काठमाडौं । अमेरिकाले चीन, क्यानडा र मेक्सिकोसहितका तीन मुलुकबाट आयात हुने वस्तुमा महसुल बढाउने निर्णय गरेको छ । ट्रम्पको नयाँ नीति अनुसार अमेरिकाले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमाथि २५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत महसुल वृद्धि गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यो निर्णय १ फेब्रुअरी सन् २०२५ अर्थात् १९ माघ २०८१ बाट लागू… Continue reading अमेरिकाले तीन मुलुकबाट हुने आयातमा महसुल बढायो
Category: अमेरिका
जहाज दुर्घटनाबारे राष्ट्रपति ट्रम्पले के भने ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाज दुर्घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले पत्रकारसँग सात्क्षात्कार गरेका हुन् । दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पले यस दुर्घटनाको कारण अहिले नै भन्न नसकिन तर छिट्टै यसबारे खुल्ने उनले बताए । उनले दुर्घटनामा मारिएका व्यक्तिका परिवारमा समवेदना व्यक्त गरे । उनले दुर्घटनामा हेलिकप्टरको… Continue reading जहाज दुर्घटनाबारे राष्ट्रपति ट्रम्पले के भने ?
अमेरिकी जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ६७
अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो । ६० जना यात्रु र चालक दलका ४ सदस्यसहित कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको… Continue reading अमेरिकी जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ६७
अमेरिकामा जहाज दुर्घटना : अहिलेसम्म भेटियो २८ शव
काठमाडौं । अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा २८ जनाको शव भेटिएको छ। ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार विमानसँग सेनाको हेलिकप्टर ठोक्किएको हो। अहिलेसम्म २८ जनाको शव फेला परेको अमेरिकी सञ्चारमाध्यमले प्रहरी अधिकारीलाई उद्धत गर्दै समाचार लेखेका छन्। बम्बार्डियर… Continue reading अमेरिकामा जहाज दुर्घटना : अहिलेसम्म भेटियो २८ शव
अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किए, क्षतिको विवरण आउदै
अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किएका छन् । अहिलेसम्म हताहतिको सङ्ख्या सार्वजनिक भइसकेको छैन । वासिङ्टन डिसिस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरणका क्रममा रहेको जहाज र सेनाको हेलिकप्टर ठोक्किएर दुर्घटना भएको हो । स्थानीय समय अनुसार रातको ९ बजे भएको यो घटनापछि जहाज पोटोम्याक नदिमा खसेको छ । जहाजमा चालक दलका चार र ६० यात्रु सवार थिए… Continue reading अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किए, क्षतिको विवरण आउदै
कर्मचारीलाई ट्रम्प सरकारको अफर : ८ महिनाको तलव लिएर राजिनामा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारीको कटौतीलाई प्राथमिकतामा राख्दै नयाँ प्रस्ताव ल्याएको छ । ट्रम्प प्रशासनले लाखौं संघीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ । कोभिड १९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा उपभोग गरिरहेका सबै संघीय कर्मचारीहरूलाई पूर्णकालीन रूपमा कार्यालयमा फर्कने विकल्पका रूपमा ट्रम्पको आदेश आएको हो ।… Continue reading कर्मचारीलाई ट्रम्प सरकारको अफर : ८ महिनाको तलव लिएर राजिनामा
अमेरिकाले निष्काशित गर्ने गैरकानूनी आप्रवासीको सूची सार्वजनिक, नेपालीको संख्या १३६५
काठमाडौं । अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । सो क्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै… Continue reading अमेरिकाले निष्काशित गर्ने गैरकानूनी आप्रवासीको सूची सार्वजनिक, नेपालीको संख्या १३६५
भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । दुबै मुलुकले वार्ता सार्थक भएको उल्लेख गरेका छन् । ह्वाइट हाउसले जारी गरेको बयानमा दुई नेताबीच अमेरिका र भारतबीच सहयोग मजवुत गर्ने र अझ अगाडी लैजाने सन्दर्भमा कुराकानी भएको उल्लेख छ । दुई नेताबीच इन्डोप्यासिफिक, मध्यपूर्व तथा यूरोपको ताजा… Continue reading भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
अमेरिकामा कुन देशका अवैध आप्रवासी धेरै छन् ?
