वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेद्वारले प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिएका छन् भने अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गरेका छन्। नेपाली राष्ट्रिय समाचार समितीले जनाएको अनुसार मतगणना… Continue reading नयाँ मोडमा अमेरिकी चुनाव: निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क
Category: अमेरिका
‘धाँधली भयो मतगणना बन्द गरौं, अब अदालत जान्छु’- राष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी मतगणनामा धाँधली भएको कारण आफू सर्वोच्च अदालतमा जाने बताएका छन् । बुधबार ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले केही मानिसहरुले मतदान सकिएपछि पनि भोट हालेको कारण सर्वोच्च अदालत जान लागेको बताएका हुन् । ‘हामी मतदानको विषयमा अमेरिकाको सर्वोच्च अदालत जाँदैछौं। सबै प्रकारको मतदान रोकिनु पर्छ भन्ने हामी चाहन्छौं।’… Continue reading ‘धाँधली भयो मतगणना बन्द गरौं, अब अदालत जान्छु’- राष्ट्रपति ट्रम्प
राष्ट्रपति निर्वाचन : इलेक्टोरल कलेजमा वाइडनको अग्रता
वासिंटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचन औपचारिक रुपमा सम्पन्न भएको छ । अब यहाँ नतिजा आउन समेत थालेको छ । बुधबार बिहानसम्म कूल ५० मध्ये ९ राज्यको मतगणना सकिएको छ । जसमा डेमोक्रेट उम्मेदवार वाइडनले राष्ट्रपति ट्रम्पविरुद्ध शुरुवाती अग्रता लिएका छन् । वाइडनका पक्षका इलेक्टोरल कलेजका प्रतिनिधिको संख्या धेरै देखिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार… Continue reading राष्ट्रपति निर्वाचन : इलेक्टोरल कलेजमा वाइडनको अग्रता
अमेरिकामा ‘इलेक्सन डे’, मतदानमा उत्साह तर परिणामप्रति संशय बढाउँदै ट्रम्प
१० करोड बढिले ‘अर्ली’ मतदान गरि सकेपछि अमेरिकामा निर्वाचनको दिन सुरु भएको छ । सन् २०१६ मा खसेको कुल मतको ७३ प्रतिशत मतदान चुनावको दिन अघि नै भइ सकेको हो । सोमबार मध्यराती न्यू ह्यामसरको डिक्सभिल नोट्चमा भोट खसाएर ‘इलेक्सन डे’को औपचारिक सुरुवात गरियो । अघिल्लो शताब्धिमा रेलरोडमा काम गर्ने कामदारका लागि मध्यराती वुथ खोल्ने… Continue reading अमेरिकामा ‘इलेक्सन डे’, मतदानमा उत्साह तर परिणामप्रति संशय बढाउँदै ट्रम्प
अमेरिकी निर्वाचन:जो बाइडेनको पक्षमा लेडी गागा
काठमाडौं । गायिका लेडी गागाले अमेरिकी निर्वाचनमा जो बाइडेनलाई समर्थन गरेकी छिन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गागा आफ्नो पक्षमा भएको बताएका थिए । उनले आफूले गरेको भाषणमा नै लेडी गागाबारे आफूले धेरै कुराहरु भन्न सक्ने र उनी आफ्नो पक्षमा भएको बताएका थिए । तर, गागा चाहिँ बाइडेनको पक्षमा रहेको बताएकी छिन् । उनी… Continue reading अमेरिकी निर्वाचन:जो बाइडेनको पक्षमा लेडी गागा
ट्रम्प र वाइडेनको भाग्य फैसलाको प्रतिस्पर्धा, कसरी हुन्छ विजेताको निर्णय ?
काठमाडौं । अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ । चुनावी मैदानमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच प्रतिस्पर्धा रहेको छ । राष्ट्रपति ट्रम्पसँग प्रतिस्पर्धा गरिरहेका बाइडेन पूर्व उपराष्ट्रपति हुन् । जो वाइडेन पहिलो पटक राष्ट्रपतिय निर्वाच्नको… Continue reading ट्रम्प र वाइडेनको भाग्य फैसलाको प्रतिस्पर्धा, कसरी हुन्छ विजेताको निर्णय ?
अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?
वासिंटन । अमेरिकामा आगामी चार वर्षे कार्यकालको छिनोफानो हुने गरी आज राती राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति तथा डेमोक्र्याट उम्मेदवार जो वाइडनबीच प्रतिस्पर्धा भइरहेको छ । अमेरिकामा मुलुक बाहिर रहेका नागरिकले समेत मतदानमा भाग लिन सक्ने प्रावधान छ । सोही अनुसार करोडौं मानिसले मतदान गरिसकेका छन्… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?
अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण
चार बर्ष अघि सबै ढुक्क थिए- अमेरिकी राष्ट्रपतिमा हिलारी क्लिन्टन बिजयी हुँदैछिन् । विपक्षी डोनाल्ड ट्रम्प समेत आफ्नो पराजयमा निश्चित थिए । न्यूयोर्क टाइम्सका अनुसार चुनाव जितेमा जनतालाई सम्बोधन गर्ने भाषणको ड्राफ्ट समेत ट्रम्पले तयार पारेका थिएनन् । तर, जब ‘रष्ट वेल्ट’ भनेर चिनिने मध्य पश्चिम अमेरिकी क्षेत्रको मतगणना हुन थाल्यो माहोल एकाएक फेरियो ।… Continue reading अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण
अमेरिकी चुनावको मतसर्वेक्षण: डोनाल्ड ट्रम्पभन्दा बाइडेन १० प्रतिशत विन्दुले अगाडी
वासिङटन । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको देखाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहनुभएको देखाएका छन्… Continue reading अमेरिकी चुनावको मतसर्वेक्षण: डोनाल्ड ट्रम्पभन्दा बाइडेन १० प्रतिशत विन्दुले अगाडी
कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु
वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको थियो । आइतवार… Continue reading कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु
अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण
न्यूयोर्क । चुनावी माहौलमा व्यस्त अमेरिकामा कोरोना भाइरसको संक्रमणको दर भने हरेक दिन उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकै दिन देखिएको संक्रमण… Continue reading अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण
आर्थिक संकटमा ट्रम्प क्याम्पेन, आफैँलाई दिए झूठो आश्वासन
न्यूयोर्क अमेरिकामा चुनाव नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याम्पेन आर्थिक संकटमा परेको छ । नगद अभाव भएपछि कतिपय प्रतिश्पर्धी राज्यबाट ट्रम्पले विज्ञापनको बजेट नै कटौति गरेका छन् । ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि अति महत्वपुर्ण राज्य फ्लोरिडामा चुनावी प्रचारका लागि छुट्याएको २० लाख बढि डलर गत साता स्थानान्तरण गरेका थिए । चुनाव अघिको अन्तिम साता… Continue reading आर्थिक संकटमा ट्रम्प क्याम्पेन, आफैँलाई दिए झूठो आश्वासन
अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक
बेइजिङ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो । सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त… Continue reading अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक
आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख
राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर… Continue reading आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख
चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री
काठमाडौं । अमेरिकी विदेशीमन्त्री माइकल आर पोम्पेओले विभिन्न चार वटा एसिया मुलुकको भ्रमणका लागि निस्कने भएका छन् । पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसिया भ्रमणमा निस्कन लागेको अमेरिकी विदेश मन्त्रालयले पुष्टी गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै यसको पुष्टी गरेको हो । उनको भ्रमण आगामी आइतबारबाट शुरु हुनेछ । अमेरिकामा अहिले चुनावको पूर्वसन्ध्या… Continue reading चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री
अमेरिकामा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण पुष्टि, १२१५ जनाको मृत्यु
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ। केही सातायता संक्रमण दरमा केही कमी आएपनि पछिल्ला दुईतीन दिन यता संक्रमण पुनः बढ्न थालेको हो। वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ६२ हजार सात सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा त्यहाँ संक्रमणबाट एक हजार दुई सय १५ जनाले ज्यान गुमाएका छन्।… Continue reading अमेरिकामा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण पुष्टि, १२१५ जनाको मृत्यु
विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो
काठमाडौं । सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सूची सार्वजनिक भएको छ । आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरेको सूचीमा शक्तिशाली देशहरुको सूचीमा अमेरिकाले नै कब्जा जमाएको छ । सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार शक्तिशाली देशको सुचीमा दोस्रो स्थानमा चीन रहेको छ । अमेरिका र चीनलाई अंकका आधारमा… Continue reading विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो
अमेरिकामा अगस्ट १ यताकै धेरै कोरोना संक्रमित फेला
काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख २ हजार ८४४ जनाको मृत्यु भएको छ भने ३ करोड ९१ लाख ५८ हजार १०१ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड ९३ लाख ७५ हजार ९३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने… Continue reading अमेरिकामा अगस्ट १ यताकै धेरै कोरोना संक्रमित फेला
अर्थशास्त्रको नोबेल पुरस्कार लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकी अर्थशास्त्रीलाई
काठमाडौं । दुई अमेरिकी अर्थशास्त्रीहरु पल मिलग्रोम र रोर्बट विल्सनले अर्थशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गरेका छन् । लिलामी सिद्धान्त (अक्सन थ्यौरी) मा योगदान दिए वापत उनीहरुलाई नोबल पुरस्कार प्रदान गरिएको हो । लिलामीले विभिन्न उत्पादन, कला, वस्तुहरु लगायत बेच्न सघाउँछ । यसमा विल्सनले किन खरिदकर्ताहरु आफूले खरिद गर्न लागेको वस्तुको आफूले सोचेको वास्तविक मूल्य… Continue reading अर्थशास्त्रको नोबेल पुरस्कार लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकी अर्थशास्त्रीलाई
अमेरिकासहित तीन मुलुकका राजदूतबारे उजुरी माग
काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया थालेको छ । सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नाम प्रस्ताव गरेको थियो । उनीहरुको नाम संसदीय सुनुवाइका लागि… Continue reading अमेरिकासहित तीन मुलुकका राजदूतबारे उजुरी माग
सन् २०२२ का लागि डिभी खुल्यो
काठमाडौं । सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी)का लागि आवेदन फारम खुला भएको छ । गत राती १२ बजेदेखि फारम खुला भएको हो । नेपालस्थित अमेरिकी दूतावासका अनुसार डिभी भर्न सकिने समय भने २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म रहेको छ । डीभीको आवेदन निःशुल्क व्यक्ति स्वयमले भर्न सक्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी… Continue reading सन् २०२२ का लागि डिभी खुल्यो
नेपाली समुदायका शाही न्युयोर्कस्थित अस्पतालको एड्भाइजरी बोर्डमा नियुक्त
न्युयोर्क न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको क्वीन्सस्थित एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा नेपाली समुदायका मिलन कुमार शाहीको नियुक्ति भएको छ । यही अक्टोबर ७, २०२० देखि कार्यकाल प्रारम्भ हुने गरी दुई वर्षको लागि शाहीलाई न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सामुदायिक एल्महर्ष्ट अस्पतालको बोर्डमा नियुक्त गरिएको हो। विभिन्न समुदायको तर्फबाट अस्पतालको बोर्डमा जम्मा २५ जनालाई नियुक्ति… Continue reading नेपाली समुदायका शाही न्युयोर्कस्थित अस्पतालको एड्भाइजरी बोर्डमा नियुक्त
ह्वाइट हाउस- कोरोना भाइरसको नयाँ ‘हटस्पट’
