पेरिस छाड्ने मानिसका कारण ७ सय किलोमिटरसम्म ट्राफिक जाम

Photo source : BBC

पेरिस । फ्रान्स सरकारले आजबाट लागु हुने गरी १ महिले लामो लकडाउन घोषणा गरेको छ । त्यसको पूर्वसन्ध्यामा फ्रान्सको राजधानी पेरिस छाड्ने मानिसको अत्यधिक संख्या सडकमा निस्किएपछि ७ सय किलोमिटर भन्दा बढी लामो ट्राफिक जाम भएको छ । बीबीसीका अनुसार ग्रामिण भेगबाट राजधानी शहर पेरिसमा आएर बसेका धेरै मानिस गाउँ फmर्कन गाडी लिएर सडकमा आएका… Continue reading पेरिस छाड्ने मानिसका कारण ७ सय किलोमिटरसम्म ट्राफिक जाम

एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु

भक्तपुर । भक्तपुरमा एक प्रेमिकाको विषयमा भएको झगडाले उग्ररुप लिँदा तीन जना साथिबीच झडप भएको छ । यस क्रममा एक जनाको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने तीन जना भारतीय मजदुरबीच मदिरा सेवनपछि प्रेमिकाको विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ । सोही क्रममा झडप भएको र त्यसले उग्ररुप… Continue reading एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु

यो वर्ष कांग्रेसको चियापान नहुने

काठमाडौं । नेपाली कांग्रेसले यो वर्ष चाडबाडका उपलक्ष्यमा कुनै पनि चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन यस्तो समारोह गर्दै आएको छ । कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसले जनाएको छ । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई… Continue reading यो वर्ष कांग्रेसको चियापान नहुने

सरकारलाई रवीन्द्र मिश्रको ८ प्रश्न, ‘नेपालका प्रधानमन्त्री खुफिया एजेन्सीकै स्तरका हुन ?’

काठमाडौं । साझा पार्टीका संयोजक तथा नेता रवीन्द्र मिश्रले नेपालका प्रधानमन्त्री भारतीय खुफिया एजेन्सीकै स्तरमा झरेको भन्दै सरकारसमक्ष प्रश्न गरेका छन् । प्रधानमन्त्रीले अघिल्लो साता ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आई सुटुक्क प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । यो विषय आलोचित भइरहँदा मिश्रले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका नाममा विभिन्न ८ प्रश्न राखेका छन् । जसमा… Continue reading सरकारलाई रवीन्द्र मिश्रको ८ प्रश्न, ‘नेपालका प्रधानमन्त्री खुफिया एजेन्सीकै स्तरका हुन ?’

खगोल विज्ञानमा नेपाललाई दुई अवार्ड

mars.nasa.gov

काठमाडौं । यो वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुइ अवार्ड जितेको छ । नेपालले ‘अनरेबल मेन्सन अवार्ड’ जितेको हो । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ जितेका हुन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले यसको पुष्टी गरेको छ… Continue reading खगोल विज्ञानमा नेपाललाई दुई अवार्ड

प्रधानमन्त्रीले दशैंको शुभकामना सन्देशमा पुरानो नक्सा राखेपछि…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहान देशवासीलाई दिएको दशैंको शुभकामना विवादमा परेको छ । उनले शुभकामना सन्देशमा राखेको नेपालको निशान छापमा पुरानो नक्सा प्रयोग भएको छ । यसमा भारतद्वारा अतिक्रमित नेपाली भूमि, लिम्‍पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहित समेटेर सार्वजनिक गरिएको नेपालको नयाँ नक्सा भने छैन । सरकारले निकै तामझामसहित ल्याएको नयाँ नक्सालाई प्रधानमन्त्री… Continue reading प्रधानमन्त्रीले दशैंको शुभकामना सन्देशमा पुरानो नक्सा राखेपछि…

एक वर्ष पुरानो नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु

काठमाडौं । चीनमा फुड पोइजनिंगका कारण ९ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार फ्रिजमा राखिराखेको करिब १ वर्ष पुरानो नुडल्स खाँदा ९ जनाको ज्यान गएको हो । स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् । उनीहरुले नुडल्स ५ अक्टोबरमा खाएका थिए । त्यसपछि १० अक्टोबरसम्म ७ जनालाई… Continue reading एक वर्ष पुरानो नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु

सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति

काठमाडौं नेपाल सरकारले गत कार्तिक २ गते कोभिड १९ कोरोनाभाइरसबाट सङ्क्रमितहरुको परिक्षण, उपचार तथा शव व्यवस्थापन आफैले गर्नुपर्ने भनि गरेको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालले आपत्ति जनाउँदै प्रेस बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा सरकारको निर्णय जनताको स्वास्थ्यप्रति गरिएको ठूलो खेलवाड भएको र आधारभूत स्वास्थ्य नागरिकको मौलिक हक हो भन्ने मान्यतामा जोड दिइएको छ । सरकारी… Continue reading सरकारको निर्णयप्रति बहिर्गमित जनमुक्ति सेना नेपालको आपत्ति

आज सबैभन्दा चम्किलो देखिने छ मंगलग्रह, कसरी हेर्ने ?

mars.nasa.gov

काठमाडौं । अन्तरिक्षसम्बन्धी अध्येताहरुका लागि आज विशेष दिन हो । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुनेछन् । यसले पृथ्वीबाट मंगलग्रह निकै ठूलो र चम्किलो समेत देखिनेछ । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा रहने अमेरिकी अन्तरीक्ष निकाय नासाले उल्लेख गरेको छ । यस्तो… Continue reading आज सबैभन्दा चम्किलो देखिने छ मंगलग्रह, कसरी हेर्ने ?

काठमाडौंमा महामारी : अटेरी जनता-निदाएको स्थानीय सरकार

काठमाडौं । नजिकिएको दशैंसँगै स्वाभाविक रुपमा बजारमा भिडभाड बढ्छ । सरकारले सोही प्रयोजनका लागि बजार पसल खुला राख्न दिने निर्णय समेत गरेको छ । तर, त्यस क्रममा अनिवार्य सामाजिक दूरी कायम गर्न भनिएको छ । अनिवार्य साबुन पानीले हात धुनुपर्ने, माक्स लगाउनु पर्ने र भिडभाड नगर्न समेत आग्रह गरेको छ । तर, बजारमा त्यसको पालना… Continue reading काठमाडौंमा महामारी : अटेरी जनता-निदाएको स्थानीय सरकार

बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्यूत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको अभिव्यक्ति दिएपछि उनीविरुद्ध कांग्रेसले निसाना बनाएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. भट्टराईलाई चुनौती समेत दिएको छ । सभापति शेरबहादुर देउवा समेतको नाम भष्ट्राचारमा… Continue reading बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई

राजस्व बढाउने सरकारी नीति, मंहगो मदिरा र गाडीको आयात खुल्यो

काठमाडौं । सरकारले कोरोना महामारी शुरु भएसँगै लगाएको महंगो विदेशी मदिरा र महंगा गाडीको आयात खुला गरेको छ । यसअघि कोरोना नियन्त्रणमा लागेको लकडाउनसँगै २४ चैतमा राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले तयारी मदिराको पैठारीमा रोकेको थियो । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो। उता, ५० हजार डलर… Continue reading राजस्व बढाउने सरकारी नीति, मंहगो मदिरा र गाडीको आयात खुल्यो

दाङमा दिपावली र हर्षोलास, बुटवल निरास

भालुबाङ, २१ असोज । एकसाता अगाडी सम्म बुटवलको पहिचान प्रदेश ५ को अस्थायी राजधानीको थियो । प्रदेशका महत्वपूर्ण गतिविधि बुटवललाई केन्द्रित हुने गरी भइरहेका थिए । तर, मंगलबारबाट बुटवलको पहिचान पुरानै अवस्थामा फर्किएको छ । यो अब लुम्बिनी क्षेत्रको एक पुराना शहर मात्र बनेको छ । उता, दाङले भने अब नयाँ पहिचान पाएको छ ।… Continue reading दाङमा दिपावली र हर्षोलास, बुटवल निरास

प्रसुती गृहमा एक आमाले जन्माइन ५ शिशु

काठमाडौं । एक आमाको कोखबाट जुम्ल्याहा शिशु जन्मनु समेत ठूलै कुरा मानिन्छ । कँही कतै तीन या चार जना शिशुु सम्म जन्मेको सुनिन्छ । तर, आज नेपालमा एक आमाले ५ शिशुलाई एकै पटक जन्म दिएकी छिन् । यी भाग्यमानी आमा हुन, नुवाकेटकी २८ वर्षिया सोमिका तामाङ । उनले थापाथलीस्थित प्रसुती गृहमा एकै पटक पाँच शिशुुलाई… Continue reading प्रसुती गृहमा एक आमाले जन्माइन ५ शिशु

प्रदेश सभामा कुर्सी तोडफोड पार्टी नीतिविपरित : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नं ५ को प्रदेश सभामा आज पार्टीका सांसदले देखाएको अराजक गतिविधि पार्टीको नीति विपरित भएको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सोमबार साँझ ट्वीट गर्दै यो घटना पार्टीको नीति विपरित भएको बताएका हुन् । उनले भनेका छन्, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली… Continue reading प्रदेश सभामा कुर्सी तोडफोड पार्टी नीतिविपरित : कांग्रेस

कोरोना परीक्षणमा स्पेनको एडभान्स प्रविधि, १५ मिनेटमै पिसिआर नतिजा

स्पेन । स्पेनले कोरोना भाइरसको परीक्षणमा सबैभन्दा एडभान्स प्रविधि भित्राएको छ । बीबीसीका अनुसार अब यो मुलुकमा पिसिआर परीक्षणको नतिजा १५ मिनेटै आउनेछ । कतिपय मुलुकमा नतिजा ढिला आउँदा समेत संक्रमण फैलिरहेको सन्दर्भमा यो प्रविधि संक्रमणको फैलावट रोक्न फलदायी हुने विश्वास लिइएको छ । स्पेनमा दोस्रो पटक कोरोनाको लहर प्रारम्भ भएको छ । १५ मिनेटमा… Continue reading कोरोना परीक्षणमा स्पेनको एडभान्स प्रविधि, १५ मिनेटमै पिसिआर नतिजा

प्रदेश ५ को प्रस्तावित स्थायी राजधानीमा जग्गाको कारोबार बन्द

बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी प्रस्तावित गरेको क्षेत्रमा अब जग्गाको कारोबार अनिश्चितकालका लागि बन्द भएको छ । सरकारले स्थायी राजधानीका रुपमा प्रस्ताव गरेको दाङको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गा कारोबार रोक्का भएको हो । यसअघि… Continue reading प्रदेश ५ को प्रस्तावित स्थायी राजधानीमा जग्गाको कारोबार बन्द

सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा प्रतिपक्षी कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस वर्तमान सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा पुगेको छ । यसका लागि तयारी थाल्ने निष्कर्षमा कांग्रेस पुगेको हो । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार जनताका समस्यामा असहिष्णु रहेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आन्दोलनको विकल्प नरहेको निष्कर्ष समेत निकालेको छ । सरकारविरुद्ध सदन र सडकबाट आन्दोलनको तयारी थालिएको नेताहरुले बताएका छन् ।… Continue reading सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा प्रतिपक्षी कांग्रेस

रसियाबाट साढे २ करोड खोप नेपाल आउने खबरले तातियो विश्वबजार

काठमाडौं । मंगलबार विश्वभर एक खबर सनसनिपूर्ण रुपमा फैलियो, रसियाले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालले साढे २ करोड डोज खरीद गर्न सम्झौता गरेको छ । त्यो सम्झौता पनि सरकारी निकायले होइन, निजी कम्पनीले । धेरैका लागि अपत्यारिलो लाग्ने यो खबर वास्तविक भएको पुष्टी त्यति बेला भयो, जब रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ)… Continue reading रसियाबाट साढे २ करोड खोप नेपाल आउने खबरले तातियो विश्वबजार

ब्रोइलर चल्लालाई मेहेन्दी लगाउँदै लोकल बनाउँदै…

काठमाडौं । मेहेन्दी एक सौन्दर्य प्रशासन हो । यसले सुन्दरता थप्ने विश्वासमा प्रयोग गरिन्छ । तर, नेपालमा केही व्यक्तिले ब्रोइलर कुखुराको चल्लालाई लोकल कुखुरा बनाउन मेहेन्दी प्रयोग गर्ने खुलेको छ । रोचक तथ्य त यसरी लोकलमा परिणत भएको कुखुरा सधैभरी लोकल नै बन्दैन । १०\ १२ दिनपछि यसको आफ्नो वास्तविक स्वरुप खुल्छ र ग्राहकले आफु… Continue reading ब्रोइलर चल्लालाई मेहेन्दी लगाउँदै लोकल बनाउँदै…

नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी

काठमाडौं । सरकारले एसिड आक्रमण गर्ने व्यक्तिहरुविरुद्ध कडा कानूनी कारवाहीका प्रावधानसहित नयाँ कानून कार्यान्वयनमा ल्याएको छ । एसिड आक्रमणका दोषिलाई कडा कारवाही गर्ने व्यवस्थासहित कानूनी व्यवस्था गर्न सरकारले आज अध्यादेश जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यावधि सम्बन्धी केही… Continue reading नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी

सीमा विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जना मारिए

Source : BBC

काठमाडौं । सीमानामा रहेको विवादका क्रममा अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध भएको छ । विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थल र हवाई दुबै माध्यमबाट झडप भएको थियो । घटनामा केही घाइते रहेको बताइएको छ । नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै गएको… Continue reading सीमा विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जना मारिए

छाङरुमा अब बाह्रैमास बस्ने भयो सशस्त्र प्रहरी

दार्जुला । नेपाल भारत विवादित भूमि नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म अब बाह्रैमास बस्ने भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिएका छन् । त्यहा अहिले स्थायीरुपमा संरचना निर्माण भइसकेको छैन । सोहीकारण प्रहरी अहिलेलाई भाडाको घरमा बस्ने छ ।… Continue reading छाङरुमा अब बाह्रैमास बस्ने भयो सशस्त्र प्रहरी

सक्रिय संक्रमित २५ हजारबाट माथि गए लकडाउन गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमित संख्या देशभर २५ हजार भन्दा माथि गएमा पुनः लकडाउन गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम बैठकले यस्तो निर्णय गरेको हो । अब २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २५… Continue reading सक्रिय संक्रमित २५ हजारबाट माथि गए लकडाउन गर्न सिफारिस

नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज नयाँ मन्त्रीहरुको विषयमा छलफल हुने भएको छ । सम्भवतः आजैको बैठकबाट मन्त्रिमण्डल परिवर्तनको मोडालिटी बनिसक्ने अपेक्षा नेताहरुले गरेका छन् । मन्त्रिमण्डल परिवर्तन भने निश्चित हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठक बोलाइएको छ । आज बैठक समेत सरकारका काम… Continue reading नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?

लुक्ला विमानस्थलमा पिसिआर रिर्पोट नेगेटिभ नभएका यात्रुलाई प्रवेश निषेध

काठमाडौं । लुक्ला विमानस्थलमा हवाई मार्गबाट जान चाहने सबै यात्रुको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले यस्तो नियम बनाएको हो । तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट… Continue reading लुक्ला विमानस्थलमा पिसिआर रिर्पोट नेगेटिभ नभएका यात्रुलाई प्रवेश निषेध

राजिनामा दिएका डा. युवराज खतिवडा मन्त्रीसरह सल्लाहकारमा नियुक्त

काठमाडौं । अर्थमन्त्रीबाट राजिनामा दिएका डा. युवराज खतिवडालाई सरकारले विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । कानूनी प्रावधानका कारण मन्त्री बन्न नपाउने अवस्था आएसँगै उनले राजिनामा गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्री सरहकै सेवा सुविधा दिने गरी विशेष आर्थिक सल्लाहकार बनाएको हो । सरकारले यो पद आफै सिर्जना गरेको छ । किनकी… Continue reading राजिनामा दिएका डा. युवराज खतिवडा मन्त्रीसरह सल्लाहकारमा नियुक्त

कसले रोक्यो कुलमानको नियुक्ति ?

काठमाडौं । तीब्र जन दवावका बीच सोमबार मन्त्रिपरिषद् बैठकले नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुननियुक्ति दिने अपेक्षा धेरैको थियो । किनकी सरकारले जनप्रिय नियुक्ति दिएर पुनः एक पटक स्यावासी पाउने सम्भावना छ । तर, त्यस विपरित जनताले प्रत्यक्ष निर्वाचनमा हराएका बामदेव गौतमलाई सांसद बनाएर जनमतकै उपहास हुने निर्णय गर्यो, तर कुलमानको पक्षमा निर्णय… Continue reading कसले रोक्यो कुलमानको नियुक्ति ?

अन्ततः बामदेव गौतम बन्ने भए सांसद

काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरिएको हो । उनलाई भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो । राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिले नियुक्ति गर्ने एक सीट खाली रहेको छ ।

तनावपूर्ण खेलमा पीएसजी हार्यो, नेयमारसहित ५ खेलाडीलाई रातो कार्ड

काठमाडौं । सन् १९८४\८५ को लीगयता फ्रेन्च लीग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलो पटक लीगमा लगातार पहिलो दुई हार सामना गर्यो । तर, गत राती खेलमा उसले अर्को झट्का समेत बेहोरेको छ । मार्सेसँग हारेको यो खेलमा ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीले रातो कार्ड पाए । तनावपूर्ण खेलमा मार्सेका दुई खेलाडीलाई समेत रेफ्रीले २… Continue reading तनावपूर्ण खेलमा पीएसजी हार्यो, नेयमारसहित ५ खेलाडीलाई रातो कार्ड