Category: अमेरिका

  • एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना

    एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना

    एजेन्सी
    ११ भदौ, काठमाडौं । कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्नेदेखि लिएर २० वर्षका लागि इन्जिन मर्मत–सम्भार सेवा प्राप्त गर्ने गरी ५० अर्ब डलरको विशाल सम्झौता घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वासिङ्टनमा भएको भेटपछिको औपचारिक कार्यक्रममा उक्त सम्झौता सम्पन्न गरिएको हो ।

    सम्झौताअनुसार १०३ नेक्स्ट–जेनेरेसन बोइङ विमानका लागि ३६ अर्ब २० करोड डलर, जीई एरोस्पेस र सीएफएम इन्टरनेसनलका १९ स्पेयर इन्जिनका लागि ६९ करोड डलर र जीई एरोस्पेससँग २० वर्षे इन्जिन मर्मत सेवा सम्झौताका लागि १३ अर्ब डलर विनियोजन गरिएको छ ।

    कोरियन एयरले विज्ञप्तिमा भनेको छ, “यो सम्झौता अमेरिकी उड्डयन उद्योगसँग हाम्रो साझेदारीलाई अझ बलियो बनाउन गरिएको रणनीतिक निर्णय हो । अमेरिकी बजारमा गरिएको यो लगानीले एयरलाइनको परिचालन क्षमता र विश्वव्यापी प्रतिस्पर्धा बढाउनेछ, साथै दीर्घकालीन व्यावसायिक सम्बन्धलाई सुदृढ गर्दै दिगो विकासलाई प्रोत्साहित गर्नेछ ।”

    खरिद अर्डरमा २० बोइङ ७७७–९, २५ बोइङ ७८७–१०, ५० बोइङ ७३७–१० र आठ बोइङ ७७७–८एफ मालवाहक विमान समावेश छन् । यी सबै विमान सन् २०३० को अन्त्यसम्म चरणबद्ध रूपमा डेलिभरी हुने तय गरिएको छ । हस्ताक्षर समारोहमा कोरियन एयर र हन्जिन समूहका अध्यक्ष तथा सिइओ वाल्टर चो, बोइङ कमर्सियल एयरप्लेनकी अध्यक्ष तथा सिइओ स्टेफनी पोप र जीई एरोस्पेसका कमर्सियल इन्जिन तथा सेवा विभागका अध्यक्ष तथा सिइओ रसेल स्टोक्स सहभागी थिए ।

  • चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने

    चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने

    एजेन्सी
    १० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गरेका छन् । चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा, ट्रम्पले चिनियाँ विद्यार्थीहरूको उपस्थितिलाई महत्त्वपूर्ण भन्दै स्पष्ट गरे, “हामी उनीहरूका विद्यार्थीलाई अनुमति दिनेछैनौँ भन्ने म धेरै अफवाह सुन्छु । तर होइन, हामी उनीहरूलाई भित्र आउन दिनेछौँ । यो धेरै महत्त्वपूर्ण छ– छ लाख विद्यार्थी । यो ठूलो कुरा हो ।”

    चीनसँग राम्रो सम्बन्ध कायम हुनेमा आफू विश्वस्त रहेको उनले बताए । “राष्ट्रपति सी मलाई चीन आउन चाहनुहुन्छ । यो निकै महत्त्वपूर्ण सम्बन्ध हो । हामी चीनबाट भन्सार शुल्क र अन्य कारणले धेरै पैसा सङ्कलन गरिरहेका छौँ । तर हामी चीनसँग राम्रो गर्नेछौँ”, ट्रम्पले भने । उनका अनुसार, अहिलेको चीनसँगको आर्थिक सम्बन्ध अघिल्लो बाइडेन प्रशासनको तुलनामा धेरै बलियो छ । यस वर्षको सुरुमा अमेरिकी प्रशासनले सबै चिनियाँ सामानमा एक सय ४५ प्रतिशत कर लगाएको थियो । यसको जवाफी कदमस्वरूप बेइजिङले अमेरिकी निर्यातमा एक सय २५ प्रतिशत कर लगाएको थियो ।

    जेनेभामा मे महिनामा वार्ताकारहरूले अतिरिक्त करहरू रोकिने सहमति गरेका थिए, तर ट्रम्पले अझै थप दण्डको चेतावनी दिन छाडेका छैनन् । गत हप्ता मात्रै उनले चिनियाँ निर्मित म्याग्नेटमा दुई सय प्रतिशत कर लगाउने घोषणा गरेका थिए । म्याग्नेटलाई उनले विश्व बजारमा बेइजिङको ‘एकाधिकार’ को रूपमा चित्रण गरेका थिए ।
    “यसमा कुनै समस्या आउँछ भन्ने मलाई लाग्दैन”, ट्रम्पले पत्रकारहरूलाई भने, “चीनले बुद्धिमानीपूर्वक विश्वको म्याग्नेट बजारमा एकाधिकार बनाएको छ । तिनीहरूलाई पाउन सम्भवतः हामीलाई एक वर्ष लाग्न सक्छ ।” फक्स न्युजका अनुसार हाल करिब दुई लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन् । यसैबीच, मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ नागरिकहरू, विशेषगरी कम्युनिस्ट पार्टी वा संवेदनशील अनुसन्धान क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि भिसा आक्रामक रूपमा रद्द गर्ने योजना सार्वजनिक गरेका थिए । तर ट्रम्पले जुन महिनामा पत्रकारहरूसँग चीनबाट विद्यार्थी स्वागत गर्ने पक्षमा आफू सधैँ रहेको दोहो¥याएका छन् ।

  • इरान अमेरिका सामु झुक्दैन : खामेनी

    इरान अमेरिका सामु झुक्दैन : खामेनी

    एजेन्सी
    ९ भदौ, तेहरान । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानलाई वशमा पार्ने अमेरिकी प्रयासको सामना गर्न संयुक्त राष्ट्रिय मोर्चा गठन गर्न आह्वान गरेका छन् । राजधानी तेहरानको एक मस्जिदमा दिइएको र खामेनीको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको यो टिप्पणी इरान र उसको कट्टर शत्रु इजरायलबीचको युद्धमा युद्ध रोकिएको दुई महिनापछि आएको हो । युद्धमा इरानसँगै संयुक्त राज्य अमेरिकाले इरानी प्रमुख तीन युरेनियम भण्डारण केन्द्रमा आक्रमण गरेको थियो ।

    तेहरान आफ्नो आणविक कार्यक्रमको बारेमा विश्व शक्तिहरूसँग वार्तामा व्यस्त छ। खामेनीले गत जुनमहिनामा इजरायल र अमेरिकाले गरेका दुर्लभ आक्रमणले प्रमुख आणविक स्थलहरूलाई लक्षित गरेको र यसले इरानी प्रतिशोधलाई उत्प्रेरित गरेको बताए । उनले यसलाई इस्लामिक गणतन्त्र (इरान)लाई अस्थिर गर्न गरिएको योजनाका रूपमा व्याख्या गरे । युद्धको सुरुवातमा इजरायलले इरानमाथि आक्रमण गरेको एक दिनपछि ‘अमेरिकी एजेन्टहरू’ युरोपमा भेला भएका र इरानमा आक्रमणपछि कस्तो सरकारले शासन गर्ने भन्ने विषयमा छलफल गरेको उनले बताए ।
    खामेनीले अमेरिकाले अन्ततः इरानलाई ‘आज्ञाकारी’ बनाउन खोजेको दाबी गरे । उनले भने, “गत जुनमा भएको १२ दिने युद्धबाट यो देश बलियो बनेको छ, जुन इजरायल र संयुक्त राज्य अमेरिकासँगको इतिहासकै सबैभन्दा तीव्र प्रत्यक्ष भिडन्त हो।” खामेनीले भने, “इरानी राष्ट्रले सशस्त्र बल, सरकार र प्रणालीको साथमा दृढताका साथ उभिएर आफ्ना शत्रुहरूलाई कडा प्रहार गरेको छ ।” राज्यको प्रशासनमामिलामा अन्तिम निर्णय गर्ने सर्वोच्च नेता खामेनीले विदेशी शक्तिले उक्साइरहेको भन्दै आन्तरिक विभाजनविरुद्ध पनि चेतावनी दिएका थिए । “शत्रुका लागि अगाडिको बाटो भनेको इरानमा कलह सिर्जना गर्नु हो”, उनले भने, “इजरायललाई सङ्केत गर्दै अमेरिका र यहूदी शासनका एजेन्टहरू विभाजनको बीउ छर्न खोजिरहेका छन्।”

    तेहरान र वासिङ्टनबीच सन् १९७९ को इस्लामिक क्रान्ति र त्यसपछि अमेरिकी दूतावासमा बन्धक सङ्कट उत्पन्न भएपछि सम्बन्ध विच्छेद भएको थियो । वासिङ्टनले इरानको आणविक कार्यक्रमलाई लिएर तेहरानमाथि लगातार प्रतिबन्ध लगाएको छ । संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले इरानले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लगाउँदै आएका छन्, तर तेहरानले यो दाबीलाई बारम्बार अस्वीकार गर्दै आएको छ।

    तेहरान र वासिङ्टनबीच इरानको आणविक कार्यक्रमबारे छैटौँ चरणको वार्ता हुन लागेको बेला युद्ध सुरु भएको हो । हप्तौँअघि सुरु भएको वार्ता द्वन्द्वका कारण रद्द भएको थियो । युरोपेली शक्तिहरूले कुनै सम्झौता नभए पुनः प्रतिबन्ध लगाउने धम्की दिएपछि इरानले आणविक वार्ताका लागि मङ्गलबार बेलायत, फ्रान्स र जर्मनीसँग बैठक गर्ने कार्यक्रम तय भएको छ।

  • इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

    इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

    एजेन्सी
    ८ भदौ, काठमाडौं । गाजामा खाद्य संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघको शरणार्थी सहायता निकायले चिन्ता व्यक्त गर्दै यो अवस्था मानवनिर्मित भएको संकेत गरेको छ । शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लुए) का आयुक्त फिलिप लाजरिनीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजा सहरमा भोकमरीको अवस्था पुष्टि भइसकेको जनाउँदै यसलाई रोकथाम गर्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए । ‘हामीले पटकपटक चेतावनी दिएका थियौं । अहिले स्थिति गम्भीर छ र यसलाई मानव निर्मित संकटको रूपमा हेर्न सकिन्छ,” उनले लेखेका छन्, लाजरिनीका अनुसार गाजामा आधारभूत राहत सामग्री लामो समयदेखि पर्याप्त रूपमा आपूर्ति हुन सकेको छैन ।

    खाद्य सुरक्षासम्बन्धी चरणगत मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको समूहले हालै प्रकाशित प्रतिवेदनमा गाजा सहरसहितको क्षेत्रमा भोकमरी पुष्टि भएको जनाएको छ । सो प्रतिवेदनमा देइर अल–बलाह र खान युनिस क्षेत्रमा पनि संकट फैलन सक्ने चेतावनी दिइएको छ । प्रतिवेदनअनुसार अगस्त महिनाको अन्त्यसम्म करिब ६ लाख ४० हजार मानिस गम्भीर खाद्य अभावको स्थितिमा पुग्न सक्नेछन र ११ लाखभन्दा बढी व्यक्तिहरू आपतकालीन खाद्य असुरक्षाको अवस्थामा रहने अनुमान गरिएको छ ।

    लाजरिनीले संकटको थप विस्तार रोक्नका लागि तुरुन्त युद्धविराम र निर्वाध मानवीय सहायता आपूर्तिको आवश्यकता रहेको उल्लेख गरे । इजरायली प्रधानमन्त्रीको कार्यालयले भने उक्त आरोपलाई अस्वीकार गर्दै गाजामा भोकमरी फैलाउने कुनै नीति नरहेको स्पष्ट पारेको छ । इजरायलले आफूले “भोकमरी रोक्ने नीति“ अपनाएको र सहायता आपूर्तिमा सन्तुलन कायम गर्न प्रयासरत रहेको जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुपोषण र भोकका कारण २७३ जनाको निधन भइसकेको छ, जसमा ११२ बालबालिका रहेका छन् । सन् २०२५ मार्च २ मा युद्धविराम समाप्त भएपछि गाजामा राहत सामग्रीको आपूर्ति उल्लेखनीय रूपमा घटेको जनाइएको छ ।

  • अफगान शरणार्थीहरूको घरफिर्ती जारी, पाकिस्तान र इरानबाट व्यापक आगमन

    अफगान शरणार्थीहरूको घरफिर्ती जारी, पाकिस्तान र इरानबाट व्यापक आगमन

    एजेन्सी
    ७ भदौ, काठमाडौं । अफगान शरणार्थी समस्यासम्बन्धी उच्च आयोगले जानकारी दिएको अनुसार, शुक्रबारको दिनमा मात्रै एक हजार ६९३ अफगान शरणार्थी परिवार—कुल ६ हजार २०२ जना व्यक्ति छिमेकी मुलुकहरू इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन् । उनीहरूले अफगानिस्तानको विभिन्न सीमा नाकाहरूबाट प्रवेश गरेका छन्, जसमा पश्चिम हेरातस्थित इस्लाम कला नाका, पूर्व ननगहारस्थित तोर्खम नाका, दक्षिण कन्धारस्थित स्पिन बोल्दक नाका र पश्चिम निमरोजस्थित अब्रीशम नाका रहेका छन् ।

    संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले सन् २०२५ को सुरुदेखि अगस्ट महिनासम्म मात्रै २० लाख भन्दा बढी अफगान नागरिक इरान, पाकिस्तान तथा अन्य देशहरूबाट अफगानिस्तान फर्किएको जानकारी दिएको छ । अफगानिस्तानको शरणार्थी तथा पुनःस्थापना मन्त्रालयका अनुसार हाल करिब ६० लाख अफगान नागरिक विदेशमा शरणार्थीको रूपमा बसोबास गरिरहेका छन्, जसमध्ये अधिकांश अवैध रूपमा इरान र पाकिस्तानमा छन् ।

  • जापान र दक्षिण कोरियाबीच सम्बन्ध विस्तार गर्ने सहमति

    जापान र दक्षिण कोरियाबीच सम्बन्ध विस्तार गर्ने सहमति

    एजेन्सी
    ७ भदौ, टोकियो । जापान र दक्षिण कोरियाली नेताबीच शनिबार टोकियोमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग बढाउन सहमति भएको छ । जापानद्वारा २० औँ शताब्दीमा कोरियाली प्रायद्वीपमा दशकौँ लामो कब्जाका क्रममा जबर्जस्ती श्रमको प्रयोग र भूगोलसम्बन्धी विवादले दुई छिमेकीबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । उत्तर कोरियाको आणविक खतराको सामना गर्न ऐतिहासिक गुनासाहरूलाई पन्छाउँदै हालैका वर्षहरूमा छिमेकी देशहरू नजिकिएका छन्।

    बैठकपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “दुई देशबीचको बढ्दो चुनौतीपूर्ण रणनीतिक वातावरणका बीच जापान–दक्षिण कोरिया सम्बन्ध र टोकियो, सियोल र वासिङ्टनबीच सहयोगको महत्व बढ्दै गएको छ । सन् १९६५ मा कूटनीतिक सम्बन्ध सामान्य भएपछि पहिलो पटक दक्षिण कोरियाली राष्ट्रपतिले आफ्नो पहिलो द्विपक्षीय भ्रमणका लागि जापानलाई रोज्नुभएको हो ।

    दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले भने “मलाई विश्वास छ, यसले दक्षिण कोरिया–जापान सम्बन्धलाई कत्तिको महत्व दिन्छ भन्ने देखाउँछ ।” इशिबाले अगाडी भने “हामी छिमेकी देशहरूको रूपमा त्यहाँ कठिन मुद्दाहरू विद्यमान छन्, अझै पनि निरन्तर नीतिहरू पछ्याउने कुरालाई हामीले जारी राख्नेछौँ।”
    भेटवार्तामा दुई नेताले प्रतिरक्षा, आर्थिक सुरक्षा र कम जन्मदरजस्ता दुवैले सामना गर्नुपरेका सामाजिक मुद्दाहरूबारे छलफल गरेका छन्।

    लीका पूर्ववर्ती युन सुक योलले दुई देशलाई नजिक ल्याउने प्रयास गरेका थिए । उनको प्रयासका कारण दुई छिमेकीलाई उनीहरूको साझा सहयोगी संयुक्त राज्य अमेरिकासँग त्रिपक्षीय वार्तामा सामेल गर्न सफल भएको थियो । गत अप्रिलमा सैनिक शासनको घोषणासँगै पदबाट हटाइएपछि युनमाथि महाभियोग लगाइएको थियो भने त्यसपछि गत जुनमा भएको मध्यावधि निर्वाचनमा लीले बिजय प्राप्त गरेका थिए ।


    यसअघि जापानप्रति युनभन्दा कडा अडान लिनुभएका लीले शनिबार भने, “मैले सत्ता सम्हालेदेखि नै मैरो जोड जापान र दक्षिण कोरिया अविभाज्य साझेदार हुन् । छिमेकीहरूले अगाडिको आँगन साझा गर्छन् र शान्ति र समृद्धिका लागि नजिकबाट सहयोग गर्नुपर्छ।” अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हालै भएको व्यापार सम्झौताको विस्तृत विवरण तयार पार्न ली आइतबार अपराह्न टोकियोबाट वासिङ्टन उड्ने कार्यक्रम छ । जापान र दक्षिण कोरिया दुवैले वासिङ्टनसँग व्यापार सम्झौता गर्न सहमत भएका छन् र संयुक्त राज्य अमेरिकामा ठूलो लगानीको घोषणा गरेका छन्।

  • न्यूयोर्कमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

    न्यूयोर्कमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

    ७ भदौ, न्यूयोर्क । न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटना बफेलो शहरबाट करिब ४० किलोमिटर पूर्वमा पेमब्रोक नजिकै भएको हो । पर्यटकहरू नियाग्रा जलप्रपातको भ्रमण सकेर न्यूयोर्क सहर फर्कंदै थिए ।

    प्रहरीका अनुसार, बसमा रहेका यात्रुहरू भारत, चीन र फिलिपिन्स मूलका थिए । “चालकको ध्यान केही समयका लागि अन्यत्र गएको, त्यसपछि गाडीको सन्तुलन गुमेको र सुधार गर्ने प्रयासमा गाडी झनै अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ,” न्यूयोर्क राज्यका प्रहरी प्रमुख आन्द्रे रेले घटनास्थलमा जानकारी दिए ।


    बसमा ५४ जना सवार थिए। प्रारम्भिक विवरणमा बालबालिकाको मृत्यु भएको भनिए पनि पछि त्यसको पुष्टि भएको छैन । बालबालिकाको ज्यान गएको छैन । छ जनाजना चिनियाँ नागरिक पनि बसमा सवार थिए । पाँच जनालाई सामान्य चोट लागेर उपचारपछि घर पठाइएको छ भने एक जना अझै उपचारमा छन् । बसले सोही दिन सीमामा रहेको नियाग्रा जलप्रपातको यात्रा गरेर फर्कने क्रममा दुर्घटना भएको हो ।

    प्रहरीले गाडीमा कुनै यान्त्रिक खराबी वा चालकले मादक पदार्थ सेवन गरेको प्रमाण नभेटिएको स्पष्ट पारेको छ । हालसम्म कसैलाई कारबाही गरिएको छैन । घटनास्थलमा विभिन्न भाषा बोल्ने यात्रुहरू रहेका कारण सञ्चारको सहजताका लागि अनुवादकहरू समेत पठाइएको थियो । उद्धार कार्यका लागि आठवटा हेलिकप्टर प्रयोग गरिएको थियो । उद्धारकार्यमा सहयोग गर्ने सबै टोलीलाई सराहना गरिएको छ । राज्यकी प्रमुख अधिकारी केथी होचुलले राज्य प्रहरी र स्थानीय तहसँग समन्वय गरेर पीडितहरूलाई आवश्यक सहयोग प्रदान भइरहेको जनाइन् ।

