आज बस्नेछ प्रतिनिधिसभाको बैठक, एमालेको विरोध जारी

काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारका लागि बोलाइएको छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा एमालेको अवरोध भने जारी रहेको छ । बैठक अगाडी प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्नेछ । संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाको बैठकमा थारु आयोगको तेस्रो… Continue reading आज बस्नेछ प्रतिनिधिसभाको बैठक, एमालेको विरोध जारी

राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाताले भोट हाल्ने

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दुई हजार २५ जना मतदाताले भोट हाल्ने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेसँगै यो संख्या कायम भएको हो । सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेका थिए । बिहान ११… Continue reading राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ जना मतदाताले भोट हाल्ने

माओवादी केन्द्रको बन्दसत्र आइतबारसम्म स्थगित, भोली नै नेतृत्व चयन हुने सम्भावना

RSS

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्म स्थगित गरिएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएको थियो । ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । यसबीचमा नेताहरुबीच सहमतिको… Continue reading माओवादी केन्द्रको बन्दसत्र आइतबारसम्म स्थगित, भोली नै नेतृत्व चयन हुने सम्भावना

लागू औषधको कसुरमा र्‍यापर लाहुरे पोखराबाट पक्राउ

काठमाडौ ।  चर्चित र्‍यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ लागू औषधको कसुरमा पक्राउ परेका छन् । उनलाइ प्रहरीले  पाेखराबाट पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर काराेबार गरेकाे आराेपमा प्रहरीले ‘लाहुरे’ लाई पक्राउ गरेकाे हाे । लाहुरेसहित चार जना जनालाई हिजाे बुधवार राति पाेखराकाे न्युराेडबाट पक्राउ गरिएकाे कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी गराएका छन् । … Continue reading लागू औषधको कसुरमा र्‍यापर लाहुरे पोखराबाट पक्राउ

माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्न प्रक्रिया शुरु हुँदै

RSS

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने भएको छ ।  जारी बन्दसत्रमा बिहिवार समेत प्रतिनिधिले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने छन् ।  छलफलको निष्कर्ष सुनाउने क्रम आजै सकिने दुवै प्रतिवेदन अनुमोदन गराउने तयारी छ । त्यसपछि  नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।… Continue reading माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्न प्रक्रिया शुरु हुँदै

आज सिरहामा निषेधाज्ञा, कारण के हो ?

सिरहा । स्थानीय प्रशासनले सिरहामा बिहानैबाट निषेधाज्ञा जारी गरेको छ । प्रहरीका अनुसार जनमत पार्टीले केही दिनदेखि यहाँ आमहडताल र चक्काजाम गरिररहेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्गलाई लक्षित गरेर चक्काजाम गरेको छ । स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म दुई दिन निषेधाज्ञा आदेश जारी… Continue reading आज सिरहामा निषेधाज्ञा, कारण के हो ?

माओवादी केन्द्रको पदाधिकारी १५ सदस्यीय हुने

RSS

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी १५ सदस्यीय हुने भएको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुभएलगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । विधानको मस्यौदाअनुसार माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुने भएको… Continue reading माओवादी केन्द्रको पदाधिकारी १५ सदस्यीय हुने

गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा पाकेटमार गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् । गेष्ट हाउसमा बसेर पशुपतिनाथ मन्दिर परिसरमा पकेटमार धन्दा धलाइरहेका उनीहरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । प्रहरीले सार्वजसिनक गरेको विवरण अनुसार २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग… Continue reading गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम

राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार शनिबारसम्म दल दर्ताको समय दिइएको थियो । आयोगले पुस १२ बाट निर्वाचन प्रक्रिया थाल्दैछ । शुक्रबार आठ र शनिबार चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिला गरि… Continue reading राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता

१४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १४ मा स्थानीय तहको निर्वाचन देशभर एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण… Continue reading १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

ओलीले संसद विघटन गरेको एक वर्ष पुरा, राजनीतिक अस्थिरताले के भए उथलपुथल ?

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफु तल पर्ने डरले गरेको एक कदमका कारण पछिल्लो एक वर्षमा मुलुकले सबैभन्दा ठूलो क्षति बेहोर्नु परेको छ । यस्तो कदमको शुरुवात भएको दिन हो आज पुस, ५ । गत वर्ष आजकै दिन ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । ओलीले आफू हट्नुपर्‍यो भने प्रधानमन्त्रीको कुर्सीमा… Continue reading ओलीले संसद विघटन गरेको एक वर्ष पुरा, राजनीतिक अस्थिरताले के भए उथलपुथल ?

कांग्रेस सभापतिमा पहिलो चरणमा कसले कति मत ल्याए ?

काठमाडौं । कांग्रेस सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो भएका क्रमशः शेर बहादुर देउृवा र शेखर कोइरालाबीचमा दोस्रो चरणको निर्वाचन हुने भएको हो । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुने भएको हो । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये… Continue reading कांग्रेस सभापतिमा पहिलो चरणमा कसले कति मत ल्याए ?

