ताइबानबारे अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा भिडियो वार्ता, दिए एकअर्कालाई चेतावनी

File Photo : Frederic J. Brown/AFP via Getty Images

काठमाडौं\बीबीसी । अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङलाई उक्त टापुको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएका छन्। उनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गरेका छन्। बेइजिङले भने… Continue reading ताइबानबारे अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा भिडियो वार्ता, दिए एकअर्कालाई चेतावनी

अमेरिकी सहायक विदेशमन्त्री लु आज दिनभर उच्चस्तरीय भेटवार्तामा

Himalkhabar

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज उच्च स्तरीय भेटवार्तामा व्यस्त रहने छने । उनी तीन दिने भ्रमणका सिलसिलामा बिहीबार काठमाडौ आएका हुन् । उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग औपचारिक भेटवार्ता गर्नेछन् । अन्य भेटबारे विस्तृतमा खुलेको छैन । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाडौं… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु आज दिनभर उच्चस्तरीय भेटवार्तामा

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

Himalkhabar

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आएका छन् । उनी बिहीबार दिउँसो दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार लु यस क्षेत्रको नियमित भ्रमणको सिलसिलामा आएका हुन्। लुले अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी… Continue reading अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

उच्च अमरिकी अधिकारीको आकस्मिक नेपाल भ्रमणले राजनीतिक वृत्तमा संशय

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका सिलसिलामा आज काठमाडौं अवतरण गर्दैछन् । यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । नेपालमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने छन् । नेपालले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको… Continue reading उच्च अमरिकी अधिकारीको आकस्मिक नेपाल भ्रमणले राजनीतिक वृत्तमा संशय

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दोस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् । उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन्… Continue reading अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड बिहीबार नेपाल आउने

न्युयोर्क सहरमा चौथौं विश्व नेवा सम्मेलन २०२२ हुने

न्युयोर्क नेवा गुठी न्युयोर्क तथा विश्व नेवा संघ अमेरिका च्याप्टरको संयुक्त आयोजनामा न्युयोर्कको क्वीन्सस्थित लग्वार्डिया प्लाजा होटलमा “4th World Newah Convention 2022” आगामी अगष्ट ५ देखि ७ तारिखसम्म गरिने भएको छ । नेवारी कला, संस्कृति, सम्पदा र परंपराको निरन्तरता प्रवासमा समेत महत्वपूर्ण भएकोले प्रवासी नेवारी समुदायको बाहुल्यताको आधारमा यसपटक न्युयोर्क सहरमा गर्न लागिएको हो ।… Continue reading न्युयोर्क सहरमा चौथौं विश्व नेवा सम्मेलन २०२२ हुने

राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टी, सामान्य लक्षण

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । ह्वाइट हाउसले यो खबरको पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बाइडेनले कोरोना विरुद्धको पूर्ण खोप र बुस्टर डोज समेत लगाइसकेका थिए । ह्वाइटहाउसबाट जारी विज्ञप्ती अनुसार राष्ट्रपतिमा हल्का लक्षण देखिएका छन् । उनको उपचार शुरु भइसकेको छ । उनी… Continue reading राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टी, सामान्य लक्षण

एसपीपीबारे सरकारको निर्णय र कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । यसअघि सोही माग राखी बुधबार एमाले नेता भीम रावलले रोष्ट्रम नै कब्जा गरेका थिए । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा समेत सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरुले एसपीपीको अवस्थाका विषयमा प्रश्न गरेका थिए । ती प्रश्नमा आफ्नो… Continue reading एसपीपीबारे सरकारको निर्णय र कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सभामुखको रुलिङ

युक्रेनमा युद्ध अझै बिस्तार गर्ने रुसको तयारी, अमेरिकाले गरेको थियो पूर्वानुमान

Efrem Lukatsky–AP

काठमाडौं । युक्रेनमा रुसको सैन्य चासो अब देशको पूर्वी क्षेत्रमा मात्र सीमित नरहेको रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले बताएका छन्। पश्चिमले युक्रेनलाई लामो दुरीमा प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएपछि मस्कोको रणनीति परिवर्तन भएको रुसको एक सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले बताए। अब रुसले आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति युक्रेनी सेनालाई युद्धको मोर्चाबाट टाढा पुर्‍याउनु पर्ने उनको… Continue reading युक्रेनमा युद्ध अझै बिस्तार गर्ने रुसको तयारी, अमेरिकाले गरेको थियो पूर्वानुमान

नेटफ्लिक्सले २ महिनामै गुमायो १० लाख ग्राहक, अमेरिकन र युरोपियनले नवीकरण गर्न छाडे

काठमाडौं । ओटीटी डिजिटल प्लेटफर्म नेटफ्लिक्सले दुई महिनामा १० लाख ग्राहक गुमाएको छ । कम्पनीले पछिल्लो दुई महिनामा १० लाख ग्राहक गुमाएको तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीले आउँदा महिनामा पनि उति नै संख्यामा ग्राहक गुम्ने प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । १० वर्षयता पहिलोपल्ट नेटफ्लिक्सले आफ्ना ग्राहक गुमाएको हो । नेटफ्लिक्सको सेवा नवीकरण नगर्ने… Continue reading नेटफ्लिक्सले २ महिनामै गुमायो १० लाख ग्राहक, अमेरिकन र युरोपियनले नवीकरण गर्न छाडे

अमेरिकाको दावि : युक्रेनलाई रुसमा गाभ्न चाहन्छन् पुटिन

file

काठमाडौं । रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीति प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ। अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले युक्रेनको भूभाग नियन्त्रणमा लिनका निम्ति आधार तयार पारिसकेको बताए। युक्रेनका कब्जा गरिएका क्षेत्रहरूले रुसमा गाभिने विषयबारे सेप्टेम्बर लगत्तै… Continue reading अमेरिकाको दावि : युक्रेनलाई रुसमा गाभ्न चाहन्छन् पुटिन

ड्यालसमा “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” हुने

डालास गत बर्षको सफलताबाट प्रोत्साहित नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले यस वर्ष पनि स्कूलका विद्यार्थीहरुका लागि निबन्ध प्रतियोगिता गर्ने भएको छ। “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” कार्यक्रममा यो बर्ष पनि किंडर-गार्टनदेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छ।ऐशोसिएसनले आफ्नो फेसबुक पेजमार्फत उक्त प्रतियोगितामा भाग कसरी लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी… Continue reading ड्यालसमा “बुद्ध र उनको शिक्षा बिषयमा दोश्रो निबन्ध प्रतियोगिता” हुने

अमेरिका पुगेको ७ सय वर्ष पुरानो टुँडाल नेपाल फर्काइयो

काठमाडौं । काठमाडौंको टेकु नजिकै हृयुमत टोलस्थित नारायण मन्दिरबाट चोरी भएर अमेरिका पुगेका करिब ७०० वर्ष पुराना पुरातात्विक टुँडालहरू नेपालमा फर्काइएको छ । १९८०को दशकमा नारायण मन्दिरबाट हराएका १२\१३ औं शताब्दीका दुई टुँडालहरू बुधबार नेपाल फिर्ता ल्याइएको हो । एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ता गराएको नेपालस्थिति अमेरिकी दूतावासले… Continue reading अमेरिका पुगेको ७ सय वर्ष पुरानो टुँडाल नेपाल फर्काइयो

नासाले सार्वजनिक गर्यो ब्रह्माण्डको पहिलो रंगिन तस्वीर

न्यूयोर्क । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यो तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेको समाचार एजेन्सीहरुले बताएका छन् । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देखिएको छ । यसलाई… Continue reading नासाले सार्वजनिक गर्यो ब्रह्माण्डको पहिलो रंगिन तस्वीर

नेपालको जेलमा तीन अमेरिकी नागरिक, अन्य कुन मुलुकका कति ?

काठमाडौं । नेपालका विभिन्न कारागारमा अहिले तीन जना अमेरिकी नागरिक जेल जीवन काटिरहेको पाइएको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा धेरै भारतीय नागरिक जेलमा छन् । जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक नेपालको कारागारमा छन्। नेपालमा लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा विदेशीले जेल सजाय… Continue reading नेपालको जेलमा तीन अमेरिकी नागरिक, अन्य कुन मुलुकका कति ?

अमेरिकामा एक महिलाले आफ्ना ३ बच्चाहरु सहित आत्महत्या गरिन

मिनेसोटा अमेरिकाको मिनेसोटाकी एउटी महिलाले आफ्ना तीन साना छोराछोरी र आफू संगै डुबेर शुक्रबार आत्महत्या गरेकी छिन् । आफ्नो श्रीमानको मृत्युको रिपोर्ट गर्न प्रहरीलाई फोन गरेपछि उनले आफ्ना साना केटाकेटी सहित आत्महत्या गरेको अधिकारीहरूले बताएका छन । रामसे काउन्टी शेरिफको कार्यालयले मंगलबार परिवारका पाँच सदस्यहरूको पहिचान र मृत्युको कारण सहितको बिज्ञप्ति जारी गर्दै तीन बच्चा… Continue reading अमेरिकामा एक महिलाले आफ्ना ३ बच्चाहरु सहित आत्महत्या गरिन

