काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाए । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् । राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो… Continue reading ट्रम्पले गरे सपथ ग्रहण
Category: अमेरिका
अमेरिकी राष्ट्रपतिको सपथमा के के हुन्छ ? जान्नै पर्ने विषय यी हुन्
काठमाडौं । राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा औपचारिक रूपमा सोमवार शपथ लिँदैछन् । त्यसपछि उनी ह्वाइट हाउस सर्ने छन्। औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीहरूको परेड र साँझमा औपचारिक बल डान्स पनि राखिएको छ । ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि शपथ लिने छन् र उनीहरूको नयाँ प्रशासनिक कार्यकाल औपचारिक… Continue reading अमेरिकी राष्ट्रपतिको सपथमा के के हुन्छ ? जान्नै पर्ने विषय यी हुन्
ट्रम्पको सपथ ग्रहणमा को को हुँदैछन् सहभागी
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहणको अन्तिम तयारी चलिरहेको छ । समारोह आयोजक समितिले राष्ट्रपति ट्रम्पको यो दोस्रो कार्यकाल भव्य रूपमा आयोजना गर्ने गरी तयारी सुरु गरिसकेको बताइएको छ । सबै मुख्य चन्दादातालाई समेत यो कार्यक्रममा सामेल गर्न नसकिने सम्भावना पनि व्यक्त गरेको छ । यो चन्दा रकम सो दिनसम्म पुग्दा २० करोड डलर पुग्ने अनुमान… Continue reading ट्रम्पको सपथ ग्रहणमा को को हुँदैछन् सहभागी
ट्रम्पको पदभार ग्रहणको तयारी कसरी हुँदैछ ?
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आइपुगेको छ । उनको यस कार्यक्रमको चर्चा निकै चुलिएको छ । यो समारोह ऐतिहासिक पुनरागमनको सङ्केत गर्दै भव्य रूपमा आयोजना हुने भएको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । शपथग्रहण समारोह चार दिनसम्म अर्थात् शनिबार सुरु भएर मङ्गलबार सम्पन्न हुने छ । शपथग्रहण समारोह समितिले सो… Continue reading ट्रम्पको पदभार ग्रहणको तयारी कसरी हुँदैछ ?
अमेरिकी राष्ट्रपतिका रुपमा चीन भ्रमण गर्न ट्रम्प इच्छुक
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्ना सल्लाहकारहरुलाई बताएका छन् । ट्रम्पले आफ्नो कार्यकालको पहिलो १०० दिनमा चीन भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । तर यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलको समाचारमा उल्लेख छ । ट्रम्पले सोमबार दोस्रो… Continue reading अमेरिकी राष्ट्रपतिका रुपमा चीन भ्रमण गर्न ट्रम्प इच्छुक
राष्ट्रपति बाइडेनले दिए २ हजार ५ सय बढीलाई क्षमादान
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार पाँच सय व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले शुक्रबार जनाएको छ । राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा भन्नुभएको छ, “जसको सजाय घटाइएको छ, उनीहरूले आज पाउनेभन्दा ‘असमान रूपमा लामो सजाय’ भोगिरहेका छन् ।” उनले यो कदमलाई ‘ऐतिहासिक गल्तीहरू सच्याउन,… Continue reading राष्ट्रपति बाइडेनले दिए २ हजार ५ सय बढीलाई क्षमादान
अमेरिकामा टिकटक बन्द गर्ने तयारी
काठमाडौं । टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बन्द गर्ने तयारी गरेको छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको रोयटर्सले जनाएको छ । योसँगै अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ताले एप चलाउन पाउने छैनन् । सोमबार ह्वाइट हाउस प्रवेशसँगै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्नुअघि नै अमेरिकामा… Continue reading अमेरिकामा टिकटक बन्द गर्ने तयारी
१५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम
काठमाडौं । १५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ । पहिलो चरणमा सुरुमा केही इजरेली बन्धकहरुलाई छाडिने छ । त्यसपछि इजरायलले प्यालेस्टिनी बन्धकहरुलाई छाड्ने छ । इजरेली सेना पनि युद्ध क्षेत्रबाट फिर्ता हुने छ । यसबीचमा युद्धविराम… Continue reading १५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम
अमेरिकामा घातक आगलागी, कम्तीमा २४ को मृत्यु
काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ सबैभन्दा धेरै… Continue reading अमेरिकामा घातक आगलागी, कम्तीमा २४ को मृत्यु
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिविरुद्ध किन तोक्यो साढे दुई करोड डलर टाउकाको मूल्य
काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो पक्राउ पर्न सक्नेगरी सूचना दिनेलाई दुई करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । मदुरोले तेस्रो कार्यकालका लागि शपथ लिएकै दिन अमेरिकाले पुरस्कार घोषणा गरेको हो । मदुरोले हिजो आउँदो छ वर्षका लागि भेनेजुएलाको राष्ट्रपति पदको सपथ लिनुभएको हो । गएको जुलाई २८ मा भएको… Continue reading अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिविरुद्ध किन तोक्यो साढे दुई करोड डलर टाउकाको मूल्य
भीषण आगोको चपेटामा क्यालिफोर्निया, कम्तिमा ११ जनाको ज्यान गयो
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसको भीषण डडेलोका कारण ज्यान गएको छ । भीषण डढेलोपछि लस एन्जलसका बासिन्दालाई धुवाँबाट जोगिन घरभित्रै बस्न भनिएको छ। डढेलोका कारण धुवाँ र खरानीले आकाश ढाकेर अत्यधिक वायुप्रदूषण बढेको छ । लस एन्जलस प्रशासनले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। स्थानीय जनस्वास्थ्य निकायले आगो र तीव्र बेगको हावाका कारण… Continue reading भीषण आगोको चपेटामा क्यालिफोर्निया, कम्तिमा ११ जनाको ज्यान गयो
पोर्न स्टारसँग जोडिएको मुद्दामा ट्रम्पले पाए सफाई
काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा सफाइ दिएको छ । पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा उनले उन्मुक्ति पाएका हुन् । समाचार संस्था एएफपीका अनुसार एक न्यायाधीशले शुक्रबार डोनाल्ड ट्रम्पलाई पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा बिना शर्त रिहाइको… Continue reading पोर्न स्टारसँग जोडिएको मुद्दामा ट्रम्पले पाए सफाई
अमेरिकामा डढेलो कहर, नियन्त्रणमा लिन असफल
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा लिन अमेरिका असफल देखिएको छ । प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । डढेलो भयावह बन्दा लसएन्जलस शहरको ठूलो क्षेत्र जलेर खरानी भएको बीबीसीले लेखेको छ । कयौं घर, पसल, स्कुल, प्रार्थनास्थल, होटलहरु जलेका छन् । हेलिकप्टर र दमकलबाट समेत आगो निभाउने… Continue reading अमेरिकामा डढेलो कहर, नियन्त्रणमा लिन असफल
अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको… Continue reading अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु
सेताम्य ह्वाइट हाउस (फोटो फिचर)
काठमाडौं । संयुक्त राज्य अमेरिकामा भीषण हिउँदे आँधी आउने पूर्वानुमानसँगै छ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ। एक दशकपछि यसपालि ठूलो हिमपात हुने र निकै जाडो हुन सक्ने ठानिएको छ। उता, राष्ट्रपति कार्यालयले आजै ह्वाइटहाउसको सुन्दर तस्वीरहरु सार्वजनिक गरेको छ । जसमा हिँउले कार्यालयलाई पूर्णतया ढाकेको छ । कार्यालय सेताम्य बनेको छ… Continue reading सेताम्य ह्वाइट हाउस (फोटो फिचर)
क्यानडाका प्रधानमन्त्रीले किन दिए राजिनामा ?
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनाको घोषणा गरेका छन् । यद्यपि लिबरल पार्टीबाट नयाँ नेता नचुनिएसम्म ट्रुडोले नै सरकार सञ्चालन गर्नेछन् । पत्रकार सम्मेलनमा ट्रुडोले दलको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि सत्ता हस्तान्तरण गर्ने जनाए । राजीनामाको घोषणा गर्दै उनले आफूलाई योद्धाको संज्ञा दिए । उनले भने, ‘प्रधानमन्त्रीको रूपमा हरेक दिन… Continue reading क्यानडाका प्रधानमन्त्रीले किन दिए राजिनामा ?