    “ज्यान गुमाएका तथा घाइते यात्रुहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिन चाहन्छु,” न्यूयोर्कका वरिष्ठ जनप्रतिनिधि चक शुमरले बताए । नियाग्रा जलप्रपात अमेरिका र क्यानाडाको सिमानामा पर्ने एक प्रमुख पर्यटकीय स्थल हो ।

  • गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा

    गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा

    एजेन्सी
    ६ भदौ, काठमाडौं । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले यस कदमको कडा विरोध गरेका छन् । उनीहरूले यस्तो कार्यले विनाशकारी मानवीय परिणाम ल्याउने चेतावनी दिएका छन् ।
    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायतका विदेशमन्त्री डेभिड लामी लगायतका नेताहरूले इजरायलको सुरक्षा क्याबिनेटले गाजा सहर कब्जा गर्ने योजना स्वीकृत गर्दै करिब ६० हजार जगेडा सैनिक परिचालन गर्ने निर्णय र भविष्यको प्यालेस्टिनी राज्यलाई टुक्र्याउने बस्ती परियोजनालाई लिएर आपत्ति जनाए ।


    फ्रान्सका राष्ट्रपति म्याक्रोनले एक्समा लेख्दै भन्नुभएको छ, “यी कदमहरूले क्षेत्रलाई ‘स्थायी युद्धको चक्र’ मा डुबाउने खतरा छ ।’ उनले जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँगको छलफलमा पनि इजरायलको आक्रमणले दुवै जनताका लागि विनाश निम्त्याउन सक्ने बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले गाजामा हुने आक्रमणलाई ‘खतरनाक वृद्धि’ भन्दै यसले जबरजस्ती विस्थापन, हत्या र ठूलो विनाश ल्याउने चेतावनी दिए ।


    उनका अनुसार, यो कदमले गाजामा पहिले नै वञ्चित अवस्थामा रहेका प्यालेस्टिनी जनताको पीडा झन् बढाउनेछ । उनले तत्काल युद्धविराम, सबै बन्धकको बिना शर्त रिहाइ र ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने इजरायलको निर्णयलाई उल्ट्याउन आग्रह गरे । उनका अनुसार सबै प्रकारका बस्ती विस्तार अन्तर्राष्ट्रिय कान्रनको उल्लङ्घन हो र यसले प्यालेस्टिनी राज्यको सम्भावना कमजोर पार्छ । जर्मन सरकारले पनि इजरायलको सैन्य आक्रमणलाई बढाउने कदमको विरोध गरेको छ । सरकारी प्रवक्ता स्टेफेन मेयरले पत्रकारहरूसँग भने, “यी कार्यहरूले कसरी युद्धविराममा लैजान्छ वा सबै बन्धकहरूको रिहाइमा मद्दत गर्छ भन्ने बुझ्न गाह्रो छ ।”

    बेलायतका विदेशमन्त्री लामीले पनि ई–१ बस्ती योजनाको विरोध गर्दै भने, “यदि यो कार्यान्वयन भयो भने, यसले प्यालेस्टिनी राज्यलाई दुई टुक्रा पार्नेछ, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुनेछ र दुई–राज्य समाधानलाई गम्भीर रूपमा कमजोर पार्नेछ । त्यसैले इजरायलले यो निर्णय फिर्ता लिनैपर्छ ।” अल जजिराका अनुसार, जेरुसेलमको पूर्वमा पर्ने ई–१ क्षेत्रमा करिब तीन हजार पाँच सय आवासीय एकाइहरू निर्माण गर्ने योजना छ, जसले विद्यमान माले अदुमिम बस्ती विस्तार गर्नेछ ।

    इजरायलभित्र पनि आलोचना भएको छ । विपक्षी नेता यायर लापिडले ६० हजार जगेडा सैनिक परिचालन गर्ने निर्णयलाई ‘भ्रम’ भन्दै आलोचना गरे । उनले यसले सैनिकहरूलाई अनावश्यक बोझ पार्ने र ‘ड्राफ्ट–डजिङ’ (सैनिक भर्तीबाट पन्छिन खोज्ने प्रवृत्ति) बढाउने बताउ । उनले एक्समा लेख्नुभएको छ, “गाजा जित्ने भ्रममा ६० हजार जगेडा सैनिक बोलाइएको छ । यो सरकार देशकै इतिहासमा सबैभन्दा खराब हो । यसरी हामी युद्ध जित्न सक्दैनौँ ।”

  • गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

    गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

    एजेन्सी
    ६ भदौ, काठमाडौं । गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र प्यालेस्टाइनको घेराबन्दीमा रहेको हमासका बाँकी गढलाई लक्षित गरी गरेको विस्तारित आक्रमण ‘असहनीय’ भएको रेडक्रसले बिहीबार जनाएको छ । इजरायली सेनाको योजनामा सेनाको लागि लगभग ६० हजार ‘रिजर्भिस्ट’हरूको लागि आवेदन माग गरिएको छ । यस अभियानले अवरुद्ध तटीय क्षेत्रमा पहिले देखि नै रहेको विनाशकारी मानवीय सङ्कटलाई अझ खराब बनाउने डरलाई गम्भीर बनाएको छ।

    “गाजामा शत्रुता तीव्र हुनुको अर्थ थप हत्या, अधिक विस्थापन, अधिक विनाश र थप आतङ्क हो,” रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आईसीआरसी० का प्रमुख प्रवक्ता क्रिश्चियन कार्डनले एएफपीलाई बताए । “गाजा एक बन्द ठाउँ हो, जहाँबाट कोही पनि उम्कन सक्दैन र यहाँ स्वास्थ्य सेवा, खाना र सुरक्षित पानीको पहुँच घट्दै गएको छ,” कार्डनले भने । प्रवक्ताले भने, “यसबीच मानवीय सहायताकर्मीहरूको सुरक्षा दिन प्रतिदिन बिग्रँदै गइरहेको छ। यो असहनीय छ।”

    आइसिआरसीले गाजाको जमीनमा सक्रिय भूमिका खेलिरहेको छ र प्यालेस्टिनी लडाकू समूहको सन् २०२३ अक्टोबर ७ को आक्रमणमा हमासले लिएका इजरायली बन्धकहरूको हरेक आदानप्रदानमा संलग्न रहेको छ। सरकारी निकायबाट प्राप्त तथ्याङ्कका आधारमा एएफपीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गाजामा युद्ध भड्काउने उक्त आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएको थियो। हमासले अपहरण गरेका २५१ बन्धकमध्ये ४९ जना अझै पनि गाजामा बन्धक बनाइएका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले विश्वास गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ६२ हजार १२२ प्यालेस्टिनीको मृत्यु भएको छ। गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रमा पहुँचमा कठिनाइको कारण नागरिक सुरक्षा एजेन्सी वा इजरायली सेनाले उपलब्ध गराएको सङ्ख्या र विवरणलाई एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव हुन सकेन ।

  • बोइङले चीनलाई बेच्दैछ ५०० विमान

    बोइङले चीनलाई बेच्दैछ ५०० विमान

    एजेन्सी
    ५ भदौ, काठमाडौं । अमेरिकी उड्डयन कम्पनी बोइङले चिनियाँ कम्पनीलाई ५०० भन्दा बढी विमान बिक्री गर्न वार्ता गरिरहेको ब्लुमबर्ग न्यूजले बिहीबार जनाएको छ । यो सम्झौता विश्वव्यापी आर्थिक सङ्कटबीच सङ्घर्षरत अमेरिकी निर्माताको लागि एक ठूलो जीत हुनेछ । सम्झौतासँगै कम्पनीको शेयर प्रि–मार्केट ट्रेडमा ३.७ प्रतिशतसम्म बढेको छ, तर मङ्गलबारको सत्रको लगभग १५ मिनेटभित्र एक प्रतिशतभन्दा कम वृद्धि हुनेछ। ब्लुमबर्गका स्रोतका अनुसार यो सम्झौता वासिङ्टन र बेइजिङबीच जारी व्यापार युद्धमा दीर्घकालीन सम्झौतामा निर्भर रहनेछ ।

    ब्लूमबर्गका अनुसार बोइङ सम्झौता सम्भवतः अमेरिका–चीन व्यापार सम्झौताको एक प्रमुख पक्ष हुनेछ, जसको स्रोतहरूले चिनियाँ अधिकारीहरूले उनीहरूलाई कति विमानहरू आवश्यक पर्दछ भनेर आन्तरिक एयरलाइन्सहरूको सर्वेक्षण सुरु गरेको बताएका छन्। गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार घाटालाई सम्बोधन गर्न विश्वका व्यापारिक साझेदारहरूलाई नयाँ कर लगाएका छन्।

    अमेरिकाको सबैभन्दा ठूलो उत्पादन निर्यातक कम्पनी बोइङबाट विमान खरिद गर्दा ट्रम्पको व्यापार नीतिका कारण देखिएको असन्तुलनलाई कम गर्नेछ ।
    गत जुलाईमा ह्वाइट हाउसले जापानले १०० बोइङ जेट र इन्डोनेसियाका ५० विमान खरिद गर्ने प्रतिबद्धता जनाएको थियो । ट्रम्पले अन्तर्राष्ट्रिय व्यापारलाई पुनर्जीवित गर्ने प्रयासमा चीनलाई विशेष लक्षित गरेका छन्।

    वासिङ्टन र बेइजिङले यस वर्ष एकअर्काका उत्पादनमा कर वृद्धि गरेका छन् । विवादका कारण कुनै बिन्दुमा प्रतिशोधात्मक कर वृद्धि तीन अङ्कको स्तरमा पुगेको थियो । यसले बोइङ जेटको डेलिभरीमा अस्थायी रोकसहित व्यापारमा गिरावट आएको छ। यद्यपि, दुवै पक्षले मे महिनामा अस्थायी रूपमा शुल्क घटाउन सहमति जनाउँदै ९० दिनको म्याद थप गरेका छन्।

    सन् २०१७ को नोभेम्बरमा ट्रम्पको राजकीय भ्रमणका क्रममा बेइजिङले ३७ अर्ब अमेरिकी डलरभन्दा बढीमा ३०० वटा एकल र ‘ट्वीन आइल’ विमान खरिद गर्न सहमति जनाएको थियो । बोइङले सन् २०१८ यताकै सबैभन्दा बढी विमान आपूर्ति गर्दा गत वर्षको तुलनामा दोस्रो त्रैमासिकमा घाटा कम भएको बताएको थियो ।

  • अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार

    अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार

    ५ भदौ, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तान यात्रा नगर्न पुनः आग्रह गर्दै गम्भीर सुरक्षा खतरा र अनुचित रूपमा पक्राउ पर्ने सम्भावना रहेको स्पष्ट पारेको छ । गलबार जारी विज्ञप्तिमा अमेरिकी परराष्ट्र मन्त्रालयले अफगानिस्तानलाई उच्च जोखिमयुक्त देशहरूको सूचीको शीर्ष स्थानमा राखेको छ । मन्त्रालयले अफगान नागरिकमा अमेरिकीहरूलाई मनपरीरूपमा नियन्त्रणमा लिइने सम्भावना उच्च रहेको भन्दै विशेष खतरा सूचक (डी जोखिम संकेत) प्रयोग गरेको हो । यससँगै बर्मा, इरिट्रिया, इरान, निकारागुवा, उत्तर कोरिया, रुस र भेनेजुएला पनि त्यस्ता देशहरूमा परेका छन्, जहाँ अमेरिकाका नागरिकहरू जोखिममा पर्ने सम्भावना रहेको जनाइएको छ ।


    खामा प्रेसका अनुसार, तालिबान पक्षद्वारा केही अमेरिकी नागरिकहरूलाई पक्राउ गरिएको घटनापछि अमेरिकाको चिन्ता झन् बढेको छ । अमेरिकाले आफ्ना नागरिकलाई कुनै पनि हालतमा अफगानिस्तान नजान आग्रह गर्दै, यात्रा योजनामा पुनर्विचार गर्न भनिएको छ । मन्त्रालयले यसअघि नै अफगानिस्तानमा आतङ्कवाद, अपहरण, गृह अशान्ति र मनपरी गिरफ्तारी जस्ता बहुपक्षीय खतरा रहेको उल्लेख गर्दै यात्रा चेतावनी जारी गरिसकेको थियो । सन् २०२१ यता अमेरिकाको काबुलस्थित दूतावास बन्द भएकाले त्यहाँ कन्सुल सेवा उपलब्ध नभएको पनि स्मरण गराइएको छ । यसका साथै, अमेरिकाले केन्यामा पनि आतङ्ककारी हमला हुन सक्ने भन्दै आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । ती समूहहरूले होटल, बजार, धर्मस्थल, विद्यालयलगायत विदेशीहरूको आवतजावत हुने स्थानहरूमा कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिइएको छ ।

  • ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह, फेडमाथि दबाब बढ्यो

    ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह, फेडमाथि दबाब बढ्यो

    एजेन्सी
    ५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई राजीनामा दिन आग्रह गरेका छन् । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर नघटाएको भन्दै आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले उक्त निर्देशन दिएका हुन् । निर्देशनसँगै केन्द्रीय बैङ्कमाथि दबाब बढेको छ। “अब, कुकले गभर्नर पदबाट राजिनामा दिनुपर्छ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा ब्लुमबर्गको एक समाचार रिपोर्ट साझा गर्दै लेखेका छन् ।


    एफएचएफएका निर्देशक बिल पुल्टले अमेरिकी महान्यायाधिवक्तालाई पत्र लेख्दै कुकले आपराधिक काम गरेको हुन सक्ने भन्दै उनीमाथि अनुसन्धान गर्न आग्रह गर्नुभएको बिषयलाई समाचारमा उल्लेख गरिएको छ । यस्तो अनुसन्धान हुन्छ कि हुँदैन भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन । ट्रम्प प्रशासनले राष्ट्रपतिका राजनीतिक प्रतिद्वन्द्वीका रुपमा हेरिएका डेमोक्र्याटिक नेताविरुद्ध ऋण दिँदा अनियमितता र ठगीको आरोप लगाएको छ ।

    अमेरिकी नेताले केन्द्रीय बैंकको दर निर्धारण समितिमा रहेका कुकलाई लक्षित गर्दै पावेलविरुद्ध पटक–पटक लिखितरूपमा आरोप लगाएपछि यो निर्देशन आएको हो । फेडले यस वर्ष महत्वपूर्ण कर्जा दरमा कुनै परिवर्तन गरेको छैन । कुकले सन् २०२२ मेमा फेडको गभर्नरको रूपमा पदभार ग्रहण गरेका थिए । सन् २०२३ सेप्टेम्बरमा बोर्डमा पुनः नियुक्त भएका थिए । उनले सोही महिनाको अन्त्यमा सन् २०२८ मा समाप्त हुने कार्यकालका लागि सपथ लिएका थिए । कुकले यसअघि पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा आर्थिक सल्लाहकार परिषद्मा काम गरिसकेका छन् ।
    हालैका महिनाहरूमा केन्द्रीय बैङ्कले मुद्रास्फीतिमा अमेरिकी करनीतिको प्रभावको निगरानी गर्न दरहरू स्थिर राख्ने अडान लिएका छन् । ट्रम्पले पावेललाई ‘बौद्धिक रूपमा असक्षम’ र ‘मूर्ख’ व्यक्तिको संज्ञा दिएका छन् । ट्रम्पले यसअघि पनि फेडको मुख्यालयको अत्यधिक महँंगो जीर्णोद्धार नै पावेललाई पदबाट हटाउनुको कारण हुनसक्ने बताए । फेडको अध्यक्षका रूपमा पावेलको कार्यकाल सन् २०२६ मेमा समाप्त हुँदैछ।

  • हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

    हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

    एजेन्सी
    ४ भदौ, काठमाडौं । इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि सरकार भविष्यमा गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको बताएका छन्। करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हमासले नयाँ चरणको वार्ताका लागि तयार रहेको सङ्केत गरेको एक दिनपछि मध्यस्थकर्ताहरूले यो योजनामा इजरायलको आधिकारिक प्रतिक्रियाको प्रतिक्षा गरिरहेका छन्।

    मध्यस्थकर्ता कतारले नयाँ प्रस्तावका लागि आशावादी रहेको बताउँदै यो प्रस्ताव इजरायलले सहमति गरेको पहिलेको संस्करणसँग ‘लगभग मिल्दोजुल्दो’ रहेको उल्लेख गरेको छ। नाम नबताउने शर्तमा इजरायलका एक वरिष्ठ अधिकारीले एएफपीसँग कुरा गर्दै सरकारको अडानमा कुनै परिवर्तन नआएको र कुनै पनि सम्झौता गरी बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरेका छन् ।

    यी दुई शत्रुले युद्ध अवधिभर अप्रत्यक्ष वार्ता गरेका छन् र दुई पटक छोटो समयका लागि युद्धविराम भएको छ । युद्धविरामका क्रममा दर्जनौँ इजरायली बन्धकहरूको बदलामा हजारौँ प्यालेस्टिनी कैदीहरूको रिहा गरिएको थियो तर ती युसद्धविरामले उनीहरूलाई स्थायी युद्धविरामको मध्यस्थता गर्न सफल बनाउन सकेका छैनन् । संयुक्त राज्य अमेरिकाको पहलमा कतार र इजिप्टले बारम्बार कूटनीतिक वार्ता गरी युद्धविराम मध्यस्थताका लागि पहल गरेका छन्।

    इजिप्टले सोमबार भनेको छ, “इजिप्ट र कतारले इजरायललाई नयाँ प्रस्ताव पठाएको छ र ‘बल अब उसको कोर्टमा’ छ।” कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले हमासले ‘निकै सकारात्मक प्रतिक्रिया दिएको र यो वास्तवमै इजरायली पक्षले यसअघि गरेको सहमतिसँग मिल्दोजुल्दो रहेको’ बताए ।
    उनले भने, “हामी कुनै सफलता हासिल भएको दाबी गर्न सक्दैनौं । तर यो सकारात्मक पक्ष हो भन्ने हाम्रो विश्वास छ।”

    इजिप्टको राज्यसम्बद्ध संस्था अल–काहेरा न्यूजको रिपोर्टअनुसार पछिल्लो सम्झौतामा ६० दिनको युद्धविराम, आंशिक बन्धक मुक्त, केही प्यालेस्टाइनी कँैदीलाई मुक्त गर्ने र सहायता प्रवेशका लागि अनुमति दिने प्रावधान प्रस्ताव गरिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस योजनाबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गर्नुभएको छैन तर गत हप्ता इजरायलले ‘युद्ध अन्त्यका लागि सबै बन्धकहरूलाई एकैपटक रिहा गर्ने सम्झौता’ स्वीकार गर्ने बताएका थिए ।
    हमासका वरिष्ठ अधिकारी महमुद मर्दावीले सामाजिक सञ्जालमा लेखेका छन्, “आफ्नो समूहले सम्झौताको सम्भावनाका लागि ढोका खोलेको छ, तर नेतन्याहूले विगतमा जस्तै फेरि एकपटक यसलाई बन्द गर्ने कि नगर्ने भन्ने प्रश्न कायमै छ ।” नेतन्याहूले युद्ध अन्त्यका लागि देश तथा विदेशमा बढ्दो दबाबको सामना गरिरहेका बेला हमासले यो प्रस्ताव स्वीकार गरेको हो ।

    आइतबार इजरायलको तेल अभिव शहरमा दशाँैं हजार मानिसले युद्ध अन्त्य गर्न र बन्धक बनाइएका बाँकी बन्धकहरूलाई मुक्त गर्न सम्झौताको माग गर्दै सडकमा प्रदर्शन गरेका थिए। सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका २५१ जनामध्ये ४९ जना अझै गाजामै छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

  • युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव : ट्रम्प

    युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव : ट्रम्प

    ४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र किएभबीचको वार्ता असफल भएमा ‘कठिन’ स्थिति उत्पन्न हुने चेतावनी दिँदै अमेरिकी हवाई सहयोग र युरोपेली स्थल सेना युक्रेनको सुरक्षा प्रत्याभूतिको हिस्सा हुन सक्ने बताएका छन् । सोमबार ह्वाइट हाउसमा भेटेका युरोपेली सहयोगीहरूलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँग भने, “सुरक्षाको कुरामा उनीहरू यूरोपेली स्थल सेनालाई युक्रेनमा राख्न तयार हुन्छन्।” ट्रम्पले भने, “हामी उनीहरूलाई विशेष गरी हवाई माध्यमबाट मद्दत गर्न इच्छुक छौं, हामीसँग भएको प्रकारको हसतियार कसैसँग पनि छैन, वास्तवमा, उनीहरूसँग छैन।”

    उनले युक्रेनमा कुनै पनि अमेरिकी सेना तैनाथ नहुने आफ्नो ‘आश्वासन’ थपे, तर युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नेटोमा सामेल गराउने कुरा अस्वीकार गरे ।
    रुसी आक्रमणको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्धपछिको सुरक्षा किएभका लागि प्रमुख चिन्ताको विषय बनेको छ । मस्कोले लामो समयदेखि युक्रेनलाई नेटोमा सामेल भएको सहन नगर्ने बताउँदै आएको छ र पूर्व सोभियत क्षेत्रमा पश्चिमी सेना तैनाथ गर्ने विचारको विरोध गर्दै आएको छ।

  • ट्रम्प-जेलेन्स्की वार्ता, के भयो कुराकानी ?

    ट्रम्प-जेलेन्स्की वार्ता, के भयो कुराकानी ?

    ३ भदौ, वासिंटन डिसी । यूक्रेन र रूसबीच बीच शान्ती सम्झौताका विषयमा यूक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र यूरोपेली नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । भेटपछि जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँग लामो वार्ता भएको जानकारी दिए । जसमा सुरक्षा ग्यारेन्टीसहित थुप्रै मुद्दामा चर्चा भएको उनको भनाई छ । उनका अनुसार अमेरिकाले यूक्रेनको सुरक्षाको ग्यारेन्टीको मागमा समर्थन गरेको छ ।

    युद्ध बन्दी र नागरिकको रिहाईका विषयमा समेत सहमति बनेको छ । जेलेन्स्कीका अनुसार राष्ट्रपति ट्रम्पले रूस र यूक्रेनका बीच संवेदनशील मुद्दा हल गर्न थप एक बैठक आह्वान गर्न सहमत भएका छन् । यसका लागि युक्रेनले आभार जनाएको छ । उनले रूस र यूक्रेनबीच द्विपक्षीय बैठकको समर्थन गर्दै त्रिपक्षीय बैठकका लागि समेत तयार रहेको जानकारी दिए । यद्दपी यस्तो बैठकबारे भने कुनै छलफल भएको छैन । उनले युक्रेनी नेताहरुलाई समेत धन्यवाद दिए । जो उनीसँगै ह्वाइट हाउस पुगेका थिए ।

    European Commission President Ursula von der Leyen, from left, British Prime Minister Keir Starmer, Finland’s President Alexander Stubb, Ukrainian President Volodymyr Zelenskyy, President Donald Trump, France’s President Emmanuel Macron, Italy’s Prime Minister Giorgia Meloni, Germany’s Chancellor Friedrich Merz and NATO Secretary General Mark Rutte pose for a group photo in the Grand Foyer of the White House, Monday, Aug. 18, 2025, in Washington. (AP Photo/Alex Brandon)
  • गाजामा युद्धका कारण इजरायलमा बढ्दो निराशा राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट

    गाजामा युद्धका कारण इजरायलमा बढ्दो निराशा राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट

    एजेन्सी
    ३ भदौ, काठमाडौं । गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । आयोजकहरूले सयौँ हजारले भाग लिएको दाबी गरेका छन् । प्रदर्शनकारीहरूले सडक, चोक, सैन्य मुख्यालय र नेताहरूको घर अगाडि अवरोध गरेका थिए । प्रहरीले ३८ जनालाई पक्राउ गरेको बताइएको छ । प्रदर्शनकारीहरूले गाजाबाट आएका कुपोषणग्रस्त बालबालिकाका तस्बिरहरू देखाउँदै युद्धले आम नागरिकलाई पारिरहेको पीडाबारे आक्रोश पोखेका थिए । अहिले गाजामा दुई सय ५० भन्दा बढी मानिस भोकमरी वा कुपोषणका कारण मृत्यु भएको छ ।

    गाजामा बाँकी ५० बन्धकमध्ये करिब २० जना मात्र जीवित रहेको विश्वास छ । बन्धकका परिवारहरूले सरकार र हमास दुवैलाई दोष दिएका छन् । पूर्व सैनिक र गुप्तचर अधिकारीहरूले पनि युद्ध अन्त्य गर्न सम्झौताको आवश्यकता औँल्याएका छन् । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘हमासलाई पराजित नगरेसम्म युद्ध रोक्ने आह्वानले बन्धक मुक्तिलाई ढिलाइ गर्छ र अर्को आक्रमण सुनिश्चित गर्छ’ भन्दै सम्झौतामा आपत्ति जनाएका छन् ।


    यसअघि केही बन्धक मुक्त गर्ने युद्धविराममा सहमति भएपछि नेतान्याहुको सरकार ढाल्ने धम्की आएको थियो । अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रदर्शनलाई ‘हमासको हातमा खेल्ने अभियान’ भनेका छन् । यसैबीच, इजरायली सेनाले गाजामा कम्तीमा १७ जना सहायता खोज्ने नागरिकलाई मारेको अस्पतालहरूले बताएका छन् । उनीहरू संयुक्त राष्ट्रसङ्घका ट्रकको पर्खाइमा थिए । प्रत्यक्षदर्शीहरूले सेनाले भीडतर्फ गोली चलाएको बताएका छन् । मध्य गाजाको बुरेज शिविरमा आक्रमण हुँदा थप तीन जना मारिएको खबर आएको छ ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि ६१ हजार नौ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तीमध्ये आधा महिला र बालबालिका छन् । आइतबार मात्रै कुपोषणका कारण दुई बालबालिका र पाँच वयस्कको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घले गाजामा भोकमरी सबैभन्दा उच्च स्तरमा पुगेको चेतावनी दिएको छ । अब इजरायली सेना गाजा सहर, मुवासी र अन्य भीडभाड क्षेत्रहरूमा नयाँ आक्रमण गर्न तयारीमा रहेको बताइएको छ । सेनाले मानिसहरूलाई दक्षिणतर्फ सार्ने योजना बनाए पनि ‘सुरक्षित क्षेत्र’ भनिएका ठाउँहरूमा पनि बम प्रहार भएको छ । धेरै प्यालेस्टिनीले ‘गाजामा कतै सुरक्षित नभएको’ भन्दै आफ्नो स्थान नछोड्ने अडान लिएका छन् ।

    यसैबीच, इजरायलले यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि हवाई आक्रमण गरेको छ । आक्रमणमा राजधानी सानााको पावर प्लान्ट क्षतिग्रस्त भएको छ । इजरायलले आफ्नो भूमिमा लक्षित क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफमा हमला गरिएको बताएको छ । हुथीहरूले भने बेन गुरियन विमानस्थल लक्षित गरेको दाबी गरेका छन् ।

  • वासिङ्टन वार्तामा जेलेन्स्कीले सुरक्षा सुनिश्चिततामा जोड दिने

    वासिङ्टन वार्तामा जेलेन्स्कीले सुरक्षा सुनिश्चिततामा जोड दिने

    एजेन्सी
    ३ भदौ, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली नेताहरूसहित अमेरिकी राजदूतसँगको भेटमा सोमबार हुने आफ्नो अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तामा पश्चिमा सुरक्षा प्रत्याभूतिका विषयमा ध्यान केन्द्रित गर्ने बताएका छन् । “हामीसँग सुरक्षा सुनिश्चितताको योजनाबारेमा बोल्ने समय हुनेछ”, युक्रेनका लागि ट्रम्पका विशेष दूत किथ केलोगसँगको वार्तामा जेलेन्स्कीले भने, “यो वास्तवमै सबैभन्दा महत्वपूर्ण हो।” राष्ट्रपति जेलेन्स्कीले भने, “जब युरोपको एउटा देशको लागि शान्तिको चर्चा गरिन्छ, त्यसको अर्थ सम्पूर्ण युरोपका लागि शान्ति हो।”

    “हामी युद्ध अन्त्य गर्न र भरपर्दो सुरक्षा सुनिश्चित गर्न अधिकतम प्रयासका साथ काम गर्न तयार छौं,” उनले भने । उनले रुसविरुद्ध दृढता अपनाउन आग्रह गर्दै ट्रम्पको भाषा पनि प्रयोग गरे । “रूसलाई केवल शक्तिको माध्यमबाट शान्तिमा जबरजस्ती गर्न सकिन्छ, र राष्ट्रपति ट्रम्पसँग त्यो शक्ति छ। शान्ति कायम गर्न हामीले सबै कुरा सही गर्नुपर्छ।”

    जेलेन्स्की पछि वासिङ्टनस्थित युक्रेनी दूतावासमा युरोपेली नेताहरूसँग भेला भएका थिए । उनीहरू युक्रेनका लागि समर्थन जनाउन वासिङ्टन पुगेका हुन् र उनीहरूको ट्रम्पसँग संयुक्त रूपमा भेट्न कार्यक्रम रहेको छ । शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले युक्रेनलाई मस्कोको आक्रमण अन्त्य गर्न युक्रेनलाई केही भूभाग छोड्न दबाब दिइरहेको बताइएको छ।

