काठमाडौं । अमेरिकी सेनाले इराकको अल-अनबर क्षेत्रमा खुफिया अपरेशन सञ्चालन गरेको एयर स्ट्राइकमा आईएसआईएस नेता अबू खदीजा मारिएको दावि गरेको छ । अमेरिकी सेनाको अपरेशनले आईएसआईएसको नेतृत्व तहमा ठूलो धक्का पुर्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । दुवैले लगाएको आत्मघाती ज्याकेट पहिरिएका भए पनि ती विस्फोट नभएको अवस्थामा फेला परेका थिए। अमेरिकी सेनाले खदीजाको सवारीलाई… Continue reading आइएस नेता मारिएको अमेरिकाको दावि
Category: अमेरिका
यमनमा अमेरिकाको आक्रमण, ९ लडाकु मारिए
काठमाडौं । अमेरिकाले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध आक्रमण गरेको खबर सार्वजनिक भएको छ । सो क्रममा ९ जना मारिएका छन् । हुथी विद्रोहीले लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण गरेपछि त्यसको बदलास्वरुप अमेरिकाले एयर स्ट्राइक गरेको समाचारमा उल्लेख छ । हुथी विद्रोहीहरुले सन् २०२३ को नोभेम्बरदेखि शिपिङलाई लक्षित गरी १०० बढी हमला गरेका छन् ।… Continue reading यमनमा अमेरिकाको आक्रमण, ९ लडाकु मारिए
सुनीता र बुचलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउन पठाइयो रकेट
२ चैत, काठमाडौं । स्पेसएक्सले अन्तरिक्षयात्री सुनीता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउनका लागि नयाँ दलका साथ इन्टरनेशनल स्पेस स्टेशनतर्फ रकेट लञ्च गरेको छ । दुवै अन्तरिक्षयात्री ८ दिनका लागि मात्र इन्टरनेशनल स्पेस स्टेशन गएका थिए । तर स्पेसक्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरु पछिल्लो ९ महिनादेखि अन्तरिक्षमै थिए । नयाँ दल स्पेस स्टेशनमा पुगेको… Continue reading सुनीता र बुचलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउन पठाइयो रकेट
अमेरिकामा नेपाली इन्जिनियरलाई सामान ढुवानी गर्ने ड्रोनको पेटेन्ट
२ चैत, काठमाडौं । नेपाली युवा एयरोस्पेस इन्जिनियर सुशान्त खड्काले सामान डेलिभरी गर्ने ड्रोन र प्रक्रियाको विकास गरेका छन् । खड्काले आविष्कार गरेको प्रविधिलाई स्मार्ट हवाई रिसेप्शन (सार) प्रणाली र भिटोल ड्रोन नामाकरण गरिएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । हाल अमेरिकी सेनाको परियोजनामा कार्यरत खड्काले आफ्नो आविष्कारको लागि अमेरिकी सरकारबाट पेटेन्ट राइट प्राप्त गरेका… Continue reading अमेरिकामा नेपाली इन्जिनियरलाई सामान ढुवानी गर्ने ड्रोनको पेटेन्ट
जब अमेरिकामा जहाजमा लाग्यो आगो
काठमाडौं । अमेरिकामा जहाज डाइभर्ट गरेर अवतरण गरिएको केही बेरमै आगलागी भएको छ। बिहीबार साँझ अमेरिकन एयरलाइन्सको जहाज डाइभर्ट गरी कोलोराडो राज्यको डेनभर विमानस्थलमा अवतरण गरेको केही बेरमै जहाजको इन्जिनमा आगो बलेको थियो। अमेरिकी एयरलाइन्सको फ्लाइट ४०१२ को बोइङ ७३७–८०० जहाज कोलोराडो स्प्रिङ विमानस्थलबाट डालासको फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो। उडानको क्रममै इन्जिनमा… Continue reading जब अमेरिकामा जहाजमा लाग्यो आगो
यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली देशहरूबाट अमेरिका भित्रने मदिरामा २ सय प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका छन् । युरोपेली संघले ह्विस्कीमा घोषणा गरेको ५० प्रतिशत भन्सार कर नहटाए २ सय प्रतिशत कर लगाउने बताएका हुन् । दोस्रो कार्यकाल सुरू गरेसँगै राष्ट्रपति ट्रम्पले विभिन्न देशबाट अमेरिका भित्रने सामानमा कर वृद्धि गरेका छन् । यसअघि… Continue reading यूरोपेली मदिरामा २ सय प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
अमेरिकामा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन
काठमाडौं । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यको प्रचार प्रसार गरिएको छ । अमेरिका कोलोराडोस्थित डेन्भरमा भएको ’ट्राभल एन्ड एडभेन्चर शो–२०२५’ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वमै ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रस्तुत गरेको हो । ८–९ मार्चमा सम्पन्न एडभेन्चर शोमा पर्यटन बोर्डले विशेष कार्यक्रम आयोजना गर्दै नेपाललाई साहसिक र सुरक्षित पर्यटन गन्तव्यका रूपमा प्रस्तुत… Continue reading अमेरिकामा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रवर्द्धन
अमेरिकी शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै
काठमाडौं । अमेरिकाको शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्ने योजना बनाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस योजना अन्तर्गत करिब आधा कर्मचारी हट्ने भएका छन् । करिब २ हजार १०० कर्मचारी प्रभावित हुने र उनीहरुलाई २१ मार्चदेखि बिदामा पठाइने समाचारमा उल्लेख छ । बीबीसीका अनुसार ट्रम्प प्रशासनले संघीय कर्मचारीको सङ्ख्या घटाउने नीति अघि बढाएको… Continue reading अमेरिकी शिक्षा विभागले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै
युक्रेन युद्धविरामका लागि तयार, रुस के गर्ला ?
