न्युयोर्कस्थित ज्याक्सन हाईटसमा एक घरको बेडरुममा उडेर आएको गोली लागी महिलाको मृत्‍यु

न्युयोर्क        न्युयोर्क क्वीन्सस्थित ज्याक्सन हाईटसमा एक ४३ वर्षीया महिलाको घर कै बेडरुममा  उडेर आएको गोली लागी मृत्‍यु भएको छ । बुधबार बिहान एक बज्नु केही अगाडि अपार्ट्मेन्टको अगाडिको झ्याल प्वाल पारेर आएको गोली गर्धनमा लागी ति महिलाको मृत्‍यु भएको न्युयोर्कस्थित सुरक्षा अधिकारीहरुले जनाएका छन् । ज्याक्सन हाईटसस्थित ३४ एभेन्यु र ९१ स्ट्रिटको… Continue reading न्युयोर्कस्थित ज्याक्सन हाईटसमा एक घरको बेडरुममा उडेर आएको गोली लागी महिलाको मृत्‍यु

अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०

न्यूयोर्क आफुलाई ‘सेल्फमेड बिलेनियर (स्वनिर्मित अर्बपति)’ दावी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको बर्ष ७५० डलर मात्र आयकर तिरेको खुलासा न्यूयोर्क टाइम्सले गरेको छ । टाइम्सले आइतबार साँझ प्रकाशित गरेको सनसनीखेज रिपोर्ट अनुसार पछिल्ला १५ बर्षमा १० बर्ष उनले कुनै कर तिरेका छैनन् । ट्रम्पले लामो समय देखि आफ्नो आयकर विवरण (ट्याक्स रिटर्न्स) सार्वजनिक… Continue reading अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०

मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

फाईल फोटो

न्यूयोर्क मत सर्भेक्षणहरुश्रमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग लगातार पछि परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आश्वासन बाँडेका छन्- बृद्धहरुलाई स्वास्थ्य कुपन दिने । विहीबार आफ्नो स्वास्थ्य योजना सार्वजनिक गर्दै ट्रम्पले ६५ बर्ष माथिका तीन करोड ३० लाख बृद्ध बृद्धालाई दुई/दुई सय डलर दरको कुपन दिने घोषणा गरेका हुन् । ‘यो यसअघि कहिल्यै भएको थिएन, ट्रम्पको… Continue reading मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्प र बाईडेनको प्रतिस्पर्धा नभै तानाशाह र प्रजातन्त्र बीचको प्रतिस्पर्धा हो; बर्नी स्यान्डर्स

न्युयोर्क        सेनेटर बर्नी स्यान्डर्सले आसन्न नोभेम्बरको अमेरिकी निर्वाचन डोनाल्ड ट्रम्प र जो बाईडेन बीचको प्रतिस्पर्धा नभएर यो तानाशाह र प्रजातन्त्र बीचको भएको बताएका छन् । राष्ट्रपति दौडबाट बहिरिएपछि पहिलो पटक  सेनेटर स्यान्डर्सले जर्ज वासिङ्टन युनिभर्सिटीमा बिहिबार सशरीर उपस्थित भई सम्बोधन गर्दै अमेरिकाका सम्पूर्ण राजनीतिक दलहरु एक भएर राष्ट्रपति ट्रम्पबाट खतरामा परेको अमेरिकाको… Continue reading अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्प र बाईडेनको प्रतिस्पर्धा नभै तानाशाह र प्रजातन्त्र बीचको प्रतिस्पर्धा हो; बर्नी स्यान्डर्स

बिल गेट्स भन्छन्; ‘आजसम्म पनि २४ घण्टा भित्रै अमेरिकनले कोरोनाको रिपोर्ट प्राप्त गर्न नस्कनु अपमान हो’

न्युयोर्क        माइक्रोसफ्टका सह-संस्थापक तथा विश्व स्वास्थ्य परोपकारी बिल गेट्सले कोभिड -१९ को बिषयमा अमेरिकी बर्तमान सरकारको काम गराईलाई निर्लज्ज भन्दै आलोचना गरेका छन् । बिल गेट्सले आइतबार फक्स न्युजसँगको कुराकानीमा ‘महामारीको ६ महिना बितेर यतिविघ्न क्षति गरिसकेको अवस्थामा हालसम्म पनि तुरुन्तै कोरोना परिक्षणको नतिजा प्राप्त गर्ने अवस्था छैन’ भन्दै सरकारको आलोचना गरेका… Continue reading बिल गेट्स भन्छन्; ‘आजसम्म पनि २४ घण्टा भित्रै अमेरिकनले कोरोनाको रिपोर्ट प्राप्त गर्न नस्कनु अपमान हो’

अमेरिका बन्यो विश्वमा नै कोरोनाबाट मृत्‍यु हुने संख्यामा नम्बर एक; दुईलाख कट्यो

न्युयोर्क        अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्‍यु हुनेको संख्या २ लाख कटेको छ । जोन हप्किन्स् युनिभर्सिटीका अनुसार मंगलबारसम्ममा अमेरिकामा २ लाख पाँच जनाको कोरोना संक्रमणबाट मृत्‍यु भइसकेको छ। त्यसैगरी ६८ लाख ६१ हजार संक्रमित भई सकेका छन् । अमेरिका विश्वमा नै कोरोनाको कारण धेरै मृत्‍यु हुने देश भएको छ ।  … Continue reading अमेरिका बन्यो विश्वमा नै कोरोनाबाट मृत्‍यु हुने संख्यामा नम्बर एक; दुईलाख कट्यो

ट्रम्प उदयसँगै अमेरिकाको अन्तर्राष्ट्रिय छवि रसातलमा

न्यूयोर्क राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको उदयसँगै अन्तराष्ट्रिय जगतमा अमेरिकी छवि निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय अनुसन्धान संस्था प्यु रिसर्चको पछिल्लो सर्भेक्षण अनुसार मित्र देशका जनताबीच नै अमेरिकी छवि तिब्र ओरालो लागेको पाइएको हो । अमेरिकाका निकट मित्र राष्ट्रहरु जापान र बेलायतका जनतामध्ये ४१ /४१ प्रतिशतले मात्र अहिलेको अमेरिकाप्रति आफ्नो सकारात्मक धारणा रहेको प्रतिकृया दिएका… Continue reading ट्रम्प उदयसँगै अमेरिकाको अन्तर्राष्ट्रिय छवि रसातलमा

नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा

काठमाडौं । नेपालमा ११ वर्षको अवधिमा ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलासा भएको छ । सुन, अलकत्रा, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’… Continue reading नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा

क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु

काठमाडौं । पछिल्लो डेढ महिनामा क्यानडाले तीन जना नेपाली समुदायका सदस्यलाई गुमाउन पुगेको छ । गत आइतबार राजधानी अटोवा निवासी मान्भी श्रीवास्तव विष्टको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । उनको घरमै लडेर ज्यान गएको हो । उनी ५० वर्षीया रहेको संघले जनाएको छ । यसअघि २७ अगस्तमा ओटवामा बस्ने जगन्नाथ र उर्मिला ओझाका… Continue reading क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु

अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन

न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश रुथ बाडर गिन्सबर्गको ८७ बर्षको उमेरमा निधन भएको छ । महिला अधिकार र समानताको पक्षमा उनले युगान्तकारी फैसलाको अगुवाइ गरेकी छिन् । उनलाई सन् १९९३ मा राष्ट्रपति विल क्लिन्टनले सर्बोच्चको न्यायाधिशमा मनोनित गरेका थिए । अमेरिकी सर्बोच्च अदालतमा उमेर एवं समयावधिको सीमा नहुने भएको कारण पदमै रहँदा उनको मृत्यु हुन… Continue reading अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन

अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ

काठमाडौं । मध्यपूर्वी क्षेत्रमा शान्ती स्थापनार्थ एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । संयूक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँग शान्ती सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको यो सम्झौतालाई राष्ट्रपति ट्रम्पले तारिफ गरेका छन् । यी तीन मुलुकबीच एक आपसमा सम्बन्ध सामान्य बनाउने गरी ऐतिहासिक सम्झौता भएको हो । सम्झौतापछि टुईटरमार्फत राष्ट्रपति… Continue reading अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

काठमाडौं । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको अमेरिकामा ज्यान गुमाउने मानिसको संख्या दुई लाख नजिक पुगेको छ । यहाँ पछिल्लो २४ घण्टामा४ सय ८० जनाको ज्यान गयो । यससँगै कोरोनाबाट कुल १ लाख ९९ हजार मानिसको जीवन समाप्त भएको छ । वर्ल्डोमिटर्सले मंगलबार बिहान गरेको अपडेट अनुसार अमेरिकामा मंगलबार ३८ हजार ७२ जनामा संक्रमण… Continue reading अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नजिक

अमेरिकामा डडेलोको कहर, ३५ को गयो ज्यान

काठमाडौं । अमेरिकामा पछिल्लो एक महिना सातायता विभिन्न राज्यमा फैलिएको डडेलोले मानवीय क्षति तिब्र बनाएको छ । अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । बीबीसीका अनुसार अमेरिकामा तीन वटा राज्यमा डडेलोको कहर चलेको छ । यसको फैलावट तिब्र रहेको र रोकथाममा असफल भएको भन्दै सरकारको आलोचन समेत शुरु भएको छ ।… Continue reading अमेरिकामा डडेलोको कहर, ३५ को गयो ज्यान

