न्युयोर्क न्युयोर्कको केन्द्रबिन्दु म्यानह्याटनमा प्रहरीले गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् । बुधवार साँझ अन्दाजी ७ बजे वेष्ट १२७ स्ट्रिट र सेन्ट निकोलस एभिन्युमा प्रहरी गोली प्रहार गर्दा दुईको मृत्यु भएको हो । घटनामा कस्को मृत्यु भएको हो, त्यो प्रष्ट भएको छैन । घाईतेको उपचार… Continue reading न्युयोर्क म्यानह्याटनमा गोली चल्दा दुईको मृत्यु
Category: अमेरिका
विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण
न्युयोर्क कोरोना भाइरसको मारले विश्वका ६ करोड भन्दा धेरै मानिस अति गरिबीको चपेटामा पर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । अति गरिब मुलुकहरुलाई ऋण तथा अनुदान उपलब्ध गराउदै आएको विश्व बैंकले भनेको छ; ‘महामारीको कारण विश्वमा ठुलो असमानता हुनेछ भने सन् १९९८ पछि कै विश्वब्यापी गरिवी उत्पन्न हुने छ’ । विश्व बैंकले… Continue reading विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौंमा जन्मिएका दिबेश पोखरेल बने फर्स्ट रनर अप, जस्ट सामले जितिन् उपाधि
न्युयोर्क अमेरिकन आईडलको सिजन १८ मा नेपाली मुलका २२ वर्षीय अर्थर गन (दिबेश पोखरेल) प्रतिस्पर्धामा फर्स्ट रनर अप अर्थात दोश्रा बन्न सफल भएका छन् । अर्थर सन् १९९६ मा माता मैया र पिता दत्तरामको ४ सन्तान मध्येको एक सन्तानको रुपमा काठमाडौंमा जन्मिएका हुन् । सन् २०१४ मा कन्सास राज्यमा आप्रबासीका रुपमा प्रबेश गरेका अर्थरले आईतबार… Continue reading काठमाडौंमा जन्मिएका दिबेश पोखरेल बने फर्स्ट रनर अप, जस्ट सामले जितिन् उपाधि
ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं
न्युयोर्क अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट पाँच भित्र नेपाली मुलका अर्थर गन (दिबेश पोखरेल) प्रबेश गरेका छन्। उनलाई अबको एक घण्टा पब्लिक भोट दिन पाईने छ । अन्दाजी पुर्वीय समय ९:१५ बजे भोटिङ् बन्द हुने छ । भोटिङ एक जना प्रतिस्पर्धीको नाममा ३ तरिकाहरु – २१५२३ मा फोनबाट… Continue reading ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं
ईतिहास रच्दै गरेको नेपालीको छोरा ‘अर्थर गन’ लाई आज राती अमेरिकन आईडलमा भोट हाल्न नछुटोस्
न्युयोर्क अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धा आज राती पूर्वीय समय अनुसार बेलुकी ८ बजे सुरु हुँदै छ । राती आठ बजेदेखि यो बर्षको अमेरिकन आईडल सुरु हुने छ । आजको अन्तिम प्रतिस्पर्धामा नेपाली मुलका आर्थर गन (दिबेश पोखरेल ) ले प्रतिस्पर्धा गर्दै छन् । कार्यक्रममा अन्तिम प्रतिस्पर्धा गर्ने गायक गायिकाले आ-आफ्नै घरबाट गीत… Continue reading ईतिहास रच्दै गरेको नेपालीको छोरा ‘अर्थर गन’ लाई आज राती अमेरिकन आईडलमा भोट हाल्न नछुटोस्
सरकारको नीति तथा कार्यक्रममा छिर्यो एमसिसि, भिम रावलको आपत्ति
काठमाडौँ । सरकारले शुक्रबार संसदमा सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा विवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कार्यक्रमलाई प्रवेश गराएको छ । एमसिसि के हुने भन्ने मुद्दा टुङ्गो नलाग्दै यस मातहतका परियोजनालाई नीति तथा कार्यक्रममा घुसाइएको हो । यस सम्बन्धमा नेकपा नेता भिम रावलले आपत्ती समेत जनाएका छन् । विभिन्न नेपाली संचारमाध्यमलाइ प्रतिक्रिया दिदै उनले विवादित… Continue reading सरकारको नीति तथा कार्यक्रममा छिर्यो एमसिसि, भिम रावलको आपत्ति
फेरि प्रतिव्यक्ति १२०० डलर राहत पाउने विधेयक अमेरिकी तल्लो सदनमा पारित
न्यूयोर्क अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले इतिहासकै ठूलो आर्थिक राहत प्याकेज प्रस्ताव गरिएको छ । तीन ट्रिलियन डलरको उक्त प्रस्तावमा राज्यहरुलाई सहायता देखि सर्वसाधारणलाई नगद राहतसम्मको व्यवस्था गरिएको हो । ‘हिरोज एक्ट’ नाम दिइएको विधेयक शुक्रबार साँझ संसदमा पारित भएको हो । विधेयकमा गत मार्चमा पारित ‘केयर एक्ट ‘जस्तै प्रत्येक अमेरिकी करदातालाई १२… Continue reading फेरि प्रतिव्यक्ति १२०० डलर राहत पाउने विधेयक अमेरिकी तल्लो सदनमा पारित
म्याक डोनाल्डसले बाड्ने भयो नि:शुल्क ‘फ्रेन्च फ्राइज्’
न्युयोर्क फास्टफुड दुनियाँको चर्चित नाम म्याक डोनाल्डसले जुन महिनाको अन्त्यसम्म हरेक शुक्रबार ‘फ्रेन्च फ्राई’ नि:शुल्क दिने भएको छ । आज शुक्रबारदेखि लागू हुने गरी हरेक ‘फ्राई – डे (शुक्रबार) फ्राईज’ म्याकडोनाल्डसले आफ्ना ग्राहकलाई आगामी ७ हप्तासम्म नि:शुल्क दिने योजना अगाडि ल्याएको हो । ‘फ्रेन्च फ्राईज’ म्याकडोनाल्डस्को चर्चित परिकार मध्येको एक हो ।… Continue reading म्याक डोनाल्डसले बाड्ने भयो नि:शुल्क ‘फ्रेन्च फ्राइज्’
१ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त
न्युजर्सी न्युजर्सीस्थित एक १०८ बर्षीया बृद्धाले कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकी छिन् । ती १ सय ८ वर्षीया बृद्धाले १०१ बर्ष पहिले सन् १९१८ को स्पेनिस फ्लुलाई समेत परास्त गरेको जनाइएको छ । पाँच करोड मानिसको ज्यान लिएको तात्कालिन स्पेनिस फ्लुको संक्रमण हुँदा सिल्भिया गोल्डसेल भर्खर ७ बर्षकी थिईन् ।… Continue reading १ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त
चीनमा ६ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएको गोप्य अभिलेख बाहिरियो
न्युयोर्क कोरोना भाईरसको उद्गमस्थल चीनले कोरोना संक्रमितको अधिकारिक संख्या हालसम्म ८४ हजार २९ भएको जनाए पनि, लाखौं संक्रमितको संख्या चीनले लुकाएर थोरै संख्या देखाएको एक समाचार सार्वजनिक भएको छ । चीनको चाङ्सास्थित सैनिक शिक्षालय, नेशनल युभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट चुहिएको एक डाटाबेसका अनुसार चीनमा हालसम्म ६ लाख ४० हजार मानिस कोरोना संक्रमित भएको जनाईएको हो… Continue reading चीनमा ६ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएको गोप्य अभिलेख बाहिरियो
न्युयोर्क नम्बर प्लेटको गाडीलाई भर्मोन्टको सडकमा रोकी फर्किएर जान भनियो
न्युयोर्क कोरोना भाईरस संक्रमणसँग जोडेर अमेरिकामा क्षेत्रीयता जातीयताका आधारमा हुने भेदभाब र हिँसा बढ्दै गएको छ । गत शुक्रबार भर्मोण्ट राज्यमा यस्तै प्रकृतीको एक घटना घटेको छ । शुक्रबार भर्मोन्टमा न्युयोर्क राज्यको नम्बर प्लेट भएको अस्वेत गाडी चालकलाई बाटोमा रोकेर ‘तत्काल न्युयोर्क फर्की हाल्न भनिएको’ भर्मोन्ट प्रहरीले जनाएको छ । शुक्रबार घटेको उक्त घटनाको दोषीको… Continue reading न्युयोर्क नम्बर प्लेटको गाडीलाई भर्मोन्टको सडकमा रोकी फर्किएर जान भनियो
मेक्सिकोमा विषालु रक्सीले लियो ४२ को ज्यान
मेक्सिको सिटि । मेक्सिकोमा बिषालु रक्सीको सेवनबाट कम्तीमा ४२ जनाको ज्यान गएको छ । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु रक्सीले यी मानिसको ज्यान गएको बताइएको छ । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा यो घटना भएको हो । आधा दर्जन मानिस गम्भीर बिरामी भएका कारण मृतकको सङ्ख्या… Continue reading मेक्सिकोमा विषालु रक्सीले लियो ४२ को ज्यान
न्युयोर्कको म्यानहाटनमा जडान भयो ‘ट्रम्प डेथ क्लक'(भिडियो सहित)
न्युयोर्क न्युयोर्क राज्यको म्यानहाटनस्थित टाईम्स स्क्वायरको भवनको टुप्पोमा एउटा नयाँ बिलबोर्ड जडान गरिएको छ, जुन बिलबोर्डमा डिजिटल अक्षरमा अमेरिकामा कोरोना संक्रमणको कारण मृत्यु भएकाहरुको अद्यावधिक संख्या देखाउँछ । अचम्म लाग्दो कुरा त यो छ कि; संसारकै चर्चित पर्यटकीय गन्तब्यको गगनचुम्बी भवनको टुप्पोमा कोरोनाको कारण मृत्युहुनेहरुको अद्यावधिक संख्या देखाउने डिजिटल बोर्डलाई देश कै राष्ट्रपतिको नाम राखेर… Continue reading न्युयोर्कको म्यानहाटनमा जडान भयो ‘ट्रम्प डेथ क्लक'(भिडियो सहित)
चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक महासागरमा झर्यो
न्युयोर्क अन्तरिक्षबाट अनियन्त्रित भएर उछिट्टिएको एउटा टुक्रा सोमबार एट्लान्टिक महासागरमा झरेको छ । अन्तरिक्षयानको त्यो अनियन्त्रित टुक्रा अमेरिकाको लस एन्जलस् माथि हुँदै न्युयोर्कस्थित सेन्ट्रल पार्कको आकाश माथिबाट एट्लान्टिक महासागरमा खसेको सि एन एनले जनाएको छ । ११ तारिख सोमबार समुन्द्रमा झरेको उक्त अनियन्त्रित टुक्रा गत मे ५ तारिखका दिन चीनको हाईनान प्रान्तस्थित… Continue reading चीनले छोडेको अन्तरिक्षयानको अनियन्त्रित टुक्रा न्युयोर्कको आकाश हुँदै एट्लान्टिक महासागरमा झर्यो
प्रत्येक अमेरिकी परिवारलाई ६००० डलरसम्म नगद राहत दिने बिधेयक संसदमा
न्यूयोर्क अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा इतिहासकै ठूलो आर्थिक राहत प्याकेज प्रस्ताव गरिएको छ । तीन ट्रिलियन डलरको उक्त प्रस्तावमा राज्यहरुलाई सहायता देखि सर्वसाधारणलाई नगद राहतसम्मको व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमण र प्रभावसँग जुध्न अमेरिकी संसदले दुई महिना अघि २.२ ट्रिलियन डलरको राहत प्याकेज पारित गरेको थियो । उक्त प्याकेज पारित… Continue reading प्रत्येक अमेरिकी परिवारलाई ६००० डलरसम्म नगद राहत दिने बिधेयक संसदमा
कोरोना महामारीबाट विश्वभर कहाँ के भै रहेको छ – मंगलवारको हाईलाईट्स
न्युयोर्क ईटाली अर्को हप्तादेखि खुल्दै – कुनै समय कोरोना महामारीको एपिसेन्टर बनेको ईटाली आगामी हप्ता मे १८ तारिखदेखि खुल्ने तरखरमा छ । अब ईटालीमा रेस्टुरेन्ट, बार, ब्युटी पार्लरहरु १८ तारिखदेखि खुल्ने छन् । ईटालीमा मंगलवारसम्म २ लाख १९ हजार ८ सय १४ संक्रमित र ३० हजार ७ सय ३९ को मृत्यु … Continue reading कोरोना महामारीबाट विश्वभर कहाँ के भै रहेको छ – मंगलवारको हाईलाईट्स
राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)
न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार व्हाईट हाऊसमा आयोजित कोरोना भाईरस प्रेस ब्रिफिङबाट पत्रकारसँग जंगिएर निस्किए । कोरोना भाईरस सम्बन्धि प्रेस ब्रिफिङको अन्तिम समयमा राष्ट्रपति ट्रम्पले वाईजा जियाङ नामकी एक पत्रकारको प्रश्न लिएका थिए । ती महिला पत्रकारले ट्रम्पलाई सोधेकी थिईन्; “किन तिमी भाईरस परिक्षणको कुरा आउने बित्तिकै जहिले पनि विश्वका अरु देशहरु भन्दा अमेरिकाले एकदमै… Continue reading राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)
१२०० डलरको राहत चेक पछि डेमोक्रेटिक सिनेटरहरुको प्रस्ताव- ‘प्रत्येक अमेरिकीलाई मासिक २००० दिउँ’
न्यूयोर्क कोरोना कहरका कारण करोडौँ अमेरिकीले रोजगारी गुमाएपछि तीन डेमोक्रेटिक सिनेटरले आकर्षक राहत प्याकेज प्रस्ताव गरेका छन् । क्यालिफोर्निया सिनेटर कमला ह्यारिस, भर्माउन्ट सिनेटर बर्नी स्यान्डर्स र मासाचुसेट्स सिनेटर एड मर्केले प्रत्येक अमेरिकी करदातालाई अवस्था सामान्य नहुन्जेल मासिक दुई हजार डलरको चेक पठाउन प्रस्ताव गरेका हुन् । यस अघि डेमोक्रेटिक सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभहरुकै… Continue reading १२०० डलरको राहत चेक पछि डेमोक्रेटिक सिनेटरहरुको प्रस्ताव- ‘प्रत्येक अमेरिकीलाई मासिक २००० दिउँ’
व्हाइट हाउस भित्रै मडारिन थाल्यो कोरोना
न्युयोर्क अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस स्थित ‘वोभल अफिस’ नजिकै कोरोना भाइरस मडारिन थालेको छ । ह्वाइट हाउस परिसर भित्र कम्तिमा पनि ११ जना सिक्रेट सर्भिस एजेन्टमा कोरोना संक्रमण देखिएको समाचार सार्वजनिक भएपछि ओभल अफिस नजिकै कोरोना पुगिसकेको चर्चा हुन थालेको हो । गत हप्ता सोमबारदेखि यता राष्ट्रपति ट्रम्प पुत्री इभान्का ट्रम्पको निजी सहयोगी (पिए)… Continue reading व्हाइट हाउस भित्रै मडारिन थाल्यो कोरोना
कोरोना कहालीले सम्झायो १०० बर्ष अघिको स्पेनिश फ्लू, डेढ बर्षमा ५ करोडको गएको थियो ज्यान
प्रभात भट्टराई/अमेरिका संसार पहिलो विश्वयुद्धको कहालीबाट बाहिर निस्किने तरखर मात्र गर्दै थियो, सबैलाई एक अदृश्य शत्रुले घेर्यो । चार बर्ष चलेको विश्वयुद्धभन्दा डेढ बर्षसम्म फैलिएको उक्त महामारीमा करोड बढिले ज्यान गुमाए । सन् १९१८ मा सुरु भएको स्पेनिस फ्लू (इन्फ्लुएन्जा) पेन्डामिक यति कहालीलाग्दो सरुवा रोग भइ दियो कि पाँच करोड हाराहारीले यसको संक्रमणबाट ज्यान गुमाए… Continue reading कोरोना कहालीले सम्झायो १०० बर्ष अघिको स्पेनिश फ्लू, डेढ बर्षमा ५ करोडको गएको थियो ज्यान