काठमाडौं । युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो । ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण छलफलपछि बाहिरिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग अमेरिकी अधिकारीहरुले जेद्दामा पहिलोपटक वार्ता गरेका थिए । सो वार्तामा अमेरिकाले राखेको… Continue reading युक्रेन युद्धविरामका लागि तयार, रुस के गर्ला ?
क्यानडामा नयाँ प्रधानमन्त्री बन्दै मार्क, अमेरिकासँगको सम्बन्ध के होला ?
काठमाडौं । बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर मार्क कार्नीलाई क्यानडाको सत्तारूढ लिबरल पार्टीले नयाँ नेता चयन गरेको छ । यससँगै उनी देशका आगामी प्रधानमन्त्री बन्ने भएका छन् । उनले यस वर्षको सुरुवातमा पदबाट राजीनामा दिएका जस्टिन ट्रुडोको स्थान लिनेछन् । ५९ वर्षीय कार्नीले ८६ प्रतिशत सदस्यहरूको मत प्राप्त गरेका छन् । कुनै… Continue reading क्यानडामा नयाँ प्रधानमन्त्री बन्दै मार्क, अमेरिकासँगको सम्बन्ध के होला ?
रुसमा युक्रेनको आक्रमण : कम्तिमा ३० मारिए
काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । युक्रेनले शुक्रबार राति दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको थियो । बिहीबार राति पनि रुसले आक्रमण गर्दा पाँच जनाको ज्यान गएको थियो ।… Continue reading रुसमा युक्रेनको आक्रमण : कम्तिमा ३० मारिए
अमेरिकापछि क्यानडा र चीन पनि ट्रेड वारमा होमिए
काठमाडौं । अमेरिकापछि क्यानडा र चीन पनि व्यापार युद्धमा होमिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनले क्यानडाबाट आउने विभिन्न वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ । जसमा मटर, तेलसहितका विभिन्न वस्तु रहेका छन् । रोयटर्सका अनुसार यसको सुरुवात भने क्यानडाले गरेको थियो । उसले चीनबाट आउने विद्युतीय सवारी साधन, इस्पात र आल्मुनियमका उत्पादनमा आयात… Continue reading अमेरिकापछि क्यानडा र चीन पनि ट्रेड वारमा होमिए
अमेरिकामा १५ वर्षपछि यसरी दिइयो मृत्युदण्ड
काठमाडौं । अमेरिकामा १५ वर्षपछि मृत्युदण्डको सजाय दिइएको छ । अमेरिकाको दक्षिण क्यारोलिनामा एक व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको हो । उनी प्रेमिकाका बुबा आमाको हत्या अभियोगमा दोषि ठहर भएका थिए । उनको नाम ब्रेड सिगमन रहेको बताइएको छ । उनिमाथि गोलि चलाइएको छ र मृत्युदण्ड दिइएको छ । उनी ६७ वर्षका थिए । उनले आफ्नी… Continue reading अमेरिकामा १५ वर्षपछि यसरी दिइयो मृत्युदण्ड
ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की बीच नोकझोकका बाबजुत आगामी साता दुई मुलुकबीच वार्ता हुने भएको छ । जेलेन्स्कीले आगामी साता साउदीमा यस्तो वार्ता हुने जानकारी गराएका हुन् । उनले यो बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको समेत बताएका छन् । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्य गर्दै शान्ती स्थापनाका लागि यस्तो वार्ता… Continue reading ट्रम्प–जेलेन्स्की नोकझोकका बाबजुत अर्को साता पुनः वार्ता हुँदै
चीनको संकेत : अमेरिकासँग जुनसुकै युद्धका लागि तयार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ट्यारिफको बदला लिएसँगै बेइजिङ आफू अमेरिकासँग ुजस्तोसुकै युद्धुका निम्ति तयार रहेको बताएको छ। ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र व्यापार युद्धको सँघारमा पुगेका छन्। ट्रम्पको कदमको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १०.१५ प्रतिशत आयातशुल्क लगाएको छ… Continue reading चीनको संकेत : अमेरिकासँग जुनसुकै युद्धका लागि तयार
अमेरिकी कंग्रेसमा सम्बोधन गर्दै ट्रम्पले के भने ?