अमेरिकी विदेशमन्त्री कोरिया, जापान र फ्रान्सको भ्रमणमा निस्कँदै
काठमाडौं । दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बिच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री ब्लिन्केनले सियोलमा रहँदा ‘स्वतन्त्र, खुला र समृद्ध इन्डो-प्यासिफिक’ प्रवर्द्धन गर्ने प्रयासलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा छलफल गर्ने बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री ब्लिन्केनले जनवरी ४… Continue reading अमेरिकी विदेशमन्त्री कोरिया, जापान र फ्रान्सको भ्रमणमा निस्कँदै
अमेरिकामा ठुलो आँधीबेहरी र हिमवर्षाको चेतावनी
काठमाडौं । रासस–एएफपी। संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ। मौसमविद्ले पूर्वका लाखौँ मानिसले हिमआँधीको सामना गर्नुपर्ने र केही क्षेत्रमा एक दशकयताकै सबैभन्दा भारी हिमपात हुनेछ। छ करोडभन्दा बढी मानिसल खतरनाक हिमआँधीको जोखिम सहनुपर्ने देखिएका हो। संयुक्त राज्य अमेरिकाको पूर्वी आधा भागलाई आर्कटिक हावाको चिसोले प्रभावित पार्नेछ भने हिमवर्षाका कारण… Continue reading अमेरिकामा ठुलो आँधीबेहरी र हिमवर्षाको चेतावनी
पोर्टस्टारलाई चुप रहन पैसा दिएको ट्रम्पको मुद्दामा सपथग्रहण अगाडी नै फैसला आउँदै
काठमाडौं । अमेरिकामा एकजना न्यायाधीशले डोनाल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० जनवरीका दिन सजाय सुनाउनेभएको छ । राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाउन लागिएको बीबीसीले जनाएको छ । न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले ट्रम्पलाई जेल, जेलबाहिर रहेर चालचलन सुधार्ने मौका वा जरिबाना नतोक्ने बरु निःसर्त छाड्नेू सङ्केत गरेको समाचारमा उल्लेख छ… Continue reading पोर्टस्टारलाई चुप रहन पैसा दिएको ट्रम्पको मुद्दामा सपथग्रहण अगाडी नै फैसला आउँदै
अमेरिकी डलरको मूल्य निरन्तर वृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क,… Continue reading अमेरिकी डलरको मूल्य निरन्तर वृद्धि
एमसीसीले नेपालमा ६ अर्ब ८० करोड अनुदान सहायता थप गर्ने
काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु. ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले जनाएको छ । “मिलेनियम च्यालेन्ज… Continue reading एमसीसीले नेपालमा ६ अर्ब ८० करोड अनुदान सहायता थप गर्ने
ट्रम्प होटलबाहिर कसरी पुग्यो इन्धन र बारुद भएको टेस्ला साइबरट्रक, कसले गरायो विस्फोट ?
काठमाडौं÷बीबीसी । संयुक्त राज्य अमेरिकाको नभाडा राज्यस्थित लास भेगसमा ट्रम्प होटलबाहिर इन्धन भरिएका क्यान र पटका राखिएको एउटा टेस्ला साइबरट्रक विस्फोटन भएपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ। प्रहरीका अनुसार उक्त घटनामा सवारीचालकको मृत्यु भएको थियो भने अरू सात जना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न भएको आशङ्का गरिएका कसैको पनि नाम सार्वजनिक गरेको छैन।… Continue reading ट्रम्प होटलबाहिर कसरी पुग्यो इन्धन र बारुद भएको टेस्ला साइबरट्रक, कसले गरायो विस्फोट ?
कोरियामा दुर्घटना भएको जहाजको डाटा रेकर्डर थप विश्लेषणका लागि अमेरिका पठाइने
काठमाडौं । दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको फ्लाइट डाटा रेकर्डर थप विश्लेषणका लागि संयुक्त राज्य अमेरिकामा पठाउने घोषणा गरेको योन्हाप समाचार एजेन्सीले जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले फ्लाइट रेकर्डर स्थानान्तरण गर्ने समयसीमा अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) सँगको समन्वयमा निर्धारण गरिने बताएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading कोरियामा दुर्घटना भएको जहाजको डाटा रेकर्डर थप विश्लेषणका लागि अमेरिका पठाइने
अमेरिकामा भीडमा गाडी कुदाएर भएको आक्रमणमा मारिने १५ पुगे
काठमाडौं । अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा गाडी घुसाएर गरिएको आक्रमणमा ज्यान जानेको संख्या १५ पुगेको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् । न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा छिराएर मानिसहरूलाई किच्दै अघि बढाएका थिए । चालकले जानाजानी ट्रक भिडमा छिराएका अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले… Continue reading अमेरिकामा भीडमा गाडी कुदाएर भएको आक्रमणमा मारिने १५ पुगे
नेपालमा आउने पर्यटकमध्ये अमेरिकी दोस्रो स्थानमा
काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ११ लाख ४७ हजार ५६७ जना पर्यटक भित्रिएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ । नेपाल आउने पर्यटकको सूचीको पहिलो नम्बरमा भारतीय छन् । भारतबाट ३ लाख १७ हजार ७ सय ७२ जना पर्यटक नेपाल आएका छन्… Continue reading नेपालमा आउने पर्यटकमध्ये अमेरिकी दोस्रो स्थानमा
अमेरिकामा न्यूइयर मनाइरहेको भिडमा कार कुदाइयो, कम्तिमा १० जनाको मृत्यु
काठमाडौं । अमेरिकाको न्यू अर्लिन्स सहरमा एक बन्दुकधारीले धन्दाधुन्द कार चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका छन् । घाइते हुनेमा केही सञ्चारकर्मीसमेत छन् । नयाँ वर्षको पहिलो दिन घटना भएको हो । मानिसहरूलाई लक्षित गर्दै कार चलाएका ती व्यक्तिले लगत्तै गोलीसमेत चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी… Continue reading अमेरिकामा न्यूइयर मनाइरहेको भिडमा कार कुदाइयो, कम्तिमा १० जनाको मृत्यु
चिनियाँ ह्याकरद्वारा अमेरिकी अर्थ मन्त्रालयको प्रणाली ह्याक
काठमाडौं । अमेरिकी अधिकारीहरूले चिनियाँ राज्यद्वारा प्रायोजित एक ह्याकरले आफ्नो अर्थ मन्त्रालयको प्रणाली ह्याक गरेको आरोप लगाएका छन्।उनीहरूका अनुसार उक्त ह्याकरले अर्थ मन्त्रालयका कर्मचारीहरू काम गर्ने प्रणाली र केही गोप्य कागजातहरूमा पहुँच पाउन सफल भएको बताएका हुन्।उक्त घटना डिसेम्बर महिनाको सुरुमा भएको थियो। अर्थ मन्त्रालयले सांसदहरूलाई घटनाबारे जानकारी दिन पत्र लेखेपछि त्यसबारे जानकारी सार्वजनिक भएको… Continue reading चिनियाँ ह्याकरद्वारा अमेरिकी अर्थ मन्त्रालयको प्रणाली ह्याक
राष्ट्रपति पौडेलद्वारा अमेरिकाका पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले उनको परिवार र अमेरिकी जनताप्रति समवेदना समेत प्रकट गरेका छन्। अमेरिकाका ३९औँ… Continue reading राष्ट्रपति पौडेलद्वारा अमेरिकाका पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त
अमेरिकी पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् । १ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औं… Continue reading अमेरिकी पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन
डलरको मूल्यमा कीर्तिमान, नेपाली रुपैयाँ हालसम्मकै कमजार
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको पाइएको छ । डलर लगातार बलियो बनिरहेको छ । यसले नेपाली मुद्रा कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री) दर तोकेको छ ।जुन हालसम्मकै उच्च हो । गत शुक्रबार एक अमेरिकी डलरको विनिमय दर… Continue reading डलरको मूल्यमा कीर्तिमान, नेपाली रुपैयाँ हालसम्मकै कमजार