जब सैनिक जहाज काठमाडौंको सडकमा गुड्न थाल्यो..

काठमाडौं । त्रिभुवन विमानस्थलबाट ओर्लिएको जहाज तिनकुने, नयाँ बानेश्वरहुँदै बबरमहलतिर लाग्ने लागेपछि शनिबार बेलुका काठमाडौंको सडकमा यात्रा गरिरहेका धेरैलाई यो दृष्यले एकाएक अचम्मित बनायो । आकाशमा उड्ने र विमानस्थलभन्दा बाहिर नबस्ने ठूलो जहाज सडकमा गुडिरहेको थियो । त्यो पनि आर्मिको । ककपिटमा पाइलट पनि बसिरहेका थिए । धेरैले यो दृष्यलाई आफ्नो मोवाइलमा कैद गर्न समेत… Continue reading जब सैनिक जहाज काठमाडौंको सडकमा गुड्न थाल्यो..

इजरायल र बहराइन सम्बन्ध सुधारमा सहमत, भयो शान्ती सम्झौता

काठमाडौं । इजरायल र बहराइन बीच शान्ती सम्झौता भएको छ । उनीहरु एकअर्काबीच सम्बन्ध सुधारमा सहमत बनेका छन् । यो सम्झौताका लागि पहल भने अमेरिकाले गरेको हो । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिएका छन् । ट्रम्पले ट्वीटमार्फत एक महिनाको अवधिमा इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो मुलुक भएको उल्लेख गरेका छन् । एक… Continue reading इजरायल र बहराइन सम्बन्ध सुधारमा सहमत, भयो शान्ती सम्झौता

लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ

लद्दाख । लद्दाखमा केही महिना अगाडी २० जना भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक मुडभेडपछि यो क्षेत्र अशान्त बनेको छ । दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा त्यसयता पटक पटक फायरिङका घटना हुन थालेका छन् । सोमबार राती समेत दुबै मुलुकका सेनाले सीमानामा चेतावनी फायरिङ गरेको चीनको सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले पुष्टी गरेको… Continue reading लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ

भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण

काठमाडौं । भारत कोरोना भाइरसको महामारीको चक्रब्यूहमा फसेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा यहाँ करीव १ लाख मानिसमा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टी भएको छ । शनिबार २४ घन्टामा ९० हजार ६ सय संक्रमित थप भएको तथ्यांक आएको छ । अब भारतमा कुल संक्रमितको संख्या ४१ लाख ११ हजार पुगेको छ। भारत अहिले… Continue reading भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण

पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टी

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जालो कति भयाभह बनिसकेको छ भन्ने एक उदाहरण देखिएको छ । पुल्चोकमा मच्छिन्द्रनाथको रथ यात्रा विवादका क्रममा बिहीबार दिनभर सडकमा खटिएका प्रहरीमा १८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पुल्चोकमा रथ तान्न पाउनु पर्छ भन्ने यूवाको ठूलो समुहलाई नियन्त्रण गर्न प्रहरी खटिएको थियो । पुल्चोकमा भएको झडप… Continue reading पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टी

नेपालमा आज रेकर्ड ब्रेक संक्रमण

काठमाडौं । एकै दिन हुने कोरोना भाइरसको संक्रमणमा आज रेकर्ड ब्रेक भएको छ । अर्कोतर्फ मृत्यु संख्यामा समेत आज सबैभन्दा धेरै मानवीय क्षति भएको दिन बनेको छ । कोराना भाइरसको संक्रमण निको भएर घर फर्कनेमा समेत आज सबैभन्दा बढी संख्या बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाका धेरैजसो सूचकमा रेकर्ड… Continue reading नेपालमा आज रेकर्ड ब्रेक संक्रमण

आज ललितपुरमा कडा कर्फ्यू, प्रहरीले गोलीसम्म हान्न सक्ने

ललितपुर । बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने विषलाई लिएर भएको विवादले उग्र रुप लिँदा पुल्चोक र पाटन क्षेत्र तनावग्रस्त रह्यो । एक प्रहरीमाथि निर्घात कुटपिट भयो । अन्य स्थानीय र प्रहरीसमेत घाइते भए । यसै सन्दर्भलाई लिएर थप क्षति नहोस भनी आज भने ललितपुरमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र… Continue reading आज ललितपुरमा कडा कर्फ्यू, प्रहरीले गोलीसम्म हान्न सक्ने

प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग मागे युरिया मल पैंचो

काठमाडौं । नेपाल सरकारले बंगलादेश सरकारसँग यूरिया मल पैंचो मागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बंगलादेशी समकक्षी शेख हसिनासँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा बंगलादेश नेपाललाई यूरिया मल दिन सकारात्मक देखिएको प्रधानमन्त्री ओलीले टुइट गर्दै उल्लेख गरेका छन् । नेपालमा समयमै यूरिया मलको खरीद गर्न नसकेपछि मूख्य धानबाली लगाउने बेलामै नेपालमा… Continue reading प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग मागे युरिया मल पैंचो

सरकारले भन्यो : ‘कोरोनासँग नडराऔं, पिसिआर मात्र उपचार होइन’

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट डर होइन, सचेत हुने आह्वान गरेको छ । पछिल्लो समय भनसुनमा पिसिआर गर्ने, एकै व्यक्तिले पहुँचको आधारमा धेरै पटक परीक्षण गर्ने सम्मका घटना बढेपछि सरकारले सरकारले पीसीआर परीक्षणमा मात्र दबाब नदिन आग्रह गरेको छ ।पीसीआर परीक्षण महँगो विधि भएको र त्यस क्रममा सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक… Continue reading सरकारले भन्यो : ‘कोरोनासँग नडराऔं, पिसिआर मात्र उपचार होइन’

पाकिस्तानले खोल्ने भयो स्कुल-कलेज

इस्लामावाद । दक्षिण एसियाली मुलुक पाकिस्तानले स्कुल र कलेज सुचारु गर्ने भएको छ । प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभर शैक्षिक संस्था खोल्न निर्देशन दिएका छन् । उनका अनुसार दक्षिण एसियाका छिमेकी मुलुकहरुको तुलनामा पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको भन्दै अब गतिविधिहरु संचालन गरिने बताएका छन् । सो को तयारीमा लाग्ने… Continue reading पाकिस्तानले खोल्ने भयो स्कुल-कलेज

जापानी प्रधानमन्त्रीद्धारा राजिनामा

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा गरेका छन्। आफ्नो स्वास्थ्यमा आएको खराबीले दैनिक कामकाज गर्न समस्या भएको भन्दै उनले राजिनामा गरेका हुन् । उनको पदावधि एक वर्ष बाँकि थियो । उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गरेका हुन् । आफुले जनताका लागि राम्रो काम गर्न नसक्दा पदमा बस्नुको औचित्य नहुने भन्दै उनले राजिनामाको… Continue reading जापानी प्रधानमन्त्रीद्धारा राजिनामा

नेपालमा कोरोनालाई जित्ने मानिसको संख्या २० हजार नाघ्यो

काठमाडौं । नेपालमा साढे ३५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । त्यसमध्ये आधा भन्दा बढीले भाइरसलाई पराजित गर्न सफल भएका छन् । तथ्यांक अनुसार कोरोना सङ्क्रमितमध्ये ५६ दशमलव ५ प्रतिशत निको भएर घर फकिसकेका छन् । बिहीबार ५ सय ६९ जनाले कोरोनालाई जिते । यससँगै नेपालमा कोरोनालाई जित्नेको संख्या २० हजार ७३… Continue reading नेपालमा कोरोनालाई जित्ने मानिसको संख्या २० हजार नाघ्यो

