काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान सुरु गरिएको छ । राजश्व अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको हो । बरामद भएको सुन झण्डै एकसय किलोको भएको अनुमान गरिए पनि यकिन परिमाण आज थाहा हुने बताइएको छ । सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्याक्सी चालकसहित ६ जना पक्राउ परेका छन् । विमानस्थल… Continue reading क्विन्टलमा सुन भित्राउन ठूलो व्यापारीको हात रहेको आशंका, ६ जना पक्राउ, अनुसन्धान जारी
Category: कानुनी कुरा
काठमाडौं विमानस्थलबाट एक क्विन्टल सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानालाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार,… Continue reading काठमाडौं विमानस्थलबाट एक क्विन्टल सुन बरामद
ठमेलमा क्लव सञ्चालकमाथि कुटपिट गर्ने ५ जना पक्राउ
काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङ छन् । प्रहरीका अनुसार १५ असारमा क्लबमा बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक… Continue reading ठमेलमा क्लव सञ्चालकमाथि कुटपिट गर्ने ५ जना पक्राउ
समलिंगी जोडीको विवाह दर्ता गर्न अदालतले किन मानेन ?
काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक समलिंगी जोडीको विवाद दर्ता गर्न अस्वीकार गरेको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले समलिंगी विवाह गर्ने कानूनी व्यवस्था नरहेको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो । उनको इजलासको आदेशमा भनिएको छ, ‘कुनै पुरुष वा महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा निवेदन दिनसक्ने कानूनी व्यवस्था रहेको देखिएकोमा प्रस्तुत दर्ताद्वारा विवाह गरी… Continue reading समलिंगी जोडीको विवाह दर्ता गर्न अदालतले किन मानेन ?
कांग्रेस केन्द्रिय समितिको बैठक आजबाट
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने छ । त्यसअघि बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठक… Continue reading कांग्रेस केन्द्रिय समितिको बैठक आजबाट
ललितानिवास काण्डमा भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले मंगलबार श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए । श्रेष्ठ २०६० सालमा भूमीसुधार विभागका महानिर्देशक थिए। २०६० सालमा ललिता निवासको केही जग्गा हालसाविक गर्ने नाममा राणा परिवारको नाममा दर्ता गर्ने… Continue reading ललितानिवास काण्डमा भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ
बहालवाला सचिव परे सिआइबीको फन्दामा
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा बहालवाला सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न १७६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दा उनलाई जोगाएको थियो । भ्रष्टाचारजन्य गैरकानुनी कार्यमा प्रत्यक्ष संलग्नता पुष्टि… Continue reading बहालवाला सचिव परे सिआइबीको फन्दामा
दुई दर्जन ठेकेदारलाई सरकारले सोध्यो स्पष्टीकरण
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन निर्माण व्यवसायीलाई कालोसूचीमा किन नराख्ने भनेर सात दिने लिखित स्पष्टीकरण सोधेको छ। २५ निर्माण व्यवसायी–आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए ३० दिनभित्र खरिद कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न भनेकोमा उनीहरूले अटेर गरेका हुन्।… Continue reading दुई दर्जन ठेकेदारलाई सरकारले सोध्यो स्पष्टीकरण
घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपियाँ घुस लिएको आरोपमा मोरङबाट एकजना लेखा अधिकृतलाई पक्राउ गरेको छ । जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार, आयोगको कार्यालय इटहरीबाट… Continue reading घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ
अव्यवस्थित बसोबासी र सुकुम्बासी व्यवस्थापन ६ महिना भित्र सक्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले वाग्मती किनारमा रहेका अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । बैठकपछि समितिका निर्देशन सुनाउँदै समिति सचिव उदयकुमार भण्डारीले समितिको बैठकले वाग्मती किनारमा रहेको अव्यवस्थित बसोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन… Continue reading अव्यवस्थित बसोबासी र सुकुम्बासी व्यवस्थापन ६ महिना भित्र सक्न संसदीय समितिको निर्देशन
निर्माण व्यवसायी शरद गौचनको हत्यारा बस्नेतलाई जन्मकैदको फैसला