शिकागो हत्याकाण्ड मच्याउने युवकले यसअघि पनि दिएका थिए ‘हत्या गर्ने’ धम्की

शिकागो । स्वतन्त्रता दिवसको अवसरमा शिकागोनजिकै आयोजित एक सार्वजनिक कार्यक्रममा बन्दुक आक्रमण गर्ने व्यक्तिलाई सात वटा हत्याको आरोप लगाइएको छ । लेक काउन्टी राज्यका अधिवक्ता एरिक राइनहार्टले २१ वर्षीय रोबर्ट क्रेमोलाई सजाय दिइने बताएका छन् । हाइल्यान्ड पार्कमा भएको आक्रमणमा परी सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए। राइनहार्टका अनुसार अनुसन्धानका क्रममा उनी… Continue reading शिकागो हत्याकाण्ड मच्याउने युवकले यसअघि पनि दिएका थिए ‘हत्या गर्ने’ धम्की

शिकागो गोली काण्डका आरोपि पक्राउ

शिकागो शिकागोस्थित हाइल्यान्ड पार्कमा जुलाई ४ मनाउदै गरेको परेडमा ६ जनाको गोली हानि हत्या गर्ने संदिग्ध २२ वर्षीय रोबर्ट ‘बबी’ क्रिमोलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिग्द शूटर जसलाई प्रहरीले पक्राउ गरेको छ उसले आउटफिटिंग स्टोरको छतबाट गोली चलाएको थियो । उसले स्वतन्त्रता दिवसको आतिशबाजीसँग बन्दुकको आवाजलाई मिसाएर भ्रमित पार्दै गोली चलाएको आरोप छ ।सन्धिग… Continue reading शिकागो गोली काण्डका आरोपि पक्राउ

शिकागोमा ६ जनाको हत्या गर्ने २२ वर्षिय युवक पक्राउ

शिकागो । अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय समय अनुसार दश बजे अचानक विस्फोटक आवाज सुनिए पछि इलिनोइसस्थित हाइल्यान्ड पार्क सहरमा आयोजित कार्यक्रम रद्द भएको थियो। अधिकारीहरूका अनुसार २४ जनालाई अस्पताल लगिएको छ। घटनामा संलग्नताको सन्दिग्ध २२ वर्षीय… Continue reading शिकागोमा ६ जनाको हत्या गर्ने २२ वर्षिय युवक पक्राउ

सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

शिकागो शिकागोस्थित अमेरिकि स्वतन्त्रता दिवसको दिन आयोजित एक परेडमा गोली चल्दा ६ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । अधिकारीका अनुसार गोली चलाऊने ब्यक्तिले रुफटपबाट चलाएको अनुमान गरिएको छ । प्रहरीले सुटरको सोमबार व्यापक खोजी सुरु गरेको अधिकारीहरूले बताएका छन्। घटनास्थलमा एउटा राइफल फेला परेको छ । प्रहरीले एक बन्दुकधारीको खोजी… Continue reading सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

काठमाडौं । नेपालमा आउने पर्यटकमध्ये आधा पर्यटक भारतीय भएको तथ्यांकले देखाएको छ । सन् २०२२ को ६ महिना (जनवरी–जुन) मा कुल २ लाख ३७ हजार ६९६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा मात्र ४६ हजार ९५७ जना पर्यटक नेपाल आएका छन् । यसमध्ये भारतबाट मात्र २३ हजार २४८… Continue reading नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

संयुक्त राष्ट्रसंघको मूख्यालयमा पुगे प्रधानसेनापति

RSS

काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन् । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ… Continue reading संयुक्त राष्ट्रसंघको मूख्यालयमा पुगे प्रधानसेनापति

टेक्सस आप्रवासी मृत्यु प्रकरण : लरीमा वातानुकूलित प्रणालीले काम नगरेको चालकले थाहै पाएनन्

SKYnews

टेक्सस । हालै अमेरिकाको टेक्ससमा ज्यान गुमाएका ५३ जना आप्रवासी बोकेको लरीका चालक भनेर ठानिएका व्यक्तिलाई उक्त सवारी साधनभित्र वातानुकूलित प्रणालीले काम नगरिरहेको भन्ने थाहा नभएको बताइएको एक जना सुराकीले जनाएका छन्। सङ्घीय अदालतमा प्रस्तुत गरिएका कागजपत्रमा होमेरो सामोरानोलाई त्यसबारे थाहा नभएको उल्लेख गरिएको छ। अधिकारीहरूले उनी ट्रक नजिकै लुकेको अवस्थामा फेला परेको जनाएका छन्।… Continue reading टेक्सस आप्रवासी मृत्यु प्रकरण : लरीमा वातानुकूलित प्रणालीले काम नगरेको चालकले थाहै पाएनन्

अमेरिका भ्रमणमा के गरिरहेका छन् प्रधानसेनापति ?

काठमाडौं । अमेरिकाको भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पेन्टागनमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। अमेरिकासँगको एउटा प्रमुख सुरक्षा साझेदारी स्टेट पार्टनरसिप प्रोग्रामबाट पछि हट्ने निर्णय नेपाल सरकारले लिएको केही दिनपछि उनले अमेरिकाको भ्रमण थालेका थिए। उक्त सम्झौतालाई लिएर नेपालमा चौतर्फी विरोध भएको थियो र सम्झौताबाट अलग हुने नेपालको निर्णयको चीनले स्वागत गरेको थियो। भ्रमणका… Continue reading अमेरिका भ्रमणमा के गरिरहेका छन् प्रधानसेनापति ?

न्युजर्सी राज्यको नेवार्कमा गोली चल्दा ९ घाईते

न्युजर्सी अमेरिकाको न्युजर्सी राज्यको नेवार्क सहरमा बिहीबार साँझ भएको गोलीकाण्डमा एक किशोर सहित कुल नौ जनालाई गोली हानिएको अधिकारीहरूले बताएका छन्। घटना बिहीवार  साँझ ६ बजेर २० मिनेट जाँदा भएको थियो। गोलीकाण्ड बोडेगाको बाहिरपट्टी शेफर्ड र क्लिन्टन प्लेसको कुनामा भएको हो । गोली लागी घाईते भएका चार वयस्क र एक १७ वर्षीया किशोरिलाई नेवार्क बेथ इजरायल मेडिकल… Continue reading न्युजर्सी राज्यको नेवार्कमा गोली चल्दा ९ घाईते

अमेरिकी दूतावास काठमाडौंले जुलाई १७ मा सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने

काठमाडौं । अमेरिकी दूतावास काठमाडौंले आगामी जुलाई १७ मा विद्यार्थी भिसाका लागि सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने भएको छ । सुपर सन्डे कार्यक्रम अन्तर्गत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिने अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवसरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराउन लागिएको दूतावासले… Continue reading अमेरिकी दूतावास काठमाडौंले जुलाई १७ मा सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने

रुससँग लड्न युक्रेनलाई मासिक ५ अर्ब डलर चाहिने

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का नेताहरूलाई बताएका छन्। स्पेनमा भइरहेको उक्त सैन्य गठबन्धनको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको बताएका हुन्। जेलेन्स्कीले भ्लादिमिर पुटिनको हमला युक्रेनमा मात्र सीमित नहुने चेतावनी… Continue reading रुससँग लड्न युक्रेनलाई मासिक ५ अर्ब डलर चाहिने

टेक्सासमा लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुग्यो, कुन देशका हुन नागरिक ?

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा बेवारिसे अवस्था फेला परेको लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुगेको छ । ह्वाइट हाउसले उक्त घटनालाई “भयानक र हृदयविदारक” भनेको छ। मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज् अब्राडोरले उक्त घटना “तस्करी र त्यसको नियन्त्रणको कमीका कारण” भएको बताएका छन्। टेक्सस राज्यस्थित सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा… Continue reading टेक्सासमा लरि भित्र मृत भेटिनेको सङ्ख्या ५० पुग्यो, कुन देशका हुन नागरिक ?

अमेरिकाको टेक्सासमा लरिमा मृत भेटिए ४० आप्रवासी

टेक्सास । अमेरिकाको टेक्सासमा ४० जना व्यक्ति मृत फेला परेका छन् । टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४० जना व्यक्ति मृत फेला परेको बीबीसीले लेखेको छ । अन्य १६ जनालाई अस्पताल लगिएको छ। मृतकहरू आप्रवासी हुन् । तर, कुन देशका हुन् भन्ने बारेमा नखुलेको सञ्चार माध्यमहरूले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक… Continue reading अमेरिकाको टेक्सासमा लरिमा मृत भेटिए ४० आप्रवासी

एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो

Photo : Gorakhapatra

काठमाडौं । नेपालले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने जानकारीसहितको पत्र पठाएको छ । साेमवारको राष्ट्रिय सभाको बैठकमा गृह मन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराए। अमेरिकी र नेपाली सेनाको बीचमा सहयोग आदानप्रदानको सन्दर्भमा स्टेट पार्टनरशिप प्रोग्राम अब के हुन्छ भनेर गम्भीरतापूर्वक छलफल… Continue reading एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो