एजेन्सी३१ वैशाख, काठमाडौं । मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना भए पनि व्यापारिक सम्झौताहरूको आशा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साउदी अरेबिया पुगेका छन् । यो उनको खाडी क्षेत्रको भ्रमणको पहिलो चरण हो र त्यसपछि कतार र संयुक्त अरब इमिरेट्स जाने कार्यक्रम छ । यो भ्रमण अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको पहिलो प्रमुख… Continue reading खाडी क्षेत्रको भ्रमणमा ट्रम्प, के गर्दैछन् ?
Category: अमेरिका
चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो
एजेन्सी३१ वैशाख, काठमाडौं । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख तनाव कम गर्दै अस्थायी रूपमा भन्सार शुल्कहरू घटाउन सहमति जनाएपछि चीनले घरेलु एयरलाइन्सलाई नयाँ बोइङ विमान स्वीकार गर्नमाथिको प्रतिबन्ध हटाएको एक रिपोर्टमा उल्लेख छ । गत महिना अमेरिकी विमान निर्माताले चिनियाँ एयरलाइन्सले दुवै पक्षले लगाएको भारी भन्सार शुल्कका कारण नयाँ विमानको डेलिभरी स्वीकार… Continue reading चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो
अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न बैठक
२८ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक रूपमा कर वृद्धि गरे बेइजिङको कडा प्रतिशोधका कारण उत्पन्न व्यापार युद्धलाई कम गर्न अमेरिका र चीनका वरिष्ठ अधिकारीहरूबीच शनिबार जेनेभामा बैठक भएको छ। गत महिना ट्रम्पले चीनमाथि नयाँ कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच भएको पहिलो वार्तामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र अमेरिकी व्यापार… Continue reading अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न बैठक
अमेरिकी राष्ट्रपति खाडी क्षेत्रका मुलुकको भ्रमणमा आउँदै, पहिलो औपचारिक भ्रमण
२७ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार साउदी अरेबिया, कतार तथा संयुक्त अरब इमिरेट्सको भ्रमणमा आउने भएका छन् । दोस्रो कार्यकालको प्रमुख अन्तर्राष्ट्रिय भ्रमणका रूपमा रहेको यो यात्राले आर्थिक सहकार्य सुदृढ गर्नुका साथै मध्यपूर्वको जटिल परिस्थितिमा कूटनीतिक संवादलाई अगाडि बढाउने अपेक्षा गरिएको छ । यस भ्रमणलाई ह्वाइट हाउसले ‘ऐतिहासिक पुनरागमन’… Continue reading अमेरिकी राष्ट्रपति खाडी क्षेत्रका मुलुकको भ्रमणमा आउँदै, पहिलो औपचारिक भ्रमण
भारत–पाकिस्तानबीच जल, आकास र जमिन सबैमा आक्रमण नगर्ने सहमति
भारत र पाकिस्तानबीच जल, स्थल र आकास तीन वटै क्षेत्रमा आक्रमण नगर्ने सहमति भएको छ । साथै आगामी १२ मेमा दुबै मुलुकका उच्च अधिकारीहरुबीच वार्ता गर्ने सहमति समेत जुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबिरामको घोषणा गरेका थिए । अमेरिकाको मध्यस्थतामा यस्तो सहमति जुटेको उनको दावि छ । दुई मुलुकबीच… Continue reading भारत–पाकिस्तानबीच जल, आकास र जमिन सबैमा आक्रमण नगर्ने सहमति
भारत र पाकिस्तानबीच युद्धविराम : ट्रम्पले गरे घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्पका अनुसार अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले… Continue reading भारत र पाकिस्तानबीच युद्धविराम : ट्रम्पले गरे घोषणा
अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित, को हुन उनी ?
२६ वैशाख, काठमाडौं । रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बनेका छन् । उनलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उनी पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बनेका छन् । यद्यपि, उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ । बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गरेका थिए… Continue reading अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित, को हुन उनी ?