काठमाडौं । अमेरिकाले अवैध आप्रवासीलाई पक्राउ गर्न थालेको छ । कतिपय मुलुकका नागरिकलाई जहाजमा राखेर फिर्ता समेत पठाउन थालिएको छ । एक अध्ययनका अनुसार अमेरिकामा १ करोड १० लाख हाराहारी अवैध आप्रवासी रहेको अनुमान गरिएको छ । यसमध्ये मेक्सिकन मात्र ४० लाख भन्दा धेरै छन् । प्यू रिसर्च सेन्टरले गरेको अध्ययनमा दोस्रो स्थानमा एल साल्भाडोर… Continue reading अमेरिकामा कुन देशका अवैध आप्रवासी धेरै छन् ?
ट्रम्प नीतिको नेपालमा प्रभाव : चार आयोजनामा दायित्व सिर्जनामा रोक
काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारबिच भएको अनुदान सहयोगअन्तर्गतका चार परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै युएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको हो । “युएसएआइडी र नेपाल सरकारबिच २०२२ मे ५ मा हस्ताक्षर भएको… Continue reading ट्रम्प नीतिको नेपालमा प्रभाव : चार आयोजनामा दायित्व सिर्जनामा रोक
अमेरिकाले विश्वभर एकसाथ रोक्यो सहायता
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरूलाई पठाएको एउटा आन्तरिक पत्राचारमा उसले हाल कायम सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोक लगाएको र नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको पाइएको छ। अमेरिकी विदेश मन्त्रालयले आफू मातहतका निकायलाई पठाएको उक्त आन्तरिक मेमो चुहिएर बाहिर आएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनल्ड… Continue reading अमेरिकाले विश्वभर एकसाथ रोक्यो सहायता
हमासले छाड्यो चार महिला बन्दी
काठमाडौं । युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु चारैजना इजरायली सेना सैनिक हुन् । हमासका अनुसार रिहाहरूमा करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग छन् । युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले बन्धकहरूलाई मुक्त गरेको यो दोस्रो समूह हो । यसअघि उसले युद्धविराम सम्झौता कार्यान्वयन भएको… Continue reading हमासले छाड्यो चार महिला बन्दी
हमासले नाम सार्वजनिक गरेका चार महिला सैनिक बन्धक छुट्टै
काठमाडौं । हमासले युद्धबिरामका दौरान भएको समझदारी अनुसार छाड्ने बन्दकको दोस्रो सूची सार्वजनिक गरेको छ । दोस्रो सूचिमा चार महिला सैनिकको नाम समावेश छ । उनीहरु इजरायली सैनिक करीना एरिएव, डेनिएला गिल्बोओ, लेवी र लिरी हल्बाग छन् । यी चार सैनिकलाई हमासले आफ्ना १८० कैदीको बदलामा छाड्न लागेको बताइएको छ । गत आइतबारबाट लागु भएको… Continue reading हमासले नाम सार्वजनिक गरेका चार महिला सैनिक बन्धक छुट्टै
युक्रेनद्धारा रुसी आयल रिफाइनरी केन्द्रमा ड्रोन आक्रमण
काठमाडौं । युक्रेनले रुसीको आयल रिफाइनरी तथा मस्कोका विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको दावि गरेको छ । कम्तिमा १२१ वटा ड्रोन आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुस र युक्रेनका बीच जारी युद्धका बीच यसलाई एकतर्फी सबैभन्दा ठूलो अभियान मानिएको छ । सामाजिक सञ्जालमा भेटिएका फुटेजहरुमा मस्कोको दक्षिणपूर्व रियाजान क्षेत्रमा रहेको रिफाइनरी तथा पम्पिङ… Continue reading युक्रेनद्धारा रुसी आयल रिफाइनरी केन्द्रमा ड्रोन आक्रमण
गर्भपतनमा जाने सरकारी सहायता रोक्दै ट्रम्प सरकार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनका लागि जाने सरकारी सहायता रोक्ने सम्बन्धी कार्यकारी आदेश जारी गरेका छन् । गर्भपतनका लागि मिल्ने सरकारी सहायतालाई हाइड संशोधनका रुपमा चिन्ने गरिन्छ । यो प्रावधान पहिलो पटक १९८० मा लागू भएको थियो । यसमा निकै पटक संशोधन समेत गरिएको छ । जो बाइडेनले यो कानूनको रद्द गर्ने कोसिस… Continue reading गर्भपतनमा जाने सरकारी सहायता रोक्दै ट्रम्प सरकार
पूर्वराष्ट्रपति केनेडीको हत्यासम्बन्धी सबै गोप्य दस्तावेज सार्वजनिक गरिने
