Author: Vishwanews.com

  • कोरोना संक्रमण समेत देखिएका पूर्व मुख्य न्यायाधीश चालिसेको निधन

    काठमाडौं

    पूर्व मुख्य न्यायाधीश माधवप्रसाद चालिसेको निधन भएको छ । ७० वर्षिय चालिसेलाई गंगालाल हृदय रोग केन्द्र काठमाडौंमा मुटु सम्वन्धि रोगको उपचारार्थ भर्ना गरिएको थियो । उपचारको क्रममा चालिसेको मंगलबार केन्द्रमा निधन भएको हो ।  

    मुटु सम्बन्धि रोगबाट पिडित चालिसेमा पछिल्लो समय कोरोना भाइरस पोजेटिभ समेत पुष्टि भएको थियो । स्व. चालिसेले नेपाल सरकारको न्याय सेवाबाट २०७० साल असारमा अवकास पाएका थिए ।स्वर्गिय चलिसे काठमाडौ बाँसबारीका स्थाई बासिन्दा हुन ।

  • प्रवासी पिडा बोकेको पासाङको नयाँ गीत बजारमा

    न्युयोर्क

    नरोऊ तिमी भन्छौ भने…, साँझ ढलेको थाहै पाएन…, सुनसान बगरमा… जस्ता चर्चित गीतहरु लेखेर चर्चामा आएका गीतकार पसाङ् शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ…’ सार्वजनिक भएको छ । नेपाल आइडल २ को उपबिजेता बिक्रम बरालको स्वर तथा वरिष्ठ संगीतकार हरि लम्सालको संगीत, रिकेश गुरुङको एरेञ्जमा नेपालबाट सोमबार रिलिज गरिएको ‘ सयौं डाँडा काट्दै आएँ…’ को भिडियो हालै युट्यूब र विभिन्न टेलिभिजन च्यानलहरुबाट एकैसाथ  सार्वजनिक भएको छ । पासाङ्को नयाँ गीतले प्रवासी नेपालीको कथा बोकेको छ । घर परिवारलाई छोडेर परदेशिनुको पीडा र परदेशमा रहँदाको एक्लोपन अनि दु:ख पिडाका भावनालाई गीतका शब्दले बोकेको छ भने म्यूजिक भिडियोले गीतका शब्दलाई जिवन्तता प्रदान गरेको छ ।

    घर परिवारलाई छोडेर परदेशिनुको पीडा र परदेशमा रहँदाको एक्लोपन अनि दु:ख पिडाका भावनालाई गीतका शब्दले बोकेको छ

    म्युजिक भिडियोको निर्देशन निकेस खड्काले गरेको छन् । बुद्ध थापा र ईश्वर आर थापाको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा गौरव पहरी र वर्षा रावतको जीवन्त अभिनय देख्न पाइन्छ । भिडियो सम्पादन कार्य बिकास धमलाको र मेकप हिना मगरले गरेका छन् ।  

    गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ।

  • सानिमा एक्सप्रेसको सेवा अब न्युयोर्कमा

    सानिमा एक्सप्रेसको सेवा अब न्युयोर्कमा

    न्युयोर्क

    अमेरिकाबाट नेपालमा पैसा पठाउनका लागि सानिमा एक्सप्रेसले न्युयोर्क सहरको ज्याक्सन हाइट्समा शाखा बिस्तार गरेको छ । नेपालको सानिमा बैंक लिमिटेडद्वारा सञ्चालित रेमिटेन्स सेवा अन्तर्गतको ‘सानिमा एक्सप्रेस’ ले न्युयोर्कमा नेपालीको बाक्लो बस्ति भएको स्थानबाट सेवा शुरु गरेको हो ।

    नयाँ शाखा सञ्चालनको जिम्मेवारी व्यवस्थापक प्रदिप श्रेष्ठले लिएका छन् । न्युयोर्कको क्वीन्सस्थित ज्याक्सन हाइट्सको 3766 74th St. F2 Suite B2 मा रहेको कार्यालयबाट सेवा लिन सकिने छ । नेपालमा रहेको सानिमा बैंकमा खाता खोलेर खाता मार्फत वा सिधै व्यक्तिलाई अमेरिकाबाट नेपालमा तुरुन्तै भुक्तानि हुनेगरी रकम पठाउन सकिनेछ । प्रेषित रकम नेपालभर रहेका सानिमा एक्सप्रेसको १६,००० शाखाहरु मध्ये जुनसुकै शाखाबाट लिन सकिनेछ । 

    अगष्ट २३ तारिख नयाँ शाखाको उदघाटन गर्दै व्यवस्थापक श्रेष्ठले भनेका छन्; “हामी अन्यको तुलनामा सबैभन्दा आकर्षक दरमा नेपालमा तुरुन्तै भुक्तानि हुने गरी सेवा दिने छौं । यहाँ कुनै झमेला बिना सामान्य परिचय पत्रले नै रकम पठाउने कार्य हुनेछ” ।

  • नेपालमा लघुवित्त क्षेत्रका चुनौति र समाधानका प्रयास

    नेपालमा लघुवित्त क्षेत्रका चुनौति र समाधानका प्रयास

    सुर्य नारायण पुरी, काठमाडौं

    नेपाल राष्ट्र बैंकमा दर्ता भएर आधिकारिक वित्तीय कारोबार गर्ने सँस्थाहरु मध्ये ‘लघुवित्त वित्तीय संस्था’ राष्ट्र बैंकको वर्गिकरण अनुसार ‘घ’ वर्गमा पर्ने वित्तीय संस्था हो । लघुवित्त वित्तीय संस्थाहरुको सेवा-लक्ष भनेको पिछडिएका समुदाय र दुर्गम क्षेत्र जहाँ बैंक तथा वित्तीय पहुँच कम हुने गर्दछ । यसले खासगरी सानो पुँजी सम्बन्धि कारोवारो गर्ने गर्दछ । प्रत्येक आर्थिक वर्षमा राष्ट्र बैंकद्वारा प्रकाशित मौद्रिक नीतिमा उल्लेखित लघुवित्त सम्बन्धि व्यवस्था अनुसार महिला दिदीबहिनीहरुको सामुहिक जमानीमा कर्जा लगानि तथा ब्याज बचतको कारोवारो गर्ने गर्दछ ।
    हाल नेपालमा कुल जनसंख्याको मध्ये २५.२ प्रतिशत जनता चरम गरिबीको रेखामुनी रहेका छन् । यिनै न्युन आय भएका परिवारलाई लक्षित गरेर लघुवित्त वित्तीय संस्थाहरुले आ–आफ्नो कार्यक्रमहरु सञ्चालन गरिरहेका हुन्छन् । देशको आर्थिक वृद्धि दरको चित्र हेर्दा आर्थिक वर्ष २०७५/७६ मा ७ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल भएकोमा कोरोना महामारीले यो आर्थिक वर्ष २०७७/७८ मा २.२८ प्रतिशतमा सिमीत रहन पुग्यो ।

    लघुवित्त क्षेत्रका वर्तमान चुनौतिहरु :

    वर्तमान समयमा लघुवित्तहरुको मुनाफा घटदो दरमा रहेको छ । शेयरको मुल्य समेत गिरावट हुदैछ । लघुवित्तसँग स्वयम् सञ्चालित हुने पुँजी कम छ । ग्राहकहरु कर्जा लिन डराईरहेका छन अर्थात कर्जा लगानि पर्याप्त हुन सकिरहेको छैन ।ग्राहकहरुलाई मासिक बचत गर्नको लागि समेत अप्ठेरो महसुस भईरहेको छ । कोरोनाभाइरसको महामारीले गर्दा वैदेशिक रोजगारबाट फर्किने क्रम बढिरहेको छ । नेपालमै ज्यालादारी काम समेत पाउने अवस्था छैन । नेपालको निजी क्षेत्रमा काम गर्ने सुचिकृत भएको कर्मचारीहरुको झण्डै २२ प्रतिशतको रोजगार गुमेको छ । वित्तीय क्षेत्रमा खराब कर्जा बढेको दिनदिनै प्रतिवेदनहरु आईरहेका छन । आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित मौद्रिक नीतिले लघुवित्तहरुलाई दिइएको १८ प्रतिशत कर्जा ब्याजदरलाई ३ प्रतिशत कटौती गरी १५ प्रतिशतमा झारेको छ । वित्तीय संस्थाले कर्जा लगानी गरेको शिर्षकमा ग्राहकले कर्जा लगानि गरे-नगरेको अनुगनम प्रभावकारी हुन सकिरहेको छैन । 

    समुदायमा एउटै ग्राहक धेरै लघुवित्तमा बसेकोले कर्जा सुरक्षित हुने वातावरण कम रहेको छ । यस्ता ग्राहकहरुको मासिक आम्दानी भन्दा तिर्ने रकम बढी हुने हुदा कर्जा तथा ब्याज समेत उठाउन हम्मे हम्मे भईरहेको छ भने लगानि गर्नलाई चुनौति बढी रहेको छ ।

    नेपालमा झण्डै ३३ लाख महिला दिदीबहिनी लघुवित्त क्षेत्रमा आवद्ध रहेका छन । यो प्रक्रिया हरेक दिन बढ्दो दरमा हुने गर्दछ । तथ्यांक विभाग अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ३८ हजार पुगेको छ । कुल नेपालको ऋणलाई जनसंख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४२ हजार ६ सय सरकारी ऋण पुगेको छ । यो नेपालको लागि ठुलो चुनौतिको विषय हो । 

    विशेषगरी वित्तीय क्षेत्रले कर्जा लगानी गर्दा ध्यान दिनु पर्ने कुरा पनि हो । कुल जनसंख्याको २५.२ प्रतिशत चरम गरिवीको रेखामुनि रहेकोले वित्तीय संस्थामा आवद्ध ग्राहकको वास्तविक आम्दानी र ऊसंग भएको विशिष्ट सीपका आधारमा कस्तो प्रकृतिको ग्राहक हो भनेर लुघवित्तसंग कुनै आधिकारिक मान्यता प्राप्त तथ्याँक हुदैन । कोरोना रोग माहामारीको निदान कहिले हुने कुनै टुङगो छैन । यि विविध बाहिर देखिने चुनौतीहरु हुन् । यस समयमा लुघुवित्त संस्थाहरुको कर्जा लगानि गर्ने, नयाँ ग्राहक बनाउने वा समुदायमा कार्यक्रम लैजादा बिद्यमान रणनीतिमा अवश्य पनि परिर्वतन हुन आवश्यक देखिन्छ ।  

    कस्ता रणनीतिहरु अपनाउने:

    १.कर्मचारीहरुको क्षमता अभिवृद्धि; लघुवित्त क्षेत्रमा आवद्ध कर्मचारीहरुलाई वाणिज्य बैंकलाई दिइए जस्तो जिम्मेवारी दिइएको हुदैन । सोही अनुसार कर्मचारी नियुक्ति गरिएको हुन्छ तसर्थ कर्मचारीहरुलाई समाजिक उत्प्रेरणाको बारेमा पर्याप्त ज्ञान-सीप दिनु पर्दछ । यसलाई वित्तीय संस्थाले लगानिको रुपमा बुझ्नु पर्दछ । जसले वित्तीय क्षेत्रको उद्देश्य पुरा गर्न र ग्राहकको आम्दानि विस्तार गर्नमा प्राविधिक पक्षहरु सजिलै ग्राहकलाई सन्तुष्ट हुने गरी सिकाउन र भन्न सकोस ।

    २. समुदायमा कार्यक्रम विस्तार; लघुवित्तको मर्म अनुरुप वित्तीय पहुचसंग पछाडि परेका समुदाय भनेका पक्कै पनि गरीवीको रेखामुनि रहेका हुनसक्छन । उनिहरुको आम्दानीको श्रोतको आधारमा र वित्तीय साक्षरताको महत्वका बारेमा समुदायका सबै अभिभावक तथा महिलाहरुसँग महिनाको एक वा दुई दिन छलफल गर्ने गर्नु पर्दछ । वित्तीय साक्षरता बारेमा पर्याप्त ज्ञान भए पश्चात वित्तीय संस्थाको महत्व बारे बुझ्न सजिलो हुनेछ र कार्यक्रम लागू गर्न सजिलो हुनेछ । वित्तीय संस्थाले संस्थाकाो मुनाफाको आधारमा ग्राहक संरक्षण गर्ने उद्देश्यले समुदाय स्तरमा नै समस्या पहिचान गरेर खानेपानी धाराहरु, माछापालन पोखरीहरु, कृषि उत्पादन, सिलाईकटाई मेशिन, होमस्टे, सिचाई कुलो आदि जस्ता प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्दछ । यि मार्फत समुदायमा जोडिदा निर्जीवन बीमा कम्पनीलाई विर्सनु हुदैन । यस्ता कुराहरुले समुदायको आर्थिक आम्दानि वृद्धि हुने र लघुवित्तको प्रभाव पनि बढ्न सक्छ ।