नेजाको नवौँ अधिवेशनः पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा
२६ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को नवौँ अधिवेशनमा अतिथिका रुपमा सहभागी हुने सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेकी छिन् । अमेरिकाको नेभाडा राज्यको लस भेगस सहरमा हुने अधिवेशनमा सहभागी हुन जाने क्रममा अध्यक्ष शर्मा त्यहाँ पुगग्दा उनलाई नेजाका अध्यक्ष सुरज भण्डारीलगायतका पदाधिकारीले स्वागत गरे । नेजाको निमन्त्रणामा… Continue reading नेजाको नवौँ अधिवेशनः पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा
कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ
२५ वैशाख, न्यूयोर्क । कोलम्बिया विश्वविद्यालयमा बुधबार प्यालेस्टिनी समर्थकद्वारा विरोध प्रदर्शन गरी पुस्तकालय कब्जा गरेपछि लगभग ७५ जनालाई पक्राउ गरिएको न्युयोर्क प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरू र विश्वविद्यालयका सुरक्षा अधिकारीबीच झडप हुँदा दुई सुरक्षा अधिकारीहरू घाइते भएका थिए । सावधानी अपनाउनको लागि ‘फायर अलार्म’ बजाइएको थियो । न्यूयोर्क प्रहरीले साँझ ६ बजेतिर कोलम्बिया विश्वविद्यालयमा प्रवेश… Continue reading कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ
ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश
वासिङ्टन, वैशाख २३ गते । सोमबार एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन आदेश दिएका छन् । यो अमेरिकाको आप्रवासन नीतिलाई पुनः आकार दिने सरकारको प्रयासमा एउटा धक्का हो । यो आदेशले अपिल अदालतको फैसलाले लगाएको सीमाहरू स्पष्ट पारेको छ । उक्त फैसलाले ट्रम्प प्रशासनलाई शरणार्थी प्रवेश प्रणाली… Continue reading ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश
विदेशमा निर्माण हुने सबै चलचित्रमाथि शतप्रतिशत कर लगाउने ट्रम्पको आदेश
२२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी फिल्मनिर्माता र स्टुडियोहरू विदेशमा काम गर्ने प्रवृत्तिले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै संयुक्त राज्य अमेरिका बाहिर बनेका सबै चलचित्रमा नयाँ कर लगाउने आदेश दिएको बताएका छन् । ह्वाइट हाउस आफ्नो आक्रामक व्यापार नीतिहरूमाथि बढ्दो आलोचनाको सिकारमा परेको बेला यो घोषणा आएको छ जसमा ट्रम्पले विश्वभरिका… Continue reading विदेशमा निर्माण हुने सबै चलचित्रमाथि शतप्रतिशत कर लगाउने ट्रम्पको आदेश
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
२२ वैशाख, किमाथाङ्का । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनको आइतबार राति मृत्यु भएको हो । मृतक एलेक्स… Continue reading मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
विश्व युद्धको वार्षिकोत्सवको नाम परिवर्तन गरी ‘विजय दिवस’ राख्ने ट्रम्पको घोषणा
२० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मे ८ र नोभेम्बर ११ दुवैको नाम ‘विजय दिवस’ राख्ने इच्छा घोषणा गरेका छन् । “म मे ८ लाई दोस्रो विश्वयुद्धको विजय दिवस र नोभेम्बर ११ लाई पहिलो विश्वयुद्धको विजय दिवसका रूपमा पुनः नामकरण गर्दैछु”, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् । मे ८ मा… Continue reading विश्व युद्धको वार्षिकोत्सवको नाम परिवर्तन गरी ‘विजय दिवस’ राख्ने ट्रम्पको घोषणा
अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने
२० वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनबाट आयात हुने ८०० अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा भन्सार छुटको शुक्रबारदेखि अन्त्य गरेको छ । यसले शिन र टेमुजस्ता लोकप्रिय ई–कमर्स साइटहरूलाई ठूलो धक्का पुर्याएको छ । ह्वाइट हाउसले चीनबाट संयुक्त राज्य अमेरिकामा ‘सेमीसिन्थेटिक ओपिओइड्स’ भनिने एक प्रकारको लागू पदार्थको अवैध प्रवाहका कारण उत्पन्न भइरहेको स्वास्थ्य आपतकालीन… Continue reading अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने
व्यापार अनिश्चितताका बीच अमेरिकी उत्पादनमा सङ्कुचन
१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिसम्बन्धी अनिश्चितताका कारण गत महिना अमेरिकी उत्पादनमा आएको मन्दीले यस क्षेत्रमा तरङ्ग ल्याएको बिहीबार प्रकाशित सर्वेक्षण तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपतिले अप्रिलको सुरुमा अधिकांश देशहरूविरुद्ध व्यापक करहरू सार्वजनिक गरेका थिए । तर धेरै राष्ट्रहरूको सन्दर्भमा उनले कर वृद्धिको मार्ग परिवर्तन गरेका थिए । यद्यपि यो… Continue reading व्यापार अनिश्चितताका बीच अमेरिकी उत्पादनमा सङ्कुचन
अमेरिकी अर्थतन्त्र अप्रत्यासित रुपमा सङ्कुचित
१८ वैशाख, काठमाडौं । सन् २०२५ को पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कर वृद्धि गर्नुअघि आयातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा सङ्कुचन देखिएको हुनसक्ने अमेरिकी वाणिज्य मन्त्रालयको अनुमान रहेको छ । सन् २०२४ को अन्तिम महिनामा २.४ प्रतिशतले वृद्धि भएको विश्वको… Continue reading अमेरिकी अर्थतन्त्र अप्रत्यासित रुपमा सङ्कुचित
क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी, अमेरिकासँगको सम्बन्ध कस्तो रहला ?
