वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको महत्वकांक्षा योजनामध्ये एक अमेरिकामा ज्यालाको न्यूनतम मापदण्ड प्रतिघण्टा १५ सय डलर पुर्याउने थियो । उनले आफ्नो सरकारको कोभिड–१९ पुनरुत्थान प्याकेजमा यसलाई समावेश गरेका थिए । अहिले रहेको ७.५ डलर प्रतिघण्टा ज्यालालाई दोब्बरले बढाउने उनको प्रस्तावमा सहमति भने जुट्न सकेन । सिनेटबाट पारित भएको कोभिड प्याकेजको प्रस्तावबाट ज्यालाको विषय… Continue reading अमेरिकामा प्रतिघण्टा १५ डलर ज्याला पुराउने राष्ट्रपतिको योजनामा जुटेन सहमति
Category: अमेरिका
साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका
न्यूयोर्क । अमेरिकाले साउदी अरवका पत्रकार जमाल खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदकै आदेशमा भएको निष्कर्ष निकालेको छ । अमेरिकी गुप्तचर विभागले खशोग्जीको हत्याबारे रिपोर्ट सार्वजनिक गर्दै यस्तो दावि गरेको हो । राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशोग्जीको अपहरण गरेर हत्याको आदेश दिएको खुलेको बताएको… Continue reading साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका
अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण
बगदाद । संयुक्त राज्य अमेरिकाले सिरियामा सक्रिय मिलिसियाको एक अखडामा हवाई आक्रमण गरेको छ । सिरियामा इरानले समर्थन गरेको समुहविरुद्ध अमेरिकाले आक्रमण गरेको हो । अमेरिकी संचारमाध्यमहरुका अनुसार बिहीबार राष्ट्रपति जो बाइडेनले आक्रमणको अनुमति दिएका थिए । यसअघि अघिल्लो साता इराकमा रहेको अमेरिकी सेनाको ब्यारेकमा इरानले रकेक आक्रमण गरेको थियो । यसको बदलामा बिहीबा सिरियास्थित… Continue reading अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण
शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग
न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएशन अर्थात् शेर्पा किदुग अमेरिकालाई किदुगका आजीवन सदस्य स्व. आङ् पासाङ् लामा (गोल्डेन) को परिवारबाट पचास हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ। उक्त दान रकम शेर्पा किदुगद्वारा गत साल न्युयोर्कको वालकिलमा खरीद गरिएको ६१.३ एकड जमिन माथि निर्माण हुने बौद्ध स्तूपकोलागि प्राप्त भएको हो।जम्मा कबोल गरिएको पचास… Continue reading शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग
नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन
काठमाडौं । अमेरिकाका राष्ट्रपति जो वाइडेनले अमेरिकाले नेपालसँग सुदृढ सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत पठाएको ओहदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपति वाइडनले यस्तो बताएका हुन् । अमेरिकास्थित नेपाली दूतावासले यस्तो जानकारी गराएको छ । ओहोदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपतिले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको… Continue reading नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन
विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन
वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट सोमबारसम्म ५ लाख मानिसको ज्यान गएको पुष्टी भएको छ । संसारमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ५ लाख ७१ जनाको ज्यान गइसकेको पुष्टी भएको छ । यो आंकडालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दुखद पक्ष भएको बताएका छन् । उनका अनुसार पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको… Continue reading विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन
अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड
डेनभर । अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आफ्नो बी ७७७ जहाज ग्राउण्डेड गरेको छ । शनिबार अमेरिकाको डेनभरबाट उडेको जहाजको एक इन्जिनमा अचानक आगो लागेपछि जहाजको आकस्मिक अवतरण गर्नु परेको थियो । तर, पाइलटको कुसलताले ठूलो दुर्घटना भने टरेको थियो । सोही समस्यापछि अमेरिकी विमान निर्माता बोइङले विश्वभर उडिरहेका दर्जनौँ बोइङ ७७७ विमान ‘ग्राउण्डेड’ गर्ने… Continue reading अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड
अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो
डेनभर । अमेरिकाको डेनभरमा युनाइटेड एयरलाइन्सको एक जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । आकासमै इन्जिन फेल भई आगो लागेको जहाजलाई पाइलटले कुशलतापूर्वक अवतरण गराए । उनको यो बहादरीका कारण २३१ यात्रु र चालक दलका १० यात्रुको ज्यान बच्न सफल भएको छ । यो घटना शनिबारको हो । २३१ यात्रु र १० जना चालक दलका… Continue reading अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो
वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार
काठमाडौं । नेपाल उच्च व्यापार घाटा भएको मुलुक हो । नेपालले औसतः १ सय रुपैयाँको व्यापार गर्दा ९२ रुपैयाँ बराबरको आयात गर्छ भने ८ रुपैयाँ बराबरको मात्र निर्यात गर्छ । यसले व्यापार घाटा चुलिएको छ । तर, अमेरिकासँगको व्यापार भने सन्तुलित रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७… Continue reading वैदेशिक व्यापार : नेपालको अमेरिकासँग सबैभन्दा सन्तुलित व्यापार
नासाको यान मंगल ग्रहमा सफल अवतरण
काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)को अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । बिबिसीका अनुसार यो यानलाई सात महिनाअघि जमिनबाट पठाइएको थियो । आधा अर्ब किलोमिटर पार गर्दै यान शुक्रबार बिहान मंगल ग्रहमा सफल अवतरण गरेको छ । मंगल ग्रहमा अवतरण गरेसँगै यानबाट एक तस्वीर प्राप्त भएको छ । यो यानलाई ‘पिर्जाभियरेन्स मार्स… Continue reading नासाको यान मंगल ग्रहमा सफल अवतरण
अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु
टेक्सास । अमेरिको टेक्सास र यस आसपासका क्षेत्रमा हिमआँधीमा परी कम्तिमा २३ जनाको ज्यान गएको छ । अमेरिकाका मध्य तथा दक्षिणी राज्य आँधिबाट प्रभावित बनेका छन् । टेक्सासमा विजुली काटिएको छ । यसले राज्यभर अन्धकार बनाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप वितरण अभियान प्रभावित बनेको छ । आगामी आइतबारसम्म नै… Continue reading अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु
अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला
ढाका । बंगलादेशको अदालतले इस्लामिक लडाकु समूहका ५ सदस्यलाई मृत्युदण्डको फैसला सुनाएको छ । अमेरिकी ब्लगर अभिजित रोयको ६ वर्षअघि हत्या गरेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको फैसला गरेको हो । बंगलादेश मूलका अमेरिकी रोय २०१५ मा बंगलादेश फर्किएका बेला उनको हत्या भएको थियो । उक्त घटनाको मुद्दामा एक जनालाई आजीवन कारावास तोकेको छ । अधिकारीहरुका अनुसार… Continue reading अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला
अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न
कल्पना घिमिरे/भर्जिनिया अमेरिका नेपाल सहयोगी समाजद्धारा सञ्चालित अमेरिका नेपाल शिक्षा सदन (एएनएचएस एकेडेमी)ले आइतबार आफ्नो पाँचौ बार्षिकोत्सब सम्पन्न गरेको छ । भर्जिनिया राज्यको मनाससस्थित सञ्चालित एकेडेमीले अमेरिकामा बसोबास गरिरहेका नेपाली बालबालिकालाई मौलिक नेपाली संस्कृति, परम्परा र नेपाली भाषा सिकाउने उदेश्यले नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको हो । बिगत वर्षहरुमा कक्षाकोठामै शिक्षण गर्दै आएको एएनएचएस… Continue reading अमेरिकामा नेपाली सिकाउने एएनएचएस एकेडेमीको पाँचौ बार्षिकोत्सब सम्पन्न
ट्रम्पको ट्वीटर खाता अब नखुल्ने
वासिंटन डिसी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता अब सधैँका लागि बन्द भएको छ । ट्वीटरले फेरि नखोल्ने गरि उनको खाता प्रतिबन्ध गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ट्वीटरका प्रमुख वित्तीय अधिकारीका अनुसार पूर्वराष्ट्रपति ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन पाउने छैनन् । अघिल्लो महिना ह्वाइटहाउसमा ट्रम्प समर्थकलाई हिंसा भड्काउन उत्तेजित बनाएको भन्दै… Continue reading ट्रम्पको ट्वीटर खाता अब नखुल्ने
ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल
वासिंटन डिसी । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाइएको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा पुगेर असफल बनेको छ । अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोप उनीमाथि छ । सोहीकारण आगामी निर्वाचनमा उनको उमेदवारी रोक्न ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भएको भोटिङबाट उनको महाअभियोग प्रस्तावको… Continue reading ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल
अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु
टेक्सास । अमेरिकाको टेक्सासमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार टेक्सासको अन्तरराज्य सडकमा बिहीबार बिहान करीव एक सय गाडी एक आपसमा ठोक्किएका छन् । घटना बिहानको समयमा भएको हो । दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु पुष्टी भइसकेको र कैयौं मानिस घाइते भएको बताइएको छ । न्युयोर्क… Continue reading अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु
म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर
वासिंटन डिसी । अमेरिकाले म्यानमारमाथि प्रतिवन्ध लगाउने भएको छ । हालै निर्वाचित सरकारलाई अपदस्त गरी सेनाले सत्ता हत्याएपछि राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उनले यस्तो निर्णयको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी… Continue reading म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर
बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार वार्ता म्यानमारमा उत्पन्न परिस्थितिमा मुख्य केन्द्रित थियो । तर, प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई राष्टपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । बाइडेनले २० जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् । बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच… Continue reading बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?
अमेरिकामा खोप अभियान सेनामार्फत
वासिंटन डिसी । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसको खोप अभियान सेनामार्फत परिचालन गर्ने भएको छ । अमेरिकामा हालै कोभिड १९ विरुद्धको खोप अभियान शुरु भएको छ । यसका लागि सहयोग गर्न सेना परिचालन गर्ने निर्णय भएको हो । अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या घटेको छैन । यसले यहाँ थप चिन्ता समेत बढाएको छ… Continue reading अमेरिकामा खोप अभियान सेनामार्फत
अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने
अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो बर्षको बजेट विधेयक पारित गरेको छ । राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको झन्डै २० खर्ब (दुई ट्रिलियन) डलरको कोरोना भाइरस राहत प्याकेजलाई पनि बजेटमा समेट्ने व्यवस्था उक्त विधेयकले गरेको हो। अब रिपब्लिकन सिनेटरहरुको समर्थनबिना पनि उक्त राहत प्याकेज पारित हुन सक्छ । बाइडेनले कोरोना भाइरससँग जुध्न १.९ ट्रिलियन राहत… Continue reading अमेरिकी सिनेटले अघि बढ्यो प्रतिव्यक्ति १४ सय डलर दिने प्रस्ताव, मार्चसम्ममा आउने
यमनमा हुथी विद्रोहीविरुद्ध सेनालाई दिएको साथ अमेरिकाद्धारा फिर्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा सेनालाई दिएको समर्थन फिर्ता गर्ने घोषणा गरेका छन् । यमनले हुथी विद्रोहीविरुद्ध आक्रामक कारबाही गर्दा त्यसमा अमेरिकी सेनाले समेत साथ दिने गरेको थियो । छ वर्षभन्दा लामो समयदेखि यहाँ युद्ध जारी छ । बीबीसीका अनुसार युद्धकै कारण यमनमा १ लाख १० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।… Continue reading यमनमा हुथी विद्रोहीविरुद्ध सेनालाई दिएको साथ अमेरिकाद्धारा फिर्ता
संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य ‘कू’ विफल पार्न आह्वान
न्युयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमबार म्यान्मारमा भएको ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन्। महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन्। उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताए। “यो ‘कू’ विफल बनाउन म्यान्मारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै… Continue reading संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य ‘कू’ विफल पार्न आह्वान
अमेरिकामा संघीय जाँच ब्यूरोका दुई कर्मचारीको गोली हानी हत्या
फ्लोरिडा । संयुक्त राज्य अमेरिकामा संघीय जाँच ब्युरो (एफबिआई)का दुई कर्मचारीको गोली हानी हत्या भएको छ । कुनै केशको अनुसन्धानका सिलसिलामा घरमा गएका बेला उनीहरुमाथि गोली प्रहार भएको बताइएके छ । यो घटना फ्लोरिडा राज्यमा भएको हो । घटनामा तीन जना घाइते भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सन् २००८… Continue reading अमेरिकामा संघीय जाँच ब्यूरोका दुई कर्मचारीको गोली हानी हत्या
जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४
काठमाडौं । नेपालमा पर्यटक आगमन बढ्न थालेको छ । संसारभर कोरोना भाइरसको महामारी विरुद्ध खोप अभियान चलिरहेका बेला जनवरीमा पर्यटक आगमन सम्बन्धी सकारात्मक तथ्यांक सार्वजनिक भएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरी २०२१ मा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल भित्रिए । यो संख्या गत वर्ष लकडाउन शुरु भएयताकै सबैभन्दा… Continue reading जनवरीमा भित्रिए ९ हजार पर्यटक, अमेरिकाबाट मात्र आए ८७४
अमेरिकाको न्यूर्योकसहित पूर्वी भेगमा हिमपात, जनजीवन प्रभावित
न्यूर्योक । अमेरिकाको पूर्वी भेगमा आएको हिमआँधिले जनजीवन प्रभावित बनाएको छ । बीबीसीका अनुसार न्यूर्योक, न्यूजर्सीसहित पूर्वी भेगका अमेरिकी सहर भारी हिमपातबाट प्रभावित बनेका छन् । यी दुई शहरले आपतकाल घोषणा गरेका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवा विभागका अनुसार हिउँ आँधी न्यू इङ्ग्ल्यान्डतर्फ मोडिने क्रममा रहेको छ । हिमपातले न्यूजर्सीमा बस तथा रेल सेवा… Continue reading अमेरिकाको न्यूर्योकसहित पूर्वी भेगमा हिमपात, जनजीवन प्रभावित
म्यानमारमा सैन्य कु बारे अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, हस्तक्षेप हुन सक्ने संकेत
काठमाडौं । म्यानमारमा आम निर्वाचनबाट हालै निर्वाचित सरकारलाई हत्याएर सेनाले सत्ता आफ्नो हातमा लिएको छ । यस घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडनको प्रतिक्रिया सार्वजनिक भएको छ । बाइडेनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । उनले म्यानमारमा हस्तक्षेपको संकेत समेत गरेका छन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिई नेतृ… Continue reading म्यानमारमा सैन्य कु बारे अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, हस्तक्षेप हुन सक्ने संकेत
न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग
न्युयोर्क अमेरिकाको न्युयोर्क राज्यस्थित नेपाली समुदाय लक्षित एकाउन्टिङ सेवा प्रदान गर्दै आएका पशुपती श्रेष्ठले हालै नेपालमा संचालन भइरहेको वाई वाई नेपाल स्टारमा टप ५ मा पर्न सफल काठमाडौं तारेभिर निवासी सुरेश लामालाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।न्युयोर्कमा बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्ग संचालन गर्दै आएका पशुपति श्रेष्ठले… Continue reading न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग
अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता
काठमाडौं । नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनले र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकाल शुरु गरेपछि पहिलो पटक पुटीसँग कुराकानी गरेका हुन् । उनी अहिले अघिल्लो प्रशासनले सम्बन्ध बिगारेका मुलुकसँग सम्बन्ध पुनस्र्थापना गर्ने अभियानमा छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यी दुई विश्व नेताबीचमा दुबै मुलुकबाट फरक फरक विषय सार्वजनिक… Continue reading अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता
अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य
वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ। त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन्। यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो। यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु पर्ने व्यवस्था… Continue reading अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य
अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव
टेक्सास । मेक्सिको हुँदै अमेरिका छिर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्तिको शव भेटिएको छ । स्थानीय प्रहरीका अनुसार मेक्सिकोको कार्मागो शहर नजिकै सडकमा दुई वटा गाडीमा मानव अवशेष भेटिएको हो । संचारमाध्यमले जनाए अनुसार शुरुमा मानिसहरुमाथि गोली हानेर त्यसपछि जलाइएको अवस्थामा शव भेटिएका हुन् । घटनास्थलमा गोलीका छर्रा नभेटिएका कारण मानिसहरुलाई अन्यत्रै हत्या गरी सो… Continue reading अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव