुसार छ: 

    अलास्का;

    बाहिरी राज्यबाट अलास्का प्रबेश गर्नेले निम्न कुरा खुलाएर ‘डिक्लरेसन फर्म’  भर्नै पर्छ ।  

    १) ७२ घण्टा अगाडिसम्म कोरोना नेगेटिभ भएको रिपोर्ट र राज्यमा आएको ७ देखि १४ दिन भित्र फेरी जाँच गरेर क्लियर नभएसम्म अन्य ब्यक्तिसँग भेटघाट गर्न नपाईइने ।  

    २) पाँच दिन अगाडिसम्म नेगेटिभ रिजल्ट आएका प्रत्येकले बिमानस्थलमा अवतरण भएपछि पुन: कोरोना जाँच गर्नु पर्ने र १४ दिनपछि पुन: जाँच गर्नु पर्ने र त्यति बेलासम्म मानिसहरुसँगको संपर्क पातलो गर्नु पर्ने ।  

    ३ ) बिमानस्थलमा अवतरण गर्दा जाँच गर्नु पर्ने र जाँचको रिजल्ट नआँउदासम्म क्वारेन्टिनमा बस्नु पर्ने छ । यदि जाँच नगर्ने हो भने १४ दिन वाध्यकारीर क्वारेन्टिनमा बस्नै पर्ने नियम छ ।  

    एरिजोना;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।  

    आर्कान्सास;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।  

    क्यालिफोर्निया;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।  

    कोलोराडो;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाइएको छैन ।  

    कनेक्टिकट;

    पछिल्लो समय कोरोना संक्रमण उच्च बिन्दुमा पुगेका राज्यहरुबाट कनेक्टिकट  प्रबेश गर्ने सबैलाई १४ दिन क्वारेन्टिनमा राखिने ब्यबस्था छ । ७२ घण्टा भित्र कोरोना नेगेटिभ आएको छ भने चाँहि सिधै प्रबेश गर्न पाईने ब्यबस्था छ । कनेक्टिकटले २२ राज्यहरु – अलाबामा, एरिजोना, आर्कान्सास, क्यलिफोर्निया, फ्लोरिडा, जर्जिया, आइडाओ, आईवा, कान्सास, लुजियाना, मिनियासोटा, मिसिसिपी, नेभाडा, न्यु मेक्सिको, नर्थ क्यारोलाइना, ओहायो, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहा, विस्कन्सिनलाई भ्रमणमा नियमन गराएको छ ।  

    डेलावर;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।  

    डिस्ट्रिक अफ कोलम्बिया (डिसी);

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।  

    फ्लोरिडा;

    न्युयोर्क, न्युजर्सी र कनेक्टिकटबाट फ्लोरिडा जानेले आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्दछ । यो नियमलाई उलंघन गर्नेले कि त ५ सय डलर जरिवाना तिर्नु पर्ने वा ६० दिनसम्म जेल बस्नु पर्ने नियम फ्लोरिडामा छ ।  

    जर्जिया;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।  

    हवाई;

    हवाईमा दुई हप्ता वा बसुन्जेल (जुन अबधि थोरै हुन्छ) सम्म क्वारेन्टिनमा बस्नै पर्ने वाध्यकारी नियम बनाईएको छ । यदि यो नियम उलंघन भयो भने ५ हजार अमेरिकी डलर जरिवाना वा १ बर्षसम्मको जेल सजाय तोकिएको छ । आगामी सेप्टेम्बर १ तारिखदेखि भने ७२ घण्टा भित्रको नेगेटिभ टेस्ट रिजल्ट देखायो भने माथिका दुबै ब्यबस्था लागू हुने छैन ।

    आईडाओ;

    आईडाओको बोइसी सहर र एडा काउन्टीका केही सहरमा १४ दिन सेल्फ क्वारेन्टिनको ब्यबस्था गरिएको भए पनि अन्य सहरमा भने अर्थतन्त्र सुचारु गर्ने क्रममा छन् ।  

    ईलिनोई;

    राज्यस्तरमा त्यस्तो कुनै त्यस्तो बन्देज नभए पनि अलाबामा, एरिजोना, आर्कान्सास, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, आईडाओ, लुजियाना, मिसिसिपी, नेभाडा नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहाबाट शिकागो आउने वा शिकागो फर्किनेलाई १४ दिनको क्वारेन्टिनको ब्यबस्था गरिएको छ । यो नियम उलंघन गर्नेलाई प्रति दिन ५ सय डलर जरिवाना गराईने छ भने त्यो जरिवाना ७ हजार अमेरिकी डलरसम्म हुनेछ ।  

    ईन्डियाना;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।  

    आईवा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।  

    कान्सास;

    एरिजोना र फ्लोरिडाबाट कान्सास आउने वा कान्सास फर्किनेलाई १४ दिनको क्वारेन्टिनको ब्यबस्था गरिएको छ ।  

    केन्टकी;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    लुजियाना;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    मेन;

    भर्मोन्ट, न्यु हेम्सायर, कनेक्टिकट, न्युयोर्क, न्युजर्सीबाट मेन आउने तर कमर्सियल लज लिएर बस्नेको लागि अन्य प्रावधानको ब्यबस्था नभए पनि अन्यका लागि भने १४ दिन क्वारेन्टिन वा ७२ घण्टा भित्र कोरोना नेगेटिभ भएको प्रमाण पेश गर्नु पर्ने ब्यबस्था छ ।  लज तथा होटेलमा बसोबास गर्नेलाई बाहिर हिडडुल गर्नका लागि समय सिमित गरिएको छ ।  

    मेरिल्यान्ड;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    म्यासाच्युसेट्स;

    रोड आईल्याण्ड, कनेक्टिकट, भर्मोन्ट, न्यु ह्यम्सायर, मेन, न्युयोर्क र न्युजर्सी बाहेकका राज्यहरुबाट म्यासाच्युसेट्स जाने पर्यटक वा राज्यकै बासिन्दा भए पनि १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने गरिएको छ ।  

    मिचिगन;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    मिनियासोटा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    मिसिसिपी;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    मिजौरी;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    मोन्टाना;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    तर चर्चित ग्लासियर नेशनल पार्कको भने पश्चिम ढोका मात्र खोलिएको छ । पूर्वी प्रबेशद्वार भने कम्तिमा पनि अगष्टसम्म बन्द रहने बताइएको छ ।  

    नेब्रास्का;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    नेभाडा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    न्यु ह्यम्सायर;

    गैह्र न्यु-ईङ्ल्याण्ड राज्यबाट आउने सबैलाई दुई हप्ता क्वारेन्टिन बस्नु पर्ने ब्यबस्था गरिएको छ ।  

    न्युजर्सी;

    कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका २२ राज्यबाट न्युजर्सी भएर अन्य राज्य जाने बाहेक सबैलाई १४ दिने क्वारेन्टिनको नियम बनाएको छ । यो नियम हालै कोरोना संक्रमण नेगेटिभ आएकाको हकमा समेत लागू भएको छ ।   

    न्युजर्सीले अलाबामा, एरिजोना, आर्कान्सास,   क्यलिफोर्निया, फ्लोरिडा, जर्जिया, आईडाओ, आईवा, कान्सास, लुजियाना, मिनियासोटा, मिसिसिपी, नेभाडा, न्यु मेक्सिको, नर्थ क्यारोलाइना, ओहायो, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहा, विस्कन्सिनबाट आउनेलाई क्वारेन्टिनको ब्यबस्था गरेको हो ।  

    न्यु मेक्सिको;

    अन्य राज्यबाट आउने वा राज्यमा फर्किने सबैलाई क्वारेन्टिन बस्नु पर्ने ब्यबस्था छ ।  

    न्युयोर्क;

    न्युयोर्कमा पनि न्युजर्सीमा जस्तै २२ राज्यबाट आउनेले जसले २४ घण्टा भन्दा धेरै न्युयोर्कमा बिताउँदछ उसले १४ दिन क्वारेन्टिन बस्नु पर्ने नियम छ ।  

    बिमानस्थलमा अबतरण हुनेले भने हेल्थ डिपार्टमेन्टको ट्राभलर फर्म भर्नै पर्ने ब्यबस्था छ अन्यथा २ हजार अमेरिकि डलर जरिवाना तोकिएको छ ।  

    नर्थ क्यारोलाइना;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    नर्थ डकोटा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    ओहायो;

    १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने ब्यबस्था छ ।  

    ओक्लोहामा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    ओरेगन;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    पेन्सिल्भानिया;

    पेन्सिल्भानियाले पनि संक्रमितको संख्या बढेका २० वटा राज्यबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने ब्यबस्था गरेको छ । ती राज्यहरु अलाबामा, एरिजोना, आर्कान्सास, क्यालिफोर्निया, फ्लोरिडा   जर्जिया, आईडाओ, आईवा, कान्सास, लुजियाना, मिसिसिपी, नेभाडा, नर्थ क्यारोलाइना, ओहायो, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनेसी, टेक्सास, युटाहा र  विस्कन्सिन छन् ।  

    रोड आईल्याण्ड;

    दैनिक ५ प्रतिशत भन्दा धेरै कोरोना संक्रमित दर भएको राज्यबाट आउनेलाई १४ दिन क्वारेन्टिनको ब्यबस्था गरिएको छ । अथवा बिकल्पको रुपमा ७२ घण्टा भित्रको कोरोना नेगेटिभ रिजल्ट भएकाको हकमा क्वारेन्टिन बस्न नपर्ने ब्यबस्था छ । अथवा क्वारेन्टिनमा बसेको अवस्थामा पनि जाँच गरेर नेगेटिभ रिपोर्ट देखाएको अवस्थामा क्वारेन्टिन मुक्त हुन पाउनेछ ।  

    साउथ क्यारोलाइना;

    २२ वटा राज्यबाट आउनेहरुलाई १४ दिन क्वारेन्टिन बस्नु पर्ने ब्यबस्था छ ।  

    साउथ डकोटा;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    टेनेसी;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    टेक्सास;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    युटाहा: 

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    भर्मोन्ट;

    उत्तर पूर्वी १६ वटा राज्यबाट प्राईभेट गाडी चढेर आउनेलाई क्वारेन्टिनको ब्यबस्था छैन ।  

    भर्जिनिया;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    वासिङ्टन;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    वेष्ट भर्जिनिया;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन । 

    विस्कन्सिन;

    क्वारेन्टिन लगायतका त्यस्ता कुनै ब्यबस्था गरिएको छैन यद्यपी राज्यमा बसोबास गर्नेहरुलाई अत्याधिक जरुरी नभएसम्म अन्य राज्यमा नजान भनिएको छ ।  

    ह्योमिङ्;

    जुलाई १६ सम्म त्यहाँ राज्यस्तरको कुनै त्यस्तो भ्रमण प्रतिबन्द लगाईएको छैन ।

    श्रोत: न्युयोर्क टाईम्स   

  • गम्बुको अर्को राष्ट्रप्रेमी गीत सार्वजनिक

    गम्बुको अर्को राष्ट्रप्रेमी गीत सार्वजनिक

    काठमाडौं

    गीत मार्फत सन्देश दिन मन पराउने गायक गम्बु शेर्पाको स्वरमा ‘कोही भन्छन UK जा कोही अमेरिका’ नेपा टेक समुहको प्रस्तुतिमा सार्वजनिक भएको छ ।

    ‘नजिक’ एल्बम अन्तर्गत समाविष्ट सो गीतको म्युजिक भिडियोलाई ‘नेपा क्रियसन’ले नै तयार पारी युट्युब मार्फत दर्शक-श्रोता माझ ल्याएको हो । गीतकार तुलसी बस्नेतको रचनामा सन्तोष श्रेष्ठले संगीत एवम् एरेन्ज बिष्णु अधिकारीले गरेका छन् । 

     

    देशमा नै केही गर्नु पर्छ भन्ने सोचराखि लामो अमेरिकाको बसाई त्यागेर नेपाल फर्केका गायक शेर्पाले यसअघि पनि बिभिन्न देशभक्तिका गीत गाइसकेका छन् । दर्शनीय प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन गायक शेर्पाले आफै गरेका छन् ।

  • ओलीका अस्त्र र महाराजका ‘रफुभर’

    ओलीका अस्त्र र महाराजका ‘रफुभर’

    पुरुषोत्तम लम्साल, भर्जिनिया

    चलन नबिलाएको भए गाउँमा अझै पनि रफू भरिन्छ होला । फेसनको दुनियाँमा चाँहि च्यातिएको, प्वाल परेको, भ्वांग देखिने ठाउँमा पनि कहिले धागोको आडमा त कहिले कपडाको अर्को टुक्रा राखेर रफु भर्ने चलन थियो । यो भनेको मूलतः लाज (भित्री अंग) बाहिरबाट नदेखियोस भनेर दुनियाको आँखामा छारो हाल्ने प्रपञ्च हो ।

    यो रफु वस्त्रमा मात्र लगाइदैन, वाणीहरुमा पनि लगाइन्छ । ठूलाले गल्ती बोल्यो भने त्यसलाई प्रमाणित गर्ने अनेक जुक्ति निकालेर हो त नि जस्तो बनाइन्छ । अर्थात् ठूलाहरुको उध्रिएको बोलीमा पनि रफु भरिन्छ । यसका लागि आसेपासेहरु, चम्चा र मदानीहरु मडारिएरै आआफ्नो तर्क र दावी प्रस्तुत गरिरहेका हुन्छन् जसलाई रफुभर पनि भनिन्छ । उनीहरुको काम नै हत्केलाले लाज छेकिदिनु भउकाले अरु कुरा भनिरहनु नै परेन ।

    रफुभरको यो किस्सा कुनैबेला हामी चुट्किलाहरुमा खुब प्रयोग गर्थ्यौं । अलि लामा शैलीका जोक्समा पनि प्रयोग गर्थ्यौं । कहिले हमजायगा र कहिले नाइन्टिन फाउन्टिनको नेपाली सैनिक लाहूरेलाई केन्द्रमा राखेर पनि रफुभरको किस्सा सुनाउँथ्यौं । त्यही किस्सालाई श्रम गरेर प्रकाश सुवेदी सरले दुरुस्तै उतारेर सामाजिक सञ्जालमा प्रस्तुत गर्नुभएछ ।

    किस्सा यस्तो छः महाराजलाई गफ दिने निकै ठुलो सोख थियो । गफ दिँदा(दिँदै कहाँ कुरो फुस्क्यो भन्ने पत्तै पाउँदैनथे । तर जबजब उनको गफमा ’छिद्र’ देखिन्थ्यो, उनको वरीपरी बसेका ‘रफुभर’हरुले ’रफु’ भरेर कुरा मिलाइदिन्थे । अनी त के चाहियो, महाराज झन मच्ची(मच्ची अझै ठुला गफ दिन्थे ।

    एक दिन महाराजले कथा सुनाए; “सबैले ध्यान दिएर सुन, म एक दिन शिकार खेल्न गएको थिएँ । अगाडी अजङगको बाघ देखियो । मैले बन्दुक उठाएँ र गोली चलाएँ । गोली त बाघको देब्रे कानबाट छिरेर सिधै दाहिने खुट्टाको पन्जाबाट पो बाहिर निस्क्यो । बाघ ठाउँको ठाउँ ठहरै !” वरिपरी बसेका सबैले “वाह, महाराज, वाह !” भनें, ताली बजाए ।अलिपर बसेको एक जना मान्छे भने अलि अलमलमा परे झैं देखियो । उसले डराइडराइ सोध्यो; “महाराज, रिसानी माफ होस्, तर त्यो गोली बाघको देब्रे कानबाट छिरेर सिधै दाहिने खुट्टाको पन्जाबाट चाँही कसरी बाहिर निस्क्यो होला ?”

    एक छिन त महाराज पनि अलमल्ल परे, तर उनी तुरुन्तै सम्हालिए अनि आफ्ना वरिपरी बसेका रफुभरहरुतर्फ हेरे ।एक जना रफुभरले खुदो मिसिएको आवाजमा प्रष्ट पार्यो, “खासमा के भएको थियो भने नि हजुर, हाम्रा महाराजले गोली हान्दा त्यो बाघले दाहिने खुट्टाले आफ्नो कान कन्याइरहेको थियो । त्यही भएर गोली बाघको देब्रे कानबाट छिरेर सिधै दाहिने खुट्टाको पन्जाबाट बाहिर निस्केको नि !” सबै दङग परे, अनि फेरी ताली बजाउँदै महाराजको अचुक निशानाबाजीको मुक्तकण्ठले प्रशंसा गरे।
    अर्को दिन महाराजलाई फेरी अर्को बहादुरीको कथा सुनाउने इच्छा भयो । उनले भने, “ल सुन सबैले, म फेरी अर्को दिन पनि शिकार खेल्न गएँ । यो पाली त झन ठुलो बाघ देखियो । मैले बन्दुक उठाएँ, निशाना लगाएँ र गोली चलाएँ । बाघ त बेतोडले भाग्न पो थाल्यो । मेरो गोली पनि कहाँ चानचुने थियो र ? उस्ले पनि बाघको पिछा गर्न शुरु गर्यो । बाघ अघिअघि, गोली पछिपछि, बाघ अघिअघि, गोली पछिपछि । तर यो बाघ निकै बाठो थियो । उ स्वाट्ट एउटा घरमा छिर्यो र भित्रबाट ढ्याम्म ढोका लगायो । मेरो गोली पनि के कम ! ढोकामा गयो र ’ढकढक’ गर्यो । ‘हैन, को आयो ?’ भन्दै बाघले ढोका खोल्नासाथ गोली त सिधै उसको निधारमा गएर बज्रियो । बाघ ऐय्या पनि भन्न नपाइ ठाउँको ठाउँ ठहरै !” वरिपरी बसेका सबैले पहिले जस्तै ‘वाह, महाराज, वाह !’ भनें, ताली बजाए । पर बसेको त्यही मान्छेले फेरी डराइडराइ सोध्यो; “रिसानी माफ होस्, तर महाराज, त्यो गोली त्यसरी पिछा गर्दै कसरी गयो होला ?” महाराजलाई त के चिन्ता ? उनले मुसुक्क हाँस्दै रफुभरहरु तर्फ हेरे ।
    रफुभरहरुले पनि मुखामुख गर्दै एक अर्कालाई हेरे । तर सबै अलमल्ल देखिए । अन्त्यमा एउटा रफुभरले हिम्मत गरेर सानो स्वरमा भन्यो, “महाराज, हामी पर्यौं बबुरा रफुभर । तर यो पाली त छिद्र हैन अली धेरै नै ठुलो भ्वाङग पर्यो, माफ पाउँ, हाम्रो पनि केही सिप लागेन !”