१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री मार्क कार्नीले सोमबार क्यानाडाको चुनाव जितेका छन् । उनको लिबरल पार्टीले मतदाताहरूलाई विश्वास दिलाएपछि उनको सङ्कट व्यवस्थापनको अनुभवले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न तयार पारेको हो । सार्वजनिक प्रसारणकर्ता सिबिसी र अन्य आउटलेटहरूले लिबरलहरूले क्यानाडाको अर्को सरकार बनाउने अनुमान गरेका छन् । तर उनीहरूले संसद्मा बहुमत प्राप्त गर्नेछन्… Continue reading क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी, अमेरिकासँगको सम्बन्ध कस्तो रहला ?
अमेरिकी उपभोक्ताको विश्वास महामारी सुरु भएयताकै न्यून विन्दुमा
१७ वैशाख, न्यूयोर्क । कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर योजनाका बारेमा चिन्ता व्यक्त गरिएका बेला मङ्गलबार प्रकाशित सर्वेक्षण तथ्याङ्कअनुसार अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको हो । “अमेरिकी उपभोक्ता विश्वास सूचकाङ्क अप्रिलमा ७।९ अङ्कले घटेर ८६.० मा झरेको छ,”… Continue reading अमेरिकी उपभोक्ताको विश्वास महामारी सुरु भएयताकै न्यून विन्दुमा
यमनमा रोकिएन अमेरिकी आक्रमण, थप ६८ जनाको मृत्यु
१६ वैशाख, काठमाडौं । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकी सेनाले एक महिना लामो सैन्य अभियान चलाइरहेको छ । जसअन्तर्गत अहिलेसम्म आठ सयभन्दा बढी हवाई आक्रमण गरिएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डले दिएको जानकारी अनुसार, यी आक्रमणहरूमा सयौं हुथी लडाकू र नेताहरू मारिएका छन्, यद्यपि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । हुथी विद्रोहीहरू, जसलाई… Continue reading यमनमा रोकिएन अमेरिकी आक्रमण, थप ६८ जनाको मृत्यु
पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प
१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः ‘युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने’ बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग रोममा सम्पन्न भेटपछी ‘ट्रुथ सोसल’ मार्फत व्यक्त विचारमा ट्रम्पले पुटिनसँग व्यवहार गर्ने तरिकामा फेरबदल हुन सक्ने सङ्केत पनि… Continue reading पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
१३ वैशाख, भ्याटिकन । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार ‘सेन्ट पिटर्स स्क्वायर’मा दशौँ हजार शोकसन्तप्त मानिस भेला भएका छन् । भेला हुनेमा भारतीय राष्ट्रपति द्रौपदी मुुर्मु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलगायत विश्वका क्रिश्चियन तथा हजारौँको सङ्ख्यामा अन्य धर्मावलम्बीहरू रहेका छन्… Continue reading पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
पोपको अन्त्येष्टिमा ट्रम्प र ईयू प्रमुखबीच कूटनीतिक संवाद
१३ वैशाख, काठमाडौं । पोप फ्रान्सिसको अन्तिम संस्कारको अवसरमा भएको छोटो कुराकानीमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लेयेन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच औपचारिक भेट गर्ने सहमति भएको आयोगकी प्रवक्ता पाउला पिन्हाले जानकारी दिएकी छिन् सो अवसरमा विभिन्न विश्व नेताहरूबीच कूटनीतिक संवादहरू भएका थिए । “छोटो कुराकानीमा राष्ट्रपति भन डेर लेयेन र राष्ट्रपति ट्रम्पले… Continue reading पोपको अन्त्येष्टिमा ट्रम्प र ईयू प्रमुखबीच कूटनीतिक संवाद
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताएका छन् । शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गरे । ट्रम्पले भने, “यदि आणविक… Continue reading आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
जम्मू–कश्मीर आक्रमण : प्रधानमन्त्री मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फिर्ता
१० वैशाख, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएका छन् । उनी भारत फर्किएका छन् । यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका… Continue reading जम्मू–कश्मीर आक्रमण : प्रधानमन्त्री मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फिर्ता
पोप फ्रान्सिसको निधनपछिका केही जान्नै पर्ने कुराहरू
९ वैशाख, काठमाडौं । पोप फ्रान्सिसको सोमबार भ्याटिकनमा ८८ वर्षको उमेरमा स्ट्रोकबाट निधन भएको छ । उनको अन्त्येष्टि यस हप्ताको अन्त्यतिर उपासक र गणमान्य व्यक्तिहरूको उपस्थितिमा हुने भएको छ । त्यसपछि उत्तराधिकारी चुन्न कार्डिनलहरूको सम्मेलन बोलाइनेछ । जर्ज बर्गोग्लियोको निधनको वरपरका परिस्थितिहरू र पछि के हुनेछ भन्नेबारे यहाँ चर्चा गरिएको छ । – घातक स्ट्रोक… Continue reading पोप फ्रान्सिसको निधनपछिका केही जान्नै पर्ने कुराहरू
अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भारत भम्रण आजदेखि, किन छ संसारभर चासो ?
८ वैशाख, नयाँ दिल्ली । अमेरिका र भारतले आर्थिक अवसरहरू खोल्न र द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता गर्न खोजिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्स सोमबार भारत आउँदैछन् । उनी चार दिने भ्रमणका लागि भारत आउन लागेका हु्न् । भान्सले नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अर्थव्यवस्था, व्यापार र भूराजनीतिक सम्बन्धबारे छलफल गर्ने बताइएको छ । भान्सको भ्रमणलाई… Continue reading अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भारत भम्रण आजदेखि, किन छ संसारभर चासो ?
इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा २५ जनाको मृत्यु
८ वैशाख, काठमाडौं । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार बिहानदेखि भएका इजरायली हवाई आक्रमणमा परी गाजा पट्टीमा कम्तीमा २५ जनाको ज्यान गएको छ, जसमा महिला र बालबालिका पनि परेका छन् । इजरायलले मार्च १८ देखि गाजामा फेरि हवाई र स्थल आक्रमण सुरु गरेको हो । त्यसअघि दुई महिनासम्म युद्धविराम कायम थियो । नागरिक सुरक्षा… Continue reading इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा २५ जनाको मृत्यु
शान्तिको प्रयासमा बाधाः रुस र युक्रेनबीचको युद्धविराममा आरोप–प्रत्यारोप
७ वैशाख, काठमाडौं । रुस र युक्रेनले आइतबार एकअर्कामाथि युद्धविराम उल्लङ्घन (तोडेको) गरेको आरोप लगाएका छन् । यो युद्धविराम रूसी राष्ट्रपति पुटिनले धार्मिक पर्वको अवसरमा शनिबार साँझदेखि आइतबार रातिसम्मका लागि घोषणा गरेका थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी सेनाले युद्धविरामको समयमा पनि आक्रमण र गोलाबारी जारी राखेको बताए । उनका अनुसार, सुरु भएको ६ घण्टामै… Continue reading शान्तिको प्रयासमा बाधाः रुस र युक्रेनबीचको युद्धविराममा आरोप–प्रत्यारोप
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु
५ वैशाख, काठमाडौं । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् । आक्रमणपछि दिइएको प्रारम्भिक जानकारीमा आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको र कम्तीमा २० जनाको मृत्यु भएको… Continue reading यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणमा परी ५८ जनाको मृत्यु
बोइङ जेटको डेलिभरी नलिन एयरलाइन्सलाई चीनको आदेश
२ वैशाख, काठमाडौं । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न भनेको मङ्गलबार एउटा रिपोर्टले जनाएको छ । जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि विश्वका दुई ठूला अर्थतन्त्र प्रतिक्रियात्मक भन्सार युद्धमा फसेका छन् । अमेरिकाले अब चीनबाट आयातमा १४५… Continue reading बोइङ जेटको डेलिभरी नलिन एयरलाइन्सलाई चीनको आदेश