पत्रकार डेकेन्द थापाको हत्या अभियोगमा १७ वर्षपछि तीन जनामाथि जन्मकैदको सजाय सुनाइयो

काठमाडौं । पत्रकार डेकेन्द्रराज थापाको हत्या आरोप लागेका मध्ये तीन जनामाथि दैलेख जिल्ला अदालतले जन्मकैद सुनाएको छ । नेपालमा सशस्त्र द्धन्द्धका बेला पत्रकार थापाको २०६१ साउन २७ मा जिल्लाको नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । सो क्रममा उनको ज्यान गएको थियो । दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापालाई… Continue reading पत्रकार डेकेन्द थापाको हत्या अभियोगमा १७ वर्षपछि तीन जनामाथि जन्मकैदको सजाय सुनाइयो

कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान

रासस

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । १४ औं महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ । सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा भइरहेको छ । शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ नेतृत्वको होडमा छन् । बिहान ८ बजेबाट मतदान सुरू भएको हो ।मतदानका लागि प्रदर्शनीमार्गमा तीन मतदान स्थल… Continue reading कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान

कांग्रेसमा झण्झटिलो मतदान, एक जनालाई १ घण्टासम्म लाग्ने

रासस

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा हुने निर्वाचनको मतदानमा झण्झटिलो प्रक्रियाका कारण लामो समय लाग्ने भएको छ । एक जना मतदाताले पदाधिकारी सहित १३४ जना उम्मेदवारका लागि कुल २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । सोहीकारण एक जना महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न आधा घण्टादेखि एक घण्टासम्म समय लाग्ने छ । निर्वाचन समितिका अनुसार ूसभापति, हरेक… Continue reading कांग्रेसमा झण्झटिलो मतदान, एक जनालाई १ घण्टासम्म लाग्ने

४० वर्ष बिना सुनुवाई जेलमा बिताएका दुर्गाप्रसादले ५ लाख भारु क्षतिपूर्ति पाउने

काठमाडौं । भारतीय जेलमा ४० वर्षसम्म बिना सुनुवाइ बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले ५ लाख भारतीय रुपैयाँ (८ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति पाउने भएका छन् । कलकत्ता उच्च अदालतले यस्तो आदेश गरेको हो । न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई पाँच लाख भारु तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारका नाममा आदेश दिएको… Continue reading ४० वर्ष बिना सुनुवाई जेलमा बिताएका दुर्गाप्रसादले ५ लाख भारु क्षतिपूर्ति पाउने

प्रकाशमानले अडान नछाड्दा कांग्रेसमा देउवाको प्रतिस्पर्धी छान्न सकस

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले आफु पार्टी सभापतिमा उम्मेदवार हुने अडान नछाडेका कारण संस्थापन इत्तर पक्षले उमेदवार तय गर्न अझै सकेको छैन । साझा उम्मेदवार खोजि देउवालाई टक्कर दिने रामचन्द्र पौडेल समूहको प्रयास अझै सार्थक हुन सकेको छैन । कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरबाट शुरु हुँदैछ , तर, अहिलेसम्म साझा उमेदवार तय हुन… Continue reading प्रकाशमानले अडान नछाड्दा कांग्रेसमा देउवाको प्रतिस्पर्धी छान्न सकस

भक्तपुरमा ३३ वर्षिय युवाको आफ्नै साथिले गरे हत्या, ऋण तिर्न नपरोस भनि मारेको बयान

भक्तपुर । भक्तपुरमा एक जनाको कुटपिटबाट हत्या भएको छ । आफूले लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरेको खुलेको हो । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले फर्माले हानेर हत्या गरेको खुलेको हो । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला… Continue reading भक्तपुरमा ३३ वर्षिय युवाको आफ्नै साथिले गरे हत्या, ऋण तिर्न नपरोस भनि मारेको बयान

महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

काठमाडौं । १४ औं महाधिवेशनका क्रममा नेपाली कांग्रेसले शक्ति प्रदर्शन नगर्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो जानकारी गराएका हुन् । मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने उनको भनाई छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार उनले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा… Continue reading महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालतको आदेश

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को दसौं महाधिवेशन नरोक्न उच्च अदालत पाटनले आदेश गरेको छ । सरकारले मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनु भनिएको पत्र कार्यान्वयन नगर्न भन्दै उच्च अदालतबाट अन्तरिम आदेश जारी भएको हो । एनआरएनका अध्यक्ष कुमार पन्तले दिएको रिटमा न्यायाधीश श्रीमण कुमार गौतम र नरिश्वर भण्डारीको इजलासले आइतबार सो… Continue reading एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालतको आदेश

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको खुलासा

काठमाडौं । सत्तारुढ दलहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाउन तयारी गरिरहेको खुलेको छ । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारी स्वयमःले यस्तो तयारीबारे खुलासा गरेका हुन् । शुक्रबार एक अन्तरक्रियामा बोल्दै दुबै सांसदले यस्तो जानकारी गराएका हुन् । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्युत गर्नु… Continue reading प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको खुलासा