    र, ओलीको अस्त्र प्रधानमन्त्री केपी ओलीले अयोध्यालाई अस्त्र बनाएर भारततिर फाले । त्यो पनि मोदीले भारतमा साम्प्रदायिक हिंसा भड्नसक्ने सम्भावनालाई संकेत गर्दै भारत भगवान बुद्धको भूमि भएको दावीसहितको ट्विट गरेको लगत्तै ।

    ओलीको अस्त्रले भारतका केही गोदीमिडिया वा पेटमिडियामा त रामायण र महाभारत एकैपटक शुरु गराइदिएको छ । भारतीय मिडियाका कर्कश र चिच्याटलाग्दो शैलीमा मोदीभन्दा ओली धेरै बिकाउ भएका छन्, बजेका छन् । हिजोसम्म नेपाली सीमा मुद्दामा नेपाललाई चीनले उचालेको भ्रमपूर्ण दावीमा उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेका भारतीय मिडिया पुरै विषयान्तर भएर धर्म र सँस्कृतिमा केन्द्रित भएका छन् ।

    प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै छ राम नेपालकै हुन् भनेर निशाना चाँहि रावणको नाभी बनाइदिएका छन् । जहाँ मर्म हुन्छ त्यहीं अस्त्र ताकेका छन् । व्यक्तिको शैली हो, अभिव्यक्ति हो नबोल भन्न पाइन्न । तर जसै रफुभरको किस्सा पुनः आयो, मैले भक्त र हनुमानको अर्को किस्सा उस्सै भुलें । आजलाई यत्ति ।

  • राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार

    राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार

    न्युयोर्क

    राष्ट्रपति ट्रम्प पुत्री तथा ह्वाईट हाऊस सल्लाहकार ईभान्का ट्रम्पले चर्चित ब्रान्ड गोयाको एउटा बट्टा बोकेर सामाजिक संजालमा फोटो पोष्ट गरे लगत्तै ब्यापक आलोचना भएपछि बुधबार राष्ट्रपति ट्रम्प स्वयमले ओभल अफिस कै टेबलमा गोया ब्रण्डका बोडी, सिमी, चनाका लगायतका बट्टालाई लहरै राखेर प्रदर्शन गरेका छन् ।  राष्ट्रपति कार्यालयकी सल्लाहकारले कुनै पनि कम्पनीको सामानलाई प्रोत्साहन र प्रचार गर्नुलाई संघीय कानूनको प्रष्ट रुपमा उलंघन भएको भन्दै बिज्ञहरुले आलोचना गर्दै आएका थिए ।  छोरी ईभांकाले गोयाको कालो सिमीको बट्टा बोकेको फोटो सामाजिक संजालमा आउने बित्तिकै सर्बत्र आलोचना बढ्दै गएको अवस्थामा राष्ट्रपति स्वयमले भने गोया कम्पनीको राज्मा, चना नरिवलको धुलो लगायतका पाँच उत्पादनलाई आफ्नै टेबलमा राखेर प्रदर्शन गरेका छन् । ट्रम्पले बुधबार गोयाका ती उत्पादनलाई ओभल अफिसको आफ्नै टेबलमा लहरै राखेर दुबै हात उठाएर ‘थम्स अप’ समेत गरेका छन् ।

    ईभांकाले मंगलबार गोयाको कालो सिमीको बट्टा बोकेर कम्पनीको नारा ‘यदि यो गोया हो भने यो राम्रो छ’ लाई अंग्रेजी र स्प्यानिस भाषामा लेखेर ट्विटर र फेसबुकमा फोटो पोष्ट गरेकी थिईन ।  

    अमेरिकी कानूनले संघीय कर्मचारीलाई सरकारी कार्यालयमा कुनै पनि उत्पादन सेवा र उद्यमको समर्थन गर्न वर्जित गरेको छ ।  ल्याटिनो समुदायमा अत्याधिक चर्चित गोयाका मालिक रोबर्ट अनन्युले गत हप्ता राष्ट्रपति ट्रम्पसँगको ह्वाईट हाऊसमा आयोजित सार्वजनिक भेटघाटका क्रममा ‘तपाईंलाई नेताको रुपमा पाएर हामी आफुलाई भाग्यमानी ठान्दछौ’ भनेका थिए ।  गोया मालिक अनन्युले राष्ट्रपतिलाई सार्वजनिकरुपमा समर्थन गरे लगत्तै गोयाका उत्पादनलाई बहिस्कार गर्दै ‘बोइकट गोया’ र ‘गोयावे’ जस्ता ह्यासट्याग ट्विटरको ट्रेन्डिङमा थिए ।

  • टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला

    टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला

    टेक्सास

    अमेरिकामा दिन-दिनै नेपालीको मृत्‍युको खबर बढ्दै छ । दुई दिन अगाडि मात्र दुई नेपाली युवाको माछा मार्न जाने क्रममा मृत्‍यु भएको खबरको पिडा सेलाउन नपाउँदै मंगलवार साँझ सेन्ट्रल टेक्सासको कलिनस्थित एक नेपाली युवा झुन्डिएको अवस्थामा फेला परेका छन् । मुलघर रुकुम खलङगा निवासी ३० बर्षीय पारस खड्का मंगलवार साँझ ५:३० बजे तिर बरण्डामा झुन्डिएको अवस्थामा फेला परेको एनआरएन अमेरिकाका केन्द्रिय सदस्य तथा सामाजिक अभियन्ता सिपि पौडेलले जानकारी दिए ।  

    सन् २०१३ मा डाईभर्सिटी भिसा अन्तर्गत अमेरिका आएका खड्का नेपालमा नेपाल विद्यार्थी संघमा सकृय थिए भने जनसंपर्क समितिमा समेत आबद्ध थिए । उनले दुई दिन अगाडि मात्र ब्ल्याक एण्ड ह्वाईट फोटो टाईम लाईनमा अपलोड गरेको देखिएको छ ।अमेरिकास्थित आफन्त तथा साथीभाइले स्व. खडकाको फेसबुक पेजमा ट्याग गरेर थुप्रै समबेदना ब्यक्त समेत गरेका छन् ।

  • नेपालमा चर्चित ‘पठाओ’ का संस्थापकको मृत शरीर न्युयोर्कको अपार्टेमेन्टमा भेटियो

    नेपालमा चर्चित ‘पठाओ’ का संस्थापकको मृत शरीर न्युयोर्कको अपार्टेमेन्टमा भेटियो

    न्युयोर्क

    मोटर साईकलमा यात्रु ओसार पसार गर्ने ‘पठाओ’ का एक संस्थापक सदस्य फहिम सलेहको मृत शरीर न्युयोर्क सहरको लोअर ईष्ट साईडको एक सुबिधा सम्पन्न अपार्टमेन्टमा सोमबार भेटिएको अमेरिकास्थित मुलधारका संचार माध्यमले जनाएका छन् । युवा उद्यमी फहिमले नाईजेरियाको लागि ‘गोखडा’ एप्स बनाएर संचालनमा ल्याएका थिए भने नेपाल र बंगलादेशमा ‘पठाओ’ चर्चित छ ।  

    फहिमलाई अन्तिम पटक उनी बस्ने अपार्टमेण्ट भवनको एलिभेटरबाट मास्क लगाएको अर्को एक जनासँग एलिभेटर चढ्दै  गरेको सिसिटिभी फुटेजमा देखिएको संचार माध्यमहरुले जनाएका छन् ।  

    ३३ बर्षीय बंगलादेशी आप्रबासी फहिमले पहिलो ब्यवसाय माध्यामिक शिक्षा लिंदादेखि सुरु गरेका थिए । उनी आबद्ध कम्पनीले बुधबार ट्विटर मार्फत समबेदना ब्यक्त गरेको छ । घटनामा संलग्न संकास्पद कोही पनि हालसम्म पक्राऊ नभएको प्रहरी श्रोतले जनाएको छ ।

  • बुईगलमा छौंडा पालेर शान्तिको कुरा ?