काठमाडौं निषेधाज्ञा तोड्ने ८ हजार गाडी कारवाहीमा

File photo

काठमाडौं । काठमाडौं उपत्यकामा घोषित निषेधाज्ञा तोड्दै गुडेक ८ हजार सवारी साधन एक साता भित्र कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथ्यांक अनुसार एक सातामा उपत्यकामा ८ हजार १ सय बढी गाडीलाई कारवाहीस्वरुप होल्ड गराइएको छ । उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा प्रारम्भ भएको थियो । बुधबार पूर्वघोषित निषेधाज्ञाको अन्तिम दिन हो । बुधबार बिहानसम्म… Continue reading काठमाडौं निषेधाज्ञा तोड्ने ८ हजार गाडी कारवाहीमा

कोरोनाले विश्वभर ८ लाख १६ हजार ९५० ले गुमाए ज्यान

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्व ज्यान गुमाउने व्यक्तिको संख्या ८ लाख १७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा संसारभर ४ हजार ३२८ जनाको मृत्यु भएको छ । यसले समग्र मृत्यु ८ लाख १६ हजार ९ सय ५० पुर्याएको हो । नेपालमा कोरानाबाट १ सय ५७ जनाको ज्यान गइसकेको छ । विश्वभर २… Continue reading कोरोनाले विश्वभर ८ लाख १६ हजार ९५० ले गुमाए ज्यान

के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस

काठमाडौं । खाडी मुलुकमा संकटमा रहेका नेपाली नागरिकको उद्धारमा सरकारले गरिरहेको ढिलाई र खेलबाडप्रति नेपाली काग्रेसले कडा आलोचना गरेको छ । एक त सरकारले आफ्नो खर्चमा सकंटमा परेका नेपालीको उद्धार गर्न सर्वोच्च अदालतले दिएको आदेशको उल्लंघन गरेको र अर्कोतर्फ महंगो टिकट खर्च भिडाएर कामदारमाथि सरकारले अन्याय गरिरहेको कांग्रेसको आरोप छ । कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले… Continue reading के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस

मालिमा सैन्य कु, राष्ट्रपतिबाट राजिनामा

काठमाडौं । पश्चिम अफ्रिकी देश मालिमा सैन्य कु भएको छ । सैनिकले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई कब्जमा लिएका छन् । राष्ट्रपति इब्राहिम बुबाकार केयटाले सैन्य हिरासतबाटै राजीनामाको घोषणा गरेको सैनिक समर्थक स्रोतले जानकारी गराएको छ । बीबीसीका अनुसार सैन्य कब्जामै रहेको अवस्थामा उनले टेलिभिजन सम्बोधन गरेका छन् । जहाँ उनले सरकार र संसद्‍ समेत भङ्ग… Continue reading मालिमा सैन्य कु, राष्ट्रपतिबाट राजिनामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

काठमाडौं । नेपाल र भारत बीचमा बढ्दो राजनीतिक विवादका बीच दुई मुलुकका प्रधानमन्त्रीबीच आज फोनवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीलाई बधाई ज्ञापन गरेका छन् । यसबाहेक दुई प्रधानमन्त्री बीच… Continue reading प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

९ दिनपछि नेकपा अध्यक्षद्धय प्रचण्ड र ओली पुनः संवादमा जुटे

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीचको संवाद बिहीबारबाट पुनः सूचारु भएको छ । पछिल्लो ९ दिनयता दुई नेताबीच भेट भएको थिएन् । तर, नेकपा भित्रको विवाद भने जहाँको त्यही छ । विहीबार भने यी दुई नेताबीच करिब चारघण्टा छलफल भएको छ । छलफल सकारात्मक रहेको नेताहरुको दावि छ… Continue reading ९ दिनपछि नेकपा अध्यक्षद्धय प्रचण्ड र ओली पुनः संवादमा जुटे

