२ वैशाश, काठमाडौं । यूक्रेनले अमेरिका समक्ष खनिज सम्बन्धी सम्भावित सम्झौताका लागि तयार पारिएका आफ्ना प्रस्तावहरू औपचारिक रूपमा प्रस्तुत गरेको छ। युक्रइन्फोर्म समाचार एजेन्सीका अनुसार, यो जानकारी यूक्रेनको पहिलो उपप्रधानमन्त्री तथा अर्थमन्त्री युलिया स्विरिडेन्कोले दिए । ‘हामीले किएभमा तयार गरेका सबै प्रस्तावहरू अमेरिकी पक्ष समक्ष स्पष्ट रूपमा राख्ने अवसर पाएका छौं, स्विरिडेन्कोले बताए । उनले… Continue reading खनिज सहकार्यका लागि यूक्रेन–अमेरिका बीच संवाद प्रारम्भ
Category: अमेरिका
११ मिनेट अन्तरिक्ष यात्रा गरेर फर्किएका ६ महिला को हुन् ?
काठमाडौं । ६ महिलाको एक समूह ११ मिनेट लामो अन्तरिक्ष यात्राबाट सुरक्षित फर्किएको छ । टोलीमा पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता सहित विभिन्न क्षेत्रका ६ महिला थिए । १४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी… Continue reading ११ मिनेट अन्तरिक्ष यात्रा गरेर फर्किएका ६ महिला को हुन् ?
युक्रेनको सुमीमा रुसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ८४ जना घाइते
३१ चैत, काठमाडौं । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेको छ भने ८४ जना घाइते भएका छन् । सुमी सहर पछिल्ला केही सातादेखि लगातार रूसी आक्रमणको सामना गरिरहेको छ ।स्थानीय अधिकारीहरूले घाइतेहरूमा १० जना बालबालिका पनि रहेका जनाएका छन्… Continue reading युक्रेनको सुमीमा रुसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ८४ जना घाइते
स्मार्टफोन र कम्प्युटर राष्ट्रपति ट्रम्पको विश्वव्यापी करबाट मुक्त
३० चैत, काठमाडौं । ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र कम्पोनेन्टलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत… Continue reading स्मार्टफोन र कम्प्युटर राष्ट्रपति ट्रम्पको विश्वव्यापी करबाट मुक्त
अमेरिकामा हेलिकप्टर दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस एपी)का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो।न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित… Continue reading अमेरिकामा हेलिकप्टर दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु
अमेरिकाद्वारा चिनियाँ आयातमा बिहीबार थप कर वृद्धिको घोषणा
२९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा वासिङ्टनको थप दर १४५ प्रतिशत पुगेको ह्वाइट हाउसले पुष्टि गरेको छ । ट्रम्पको एक आदेशअनुसार ह्वाइट दर्जनौं देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई थाति राखेपनि चीनविरूद्ध लगातार कर वृद्धिको घोषणा गरेको छ । उनलेचिनियाँ आयातमा… Continue reading अमेरिकाद्वारा चिनियाँ आयातमा बिहीबार थप कर वृद्धिको घोषणा
गाजामा इजरायली आक्रमण, कम्तिमा २९ जनाको मृत्यु
काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलबामा केही मानिसहरू फसेका गाजा सिभिल डिफेन्सले जनाएको छ । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले उद्धार टोलीहरूले मलबामा फसेका जीवित र मृतकहरूलाई निकाल्ने काम गरिरहेका बताए । फिलिस्तीनी सुरक्षा… Continue reading गाजामा इजरायली आक्रमण, कम्तिमा २९ जनाको मृत्यु
इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको घोषणा गरेका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गरेका हुन् । सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठूलो खतरामा’… Continue reading इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा
संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन, के भने ?
२६ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गरेका छन् । त्यस अवसरमा मन्त्री पौडेलले पछिल्ला तीन दशकमा नेपालले मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र… Continue reading संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन, के भने ?