    ट्रम्पले युक्रेनलाई नेटोमा सामेल हुन अनुमति दिन अस्वीकार गर्नुभएको छ र पुटिनको अडानसँग आफूलाई मिलाएका थिए । यद्यपि अमेरिकी अधिकारीहरू र पश्चिमी नेताहरूले युक्रेनलाई सुरक्षाको सुनिश्चतता गर्न अन्य तरिकाहरू खोजिरहेको बताएका छन्। पुटिनले ट्रम्पसँगको संक्षिप्त पत्रकार सम्मेलनमा भने, “स्वाभाविक रूपमा, युक्रेनको सुरक्षा पनि सुनिश्चित गरिनुपर्दछ।” ट्रम्पको भनाइपछि के अनुमान गरिएको छ भने उहाँ युक्रेनका केहि चासोबारे छलफलका लागि तयार हुनुहुनेछ तर नेटो होइन । नेटोमा सहभागी गराउने कुराले युक्रेनलाई रूसको थप आक्रमणको निशाना बनाउने बुझाइ ट्रम्पको छ ।

    फेब्रुअरी २८ मा ह्वाइट हाउसमा भएको बैठकमा ‘अनपेक्षित’ तनाब भएको थियो । ट्रम्पका सहयोगीहरूले उक्त बैठकमा जेलेन्स्कीलाई औपचारिक पोशाक (सूट) नलगाएको भनी आलोचना गरेका थिए । जेलेन्स्कीले केलोगसँगको भेटमा आफ्नो ट्रेडमार्क टी–शटसहितको सैन्य पोशाक नै लगाएका थिए । ब्रसेल्समा आइतबार जेलेन्स्कीले सैन्य पोशाकको परिमार्जित संस्करण लगाएका थिए । जसमा टाई बिना सुट जस्तो ज्याकेट समावेश थियो।

  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    २ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४ रुपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १२ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

  • गाजामा इजरायली आक्रमण स् १८ प्यालेस्टिनीको मृत्यु

    गाजामा इजरायली आक्रमण स् १८ प्यालेस्टिनीको मृत्यु

    एजेन्सी
    २ भदौ, काठमाडौं । गाजाको नागरिक सुरक्षा विभागले आइतबार इजरायली हवाई आक्रमण र गोलीबारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । प्रवक्ता महमुद बास्सालका अनुसार, गाजा सिटीको एक अस्पतालको आँगनमा ड्रोन आक्रमण हुँदा सात जनाको ज्यान गएको हो । ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा रहेका थिए । दक्षिण गाजाको खान युनिस क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको एउटा टेन्टमा आक्रमण हुँदा थप चार जनाको ज्यान गएको छ ।


    त्यस्तै, सहायता वितरण केन्द्र नजिकै इजरायली सेनाको गोली लागेर दक्षिण गाजामा ६ जनाको मृत्यु भएको बास्सालले बताउनुभयो । मध्य गाजामा पनि एक व्यक्ति सहायता लिन गएका बेला मारिएका छन् । इजरायली सेना हाल गाजा सिटीको जैतुन क्षेत्रमा ठूलो सैन्य कारबाही गर्दैछ । एक सातादेखिको यो अपरेशनले ठूलो जनधनको क्षति गराएको बताइए पनि उद्धार टोलीहरू निरन्तर आक्रमण र साधनको अभावका कारण पीडितहरूसम्म पुग्न सकिरहेका छैनन् ।


    संयुक्त राष्ट्रसंघ समर्थित विज्ञहरूले गाजामा गम्भीर खाद्य संकट र दुर्भिक्षको चेतावनी दिएका छन् । इजरायलले मानवीय सहयोगको आपूर्ति कडाइ गरेकाले समस्या झन गहिरिँदै गएको हो । यसैबीच, इजरायली रक्षा मन्त्रालयले गाजा सिटीबाट नागरिकहरूलाई सुरक्षित क्षेत्रतर्फ सार्न नयाँ तयारी थालिएको जनाएको छ । तर हमासले यसलाई गाजा सिटीमाथि कब्जा जमाउने योजनाको रूपमा व्याख्या गर्दै विरोध जनाएको छ ।


    यो युद्ध सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणबाट सुरु भएको थियो, जसमा एक हजार २१९ इजरायलीको मृत्यु भएको थियो । त्यसपछि सुरु भएको इजरायली कारबाहीमा हालसम्म ६१ हजार ८९७ भन्दा बढी प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघले यस तथ्याङ्कलाई विश्वसनीय मानेको छ।

  • युक्रेनबारे ट्रम्पसँग हुने वार्ताका लागि जेलेन्स्कीसँगै युरोपेली नेताहरू पनि अमेरिका जाँदै

    युक्रेनबारे ट्रम्पसँग हुने वार्ताका लागि जेलेन्स्कीसँगै युरोपेली नेताहरू पनि अमेरिका जाँदै

    एजेन्सी
    २ भदौ, काठमाडौं । युक्रेनमा रुसी आक्रमण अन्त्यका लागि दबाब दिन युरोपेली नेताहरू सोमबारसम्ममा वासिङ्टनको भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको शिखर वार्तापछि राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा सोमबार भेटवार्ता हुने कार्यक्रम छ। राष्ट्रपति ट्रम्पले रूसी समकक्षी नेता पुटिनसँग गत शुक्रबार शिखर सम्मेलन गरेका थिए ।

    उक्त बैठकले कुनै सम्झौताका लागि अघि बढ्न नसकेपछि ट्रम्पले युक्रेनमा तत्काल युद्धविराम गर्न असम्भव देखिएको बताएका थिए । युक्रेन र यसका युरोपेली सहयोगीहरूले पुटिनको अडानलाई समय खर्च गर्ने तर रुसको युद्धभूमिको प्रगतिलाई अघि बढाउने नयाँ रणनीतिको रूपमा आलोचना गरेका छन्।

    बेलायतका प्रधानमन्त्री केइर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज र नेटोका महासचिव मार्क रुट युक्रेनबारे ट्रम्पसँग बृहत् छलफल गर्न र उहाँलाई युक्रेनको पक्षमा उभ्याउने माहोल सिर्जना गर्ने अभियानका साथ वासिङ्टन पुग्नेछन्। ह्वाइट हाउस जान लागेकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले जेलेन्स्कीलाई आइतबार ब्रसेल्समा हुने बैठकका लागि स्वागत गर्ने बताए ।


    इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब्स पनि वासिङ्टन जानेछन् । जर्मन सरकारले मर्जलाई अमेरिका जान लागेको पुष्टि गर्दै जर्मनीले ’युक्रेनमा द्रूत शान्ति सम्झौतामा चासो राख्ने’ प्रयास गर्ने बताएको छ । अलास्काबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूलाई नेता पुटिनसँगको छलफलबारे जानकारी गराउने बताइएको छ। रुस र युक्रेनबीचको भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय भनेको सीधै शान्ति सम्झौतामा जानु हो जसले युद्धको अन्त्य गर्नेछ।

    ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “युद्धविरामका सम्झौताहरू अक्सर रोकिँदैनन्।” रूसी र अमेरिकी नेताहरूको अलास्का सम्मेलनपछि प्रतिक्रिया दिँदै जेलेन्स्कीले शनिबार भन्नुभयो, “यो परिवर्तनले ‘परिस्थितिलाई जटिल बनाएको’ बताएका थिए ।

    यदि मस्कोमा ’आक्रमण रोक्नका लागि सरल आदेश जारी गर्ने इच्छाशक्ति छ भने रुसले दशकौंसम्म आफ्ना छिमेकीसँग शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने बृहङ्गम इच्छाशक्ति राख्ने धेरै प्रयास गर्न सक्छ,” युक्रेनका राष्ट्रपति जेलेन्स्किीले सामाजिक सञ्जालमा लेखेका छन् । युरोपेली नेताहरूले सुरुदेखि नै पुटिनसँग ट्रम्पको सम्पर्कप्रति असहजता व्यक्त गर्दै आएका छन् ।

  • एयर क्यानडाको अवरूद्ध उडान सेवा पुनः सञ्चालन हुने

    एयर क्यानडाको अवरूद्ध उडान सेवा पुनः सञ्चालन हुने

    एजेन्सी
    १ भदौ, काठमाडौं । एयर क्यानडाको औद्योगिक सम्बन्ध समितिले १० हजार उडान कर्मचारी (फ्लाइट अटेन्डेन्ट) सहभागी रहेको भनिएको हडताल अन्त्य गर्न निर्देशन दिएको छ । निर्देशनपछि एयर क्यानडाले आइतबारदेखि उडान सुरु गर्ने जनाएको छ । समितिले एयर क्यानाडालाई १७ अगस्ट २०२५ मा दिउसो १४ः०० बजेभित्र आफ्नो काम सुरु गर्न र सबै एयर क्यानाडा र एयर क्यानाडा रुजका उडान सम्बद्ध कर्मचारीहरूलाई निर्देशन दिएको हो।

    क्यानडाको राष्ट्रिय ध्वजाबाहक कम्पनीले आइतबार साँझदेखि उडान सुरु गर्ने योजना बनाए पनि उडान सामान्य अवस्थामा फर्कन अझै केही दिन लाग्ने चेतावनी दिएको छ । आगामी सातदेखि १० दिनभित्रका केही उडान रद्द हुने बताइएको छ । एयर क्यानाडाका ‘क्याबिन क्रु’ले तलब विवादका कारण शनिबार बिहानै हडतालमा सहभागिता जनाएका थिए । त्यसको केही घण्टापछि क्यानडाका श्रम नीतिमन्त्री प्याटी हज्दुले हडताल रोक्न र दुवै पक्षलाई बाध्यकारी मध्यस्थता गर्न बाध्य पार्ने कानुनी प्रावधान लागू गर्नुभएको थियो ।