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्या सम्बन्धी सबै गोप्य दस्तावेज सार्वजनिक गरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालीन राष्ट्रपति जोन एफ केनेडी, उनका भाइ सिनेटर रोबर्ट एफ। केनेडी र मार्टिन लुथर किङ जुनियर हत्यामा जोडिएका सबै गोप्य सरकारी दस्तावेज सार्वजनिक गर्न निर्देशन दिएको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । ती दस्तावेज सार्वजनिक गर्ने… Continue reading पूर्वराष्ट्रपति केनेडीको हत्यासम्बन्धी सबै गोप्य दस्तावेज सार्वजनिक गरिने
ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ : ह्वाइट हाउस
काठमाडौं\रासस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो । ह्वाइट हाउसकी प्रेस… Continue reading ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ : ह्वाइट हाउस
ट्रम्पको योजनामा अदालतको झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ ।सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन् । ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरेपछि कानुनी रुपमा अमेरिकी नागरिक नभएका आमा–बुवाबाट जन्मिएका बच्चालाई जन्मसिद्ध नागरिकता नदिन कार्यकारी आदेश जारी… Continue reading ट्रम्पको योजनामा अदालतको झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक
ट्रम्प प्रशासनले मेक्सिकोको सीमामा सेना तैनाथ गर्ने तयारी
काठमाडौं । ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमानाका भएर अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूमाथि कडाइ गर्नेतर्फ द्रुत कदम चालिरहेको बताइएको छ । अहिले पठाउन लागिएका १,५०० फौजहरूले अमेरिका प्रवेश गर्नबाट रोक्न तत्काल थप भौतिक अवरोधहरू खडा गर्न थाल्ने बीबीसीले लेखेको छ । सैनिक स्रोतले बीबीसीलाई बताएअनुसार ती फौजहरू कानुन कार्यान्वयनको काममा चाहिँ संलग्न हुने छैनन्। मेक्सिकोसँगको सीमानाकामा… Continue reading ट्रम्प प्रशासनले मेक्सिकोको सीमामा सेना तैनाथ गर्ने तयारी
लस एन्जलसमा पुनः फैलिँदै आगो, हजारौं मानिसलाई सुरक्षित स्थानमा लगियो
काठमाडौं । अमेरिकाको लस एन्जलसमा पुनः आगो फैलिएको छ । यहाँको जंगलमा फैलिएको आगोबाट बचाउन हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो फैलिएको क्षेत्र शहरबाट ४५ मिल मात्र टाढा रहेको समाचारमा बताइएको छ । अहिले कास्किट क्षेत्रमा आगो फैलिएको र यहाँ महंगा घर र विद्यालयहरु रहेका छन् । पछिल्लो पटक फैलिएको आगोका कारण… Continue reading लस एन्जलसमा पुनः फैलिँदै आगो, हजारौं मानिसलाई सुरक्षित स्थानमा लगियो
जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेशविरूद्ध २२ राज्य अदालतमा
काठमाडौं । डेमोक्रेटिक राज्यका महान्यायाधिवक्ताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउन खोज्ने कार्यकारी आदेश रोक्न माग गर्दै मंगलबार संघीय अदालतमा मुद्दा दायर गरेका छन् । सोमबार पदभार ग्रहण गरेलगत्तै ट्रम्पले अमेरिकामा गैरकानूनी रूपमा रहेका महिलाका सन्तान वा कानुनी रूपमा स्थायी बासिन्दा नभएकाहरूका सन्तानलाई राहदानी, नागरिकता प्रमाणपत्र र अन्य कागजात उपलब्ध नगराउन निर्देशन दिने आदेश… Continue reading जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेशविरूद्ध २२ राज्य अदालतमा
ट्रम्पको घोषणा : एआई पूर्वाधारमा ५ सय अर्ब डलरसम्म लगानी
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारको विकासका लागि निजी क्षेत्रमा ५ सय अर्ब डलरसम्मको लगानी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । व्यवसाय सञ्चालनमा महत्त्वपूर्ण यस प्रविधिमा प्रतिस्पर्धी राष्ट्रहरूलाई पछि पार्ने गरी ट्रम्पले एआई क्षेत्रमा लगानी गर्न लागेको रोयटर्सले जनाएको छ । ट्रम्पका अनुसार च्याटजीपीटी निर्माता ओपेनएआई, सफ्टबैंक र ओर्याकलले ‘स्टारगेट’ नामक संयुक्त… Continue reading ट्रम्पको घोषणा : एआई पूर्वाधारमा ५ सय अर्ब डलरसम्म लगानी
ट्रम्पको सपथ लगत्तै चीन र रुसी राष्ट्रपतिबीच भिडियो कल, के भयो कुराकानी ?
