काठमाडौँ, ३ मङ्सिर : नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसिसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब छ अर्ब रुपैयाँ)… Continue reading एमसिसीमा अमेरिकाले थप ५० मिलियन अमेरिकी डलर सहयोग गर्ने निश्चित
Category: अमेरिका
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी
संयुक्त राष्ट्र, २९ कात्तिक (रासस–सिन्ह्वा) । गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ । वर्षाले परिवारका व्यक्तिगत सामग्रीहरूमा क्षति पु¥याएको र धेरैलाई खुला आकाशमा जाडो मौसमसँग जुध्नु परेको छ । यसले वृद्ध,… Continue reading गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी
टोयोटाको अमेरिकामा १० अर्ब डलरको नयाँ लगानी घोषणा
टोकियो, २८ कात्तिक (रासस–एएफपी) । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको प्रारम्भिक टिप्पणीहरूको पुष्टि हो । गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सिइओ) एकियो टोयोडासँगको… Continue reading टोयोटाको अमेरिकामा १० अर्ब डलरको नयाँ लगानी घोषणा
राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर
वासिङ्टन, २८ कात्तिक (रासस–एपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबबिहीन बनाएको थियो । यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए । यस सङ्कटले वासिङ्टनमा राजनीतिक ध्रुवीकरणलाई अझ गहिरो… Continue reading राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर
दिल्लीमा विष्फोटपछि अमेरिकाले जारी गर्यो सुरक्षा चेतावनी
२५ कात्तिक, काठमाडौं । सोमबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा भएको विष्फोटपछि अमेरिकाले सुरक्षा चूनौति जारी गरेको छ । लाल किल्ला मेट्रो स्टेशन नजिकै भएको विष्फोटमा अहिलेसम्म ८ जनाको ज्यान गइसकेको छ । विष्फोटको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । भारतले कैयौं राज्यमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । अमेरिकी दूतावासले भीडभाडमा नजान र… Continue reading दिल्लीमा विष्फोटपछि अमेरिकाले जारी गर्यो सुरक्षा चेतावनी
अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल
वासिङ्टन, २४ कात्तिक (रासस–एएनआई) । अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ । सदनले पारित गरेको खर्च विधेयकलाई अगाडि बढाउने वा नगर्ने निर्णय गर्दै सरकार पुनः सञ्चालन गर्ने बाटो खुलाउने उद्देश्य रहेको छ । सिनेटमा निरन्तर प्रस्ताव अघि बढाउन कम्तीमा ६० मत आवश्यक… Continue reading अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल
७० जनालाई राष्ट्रपति ट्रम्पले गरे आममाफीको घोषणा
वासिङ्टन, २४ कात्तिक (रासस÷एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनलाई बिथोल्ने प्रयास गरेको आरोप लागेका शीर्ष सहयोगीहरूलाई आममाफी दिएका छन् । ट्रम्प प्रशासनका ‘पार्डन एटोर्नी’ एड मार्टिनले एक्समा भनेका छन्, “राष्ट्रपतिका पूर्व वकिलहरू रुडी गिउलियानी र सिड्नी पावेल र ट्रम्पका पूर्व कर्मचारी प्रमुख मार्क मिडोजलगायत ७० भन्दा बढी व्यक्तिहरूको सूची सार्वजनिक… Continue reading ७० जनालाई राष्ट्रपति ट्रम्पले गरे आममाफीको घोषणा
ट्रम्प डक्युमेन्टरी सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा
२४ कात्तिक, लण्डन । बीबीसीको एक प्रसिद्ध कार्यक्रम प्यानोरमा अन्तर्गत प्रशारित एक वृत्तचित्रमा समावेश गरिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्पादित भाषणले दर्शकहरूलाई भ्रमित पारेको भन्दै आलोचना भएपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका छन्। यो सार्वजनिक प्रसारण संस्थाले विभिन्न विवाद र पूर्वाग्रहका आरोपहरू खेप्नुपरेपछि डेभी दबावमा परेका थिए।… Continue reading ट्रम्प डक्युमेन्टरी सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
वासिङ्टन, २४ कात्तिक (रासस–एपी) । अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् । सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि… Continue reading सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
सरकारी बन्दका कारण अमेरिकी हवाई यात्रा ‘सुस्त’
वासिङ्टन, २४ कात्तिक (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकामा हवाई यात्रा छिट्टै थप ‘सुस्त हुन सक्ने’ अधिकारीहरूले आइतबार चेतावनी दिएका छन् ।संघीय निकायहरू अक्टोबर १ मा कोष समाप्त भएदेखि ठप्प बनेका छन् । यसको प्रभाव अमेरिकामा हजारौँ उडानहरू रद्द वा ढिलो भएका छन् र यात्रुहरूले सरकारी बन्दका कारण अराजकताको सामना गरिरहेका छन्। ट्रम्प प्रशासनले बिना तलब… Continue reading सरकारी बन्दका कारण अमेरिकी हवाई यात्रा ‘सुस्त’
एएनओ अमेरिकी समितिमा नयाँ नेतृत्व
काठमाडौँ, २३ कात्तिकः विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ‘ओरिजिन’हरूको संस्था एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) मा भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकी राष्ट्रिय समिति चयन गरिएको छ । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल सहरमा सम्पन्न सम्मेलनले समितिको उपाध्यक्षमा डा सञ्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिवमा चन्द्र पराजुली, कोषाध्यक्षमा तृष्णा चिमोरिया र सदस्यसहितको नयाँ कार्यसमिति चयन… Continue reading एएनओ अमेरिकी समितिमा नयाँ नेतृत्व
दक्षिण अफ्रिकामा हुने जी–२० सम्मेलनमा अमेरिकी अधिकारी उपस्थित नहुने
वाशिङ्गटन, २३ कात्तिक (रासस–एएफपी) ।दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूलाई योजनावद्धरूपमा ‘हत्या’ गरिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ हुने जी–२० शिखर सम्मेलनमा कुनै पनि अमेरिकी अधिकारी उपस्थित नहुने बताएका छन् । दक्षिण अफ्रिकाले राष्ट्रपति ट्रम्पको आरोपलाई खण्डन गरेको छ। ट्रम्पले सेप्टेम्बरमा उपराष्ट्रपति जेडी भान्स यस महिनाको अन्त्यमा उनको सट्टा बैठकमा सहभागी हुने बताएको भए पनि… Continue reading दक्षिण अफ्रिकामा हुने जी–२० सम्मेलनमा अमेरिकी अधिकारी उपस्थित नहुने
अझै पाँच इजरायली बन्धक फिर्ता हुन बाँकी
जेरुसेलम, २३ कात्तिक (रासस–एएफपी) । इजरायलले शनिबार प्यालेस्टिनी लडाकुहरूले गाजाबाट फिर्ता पठाएको पछिल्लो बन्धक अवशेष पहिचान गरेको छ। यससँगै दुई वर्षको युद्ध रोकिएको अमेरिकी मध्यस्थतामा भएको हमास र इजरायलबीचको युद्धविराम अन्तर्गत थप पाँच शव मात्र फिर्ता गर्न बाँकी छ।इजरायली सेनाले शुक्रबार हस्तान्तरण गरिएको शव स्वयंसेवक एम्बुलेन्स चालक लियोर रुडेफको भएको पुष्टि गरेको छ । उनी… Continue reading अझै पाँच इजरायली बन्धक फिर्ता हुन बाँकी
अमेरिकी एयरलाइन्सहरुले किन गरे एक हजार उडान रद्द ?
वासिङ्टन, २२ कात्तिक (रासस–एपी) । अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका छन् । सङ्घीय उड्डयन प्रशासन (एफएए)ले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तलब नपाएका कारण उत्पन्न तनाव… Continue reading अमेरिकी एयरलाइन्सहरुले किन गरे एक हजार उडान रद्द ?
एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने
नयाँदिल्ली, २१ कात्तिक (रासस–एएफपी) ।विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गरेका छन् । स्टारलिङ्कले कम–कक्षीय उपग्रहहरू (लो–अर्थ अर्बिट स्याटेलाइट्स) मार्फत दुर्गम तथा… Continue reading एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने
न्यूयोर्कका सबैभन्दा कान्छा मेयर जोहरान मम्दानी को हुन् ?
२० कात्तिक, काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटीमा मुस्लिम समुदायका जोहरान मम्दानी नगरप्रमुख निर्वाचित भएका छन्। केही महिनाअघिसम्म खासै नचिनिएका मम्दानीले आफ्नो निर्वाचन अभियानका क्रममा समाजवादी नाराअघि सारेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले माम्दानी निर्वाचित भए न्यूयोर्कलाई दिइने सङ्घीय बजेट कटौती गर्ने चेतावनी दिएका थिए। चुनाव जितेपछि समर्थकहरूलाई सम्बोधन गर्दै मम्दानीले यो विजयले न्यूयोर्कवासीहरूले… Continue reading न्यूयोर्कका सबैभन्दा कान्छा मेयर जोहरान मम्दानी को हुन् ?
क्यानाडाका प्रधानमन्त्री कार्नीको पहिलो बजेट : अमेरिका माथिको निर्भरता घटाउने लक्ष्य
ओटावा, १८ कात्तिक (रासस–एएफपी) । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मङ्गलबार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ । उनले यस बजेटलाई अमेरिकी कर नीतिका कारण दबाबमा परेको क्यानाडाली अर्थतन्त्रका लागि ‘दृढ उत्तर’ का रूपमा परिभाषित गरे ।राजनीतिमा प्रवेश गर्नुअघि क्यानाडा र… Continue reading क्यानाडाका प्रधानमन्त्री कार्नीको पहिलो बजेट : अमेरिका माथिको निर्भरता घटाउने लक्ष्य
नेपालबाट पहिलो पटक फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
काठमाडौँ, १९ कात्तिकः भैरहवा भन्सार कार्यालयमार्फत रु ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ । रुपन्देहीमा अवस्थित फूट च्वाइस फुड्स प्रालिबाट अमेरिकास्थित जेन्टको एलएलसीलाई दुई कन्टेर अर्थात् ४३ हजार पाँच सय २० किलोग्राम फ्रोजन फ्रेन्च फ्राइज निर्यात भएको हो । भैरहवा भन्सार कार्यालयले जारी गरेको… Continue reading नेपालबाट पहिलो पटक फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात
जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने
बर्लिन, १९ कात्तिक (रासस–एएफपी) । जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने तयारी गरेको छ। रुसविरुद्धको लडाइँमा युक्रेनलाइृ सहयोग गर्न आगामी वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा तीन अर्ब युरो बढाएर करिब ११.५ अर्ब युरो (१३.२ अर्ब डलर) पु¥याउने योजना बनाएको अर्थ मन्त्रालयले मङ्गलबार जनाएको हो। जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले… Continue reading जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने
लिग-२ मा नेपालको कमजोर प्रदर्शन जारी, अमेरिकासँग पुनः हार
१५ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । अमेरिकाका लागि साइतेजा मुक्कमल्लाले सर्वाधिक ७५ रन बनाए । त्यस्तै… Continue reading लिग-२ मा नेपालको कमजोर प्रदर्शन जारी, अमेरिकासँग पुनः हार
ट्रम्प र सीबीच भेटवार्ता सुरु, सुरुवाती प्रतिक्रिया सार्वजनिक
१३ कात्तिक, काठमाडौं । दक्षिण कोरियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता सुरु भएको छ । यस भेटवार्तामा व्यापारका अनेक मुद्दामा कुराकानी हुने अपेक्षा गरिएको छ । भेट अघि ट्रम्पले एक संक्षिप्त प्रतिक्रिया पत्रकारलाई दिएका छन् । त्यहाँ उनले बैठक फलदायी हुने बताए । उनले भने, ‘दुई मुलुकबीच सधै राम्रो सम्बन्ध… Continue reading ट्रम्प र सीबीच भेटवार्ता सुरु, सुरुवाती प्रतिक्रिया सार्वजनिक
ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता
१२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार आज कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सी बीच… Continue reading ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता
नेतान्याहूले दिए गाजामा आक्रमणको आदेश, २० दिनमै युद्धविराम अन्योल
१२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्। इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाएको छ । यस घटनापछि सुरक्षा सल्लाहकारहरूसँग छलफल गरी नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका छन्। यसले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झटका… Continue reading नेतान्याहूले दिए गाजामा आक्रमणको आदेश, २० दिनमै युद्धविराम अन्योल
टोकियो पुगे ट्रम्प : के छ कार्यक्रम ?
टोकियो, कात्तिक ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार मलेसियाको सफल भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान पुगेका छन् । उनको यो भ्रमण जापानका नवनिर्वाचित प्रधानमन्त्री साने ताकाइचीसँग पहिलो व्यक्तिगत भेटका लागि हो । यो भेटलाई दुई देशबिचको सम्बन्ध सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । क्वालालम्पुरबाट प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले… Continue reading टोकियो पुगे ट्रम्प : के छ कार्यक्रम ?
व्यापार युद्ध मत्थर पार्ने अमेरिका र चीनको प्रयास सकारात्मक
१० कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको समाचार सार्वजनिक भएको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन्। बेसेन्टले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएअनुसार अमेरिकामा सामाजिक सञ्जाल टिकटकको सञ्चालन अमेरिकी स्वामित्वमा हुने र दुर्लभ खनिज… Continue reading व्यापार युद्ध मत्थर पार्ने अमेरिका र चीनको प्रयास सकारात्मक
अमेरिका नेपालको पाँचौ ठूलो व्यापार साझेदार मुलुक, तीन महिनामै साढे १२ अर्बको व्यापार
१० कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका नेपालको पाँचौं ठूलो व्यापारिक साझेदार मुलुक रहेको देखिएको छ । चालु आव २०८२\८३ को पहिलो त्रैमासिक (साउन–असोज)तथ्यांक अनुसार अमेरिकासँग तीन महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको व्यापार भएको छ । अमेरिकाबाट नेपालमा ७ अर्ब ७१ करोड रुपैयाँको वस्तु आयात भएको छ । नेपालबाट अमेरिकामा भने ४ अर्ब ८१… Continue reading अमेरिका नेपालको पाँचौ ठूलो व्यापार साझेदार मुलुक, तीन महिनामै साढे १२ अर्बको व्यापार
अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर दक्षिण चीन सागरमा खसे, ५ जनाको सुरक्षित उद्धार
१० कात्तिक, काठमाडौं । अमेरिकी नौसेनाको एक फाइटर जेट र एक हेलिकप्टर दक्षिण चीन सागरमा खसेका छन् । एकै दिन फरक–फरक समयमा भएका यी दुर्घटनास्थलबाट चालक दलका पाँच सदस्यहरूलाई सकुशल उद्धार गरिएको छ । दक्षिण चीन सागरमा आफ्नो उपस्थिति बलियो बनाउन अमेरिका सक्रिय भइरहेका बेला पहिलो दुर्घटना आइतबार स्थानीय समय अनुसार दिउँसो करिब २ः४५ बजे… Continue reading अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर दक्षिण चीन सागरमा खसे, ५ जनाको सुरक्षित उद्धार
थाईल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता, ट्रम्प पनि सहभागी
१० कात्तिक, काठमाडौं । सीमा विवादका कारण हालै लडाइँ गरेका थाईल्यान्ड र क्याम्बोडियाले आपसी सम्बन्ध सामान्य बनाउने प्रयासमा औपचारिक शान्ति सम्झौता गरेका छन्। सम्झौता समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी भए । ट्रम्पले यसै महिनाको शुरू तिर इजरेल र हमास समूहबीच युद्धविराम गराएको पृष्ठभूमिमा यो खबर प्रकाशमा आएको हो। मलेशियाको राजधानी क्वालाम्पुर… Continue reading थाईल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता, ट्रम्प पनि सहभागी
न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा
९ कात्तिक, काठमाडौं । न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।… Continue reading न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा
उत्तर कोरियाबारे ‘सफ्ट’ सुनिए ट्रम्प, दक्षिण कोरियामा किम जोङ उनसँग भेट्ने सम्भावना
एयर फोर्स वान (अमेरिका) । कात्तिक ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएका छन् । प्योङयाङका नेता किम जोङ उनसँगको सम्भावित भेटसमेत समावेश हुनसक्ने एसियाली भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि उनी दक्षिण कोरियाबारे केही नरम सुनिएका छन् । एयर फोर्स वानमा पत्रकारले वासिङ्टनसँगको वार्ताका पूर्वशर्तका रूपमा… Continue reading उत्तर कोरियाबारे ‘सफ्ट’ सुनिए ट्रम्प, दक्षिण कोरियामा किम जोङ उनसँग भेट्ने सम्भावना