१५ मंसिर अगाडी नै उपनिर्वाचनको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी १५ मंसिर अगावै उपनिर्वाचन सम्पन्न गर्न सरकार समक्ष सिफारिस गरेको छ। आयोगका अनुसार मध्य मंसिरभन्दा अगाडी नै उपनिर्वाचन सक्न सरकारलाई सिफारिस गरिएको छ । आयोगले उपनिर्वाचनको विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेको छ । अब दलहरुसँगको छलफलमा मिति तयर गर्ने सरकारको छ । आयोगका अनुसार अहिले देशभर ५० स्थानमा उपनिर्वाचन गराउनु पर्ने… Continue reading १५ मंसिर अगाडी नै उपनिर्वाचनको सिफारिस

फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य

काठमाडौं । अब फिल्म हलमा चलचित्र शुरु हुनु अगाडी नेपालको राष्ट्रिय ज्ञान बज्ने भएको छ । सरकारले ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा उक्त प्रावधान समेटेको छ । उक्त विधेयक अब संसदमा दर्ता हुने प्रक्रियामा छ । सूचना तथा संचार प्रविधि मन्त्रालयले तयार पारेको यस विधेयक अनुसार हलमा चलचित्र प्रदर्शन सुरु हुनुअघि अनिवार्य नेपालको राष्ट्रिय ज्ञान बजाउनु… Continue reading फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य

बालुवाटार प्रकरणका आरोपितले गरे आत्महत्या

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका पूर्वकर्मचारी युक्तप्रदाद श्रेष्ठले आत्महत्या गरेका छन् । उनी मालपोत कार्यालयबाट २०६० सालमा नासु पदबाट सेवा निवृत्त भएको प्रहरीले पुष्टी गरेको छ । आइतबार दिउँसो २ बजे बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर श्रेष्ठले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ… Continue reading बालुवाटार प्रकरणका आरोपितले गरे आत्महत्या

प्रेमिका हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाडौं । प्रेमिकालाई हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जको टोलीले १२ वर्षदेखि फरार राजेश लामालाई पक्राउ गरेको हो । काभ्रे, रोशी गाउँपालिका, ३ घर भई ललितपुरमा बस्दै आएका लामालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले बताएको छ सीआईबीले आइतबार उनलाई सार्वजनिक गर्यो । २७ पुस ०६४… Continue reading प्रेमिका हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

निर्मला पन्त हत्याको एक वर्ष, न्याय दिन सरकार असफल

काठमाडौं । १३ वर्षिय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १ वर्ष पुगेको छ । कंचनपुर जिल्ला, भीमदत्त २ उल्टाखामकी निर्मलाको एक वर्ष अगाडी बलत्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । यसबीचमा संसारभरबाट यस घटनाको आलोचना भयो । थुप्रै आन्दोलन भए । सरकारले पनि आधा दर्जन छानविन समिति र अनुसन्धान टोली… Continue reading निर्मला पन्त हत्याको एक वर्ष, न्याय दिन सरकार असफल

भारतीयको नेपाली नागरिकता रद्द

काठमाडौं । सरकारले भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द गरिदिएको छ । भारतीय नागरिक मुन्सीलाल पासीको नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । तराई क्षेत्रमा भारतीय नागरिकले नेपाली नागरिकता लिने क्रम तीब्र छ । सरकारले भारतीयको नागरिकता रद्द गरी सम्बन्धित कर्मचारीमाथि पनि कारवाहीको प्रक्रिया अगाडी बढाउने… Continue reading भारतीयको नेपाली नागरिकता रद्द

मान्छे मारेर भागेका व्यक्ति ३४ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका व्यक्ति फरार भएको ३४ वर्षपछि पक्राउ परेका छन् । बारा जिल्ला, फेटा गाउँपालिका-३ जलेश्वरका लखिचन साह कलवारलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले मंगलबार दिउँसो कलैया उपमहानगरपालिका-१० निलकण्डबाट पक्राउ गरेको बताइएको छ । ३० असार २०४२ मा फेटा… Continue reading मान्छे मारेर भागेका व्यक्ति ३४ वर्षपछि पक्राउ

नक्कली भिसा र सेटिङ गरी विदेश जान खोज्ने विमानस्थलबाटै फर्काइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले मंगलबार विदेश जान विमानस्थल पुगेका करीव ३० युवालाई घर फर्काइदिएको छ । कार्यालयका अनुसार कोरिया जान हिँडेका २९ युवा र सान्जेन भिसा लिएर स्विट्जरल्यान्ड उड्न लागेका एक युवा लाई फकाइएको हो । उनीमध्ये सान्जेन भिसा वाहक युवाको भिसा नक्कली पाइएपछि अध्यागमनले हिरासतमा लिएको कार्यालयले पुष्टी गरेको छ ।… Continue reading नक्कली भिसा र सेटिङ गरी विदेश जान खोज्ने विमानस्थलबाटै फर्काइए

कांग्रेसका दुई दर्जन नेता कार्यकर्ता निष्कासनमा

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दुई दर्जन स्थानीय नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको अनुशासन कमितिले २३ जना स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गरेको कांग्रेसले उल्लेख गरेको छ । सोलुखुम्बुमा २०, रौतहटमा २ र दैलेखमा १ जनालाई पार्टीबाट निष्कासन भएका छन् । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, प्रस्तावक र समर्थक भई पार्टी… Continue reading कांग्रेसका दुई दर्जन नेता कार्यकर्ता निष्कासनमा

प्रतिवन्धित नेटवर्किङ व्यवसाय अझै जारी, तीन पक्राउ

काठमाडौं । नेपालमा सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिवन्ध गरेपनि विभिन्न रुपमा यसको अवेशष भने बाँकि रहेको पाइएको छ । प्रहरीले आइतबार चितवनबाट तीन जनालाई नेटवर्किङ व्यवसाय गरेको आरोपमा पक्राउ गरेको छ । धरान उपमहानगरपालिकाका जहरमान घिसिङ, गोरखा पालुङटार नगरपालिकाका दलबहादुर गुरुङ र रुपन्देही बुटवल उपमहानगरपालिकाकी पार्वती केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ… Continue reading प्रतिवन्धित नेटवर्किङ व्यवसाय अझै जारी, तीन पक्राउ

थाइल्याण्डमा अलपत्र नेपाली विद्यार्थी घर फर्के

काठमाडौं । नेपालबाट तालीमका लागि थाइल्याण्ड पुगि अलपत्र परेका १० नेपाली विद्यार्थीलाई दूतावासको सहयोगमा नेपाल फर्काइएको छ । बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको सोमबार विज्ञप्ती जारी गर्दै बताएको छ । काठमाडों, बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीमार्फत उनीहरु थाइल्याण्ड पुगेको दूतावासले जनाएको छ । उनीहरु फूड एण्ड बेभरेज तालिमका लागि बैंककस्थिति इन्टरनेशनल… Continue reading थाइल्याण्डमा अलपत्र नेपाली विद्यार्थी घर फर्के

१७ वर्षिय किशोरको साथमा २ किलो सुन

काठकाडौं । अबैध २ किलो सुनसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुबेशी घर भएका १७ वर्षीय भिमबहादुर तामाङ पक्राउ परेका हुन् । उनलाई नागढुंगामा प्रहरीले पक्राउ गरेको जानकारी छ । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले गोप्य सूचना पाएपछि चेकजाँचका क्रममा… Continue reading १७ वर्षिय किशोरको साथमा २ किलो सुन