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले सपथ लिएको केही घण्टामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियो कल वार्ता भएको छ । दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई ुअझै उचाइमाु पुर्याउने सहमति भएको चिनियाँ दुवै देशका सरकारी सञ्चार माध्यमले जनाएका छन् । पुटिनले रुस र चीनले बाह्य दबाबको बाबजुद मित्रता, आपसी विश्वास र… Continue reading ट्रम्पको सपथ लगत्तै चीन र रुसी राष्ट्रपतिबीच भिडियो कल, के भयो कुराकानी ?
विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका बाहिरिएपछि खेद व्यक्त
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ । यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ आशा राखेको छ । विश्वभरि लाखौं मानिसहरूको स्वास्थ्य र कल्याणका लागि अमेरिका र एजेन्सीबीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन तत्पर रहेको समेत संगठनको… Continue reading विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका बाहिरिएपछि खेद व्यक्त
ट्रम्पले लिएको आप्रवासन नियन्त्रण सम्बन्धी नयाँ नियमहरु के के छन् ?
काठमाडौं । नयाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओभल अफिसको आफ्नो कार्यालयबाट कार्यकारी आदेशहरू जारी गरेर आप्रवासनलाई नियन्त्रण गर्ने कदम चालेका छन्। ुजन्मका आधारमा नागरिकताको हकु को परिभाषा परिवर्तन गर्नेदेखि सीमाबाट हुने गैरकानुनी प्रवेशलाई रोक्न मेक्सिकोसँगको सीमामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने विषय त्यसमा समेटिएका छन्। तर जन्मिएकै आधारमा नागरिकता प्राप्त गर्ने अधिकारलाई बदल्ने उद्देश्य राखेकासहित उनका… Continue reading ट्रम्पले लिएको आप्रवासन नियन्त्रण सम्बन्धी नयाँ नियमहरु के के छन् ?
ट्रम्पले तोडे सपथका परम्परा, के के गरे ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहणका केही परम्परा तोडेका छन् । अमेरिकी राष्ट्रपतिले शपथ ग्रहण गर्ने बेला बाइबलमा हात राख्ने परम्परा ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्पले तोडे । राष्ट्रपति जो बाइडेनले यसलाई निरन्तरा दिएका थिए । यसअघि अमेरिकाका छैटौं राष्ट्रपति जोन क्विन्सी एडम्सले बाइबलको सट्टा संविधानमा हात राखेर शपथ लिएका थिए । त्यस्तै,… Continue reading ट्रम्पले तोडे सपथका परम्परा, के के गरे ?
ट्रम्पद्धारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी
काठमाडौं । सपथग्रहण लगत्तै राष्ट्रपति ट्रम्पले केही महत्वपूर्ण कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेका छन् । जसमध्ये अब अमेरिका विश्व स्वास्थ्य संगठनको हिस्सा रहने छैन । यस आदेशमा हस्ताक्षर गर्दै उनले भनेका छन्, यो एक ठूलो फैसला हो । यस संगठनमार्फत अमेरिकाले ठूलो मूल्य चुकाउनु परेको उनको तर्क छ । यद्दपी उनले पुनः अमेरिका फिर्ता आउनुपर्ने संगठनको… Continue reading ट्रम्पद्धारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी
सन् २०२४ मा विश्वका धनी व्यक्तिको सम्पत्ति तीन गुणाभन्दा धेरैले वृद्धि
विश्वका अर्बपतिहरूको सम्पत्ति सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा तीन गुणा तीव्र गतिमा बढेको रिपोर्ट सार्वजनिक भएको छ । विश्वका धनी व्यक्तिहरुको सम्मेलन मानिने विश्व आर्थिक मञ्चको बैठक स्वीटजरल्याण्डमा सुरु हुँदैछ । त्यस अवसरमा वैश्विक असमानताको आफ्नो नवीनतम मूल्याङ्कनमा अक्सफाम इन्टरनेसनलले आगामी दशकमा कम्तीमा पाँच खर्बपति देखापर्ने अनुमान गरेको छ । एक वर्षअघि समूहले त्यो… Continue reading सन् २०२४ मा विश्वका धनी व्यक्तिको सम्पत्ति तीन गुणाभन्दा धेरैले वृद्धि
राष्ट्रपति पौडेलले टम्पलाई दिए बधाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड जे। ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति पौडेलले एक सन्देशमार्फत राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा… Continue reading राष्ट्रपति पौडेलले टम्पलाई दिए बधाई
ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?
काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि एक भव्य समारोहलाई उनले सम्बोधन गरेका छन् । उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए । ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो,’ उनले भने, ‘यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः… Continue reading ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?