विश्व शान्तिको लागि ह्वाइट हाउसमा बैदिक मन्त्र पाठ गरियो
न्युयोर्क प्रार्थना दिवसको अवसर पारेर अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा गत ७ तारिख शान्ति पाठ गराइयो । न्युजर्सी राज्यस्थित स्वामी नारायण मन्दिरका पूजारी हरिस ब्रम्ह भट्टलाई राष्ट्रपति ट्रम्पले शान्ति पाठको लागि निमन्त्रणा गरेका थिए । पूजारी ब्रम्ह भट्टले बैदिक मन्त्रको साथमा शान्ति पाठ गरेका थिए । कोरोना भाईरसले विश्व अक्रान्त बनेको समयमा यो महामारीबाट प्रभावित… Continue reading विश्व शान्तिको लागि ह्वाइट हाउसमा बैदिक मन्त्र पाठ गरियो
ट्रम्पले फेरी दोहोर्याए : डब्लूएचओ चीनको कठपुतली हो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बारे पुन विष वमन गरेका छन् । उनले यो संगठन चीनको कठपुतली भएको पुन दोहोर्याएका हुन् । उनले डब्लूएचओबारे नयाँ घोषणा गर्ने समेत चेतावनी दिएका हुन् । उनले डब्लूएचओले चीनका लागि मात्र काम गरिरहेको उल्लेख गरेका छन् । डब्लूएचओलाई चीनको कठपुतली भएको भन्दै उनले संगठनबारे छिट्टै… Continue reading ट्रम्पले फेरी दोहोर्याए : डब्लूएचओ चीनको कठपुतली हो
कोरोना महामारी पछि हवाई भाडामा ब्यापक बृद्धि ; आईटा
न्युयोर्क कोरोनाको महामारी पछि हवाई यातायात बिस्तारै सुचारु हुँदा टिकटको मुल्य अत्यन्तै महँगो हुने आईटा(ईन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन) ले जनाएको छ । हवाई यातायात पुन: सुचारु हुँदा लागू हुने ‘सोसल डिट्यान्सिङ’ नियमको कारण हवाई टिकट मुल्य अत्याधिक महँगो हुने बताइएको हो । विश्वका १२० देशमा संचालित कुल २९० हवाई कम्पनीलाई प्रतिनिधित्व गर्दै आएको आईटाका अनुसार… Continue reading कोरोना महामारी पछि हवाई भाडामा ब्यापक बृद्धि ; आईटा
न्युयोर्कको अस्पतालमा मृतक बिरामीको क्रेडिट कार्ड एक नर्सले चोरेर चलाउँदा
न्युयोर्क न्युयोर्क स्टेटन आईलइयाण्डस्थित एक नर्स कोरोना भाइरस संक्रमणले मृत्यु भएका मृतकको क्रेडिट कार्ड चोरेको अभियोगमा पक्राउ परेकी छिन् । प्रहरीले ती नर्सलाई बिहीवार बिहान पक्राउ गरेको हो । न्युजर्सी राज्यको ओल्ड ब्रिज निवासी ४३ वर्षीया डेनेली कोन्टीले स्टेटन आईल्याण्ड युनिभर्सिटी हस्पिटल नर्थमा उपचारको क्रममा ७० वर्षीय एक बिरामीको क्रेडिट कार्ड… Continue reading न्युयोर्कको अस्पतालमा मृतक बिरामीको क्रेडिट कार्ड एक नर्सले चोरेर चलाउँदा
अमेरिकामा जेट ब्लु बिमान कम्पनीले एक लाख स्वास्थकर्मीलाई नि:शुल्क टिकट दिने (यसरी अप्लाई गर्नुस् )
न्युयोर्क अमेरिकी बिमान कम्पनी “जेट ब्लु” ले अमेरिकाका एक लाख स्वास्थकर्मीहरुलाई नि:शुल्क ‘राउण्ड ट्रिप’ टिकट दिने भएको छ । कम्पनीले ‘जेट ब्लु हेल्थ केयर हिरो’ कार्यक्रम अन्तर्गत कोरोना भाईरसको महामारीको समयमा काम गर्ने स्वास्थकर्मीहरुलाई नि:शुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको हो । एयरलाईन्सले कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गर्ने १ लाख जना… Continue reading अमेरिकामा जेट ब्लु बिमान कम्पनीले एक लाख स्वास्थकर्मीलाई नि:शुल्क टिकट दिने (यसरी अप्लाई गर्नुस् )
म्यानह्याटनमा मनाउँदै आएको ‘नेपाल डे परेड’ यो बर्षका लागि स्थगित गरियो
न्युयोर्क प्रत्येक बर्ष ‘मे’ महिनामा न्युयोर्कमा आयोजना गरिंदै आएको ‘नेपाल डे परेड’ कार्यक्रम यो बर्ष स्थगित हुने भएको छ । सन् २०१६ देखि नियमित रुपमा न्युयोर्क राज्यको म्यानह्याटन सहरमा बिभिन्न झाँकीहरु प्रदर्शन सहित आयोजना गरिंदै आएको परेड कोरोना महामारीका कारण यो बर्षको लागि स्थगित गरिएको हो । आयोजकका तर्फबाट निमा शेर्पा र… Continue reading म्यानह्याटनमा मनाउँदै आएको ‘नेपाल डे परेड’ यो बर्षका लागि स्थगित गरियो
सिमानाको पर्खालमा कालो रङ लगाउँदा सिमा झन सुरक्षित हुने ट्रम्पको तर्क – कालो रङ पोत्न दिए आदेश
न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण सिमानामा निर्माण गरेको फलामको पर्खाललाई कालो रंग लगाउने आदेश दिएका छन् । ट्रम्पले फलामको पर्खालमा कालो रङ लगाउँदा सुर्यको ताप कालो रङले संचित गर्ने र बिशेष गरी गर्मी याममा तातेको फलाम छोएर पर्खाल चढन गार्हो हुने भन्दै सिमानामा लगाइएको फलामको बारमा कालै रङ लगाउने आदेश दिएका हुन्… Continue reading सिमानाको पर्खालमा कालो रङ लगाउँदा सिमा झन सुरक्षित हुने ट्रम्पको तर्क – कालो रङ पोत्न दिए आदेश
कोरोना संक्रमित ब्यक्ती अमेरिकी सेनाको लागि अयोग्य हुने नयाँ निर्देशिका जारी
न्युयोर्क अमेरिकामा महामारी सुरु भए यता दशलाख भन्दा धेरै मानिस कोरोना पोजेटिभ भै सकेका छन् । तर विश्वकै शक्तिशाली सैन्य शक्ती अमेरिकी सेनाले भने कोरोना पोजेटिभ देखिएका र कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकालाई अमेरिकी सेनामा प्रबेश नदिने प्रस्ताव अगाडि ल्याएको छ । यु एस मेलिटरी एन्ट्रान्स प्रोसेसिङ कमाण्डद्वारा जारी नयाँ निर्देशिकाका अनुसार… Continue reading कोरोना संक्रमित ब्यक्ती अमेरिकी सेनाको लागि अयोग्य हुने नयाँ निर्देशिका जारी
न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित
न्युयोर्क न्युयोर्क राज्यमा कोरोनाका कारण पछिल्ला समय अस्पताल भर्ना हुन आउनेहरु मध्येको ठुलो हिस्सा ‘स्टे एट होम अर्डर’ अन्तर्गत घरमा नै बस्नेहरु देखिएको अनौठो तथ्यांक बाहिर आएको छ । काममा नगएर अधिकांश घरमा बस्नेहरु नै संक्रमित भएर अस्पताल भर्ना हुन पुगेको तथ्यांक बाहिर आएसंगै के वास्तवमा “स्टे एट होम अर्डर” ले काम गरेको छ ?… Continue reading न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित
नाइकले अमेरिका र युरोपमा नयाँ जुत्ता नि:शुल्क दिंदै
न्युयोर्क जुत्ता उत्पादनको दुनियाँमा शिखरमा रहेको नाम “नाइक” ले कोरोना भाइरसको महामारीमा ३२ हजार ५ सय जोर नयाँ जुत्ता दान दिने भएको छ । अमेरिकाको ओरेगन राज्यस्थित मुख्य कार्यालय रहेको नाईकले अमेरिका र युरोपको स्वास्थ सेवा क्षेत्रको लागि आफ्नो नयाँ उत्पादन “जुम प्लस” दिन लागेको सोमबार जनाएको हो । नाईकले निकट भबिष्यमा “गूड ३६०” नामक… Continue reading नाइकले अमेरिका र युरोपमा नयाँ जुत्ता नि:शुल्क दिंदै