हमासका नेता मारिँदा अमेरिकी राष्ट्रपति खुसी

काठमाडौं । इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएका छन् । यस घटनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वकै लागि राम्रो दिनको रूपमा टिप्पणी गरेका छन् । ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा उनीहरूको एउटा अपरेशनको एक हिस्साको रूपमा मारिएको जानकारी दिएका छन्’ बाइडेनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्,… Continue reading हमासका नेता मारिँदा अमेरिकी राष्ट्रपति खुसी

कमला ह्यारिसको मेडिकल रिपोर्ट सार्वजनिक, ट्रम्प माथि दवाव

काठमाडौं । अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् जसले उनको स्वास्थ्य “एकदम राम्रो” र राष्ट्रपति पदका लागि उपयुक्त रहेको देखाएको छ। आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि भूतपूर्व राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पमाथि ह्यारिसले स्वास्थ्यलाई लिएर उनी अपारदर्शी भएको आरोप लगाएकी छन्। ट्रम्पले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण अहिलेसम्म सार्वजनिक… Continue reading कमला ह्यारिसको मेडिकल रिपोर्ट सार्वजनिक, ट्रम्प माथि दवाव

अमेरिकाको कोलोराडोमा सुन खानीमा फसे १० मजदुर

काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । कोलोराडोको क्रिपल क्रिकको मोली क्याथलीन सुन खानीमा उपकरणमा खराबी भएको थियो । स्थानीय समाचार अनुसार खानीबाट ११ जनालाई उद्धार गरिएको र बाँकीको उद्धार भइरहेको छ । खानी क्रिप्पल… Continue reading अमेरिकाको कोलोराडोमा सुन खानीमा फसे १० मजदुर

फ्लोरिडामा आँधीका कारण कम्तिमा १६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धारकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। बीस लाख घर तथा व्यवसायहरू अझै विद्युत्‌विहीन छन्। बाढीग्रस्त क्षेत्रबाट हजारौँको उद्धार गरिएको छ। अधिकारीहरूले आउँदा दिनमा पनि बाढी आउने सम्भावना रहेको चेतावनी दिएका छन्। फ्लोरिडाको पश्चिम केन्द्रीय तटमा अवस्थित पिनेलस काउन्टी… Continue reading फ्लोरिडामा आँधीका कारण कम्तिमा १६ जनाको मृत्यु

विनासकारी मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा, हजारौं विस्थापित

काठमाडौं । विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुगेसँगै हजारौं मानिसलाई विष्थापित बनाएको छ । बुधबार साँझ बस्ती नजिकै आँधी आइपुग्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका थिए । बीबीसीका अनुसार सरकारले सुरक्षा तयारी तीव्र बनाइरहेको छ । आँधी सारासोटा हुँदै फ्लोरिडातिर सरिरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।… Continue reading विनासकारी मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा, हजारौं विस्थापित

अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक

काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान… Continue reading अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक

यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई

काठमाडौं । यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा भएको छ । यो पुरस्कार दुई अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । माइक्रोआरएनएले जिनहरूको गतिविधि नियमन गर्छ । मानव जातिमा विभिन्न माइक्रोआरएनएका… Continue reading यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई

अभ्यास खेलमा नेपालको लगातार दोसो जित

काठमाडौं । तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले हराएको छ । योसँगै तीन खेलको अभ्यास खेल नेपालले २–१ ले जितेको छ । १८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा… Continue reading अभ्यास खेलमा नेपालको लगातार दोसो जित

इजरायलको दावि : हिज्बुल्लाहका दर्जनौं नेता मारिए

काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा दर्जनौं नेता तथा लडाकु मारिएको दावि गरेको छ । इजरायलले अहिले स्थलमार्गबाट लेबनानमा आक्रमण गरिरहेको छ । स्थल अभियान जारी राख्ने बताएको इजरायलले दर्जनौं लडाकु र नेता मारेको दावि गरेको हो । इजराइली सेनाले हिज्बुल्लाहको गोप्य हतियार भन्डारको समेत नष्ट गरेको जनाएको छ । इजरायली सेनाले इजरायली सीमानामा रहेको लडाकुको… Continue reading इजरायलको दावि : हिज्बुल्लाहका दर्जनौं नेता मारिए

मेक्सिकन प्रहरीले ग्वाटेमालामा गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टी

GETTY IMAGES\BBC

काठमाडौं । मेक्सिकोग्वाटेमाला सीमा नजिक मेक्सिकोको सीमा बलले गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टि भएको छ । ती मध्ये ३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । ११ जनानै मेक्सिको अध्यागमनको हिरासतमा रहेको बासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन । दूतावास सम्बन्धित मेक्सिकन अधिकारीहरूसँग सम्पर्कमा छ… Continue reading मेक्सिकन प्रहरीले ग्वाटेमालामा गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टी

डिभी खुल्यो, नेपालीले आजैबाट भर्न पाउने

काठमाडौं । अमेरिकाको २०२६ डाइभसिर्टी भिसा खोलेको छ । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति ९ : ४५ मा बाट भर्न सकिन्छ । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी… Continue reading डिभी खुल्यो, नेपालीले आजैबाट भर्न पाउने

अमेरिकामा भीषण आँधी, कम्तिमा ३० जनाको मृत्यु

AFP

काठमाडौं । अमेरिकाको नर्थ क्यारोलाइनमा आँधीका कारण ३० जनाले ज्यान गुमाएका छन् । सीएनएनका अनुसार ‘हेलेन’ आँधीका कारण विभिन्न पाँच राज्यमा ज्यान गुमाउनेको संख्या १ सय ५ पुगेको छ । सीबीएसका अनुसार अधिकारीहरूले आँधीका कारण ज्यान गुमाउनेको संख्या बढ्ने अनुमान गरेका छन् । यसअघि फ्लोरिडा र जर्जिया राज्यमा व्यापक क्षति पुर्‍याएको आँधीका कारण आइतबार नर्थ… Continue reading अमेरिकामा भीषण आँधी, कम्तिमा ३० जनाको मृत्यु

अमेरिका भ्रमण पुरा गरी प्रधानमन्त्री स्वदेश फर्किदैं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए । त्यहाँ पुगेलगत्तै विभिन्न छलफलमा भाग लिएका ओलीले असोज १० गते महासभालाई सम्बोधन… Continue reading अमेरिका भ्रमण पुरा गरी प्रधानमन्त्री स्वदेश फर्किदैं

इजरायलको दावि : हिज्बुल्लाहका नेता हसन मारिए

काठमाडौं । हिज्बुल्लाहका नेता हसन नस्रल्लाह आफ्नो सैन्य कारबाहीमा मारिएको इजरेली सेनाले दावि गरेको छ । हिज्बुल्लाहले पनि आफ्ना नेता मारिएको पुष्टि गर्दै त्यसको बदला लिने चेतावनी दिएको छ। इजरेल डिफेन्स फोर्सले नस्रल्लाहसहित इरान समर्थित लडाकु समूहका अरू वरिष्ठ नेताहरू मारिएको जनाएको हो। मारिनेमा हिज्बुल्लाहको दक्षिणी मोर्चाका कमान्डर पनि रहेको इजरेली सेनाको एउटा विज्ञप्तिमा जनाइएको… Continue reading इजरायलको दावि : हिज्बुल्लाहका नेता हसन मारिए

संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीको सम्बोधन, कुन विषयलाई दिए प्राथमिकता ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५ः३०… Continue reading संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीको सम्बोधन, कुन विषयलाई दिए प्राथमिकता ?