    ३. कर्जा लगानि; कर्जा ग्राहकले विभिन्न उद्देश्यले कर्जा माग गर्दछ, लिन्छ । तर के कर्जा लिनु पूर्व पारिवारिक सल्लाह भएको छ ? भन्ने कुराको हेक्का नराखेर नै कर्जा लगानि भयो भने त्यो ठुलो चुनौति हुनेगर्दछ । यद्यपी ग्राहकले कर्जा लगानि गर्ने क्षेत्र, वर्तमान परिस्थितिमा कस्तो छ वा जोखीम कत्तिको रहेको छ ? यि विविध प्राविधिक पक्षहरुलाई आँकलन गरेर ग्राहकलाई कर्जा लगानि गर्न सक्नु लघुवित्तहरुको मुख्य क्षमता हो ।

    कोरोना रोग महामारीको समयमा ग्राहकहरुले कर्जा लिन खोज्दा लघुवित्तले कोरोना रोग माहामारी भन्दा पहिलेकै मापदण्ड अपनाएर लगानी गर्यो भने कर्जा कम लगानि हुने वा ग्राहक कर्जा लिन डराउने समस्या हुने गर्दछ । यद्यपी ग्राहकलाई कर्जा तिर्न सक्ने र लगानि क्षेत्रदेखि मुनाफा हुने व्यवसायिक योजना बनाउन सिकाउने, कृषि क्षेत्रमा कर्जा दिदा ग्राहकलाई कृषि सम्बन्धि सीप दिने वा वित्तीय संस्थादेखि ग्राहकले कर्जा लिएर लगानि गरिसकेपछि किस्ता ब्याज मात्र तिर्ने भन्दा आम्दानी पनि गर्न सक्छु भन्ने हेक्का वित्तीय संस्थाले दिन सक्नु पर्दछ ।

    ४. बचत : समुदाय स्तरमा बचतको कुरा गर्दा सहकारीहरुको नाम अगाडि लिने गर्दछन । वास्तवमा बचतको बारेमा लघुवित्तले वित्तीय साक्षरता कार्यक्रम पर्याप्त बुझाउन सकेन भने बचतमा पक्कै पनि समस्या हुने गर्दछ । तसर्थ बचत किन, कसरी, कति आदी विभिन्न कुराहरु सहकारी भन्दा लघुवित्त क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रमहरु बढी हुने भएकोले समुदाय स्तरमा पर्याप्त जानकारी दिनु पर्दछ ।

  • न्युयोर्कमा डिजे एलएसले च्यारिटीको लागि भलिबल प्रतियोगिता गराउने

    न्युयोर्कमा डिजे एलएसले च्यारिटीको लागि भलिबल प्रतियोगिता गराउने

    न्युयोर्क

    जाङ्बु शेर्पा (डिजे एलएस) ले न्युयोर्क सहरमा नेपाली खेलाडीहरु बीच दुई दिने भलिबल प्रतियोगिता गराउने भएको छ । उत्कृष्ट भलिबल खेलाडी बिरबहादुर लिम्बु क्यान्सर रोगबाट पिडित भएकोले लिम्बुको सहयोगार्थ खुल्ला भलिबल प्रतियोगिता गराउन लागिएको हो ।

    अमेरिकामा रहेका नेपालीहरुको १६ बिभिन्न भलिबल टिमहरु बीच ३१ ओटा खेललाई २ दिनमा गराइने आयोजक जाङ्बुले बताएका छन् । नक आउट चरणका खेलहरु, पुरस्कार बितरण र समापन समारोह यही अगष्ट ३० तारिख आइतबारका दिन न्युयोर्कको क्वीन्सस्थित ‘क्वीन्स ब्रिज पार्क’मा हुनेछन् ।

    आयोजक जाङ्बुले आसन्न खेलबारे भनें; “मैले कुनै समयको उत्कृष्ट भलिबल खेलाडी बिरबहादुर लिम्बुलाई यस्तो अवस्थामा देख्न सकिन । उहाँलाई आर्थिक सहयोगको जरुरी छ । मैले यो खेलबाट उठेको रकममा पुरस्कार र खर्च कटाएर सबै उपचारको लागि दिनेछु” । प्रतियोगितामा प्रथम हुने टिमलाई १५०० डलर र द्वितीयलाई ८०० डलर पुरस्कार राशी राखिएको छ । ४ समुह, एभरेष्ट, माछापुछ्रे, धौलागिरी र कञ्चनजंगामा ४/४ गरी १६ टिमलाई लिक कम नकआउटको आधारमा टाइसिट तयार पारिएको छ ।

  • सिन्धुपाल्चोक पहिरो पिडितलाई सिन्धु-अमेरिका कल्याणकारी समाजको आर्थिक सहयोगको तयारी

    सिन्धुपाल्चोक पहिरो पिडितलाई सिन्धु-अमेरिका कल्याणकारी समाजको आर्थिक सहयोगको तयारी

    न्युयोर्क

    अमेरिकामा सकृय सिन्धु-अमेरिका कल्याणकारी समाजले सिन्धुपाल्चोक जिल्लाको जुगल गापा- २ लिदीमा गएको पहिरोबाट पिडित समुदायलाई रु. ४ लाख आर्थिक सहयोग तयारी गरेको छ । उक्त पहिरोको प्रत्यक्ष मारमा परेका ३७ घरधुरीलाई अगष्ट १५ तारिखको संस्थाको निर्णय अनुसार रकम नेपाल पठाउने तयारी गरेको हो ।  

    सिन्धुपाल्चोकमा अविरल वर्षासँगै आएको पहिरोमा परि हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने २२ जना हराइरहेका छन् । त्यसैगरी घाइते ६ जनाको उपचार भइरहेको छ । सिन्धु-अमेरिका कल्याणकारी समाजका अध्यक्ष छिरिङ् तेन्जिङ लामाले गाउँबासीलाई पर्न गएको पिडाले आफुलाई बिक्षिप्त महसुस गराएको बताउँदै सँस्थाले सो घाउमा केही मल्हम लगाउनु सबैको दायित्व भएको समेत बताए ।

    सो सम्वन्धमा समाजले एक प्रेस बिज्ञप्ति जारी गर्दै बाढी पिडितका मृतकको दिवंगत आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजनमा समबेदना व्यक्त गरेका छन् ।

  • थप रेकर्ड सहित देशको नाम  चम्काए  ठकुरीले

    थप रेकर्ड सहित देशको नाम चम्काए ठकुरीले

    न्युयोर्क

    मेहनत, लगन र दृढ संकल्प भए सबै सम्भव छ । एक कर्मठ नेपाली खेलाडी उज्वल ठकुरीले गिनिज बुक अफ वर्ल्ड रेर्कर्डमा पुन: एक रेकर्ड थप गरी छैठौं विश्व रेकर्ड कायम गरेका छन । यसअघि आफ्नो नाममा पाँच वटा रेकर्ड कायम गरेका ठकुरीको यो छैठौं विश्व रेकर्ड हो । 

    यसपटक छैठौं रेकर्ड राख्ने क्रममा उनले ५ केजी तौल सहित “वन लेग फुल कन्ट्याक्ट नी स्ट्राइक” विश्व रेकर्ड कायम गरेको हो । मार्सल आर्टस र कराँतेका खेलाडी ठकुरी अमेरिकाको मरिन गोजयु करातेको छैंठौं तहको ब्ल्याक बेल्ट हुन् ।

  • अमेरिकी राष्ट्रपति ट्रम्पको भाइको मृत्‍यु

    अमेरिकी राष्ट्रपति ट्रम्पको भाइको मृत्‍यु

    न्युयोर्क

    अमेरिकी राष्ट्रपति डोनाल्डका ट्रम्पका भाइ रोवर्ट ट्रम्पको ७२ बर्षको उमेरमा मृत्‍यु भएको छ । भाइ रोवर्ट ट्रम्पको न्युयोर्कको अस्पतालमा मृत्‍यु भएको राष्ट्रपति ट्रम्पले एक बिज्ञप्ति मार्फत पुष्टी गरेका छन् ।  

    ट्रम्पले बिज्ञप्तिमा भनेका छन्; “गह्रौ मुटुले बताउँदै छु कि मेरो प्रिय भाइको आज राती मृत्‍यु भएको छ । उ मेरो भाइ मात्र होई, प्रिय साथी पनि हो । हामीले उनको एकदम अभाव महसुस गर्ने छौं तर उनलाई हामी फेरी भेट्ने छौं । उसको सम्झना मेरो मुटुमा सदैव रहिरहने छ । रोवर्ट म तिमीलाई माया गर्छु ।  तिम्रो आत्माले शान्ति पाओस्” । बिगत केही महिनादेखि बिरामी भएर न्युयोर्क म्यानहाटनस्थित प्रेस्बेटेरियन अस्पतालमा उपचार गराई रहेका रोबर्टलाई भेट्न् ट्रम्प शुक्रबार न्युयोर्क आएका थिए । रोबर्ट ट्रम्प कुन रोगबाट ग्रसित थिए भन्ने खुलाईएको छैन।

    सन् १९४८ मा जन्मिएका रोवर्ट ट्रम्प राष्ट्रपति  ट्रम्पका ४ दाजुभाइ दिदी बहिनी मध्येका एक हुन ।

  • अमेरिकामा मेईपछि एकै दिन सबैभन्दा धेरैको मृत्‍यु बुधबार; बिद्यालय खोल्न हतारिंदै ट्रम्प

    अमेरिकामा मेईपछि एकै दिन सबैभन्दा धेरैको मृत्‍यु बुधबार; बिद्यालय खोल्न हतारिंदै ट्रम्प

    न्युयोर्क

    पछिल्लो २४ घण्टामा अमेरिकामा मेई महिनापछि सबैभन्दा धेरै मानिसको एकै दिन मृत्‍यु भएको छ । बुधबार अमेरिकामा देशभर कोरोनाको कारण मृत्‍यु हुनेको संख्या १५ सय जना भएको जानकारी गराइयो । एकै दिन मृत्‍यु हुनेको यो संख्या मेई महिनाको मध्य पछिको सबैभन्दा धेरै हो । अमेरिकामा बिगत १७ दिनदेखि दैनिक औसत मृतकको संख्या  १ हजार माथि भएको वासिङ्टन पोष्टले जनाएको छ ।  

    मेई महिनाको मध्यपछि २४ घण्टा भित्र सबैभन्दा धेरै मृतकको संख्या रिपोर्ट भएकै दिन बुधबार ह्वाईट हाऊसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प भने अमेरिका भरका बिद्यालय, खोल्न ब्यापार ब्यवसाय सुचारु गर्न, देशभरका खेल मैदान खेलाडीले भर्न निकै हतारिंदै छन् । उनले भनें; “हामीले अब बिद्यालय र ब्यापार खोल्नु पर्छ” ।

    बुधबार टेक्सास राज्यमा ३ सय भन्दा धेरै मानिसको मृत्‍यु भयो भने फ्लोरिडामा २ सय भन्दा धेरैको मृत्‍यु भयो । एरिजोना क्यालिफोर्निया र जर्जियामा १ सय भन्दा धेरैको मृत्‍यु भयो ।

  • न्यायाधिशको स्वविवेकीय प्रयोगको अभ्यास; रञ्जन कोइराला काण्ड

    न्यायाधिशको स्वविवेकीय प्रयोगको अभ्यास; रञ्जन कोइराला काण्ड

    कल्पना शाक्य  (अधिवक्ता)

    २०६८ सालमा गीता ढकालको नियोजित हत्या गरी लुकाएर लास जलाइयो भनि निजकै पति पूर्व डिआईजी रञ्जन कोईरालाको मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालतले सर्वस्व सहित जन्म कैदको फैसला सुनाएको थियो । हाल सो फैसला चर्को पर्ने देखिएकोले भनि उच्च न्यायालयबाट सजायावधि घटाएर साढे आठ वर्ष कैद सुनाई तत्कालै उनलाई रिहाई गरियो । 

    उपरोक्त परिदृष्यले अदालतप्रतिको अविश्वासको वातावरण झाँगिएको छ । जनमानसले न्यायालयउपर प्रश्न उठाएका छन् । विवादित रञ्जन कोईरालाको मुद्दामा बुझ्नुपर्ने तथ्यगत तथा कानूनी प्रश्न के हो ? किन र कसरी निर्णय गरियो ? जस्ता प्रश्नको कानूनी उत्तर चाहिएको छ । निज अपराधि रञ्जन कोईरालाले योजनाबद्ध ढंगले श्रीमतीको हत्या गरी जंगलमा लगी लुकाएर लास जलाएको कुरामा कसैको दुई मत देखिएको थिएन । हत्या गरेको कुरा न्यायलयले ठहर गरी सर्वस्व सहित जन्म कैद गर्दा यतिबेला चर्को पर्ने देखिएकोले भनि स्वविवेकको प्रयोग गरि सजाय कम गरिदिएको अवस्थाले यो अन्यौलको अवस्था श्रृजना भएको हो ।

    कानूनशास्त्रका बिभिन्न सम्प्रदायहरु मध्ये प्रत्यक्ष कानूनी सम्प्रदायले विधायिकाबाट निर्मित कानून तथा न्यायपालिकाबाट प्रतिपादित फैसला र कार्यपालिकाद्वारा लागू गरिने कार्यान्वयन प्रकृयालाई मात्र कानूनको विषयबस्तु मान्दछ । सो बाहेक अन्य सबै सम्प्रदायले कानूनको अध्ययनलाई कुनै न कुनै शास्त्रसँग अन्तरसम्बन्धित गरेर अध्ययन गर्दछ । न्याय सम्पादन गर्दा कुन कानून र अवधारणाको जगमा गरिएको हो सो स्पष्ट हुनुपर्दछ । जस्तो कि प्राकृतिक सम्प्रदायले प्राकृतिक न्यायको सिद्धान्त विपरित हुन हुने कुरामा जोड दिन्छ भने, धार्मिक सम्प्रदायले धर्म बिपरित कानून निर्माण हुन नसक्ने तथ्यमा जोड दिन्छ । ऐतिहासिक सम्प्रदायले कानूनको निर्माण गर्ने क्रममा कानूनको ईतिहासलाई समेत अध्ययन गरिनुपर्ने तर्क अगाडि सारेका छन् । अदालतबाट केवल फैसला मात्र नभएर न्याय सम्पादन होस भन्नाका खातिर कानूलाई यी सबै सम्प्रदायसँग तुलनात्मक तथा विश्लेषणत्मक अध्ययन गरिनु जरुरी हुन्छ । उपरोक्त फैसला स्वविवेक बाहेक कुनैपनि न्यायिक आधारसँग सम्वद्ध छैन ।

    नेपालको कानुनी इतिहासलाई फर्केर हेर्दा लिखित कानून निर्माण हुनु अगावै धर्मशास्त्र, नैतिकता, परम्परा, प्राकृतिक न्याय आदिलाई आधार मानेर विवादित विषय सुल्झ्याईन्थ्यो । विषयलाई यसरी बुझौं; बि.सं. १९१० मा पहलो पटक नेपालमा लिखित कानूनको निर्माण भयो । कानूनको लागि समाज नभई समाजको लागि कानून भएको हुँदा सामाजिक, राजनीतिक परिवर्तन सँगसँगै कानूनमा पनि संशोधन, थपघट हुनु स्वभाविक प्रकृया हो । तसर्थ बि.सं. २०२० सालमा नयाँ मुलुकी ऐनको जन्म भयो । मुलुकी ऐन २०२० ले थुप्रै पटक संशोधित हुँदै कानूनी राज्य स्थापनार्थ अहम भुमिका खेलिरहेको थियो । समाजमा राजनैतिक, आर्थिक, बैज्ञानिक आदि जस्ता हरेक क्षेत्रमा भएको तिब्र परिवर्तनलाई मु.ऐ. २०२० को संशोधनले मात्र थेग्न नसकेपछि ब्यापक परिवर्तन र नयाँ अवधारण सहित मुलुकी देवानी संहिता, २०७४ र मुलुकी अपराध संहिता, २०७४ अस्तित्वमा आयो । तर जतिनै पटक कानून निर्माण र संशोधन भएता पनि धर्म र परम्परालाई नजर अन्दाज गरिएको छैन बरु उचित स्थान दिईएको छ ।

    न्यायाधीशले न्यायको मान्य सिद्धान्तमा रहेर फैसला गर्नुपर्छ भन्ने स्थापित मान्यता बिद्यमान छ । न्यायाधीशले कानूनको प्रयोग र ब्याख्या गर्दा विधायिकी मनसायलाई बुझ्ने गर्दछ भन्ने मान्यता र अवधारणाको आधारमा न्यायाधीशलाई तजविजी अधिकार प्रदान गरिएको हुन्छ । पछिल्लो समयमा अदालतबाट यस्ता फैसलाहरु प्रतिपादन हुने क्रम बढ्दो छ जसले गर्दा न्यायाधीशबाट न्याय होईन फैसलाधिशबाट फैसला सम्पादन भयो भन्ने भनाईले ब्यापकता पाउन थालेको छ । यसले गर्दा अदालतप्रतिको जनआस्था झन् झन् कमजोर हुँदैछ ।

    यसरी स्वविवेकको प्रयोग गर्न सकिने वा नसकिने सम्बन्धमा कानूनी व्यवस्थालाई हेर्दा मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको महलको १८८ नं. मा ‘ऐनले सर्वस्व सहित जन्म कैद वा जन्म कैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्न हुनेसम्मको शंकाले वा अपराध गर्नेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन बमोजिमको सजाय दिंदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई चित्तले देखेको कारण सहितको खुलासा पनि साधक तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ’ । भन्ने स्पष्ट व्यवस्था थियो भने हालको मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ४ र परिच्छेद ५ ले यस्तै किसीमको व्यवस्था समेट्न खोजेको पाईन्छ । परिच्छेद ४ को दफा ३८ ले कसूरको गम्भीरता बढाउने तथा घटाउने अवस्थाहरुको बारेमा व्यवस्था गरेको छ । त्यसैगरी मुलुकी अपराध संहिता , २०७४ को परिच्छेद  ५ को दफा ४७ ले सजाय छुट दिन सकिने व्यवस्था गरेको छ । कोईरालाले अपराध गरेको समयमा मुलुकी ऐन २०२० लागू भएको अवस्था हुँदा मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको १८८ नं. प्रयोग गरिएको छ । कार्यविधि कानूनका हकमा प्रचलित कानूनी व्यवस्था आकर्षित हुन्छ भने सजाय के कति गर्ने भन्ने सारवान कानुनको विषयमा प्रचलनमा रहेको कानूनले सजाय घटाएको वा सजाय नहुने व्यवस्था गरेको बाहेक साबिक कानून अनुसार नै सजाय निर्धारण गर्नुपर्ने कानूनी सिद्धान्त रहे अनुसार यस मुद्दामा मु.ऐ. अबं. १८८ नं. प्रयोग गरेको देखिन्छ ।

    अ.बं. १८८ को प्रयोग गर्दा सामान्यतया सर्वोच्चको फैसलामा ग्रहण गर्ने गरिएका आधारहरु; मार्ने मनसाय नभएको । मार्ने पूर्व योजना नबनाएको । तत्काल उठेको रिसबाट आवेशमा आई मारेको । क्रुरता र यातनापूर्वक हत्या नभएको । अपराधको प्रकृति र मात्रा । अपराध गर्ने व्यक्तिको उद्दश्य र सामाजिक पृष्ठभूमि । अपराध हुनुपर्ने परिस्थिति । अपराध गर्ने व्यक्तिको उमेर, शारीरिक, मानसिक, आर्थिक अवस्था र पारिवारिक स्थिति आदि ।

    रञ्जन कोईरालाको हकमा  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ४ को दफा ३८ अनुसार निजको कार्य कसूरको गम्भिरता बढाउने किसिमको छ । उक्त मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकका लागि निस्सा दिइसकेको अवस्था छ र सम्मानित सर्वोच्च अदालतद्वारा प्रस्तुत मुद्दा उल्टी हुन्छ हुदैन भन्नेतर्फ बहस गर्नुभन्दा पनि यसले माननीय न्यायाधीशहरुमाथि नैतिक प्रश्न उठाएको छ ।

    मुद्दामा फैसला गर्दा फैसलाले न्यायको अनुभुति दिन सक्नु पर्छ । न्याय दिनाको लागि न्यायाधीशको मनमा हरि (भगवान) को वास हुनुपर्दछ भन्ने मान्यता नेपाली समाजमा रहिआएको हो । मुलुकी ऐन, २०२० को १८८ नं. र मुलुकी अपराध संहिता २०७४, को दफा ३८, ३९ र ४७ ले गरेको व्यवस्थाको मर्म रञ्जन कोईरालाको मुद्दामा सजाय घटाउने न्यायाधिशद्वयले बुझेको रहेछ भनेर विवेक भएको मानिसदेखि कानूनबेत्ता समेतले चित्त बुझाउने ठाउँ देखिएन । 

    प्रेमिकासँग विवाह गर्नको लागि बिहान भर्खर भेटेर कुराकानी गरेर फर्किएका रञ्जनले मार्ने योजना अनुसार फर्केर आई क्रुरतापूर्वक हत्या गरी, प्रहरीले पाउने सुविधा अन्तर्गतको पेट्रोल खरिद गरी जंगलमा लगेर आगो लगाई प्रमाण नष्ट गर्न खोजेको दसी प्रमाणहरु देखिन्छ । आपसी मनमुटाव रहेको र मुद्दा मामिला परेको भएता पनि निजले श्रीमतीलाई मार्नै पर्नेसम्मको बाध्यात्मक परिस्थितीको सामना निजले गर्नुपरेको भनि मान्न सकिदैन । किनकी निज आफै डिआईजी पदमा बहालवाला थिए ।

    रञ्जन कोईरालाको तात्कालिन उच्च सामाजिक, आर्थिक, पदीय हैसियतमा महाभारतको एउटा प्रसंगले मेल खान्छ; हस्तिनापूरको राजकुमारहरु गुरुकुलबाट शिक्षा आर्जन गरी जब दरबारमा फर्किए तब राजा धृतराष्ट्रले मुलुकको युवराज चयन गर्नका निम्ति युधिष्ठीर र दूर्योधनलाई एउटा मुद्दामा सजाय सुनाउन भने । एउटै हत्याका ४ जना अपराधिहरु ब्राम्हण, क्षेत्रीय, बैष्य र शुद्र थिए । दूर्योधनले एउटै अपराध गरेका हुनाले चारैजनालाई मृत्यूदण्डको सजाय  सुनाए । जब युधिष्ठरको पालो आयो तब उनले शुद्रलाई ४ वर्ष कैद, बैश्यलाई ८ वर्ष कैद, क्षेत्रीयलाई १६ वर्ष कैद र ब्राम्हणको अपराध क्षम्य नहुने हुँदा निजलाई सजाय सुनाउनको लागि स्वयं महाराज धृतराष्ट्रसँग अनुरोध गरे । जब एउटै अपराधमा छुट्टा छुट्टै सजाय सुनाउनुको कारण सोधियो । उनको जवाफ थियो; “शुद्रको अपराध एउटा अज्ञानीको अपराध थियो, बैष्यले थोरै ज्ञान हुँदाहुँदै पनि अपराध गरेको थियो । क्षेत्रीयले आफुले रक्षा गर्ने कर्तव्य भएकोमा उल्टो हत्या गरेकोले निजको अपराधको गम्भीरता बढेको र ब्राम्हण ज्ञानी हुँदाहँदै पनि अपराध गरेकोले उनको अपराध अक्षम्य रहेको” जिकीर युधिष्ठरले गर्यो । सो सजाय सुनाउनमा उनले जुन बिद्धता, न्यायीक भावना, दूरदर्शिता प्रदर्शन गरे सोबाट धृतराष्ट्र आफ्नो छोरा दूर्योधनको सट्टामा भाई पाण्डुका छोरा युधिष्ठीरलाई युवराज घोषित गर्न बाध्य बनेका थिए । महाभारतको यस प्रसंगलाई अनुशरण गरेर अहिलेको आधुनिक युगमा पनि जातियता अनुसार सजाय निर्धारण गर्नुपर्छ भन्न खोजिएको कदापी होईन । तर उक्त तोकिएको सजायले अपराधीको मानसिक, सामाजिक, शैक्षिक, पदीय हैसियतको बारेमा मनन गरेर अपराध घटाउँदा मनसायको विद्यमानताको अवस्थाको शुक्ष्म बिश्लेषण गरिएको छ । साथै सक्षम, शिक्षीत, कर्तव्य परायण व्यक्ति स्वयंले अपराध गरेमा अपराधको गाम्भीर्यता बढ्ने सन्देश दिएको छ । जुन सन्देश हाम्रो हालसम्मकै लिखित कानुनी दस्तावेजहरुमा र फैसलाहरुमा प्रत्यक्ष, अप्रत्यक्ष रुपले समावेश भएको पाऊन सकिन्छ । तर विवादीत रञ्जन कोईरालाको कर्तव्य ज्यान मुद्दामा अपराधको गम्भीरता बढाउने तत्वहरुमात्र समावेश भएको अवस्थामा ठिक उल्टो तरिकाबाट सजाय कम गराउने फैसला निस्किएपछि गर्भदेखिनै महाभारत ग्रन्थ सुनेर हुर्किएका नेपाली जनमानसमा अदालत, न्यायाधिश, वकिलहरुप्रति आस्था घट्न गएकोमा त्यसको जिम्मेवारी स्वयं कानूनसँग आबद्ध व्यक्तिहरुले लिनपर्दछ ।

    अदालतमा बिचाराधिन मुद्दामा मिडियाबाजी चर्कियो, जो कोहिले बोल्न थाल्यो भनेर दोष जति अरुको थाप्लोमा पन्छाई आफु चोखिन खोज्नु भन्दा पनि कतै आफै त आफ्नो कर्तव्यबाट च्यूत भईन ? भन्ने प्रश्न आफैसँग गर्नुपर्ने बेला आईसकेको छ । न्यायाधिशले फैसलाधिश होईन साँच्चीकै न्यायाधिश बनेर देखाउनु पर्दछ ।

  • कोरोनाभाइरस बिरुद्ध विश्वमा नै पहिलो भ्याक्सिन दर्ता; राष्ट्रपति पुटिनको दाबी

    कोरोनाभाइरस बिरुद्ध विश्वमा नै पहिलो भ्याक्सिन दर्ता; राष्ट्रपति पुटिनको दाबी

    न्युयोर्क

    मस्कोस्थित गमालिया ईन्स्टिच्युटले अधिकारिक रुपमा कोरोनाभाइरस बिरुद्धको भ्याक्सिन निर्माण गरेको दाबी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार रसियन स्टेट टिभी मार्फत गरेका छन् । आफ्ना  मन्त्रीमण्डलका सदश्य सहित उक्त टेलिभिजनको प्रत्यक्ष टेलि-कन्फरेन्समा पुटिनले भ्याक्सिनले सम्पूर्ण प्रकृया पुरा गरेको बताएका छन् । पुटिनले भनेका छन्; “विश्वमा नै पहिलो कोरोनाभाइरस बिरुद्धको भ्याक्सिनको रुपमा आज बिहान दर्ता भएको छ । मलाई थाहा छ यसले एकदम राम्रोसँग काम गर्ने छ र यो भ्याक्सिनले स्थिर प्रतिरोधात्मक क्षमताको बिकास गर्ने छ”।

    पुटिनले आज मात्र पहिलो भ्याक्सिनको रुपमा दर्ता गरिएको उक्त भ्याक्सिनको परिक्षणका क्रममा आफ्नो एक छोरीले पनि भाग लिएको र पहिलो पटक भ्याक्सिनको सुई लगाउदा केही हलुका ज्वरो बढे पनि क्रमैसँग घटेको बताएका छन् । यसअघि नै संचार संस्था सिएनएनले रसियन अधिकारीहरुको हवाला दिदै लेखेको थियो; ‘ राज्यले भ्याक्सिनको रुपमा दर्ता गरेपछि उक्त भ्याक्सिन महत्वपूर्ण तेश्रो चरणको परिक्षणमा जानेछ’। रसियन राष्ट्रपति पुटिनले विश्वमा नै पहिलो कोरोनाको भ्याक्सिन भनेर दाबी गरेको उक्त भ्याक्सिनको परिक्षण सम्वन्धि कुनै पनि बैज्ञानिक आँकडा भने प्रकाशित नगरेको सिएनएनले लेखेको छ । यो भ्याक्सिनको सुरक्षा र प्रभावकारिता समेत जाँच गर्न असमर्थ भएको मुलधारका संचार माध्यमहरुले लेखेका छन् ।

  • ह्वाइट हाउस बाहिर गोली चलेपछि पत्रकार सम्मेलन नै रोकेर राष्ट्रपति ट्रम्पलाई लगियो सुरक्षित स्थानतर्फ

    ह्वाइट हाउस बाहिर गोली चलेपछि पत्रकार सम्मेलन नै रोकेर राष्ट्रपति ट्रम्पलाई लगियो सुरक्षित स्थानतर्फ

    एजेन्सी    

    सोमबार साँझ अमेरिकी राष्ट्रपति निवास  ह्वाउट हाउस बाहिर गोली चलेपछि ब्रिफिङ रुममा पत्रकार सम्मेलन गरी रहेका राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीले पत्रकार सम्मेलन अकस्मात रोकेर सुरक्षितस्थानमा लगेका छन् । कोरोनाभाईरस महामारीको बिषयमा केन्द्रित भएर पत्रकार सम्मेलन गरी रहेका राष्ट्रपति ट्रम्पलाई ह्वाईट हाउस बाहिरको पेन्सलभानिया एभिन्युमा गोली चलेपछि सिक्रेट सर्भिसका सुरक्षा अधिकारीहरुले ट्रम्पलाई भित्र लगेका हुन् । सुरक्षाका लागि राष्ट्रपति ट्रम्प गएपछि सहभागी पत्रकारहरुलाई सोही स्थानमा लकडाउनमा राखिएको थियो भने करिब १० मिनेटपछि ट्रम्प पुन: पत्रकार सम्मेलनमा सहभागी भएका थिए ।

    पत्रकार सम्मेलनमा पुन: सहभागी भएपछि राष्ट्रपति ट्रम्पले ह्वाईट हाऊस बाहिर गोली चलेको र नियन्त्रणमा आएको भन्दै घटनाको पुष्टी गरेका छन् ।

  • हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना-पानी वितरण

    हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना-पानी वितरण

    न्युयोर्क

    बिदेशमा बस्ने नेपालीहरुको संयोजनमा काठमाडौंका विभिन्न स्थानहरुमा दिनदु:खी र असहायहरुलाई हेभेन्ली पाथले खाना र पानी वितरण गरेको छ । हेभेन्ली पाथ अमेरिकाका अध्यक्ष सुकु रुम्दाली र महासचिव हर्क चाम्लिङको संयोजनमा विभिन्न राज्यहरुबाट सहयोग संकलन गरि १० औं दिनसम्म खाना र पानी बितरण गरिएको हो । हेभेन्ली पथ हङकङका उपाध्यक्ष एम डि गाया राईबाट १ दिन गरि ११ औं दिनको खाना पानी वितरण गरिएको हो । काठमाडौका पशुपति क्षेत्र, बालाजु, जे. पि. रोड, ठमेल, रत्नपार्क, सोह्रखुट्टे लगायतका स्थानहरुमा प्रिजनर्स एस्सिस्टेन्स नेपालका संस्थापक तथा चियर पर्सन पि.ए. इन्दिरा राना मगरको सहकार्यमा नेपालबाट हेभेन्ली पाथ नेपालका सम्पर्क सचिव मनु (स्काई) ले संयोजन गर्नु भएको थियो । यस कार्यका लागि ११ औं दिनसम्म गायक सुबि राई, हेभेन्ली पाथ नेपाल जिल्ला शाखा काठमाडौंका उपाध्यक्ष शोभा राई , युवा संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष प्रेरणा वाम्बुले, चन्द्र देवान, हरिकला साम्पाङ, कादम्बिनी चाम्लिङ, जिना राई, सहदेव श्रेष्ठ, त्रिसला राई प्रनेश राई, सम्राट राई, सन्तोष(होलि) लगायतले स्वयंसेवकको रुपमा कार्य गरेका थिए भने खाना होटल चपलेटीबाट होटलका ब्यवस्थापक आनन्द राईले ब्यवस्था गरेको थियो ।

    अमेरिकाबाट सेमिङ्ग गुरुले अमेरिकामा रहेका विभिन्न  राज्यमा भएका यात्रीहरुसँग सहकार्य, सहमति गरी यस कार्यक्रम सफल पार्नुमा विशेष भुमिका निर्वाह गर्नु भएको थियो भने, अमेरिकाबाट मिडिया कोअर्डिनेटर सुम्नु देवी राईले देशविदेशमा छरिएर बस्नु भएका सबै यात्रीहरुमा यस कार्यक्रम सफल बनाउनको लागि बिशेष भुमिका निभाउनु भएको थियो । विपत्तिमा परेकाहरुलाई निरन्तर खाना खुवाउने योजना हुदाहुदै पनि नेपालमा कोरोना संक्रमण बढ्दै गएकोले हालको लागि बन्द गरिएको छ भने निकट भविष्यमा संसारभरी छरिएर बसेका यात्रीहरुको तर्फबाट आवश्यक भए फेरि पनि विपत्तिमा परेकाहरुलाई खानपिनको व्यवस्था गर्ने हेभेन्ली निर्वाणा पाथ- हंगकंगको  उप-सभापति गाया राई एम्.डिले जानकारी गराउनु भएको छ ।

    (अमेरिकाबाट सुम्नु देवी राई)

  • ओहायो गभर्नर डिवाईनको दोश्रो टेष्ट  नेगेटिभ

    ओहायो गभर्नर डिवाईनको दोश्रो टेष्ट नेगेटिभ

    एजेन्सी

    ओहायो राज्यका गभर्नर माईक डिवाईनको कोभिड १९ को दोश्रो परिक्षण नेगेटिभ आएको छ । गभर्नर माईक डिवाईन बिहिबार दिउँसो कोरोना संक्रमित भएको बिज्ञप्ति निकालिएको थियो । त्यति मात्र होईन गभर्नरको आफ्नै ट्विटर एकाउण्टबाट समेत पोजेटिभ देखिएको खबर सम्प्रेषण गरिएको थियो तर बिहिबार नै साँझ डिवाईनको जाँच नेगेटिभ आएको पुन: अर्को बिज्ञप्ति निकालिएको छ । गभर्नर डिवाईनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नको लागि गर्नै पर्ने ‘प्रोटोकल टेष्ट’ गर्दा उनको संक्रमण पोजेटिभ देखिएको उनको कार्यालयले दिउँसो निकालेको बिज्ञप्तिमा जनाइएको थियो ।  

    कोरोना पोजेटिभ देखिए पनि कुनै पनि लक्षण नदेखिएको, गभर्नर कार्यालयले दिउँसोको बिज्ञप्तिमा जनाएको थियो । उनी राष्ट्रपति ट्रम्पसँग क्लिभल्याण्डस्थित बर्क लेकफ्रण्ट बिमानस्थलमा स्वागत भेट गर्ने तयारीमा थिए तर दिउँसो उनको जाँच पोजेटिभ देखिएपछि गभर्नर डिवाईनले पनि ट्विट गर्दै आफु कोरोना संक्रमित देखिएको र आफुमा कुनै लक्षण नदेखिएको बताउँदै कोलम्बस फर्किएको र १४ दिन आफ्नै घरमा क्वारेन्टिन बस्ने जनाएका थिए ।

  • ओहायो राज्यका गभर्नर डिवाईन पनि कोरोना संक्रमित

    ओहायो राज्यका गभर्नर डिवाईन पनि कोरोना संक्रमित

    एजेन्सी

    ओहायो राज्यका गभर्नर माईक डिवाईन पनि कोरोना संक्रमित भएका छन् । गभर्नर डिवाईनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नको लागि गर्नै पर्ने ‘प्रोटोकल टेस्ट’ गर्दा उनी कोभिड १९ पोजेटिभ देखिएका हुन । उनमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको, गभर्नरको कार्यालयले बिज्ञप्तिमा जनाएको छ । उनी राष्ट्रपति ट्रम्पसँग क्लिभल्याण्डस्थित बर्क लेकफ्रण्ट बिमानस्थलमा बिहिबार स्वागत भेट गर्ने तयारीमा थिए ।

    गभर्नर डिवाईनले पनि ट्विट गर्दै आफुमा कोरोना संक्रमण देखिएको र कुनै लक्षण नदेखिएको बताएका छँन् । उनले आफु १४ दिनसम्म घरमा नै क्वारेन्टिनमा बस्ने बताएका छन् ।
    अमेरिकामा कोरोना संक्रमित हुने डिवाईन दोश्रो गभर्नर हुन् । यस अगाडि ओक्लोहामाका गभर्नर केभिन स्टिटमा पनि संक्रमण देखिएको थियो ।

  • प्लास्टिकको पार्टेसन च्यातेर यसरी भयो ‘लिफ्ट’ ड्राइभर माथि आक्रमण (भिडियो सहित)

    प्लास्टिकको पार्टेसन च्यातेर यसरी भयो ‘लिफ्ट’ ड्राइभर माथि आक्रमण (भिडियो सहित)