चीनले जवाफी ट्यारिफ फिर्ता नलिए थप ५० प्रतिशत महसुल लगाउने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई नयाँ चेतावनी दिएका छन् । उनले चीनलाई थप ५० प्रतिशत महसुल थप गर्ने चेतावनी दिएका हुन् । चीनले ३४ प्रतिशत ट्यारिफ अमेरिकामाथि लगाएको छ । यो फिर्ता नलिए अमेरिकाले ५० प्रतिशत ट्यारिफ लगाउने उनको चेतावनी छ । अमेरिकी राष्ट्रपति कार्यालयले जनाए अनुसार ९ अप्रिलबाट चीनदेखि आउने सामानमा ३४… Continue reading चीनले जवाफी ट्यारिफ फिर्ता नलिए थप ५० प्रतिशत महसुल लगाउने ट्रम्पको चेतावनी
ट्रम्पको व्यापार नीतिले सेयर बजारमा पहिरो, के भन्छन् राष्ट्रपति ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । अमेरिकाले १ सय भन्दा बढी देशमा रेसिप्रोकल महसुल घोषणा गरेको थियो । यसको असर सेयर बजारमा देखिएको छ । यसबारे राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘म कुनै पनि क्षेत्रमा गिरावट चाहँदिन, तर केही चिज ठिक… Continue reading ट्रम्पको व्यापार नीतिले सेयर बजारमा पहिरो, के भन्छन् राष्ट्रपति ?
न्यूयोर्क पुगे स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क पुगेका छन् । मन्त्री पौडेललाई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे । मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए ।… Continue reading न्यूयोर्क पुगे स्वास्थ्य मन्त्री
अमेरिकामा भीषण आँधी, कम्तिमा १६ जनाको मृत्यु
काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो । अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्याएको छ । सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् । टेनेसी राज्यको पश्चिमी… Continue reading अमेरिकामा भीषण आँधी, कम्तिमा १६ जनाको मृत्यु
बीबीसीको खुलासा : अफगानिस्तानबाट ५ लाख हतियार गायब
काठमाडौं । अफगानिस्तानबाट पाँच लाख थान अमेरिकी हतियार गायब भएको बीबीसीले एक विशेष खुलासा गरेको छ । सूत्रलाई उद्धृत गर्दै बीबीसीले भनेको छ– ती हतियार बिक्री वा तस्करी भएको छ । संयुक्त राष्ट्रसंघका केही अधिकारीका अनुसार गायब भएकामध्ये केही हतियार अलकायदासँग सम्बन्धित चरमपन्थी संगठनसम्म पुगेको आशंका छ । तालिबानले सन् २०२१ मा अफगानिस्तानलाई फेरि नियन्त्रणमा… Continue reading बीबीसीको खुलासा : अफगानिस्तानबाट ५ लाख हतियार गायब
अमेरिकामा ट्रम्पविरुद्ध किन हुँदैछ विशाल प्रदर्शन ?
काठमाडौं । अमेरिकामा राष्ट्रपति ट्रम्प विरुद्ध विशाल प्रदर्शनहरु सुरु भएका छन् । यस्तो प्रदर्शन देशैभर भइरहेको बीबीसीले जनाएको छ । राष्ट्रपति पद सम्हालेयता ट्रम्पले यति ठूलो विरोध प्रदर्शनको सामना गरेका हुन् । प्रदर्शन ५० राज्यका १२ सय भन्दा बढी स्थानमा भइरहेको छ । प्रदर्शनकारीले सामाजिक तथा आर्थिक मुद्दामा ट्रम्पले लिएको नीतिको आलोचना गरिरहेका छन् ।… Continue reading अमेरिकामा ट्रम्पविरुद्ध किन हुँदैछ विशाल प्रदर्शन ?
