२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती माथि कुटपिट भएको छ । उग्र प्रदर्शमा उत्रिएका जेन जी प्रदर्शनकारीले देउवा र उनकी पत्नी आरजु राणा देउवा माथि कुटपिट गरेको पुष्टी भएको छ । यो भिडियो समेत समाजिक सञ्जालमा सार्वजनिक भएको छ । जसमा देउवा दम्पत्ति रक्ताम्य अवस्थामा देखिएका छन् । प्रदर्शनमा… Continue reading देउवा दम्पत्तिमाथि जेन-जी आन्दोलनकारीले गरे हातपात, रक्ताम्य अवस्थामा फेला
Category: कानुनी कुरा
रास्वपा सभापति लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा भएका छन् । ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले राससलाई जानकारी दिए । सहकारी ठगीसम्बन्धी अभियोगमा उहाँ सो कारागारमा थुनामा थिए ।
काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो
२४ भदौ, सुरुङ्गा । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो । काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको… Continue reading काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो
जेन-जी’ प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय
२४ भदौ, काठमाडौं । सरकारले जेनजी युवाले सोमबार आयोजना गरेको प्रदर्शनमा भएको जनधनको क्षतिको न्यायिक छानबिन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।उनका अनुसार सोमबारको प्रदर्शनमा ज्यान गुमाएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै उचित राहत… Continue reading जेन-जी’ प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय
भन्सार छलीका कपडा र मोटरसाइकलसहित युवक पक्राउ
२२ भदौ, सिरहा । भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् ।… Continue reading भन्सार छलीका कपडा र मोटरसाइकलसहित युवक पक्राउ
दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ
१८ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल (काभ्रेपलाञ्चोक)मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले… Continue reading दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ
श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ
१८ भदौ, अर्घाखाँची । यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा मंगलबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४ वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए । छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान… Continue reading श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ
वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने
रासस१७ भदौ, काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा परेको रिट निवेदन पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि संवैधानिक विषय भएकाले पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश… Continue reading वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने
जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस
१७ भदौ, काठमाडौं । न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। परिषद्को बैठकबाट सिफारिस हुने जिल्ला न्यायाधीशमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल रहेको न्याय परिषद्का सूचना अधिकारी सुमन पाण्डेले जानकारी दिए । त्यस्तै,… Continue reading जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस
अदालतको अवहेलनासम्बन्धी मुद्दामा श्रेष्ठलाई लिखित जवाफ माग
१७ भदौ, काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ माग गर्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उनीसँग लिखित जवाफ आएको सात दिनभित्र सुनुवाइका लागि अग्राधिकारसमेत दिएको छ । मोरङ जिल्ला स्थायी घर भएका कानुनका विद्यार्थी… Continue reading अदालतको अवहेलनासम्बन्धी मुद्दामा श्रेष्ठलाई लिखित जवाफ माग
तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ
१७ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट रु तीन करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गारखा जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भनिन्, “करिब रु… Continue reading तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ
लहानमा आमा र छोरा मृत फेला
१७ भदौ, सिरहा । यहाँको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन् । रञ्जितासँगै रहेका नौ महिनाका अर्का… Continue reading लहानमा आमा र छोरा मृत फेला
नापि अधिकृतविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर
१३ भदौ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय भैरहवा रूपन्देहीका कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजनीतिक व्यक्ति र माथिल्लो विभागीय प्रमुखलाई प्रभावमा पारेर नापी अधिकृत प्रमुख रहने दरबन्दी रिक्त बनाई वर्षौंसम्म निमित्त… Continue reading नापि अधिकृतविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर
इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ
१२ भदौ, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ । कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । निजलाई कसुरबमोजिम कानूनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला… Continue reading इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ
रुबी साहका हत्या आरोपी पासवानको मृत्यु
११ भदौ, काठमाडौं । रौतहटको रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको आज साँझ उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको छ । आत्मदाहको प्रयास गरेका उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा आज साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी… Continue reading रुबी साहका हत्या आरोपी पासवानको मृत्यु
काठमाडौंको नागार्जुनबाट जुवा तास खेल्ने र खेलाउने नौ पक्राउ
११ भदौ, काठमाडौं । प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–२ सानोभ¥याङका ५२ वर्षीय श्यामकृष्ण महर्जन, ललितपुर, महालक्ष्मी नगरपालिका–४ का ५७ वर्षीय पूर्णबहादुर थापा, काठमाडौँ महानगरपालिका–२६ का ४६ वर्षीय राजेश महर्जन, गुल्मी, सत्यवती गाउँपालिका–१ का ३७ वर्षीय प्रदीप पाण्डे, काठमाडौँ महानगरपालिका–१३… Continue reading काठमाडौंको नागार्जुनबाट जुवा तास खेल्ने र खेलाउने नौ पक्राउ