राप्रपामा निर्वाचन प्रक्रिया थालिँदै, कसले मार्ला बाजी ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया थालिँदैछ । अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन उठेका छन् । एकता महाधिवेशन नाम दिइएको राप्रपाको महाधिवेशन बुधबारबाट भृकुटीमण्डपमा शुरु भएको हो । भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र बुधबार नै सुरु भइसकेको छ । डा. प्रकाशचन्द्र लोहनी, पद्मसुन्दर लावतीलगायत नेताहरू लिङ्देनको पक्षमा छन् ।… Continue reading राप्रपामा निर्वाचन प्रक्रिया थालिँदै, कसले मार्ला बाजी ?

सर्वोच्चमा आजबाट गोलाप्रथाबाट पेसी तोकिने, प्रन्याको अधिकार कटौती

काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रथाबाट न्यायाधिशहरुको पेशी तोकिने भएको छ । विहान १० बजे सबै न्यायाधीश भेला हुने र गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात हुने गरि प्रक्रिया बनाइएको छ । यसअघि प्रधानन्यायाधीयको तजविजी अधिकारको आधारमा पेशी तोक्ने प्रचलन रहेको थियो । बुधबारदेखि शुरु हुने नयाँ पेसी… Continue reading सर्वोच्चमा आजबाट गोलाप्रथाबाट पेसी तोकिने, प्रन्याको अधिकार कटौती

एमालेमा चरम विवाद, बिहान १० बजे हुने भएको बन्दसत्र अझै शुरु भएन

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र आइतबार बिहान १० बजेका लागि तोकिएको थियो । आजै निर्वाचन प्रक्रियामा गएर पदाधिकारीको टुंगो लगाउने भनिए पनि चरम विवादका कारण अहिलेसम्म बन्दसत्र समेत शुरु भएको छैन । अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई केन्द्रीय सदस्यको सूची बनाउन… Continue reading एमालेमा चरम विवाद, बिहान १० बजे हुने भएको बन्दसत्र अझै शुरु भएन

सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा जारी आन्दोलनबारे कानुन व्यवसायीसङ्ग छलफल गर्ने भएका छन् । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्रीले शुक्रबार बालुवाटार बोलाएका हुन् । शुक्रबार बिहान साढे १० बजेका लागि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीसङ्ग छलफल गर्नेछन् । दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरू… Continue reading सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने

आज सर्वोच्च अदालतमा फुल कोर्ट बस्दै

काठमाडौं । सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्ने भएको छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने बारे निर्णय गर्न फुलकोर्ट बैठक लागेको बताइएको छ । बैठकले  आगामी सातादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने तयारी समेत छ । अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा आफैले पेसी तोक्दै आएका छन् । अघिल्लो बिहीबार बसेको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको… Continue reading आज सर्वोच्च अदालतमा फुल कोर्ट बस्दै

गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनमा पुनः रोक लगाएको छ । संघले डिसेम्बर १५ मा नयाँ निर्वाचन गर्ने गरि मिति सार्वजनिक गरेको थियो । तर, वर्तमान कार्यसमितिले विधान अनुसार निर्वाचन गराउन नमिल्ने तर्क गर्दै मन्त्रालयले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फत मात्र गर्न गराउन… Continue reading गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

आज कांग्रेसको प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत आज बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका स्थानमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो। अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुन्ने कार्यक्रम छ । यसै अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन… Continue reading आज कांग्रेसको प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुँदै

नेपालमा शान्ती सम्झौता भएको १५ वर्ष पुरा, आर्थिक समृद्धिको सपना अधुरै

काठमाडौं । सशस्त्र द्धन्द्ध गरिरहेको माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ मा विस्तृत शान्ति सम्झौता भएको थियो । नेपालमा चलेको दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्न यो सम्झौताले ऐतिहासिक सफलता प्राप्त गरेको थियो । सम्झौता पत्रमा सरकारका तर्फबाट… Continue reading नेपालमा शान्ती सम्झौता भएको १५ वर्ष पुरा, आर्थिक समृद्धिको सपना अधुरै

आइतबार पनि कानून व्यवसायीले सर्वोच्चमा बहस नगर्ने

काठमाडौं । कानुन व्यवसायीले आइतबार पनि सर्वोच्च अदालतमा बहस नगर्ने भ्एका छन् । कानून व्यवसायी प्रधानन्यायाधीशले राजिनामा दिनु पर्ने माग राखी पछिल्लो एक महिनायता आन्दोलनरत छन् । उनीहरुले आइतबार बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय लिएका हुन् । शुक्रबार बसेको नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिको बैठकले थप विरोधका कार्यक्रम सार्वजनिक गर्दै… Continue reading आइतबार पनि कानून व्यवसायीले सर्वोच्चमा बहस नगर्ने