ट्रम्पले नयाँ महसुल घोषणा गर्दै के भने ? यी हुन सम्बोधनका मूख्य ६ बुँदा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुल घोषणा गरे । यसलाई उनले ‘मुक्ति दिवस’ भनेका छन् । नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस सुरु भएको छ । अमेरिकाले नेपालमाथि १०) प्रतिशत मात्र महसुल लगाउने भएको छ । यस क्रममा उनले गरेको सम्बोधनका मूख्य ६ बुँदा अटो… Continue reading ट्रम्पले नयाँ महसुल घोषणा गर्दै के भने ? यी हुन सम्बोधनका मूख्य ६ बुँदा
ट्रम्पले सार्वजनिक गरे रेसिप्रोकल महसुल, नेपाललाई १० प्रतिशत मात्र
२१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल, भारतसहित कैयौं मुलुकका लागि रेसिप्रोकल महसुलको घोषणा गरेका छन् । नेपालका लागि अमेरिकाले १० प्रतिशत महसुल घोषणा गरेको छ । जुन धेरै विकसित मुलुकको तुलनामा कम हो । विज्ञहरुले नेपालले यस नीतिबाट लाभ लिन सक्ने बताएका छन् । ह्वाइट हाउसले १ सय देशको सूची सार्वजनिक गरेको… Continue reading ट्रम्पले सार्वजनिक गरे रेसिप्रोकल महसुल, नेपाललाई १० प्रतिशत मात्र
नेपाल आउने पर्यटकको तेस्रो स्थानमा अमेरिकी, पहिलो स्थानमा भारतीय
काठमाडौं । नेपालमा घुमफिरमा आउने पर्यटकमध्ये तेस्रो स्थानमा अमेरिकी नागरिक छन् । नेपाल पर्यटन बोर्डले मंगलबार मार्च २०२५ को पर्यटक आगमनको संख्या सार्वजनिक गरेको छ । जसमा पहिलो स्थानमा भारतीय छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक रहेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२५ मा १ लाख २१ हजार ६ सय ८७ पर्यटक नेपाल… Continue reading नेपाल आउने पर्यटकको तेस्रो स्थानमा अमेरिकी, पहिलो स्थानमा भारतीय
माइतिघरमा राजा चाहियो भन्दै उत्रिएका अमेरिकी नागरिक पक्राउ
काठमाडौं । राजा चाहियो भन्दै आन्दोलनमा उत्रिएका अमेरिकी नागरिक पक्राउ परेका छन् । माइतीघरमा केही नेपाली नागरिकहरूसहित राजसंस्थाका पक्षमा नारा लगाइरहेका बेला अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको हो । उनी नेपालमा भने आफूलाई जयानन्द कृपाका रूपमा चिनाउने गरेको पाइएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर… Continue reading माइतिघरमा राजा चाहियो भन्दै उत्रिएका अमेरिकी नागरिक पक्राउ
अमेरिका आयात हुने कार र पार्टपूर्जामा ट्रम्पले लगाए २५ प्रतिशत महसुल, ट्रेडवार अझ बढ्ने आशंका
१४ चैत, काठमाडौं । अमेरिका आयात हुने कार र पार्टपूर्जामा राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ प्रतिशत कर घोषणा गरेका छन् । यसले ट्रेडवार बढ्ने आशंका गरिएको छ । बीबीसीका अनुसार विश्वभरबाट अमेरिका भित्रिने कार र पार्टपूर्जामा सो कर लाग्ने छ । यो २ अप्रिलबाट लागु हुने गरी घोषणा गरिएको छ । यस कदमबाट अमेरिकी कार बजारमा… Continue reading अमेरिका आयात हुने कार र पार्टपूर्जामा ट्रम्पले लगाए २५ प्रतिशत महसुल, ट्रेडवार अझ बढ्ने आशंका
गोप्य जानकारी चुहावटमा अमेरिकी सुरक्षा सल्लाहकारले लिए जिम्मेवारी
काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले सैन्य आक्रमणबारे गोप्य सूचना चुहावटमा जिम्मेवारी लिएका छन् । उनले यमनमा सैन्य आक्रमणको योजनाबारे छलफल गरिएको ‘च्याट ग्रुप’ मा एक पत्रकारलाई जोडेकोमा आफू जिम्मेवार रहेको स्वीकार गरेका हुन् । सामाजिक सञ्जाल सिग्नलमा बनाइएको उक्त ‘च्याट ग्रुप’ मा अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससहितका उच्च पदस्थ अधिकारीहरू थिए । च्याट… Continue reading गोप्य जानकारी चुहावटमा अमेरिकी सुरक्षा सल्लाहकारले लिए जिम्मेवारी
चीनलाई लक्षित गर्दै अमेरिकाले घोषणा गर्यो थप प्रतिवन्ध
काठमाडौं । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ । यो कारबाहीले चीन, संयुक्त अरब इमिरेट्स र इरानलगायत देशका ८० संस्थालाई प्रभावित पारेको छ र विभागले उनीहरूको ‘अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति विपरीतका गतिविधिहरू’ भनेको छ । ‘प्रतिबनध… Continue reading चीनलाई लक्षित गर्दै अमेरिकाले घोषणा गर्यो थप प्रतिवन्ध
ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट
काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४–१ को सानदार जित निकालेको छ । बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे ।… Continue reading ब्राजिलको पोष्टमा अर्जेण्टिनाको चार गोल, विश्वकपमा छनोट
अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत
काठमाडौं । रुस र युक्रेन ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको अमेरिकाले दावि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा यो सम्भव भएको समेत ह्वाइट हाउसको दावि छ । तीन वर्षभन्दा अगाडिदेखि रुस र युक्रेनबीच जारी लडाइँ ३० दिनसम्म रोक्ने सहमति भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुई देशबीच ऊर्जा संरचनामा आक्रमण नगर्ने सहमति… Continue reading अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत
अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए
काठमाडौं । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात… Continue reading अमेरिकामा अर्को गोली काण्ड, कम्तिमा तीन जना मारिए
इजरायलद्धारा लेवनानमा पुनः आक्रमण
काठमाडौं । इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहको निशानामा आक्रमण सुरू गरेको जनाएको छ । गत नोभेम्बरमा युद्धविराम सम्झौता लागू भएयता पहिलो पटक लेबनानबाट आफ्नो क्षेत्रमा क्षेप्यास्त्र रकेट प्रहार भएपछि आक्रमण सुरू गरेको इजरायलको दावि छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली रक्षा बल (आईडीएफ) लाई ‘लेबनानमा दर्जनौं आतंकवादी निशानाविरुद्ध बलपूर्वक कारबाही गर्न’ निर्देशन दिएको बताएका छन्… Continue reading इजरायलद्धारा लेवनानमा पुनः आक्रमण
एमसीसीलाई निरन्तरता दिने तयारी
काठमाडौं । संयुक्त राज्य अमेरिकाको सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको बताइएको छ । तर उक्त अनुमतिले ट्रम्प प्रशासनले नेपालले अमेरिकाबाट कम्प्याक्ट अन्तर्गत पाएको अनुदानको समीक्षाबाट निस्कने कुनै निश्चित परिणामप्रति सङ्केत नगर्ने एमसीए नेपालले आफ्नो वेबसाइटमार्फत जनाएको छ। फेब्रुअरीमा अमेरिकी सरकारले एमसीसी अन्तर्गत नेपालले पाएको अनुदान अन्तर्गतका भुक्तानी समीक्षाका… Continue reading एमसीसीलाई निरन्तरता दिने तयारी
५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले क्युबा, हेइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ। अमेरिकी सङ्घीय सरकारले जारी गरेको एउटा सूचनाअनुसार ती आप्रवासीहरूलाई आगामी एप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको छ। ट्रम्पका पूर्वर्ती जो बाइडनका… Continue reading ५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका, देश छाड्न चेतावनी
रुस र अमेरिकाबीच पुनः वार्ता हुँदै
काठमाडौं । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने जानकारी दिएका छन् । उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी समितिका अध्यक्ष ग्रिगोरी कारासिन र रुसको संघीय सुरक्षा सेवाका प्रमुखका सल्लाहकार सर्गेई बेसेडाले गर्ने बताए । उशाकोभले बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग… Continue reading रुस र अमेरिकाबीच पुनः वार्ता हुँदै
अमेरिकी कानून नमाने देश निकाला गर्ने नेपालस्थित अमेरिकी दूतावासको चेतावनी
काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसावाहक नेपालीलाई अमेरिकी कानुन र आप्रवासन नियम उल्लंघन गरेको पाइए देशबाटै निकाल्ने चेतावनी दिएको छ। दूतावासले बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकाको कानुन उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिको भिसा रद्द गरी देशबाटै निष्कासन गर्ने चेतावनी दिएको हो। नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन।… Continue reading अमेरिकी कानून नमाने देश निकाला गर्ने नेपालस्थित अमेरिकी दूतावासको चेतावनी