    न्युयोर्क

    फ्लोरिडामा एक यात्रुले गाडी चलाईरहेका  लिफ्ट ड्राइभरलाई पछाडिबाट घाँटी थिचेर न्याकेको भिडियो सार्वजनिक भएको छ । ३६ वर्षीय ट्राभिस स्मिथ नाम गरेका यात्रुले कोरोना संक्रमणबाट सुरक्षित राख्न बनाएको पार्टेसनलाई च्यातेर कार चालकको गर्धन थिचेको भिडियो सार्वजनिक भएको हो ।  घटना गत आईतबार बिहानको हो ।  

    सुरुमा पेसेन्जर र ड्राइभरको बीचमा टांगिएको प्लास्टिकको पर्दाको बारेमा ड्राइभरसँग कुरा गरिरहेका स्मिथले अकस्मात प्लास्टिक पर्दा च्यातेर गाडी चलाईरहेका ड्राइभर माथि आक्रमण गरेको भिडियोमा देखिएको छ ।  गाडी चालक माथि आक्रमण हुँदा गाडी भित्र तीन जना चढेको भिडियोमा देखिएको छ ।  स्मिथले चालकलाई आक्रमण गर्न थालेपछि संगै रहेका अर्का ब्यक्ति ढोका खोलेर भागेको देखिएको छ भने नाबालक बच्चा डराएर चिच्याएको आवाज पनि भिडियो सुनिएको छ ।

  • युरोपमा ‘डबल रोल’ को चर्चा

    युरोपमा ‘डबल रोल’ को चर्चा

    आरएल श्रमजिवी, ब्रसेल्स  

    बिषयबस्तु गहकिलो भयो भने चर्चा स्वस्फुर्त हुन्छ, भन्ने भनाई चरितार्थ भएको छ । युरोपमा नेपालीका कथा बस्तुलाई समेटेर  कलाकार सन्तोष बरालले ‘कमेडी हब नेपाल’   युट्युब च्यानलमार्फत ‘डबल रोल’ नामक टेली सिरियल निर्माण गरिरहेका छन् ।  बरालका अनुसार डबल रोल हेरेपछि आम दर्शकले युरोपेली नेपाली डायस्पोराले भोगेका कथा ब्यथाको वास्तविकता थाहा पाउने छन् । निर्माता बरालका अनुसार देखेजस्तो सोचेजस्तो केही र कँही पनि हुदैन भन्ने सत्यता उजागर गर्ने सोचले यो टेलि सिरियल निर्माण गरेका हुन् । 

    आगामी सातादेखि कमेडी हव नेपाल युटुव मार्फत हेर्न सकिने डबल रोलको मुख्य ध्येय उद्देश्य आम नेपाली दर्शकलाइ स्वस्थ मनोरञ्जन दिनु पनि रहेको बताएका छन् ।  नेपालमा हुँदा विभिन्न कला बिधामा पारंगत कलाकारहरुले भुमिका निभाएको डबल रोलको लेखन तथा निर्देशन सन्तोष बरालले गरेका छन ।

  • न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार; अन्य राज्यका आगन्तुकलाई चेक पोईन्टमा रोकेर क्वारेन्टिनमा बस्न लगाईंदै

    न्युयोर्कमा कोरोना संक्रमणमा नाटकीय सुधार; अन्य राज्यका आगन्तुकलाई चेक पोईन्टमा रोकेर क्वारेन्टिनमा बस्न लगाईंदै

    न्युयोर्क

    अमेरिकामा कुनै दिन महामारीको केन्द्र बिन्दु बनेको न्युयोर्क सहरमा लगातार तीन दिनदेखि कोरोनाको कारण कसैको मृत्‍यु भएको छैन । यद्यपी सिंगो न्युयोर्क राज्यमा भने तीन दिनअघि सोमबार ३ जनाको मृत्‍यु भएको कुरा न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले बुधबार बताएका छन् । गभर्नर कुमोले न्युयोर्क राज्यमा कोरोना संक्रमणमा नाटकीय सुधार हुँदै गएपनि न्युयोर्कबासीलाई कोरोना  भाईरसलाई गम्भिर रुपमा लिन कडा चेतावनी दिएका छन् । कुमोले बुधबार भनें; “न्युयोर्कमा हामीले सोचे भन्दा पनि निकै राम्रो सुधार भएको छ । न्युयोर्कबासीलाई कडा मेहनतको लागि धन्यवाद ! हाम्रो यो अहिलेको सुधारलाई सुरक्षित राख्नु पर्छ । त्यसैले हामीले न्युयोर्क भ्रमणमा आउनेलाई राख्ने क्वारेन्टिनको सुचीमा अर्को एउटा राज्यलाई थपेका छौं । हामीले केही महिना अगाडि अनुभव गरेको त्यो नरक जस्तो अवस्थामा फेरी फर्कनु छैन । अहिले देशभर संक्रमण एकदम बढिरहेको परिप्रेक्षमा न्युयोर्कमा फेरी संक्रमण आउने डर छ ।  हामी चनाखो रहनु पर्दछ” ।

    न्युयोर्क राज्य सरकारले संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएका देश भित्र कै ३५ राज्यबाट न्युयोर्क भ्रमणमा आउने सबैलाई १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने वाध्यकारी नियम जारी गर्दै आएकोमा मंगलवार वासिङ्टन डिसी र डेलावरलाई सुचीबाट हटाएको छ भने रोड आईल्यान्डलाई थपेको छ ।  

    बुधबार न्युयोर्क सहरका मेयर बिल दि ब्लाजियोले क्वारेन्टिन लिस्टमा परेका राज्यहरुबाट गाडीमा न्युयोर्क आउनेको कडाईका साथ निगरानी गर्ने उदेश्यले ठाँऊ ठाँऊमा चेक पोईन्ट राख्ने बताएका छन् । मेयर ब्लाजियोका अनुसार न्युयोर्क सहरको पाँच वटा बोरोको प्रबेश गर्ने सबै पुल तथा टनेलहरुमा चेक प्वाईन्ट राखिने र क्वारेन्टिन लिस्टमा परेका राज्यको नम्बर प्लेट भएका गाडी चालकले रजिस्ट्रेसन फर्म भर्नु पर्ने र १४ दिनको लागि क्वारेन्टिनमा बस्नै पर्नेछ । न्युयोर्क सिटी सेरिफ कार्यालयले चेक प्वाईन्टको जिम्मेवारी लिने छन् भने बिहिबारदेखि म्यानहाटनस्थित पेन स्टेसन र पोर्ट अथोरिटिमा पनि रेल तथा बसबाट संक्रमण फैलिएका राज्यबाट न्युयोर्क आउने यात्रुहरुको निगरानी बढाईने मेयर ब्लाजियोले बताएका छन् ।

  • अमेरिकामा कोरोनाबाट हरेक ८० सेकेण्डमा एकको मृत्‍यु

    अमेरिकामा कोरोनाबाट हरेक ८० सेकेण्डमा एकको मृत्‍यु

    न्युयोर्क      

    अमेरिकामा पछिल्लो एक हप्तामा कोरोनाको कारण हरेक ८० सेकेण्डमा एक जनाको मृत्‍यु भएको छ । कोरोनाका कारण पछिल्लो सात दिनमा ७ हजार ४ सय ८६ जनाको मृत्‍यु भएको छ । जुलाईमा २६ हजार १ सय ९८ जनाको मृत्‍यु भएको थियो । जुलाई महिनामा मृतकको त्यो संख्या प्रति १०२ सेकेण्डमा एकको मृत्‍यु हो भने अगष्ट महिनाको पहिलो हप्ताको सुरुवातमा नै मानिसको मृत्‍युदर बृद्धि भएको हो । 

    महामारी सुरु भएदेखि बुधबार बिहानसम्म अमेरिकामा १ लाख ५८ हजार मानिसको कोरोनाबाट मृत्‍यु भै सकेको छ भने ४८ लाख मानिस संक्रमित भै सकेका छन् ।अमेरिकामा कोरोनाको कारण मृत्‍यु हुने र संक्रमितको बढ्दो यो संख्या देशको दक्षिण र पक्षिममा राज्यहरुमा हो ।

  • नेपालका राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक

    नेपालका राजु नगरकोटीलाई अमेरिकामा स्वर्ण पदक

    न्युयोर्क

    अमेरिकाको फ्लोरिडामा गत अगष्ट १ र २ तारिखमा सम्पन्न ‘२०२० फ्लोरिडा ओपन इन्टरनेशनल अनलाइन प्रोम्से च्याम्पियनशिप’मा नेपालका तेक्वाण्दो खेलाडी राजु नगरकोटीले स्वर्ण पदक जितेका छन् । संसारभरका बिभिन्न उमेर समुहका खेलाडीहरु बीच गराइएको प्रोम्से स्पर्धामा “नेपाल तेक्वाण्दो एसोसियसन”को प्रतिनिधित्व गर्दै खेलेका राजुले ४१ देखि ५० वर्ष उमेर समुहको स्पर्धामा ५.७६ अंक सहित जितेको हो ।

    बिजेता खेलाडी राजुले यसअघि पनि बिभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा पदक हात पारिसकेका छन् । उनी पाँच डान ब्लाक बेल्ट हुन् ।

    अन्तर्राष्ट्रिय तेकवाण्दो मापदण्डको आधारमा रेफ्रीहरुद्वारा गरिएको ग्रेडिङ्लाई अनलाइन लाइभ स्ट्रिमिङ्मा खेलाडीहरुको प्रदर्शन मापन गरिएको थियो । उक्त प्रतिस्पर्धामा नेपाल तेक्वाण्दो एसोसियसन अन्तर्गतकै अन्य दुई खेलाडीहरु सन्जिव नेपाली (३१-४० उमेर समुह) र सन्दिपा अम्गाई (२१-३० उमेर समुह) ले क्रमश: रजत र काश्य पदक जितेका छन् ।

  • न्युयोर्कका नेपाली लायन्स संजालले गठन गर्यो; नयाँ नेटवर्क

    न्युयोर्कका नेपाली लायन्स संजालले गठन गर्यो; नयाँ नेटवर्क

    न्युयोर्क

    न्युयोर्कका नेपालीहरु सम्बद्ध “नेपाली लायन्स नेटवर्क” ले संयूक्त भर्चुअल ज़ूम बैठक सम्पन्न गरेको छ । नेटवर्कलाई अझ बढ़ी परिस्कृत, सकृय र सेवामुखी बनाउनका निम्ति लायन्स क्लब क्वीन्स बुद्ध, लायन्स क्लब केटिएम र लायन्स क्लब नेप्लिज़का प्रतिनिधिहरुको बैठक बसेको हो। 

    बैठकमा लायन्सहरु क्रमश; कृष्ण आचार्य, बेगम पंडित, अर्जुन गौडेल, रिमाया नेपाली, संजय थापा, पुरूषोत्तम पंथी, अच्यूत सिंदेल, राजेन्द्र खड्का, रूद्र पुन, अशोक कार्की , रूपा शाह, र शिव केसीको सहभागिता रहयो । उक्त बैठकले नेटवर्कको नयाँ संयोजक लायन्स क्लब क्वीन्स बुद्धबाट कृष्ण आचार्य रहनेगरी लायन्स क्लब केटिएमबाट अशोक कार्कीलाई कार्यक्रम संयोजक र लायन्स क्लब नेप्लिज़बाट अच्यूत सिंग्देललाई सचिवको जिम्मेवारीमा सर्वसम्मत मनोनयन गरेको छ ।

    ‘बिद्यमान कोभिड-१९ संकटको अवस्था र अन्य मानवीय सेवा कार्यमा समेत नेपाली लायन्स क्लबहरूको एकिकृत र समन्वयात्मक सहकार्यलाई दीर्घकालसम्म निरन्तरता दिनुपर्ने खाँचो महसूस गरी उक्त संयूक्त संजालको पुनर्गठन गर्ने सर्वसम्मत निर्णय गरिएको’ संयोजक कृष्ण आचार्यले बताए । 

    बिस्तारित नेपाली लायन्स संजालले रक्तदान र अमेरिकी जनगणना २०२० जागरण कार्यक्रम तत्काल आयोजना गर्ने निर्णय समेत गरेको जनाएको छ ।

  • अमेरिकामा भट्टाभट बन्द हुँदै ब्यापार; डन्किन्  डोनट्सले ८ सय स्टोर बन्द गर्दै

    अमेरिकामा भट्टाभट बन्द हुँदै ब्यापार; डन्किन् डोनट्सले ८ सय स्टोर बन्द गर्दै

    न्युयोर्क      

    अमेरिकामा चर्चित कफी स्टोर डन्किन् डोनट्सले आफ्नो ८ सय पसलहरुलाई स्थायीरुपमा बन्द गर्ने भएको छ । कम्पनीले बिहिबारको आफ्नो दोश्रो त्रैमासिकको रिपोर्टको आधारमा ती पसलहरु बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ ।

    कम्पनीले बिक्रीमा साह्रै गिरावट आएका कारण ती स्टोरहरु बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ । अमेरिका भरमा गत बर्षको एकै समयको कुल बिक्रीको तुलनामा यो बर्ष जम्मा दुई प्रतिशत मात्र बिक्री भएको कम्पनीले जनाएको छ । डन्किन् डोनट्सले बन्द गर्न लागेको ८ सय स्टोरहरु मध्ये करिब आधा जति स्पिडवे ग्यास स्टेसनमा संचालित स्टोरहरु छन् ।  

    बुधबार चर्चित फास्ट फुड स्टोर म्याक्डोनाल्डले अमेरिकाका २ सय स्टोर बन्द गर्ने बताएको भोली पल्ट डन्किनको यो निर्णय आएको हो ।

  • एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरले गर्यो; बृहत रक्तदान कार्यक्रम

    एनआरएनए अमेरिकाको न्यूयोर्क च्याप्टरले गर्यो; बृहत रक्तदान कार्यक्रम

    न्युयोर्क

    एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा यही जुलाई २६ तारिख आइतवार न्यूयोर्क ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । कोभिड—१९ महामारीको समयमा असंख्य मानवीय क्षति र न्यूयोर्कमा रगतको अत्याधिक अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरेको हो ।

    कार्यक्रममा रक्तदाताहरुलाई पीपीई, के.एन.९५ मास्क, सर्जिकल मास्क, ग्लोभ्स र सेनिटाईजर वितरण गरिएको थियो । नेपाल भिजन इंक,  युएस जनगणना २०२० को फाराम भर्ना सहयोग गर्नुहुने यूएस सेन्सन ब्युरोका प्रतिनिधि र अधिकारका प्रतिनिधि र निःशुल्क स्वास्थ्य जाँच (स्क्रिनिंग) तथा अस्पतालले दिने सेवाहरूको बारेमा समेत जानकारी गराइएको थियो ।

    एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरका युवा संयोजक बिजय गुरुंगको संयोजकत्वमा प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका वाणिज्यदूत गणेशप्रसाद अधिकारीले उदघाटन गरेको थियो । विशेष अतिथि एनआरएनए एनसिसि अमेरिकाका  उपाध्यक्ष बाबुराम लामा, एनआरएनए एनसिसि अमेरिकाका बोर्ड सदस्यहरू, वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली लगायत संघ संस्थाहरूका अध्यक्षहरू तथा प्रतिनिधिहरू सहित ३०० जना भन्दा बढीको उपस्थिति थियो ।

    इच्छुक रक्तदाताहरुलाई न्युयोर्क ब्लड सेन्टरको लिङ्क उपलब्ध गराई अग्रिम अपोइन्टमेण्ट लिन आग्रह गरिएकोमा १ सय ५९ जनाले अपोइन्टमेण्ट बनाएका थिए । त्यस्तै ५० भन्दा बढीको वक-इन उपस्थिति थियो । तर ब्लड सेन्टरको जनशक्तिको कमीले गर्दा १ सय १२ जना अपोइन्टमेण्ट बनाउनेहरु र १८ जना वाक—इन रक्तदाताले मात्र रक्तदान गरे । करिव १९ जना स्वाथ्य चेक जाँचपछि रक्तदान योग्य भएनन् । कुल १ सय ३० रक्त दाता बाट १ सय ३० पिन्ट रगत संकलन भयो ।

    कार्यक्रममको सभापतित्व गर्दै च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले; “भविष्यमा पनि सबैको सहभागिता र सहकार्यमा समुदायको हितमा कार्य गर्ने” प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम सम्पन्न गरेको थियो ।

  • अमेरिकामा पूर्व राष्ट्रपति उम्मेद्वारको कोरोनाको कारण मृत्‍यु

    अमेरिकामा पूर्व राष्ट्रपति उम्मेद्वारको कोरोनाको कारण मृत्‍यु

    न्युयोर्क      

    रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति उम्मेद्वार हरम्यान केनको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ । पूर्व राष्ट्रपति उम्मेद्वार तथा चर्चित गड फादर पिजाका मालिक केनको मृत्‍यु भएको खबर केनको भेरिफाइड ट्विटर एकाउन्टको हवाला दिदै सिएनएनले पुष्टी गरेको छ ।

    ७४ बर्षीय केन कोरोना संक्रमित भएपछि यसै महिनाको सुरुमा अस्पताल भर्ना भएका थिए । यसै हप्ता उनको ट्विटर एकाउण्ट मार्फत उनीले अस्पतालमा अक्सिजन लिईरहेको र सुधारोन्मुख रहेको जनाईएको थियो । केनलाई कुन ठाँऊमा कोरोना संक्रमण भयो, त्यसको जानकारी छैन ।  

    स्वर्गीय केन राष्ट्रपति डोनाल्ड ट्रम्पको ओक्लोहामास्थित टुल्सा र्यालीको एक महत्वपूर्ण प्रतिनिधि समेत थिए भने उनी ट्रम्पको ‘ब्ल्याक भ्वाईस फर ट्रम्प’ को उपाध्यक्ष थिए ।

  • सत्ता लम्ब्याउने खेलमा राष्ट्रपति ट्रम्प; भन्छन् नोभेम्बरको चुनाव सार्नु पर्छ

    सत्ता लम्ब्याउने खेलमा राष्ट्रपति ट्रम्प; भन्छन् नोभेम्बरको चुनाव सार्नु पर्छ

    न्युयोर्क

    अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति निर्वाचन सार्न प्रस्ताव गरेका छन् ।  अमेरिकी अर्थतन्त्रको दोश्रो त्रैमासिक अप्रिलदेखि जुनसम्म ३३ प्रतिशतले गिरावट आएको समाचार सार्वजनिक भए लगत्तै ट्रम्पले नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचन सार्नु पर्ने प्रस्ताव गरेका छन् । ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचन ईतिहासमा नै सबैभन्दा अपारदर्शी र धाँधलीपूर्ण हुने भन्दै आफ्नो ट्विटर एकाउन्टमा निर्वाचन नै सार्नु पर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले महामारीको कारण हुलाकबाट मत पत्र पठाउने कुराको बिरोध गर्दै आगामी राष्ट्रपति निर्वाचनलाई अमेरिकी ईतिहास कै लज्जाजनक निर्वाचन हुने भन्दै निर्वाचन नै सार्नु पर्ने बताएका छन् ।  उनले जबसम्म जनताले सुरक्षित तबरले मतदान गर्न सक्दैनन तबसम्मका लागि निर्वाचन नै लम्ब्याउनु पर्ने तर्क ट्विटरमा गरेका छन् ।  


    कोरोना महामारीका कारण मृतकको संख्या डेढ लाख नाघ्दै गर्दा पछिल्लो समय अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा लगातार गिरावट आईरहेको बिभिन्न्न पोलहरुले देखाएका छन् । ती पोलहरुले उनको बिपक्षी दलका प्रतिद्वन्दीलाई लगातार बलियो पोजिसनमा देखाउँदै आएको छ भने हालै राष्ट्रपति ट्रम्पले आफ्नो चुनाव प्रचार समितिको प्रमुख समेत                                                       फेरेका छन् ।

  • प्रवीण गिरी सरको सम्झनामा

    प्रवीण गिरी सरको सम्झनामा

    पुरुषोत्तम लम्साल 

    “हुत्तिनपर्ने ठाउँमा हुत्तिन पर्छ, बत्तिन पर्ने ठाउँमा बत्तिन पर्छ, जहाँ अडिन पर्ने हो त्याँ अडिन पर्छ, ठूलो फ्रेमवाला चश्माबाट तीखा दृष्टी मतिर फालेर प्रवीण सरले थपे – लय खोज्दा भाव पोलेर खाने बानी हटाइदेऊ, जहाँ ठोक्नपर्ने हो त्यहाँ घनै ठोक्नपर्छ।”

    गिरी सरका ‘यार’ कमल प्रधान सर छेऊमा हुनुहुन्थ्यो। ‘यार’कै शैलीमा कमल सरले अलि कडा प्रहारबाट मलाई संरक्षण गर्नुभएको छ।

    ‘ए पुरु ! ठीक भएपछि एकदिन तिम्ले भनेको ठाउँमा माछा मार्न जानुपर्छ है?’, कलेजोको क्यान्सर गाडा हुँदै जाँदा पनि प्रवीण सरको अलग्गै सौख दुरुस्त थियो।

    त्रिशुली गएर फर्कदा गेर्खुटारका रामहरी पाण्डे सरबाट गँड्यौलाको एउटा पोको ल्याएँ। त्यो कोशेलीपछि प्रवीण सरले भन्नुभएको थियो– लुभुघाटमा दिउंसै ‘क्याम्पफायर’ गर्नुपर्दछ ।’ बिन्दास हुनु, यायावर झैं डुल्ने लतलाई हौस्याउँथे प्रवीण सर।

    अन्तिमपटक ओम अस्पतालमा ‘केमो’ लिन गएका बखत पनि भेट हुंदा पुरानै शैलीमा प्रवीण सरले भन्नुभएको थियो, ‘गड्यौलाको थुप्रो भइसक्यो, खोइ कहिले जाने’ बिदेशबाट उपलब्ध बल्छीले माछा शिकार खेल्ने त्यो योजना अर्को महिनासम्म त्यस्तै भयो।

    प्रवीण सरसँग हाकिम र कारिन्दाबीचको सम्बन्ध मैले अनुभवै गरिन। ‘हावाले रुखबाट कुन भित कतिबेला झार्छ त्यस्लाई भुईमा खस्न नदिएर समाउनु’ भन्दा पनि तयार हुने शिष्य झैं थिएँ म, त्यसभित्रको शिक्षा र अर्थ पछि ब्यवहारिक बन्यो।

    ठमेलका गल्लीहरुमा हिप्पीहरुको जगजगी हुँदाका अल्लारे प्रवीण गिरी पनि धुँवा र मदिरामा नझुमेका -नरमेका -नजमेका होइनन्। “त्यसलाई ‘इनर्जी’ बनाउने हो क्या, प्रवीण सर भन्थे – जागिरमा काम गर्ने हो, किताब समाएपछि पढ्ने हो बाँकि आफ्नो बाँच्ने हो।”

    हो त, प्रवीण गिरीको स्वभावले न अर्थशास्त्रको सह’प्राध्यपक हुन रोक्यो, न ‘स्किलफुल कम्युनिकेटर’ हुन छेक्यो न ब्यावसायिक उचाई नै काट्न सक्यो।

    भाइसाथी माझ मात्र होइन कहिलेकाँहि असजिलो ठाउँमा समेत प्रवीण सरको “तामसी शैली”को चर्चा हुन्थ्यो। यो शैलीलाई धेरैले रुखो तीखो भनेर ब्याख्या पनि गरे। तर त्यो शैली पकड्नेलाई प्रवीण गिरी घीऊ थिए-खुदो थिए। त्यही शैलीका कारण समाचार कक्षमा धेरै “प्रवीण सरको अगाडि पर्न नपरे हुन्थ्यो” समेत भन्थे।

    काँडा पन्छाएर फूल टिप्न नजान्दा धेरैले वासना लिने अवसर जानीजानी गुमाएको रुपमा बुझ्छु म यसलाई। यसो भनौं, प्रवीण सर एकचोटी रिसाउँदा वा झनक्क तात्दा एउटा नयाँ शिक्षा मिल्यो भनेर बुझ्थें म।

    हिमालय टेलिजिनको सुरुवाती दिनमा मलाई टेलिभिजन पत्रकारिताको यावत् विषयमा जानकारी दिंदै तीखो, रुखो र ठाडो शैलीमा बाटो केलाइदिने गुरु प्रवीण गिरीको पार्थीव शरीरको अन्तिम दर्शन गर्न पशुपतिस्थित वनकालीमा पुग्दा उही शैलीमा ‘ए पुरु!’ पो भन्ने हुन् कि जस्तो लागेको थियो । तर त्यसो भएन ।

    ‘चिप्लो घसेर आग्रह देखाउने भए सरकारी जागिर खाउ’ भनेर मलाई फेरि आग्रहमुक्त बनाउलान् कि भनेर वनकालीमा कुर्नुको पनि अर्थ मैजारो भइसकेको थियो।

    झोंछेको गल्लीदेखि मिनभवनको कक्षासम्म, दरबारको दबदवादेखि संगतको आकाशसम्म रिठ्ठो नबिराई ‘लौ गोदेर लेख’ भन्ने गुरु महाप्रस्थान गर्दा लहरै उभिएका धेरै सहकर्मीको शिर जमीनतिर ढल्किएको थियो।

    समाचारमा ध्वनी, लवज र शैलीको एउटा ‘ब्राण्ड’ जसले ममाथि सीमित अवधिमा असाध्य गाढा प्रभाव पारे, तिनको महाप्रस्थानको साक्षी भएर फर्किएको आज नौ वर्ष भएछ।

    प्रवीण सर!
    जिन्दगीमा व्यवधानको पहिरो आउँदा आफ्नै मनको बगैंचामा
    निस्फिक्री, वेपरवाह डुल्छु अहिले पनि तपाई जस्तै।
    तपाइका लागि ‘टाउको नदुखाई गाँठो फुकाउने’ ‘ए पुरु!’ आज पनि तपाइलाइ सम्झिरहेको छ।
    श्रद्धाञ्जली🙏

  • कृषि उद्यमशिलतामा युवा परिचालनका लागि राज्यको भुमिका

    कृषि उद्यमशिलतामा युवा परिचालनका लागि राज्यको भुमिका

    सुर्य नारायण पुरी, काठमाडौं

    अहिले नेपालमा कोरोना महामारीपछि आउने समस्याहरु के कस्ता हुन्छन र कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा धेरै नै बहस हुने गरेको छन । मुख्यत: बेरोजगारी समस्यालाई कसरी हल गर्न सकिन्छ ? भनेर छलफल तथा बहसहरु विभिन्न मिडिया र सरोकारवाला निकायमा देखिन्छ । अधिकाँश बहस कृषिमा लगानी बढाउनु पर्छ र बेरोजगार युवाहरुहरुलाई कृषिमा लाग्न प्रेरित गर्नुपर्छ भन्ने निचोडमा पुग्ने गरेका छन । मुख्य समस्या भनेको युवाहरुलाई कृषिमा आकर्षण कसरी गर्र्ने र कृषि पेशामार्फत नै जिविकोपार्जन गर्न सकिन्छ ? भनेर विश्वास दिन सक्ने नीति तथा योजना न सरकारी निकायसंग योजना देखिन्छ, न त निजी सहकारी तथा अन्तराष्ट्रिय गैरसरकारी नियकासंग नै छ । हामीलाई थाहा छ कि नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलर अर्थात एक नेपालीको वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैया पुगेको छ । बेरोजगार युवापुस्ताको उचित व्यवस्थापन नै सरकारको प्रमुख चुनौति बनेको छ । आधारभुत आवश्यकताको लागि सस्तोमा श्रम बेच्न “विदेश जान पाऊ” भनेर युवाहरुले माईतीघरमा आन्दोलन गर्न पर्नु हाम्रालागि लज्जाको विषय हो ।

    समाज कल्याण परिषदमा दर्ता भएर कृषि क्षेत्रमा काम गर्ने उद्देश्य बोकेका एनजीओ/आईएनजिओको बनावटी तथ्याङक र कार्यक्रमको वृत्तचित्र हेर्दा यस्तो लाग्छ कि ‘नेपाल कृषि क्षेत्रमा आज भन्दा ५ वर्षअघि नै आत्मनिर्भर भईसक्यो’ । तर जनताको जिवनस्तरमा फरक देखिदैन ।

    बरोजगारी दर बढदो छ । गाऊँमा जग्गाजमिन बाँझो बढ्दै गएको छ । कृषिमा अधिकाँश युवापुस्ताको चासो कम छ । कुल जनसंख्याको कृषि पेशामा संलग्न जनसंख्या ६०.४ प्रतिशत (वि.सं.२०६८ औसत) रहेको छ । तर विडम्बना आलु र खुर्सानी पनि भारतबाट निर्यात गछौं ।

    युवाहरुलाई कृषि व्यवसाय मार्फत रोजगारी सृजना गर्न मुख्य भूमिका वित्तीय क्षेत्रको हो । सरकारी वा निजी बित्तीय सँस्थाले हरेक वर्ष किसानहरुको लागि सहुलियत अनुदानमुलक कार्यक्रमहरु सञ्चालन गरेका हुन्छन तर वास्तविक किसान लाभान्वित भएका छैनन् । नेपालमा ३ प्रकारका कृषि व्यवसाय छन् ।आय आर्जनमुलक, व्यवसाय मुलक र उद्यमशिलता मुलक । तर अनुदानमार्फत लाभान्वित हुनेहरु मुख्य पेसा भन्दा आय आर्जनमुलक कृषि व्यवसाय गरेका किसान बढी पर्दछन् । वित्तीय निकायहरुले ऋण प्रवाह गर्नुअघि कृषि पेसा गरेर नै घरपरिवार चलाउँछु भन्ने पर्दैनन् । कृषिलाई व्यावसायिक रुपमा गर्न ईच्छुक किसान युवाहरुलाई व्यवसायिक योजना तयार गरेर सिप तथा तालिम प्रदान गरेपछि मात्र ऋण वा सहुलियत प्रदान गरिनु पर्दछ । तालिम तथा कृषि कार्यक्रमहरु छुट्टै निकायले सञ्चालन गर्ने र ऋण छुट्टै निकायले दिने प्रक्रिया बदल्नु आवश्यक छ । अथवा कडा अनुगमनको दायरा हुनुपर्दछ ।

    यसरी वित्तीय निकायहरुले वास्तविक कृषक पहिचान गरी कृषि ऋण प्रकृया सहज गर्ने, उत्पादन बिक्रीका लागि बजारको सुनिश्चता गर्ने र कृषिमा लगानी गर्नु पुर्व व्यवसाय सम्बन्धि तालिम दिएर मात्र ऋण प्रवाह गर्न सकेमा युवाहरु आकर्षित हुनेछ । जिविकोपार्जनका लागि बिदेशिनु पर्ने बाध्यता हट्नेछ ।

  • अमेरिकामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या डेढ लाख कट्यो; मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली

    अमेरिकामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या डेढ लाख कट्यो; मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली

    न्युयोर्क

    अमेरिकामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या  १ लाख ५० हजार नाघेको छ । मृतकको संख्या १ लाख ५० हजार कटेको मात्र होईन संक्रमितको संख्या बेलुन फुले झैं लगातार फैलिरहेको छ । अस्पतालहरु भरिएका छन् ।  बिगत केही हप्तादेखि दैनिक १ हजार भन्दा धेरैको दरमा मृत्‍यु भै रहेको छ । मृतकको यो बढ्दो संख्या जुन महिनाको पहिलो हप्ता पछिको सबैभन्दा भयावय अवस्था हो ।  अहिले अमेरिकाको दक्षिणी र पश्चिमी क्षेत्रका २४ वटा राज्यहरु र पोर्टो रिकोमा दैनिक मृतकको संख्या उकालो लागि रहेको छ ।  

    सर्वशक्तिमान राष्ट्र अमेरिकामा पहिलो  भाईरस देखिएको फेब्रुअरीबाट ५ महिना भित्र कोरोना कै कारण १ लाख ५० हजारले ज्यान गुमाएका छन् । मृतकको संख्या अप्रिल २७ को दिन ५० हजार कटेको थियो भने मेई २७ को दिन मृतकको संख्या १ लाख पुगेपछि विश्व चर्चित न्युयोर्क टाईम्सले समबेदनाको सांकेतिक जनाउका लागि १ हजार मृतकको नाम आफ्नो पहिलो पृष्‍ठमा छापेको थियो ।  

    अमेरिकामा महामारी सुरु हुने बित्तिकै अप्रिलको अन्त्यतिर मृतकको संख्या ह्वात्तै बढेको थियो । न्युयोर्क राज्यमा सबैभन्दा धेरै एकै दिन मेई ५ मा ९ सय ५२ जनाको मृत्‍यु भएको थियो । न्युयोर्कमा हालसम्म ३२ हजार ६ सय ५३ को मृत्‍यु भएको छ भने ४ लाख १२ हजार ८ सय ७८ संक्रमित भएका छन् । तर हाल न्युयोर्कलाई क्यालिफोर्निया र फ्लोरिडाले संक्रमित संख्यामा जिति सकेका छन् । न्युयोर्कमा अहिले दैनिक औसत १६ जनाको मृत्‍यु भै रहेको छ भने दक्षिणी र पश्चिमी राज्यहरुमा दैनिक १ हजार भन्दा धेरैको मृत्‍यु भै रहेको छ । 

    हामी “विश्व सन्देश साप्ताहिक पत्रिका र विश्व न्युज” परिवार ती सम्पूर्ण मृतकहरुमा भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौं ।

  • नेकपाको राइदालो र छिरोलिएको पराल

    नेकपाको राइदालो र छिरोलिएको पराल

    पुरुषोत्तम लम्साल
    [email protected]

    गाउँमा एउटा कथा थियो । मियोमा बाँधिएका गोरु आपसमा विपरीत दिशाबाट घुमे पनि माडिने त पराल नै हो । पराल माडिन्छ भनेर घरधनीले चारतिर फर्किएका गोरुहरुलाई त्यत्तिकै छाडिदिए । केहीबेर यत्तिकै भयो । गोरुहरु आफ्नै तालमा घुमिरहे, पराल केही डल्लो परिरह्यो, लाठे बिंडी तन्काउन निस्किए । फर्कंदा मियोमा चारै गोरु घाँटी कस्सिएर फुस्रा आँखा पल्टाउन थालेका । नाम्लो भए पो सजिलै काट्नु, दाम्लो पो त, दाम्लो चुँडाल्ने वा मियो ढाल्ने माइकालाल कोही भएन र खाइलाग्दा बहर गोरु हेर्दाहेर्दै फिंज काडेर परलोक भए । मलाई गाउँघरको यो किस्सा नेकपासँग जोड्न खुब मज्जा आइरहेको छ आज ।

    गोरु बाँधिए पनि खेत बाँझै, गोरु फुके पनि खेत बाँझै पनि भन्छन् गाउँमा । बाँधिदियो जोत्न मिल्दैन । फुकाइदियो सम्हालेर हलोमा दलाउन सकिंदैन । फुक्काफाल भएपछि गोरु पनि साँढे हुन्छ । त्यो बेला बिजोक खेतको हुन्छ, लाठेको हुन्छ, रोपारको हुन्छ । असार लागेपछि शुरु भएको नेकपाभित्रको साँढेको कथा आजपर्यन्त उस्तै छ । हिलो खेत उस्तै छ, सरकारको हल्लो लिण्ठिंग हल्लिरहेको छ, पार्टीका रोपार बाउसे दोहोरी गाइरहेका छन्, सत्तारुढ नेकपा हल गोरु दाउन नसकेर किंकर्तव्यविमूढ छ ।

    यता पञ्चायती व्यवस्थाका जब्बर बाघ भनेर चिनेका सूर्यबहादुर थापाका पुत्र सुनिलबहादुर थापालाई पार्टी प्रवेश गराएर, सदस्यता थमाएर नेपाली कांग्रेसले लोकतन्त्र र प्रजातन्त्रको नयाँ बिगुल बजाइसक्यो, नेकपा स्थायी कमिटी वैठकसमेत बस्न सक्दैन । यता संसदमा, सरकारमा प्रतिपक्ष दल खोज्दा नभेटेर सत्तारुढ नेकपाले आफ्नै पार्टीभित्रको गुटतन्त्रलाई जवाफ दिएर जवाफदेही भएको देखाउनु परिरहेको छ, उता कांग्रेस महाधिवेशनमा कसरी हुन्छ एक दुई टाउको थप्न पाए हुन्छ भन्ने खेतीमा छ । राप्रपाबाट कांग्रेस पसेको एक हूल देखेर कांग्रेसको एउटा तप्कालाई प्रजातन्त्र र विपीको समाजवादको गायत्री मन्त्र सभ्य अपसभ्य दुबै गरेर जप्न भ्याइनभ्याइ छ, त्यहीं अर्जुन नरसिंह केसीका वाणीहरु छाइरहेको छ । अहो, कांग्रेसभित्रको यो चित्र पनि बिचित्रको छ ।

    प्रतिपक्ष को हो ? प्रतिपक्षको खबरदारी के मा छ ? प्रतिपक्षले हस्तक्षेप गरेका मुद्दाहरु के के छन् ? सरकारलार्य सहिष्णु बनाउन प्रतिपक्षले कसेको लगाम कुन हो ? कुन मुद्दामा ? अधिनायकवादको कोकोहोलो मच्चाएर सरकारलाई स्वेच्छाचार गर्न दिने प्रतिपक्ष कुन देशमा भेटिन्छ ? मान्छे हाँस्लान्, नपत्याउलान् तर आजको नेपाली कांग्रेस जस्तो कमजोर प्रतिपक्ष नेपालमा कम्तीमा यो शताब्दीमा नभेटिएला । एक दर्जन संवैधानिक आयोगमा भागबण्डा खोजेरै सही, आयोगलाई पूर्ण बनाउन भन्न नसक्ने प्रतिपक्ष पनि के प्रतिपक्ष ! यति भनेपछि कांग्रेस सभापति देउवाको कान ठाडो हुनसक्छ ।

    सत्तारुढ नेकपाको स्थायी कमिटीको लिगिलिगे दौड अझै सकिएको छैन । असार १० गतेदेखि आजसम्म कतिवटा वैठक बस्यो र कतिवटा स्थगित भयो भनेर अब जनले गणना गर्नै छाडिसकेका छन् । वैठक स्थगित गर्ने म्याराथुनमा सत्तारुढ नेकपाले बनाएको कीर्तिमानमा पार्टी र कार्यकर्ता दुबै गुटगत हर्षोल्लास मनाउने स्थिति छ । जसरी कारोना भाइरसको संक्रमणको बृद्धिबारे जनता अभ्यस्त हुँदैछन् उसैगरी नेकपाको स्थायी समितिको वैठक स्थगित हुने सिलसिला पनि अब मान्छेको चासोको विषय बन्न छाड्दै छ । अर्थात्, अन्त्यहीन वैठक स्थगितको श्रृङ्खला र निकासहीन मतभेद उच्चाटलाग्दो बन्दैछ ।

    निर्लज्जताको हद हुँदो हो त नेताहरुले आ–आफ्नो स्वार्थसमूह बनाएर घरि वालुवाटार, घरि खुमलटार र घरि भैंसेपाटीमा चियाचमेना गरिरहन पर्दैनथ्यो । वैठक कसले बोलाउने भन्ने विषयसमेत अब नेकपाभित्र शरमको यात्रा बनेको छ । पार्टी खोपीमा सजिएको छ, पार्टी कार्यालय शीर्ष नेताहरुको चोठाकोठामा वा गोजीमा सीमित छ र जग हँसाउने वैठकको रत्यौली रमाइलो छ । शिर्षहरुको यो मनपरीले घेरा नाघेर अराजक बन्दा एउटा समूह वैठकमा नआउने र अर्को समूह वैठक होइन अनौपचारिक छलफल भन्दै मोर्चा कस्ने नीर्घिणी अभ्यासमा छ । स्वार्थसमूहको छलफल चलाउने तर निर्णय पुस्तिकामा दस्तखत गर्न नसक्ने समूह एकातिर छ, के गर्छन् हेरौंला नि हामी पनि भन्ने समूह अर्कोतिर छ । लोकलाज दुबैलाई पचिसकेको छ । दैव ! यही नै तिनका लागि लोकतन्त्र भएको छ ।

    विधि र पद्दति आत्मगत र मनोगत विवादको विषय बनेका छन् । पछिल्लो एक महिनाको यो उठबस र बसउठ माउसुलीको पुच्छर चुँडालेको बराबर छ । अनुत्पादक छलफल गरिरहने, आरोप प्रत्यारोपमा रमाइरहने, पार्टी र सरकारबीच जुहारी चलिरहने श्रृङ्खलाले राष्ट्रिय मुद्दा कति पछाडि धकेलियो भनेर नेताहरुले गम्भीर भएको दृष्टान्त अहिलेसम्म कहीं कतै छैन ।

    हामी शीर्ष टाउकाहरुको राजनीतिको नाममा बिसङ्गत संस्कारलाई र लोकतन्त्रका नाममा भाडतन्त्रको मात्र पक्षपोषण गर्न अभ्यस्त भइरहेका छौं । जनसरोकार र जनजीविकाका भयावह मुद्दा द्रबित बनाएर, अपहेलित बनाएर पार्टी र सरकारले शनैशनै विश्वासको डुङ्गामा बनाइरहेको छिद्र हेरेर हेरिनसक्नु छ । राष्ट्रवाद कस्मेटिक श्रृङ्गारको पोतोजस्तो भएको छ । यो जलप बिहान लगायो साँझ पखालिन्छ, साँझ पोत्यो रात्रीमै बिद्रूप अनुहार ह्वाङ्ग हुन्छ । असार १० गतेदेखि आजको मितिसम्म सत्तारुढ नेकपा यति गतिहीन देखिएको छ, योभित्र हाँसको चाल पनि भेटिंदैन, बकुल्लाको चाल पनि देखिदैन ।

    महाब्याधी उत्कर्षउन्मूख छ, अर्थतन्त्र गतिशील छैन, संघीयताको घाऊ सम्हाल्न मुस्किल भइरहेको अर्थमन्त्री नै बताइरहेका छन्, एमसीसीको राष्ट्रवाद विश्व बैंकको अनुदानसँग शरणागत भइरहेको छ, प्राकृतिक विपत्तिले निम्त्याएको कहर र कोलाहल अत्यासलाग्दो छ, बैदेशिक रोजगारी र बेरोजगारीले घाँटी अँठ्याउँदै गएको छ, अधिकांश संवैधानिक अङ्ग निस्क्रियप्रायः छन्, संघीय कानूनको निर्माण भाडमा गएको छ, तर सत्तारुढ नेकपा विवादलाई लिएर रत्यौली खेलिरहेको छ । पार्टी र सरकार दुबै प्राणविहीन बुख्याँचा जस्तो छ तर यो अरुलाई तर्साउन मस्त छ, व्यस्त छ ।

    रणनीतिक मुद्दामा, कार्यनीतिक सवालमा, नीतिमा ठोसको त अपेक्षा नै ब्यर्थ छ, सतही बहस पनि छैन । न उद्योग, न कृषि, न पर्यटन, न शिक्षा न स्वास्थ्य अहो भन्नलायक, एक दुई तीन गरेर गन्नलायक उपलब्धी खोई यो दुई वर्षमा ? सैद्धान्तिक छिद्रहरुमाथि बहसको गुञ्जायस नै छैन । स्वार्थपरक वैयक्तिक माग र मुद्दा भनेको फगत नेताहरुको जुँगाको लडाई मात्र हो भन्ने प्रमाणित गर्न अब कुनै ज्योतिष नचाहिने भएको छ । पार्टी र सरकार दुबै अँधेर नगरी चौपट राज आहानका पात्र बनेर लोक हँसाइरहेका छन् ।

    नेकपा नै लोकतन्त्र होइन । नेकपा नै गणतन्त्र पनि होइन । नेकपा नै संघीयता होइन । नेकपा मात्र परिवर्तन होइन । नेकपा फगत साधन मात्र हो यो कहीं पनि साध्य होइन । नेकपा फगत एउटा अंग मात्र हो यो नै मूलतत्व वा मूलआत्मा होइन । नेकपा चिराचिरा, धूलोपिठो भए पनि नेपालमा तत्कालै लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र ढल्दैन, मर्दैन । नेकपा एक भएर पृथ्वी आफ्नो अक्षमा घुमिरहेको छ भन्ने भ्रमबाट पार्टीका शीर्ष नेताहरु मुक्त हुनपर्छ । जनतामा बढ्दो निराशा, असन्तुष्टी, घृणाले ठोस आकार पाउनुअगाडि नेकपाले सरकार र पार्टीको तर्फबाट आफ्नो आकार ग्रहण गरेन भने त्यो बेला अबेला हुनसक्छ । हामीले जोडले भन्नसक्नपर्छ कि थितिमा बस कि आआफ्नो बाटो समात । मोही माग्ने ढुङ्ग्रो लुकाउने अब चल्दैन ।

    नेकपा बेथिति र बिंगतिको दलदलमा दबिंदै जाँदा पनि प्राप्त लोकतन्त्रमाथि भीषण पहिरो जाने होइन । किनकि, परिवर्तनलाई संस्थागत गर्न नसक्ने, प्राप्त उपलब्धीलाई गुणमा रुपान्तरण गर्न नसक्ने, घोषित लक्ष्य र कार्यक्रमहरुबाट शनैशनै च्यूत हुँदै गइरहेको नेकपा एकमा दुई, दुईमा तीन र तीनमा चार भए पनि लोकतन्त्र भर्सेलामा पर्दैन । उसै पनि एकता र विभाजन सँगै बोकेर भएको पार्टी एकीकरणको औचित्य र सान्दर्भिकता नै अहिलेसम्म कहाँ देखिएको छ र ?

    भित्र आझसम्म त्रिकोणात्मक दौड निरन्तर छ  अन्तरविरोध, अन्तरसंघर्ष, विवाद र बहसको समाधान नीति र विचारमा हो वा अन्त्यहीन अप्राकृतिक सम्झौताहरुमा ? नेताहरुबीच हुँदै आइरहेका कपाली तमसुकजस्ता सम्झौताले पार्टीको जीवन र पद्दतिलाई कहाँसम्म गतिशील बनाउँछ ? छड्के किनाराका साक्षीहरु आजको भोली नै चुकूल ठोकर ङ्यारङ्यार ङुरङुर गर्ने अराजक परिपाटी पार्टी जीवनलाई कहाँ लैजान्छ ? आज ओलिसहितको र भोली ओलीइतरको यो भेला र छलफलको निश्कर्ष के ? समाधान के ? खुमलटार वालुवाटार भैंसेपाटी दोहोरीमा देश कहिलेसम्म अनिर्णयको बन्दी भएर बस्नपर्छ ? विवाद, असहमति, वार्ता, छलफल, संवादले छिरोलिएको यो परालको गुन्टा कस्ने पो कहिले हो, कसले हो ?

    प्रचण्डले खोजेको र ओलीले रोजेको स्वार्थ पूरा नभएसम्म हामी यही रमिताको साक्षी हुनपर्ने ? हे पशुपतिनाथ, कापे, कुईंचे र छिकिर्कनीको ओली, दाहाल र नेपालको यो रमिता चाँडै अन्त्य होस् र देशले आफ्नो व्यवस्थालाई छिटो सूचारु गरोस् । नेताहरु भरोसालायक नभएपछि पशपतिनाथमै भर पर्नु जो रहेछ ।

  • कविता : छिमेकी

    कविता : छिमेकी

    अच्युत सिग्देल, न्युयोर्क

     

    मेरो धुरीबाट 

    धुँवा उडेको देखेपछि 

    हनहनी ज्वरो आउँछ 

    बारीको काँक्रा फर्सी

    मेवा र मकैको घोगामा 

    चोखे लगाउँछ 

    ऱ्याल चुहाउँछ 

    औंसी पुर्णे लागिरहन्छ 

    उसलाई 

    कहिले मेरो घरको 

    जग उस्को हो भन्छ

    कहिले मेरो आगनको पर्खाल सार्छ 

    बाजे भन्नु हुन्थ्यो, 

    वुवा भन्नु हुन्थ्यो 

    छिमेकी सार्न सकिन्न 

    मर्दा पर्दा चाहिन्छ 

    मन नलागी नलागी म पनि त्यसै भन्छु

    तर मेरो सानो छोरा

    पटक्कै मन पराउदैन उसलाई

    हेर्न नै चाहदैन 

    उस्को कुटिल र कपटी अनुहार 

    सॉझ बिहानै 

    मेरो घर तेर्स्याएर 

    विष्टाउने उस्को बानी 

    पटक्कै मन पर्दैन उसलाई 

    हाम्रो

    सानो घर, सानो ऑगन 

    कम सँख्याको परिवार 

    सिमित घर खेत 

    कम खर्च र कम आयश्रोत 

    खुसी र सुखी परिवारको 

    हैसियत सोधी रहन्छ उ 

    कहिले कुलो नदिने मेसो 

    कहिले बाटो नदिने वहानामा 

    कच्कच गरिरहन्छ

    हेपाहा बनेर 

    आजकल 

    हाम्रो बाउबाजेको छालामा 

    छेकारो लगाउन थालेको छ 

    हिजो अस्तिदेखि भन्न थालेको छ 

    ऑखै नलाग्नु रे 

    हिड्दै नहिड्नु, छिर्दै नछिर्नु 

    गोली ठोकिदिन्छु पो भन्छ 

    मापाको भएको छ छिमेकी

    रिसले मुर्मुरिएको छोरा

    भुत्ते खुकुरी उध्याएर बस्छ 

    ऑगनको डिलमा हुक्का तान्दै

    काका उखानमा उस्काउँछन्

    सुकेको नाडीको बल 

    अनाड़ीलाई के थाहा ? 

    उहिले नालापानीमा 

    पानी मात्र खान पाएको भए 

    कान्धारसम्म चन्द्र सुर्य गाढिन्थ्यो  

    बजियाको छातीमा 

    घोडा दौडाउन पाईन्थ्यो 

    म्लेच्छको बाँझो पऱ्यो 

    त्यसको झट्केलो छिमेकीको 

    दिनदिनको बुहार्तन कति सुन्नु

    हुक्काको सर्को उडाउँदै काका भन्छन् 

    ‘अति गर्नु अतिसार नगर्नु’

    फेरी सोचेर एकै छिन 

    तर पनि छिमेकी हो 

    मर्दा पर्दा चाहिन्छ 

    अलिअलि त सहनै पऱ्यो !