विश्वकै सबैभन्दा शक्तिशाली राजनीतिक केन्द्रको रुपमा रहेको अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पति सहित ह्वाइट हाउसमा कार्यरत तथा निकटका दर्जन बढिलाई संक्रमण पुष्टि भइ सकेको हो । ह्वाइट हाउसकी सिनियर कर्मचारी होप हिक्सलाई बुधबार भाइरस लागेको पुष्टि भएपछि ट्रम्प दम्पतिमा पनि संक्रमण देखिएको थियो… Continue reading ह्वाइट हाउस- कोरोना भाइरसको नयाँ ‘हटस्पट’
अमेरिकामा कम्युनिष्ट पार्टीका सदस्यलाई कुनै प्रतिबन्ध छैन : दूतावास
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार एक ट्वीट गर्दै कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको उल्लेख गरे । उनको यो ट्वीट गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणामा आधारित… Continue reading अमेरिकामा कम्युनिष्ट पार्टीका सदस्यलाई कुनै प्रतिबन्ध छैन : दूतावास
कोरोना निको नहुँदै डिस्चार्ज भए राष्ट्रपति ट्रम्प
वासिंगटन डिसी । कोरोना भाइरसको संक्रमण बोकेरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन् । उनी तीन दिनसम्म अस्पतालमा बसे । तर, जीउमा सक्रिय भाइरस नभएको भन्दै उनी निवास फर्किएका हुन् । अब उनको विशेष निगरानीमा ह्वाइटहाउस मै उपचार हुने भएको छ । ट्रम्पले डिस्चार्ज हुनुअघि ट्वीट गर्दै आफु छिट्टै चुनावी अभियानमा फर्कन बताएका थिए… Continue reading कोरोना निको नहुँदै डिस्चार्ज भए राष्ट्रपति ट्रम्प
समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट
वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड१९ को उपचार गराइरहेका छन् । उनको स्वास्थ्य अवस्थाबारे संसारभरबाट तीव्र चासो व्यक्त भइरहेको छ । यकातर्फ शक्तिशाली मुलुकका राष्ट्रपति, अर्कोतर्फ कोरोनालाई हल्का भाइरसको संज्ञा दिने व्यक्ति र आगामी राष्ट्रपति चुनावका एक प्रतिस्पर्धाी भएका कारण पनि ट्रम्पको चासो हुनु स्वाभाविक थियो । यसै सन्दर्भमा ट्रम्पले आफ्ना समर्थकलाई सरप्राइज भेट… Continue reading समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट ट्रम्पलाई स्वास्थ्य लाभको कामना
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला कोरोना भाइरससँगको व्यक्तिगत लडाईमा छन् । उनी संक्रमित भई अस्पतालमा भर्ना भएका छन् । उनलाई संसारभरबाट स्वास्थ्य लाभको कामना गरी सन्देश पठाउने क्रम जारी रहेको छ । यसै सन्दर्भमा विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ट्रम्प दम्पतीमा… Continue reading राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट ट्रम्पलाई स्वास्थ्य लाभको कामना
राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना
काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सैनिक अस्पताल भर्ना भएका छन् । उनलाई सावधानी अपनाउँदै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको ह्वाइट हाउसले उल्लेख गरेको छ । उनलाई विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर पुर्याइएको थियो । राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्फत आफूलाई र आफ्नी पत्नी मेलानियालाई कोरोना संक्रमण… Continue reading राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना
कोरोना भाइरसप्रति ट्रम्प वेवास्ताको परिणाम- अन्ततः आफैं संक्रमित
प्रभात भट्टराई/अमेरिका अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएको सात महिना पछि अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिलाई यो भाइरसले समातेको छ । बिहीबार राती ट्रम्पले ट्विट गर्दै आफु र श्रीमती मलेनियालाई भाइरस ‘पोजेटिभ’ देखिएर क्वारेन्टाइनमा बसेको जानकारी दिएका हुन् । भाइरसबारे सुरु देखिनै ट्रम्पले कमजोर व्याख्या गर्दै आएका थिए । अमेरिकामा भाइरसले कुनै असर नपुर्याउने एवं… Continue reading कोरोना भाइरसप्रति ट्रम्प वेवास्ताको परिणाम- अन्ततः आफैं संक्रमित
अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। चुनावी प्रचार प्रसारमा व्यस्त रहेका ट्रम्प संक्रमण देखिएसँगै अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण