टर्कीले अमेरिकासहित १० मुलुकका राजदूत अश्विकार गर्ने घोषणा

reuters

इस्तानबुल । टर्कीले अन्तर्राष्ट्रिय राजनीतिलाई नै तरंगित हुने गरि एक फैसला लिएको छ । जसअनुसार अब टर्कीमा अमेरिकासहित १० वटा मुलुकका राजदूतलाई अश्विकार गरिने छ । अर्थातः यहाँ यी मुलुकले राजदूत खटाउन सक्ने छैनन् । यो फैसला त्यहाँका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले सार्वजनिक गरेका हुन् । अमेरिका, जर्मनी, फ्रान्ससहित १० मुलुकका लागि टर्कीले यस्तो निर्णय… Continue reading टर्कीले अमेरिकासहित १० मुलुकका राजदूत अश्विकार गर्ने घोषणा

अमेरिकी दम्पत्तिविरुद्ध न्यूक्लियर फर्मुला बेच्ने कोशिस गरेको आरोप, दोषि पाइए जन्मकैद

CBS\BBC

मेरिल्याण्ड । अमेरिकामा एक दम्पत्तिमाथि देशको एक महत्वपूर्ण सैन्य रहस्यलाई बिक्रि गर्ने कोशिस गरेको आरोप लागेको छ । दुबै जना गिरफतारीमा परेका छन् । बीबीसीले जनाए अनुसार यो कसुर पुष्टी भएमा दुबै जना जन्म कैदका लागि जेल जाने छन् । ४२ वर्षिय जोनाथन टोएबे र उनकी ४५ वर्षीय पत्नी डायनामाथि यस्तो आरोप लागेको हो ।… Continue reading अमेरिकी दम्पत्तिविरुद्ध न्यूक्लियर फर्मुला बेच्ने कोशिस गरेको आरोप, दोषि पाइए जन्मकैद

बाल-बालिकालाई लगाइने फाइजर खोप सोमबार अमेरिकाबाट नेपाल आउने

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । बालबालिकालाई वितरण गर्ने तयारी गरिएको फाइजर खोपको पहिलो खेप अमेरिकाबाट सोमबार नेपाल आउने भएको छ । अमेरिकाको फाइजर बायोएनटेक कम्पनीले बनाएको यो खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिने तयारी छ । नेपाल सरकारले अमेरिकाबाट खरीद गरेको खोपमध्ये पहिलो खेप नेपाल ल्याउन लागिएको हो । युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि… Continue reading बाल-बालिकालाई लगाइने फाइजर खोप सोमबार अमेरिकाबाट नेपाल आउने

भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका ११ मुलुकभित्र

Prabhat Kumar Verma/Pacific Press/LightRocket via Getty Images\BBC HINDI

वासिंटन डिसी । नेपालका तीन छिमेकी मुलुक भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनका कारण सबैभन्दा जोखिममा रहेका ११ वटा मुलुकको सूचिमा परेका छन् । समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार अमेरिकी गुप्तचर एजेन्सीको एक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा यी ११ मुलुक जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा पर्नेछन् । साथमा उनीहरुसँग सो समस्यासँग जुध्ने क्षमता समेत… Continue reading भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका ११ मुलुकभित्र

जनकपुरका महासेठको अमेरिकामा हत्या

न्युयोर्क अमेरिकामा एक नेपालीको गोली हानि हत्या भएको छ ।अमेरिकाको म्यासाच्युसेट राज्यस्थित आफनै पसलमा ५४ वर्षीय लालकिशोर महासेठको अज्ञात व्यक्तिले गोली हानि हत्या गरेको उनी आबद्ध संस्था मधेसी एसोसिएसन इन अमेरिकाले एक बिज्ञप्ति मार्फत पुष्टि गरेको छ । नेपालस्थित धनुषा जिल्ला जनकपुर घर भएका शाहको सोमबार हत्या भएको हो । विगत १५ वर्षदेखि परिवारसहित अमेरिकामा… Continue reading जनकपुरका महासेठको अमेरिकामा हत्या

अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले त्यागे पद, कारण के हो ?

Photo : Jim Huylebroek/The New York Times

काबुल । अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले आफ्नो भूमिका परित्याग गरेका छन् । बिबिसीका अनुसार अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको दुई महिना पनि नहुँदै जालमाई खलिलजादले राजीनामा दिन लागेका हुन्। खलिलजादले तालिबानसँग हुने गरेका वार्ताहरूमा अमेरिकाको नेतृत्व गर्दै आएका थिए।यद्यपि महिनौँयताको कूटनीतिक वार्ताहरूले तालिबानलाई सत्ता कब्जा गर्नबाट रोक्न  नसकेको आरोप उनिमाथी लाग्छ । राजधानी काबुलमाथि… Continue reading अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले त्यागे पद, कारण के हो ?

हाईटीमा १६ अमेरिकन र एक क्यानिडियन नागरिकको अपहरण

हाइटीको प्रतिनिधिमुलक तस्वीर (Photo by CHANDAN KHANNA/AFP via Getty Images)

काठमाडौं । हाइटीमा १६ जना अमेरिकन र एक जना क्यानेडिन धर्म प्रचारक (मिसनरी)को अपहरण भएको छ । अपहरण अत्यन्तै शक्तीशाली अपराधी गिरोहबाट भएको हुन सक्ने अनुमान गरिएको छ । अपहरण यही सप्ताहन्तमा गरिएको क्यारेबियन देशका सुरक्षा निकायको हवाला दिदै संचार संस्था सि एन एन ले जनाएको छ । अपहरणमा ‘४०० मोवजो’ नामक अपराधीक समुहले मिसनरीहरु… Continue reading हाईटीमा १६ अमेरिकन र एक क्यानिडियन नागरिकको अपहरण

अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलको निधन

Photo : NYTIMES

काठमाडौं । अमेरिकी पूर्वविदेश मन्त्री कोलिन पावलको ८४ बर्षको उमेरमा निधन भएको छ । पावलको पारिवारिक श्रोतका अनुसार कोभिड संक्रमण पछी स्वास्थमा आएका जटिलाका कारण उनको निधन भएको हो । पावलको सोमबार बिहान निधन भएको उनको परिवारले फेसबुकमा लेखेको छ । उनको पारिवारिक श्रोतले फेशबुकमा लेखेको छ, ‘हामीले सम्झन लायक र प्रिय पती पिता र… Continue reading अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलको निधन

अमेरिकामा कोभिडका कारण वालवालिकाको मृत्‍यु र संक्रमण दर वृद्धि

न्युयोर्क अमेरिकास्थित संघीय सरकारले ५ बर्षदेखि ११ बर्ष उमेर समुहका वालवालिकालाई पनि कोभिड बिरुद्धको खोपको स्विकृति दिने अन्तिम तयारी गरेको छ । यो तयारी हुँदै गर्दा गत सेप्टेम्बर महिना अमेरिकाका लागि कोभिडका कारण मृत्‍यु हुने र संक्रमित हुनेको संख्यामा अत्यन्त खराब रह्यो ।अमेरिकन एकेडेमी अफ पेडियाट्रिकको डाटा अनुसार सेप्टेम्बर महिनामा बालबच्चाहरुमा सँक्रमणदर अत्यन्त उच्च रह्यो… Continue reading अमेरिकामा कोभिडका कारण वालवालिकाको मृत्‍यु र संक्रमण दर वृद्धि

पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

न्युयोर्क अमेरिकास्थित पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । मुत्र नलीमा सँक्रमण भई रगतमा फैलिएपछि क्लिन्टनलाई अस्पताल भर्ना गरिएको चिकित्सकको हवाला दिदै समाचार संस्था सिएनएनले जनाएको छ । पूर्व राष्ट्रपति क्लिन्टनको अहिले युनिभर्सिटी अफ क्यालिफोर्निया अर्भिङ मेडिकल सेन्टरको आईसीयुमा भर्नागरी उपचार भैरहेको छ । क्लिन्टनलाई तरल रुपमा एन्टिबायोटिक दिईरहेको चिकित्सकद्वारा बिहीवार जारी बिज्ञप्तिमा… Continue reading पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास

न्युयोर्क अमेरिकामा डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति चुनिएको १ बर्ष पुरा नहुँदै बहुसंख्यक अमेरिकी जनता रिपब्लिकन पार्टी नै ठीक भन्न थालेका छन् । गत नोभेम्बरमा अत्यन्त बिवादास्पद पृष्‍ठभुमी र चरित्रका देखाएका रिपब्लिकन पार्टीका तात्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक पार्टीको तर्फबाट बर्तमान राष्ट्रपति जो बाइडेनले बिजय हासिल गरेको एक बर्ष पुरा नहुँदै अमेरिकी जनता रिपब्लिकन तर्फ मोडिने… Continue reading अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास

एनआरएनएको महाधिवेशन स्थगित : ६ महिनासम्म कार्यकाल थप्ने तयारी

विश्व न्युज संवाददाता  गैरआवासीय नेपाली संघ एनआरएनएको महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । दशौँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भएपछि एनआरएनए आइसिसी सचिवालयको आकस्मिक बैठकले विश्व सम्मेलन तथा अधिवेशन तत्कालका लागि स्थगित गरिएको एनआरएनएका नेताहरुले बताएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएको विधानमा तोकिएको समयमा अधिवेशन हुन नसक्ने अवस्थामा एक पटकका लागि ६ महिना… Continue reading एनआरएनएको महाधिवेशन स्थगित : ६ महिनासम्म कार्यकाल थप्ने तयारी

विश्वकप छनोट: अर्जेण्टिना बराबरीमा रोकियो-ब्राजिलको जित

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न भएका खेलमा अर्जेण्टिना बराबरीमा रोकिएको छ । ब्राजिलले भने सानदार जित निकालेको छ । ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकाल्न सक्यो । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो । जितका लागि माक्विन्होस् ग्याब्रियल जिसस र एन्टोनीले गोल गरेका… Continue reading विश्वकप छनोट: अर्जेण्टिना बराबरीमा रोकियो-ब्राजिलको जित

नोबेल साहित्य पुरस्कार अब्दुलरजाक गुर्नहलाई

काठमाडौं । तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पाउने भएका छन् । बिहीबार स्टकहोममा आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडमीले सन् २०२१ नोबेल साहित्य पुरस्कार गुर्नहलाई दिइने घोषणा गरेको हो । गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि उनलाई नोबेल पुरस्कार… Continue reading नोबेल साहित्य पुरस्कार अब्दुलरजाक गुर्नहलाई

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलनलाई

काठमाडौं । रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार दुईजना वैज्ञानिक संयुक्तरुपमा दिने निर्णय गरेको छ। जर्मनीका बेन्जामिन लिस्ट र अमेरिकाका डेभिड डब्ल्यू सी म्याकमिलनलाई दिने घोषणा बुधवार गरिएको छ । बेन्जामिन लिस्ट र डेभिड डब्लु सी म्याकमिलनलाई ‘असिम्याट्रिक अर्गानोक्याटालाईसिस’ सिद्धान्त प्रतिपादन गरेकोले पुरस्कार प्रदान गर्ने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ। लिस्ट… Continue reading रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलनलाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

काठमाडौं । यस वर्षको नोबेल पुरस्कारको घोषणा शुरु गरिएको छ । मंगलबार भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिएको हो । २०२१ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार सुकोरो मनाबे, क्लाउस हेसलमन र जर्जियो परिसीलाई दिने घोषणा गरिएको छ । मंगलबार रोयल स्वीडिस एकेडेमी साइन्सले जापानका सुकोरो र जर्मनीका क्लाउसलाई आधा र बाँकी आधा इटलीका परिसीलाई भौतिकशास्त्रको २०२१ को… Continue reading भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

कोरोनाको खोप आविश्कार गर्नेले पाएनन् चिकित्सातर्फको नोबेल, कसलाई दिइयो ?

काठमाडौं । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार कोरोना विरुद्धको खोप आविश्कार गर्ने व्यक्ति तथा संस्थाले पाउने अपेक्षा थियो । तर, शरीर विज्ञान र चिकित्सा अन्तर्गतको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका छन् । उनीहरुले स्नायू प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्नेबारे खोज गरेको नोबेल एसेम्बीले जनाएको छ । यी दुई वैज्ञानिक… Continue reading कोरोनाको खोप आविश्कार गर्नेले पाएनन् चिकित्सातर्फको नोबेल, कसलाई दिइयो ?

‘प्यान्डोरा पेपर्स’को खुलासा: ट्याक्स हेभन मुलुकमा डेढ दर्जन नेपालीको कारोबार

काठमाडौं । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा भएको छ । गैररकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली… Continue reading ‘प्यान्डोरा पेपर्स’को खुलासा: ट्याक्स हेभन मुलुकमा डेढ दर्जन नेपालीको कारोबार

गर्भपतनलाई कानुनी मान्यताको माग गर्दै अमेरिकाका ५० वटै राज्यमा महिलाको प्रदर्शन

एजेन्सी । अमेरिकाका ५० वटै राज्यमा गर्भपतनको माग गर्दै महिलाहरू प्रदर्शनमा उत्रिएका छन् । टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका महिलाहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन् । गर्भपतनलाई कानुनी मान्यतालगायतका नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च… Continue reading गर्भपतनलाई कानुनी मान्यताको माग गर्दै अमेरिकाका ५० वटै राज्यमा महिलाको प्रदर्शन

न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने

न्युयोर्क विश्वको सर्वोच्च शिखर सगरमाथामाथि प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्षदेखि न्युयोर्कको राजधानी आल्बानिमा समेत मनाईने भएको छ ।उक्त निर्णय न्युयोर्क राज्य बिधान सभा सदस्य जेनिफर राजकुमारले आज आयोजित बिशेष समारोहमा घोषणा गरेका हुन । हाल अमेरिकामा रहेका साठी जना आरोहीहरुलाई सम्मानपत्र र यु एस नेपाल… Continue reading न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने

डेढ वर्षमा कोरोनाबाट अमेरिकाले गुमायो ७ लाख नागरिक

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सर्वाधिक मानवीय क्षति भोगेको अमेरिकामा मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले शनिबार बिहानसम्मको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख २ सय ५८ पुगेको तथ्यांक आएको छ ।… Continue reading डेढ वर्षमा कोरोनाबाट अमेरिकाले गुमायो ७ लाख नागरिक

अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम

GETTY IMAGES\BBC

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले डिसेम्बर महिनाको पहिलो हप्तासम्म सरकारले खर्च गर्न पाउने विधेयकलाई प्रमाणीकरण गर्दै अस्थायी कानुनी व्यवस्था ल्याएर पुनः सरकार ठप्प रहने अवस्था रोकेका छन्। बीबीसीका अनुसार त्यसो नभएको भए त्यहाँ बजेट होलिडे हुने थियो । जसका कारण सरकारको खर्च रोकिने अवस्था आउने थियो । सरकारले खर्च गर्न नपाउने प्रावधान लागु… Continue reading अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम

न्यूयोर्क भ्रमण सकेर परराष्ट्रमन्त्री स्वदेश फर्कदैं

काठमाडौं । न्यूयोर्क भ्रमण पुरा गरि परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्कदैं छन् । उनी संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिन अमेरिका पुगेका थिए । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यूर्योक पुगेको नेपाली प्रतिनिधिमण्डल ८ असोजमा न्युयोर्क प्रस्थान गरेको थियो । मन्त्री खड्काले महासभालाई सम्बोधन गरेका छन् । अमेरिकामा उनले भारत, बङ्गलादेश,… Continue reading न्यूयोर्क भ्रमण सकेर परराष्ट्रमन्त्री स्वदेश फर्कदैं

संयुक्त राष्ट्रसंघ महासभामा परराष्ट्र मन्त्रीले के भने ?

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गरेका छन् । सो क्रममा उनले नेपाल अन्तर्राष्ट्रिय मामलामा एक स्वतन्त्र मुलुक रहेको सन्देश दिए । उनले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको उल्लेख गरे । महासभालाई उनले मंगलबार बिहान सम्बोधन गरेका हुन् । अमेरिकाको न्यूयोर्कमा महासभा जारी छ । परराष्ट्रमन्त्री खड्काले… Continue reading संयुक्त राष्ट्रसंघ महासभामा परराष्ट्र मन्त्रीले के भने ?

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा भेट, आज महासभामा सम्बोधन

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच न्यूयोर्कमा भेटवार्ता भएको छ । परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटेका छन् । भेटमा दुई देशको सम्बन्धलाई अझ मजवुत बनाउने सम्बन्धमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी गराएका छन्… Continue reading नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा भेट, आज महासभामा सम्बोधन

अमेरिकामा रहेका हाइटीका आप्रवासीलाई घर फर्काउने विषयमा विवाद चर्कियो

Getty Images\AFP\BBC

टेक्सास । अमेरिकामा रहेका हाइटीमा आप्रवासीलाई स्वदेश फिर्ता गर्ने विषयमा विवाद चर्किएको छ । अमेरिकाबाट आप्रवासी फिर्ता गराइएको विरोधमा प्रदर्शन नै चर्किएसँगै हाइटीका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्। बीबीसीका अनुसार वरिष्‍ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीलाई पुनः हेइटी फर्काउने निर्णयलाई अमानवीय भन्दै विरोध गरेका थिए । गत… Continue reading अमेरिकामा रहेका हाइटीका आप्रवासीलाई घर फर्काउने विषयमा विवाद चर्कियो

अमेरिकाले थप ५० करोड डोज खोप बाँड्ने

Photo : Dan Stepenosky| LATIMES

न्यूयोर्क । अमेरिकाले आगामी वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकमा बाँड्ने भएको छ । बीबीसीका अनुसार संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एक भर्चुअल कोभिड १९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरेका छन् । त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ। अमेरिकाले… Continue reading अमेरिकाले थप ५० करोड डोज खोप बाँड्ने

परराष्ट्र मन्त्री बन्दै नारायण खड्का, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । पराष्ट्रमन्त्री डा. नारायण खड्का बन्ने भएका छन् । उनी कांग्रेस नेता हुन् । उनलाई बुधबार नै मन्त्रीका रुपमा नियुक्र गरि सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । सत्तारुढ दलको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै डा. नारायण खड्का न्यूयोर्क जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७६… Continue reading परराष्ट्र मन्त्री बन्दै नारायण खड्का, लगत्तै न्यूयोर्क जाने

राष्ट्रसंघीय महासभामा बोल्न पाउनु पर्ने तालिबानको माग

AFP\BBC

न्यूयोर्क । तालिबानले अमेरिकाको न्यूयोर्कमा जारी राष्ट्रसङ्घीय महासभामा बोल्न पाउनु पर्ने माग गरेको छ । महासभामार्फत विश्वभरका नेतालाई सम्बोधन गर्न सकिन्छ । तालिबानका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार त्यस्तो अनुरोध सहितको पत्र संयुक्त राष्ट्रसङ्घमा पठाएको बीबीसीले लेखेको छ । अब संयुक्त राष्ट्र संघको एक समितिले त्यसबारे टुङ्गो लगाउनेछ। तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई… Continue reading राष्ट्रसंघीय महासभामा बोल्न पाउनु पर्ने तालिबानको माग

ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता, अमेरिकाबाट खतिवडा पनि फर्कने

काठमाडौं । केपी शर्मा ओली सरकारले राजनीतिक नियुक्ति दिएका सबै राजदूत फिर्ता हुने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता हुने भएका हुन्… Continue reading ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता, अमेरिकाबाट खतिवडा पनि फर्कने