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोप लागेका समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घटनामा संलग्न भएको ठहर भइसकेका बस्नेतलाई बुधबार सजाय निर्धारण गरेको हो । त्यही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद… Continue reading निर्माण व्यवसायी शरद गौचनको हत्यारा बस्नेतलाई जन्मकैदको फैसला
कंचनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा २ पक्राउ
काठमाडौं । कञ्चपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्चर गाउँपालिका- ५ बस्ने ३९ कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । उनीहरु श्रीमान् श्रीमती हुन् । उनका अनुसार वैशाख २८ गते दोहोरो नागरिकतासम्बन्धी कसुरमा… Continue reading कंचनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा २ पक्राउ
बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप
काठमाडौं । भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ । सुन तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो । बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन् । लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन्… Continue reading बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप
ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो । यो मुद्दामा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् ।… Continue reading ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ
अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पूर्जी
काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निवेदनमा जिल्ला अदालत काठमाडौंले बस्न्यातलाई पक्राउ गर्न अनुमति दिएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार छन् । बस्न्यात ललितानिवास प्रकरणमा पक्राउ परेर थुनामा रहेको अवस्थामा बन्दीप्रत्येक्षीकरणको रिटमार्फत… Continue reading अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पूर्जी
यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ। बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदक जो र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको हो। इजलासले विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको हो। अदालतले विपक्षीलाई १५… Continue reading यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश
ललिता निवास प्रकरणमा समातिएकालाई ७ दिन म्याद थप
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ । न्यायाधीश बासुदेव पौडेलको इजलासले पक्राउ परेका चारै जनाको सात दिन म्याद थप गरेको हो । जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र… Continue reading ललिता निवास प्रकरणमा समातिएकालाई ७ दिन म्याद थप
सुनचाँदी पसलमा चोरी बढ्यो, व्यवसायीले मागे सुरक्षा
काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी पसलहरूमा लुटपाट बढेको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन्। सुनचाँदी व्यवसायीको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै आर्थिक मन्दी बढेसँगै लुटपाट बढेको जनाएको छ। आइतबार बिहान २ बजे मात्रै महोत्तरीका दुई वटा सुनचाँदी पसल तोडफोड गरी गहना चोरी भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। … Continue reading सुनचाँदी पसलमा चोरी बढ्यो, व्यवसायीले मागे सुरक्षा
प्रेमी-प्रेमिकाको चोरी धन्दा, अष्ट्रेलिया जाने लक्ष्य
काठमाडौं । गत जेठ २८ गते ललितपुरको मानभवनमा ग्लोवल लिंक टेक्नोलोजीमा चोरी भयो। जिल्ला प्रशासन कार्यालय सामुन्नेबाट ल्यापटपहरू चोरी भएपछि संचालक ओमप्रकाश प्रधानले प्रहरीमा उजुरी गरे। ललितपुरका अन्य स्थानमा पनि यस्तै प्रकारको चोरीको उजुरी आइरहेपछि प्रहरीले चोरीमा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन अनुसन्धान अघि बढायो। झण्डै २ साताको अनुसन्धानपछि प्रहरीले शनिबार काठमाडौंको कलंकी नजिकै रहेको… Continue reading प्रेमी-प्रेमिकाको चोरी धन्दा, अष्ट्रेलिया जाने लक्ष्य
सट्टेबाजी गरेको आरोपमा भ्लगर तामाङ पक्राउ
काठमाडौं । काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्ने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए । एसपी रेग्मीका अनुसार पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी परिसर टेकुमा पठाइएको छ । यसअघि जेठ… Continue reading सट्टेबाजी गरेको आरोपमा भ्लगर तामाङ पक्राउ
‘देशको सार्वभौमिकतामा म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी सिनेमा चल्न नदिने निर्णयविरूद्ध दिएको अन्तरिम आदेश नमान्ने बताएका छन् । अदालतको आदेश आएको केहीबेरमा उनले सामाजिक सञ्जालमार्फत उक्त टिप्पणी गरेका हुन्। मेयर शाह लेख्छन् , “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले… Continue reading ‘देशको सार्वभौमिकतामा म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’
भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै अन्तरिम आदेश छलफलका लागि… Continue reading भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश
नक्कली नागरिकता बनाउन सहयोग गरेका पूर्व गोर्खा सैनिक पक्राउ
काठमाडौं । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ । बेलायत पठाउन बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै नागरिकता बनाइदिएको… Continue reading नक्कली नागरिकता बनाउन सहयोग गरेका पूर्व गोर्खा सैनिक पक्राउ
चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्षको कैद सजाय
काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ। मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो। प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार… Continue reading चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्षको कैद सजाय
नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्नेमा
काठमाडौं । यसअघि अल्पकालीन अन्तरिम आदेश दिएका न्यायाधीश मनोज शर्माको इजलासमा नागरिकता संशोधन ऐनसम्बन्धी रिटको पेसी परेपछि हेर्न मिल्ने नमिल्ने हुँदै स्थगित भएको छ । राष्ट्रपति पौडेलले तत्कालीन संघीय संसद्का दुवै सदनमा पारित भएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गरेका थिए । उक्त विधेयक प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले… Continue reading नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्नेमा
नातिलाई छोरा भन्दै नागरिकता बनाउने पक्राउ
काठमाडौं । दाङमा नातिलाई छोरा भन्दै नागरिकता बनाइदिएको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ सिमलखुटीका ज्ञानबहादुर विकले नाति विवेकलाई छोरा हो भन्दै नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिएका छन् । प्रहरीले ज्ञानबहादुर, उनकी पत्नी जोगिनी विक, नाति विवेक विक, नागरिकता बनाउन साक्षी बस्नेहरू सावित्राकुमारी विक,… Continue reading नातिलाई छोरा भन्दै नागरिकता बनाउने पक्राउ
खाण, रायमाझी र पाण्डेसहित १६ जनालाई थुनामा पठाउन आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले प्रतिवादी लक्ष्मी महर्जनलाई पाँच लाख र… Continue reading खाण, रायमाझी र पाण्डेसहित १६ जनालाई थुनामा पठाउन आदेश
प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले सिनामंगलमा निर्माण गरिरहेको भवनको सम्बन्धमा काठमाडौं महानगरपालिकाले चासो देखाएको छ । वडा नम्बर ९ मा प्राधिकरणको नाममा दर्ता कायम भएको जग्गामा अनुमति नलिई भवन निर्माण गरेपछि महानगरले पत्र काटेको हो । महानगरले प्राधिकरणलाई पत्र लेख्दै प्रचलित कानुन बमोजि उक्त भवन निर्माण भएको छ कि छैन भनेर विवरण दिन भनेको छ… Continue reading प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो
प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या
काठमाडौं । तनहुँमा बिहे गरेको २ महिनाकै अवधिमा श्रीमतीको हत्या भएको छ । जिल्लाको व्यास नगरपालिका ४ चिहानडाँडामा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र युवतीको शव भेटिएको थियो । शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त शव ब्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षकी रंगिला भुजेलको भएको खुलेको छ । २४ जेठदेखि माइती पक्षको सम्पर्कमा नरहेकी… Continue reading प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या
‘एनसेल मुद्दामा नेपाललाई न्याय’
काठमाडौं । नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपालको पक्षबाट वकालत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय अदालतबाट नेपालको पक्षमा न्याय दिलाउन खट्ने सबै पक्षलाई धन्यवाद दिएको हो । बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले एनसेलले स्वामित्व खरिद बिक्रीमा नेपालमा भएको लाभकर… Continue reading ‘एनसेल मुद्दामा नेपाललाई न्याय’