लकडाउनको कृषिमा सकारात्मक प्रभाव, ५ वर्षयताकै बढी धान रोपाई

काठमाडौं । देशव्यापी लकडाउनका कारण मुलुक असारसम्म करीव ठप्प अवस्थामा थियो । सरकारले ११ चैतमा लकडाउन घोषणा गरेको थियो । त्यसपछि काठमाडौंसहितका शहर र भारतबाट समेत मानिसहरु दुख कष्ट सहेरै गाउँसम्म पुगे । यसरी गाउँ पुगेका मानिसहरु लामो समय गाउँमा थपिएको सकारात्मक प्रभाव कृषिमा देखिन थालेको छ । देशभर असारे धानको रोपाइँ सकिएको छ ।… Continue reading लकडाउनको कृषिमा सकारात्मक प्रभाव, ५ वर्षयताकै बढी धान रोपाई

उद्धार उडानबाट नेपाल फर्कदा सुन तस्करी

काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले सुन तस्करीको आरोपमा चार जनालाई पक्राउ गरेको छ । आइतबार संयुक्त अरब इमिरेट्स युएईबाट आएका सोनाम लामा नाम गरेका २ जना, सीता स्याङ्तान र धनबहादुर बिके पक्राउ परेका हुन् । उनीहरुको साथबाट १७५७.४ ग्राम धातु बरामद भएको प्रहरीले जनाएको छ । धातुमा बाहिरबाट चाँदीले लेपन गरिएका कारण सुनको भएको प्रहरीको… Continue reading उद्धार उडानबाट नेपाल फर्कदा सुन तस्करी

आज कोरोना संक्रमित थपिने भन्दा निको हुने धेरै

काठमाडौं । साउन पहिलो सातायता कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागेको थियो । जसले गर्दा निको हुनेको तुलनामा थप हुने संख्या बढी थिए । आज भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या धेरै भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९९ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन्… Continue reading आज कोरोना संक्रमित थपिने भन्दा निको हुने धेरै

न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु

न्युयोर्क न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले कोरोना संक्रमणको त्रासले न्युयोर्क सहर छाडेका धनाढ्यहरुलाई सहरको अर्थतन्त्रमा टेवा पुर्याउनको लागि पुन: फर्किएर आउन आह्वान गरेका छन् । न्युयोर्क सहरमा महामारी चरम उत्कर्षमा पुग्दा महँगो मुल्य तिरेर म्यानह्याटनका अपार्टमेण्टमा बसोबास गर्दै आएका धनाढ्यहरु ह्याम्टन, अपस्टेट, कनेक्टिकटमा रहेको भेकेसन होममा सरेका थिए भने अन्य मानिस भने सहर भन्दा केही… Continue reading न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु

प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागेको छ । अझ चिन्ताको विषय त कोरोना समुदायमा फैलिएको छ । किनकी शुरुवाती दिनमा भारत र विदेशबाट फर्किएका नेपालीमा मात्र कोरोना थियो । उनीहरुलाई आइसोलेसनमा राखी उपचार गर्दा कोरोना संक्रमण फैलन सक्ने सम्भावना थिएन । तर, भारतबाट लुकिछिपी पस्ने र नेपाल आइसकेपछि पनि क्वारेन्टिनमा नबस्दा अब… Continue reading प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?

मैदानमा खेलाडीको अगाडी खोकेमा रातो कार्ड

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण संसारभर अब जीवनमा केही न केही परिवर्तन हुँदैछ । यसले व्यक्तिको दैनिक जीवनदेखि व्यवसायिक दैनिकीमा समेत प्रभाव पर्नेछ । यस्तो नियम आएको छ फुटबल खेलमा । अब नियतबस अन्य खेलाडी वा खेल पदाधिकारीका अगाडि कुनै खेलाडी वा पदाधिकारीले खोकेमा त्यो खेल भावना विपरितको आचरण मानिने भएको छ । त्यस्तो… Continue reading मैदानमा खेलाडीको अगाडी खोकेमा रातो कार्ड

स्पेनका ८२ वर्षिय पूर्वराजाको देश छाड्ने घोषणा

स्पेन । स्पेनमा ४० वर्षभन्दा लामो समय राज गरेका पूर्वराजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् । उनीमाथि एक भ्रष्टाचार मुद्दामा अनुसन्धान जारी छ । साउदी अरवमा एक रेल परियोजनाका सम्बन्धमा उनीमाथि अनियमितताको आरोप लागेको छ । स्पेन छाडेपनि आफुले अनुसन्धानमा भने सहयोग गर्ने उनको भनाई रहेको छ । उनी उदारवादी शासक मानिन्छन् ।… Continue reading स्पेनका ८२ वर्षिय पूर्वराजाको देश छाड्ने घोषणा

नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण लागी गम्भीर बिरामी भएका व्यक्तिका लागि खुसीको खबर छ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा प्लाज्माथेराथी विधिबाट पहिलो पटक बिरामीको सफल उपचार भएको छ । अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका एक ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल उपचार भएको हो । ९० प्रतिशतसम्म अक्सिजन चाहिएका उनको उपचारपछि अहिले जनरल वार्डमा सारिएको छ… Continue reading नेपालमा प्लाज्माथेरापीबाट पहिलो पटक सम्भव भयो कोरोनाको उपचार

सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट गरेका कर्मचारी बर्खास्त भएका छन् । करारमा कार्यरत ती कर्मचारीलाई सन्जेल आफैले बर्खास्त गरेका हुन् । दुई कर्मचारी नेत्र निरौला र मेनुका सापकोटा कोइरालाले उनीमाथि शनिबार कार्यकक्षमै हातपात गरेका थिए । हातपातबाट सन्जेल सामान्य घाइते भएका थिए । ती कर्मचारीले हाकिमको व्यवहारबाट असन्तुष्ट… Continue reading सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

फेरी सुनकाण्डमा फस्यो प्रहरी, १५ किलो धातु बरामद प्रकरण थप रहस्यमय

काठमाडौं । नेपाल प्रहरी अनियमिताका अनेक काण्डमा फसिएको छ । त्यसमा सुन एउटा प्रकरण हो । प्रहरी फेरी अर्को सुन काण्डमा फसिएको छ । मंगलबार १३ गते प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन र दुई थान हतियार बरामद गरेको समाचार सार्वजनिक गर्यो । समाचार लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलन… Continue reading फेरी सुनकाण्डमा फस्यो प्रहरी, १५ किलो धातु बरामद प्रकरण थप रहस्यमय

काठमाडौंमा आन्दोलनरत समुहमाथि प्रहरीले थाल्यो कारवाही, अभियन्ता पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । उता, काठमाडौंकै सडकमा भने मानिसहरुको भिडभाड सामान्य अवस्थामा जस्तै पुगिसकेको छ । केही समुह निरन्तर प्रदर्शनमै छन् । उनीहरुविरुद्ध भने सरकारले कारवाही थालेको छ । काठमाडौंका विभिन्न स्थानबाट इनफ इज इनफका अभियन्ता शुक्रबार पक्राउ परेका छन् । दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा… Continue reading काठमाडौंमा आन्दोलनरत समुहमाथि प्रहरीले थाल्यो कारवाही, अभियन्ता पक्राउ

जुवाखालबाट १४ लाखसहित चार जना पक्राउ

फाइल तस्वीर

सोलुखुम्बु । सोलुखुम्बुमा ठूलो जुवाखालमाथि प्रहरीले छापा हानेको छ । सोलुखुम्बुको सोताङबाट १४ लाख रूपैयाँभन्दा बढी नगदसहित चार जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले जुवाखालमा छापा हानेको थियो । जुवा खेलिरहेको स्थानबाट उनीहरुलाई रंगेहात पक्राउ गरिएको छ । प्रहरीका अनुसार सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको… Continue reading जुवाखालबाट १४ लाखसहित चार जना पक्राउ