    “क्यानडा श्रम संहिताको धारा १०७ र औद्योगिक समितिको आदेशले एयर क्यानाडाको हडताल अन्त्य गरेको छ । हडतालका कारण ७०० भन्दा बढी उडानहरू स्थगित भएका छन्,” मोन्ट्रियलस्थित क्यानडा एअरलाइन्सले भनेको छ। क्यानेडियाली सार्वजनिक रोजगार युनियन (सियुपिई) ले कामदारको आन्दोलनको नेतृत्व गर्दै आएको छ, जसले तलब वृद्धिका साथै बोर्डिङ प्रक्रियाको समयमा समेत क्षतिपूर्ति नपाएको बिषयलाई सम्बोधन गर्न माग गरेको छ ।

    सरकारले औपचारिक रूपमा काममा फर्कन आदेश जारी नगर्दासम्म आफ्ना सदस्यहरू हडतालमा बस्ने यसअघि नै उसले बताएको थियो। हडतालसँगै युनियनले एयर क्यानाडा वा यसको कम लागतको सहायक कम्पनी एयर क्यानाडा रुजको टिकट भएमा यात्रुलाई विमानस्थल नजान आग्रह गरेको थियो । सियुपिइले तुरुन्तै काममा फर्कने निर्देशनबारे प्रतिक्रिया जारी गरेन तर क्यानाडा सरकारको हस्तक्षेपलाई ‘एयर क्यानाडाले उनीहरूले माग गरेको कुरा दिएर निष्पक्ष वार्ता गर्न इन्कार गरेकोमा पुरस्कृत गरेको’ भनेर आलोचना गरेको छ।

    सियुपिइले एक विञप्ति जारी गर्दै भनेको छ, “यसले भयानक नजिर स्थापित गरेको छ।” युनियनले औदोगिक समितिका अध्यक्ष मेरिसे ट्रेम्ब्लेले यसअघि एयर क्यानडाका लागि कानुनी सल्लाहकारको रूपमा काम गरेको पनि उल्लेख गरेको छ । “हडताल अन्त्य गर्ने कि नगर्ने भन्ने विषयमा ट्रेम्ब्लेको निर्णय ‘स्वार्थको द्वन्द्वको लगभग अकल्पनीय प्रदर्शन’ थियो,” युनियनले आफ्नो फेसबुक पेजमा गरेको पोस्टमा उल्लेख गरेको छ। क्यानडाको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीले दैनिक करिब एक लाख ३० हजार यात्रुहरूलाई सेवा दिन्छ भने यसले विश्वका विभिन्न १८० शहरहरूमा सीधा उडान गर्दछ।

  • गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

    गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

    एजेन्सी
    १ भदौ, काठमाडौं । गाजाको केन्द्रमा रहेको मुवासी शिविरमा बसोबास गरिरहेका सयौं हजार विस्थापितहरू चर्को गर्मी, पानीको अभाव र रोगसँग जुधिरहेका छन् । बिहानै घाम चर्किनुअघि पानीको लाइनमा उभिन बाध्य आमाहरू धमिलो, प्रदूषित पानी लिएर फर्किन्छन् र त्यो नै आफ्ना साना छोराछोरीलाई पिउन दिन्छन् । “हामीसँग अर्को विकल्प छैन,” उनले भने, “यही पानीले हामी र हाम्रा छोराछोरी बिरामी भइरहेका छौं ।”

    यस प्रकारको अवस्था अहिले गाजाको सामान्य दिनचर्या बनेको छ । प्रत्येक थोपा पानी अत्यन्तै मोल हुने भएकोले मानिसहरू पिउने, पकाउने, धुने र नुहाउने कार्यका लागि पानीलाई बाँडीचुँडी प्रयोग गरिरहेका छन् । पानी ढुवानी गर्ने ट्रकहरू दुई–तीन दिनमा मात्र आउने भएकाले मानिसहरू धमिलो पानीको स्टक गर्दै बाँच्न संघर्ष गरिरहेका छन् । जब पानी आउँदैन, केही मानिसहरू समुद्रको पानी बोतलमा भरेर प्रयोग गर्न बाध्य हुन्छन् — जुन स्वास्थ्यका लागि झनै खतरनाक हुन्छ ।

    बाइस महिनायता इजरायलको आक्रमणपछि गाजामा पानीको पहुँच अत्यन्त सीमित भएको छ । ईन्धन र बिजुलीको आपूर्तिमा रोक, समुद्री पानी शुद्ध गर्ने केन्द्रहरूको बन्द अवस्थाले यो संकटलाई अझ चर्काएको छ । पानीका पाइपलाइनहरू नष्ट भएका छन्, इनफ्रास्ट्रक्चर बमबारीमा ध्वस्त छ र अधिकांश इनार अब पहुँचयोग्य छैनन् ।

    संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय ९युएनआरडब्लुए० का अनुसार अहिले गाजाका स्वास्थ्य केन्द्रहरूमा साप्ताहिक झन्डै १० हजार ३०० जना पानीजन्य संक्रमण ९विशेषगरी झाडापखाला० का बिरामीहरू उपचारका लागि पुगिरहेका छन् । युनिसेफले दिएको तथ्यांकअनुसार, फेब्रुअरीमा झाडापखालाको दर २० प्रतिशत मात्र थियो, जुन जुलाईमा बढेर ४४ प्रतिशत पुगेको छ — जसले बालबालिकामा निर्जलीकरणको खतरा बढाएको छ ।

    अहिले धेरै मानिसहरू गहिरो जमिनबाट निकालिएको खार पानी (नुनिलो र अशुद्ध) पिउन बाध्य छन्, जुन पहिले सफा गर्न वा खेतीपातीका लागि मात्र प्रयोग गरिन्थ्यो । गाजाको पानी सेवा प्रमुख मोन्थर शोब्लाकका अनुसार, उनीहरूले अस्पताल र नागरिकहरूलाई प्राथमिकता दिएर पानी बाँडिरहेका छन्, जसको अर्थ नाली र ढल सफा गर्न चाहिने पानी रोक्नु परेको छ । “खाना बिना केही दिन बाँच्न सकिन्छ, तर पानी बिना होइन,” शोब्लाकले बताए ।

    इजरायलले हालै केही पाइपलाइन पुनः जडान गरेको छ र एउटा शुद्धिकरण केन्द्रलाई बिजुली दिएको छ । साथै, संयुक्त अरब इमिरेट्सको सहयोगमा मिस्रको सीमामा बन्न लागेको नयाँ शुद्धिकरण केन्द्रबाट पानी आपूर्ति सुरु हुने आशा गरिएको छ । तर, मानवीय सहायता समूहहरूले चिन्ता व्यक्त गर्दै, यदि इजरायलले अझै नयाँ सैन्य कारबाही थाल्यो भने, विशेषगरी गाजा सहर र मुवासी क्षेत्रमा, पानी र सहायता पुनः अवरुद्ध हुन सक्ने बताएको छ । मुवासीको शिविरमा बसोबास गरिरहेका होस्नी शाहीन भने, “यो पानीले बच्चालाई पेट दुख्ने बनाउँछ । जब छोराछोरीलाई यो पानी दिनुपर्छ, हामी सुरक्षित छौं जस्तो लाग्दैन ।”

  • इरानका राष्ट्रपति अर्मेनिया र बेलारुस भ्रमणमा जाँदै

    इरानका राष्ट्रपति अर्मेनिया र बेलारुस भ्रमणमा जाँदै

    १ भदौ, तेहरान । इरानका राष्ट्रपति मसूद पेजेस्कियान अर्मेनिया र बेलारुसको दुईदिने भ्रमणका लागि सोमबार साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । इरानका राष्ट्रपतिका राजनीतिक सल्लाहकार मेहदी सानाईले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उक्त भ्रमणको घोषणा गरेका छन् । सानाईले अर्मेनिया र बेलारुससँग विशेष गरी व्यापारिक क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुधार गर्ने र सहयोगका दस्तावेजमा हस्ताक्षर गर्ने विषय भ्रमणका क्रममा राष्ट्रपतिको कार्यसूचीमा रहने बताए । उनले भ्रमण जुनको अन्त्यमा हुने तय गरिएको तर राष्ट्रपतिको व्यस्थताका कारण स्थगित गरिएको जानकारी दिए ।


    सन् १९८८ देखि नागोर्नो–काराबाख को पहाडी क्षेत्रमा विवाद रहँदै आएको अर्मेनिया र अजरबैजानबीच अगष्ट ८ मा वासिङ्टनमा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि पेजेस्कियानको अर्मेनिया भ्रमण हुन लागेको हो । शान्ति सम्झौतामा दक्षिणी अर्मेनियामा ट्रान्जिट करिडोर निर्माण गर्ने सम्झौता समावेश गरिएको छ । उक्त परियोजनाको विशेष विकास अधिकार संयुक्त राज्य अमेरिकालाई प्रदान गरिएको छ। इरानले यस क्षेत्रमा अन्तरक्षेत्रीय खेलाडीहरूको उपस्थितिको बारम्बार विरोध गर्दै आएको छ र यस क्षेत्रको भूराजनीति र ऐतिहासिक सीमाहरूमा कुनै पनि परिवर्तन नगर्न चेतावनी दिएको छ।

  • जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता

    जेलेन्स्की ट्रम्पसँग भेट्न अमेरिका जाँदै, युद्धविराम प्राथमिकता

    ३१ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार अमेरिका भ्रमण गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताएका छन् । शनिबार जारी एक आधिकारिक वक्तव्यमा जेलेन्स्कीले भने, “म सोमबार वाशिङ्टन, डी.सी. मा राष्ट्रपति ट्रम्पसँग भेटघाट गर्नेछु र युद्ध तथा हत्या रोक्नका लागि आवश्यक सबै विषयमा विस्तृत छलफल गर्नेछु । यो सम्मानजनक निमन्त्रणा पाउँदा म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”

    उनले यसअघि ट्रम्पसँग प्रारम्भिक रूपमा भएका संवादहरूलाई ‘गम्भीर र फलदायी’ भएको उल्लेख गर्दै, पछिल्लो चरणमा युरोपेली नेताहरू पनि सहभागी भई वार्ता थप प्रभावकारी बनेको जानकारी दिए । यो भेटवार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा तीन दिनअघि सम्पन्न वार्तापछि तय गरिएको हो । अलास्काको बैठकमा अहिलेसम्म कुनै स्पष्ट युद्धविराम घोषणा वा ठोस सहमति भएको छैन ।

    राष्ट्रपति जेलेन्स्कीले युरोपेली साझेदारहरूलाई वार्ताका सबै चरणमा सहभागी गराउन आग्रह गर्दै, आफू ट्रम्प र पुटिनसँग त्रिपक्षीय वार्ताका लागि पूर्णतः तयार रहेको दोहो¥याए । “महत्वपूर्ण विषयहरू नेताहरूको तहमा सिधा छलफल गर्न आवश्यक छ,” उनले भने, “त्रिपक्षीय वार्ताको ढाँचा प्रभावकारी र उपयुक्त हुनेछ ।” उक्त उच्चस्तरीय भेटवार्ताबाट युक्रेन युद्ध अन्त्यका प्रयासहरूलाई गति मिल्ने र अन्तर्राष्ट्रिय शान्ति पहलमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

  • एयर क्यानडाका उडान सहायकको हडतालले सेवा ठप्प, यात्रु प्रभावित

    एयर क्यानडाका उडान सहायकको हडतालले सेवा ठप्प, यात्रु प्रभावित

    ३१ साउन, काठमाडौं । एयर क्यानडाका करिब १० हजार उडान सहायक कर्मचारीहरूले पारिश्रमिक तथा कामको उचित मूल्याङ्कनको माग गर्दै शनिबारदेखि राष्ट्रव्यापी हडताल सुरु गरेका छन् । हडताल सुरु भएपछि एयर क्यानडाले सबै उडानहरू स्थगित गर्दै यात्रुहरूलाई विमानस्थल नजान आग्रह गरेको छ ।
    क्यानाडियन युनियन अफ पब्लिक इम्प्लोइज (सीयुपीइ)का अनुसार शनिबार बिहान १२ः५८ बजेबाट आन्दोलन औपचारिक रूपमा सुरु गरिएको हो । कम्पनीले आन्दोलन सुरु हुनु अगावै शुक्रबार साँझसम्म ६२३ उडान रद्द गरिसकेको थियो भने शनिबारका लागि तोकिएको सम्पूर्ण ७०० उडान पनि रद्द गरिएका छन् ।

    यात्रु सेवाका क्रममा बोर्डिङ र तयारीका कामहरूमा पारिश्रमिक नदिइने परिपाटी हटाइनुपर्ने तथा मुद्रास्फीतिलाई मध्यनजर गर्दै तलब समायोजन गरिनुपर्ने युनियनको प्रमुख माग हो । युनियनका अनुसार एयर क्यानडाले पेस गरेको प्रस्ताव महँगीदरभन्दा पनि तल रहेको छ । विशेषज्ञहरूका अनुसार यो आन्दोलन लामो नजाने अनुमान छ, तर यसले मुलुकको आन्तरिक यातायात, पर्यटन र व्यापार क्षेत्रमा तत्काल प्रभाव पार्ने देखिन्छ । व्यवसायिक महासंघले यस्तो समयमा हवाई यातायात रोकिँदा आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ ।

  • युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

    युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

    ३१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको एंकोरेजमा वार्ता गरेपछि युक्रेन युद्धविराम सम्बन्धी अन्तिम निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन् । फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू, पुटिन र जेलेन्स्कीबीच चाँडै एक संयुक्त बैठक हुने जानकारी दिए । यद्यपि बैठकको मिति र स्थानबारे विस्तृत विवरण दिएका छैनन् ।

    “हामीसँग यसलाई पूरा गर्ने राम्रो सम्भावना छ,“ ट्रम्पले भने । उनले युरोपेली मुलुकहरूलाई पनि अलिकति संलग्न हुनुपर्ने उल्लेख गर्दै, तर अन्ततः यो जिम्मेवारी जेलेन्स्कीको रहेको बताए । यसअघि शुक्रवार, ट्रम्प र पुटिनबीच एंकोरेजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचार्डसनमा झण्डै तीन घण्टा लामो वार्ता भएको थियो । यो सन् २०२१ पछि दुई राष्ट्रपतिबीच भएको पहिलो प्रत्यक्ष भेटवार्ता थियो ।

  • ट्रम्प–पुटिन वार्ताको ऐतिहासिक क्षण : १० तस्वीरमा

    ट्रम्प–पुटिन वार्ताको ऐतिहासिक क्षण : १० तस्वीरमा

    ३१ साउन, अलास्का । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा शिखर बैठक सम्पन्न भएको छ ।

    U.S. President Donald Trump, center right, meets with Russian President Vladimir Putin, center left, on Friday, Aug. 15, 2025, at Joint Base Elmendorf-Richardson, Alaska. (Sergei Bobylev, Sputnik, Kremlin Pool Photo via AP)

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैठक ‘अत्यन्तै फलदायी’ भएको बताए । बैठकमा युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने भइसकेको छैन ।

    (250815) — ANCHORAGE (U.S.), Aug. 15, 2025 (Xinhua) — U.S. President Donald Trump (R) addresses a joint press conference with Russian President Vladimir Putin after concluding their talks in Anchorage, Alaska, the United States, on Aug. 15, 2025.The talks, held at Joint Base Elmendorf-Richardson in the city of Anchorage, lasted about three hours. (Xinhua/Wu Xiaoling)

    वार्ता झन्डै तीन घण्टा चल्यो । वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको बताए ।

    (250815) — ANCHORAGE (U.S.), Aug. 15, 2025 (Xinhua) — Staff members make preparations at a press room ahead of a meeting between Russian President Vladimir Putin and U.S. President Donald Trump at Joint Base Elmendorf-Richardson in Anchorage, Alaska, the United States, on Aug. 15, 2025. (Xinhua/Wu Xiaoling)

    युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएन ।

    President Donald Trump, right, speaks during a joint press conference with Russia’s President Vladimir Putin, left, at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)


    राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे ।

    President Donald Trump, right, stands with Russia’s President Vladimir Putin at the conclusion of a joint press conference at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)

    उनले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गरे ।

    President Donald Trump, right, shakes the hand of Russia’s President Vladimir Putin during a joint press conference at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)

    यद्यपि दुबै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रारम्भिक चरणको यो बैठक तत्कालिक उपलब्धिबिना टुंगिएको देखिएको छ।

    Russia’s President Vladimir Putin listens during a joint press conference with President Donald Trump at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)
    President Donald Trump listens during a joint press conference with Russia’s President Vladimir Putin at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)
    Russia’s Foreign Minister Sergey Lavrov and Secretary of State Marco Rubio talks before a news conference with President Donald Trump and Russia’s President Vladimir Putin at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Julia Demaree Nikhinson)
  • अलास्कामा अमेरिका–रूस शिखर बैठक : वार्ता सकारात्मक, तर कुनै सम्झौता भएन

    अलास्कामा अमेरिका–रूस शिखर बैठक : वार्ता सकारात्मक, तर कुनै सम्झौता भएन

    एजेन्सी
    ३१ साउन, अलास्का । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताए । तर युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन। झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएको थिएन।

    राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे । उनले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गरे । यद्यपि दुबै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रारम्भिक चरणको यो बैठक तत्कालिक उपलब्धिबिना टुंगिएको देखिएको छ।

  • एमसिए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

    एमसिए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता

    ३० साउन, काठमाडौं । संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल ९एमसिए–नेपाल०ले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा बिहीबार दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ ।

    एमसिए नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको छ । संयुक्त लागत १५ दशमलव ४५ करोड अमेरिकी डलर रहेका यी सम्झौताअन्तर्गत एक सय ८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम हुनेछ । अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसीका कार्यवाहक उपाध्यक्ष, एमसिसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधि, अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरे ।

    “यी सम्झौतामा हस्ताक्षर गरी एमसिसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनःपुष्टि गरेको छ”, एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने, “नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआबद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।”

    अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन र सबस्टेशनहरू निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्न अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोगको सराहना गर्नुहुँदै यस कार्यक्रमका लागि सरकारी सहयोग निरन्तर रहने बताए । “आज भएको निर्माण सम्झौता एउटा उपलब्धिमात्र नभई नेपालको विकास र समृद्धिप्रति संयुक्त राज्य अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक हो”, नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले भने, “यस साझेदारीमार्फत हामी विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधारमात्र निर्माण गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौँ । एमसिसी कम्प्याक्ट नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यको आधारशिला हो । सम्पूर्ण नेपाली नागरिकलाई लाभान्वित गर्न सँगै अगाडि बढ्न पाउँदा गर्वको अनुभूति गरिरहेका छौँ ।”

    एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले कम्प्याक्टलाई अगाडि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको सराहना गरिएको बताए । यस राष्ट्रिय गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिविम्बित भएको छ । हामी दिगो सहकार्य गर्दै सफल कार्यान्वयनमा केन्द्रित रहेको उनको कथन छ ।

    एमसिसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको ऐतिहासिक लगानी हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउन एमसिसी नेपाल कम्प्याक्ट तयार गरिएको हो ।

  • ब्राजिलको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु

    ब्राजिलको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु


    एजेन्सी
    २९ साउन, काठमाडौं । ब्राजिलका अधिकारीहरूले दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा छ जना पुरुष र तीन जना महिलासहित नौ जनाको मृत्यु भएको जनाएका छन् । अग्निनियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपर सम्मका भवनहरू क्षतिग्रस्त भएको बताउनुभएको छ ।

    ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान भइरहेकोले घटनाको कारण थाहा भइनसकेको बताएका छन् । सार्वजनिक सुरक्षा राज्यमन्त्री कर्नल हडसन लियोन्सियो टेक्सेराले पत्रकारहरूलाई घटनाको क्रममा कारखानामा रहेका नौ जनामध्ये सबैको मृत्यु भएको बताए । भग्नावशेषबाट सात जना घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।