अमेरिकी प्रथम महिलाद्धारा आयोजित समारोहमा शाक्य सहभागी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी भएकी छिन् । अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी भएकी हुन् । न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन अमेरिकामा रहेका राष्ट्रप्रमुख तथा… Continue reading अमेरिकी प्रथम महिलाद्धारा आयोजित समारोहमा शाक्य सहभागी

परराष्ट्र मन्त्री देउबा र स्पेनका प्रधानमन्त्रीबीच भेट

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकामा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छिन् । त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको थियो । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । रासस

प्रधानमन्त्रीको आह्वान : हिमाल देखि समुन्द्रसम्म बचाउने योजना आवश्यक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताए । समुद्री सतह वृद्धिका कारणबारे चर्चा गर्दै उनले एसियाका दुई… Continue reading प्रधानमन्त्रीको आह्वान : हिमाल देखि समुन्द्रसम्म बचाउने योजना आवश्यक

प्रधानमन्त्री ओली र कुवेती राजकुमारबीच भेट

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो । भेटमा द्धीपक्षीय… Continue reading प्रधानमन्त्री ओली र कुवेती राजकुमारबीच भेट

भूटान र नेपालका प्रधानमन्त्री बीच अमेरिकामा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र मित्रराष्ट्र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएको हो । उनीहरुको भेट राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय,… Continue reading भूटान र नेपालका प्रधानमन्त्री बीच अमेरिकामा भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच न्यूयोर्कमा भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् । उनले भेट फलदायी भएको उल्लेख गरेका छन् । भेटमा परराष्ट्रमन्त्री… Continue reading प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच न्यूयोर्कमा भेट

अमेरिकामा रहेका नेपालीबाटै विरोधको पूर्वसूचना पाएपछि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको स्वागतमा आयोजित कार्यक्रम स्थगित

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा त्यहाँका नेपाली समुदाय आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो । त्यसका लागि प्रधानमन्त्री… Continue reading अमेरिकामा रहेका नेपालीबाटै विरोधको पूर्वसूचना पाएपछि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको स्वागतमा आयोजित कार्यक्रम स्थगित

अमेरिकामा सामुहिक गोलीबारी, कम्तिमा चार जना मारिए, १८घाइते

काठमाडौं । अलाबामाको बर्मिङ्घमस्थित एक लोकप्रिय नाइट लाइफ क्षेत्रमा भएको सामूहिक गोलीबारीमा चार जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।धेरै पीडित क्रसफायरमा परेको प्रहरीले आइतबार बिहान जानकारी दिएको छ । हालसम्म कसैलाई तत्काल पक्राउ गरिएको छैन र प्रहरीले जनतासँग जानकारी मागेको छ । गोलीबारी शनिबार राति ११ बजेपछि सहरको फाइभ पोइन्ट्स साउथ मनोरञ्जन… Continue reading अमेरिकामा सामुहिक गोलीबारी, कम्तिमा चार जना मारिए, १८घाइते

क्यानडाबाट न्यूयोर्क पुगिन् परराष्ट्र मन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार न्यूयोर्क पुगेकी छन्। स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्यूयोर्क आएकी हुन्। मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए। क्यानाडाको टोरन्टोमा… Continue reading क्यानडाबाट न्यूयोर्क पुगिन् परराष्ट्र मन्त्री

अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्यमा गिरावट

काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ। नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ। शुक्रबार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र… Continue reading अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्यमा गिरावट

न्यूयोर्क पुगे प्रधानमन्त्री, के छ तालिका

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीले यही असोज १०… Continue reading न्यूयोर्क पुगे प्रधानमन्त्री, के छ तालिका

अमेरिका प्रस्थान गरे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् । विमानस्थलमा प्रधानमन्त्री ओलीलाई नेपाली… Continue reading अमेरिका प्रस्थान गरे प्रधानमन्त्री

अमेरिकामा १५ वर्ष अगाडी ठगी, नेपालमा सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर

काठमाडौं । अमेरिकामा १० लाख डलर ठगेर नेपाल आएका एक व्यक्ति १५ वर्षपछि विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले चिट्ठाको पैसा ठगेर नेपाल फर्केका पंकज जोशीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापको इजलासले जोशीलाई दुई… Continue reading अमेरिकामा १५ वर्ष अगाडी ठगी, नेपालमा सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर

प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू… Continue reading प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्दै

संविधान दिवसमा अमेरिकाको शुभकामना : के दियो सन्देश ?

काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्व दिएको जनाएको… Continue reading संविधान दिवसमा अमेरिकाको शुभकामना : के दियो सन्देश ?