    बुईगलमा छौंडा पालेर शान्तिको कुरा ?

    पुरुषोत्तम लम्साल, भर्जिनिया

    नेकपा एमाले र माओवादी केन्द्रको बहूमत समूहको एकीकरणपछि बनेको सग्लो नेकपाले संघीय नेपालको पहिलो आमनिर्वाचनमा सुविधाजनक बहूमत प्राप्त गर्यो । अर्थात पार्टी एकताको अन्तर्य र अभिष्ट दुबै सिद्ध भयो । खड्गप्रसाद (केपी) ओली दोश्रो पटक देशको प्रधानमन्त्री बने । ओली नेतृत्वको सरकार दुई तिहाईको बहुमतप् राप्त सरकारमा दर्ज भयो । तर, जसै सरकार चलायमान भयो ओलीमाथि पार्टी भित्रैबाट प्रहार निरन्तर भयो । सरकारले पार्टीको नेतृत्व गर्ने वा पार्टीले सरकारलाई निर्देश गर्ने विषय गम्भीर बनेर सतहमा झर्यो । सत्तारुढ नेकपा गुटहरुको क्लब जस्तो बनेरै गतिशील बन्यो । यसलाई धेरैले जीवित पार्टीमा अन्तरसङ्घर्ष जायज हुने र पार्टी चलायमान हुन बहस र विवाद अनिवार्य रहेको सौन्दर्यशास्त्रको व्याख्या प्रस्तुत गरेरै रमाए । यथार्थमा, आजसम्मका विवादमा सौन्दर्यशास्त्रको अंश कहीं कतै प्रस्तुत भएन फगत जुँगाको लडाई, हीन मनोग्रन्थीको अभिव्यक्ति, भयको मनोविज्ञान र गुटगत सबलताको पक्षपोषण मात्र जबरजस्त रहेको अकाट्य सत्य हो ।

    विवादका पछिल्ला श्रृङ्खलामा घरि २०७५ जेठ २ गते पार्टी एकता गर्दा भएको सहमतिको विषय मुद्दा बन्यो, घरि एउटा अध्यक्षले अर्को अध्यक्षलाई तदनुरुपको अख्तियारी निर्वाह गर्न अवरोध गरेको विषय मुद्दा बनेर मतविभाजन भयो । मतविभाजन जायजै थियो तर विवादले पार्टी र संगठनको तल्लो तहसम्म मन विभाजनको आधार तयार गर्यो । २०७६ मंसिर ४ गते फेरि अर्को घोषणा भयो, आलोपालो प्रधानमन्त्रीको मुद्दा थाँती रह्यो वा किनारा लाग्यो तर सरकार र पार्टीभित्र को शक्तिशाली र को कमजोर ?भन्ने तागत देखाउने परिघटना विकसित भए । सारतः एकतापछि आजसम्म पार्टी कहीं सग्लो छैन । कसैले छ भन्छ भने त्यो सरासर झूठ हो ?

    दुनियाँलाई थाहा भएको तथ्य के भने सत्तारुढ घटकभित्र केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम हुँदै रामबहादुर थापा र भीम रावलसम्मका आफ्नै स्वार्थ समूह छन् । बाँसुरीमा जति प्वाल हुन्छन् नेकपाभित्र त्यति नै स्वार्थसमूह छन् । यी सबै प्वालबाट घरि समृद्धिको, घरि समाजवादको कर्कश धून बज्छ । तर ती सबै स्वार्थसमूह आजसम्म बैचारिक, नीतिगत, कार्यक्रमिक बहसबाट कोशौं पर छन् । नीति होइन नेतृत्वको सवालमा यी सबै स्वार्थसमूह एकविरुद्ध अर्कोमा र अर्कोविरुद्ध एकमा प्रयोग हुँदै आइरहेको स्पष्ट छ । यो तथ्यले भन्छ सरकार पूर्वघोषित नीति र कार्यक्रमहरुबाट विचलित छ, पार्टी नीतिभन्दा नेतृत्वमा कसको हैकम जमाउने भन्ने विवादको भूमरीमा छ र यसको सजाय देशले पाइरहेको छ ।’पुच्छरले टाउको हल्लाउने वा टाउकोले पुच्छर चलाउने’ भन्ने लोक हसाउने यो बहसमा हप्तैपिच्छे नयाँ नयाँ सहायक मुद्दा जोडिएर आउँछन् । राजनीतिक नियुक्तिमा स्वार्थसमूहलाई भाग नलगाइएको, विधेयकहरु प्रस्तुत गर्दा स्वार्थसमूहमा छलफल नचलाइएको आदि आदि । अनि पार्टीभित्र पार्टी चलाउनेहरुभित्र भय पैदा हुन्छ, ‘अब ओलीले देश खायो, म र मेरो समूहलाई किनारामा धकेल्न खोज्यो ।’ सचिवालयमा टाउको गनेर मुद्दाको उठान र वैठान हुन्छ । स्थायी समितिमा टाउको गनेर मुद्दा लैजाने कि सेलाउने प्रपञ्च तयार हुन्छ, होटेल र चोटाकोठा चाहार्दै हस्ताक्षर अभियान चलाउने अभियान रचिन्छ ।

    हुँदा हुँदा ‘तँ तँ र म म’ को शैलीमा ‘तँ दक्षिणको दलाल, तँ उत्तरको पुतली’को जस्तो घीनलाग्दो आरोप प्रत्यारोपले बाटो बनाउँछ । अपेक्षाहरुको कसीबाट जाँच्दा यो भन्दा अभिषाप के हुन्छ ?

    सरकारविरुद्ध पार्टी र पार्टीविरुद्ध सरकारको यो नियतिको परिणाम पार्टी कहीं कतै सग्लो छैन । देखिदैन । शीरदेखि पाइतालासम्मको गुटगत ध्रुवीकरण नेकपा तोरिलाहूरेहरुको पार्टी हुँदै गएको जिउँदोजाग्दो प्रमाण हो । झोलाभित्र झोला, त्यो झोलाभित्र अर्को झोला भनेजस्तै पार्टीभित्र अनेक पार्टी चलायमान हुँदा राष्ट्रिय मुद्दाहरु आजको भोली ओझेल परिरहेका छन् । सुशासन ओइलानपतान भएको छ । सरकार मुठ्ठीभरका ‘ओलीगार्की’का हिमायतीहरुको कठपुतली मात्र बनिरहेको छनक मिल्छ । अरु त अरु राष्ट्रिय एकता निर्माण गर्न सफल मुद्दाहरु छिनमै विषयान्तर हुन्छन् । जनताले न सरकार बलियो भएको अनुभूति गर्न पाए न पार्टी बलियो भएको अनुभव । यसको सिधा निश्कर्ष राज्य कहिल्यै बलियो भएन भन्ने मात्र भयो ।

    कर्कलाको पातमाथि जमेको पानीको थोपालाई आधार बनाएर भविष्यवाणी गर्नेहरु धेरै देखिए । ‘लौ लौ फुट्यो, सरकार पनि सकियो, पार्टी पनि सकियो’ भन्ने धेरै भेटिए । ‘खाइस्… ’ र ‘खुच्चिंग…’ भन्दै पीठ फर्काएर हिंड्ने पनि देखिए । तर, पार्टी कसले, कुन आधारमा, किन विभाजन गर्छ भन्ने उत्तर कसैले दिन सकेनन् । प्रधानमन्त्रीले ‘मन रहे पो मायाप्रिति, मन नपरे यत्रैसिति’ को शैलीमा ‘तिमी जाने भए जाउ’ भनेकै हुन् । नेपाल, खनाल र गौतमहरुमाथि निसंकोच विश्वास हुँदो हो त पुष्पकमल दाहालले कुटिल खेलै नखेली प्रधानमन्त्रीविरुद्ध पार्टीभित्रैबाट लिखित निर्णय ठोक्नसक्ने थिए । तर जाने को ? किन ? कसमाथि विश्वास गरेर ? माधव नेपाल र झलनाथ खनाललाई विश्वास गरेर पार्टी संरचनामा बहूमतको टाउको गनेर पुष्पकमल दाहालले बल्लतल्ल टेक्न लागेको खुट्टामा आफैं बञ्चरो हान्ने ? यो बालसुलभ तर्कमा धेरै रमाए । माधव नेपाल र झलनाथ खनालले दाहालमाथि विश्वास गरेर पार्टी विभाजनको आधार तयार गर्ने ? लखरलखर दाहालको पछि लागेर नेपाल, खनाल र गौतमहरुले आजसम्मको आफ्नो विरासत दाउमा राख्छन् ? यो अर्को बालसुलभ तर्कना मात्र हो । अनि पार्टी संरचनामा आफू अल्पमतमा हुँदाहुँदै विभाजनको बाटो खोल्न प्रधानमन्त्री ओलीले अध्यादेश ठोक्ने ? प्रधानमन्त्रीको रुपमा ओलीले घरमा आगो लगाएर खरानीको न्यानो ताप्छन् भन्ने निम्छरा तर्कहरु फगत विलासका विषय मात्र हुन् । तत्कालका लागि प्रधानमन्त्री ओलीको एउटा खड्गो टरेको मात्र हो । आवेश र उत्तेजना कम हुँदै गएपछि सरकारविरुद्धको संगठित घेराबन्दी स्थगित भएको मात्र हो, अन्त्य भएको होइन । सत्य यही हो । प्रधानमन्त्रीका एकजना मुख्य सल्लाहकारको भाषामा ‘बार्दली र बुईगलमा छौंडा पालेपछि’ घरमा शान्ति र चैन परको कुरा हो । पार्टी र सरकार दुबैभित्र यही दिशा र कोण लागू हुन्छ ।

    धन्न, ६० वर्ष मुनिको एउटा जमात स्वार्थसमूहको कोटरीबाट बाहिर निस्किएर सग्लो पार्टीको पक्षमा जनमत बनाउने पहलकदमी लिन तयार हुनु मात्र अहिलेको मतभिन्नताको सकारात्मक पक्ष हो ।

    खैर, यसबीचमा पनि राष्ट्रिय संकटका मुद्दाहरु थाँती नै छन् । बैदेशिक स्वार्थ गाँसिएका कार्यक्रमहरु एकपछि अर्को जिउँदा छन् । महाव्याधीको सङ्कट, प्राकृतिक विपत्तिको सङ्कट, बैदेशिक हस्तक्षेपको सङ्कट, आर्थिक गतिशीलताको सङ्कट, रोजगारी र सामाजिक सुरक्षाको सङ्कट, आर्थिक अपारदर्शिता र कुशासनको सङ्कट लहरै छन् । कम्तीमा जनताले सरकार त भन्ने महशुस मात्र गर्न पाए अहिलेका लागि त्यत्ति नै श्रेष्ठ विषय हो । पार्टी त एउटा थाङ्नामा मुतेर अर्को थाङ्नामा ओछ्यान लगाउनेहरुको क्रिडास्थल न हो ।

  • एनआरएनए अमेरिकाकाे भानु जयन्ती समाराेह सम्पन्न

    एनआरएनए अमेरिकाकाे भानु जयन्ती समाराेह सम्पन्न

    न्युयोर्क

    एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिले २०७ औं भानु जयन्तीकाे पावन अवसरमा ‘साहित्यिक चाैतारी’ कार्यक्रम जुम मार्फ़त् जुलाई १३ तारिख साेमबार भब्यतापुर्वक सम्पन्न गरेकाे छ । 

    कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्यकाे याेगदानकाे चर्चाका साथै एनआरएनएसँग मिलेर साहित्यिक उत्थानमा सहकार्य गर्ने बताउनु भयाे र एउटा कविता समेत पाठ गर्नु भयो। समाराेहका अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव  प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले भानुकाे नेपाली साहित्य र समाजमा परेकाे प्रभावका विषयमा चर्चा गरी नेपाली शब्दकोश एप,  भानु पुरस्कार तथा प्रवासी साहित्यकारकाे कृति प्रकाशित गर्नेजस्ता प्रज्ञा प्रतिष्ठनका याेजना सुनाउँदै आफ्नाे सशक्त कविता पनि प्रस्तुत गर्नुभएकाे थियाे । 

    एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिका संयाेजक सर्वज्ञ वाग्लेद्वारा सभाको सभापतित्व गर्दै दीपप्रज्ज्वलन एवं आदिकवि भानुभक्त आचार्यकाे तस्बीरमा माल्यार्पण गरी प्रारम्भ गर्नुभएकाे कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनील शाह, कालिफाेर्निया च्याप्टरका अध्यक्ष सुरेन्द्र मल्ल, अनेसास बाेर्ड अफ ट्रस्टीका उपाध्यक्ष पदम विश्वकर्मा, निजानन्द मलल्ल लगायतका अतिथिहरूले भानुभक्तकाे याेगदान र रचनाका साथ शुभकामना व्यक्त गरेका थिए । 

    समितिकाे तर्फबाट राजेन्द्रप्रसाद अर्यालकाे स्वागत मन्तव्यका साथ सुरु भएकाे कार्यक्रममा मुरारी गुरागाईकाे संगीतसहित सरु गुरागाईले भानुभक्तकाे रामायणबाट सुमधुर वाचन गर्नुभएकाे थियाे । 

    कार्यक्रममा मदन पुरस्कार प्राप्त गर्ने स्रष्टा निलम कार्की निहारिका, राम कुमार सुवेदी, छत्रपति दाहाल, डा. ऋषि बास्ताकाेटी, कृष्ण कुमारी पाैडेल,  प्रकाश भट्ट, खेमराज पाेखरेल, लेखनाथ काफ्ले, सीता अर्याल, डा. दुर्गाप्रसाद अर्याल, नम्रता गुरागाईं, रीता देवी प्रधान, भावना खतिवडा, प्रकाश पाण्डे, गीता बजगाईं, मित्र पाैडेल, प्रकाश नेपाल, तेज विनाेद, पशुपति पराजुलीलगायतका साहित्यकारहरुले कविता, गजल, गीत, मुक्तक तथा आदिकवि भानुभक्त आचार्यका रचनासमेत वाचन गरेका थिए । 

    पीपलमणि सिग्देल, प्रकाश पाण्डे तथा गीता बजगाईंले संचालन गर्नुभएकाे कार्यक्रममा कृष्ण कुमार गिरीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने संयाेजक एवं समारोहका सभापति सर्वज्ञ वाग्लेले शुभकामनाका साथ कार्यक्रम समापन गर्नुभएकाे थियाे । 

    NRNA NCC USA काे फ़ेसबुक पेज, www.osvevo लगायतबाट लाइभ गरिएकाले हजाराै दर्शककाे सहभागिता रहेकाे थियाे । 

  • टेक्सासमा माछा मार्न जाँदा दुई नेपाली भाषी युवाको मृत्‍यु

    टेक्सासमा माछा मार्न जाँदा दुई नेपाली भाषी युवाको मृत्‍यु

    टेक्सास

    अमेरिकाको टेक्सास राज्यमा बस्ने दुई नेपाली भाषी युवाहरुको माछा मार्न जाँदा मृत्‍यु भएको छ । १९ बर्षीय हिकारु चौलागाई र त्रिशरण खत्री नामका दुई युवाहरुको गत ९ तारिख बिहिबार पोसुम किङ्डम लेकमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए । हिकारु चौलागाई मुल घर नेपालका हुन भने त्रिशरण मुलघर भुटानी हुन । त्रिशरण खत्रीको शव शनिबार गोताखोरको सहयोगमा निकालिएको थियो भने हिकारु गौतमको शव आईतबार मात्र पाईएको थियो । ती दुई युवाहरुको पोसुम किङ्डम लेक मुनीको छालले तानेर मृत्‍यु भएको मृतकद्वयको दाह संस्कारका लागि खोलिएको सहयोग गो फण्ड मि एकाउन्टमा लेखिएको छ । 

    अबिन श्रेष्ठको संयोजनमा खोलिएको गोफन्ड् मि एकाउन्टमा मृतकद्वय अत्यन्त रमाईला ब्यक्ति भएको भनिएको छ । हिकारु चौलागाई टेक्सासस्थित सामाजिक अभियन्ता सरिता चौलागाईका छोरा हुन् । मृतकहरुको अन्तिम संस्कारका लागि १५ हजार अमेरिकी डलर लक्ष्य राखी सहयोगको लागि आह्वान गरिएको छ भने हिकारु गौतम एक्लैको नाममा प्रियँका पुडासैनिको संयोजनमा अर्को छुट्टै गो फण्ड् मि एकाउन्ट खोलिएको छ ।

  • टेक्सासमा ‘कोभिड पार्टी’ नामको अनौठो भोज खाँदा ३० बर्षीय युवाको मृत्‍यु

    टेक्सासमा ‘कोभिड पार्टी’ नामको अनौठो भोज खाँदा ३० बर्षीय युवाको मृत्‍यु

    न्युयोर्क

    ‘मलाई लाग्छ मैले गल्ती गरें । मैले सोचें यो झुटो हो तर यो सत्य रहेछ’ ।

    यी हरफहरु ३० बर्षीय एक कोरोना बिरामीको अन्तिम वाक्यांस हो । जसको मृत्‍यु टेक्सासको सान अन्टोनियोस्थित मेथोडिड हस्पिटलमा भयो । ती युवा कथित ‘कोभिड पार्टी’ नाम दिईएको एक भोजमा सहभागी भएपछि संक्रमित भएको अस्पतालले जनाएको छ । मेथोडिड हस्पिटल एण्ड मेथोडिड चिल्ड्रेन हस्पिटलका चिफ मेडिकल अफिसर जेन एप्पलबीले अस्पतालद्वारा जारी भिडियोमा “कोभिड -१९ को कारण मृत्‍यु भएका ३० बर्षीय युवक जो एक कोरोना संक्रमितले आयोजना गरेको भोजमा सहभागी भएपछि संक्रमित भएको” बताएकी छिंन् । कोरोना झुटो हो कि ? हल्ला मात्र हो कि ? वा साँच्चै हो ? भनेर बुझ्नको लागि मात्र आयोजना गरिएको त्यो ‘कोभिड पार्टि’ नाम दिएको भोजमा सहभागी ती युवाले अस्पतालको नर्सलाई बताएको अस्पताल कि चिफ मेडिकल अफिसर एप्पलबीले बताएकी हुन् । मृतक ३० बर्षीय युवाको परिचय र पार्टी आयोजकको नाम गोप्यता कानूनका कारण अस्पतालले सार्वजनिक गरेको छैन । कहाँ र कहिले ‘कोभिड पार्टी’ आयोजना गरिएको थियो त्यो पनि अस्पतालले सार्वजनिक गरेको छैन ।  पार्टीमा कति जना सहभागी थिए ? पार्टीमा सहभागी भएको कति दिनपछि ती युवा अस्पताल भर्ना भए, त्यो पनि भनिएको छैन । डा एप्पलबीले “बिशेष गरी टेक्सासबासीहरुका लागि जँहा संक्रमितको संख्या बढीरहेको छ त्यहाँका मानिसहरुलाई सतर्क गराउन यो कहानी सेयर गरेको” बताएकी छिंन् । कुनै संक्रमित ब्यक्तिद्वारा ‘कोभिड पार्टी’ नाम दिएर आयोजित जमघटमा आफु सहभागी भएको कुरा मृतक युवाले मृत्‍यु हुनु पूर्व आफ्नो उपचारमा संलग्न नर्सलाई बताएको समेत भिडियो बिज्ञप्तिमा जनाईएको छ । तर यसै सप्ताहन्त अस्पातलले जारी गरेको भिडियोमा उक्त ३० बर्षीय युवाको दु:खद अन्त्य डा एप्पलबीले बताएकी छन् ।

    यद्यपी स्वास्थ अधिकारी र सरकारी अधिकारीहरुले भनें “कोभिड पार्टी” वास्तव मै आयोजना भै रहेको छ कि छैन भन्ने कुरामा शंका ब्यक्त गरेको न्युयोर्क टाईम्सले जनाएको छ । सोमबार सान एन्टोनियोस्थित हेल्थ डिपार्ट्मेन्ट्ले आफुसँग त्यस्तो भोज आयोजना भएको वा नभएको कुनै सुचना नभएको प्रतिकृया दिएको टाईम्सले लेखेको छ । अस्पतालले बिरामीको गोप्यताको कानून भन्दै मृतकको परिचय सार्वजनिक गर्न मानेको छैन भने अस्पताल मार्फत मृतकको परिवारसँग कुराकानी गर्ने प्रयास गर्दा परिवारले अस्विकार गरेको न्युयोर्क  टाईम्सले जनाएको छ । अस्पतालकी प्रबक्ता लौरा ब्रिडेनले ‘म त्यहाँ थिईन तर हाम्रो चिफ मेडिकल अफिसर एप्पलबीले भनेको कुरा म विश्वास गर्दछु’ ।  

    टेक्सासमा जुलाई १२ सम्म २ लाख ६५ हजार संक्रमित र ३ हजार २ सय ५२ को मृत्‍यु भै सकेको छ ।

  • स्मृतिमा : भानुभक्त

    स्मृतिमा : भानुभक्त

    आचार्य पीपलमणि सिग्देल, न्युयोर्क

     

    खाेला र खाेल्सा अनि खेतबारी

    बाेकी अनाैठाे जलकाे भकारी

    डटेर आफैं शुभ दृष्टि पार्न

    आषाढ आयाे जग याे सिंगार्न 

     

    राेजेर नाैलाे जगमा बिहानी 

    बर्सिन्छ वर्षा नव जिन्दगानी 

    अनन्त उत्पत्ति दिएर धर्ती 

    उर्लन्छ याे दिव्य सुकर्म शक्ति 

     

    राेपार लाठे पिरती सजाई

    भाका कलाकाे लयमा रमाई

    टिपेर वाणी मनले सशक्त 

    बाेकेर दिन्छाै युग भानुभक्त 

    साहित्य राेप्ने कवि भानु याैटा 

    लिएर लाठे सम देवकाेटा 

    आषाढ हाे खेत तथापि एक 

    उम्रिन्छ भाषा र कथा अनेक !

  • न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु

    न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु

    न्युयोर्क      

    कुनै दिन राष्ट्र कै कोरोना एपिसेन्टर बनेको न्युयोर्क सहरमा गत शनिबार ११ तारिख पहिलो पटक कोरोनाको कारण मृत्‍यु तथ्यांक शुन्य रह्यो । कोरोनाको कारण मार्च ११ तारिख पहिलो एक जनाको मृत्‍यु भएको न्युयोर्क सहरमा गत अप्रिल ७ तारिख सबैभन्दा धेरै ५ सय ९७ को मृत्‍यु भएको थियो ।

    न्युयोर्क सहरमा कोरोनाको कारण शनिबार शुन्य मृत्‍यु भएपछि न्युयोर्क सिटी हलकी प्रबक्ता एभ्री कोहेनले एक बिज्ञप्तीमा भनेकी छिन्; ‘न्युयोर्क सहरबासीहरु कोरोना कहरमा  एक अर्कालाई सुरक्षित राख्ने कुरामा सबैभन्दा माथि रहेर नायक साबित भएका छन्’ ।

    न्युयोर्क सहरको ५ बोरोमा शनिबार कसैको पनि मृत्‍यु नभए पनि न्युयोर्क राज्यभरमा भने ५ जनाको मृत्‍यु भएको छ । न्युयोर्क सहरमा हालसम्म १८ हजार ६ सय ७० जनाको मृत्‍यु भई सकेको छ ।

  • फ्लोरिडाले आफ्नै रेकर्ड तोड्दै दैनिक संक्रमित १५ हजार २ सय ९९ को रेकर्ड कायम गर्यो

    फ्लोरिडाले आफ्नै रेकर्ड तोड्दै दैनिक संक्रमित १५ हजार २ सय ९९ को रेकर्ड कायम गर्यो

    फ्लोरिडाले यस अघिको एकै दिन पुष्टी भएका नयाँ संक्रमितको रेकर्ड आँफैले आईतबार तोडेको छ । गत जुलाई ४ तारिख एकै दिन ११ हजार ४ सय ३४ संक्रमित पुष्टी भएर अमेरिकामा नै रेकर्ड राखेको फ्लोरिडाले आईतबार आफ्नै रेकर्ड तोड्दै एकै दिन १५ हजार २ सय ९९ नयाँ संक्रमितको रेकर्ड कायम गरेको हो ।

    अमेरिकाको न्युयोर्क राज्यमा कोरोना महामारी मध्येमा सबैभन्दा धेरै एकै दिन गत अप्रिल १४ तारिखका दिन ११ हजार ५ सय ७१ नयाँ संक्रमित भेटिएका थिए । फ्लोरिडामा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । डिपार्टमेण्ट अफ हेल्थका अनुसार हालसम्म फ्लोरिडामा २ लाख ६९ हजार ८ सय ११ जना संक्रमित भै सकेका छन् भने पछिल्लो २४ घण्टा भित्र मृत्‍यु भएका ४५ जना गरेर त्यहाँ मृतकको संख्या ४ हजार २ सय ४२ पुगेको छ ।  

    फ्लोरिडामा आईतबारसम्म ४० वटा अस्पतालमा आईसियु बेड भरिएर आईसियु बेडको अभाव हुन थालेको छ । शनिबारसम्म त्यहाँका अस्पतालमा ७ हजार बिरामी भर्ना भएका छन् ।  

    एजेन्सी