नेकपाले टुंग्यायो जिल्ला इन्चार्ज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लामा जिल्ला इन्चार्ज तथा सहइन्चार्जको टुंगो लगाएको छ । अध्यक्षद्धय केपि शर्मा ओली र प्रचण्डले प्रस्ताव गरेका जिल्ला इन्चार्ज तथा सहइन्चार्जको नाम पार्टीले अनुमोदन गरेको छ । यसैगरी ६ महानगरको इन्चार्ज पनि तोकिएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु… Continue reading नेकपाले टुंग्यायो जिल्ला इन्चार्ज

विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

काठमाडौं । प्रहरीले विप्लव समूहका प्रभावशाली नेता माइला लामालाई पक्राउ गरेको छ । उनी विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज हुन् । काँडाघारीबाट शनिबार मध्यरातमा लामा पक्राउ परेको महानगरीय अपराध महाशाखाले पुष्टी गरेको हो । उक्त स्थानबाट दुई जना पक्राउ परेको प्रहरीको भनाई छ । अर्का विप्लव कार्यक्रता रेशम तामाङ हुन । नेता लामालाई काठमाडौं… Continue reading विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

१५ लाख घुससहित ३ इन्जिनियर पक्राउ

काठमाडौं । पछिल्लो समय इन्जिनियरहरु घुससहित पक्राउ पर्ने क्रम तिब्र भएको छ । शनिबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ गरेको हो । कर्णाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेको अख्तियारले जानकारी दिएको छ । शनिबार बर्दियाको गेरुवा गाउँपालिकाबाट इन्जिनियर कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको… Continue reading १५ लाख घुससहित ३ इन्जिनियर पक्राउ

जिम्वावे क्रिकेट आइसीसीको निलम्बनमा

लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जिम्बावे क्रिकेटलाई निलम्बन गर्ने निर्णय गरेको छ । राजनीतिक हस्तक्षेपको शिकार भएको जिम्बावे क्रिकेट संघलाई निम्बन गर्ने निर्णय आइसीसीले गरेको हो । लण्डनमा सम्पन्न आईसीसीको बोर्ड बैठकले जिम्बावेलाई दिँदै आएको सबै प्रकारका अनुदान समेत रोक्ने निर्णय गरेको छ । निलम्बनमा परेसँगै उक्त मुलुकले अब आइसीसीद्धारा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा… Continue reading जिम्वावे क्रिकेट आइसीसीको निलम्बनमा

धाविका बिवोटमाथि ८ वर्षको प्रतिवन्ध

केन्या । केन्या एथलेक्सिका विभिन्न विधामा एक सफल मुलुक हो । खासगरी दौडका विभिन्न इभेन्टमा यस मुलुकले ठूला प्रतियोगिताबाट थुप्रै पदक भित्राइसकेको छ । तर, खेलाडीहरु भने बेला बेला विवादमा तानिन्छन् । त्यो पनि डोपिङ टेस्ट प्रकरणमा । चर्चित धाविका सलोम बिवोट ८ वर्षको प्रतिबन्धमा परेकी छिने । डोपिङ टेस्टमा असफल भएपछि उनीमाथि प्रतिवन्ध लगाइएको… Continue reading धाविका बिवोटमाथि ८ वर्षको प्रतिवन्ध

धनगढी विस्फोटमा विप्लव कार्यकर्ताको संलग्नता, १ जनाको निधन

फाइल तस्वीर

धनगढी । धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा विप्लव समूहको संलग्नताको आंशका प्रहरीले गरेको छ । विस्फोटमा परी गम्भीर घाइते बझाङका रवी सिंहको बिहीबार राती निधन भएको छ । प्रहरीका अनुसार उनी विप्लव समूहका कार्यकर्ता हुन । उनी स्वयमःले टीफीन बक्समा बोकेको विस्फोटक पदार्थ विस्फोट भएको थिया । घटनामा अन्य ४ जना घाइते छन् ।… Continue reading धनगढी विस्फोटमा विप्लव कार्यकर्ताको संलग्नता, १ जनाको निधन

कैलालीमा विस्फोट, ५ जना घाइते

फाइल तस्वीर

धनगढी । धनगढी उपमहानगरपालिमा बिहीबार साँझ बम विस्फोट भएको छ । कैलाली शहीद गेट नजिकै एक होटल अगाडि बिहीबार शक्तिशाली बम विष्फोट भएको कैलाली प्रहरीले पुष्टी गरेको छ । विष्फोटमा परी ५ जना घाइते भएका छन् । विस्फोटमा परी घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको… Continue reading कैलालीमा विस्फोट, ५ जना घाइते

सालीसँगको प्रेमपछि श्रीमतीको हत्या

पोखरा । आफन्तबाटै ज्यान लिने जघन्य अपराध पुनः पोखरामा घटेको छ । पोखरा रामबजारका रमेश नेपालीले आफ्नै श्रीमतीको हत्या गरेको तथ्य प्रहरीले फेला परेको छ । श्रीमती लक्ष्मी परियारको हत्या गरेको उनले स्वीकार गरिसकेका छन् । उनले लक्ष्मीकी मामाकी छोरी (रमेशकी साली पर्ने) अनु परियारसँगको प्रेमपछि श्रीमतीको हत्या गरेको डरलाग्दो रहस्यसमेत प्रहरीले फेला पारेको छ… Continue reading सालीसँगको प्रेमपछि श्रीमतीको हत्या

लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा

काठमाडौं । प्रहरीले हतियारसहित राजधानीबाट आइतबार तीन जनालाई पक्राउ गरेको छ । अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नयाँ बसपार्कस्थित तारा गेष्टहाउसबाट पक्राउ गरेको हो । उनीहरुले गेष्ट हाउसमा बसेर लुटपाटको योजना बनाएको सुराक प्रहरी समक्ष पुगेको थियो । पक्राउ पर्नेमा झापाका स्थायी बासिन्दा अहिले काठमाडौं टोखा बस्ने ३६ वर्षिय सबिन खवास, नुवाकोटका ३७… Continue reading लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा

लेविको विषयले कांग्रेसको नियमावली विवादमा

काठमाडौं । सक्रिय कार्यक्रतासँग लेवि उठाउने विषय समेटिएको कांग्रेसको नियमावली विवादमा परेको छ । काठमाडौंमा बसेको काग्रेस केन्द्रिय समिति बैठकमा सक्रिय कार्यक्रतासँग लेवी उठाउने उठाउने विषय र अनुशासनको कारवाही कडा गराउने विषय बढी आलोचित बनेका छन् । नेताहरुबीच यी दुई विषयमा अलगअलग धारणा आएका कारण निष्कर्ष ननिस्किएको हो । लेवि उठाउने प्रथा कम्यूनिष्टको भएको भन्दै… Continue reading लेविको विषयले कांग्रेसको नियमावली विवादमा

सरकारको प्रतिवाद गर्न कांग्रेस र राष्ट्रिय जनता पार्टी एकै ठाउँ

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारको प्रतिवाद गर्न सहकार्य गर्ने निर्णय गरेका छन् । सरकारका पछिल्ला निर्णय, संसदमा प्रस्तुत गरेका विवादित विधेयक र नागरिक हत्याको ऋंखला बढ्दै गएपछि दई दल सरकारविरुद्ध एक साथ उभिन तयार भएका छन् । दुई दलबीच सहकार्यको वातावरण कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभाका दलका नेता… Continue reading सरकारको प्रतिवाद गर्न कांग्रेस र राष्ट्रिय जनता पार्टी एकै ठाउँ

चार प्रहरी एक लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित ४ जना प्रहरीलाई पक्राउ गरेको छ । राजधानीको सामाखुसीस्थित एक मिठाई पसलबाट उनीहरुलाई पक्राउ गरिएको आयोगले जानकारी दिएको छ । उनीहरुलाई रंगेहात पक्राउ गरिएको बताइएको छ । घुस लेनदेनको गोप्य सूचना पाएपछि अख्तियारको टोली मिठाई पसलमा पुगेको थियो । तर, पक्राउ पर्ने प्रहरीको नाम भने खुलाइएको… Continue reading चार प्रहरी एक लाख घुससहित पक्राउ

फिङ्गर प्रिन्ट्स दिएको ९ महिना भयो, अहिलेसम्म ग्रीनकार्ड आएन ?

रमेश श्रेष्ठ कानुन ब्यबसायी ,न्युयोर्क मैले मेरो शरणार्थीको निवेदन स्वीकृति भएको आधारमा आई–४८५ एप्लिकेसन एक वर्षअघि युएससीआईएसमा पेश गरेको थिएँ । साथीहरुको सल्लाहअनुसार आई–४८५ एप्लिकेसनको फी नराखी फी वेभरको फर्म आई–९१२ भरेर पठाएको थिएँ । निवेदन प्राप्त भएको रिसिप्ट र फिङ्गर प्रिन्टको एप्वाइन्टमेन्ट पनि आयो । फिङ्गर प्रिन्ट्स दिएको पनि ९ महिना भइसक्यो अहिलेसम्म ग्रीनकार्ड… Continue reading फिङ्गर प्रिन्ट्स दिएको ९ महिना भयो, अहिलेसम्म ग्रीनकार्ड आएन ?

भागेका थुनुवा फेरी पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट फरार तीन थुनुवामध्ये २ जना पुनः पक्राउ परेका छन् । उनीहरु मंगलबार हिरासतको ग्रिल उप्काएर भागेको प्रहरीले बताएको थियो । लागु औषध कारोबार र चोरीको आरोपमा पक्राउ परेका थिए । अभियुक्त रुद्रलाल श्रेष्ठ, समशेर माझी र रवीकुमार तिमल्सिना हिरासतबाट भागेका थिए । भागेका मध्ये रुद्रलाल श्रेष्ठ, समशेर माझी… Continue reading भागेका थुनुवा फेरी पक्राउ

सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न आदेश दिएको छ । अर्को आदेश नआएसम्म तत्कालका लागि असार १८ मा मन्त्रीपरिषद्ले विषादी परीक्षण गर्ने निर्णय फिर्ता कार्यान्वयन नगर्न आदेश दिएको हो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गरेको… Continue reading सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास

भोजपुर । बुधबार बिहानै भोजपुर सदरमुकाम मै नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता र प्रहरीबीचको गोली हानाहानमा दुई जनाको ज्यान गएसँगै सर्वसाधारणमा त्रास फैलिएको छ । मुलुक शान्ती प्रक्रिया टुंग्याएर राजनीतिक स्थायित्वतर्फ अगाडी बढ्दै जाँदा सरकारले विप्लव समूहलाई प्रतिवन्धित समूह घोषणा गरेको छ । यसको प्रतिवादस्वरुप विप्लव समूहले गतिविधि बढाएसँगै देशभर त्रासको वातावरण शुरु भएको छ… Continue reading भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास

प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

काठमाडौं । प्रहरीको गोलीबाट धमाधम नागरिक मारिन थालेसँगै संसदमा प्रतिपक्षी दलले गृहमन्त्री समक्ष स्पष्टिकरण माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापाको चर्को आलोचना गरे । सर्लाहीमा बालक अमित रायको क्रसर उद्योगले खनेको खाल्डोमा परी मृत्यु भएपछि उठेको स्थानीयको आन्दोलनमाथि प्रहरीले गोली चलाउदा सरोजनारायण महतोको निधन भएको थियो । यो गैरन्यायिक हत्यामार्फत… Continue reading प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रधानमन्त्रीलाई परिचय पत्र हस्तान्तरण गरेको हो । विभाग गृहमन्त्रालय मातहतको निकाय हो । विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्रीलाई परिचयपत्र हस्तान्तरण गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री पत्नी राधिका… Continue reading प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र