काठमाडौं । गत जनवरीमा अमेरिकी राष्ट्रपति पद सम्हालेपछि डोनल्ड ट्रम्पले बुधवार पहिलो पटक अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गरेका छन्। उनले आफ्नो सम्बोधनमा अमेरिकी सपना नरोकिने बताए । संसद्मा अमेरिकी राष्ट्रपतिले दिएको सबैभन्दा लामो उक्त भाषणलाई रिपब्लिकनहरूले प्रशंसा गरेका छन्। उनले पद सम्हालेको ६ सातामा देशभित्र र अमेरिकी विदेश नीतिमा उथलपुथल देखापरेका बेला ट्रम्पले उक्त… Continue reading अमेरिकी कंग्रेसमा सम्बोधन गर्दै ट्रम्पले के भने ?
निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण
काठमाडौं । अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ । फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिशन १ ले आइतबार बिहान ३ः३४ बजे अमेरिकी पूर्वी समय ९ः८३४ जिएमटीभन्दा अघि अवतरण गर्ने लक्ष्य राखेको छ । यसले मोन्स ल्याट्रेल… Continue reading निजी-अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण
अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका ८ नेपालीलाई काठमाडौं फिर्ता ल्याइयो
काठमाडौं । आधिकारिक कागजात बिना नै अमेरिकामा रहेका ८ नेपाली निष्कासनमा परेका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उतारिएको छ । सात पुरुष र एक महिला बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय… Continue reading अमेरिकामा गैरकानूनी रुपमा बसिरहेका ८ नेपालीलाई काठमाडौं फिर्ता ल्याइयो
अमेरिकाले युक्रेनलाइ दिदै आएको सहायता रोक्यो
काठमाडौं । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार युक्रेनलाई दिँदै आएको सैन्य सहायताको समीक्षा गरिने समेत अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाको यो कदम ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच भएको चर्को बहसपछि चालिएको हो । युक्रेन–रुस युद्ध सुरु भएपछि युक्रेनलाई हतियार उपलब्ध गराउने… Continue reading अमेरिकाले युक्रेनलाइ दिदै आएको सहायता रोक्यो
ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको वार्ता विवादित, ह्वाइट हाउसमा अपमानित भए जेलेन्स्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता विवादित बनेको छ । साथै जेलेन्स्कीले अपमानित हुनु परेको छ । बैठक छोडेर हिंडेका जेलेन्स्कीले ट्रम्पसँग जे भयो त्यो ठीक नभएको प्रतिक्रिया दिंदै सम्बन्धलाई भने बचाइराख्न सकिने बताएका छन् । यो वार्ताको मुख्य उद्देश्य अमेरिकीसँग खनिज सम्झौतामा हस्ताक्षर गर्नु थियो । तर, वार्ता… Continue reading ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको वार्ता विवादित, ह्वाइट हाउसमा अपमानित भए जेलेन्स्की
रुस र अमेरिकी कुटनीतिज्ञ इस्तानबुलमा भेट्दै
काठमाडौं । दुई मुलुकबिचको सम्बन्धमा सुधार भइरहेको सम्बन्धमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई पूर्णतः परिवर्तन गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा… Continue reading रुस र अमेरिकी कुटनीतिज्ञ इस्तानबुलमा भेट्दै
अमेरिका जान चाहनेले ५० लाख डलर तिरे गोल्ड कार्ड पाउने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धनी आप्रवासीहरूले अमेरिकामा बसोबास गर्न पाउने नयाँ योजना सार्वजनिक गरेका छन्। उनका अनुसार ५० लाख डलर खर्च गर्ने आप्रवासीहरूले गोल्ड कार्ड पाउने छन् र यसले उनीहरूलाई अमेरिकी नागरिकता पनि पाउने मार्ग खोल्ने छ। वर्तमान विनिमय दरअनुसार त्यो भनेको झन्डै ७० करोड नेपाली रुपैयाँ हुन आउँछ। यस योजनामार्फत् अमेरिकामा रोजगारदाताहरू… Continue reading अमेरिका जान चाहनेले ५० लाख डलर तिरे गोल्ड कार्ड पाउने
अमेरिका–युक्रेनबीच खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति
काठमाडौं । अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति भएको छ । दुई देशबीच सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की सहमतिमा हस्ताक्षर गर्न तयार रहेको बताएका छन् । त्यसका लागि जेलेन्स्की यसै साता ह्वाइट हाउस आइपुग्ने ट्रम्पको भनाइ छ । ‘युक्रेनी… Continue reading अमेरिका–युक्रेनबीच खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति
इलन मस्कको इमेलपछि किन तनावमा छन् लाखौं अमेरिकी कर्मचारी ?
काठमाडौं । अमेरिकाका सरकारी कर्मचारीले शनिवार दिउँसो प्राप्त गरेको एउटा इमेलमा उनीहरूलाई गत साताका उपलब्धि सूचीबद्ध गर्न वा राजीनामा दिन आग्रह गरिएको थियो। डोनाल्ड ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीलाई लक्षित गरी चालेको पछिल्लो कदमलाई लिएर कर्मचारी वृत्तमा भने तनाव सुरु भएको छ । ट्रम्पका विश्वासपात्र अर्बपति इलोन मस्कले गत साता उनीहरूले के गरे भन्ने बुझ्न कर्मचारीहरूले… Continue reading इलन मस्कको इमेलपछि किन तनावमा छन् लाखौं अमेरिकी कर्मचारी ?
इसाई धर्म गुरु पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं । इसाई धर्म गुरु पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर सार्वजनिक भएको छ । भ्याटिकन सिटीले एक बयान जारी गरि यसबारे जानकारी गराएको हो । पोप लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । भूतपूर्व पोप बेनेडिक्टको निधन भ्याटिकन सिटीबाट जारी गरेको बयानमा उनको अवस्था गम्भीर बन्दै गएको उल्लेख छ । ८८ वर्षिय पोपलाई… Continue reading इसाई धर्म गुरु पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भीर
इजरायलले सम्झौता विपरित ६ सय प्यालेष्टाइन कैदी छाड्न ढिलाई, बढ्दो चिन्ता
काठमाडौं । इजरायलले युद्धबिराम सम्झौता विपरित ६ सय प्यालेष्टाइन कैदीको रिहाईमा ढिला गरेको छ । यसले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा चिन्ता बढेको छ । इजरायलले यी कैदीको रिहाई ढिला हुने घोषणा नै गरेको छ । यसलाई युद्धबिराम प्रक्रियाको एक ठूलो झड्का मानिएको छ । आज पनि इजरायल र हमासबीच कैदी -बन्दी आदानप्रदान हुँदै हमासले शनिबार ६… Continue reading इजरायलले सम्झौता विपरित ६ सय प्यालेष्टाइन कैदी छाड्न ढिलाई, बढ्दो चिन्ता
अमेरिकामा नेपालसहित १७ देशले पाइरहेको टीपीएस खारेज, साढे ८ लाख आप्रवासी प्रभावित
काठमाडौं । अमेरिकी गृह सुरक्षा विभागले अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयले करिब आठ लाख ५० हजार आप्रवासी प्रभावित हुने नेपालको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । ट्रम्प प्रशासनले हाल कायम नेपाललगायत १७ देशका आप्रवासीको टिपीएस खारेज गर्ने निर्णय गरेको हो । यसले टिपीएस वाहक प्रभावित हुने भएको हो… Continue reading अमेरिकामा नेपालसहित १७ देशले पाइरहेको टीपीएस खारेज, साढे ८ लाख आप्रवासी प्रभावित
इजरायलमा बसमा विष्फोटको खबर, क्षतिको विवरण आउँदै
काठमाडौं । इजरायलको प्रमुख शहरमध्येएक तेल अविवमा बसमा विष्फोटको समाचार आएको छ । बीबीसीका अनुसार यस घटनामा हताहतीको विवरण भने आएको छैन । इजरायली पुलिसले सम्भावित आतंकवादी हमला भनेको छ । गाजामा इजरायलको आक्रमण, कम्तिमा दुई जनाको ज्यान गयो प्रहरीका अनुसार बसमा विष्फोट गराउने उद्देश्यले जडित डिभाइसहरु निष्कृय पारिएको छ । इजरायलले सबै बस र… Continue reading इजरायलमा बसमा विष्फोटको खबर, क्षतिको विवरण आउँदै
ट्रम्पलाई बालेनको मेन्सन : हाम्रा रत्न फिर्ता देउ, हामी आफ्नो देश बनाउँछौं
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्रीं बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन् । भूमी सम्बन्धी अध्यादेश जारी भएपछि बालेनको कटाक्ष उनले… Continue reading ट्रम्पलाई बालेनको मेन्सन : हाम्रा रत्न फिर्ता देउ, हामी आफ्नो देश बनाउँछौं
ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई किन भने तानासाह ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भनेका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् । उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् । रुसलाई घातक हतियार प्रयोग गर्नबाट… Continue reading ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई किन भने तानासाह ?