संवैधानिक इजलास गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत
११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नरहेको बताएका छन् । आज प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको छ । प्रधानन्यायाधीशले आफूले तोकेको चार न्यायाधीश तोक्ने पाउने संवैधानिक अधिकार प्रयोग गरेर इजलास गठन गरेको बताए ।… Continue reading संवैधानिक इजलास गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत
जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराउने होटल सञ्चालक पक्राउ
८ भदौ, जनकपुर । आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन् । प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि… Continue reading जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराउने होटल सञ्चालक पक्राउ
लागुऔषधसहित सात जना पक्राउ
५ भदौ, चितवन । जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो । उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । भारतको विहार राज्यको पश्चिम… Continue reading लागुऔषधसहित सात जना पक्राउ
नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा चार जना पक्राउ
४ भदौ, बागमती । नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली सुनसहित हेटौँडा उपमहानगरपालिका– ११ सुकुम्वासी टोलमा कोठा भाडामा लिई बस्दै आएका मकवानपुरगढी गाउँपालिका– २ निवासी ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका– ८ निवासी ४५वर्षीय सूर्यबहादुर नेगी, सोही… Continue reading नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा चार जना पक्राउ
चक्कु प्रहारबाट युवकको मृत्यु
४ भदौ, रौतहट । यहाँस्थित यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ । आज अपराह्न ३ बजेतिर गौर नगरपालिका–३ का सोनु भन्ने सनोज रामसँग वादविवाद हुँदा रामले चक्कु प्रहार गर्दा निजको मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौर नगरपालिका–८ बाँसघारीमा गाँजा सेवन गर्ने क्रममा बादविवाद हुँदा रामले… Continue reading चक्कु प्रहारबाट युवकको मृत्यु
माओवादी अध्यक्ष दाहालले भेटे रवि लामिछाने
४ भदौ, पाटन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले लामिछानेसँग भेटगरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमासमेत चासो राख्नुभएको दाहालको सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिए ।… Continue reading माओवादी अध्यक्ष दाहालले भेटे रवि लामिछाने
ट्राफिक प्रहरीद्वारा चोरी भएका ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण
१ भदौ, काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । यहाँ आयोजित कार्यक्रममा १९ मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले सवारी धनीको… Continue reading ट्राफिक प्रहरीद्वारा चोरी भएका ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण
रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो
३१ साउन, काठमाडौं । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ । अहिले साँझ उनलाई जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए । कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा… Continue reading रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो
रवि लामिछानेलाई कारागार सरुवा गरिने
३१ साउन, काठमाडौं । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ । कारागार सरुवाका लागि निवेदन दिएका सभापति लामिछानेलाई आज नक्खु कारागार ल्याउने निर्णय गरिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले राससलाई बताए । उनका अनुसार उक्त निर्णयको पत्र… Continue reading रवि लामिछानेलाई कारागार सरुवा गरिने
चक्रे मिलन एक लाख १० हजार धरौटीमा रिहा
३० साउन, भक्तपुर । चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ रु एक लाख १० हजार धरौटी बुझाएर रिहा भएका छन् । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आजै धरौटीमा छाड्न आदेश दिएको थियो । २०८१ भदौ १० गते मध्यपुर थिमि–२, दिव्यश्वरी प्लानिङस्थित तावा रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेको अभियोगमा… Continue reading चक्रे मिलन एक लाख १० हजार धरौटीमा रिहा
लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार
रासस३० साउन, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरुमाथि दुई राउड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए… Continue reading लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार
अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना
२९ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित ‘धरहरा टपरी मःम’का सञ्चालकलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि रु दुई लाख जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिकाले नियमित अनुगमनका क्रममा धरहरा टपरी मःमका सञ्चालकले बिक्रीवितरणका लागि तयार गरेको मःममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाको कृषि तथा खाद्य… Continue reading अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना
राज्य व्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा
२७ साउन, काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समिति सभापतिको पदबाट राजीनामा दिएका छन् । सभाको आजको बैठकमा समय माग गरेर बोल्दै उनले सभापतिका रूपमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले हस्ताक्षर गरेको र सो विधेयकका केही विषयमा त्रुटि भएकाले आफूले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने लागेर राजीनामा दिएको स्पष्ट पारे… Continue reading राज्य व्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा
सर्वोच्च अदालतबाट मुकुल ढकालको रिट खारेज
२७ साउन, काठमाडौं । सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेकोे रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले आज उक्त रिट निवेदन खारेज हुने आदेश गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उक्त विवादमा रिट निवेदन… Continue reading सर्वोच्च अदालतबाट मुकुल ढकालको रिट खारेज