अमेरिकामा एक हजार चिनियाँ नागरिकको भिसा खारेज

काठमाडौं । अमेरिकी सरकारले १ हजार भन्दा बढी चिनियाँ नागरिकको भिसा खारेज गरिदिएको छ । ट्रम्प प्रशासनबाट चिनियाँ नागरिकको भिसा खारेज भएको विदेश मन्त्रालयले पुष्टी गरेको छ । बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच प्राप्त गरेके सूचनाका आधारमा चिनियाँ विद्यार्थी र अनुसन्धनकर्ताको भिसा रद्द गरिएको छ । अमेरिकामा चुनाव नजिकिएसँगै चुनावसँग सम्बन्धित… Continue reading अमेरिकामा एक हजार चिनियाँ नागरिकको भिसा खारेज

ट्रम्पले नियतबश कोरोना भाइरसप्रति वेवास्ता गरेको तथ्य खुल्यो

गुगल फाईल फोटो

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियतबश कोरोना भाइरस नियन्त्रणमा वेवास्ता गरेको तथ्य उजागर भएको छ । सुरु देखिनै सार्वजनिक रुपमा भाइरसले खासै असर नपार्ने बताउँदै आएका ट्रम्पले फेब्रुअरी पहिलो सातानै भाइरसको गाम्भिर्य बुझि सकेको तथ्य सार्वजनिक भएको हो । उनले फेब्रुअरी ७ मै वासिंटनमा पोष्टका भेटरान पत्रकार बब उडवर्डसँग यो भाइरस छुँदा मात्र नभइ हावाबाट… Continue reading ट्रम्पले नियतबश कोरोना भाइरसप्रति वेवास्ता गरेको तथ्य खुल्यो

बुधबार न्युजर्सीमा भुकम्प गयो

न्युजर्सी   बुधबार बिहान न्युयोर्कसँगै जोडिएको राज्य न्युजर्सीमा भुकम्प गएको छ । बुधबार बिहान २ बजे रातको समयमा न्युजर्सीमा भुकम्प गएको हो । नेशनल वेदर सर्भीसको अनुसार मध्य न्युजर्सी क्षेत्रमा करिव १३ सेकेण्ड कम्पन महसुस गरिएको थियो । ३ दशमलव १ म्याग्निच्यूडको भुकम्पको धक्काले कुनै क्षति भने पुर्याएको खबर छैन ।   निकै बिरलै भुकम्प… Continue reading बुधबार न्युजर्सीमा भुकम्प गयो

सन् २०२० भित्रै अमेरिकामा कोरोनाबाट दोब्बर संख्यामा मृत्यु हुने पूर्वानुमान

काठमाडौं । अमेरिका कोरोना भाइरसका कारण सर्वाधिक मानवीय क्षति भएको मुलुक हो । साथै यहाँ आगामी दिन समेत सहज नभएको पूर्वानुमान सार्वजनिक गरिएको छ । अमेरिकामा कोरोनाबाट हुने मानवीय क्षति सन् २०२० को अन्त्यसम्म ४ लाख १० पुग्ने पूर्वानुमान गरिएको छ । यो अहिले भइसकेको मृत्युको दोब्बर संख्या हो । युनिभर्सिटी अफ वासिङ्टन मातहतको स्वास्थ्य… Continue reading सन् २०२० भित्रै अमेरिकामा कोरोनाबाट दोब्बर संख्यामा मृत्यु हुने पूर्वानुमान

युद्धमा मारिएका आफ्नै सेनालाई ट्रम्पले भने हरुवा, विवादमा राष्ट्रपति

गुगल फाईल फोटो

काठमाडौं । युद्धमा मारिएका आफ्नै सेनालाई हरुवा र बुद्धुको संज्ञा दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी एक पटक आलोचित बन्न पुगेका छन् । अमेरिकामा राष्ट्रपति पदको चुनाव नजिकिएको छ । यो समय आएको उनको अभिव्यक्तिले राष्ट्रपति नराम्रोसँग फस्न पुगेका हुन् । ट्रम्पले सन् २००१८ मा दिएको अभिव्यक्ति ‘द एटलान्टिस’, एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजमा… Continue reading युद्धमा मारिएका आफ्नै सेनालाई ट्रम्पले भने हरुवा, विवादमा राष्ट्रपति

अमेरिकामा रोकिएन कोरोना भाइरस, २०२० भित्र चार लाख बढिको मृत्यु हुने प्रक्षेपण

न्यूयोर्क विश्वका अधिकांश विकसित मुलुकले कोरोना भाइरसलाई नियन्त्रण उन्मुख बनाए पनि अमेरिकामा संक्रमण निरन्तर उकालो लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरु देखिनै ‘सामान्य’को संज्ञा दिएको भाइरसले अहिलेसम्म एक लाख ८७ हजार बढिको ज्यान लिइ सकेको छ । विश्व जनसंख्याको पाँच प्रतिशत हाराहारी हिस्सा ओगट्ने अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या भने २०… Continue reading अमेरिकामा रोकिएन कोरोना भाइरस, २०२० भित्र चार लाख बढिको मृत्यु हुने प्रक्षेपण

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर, आगामी वर्ष राष्ट्रिय ऋण जीडीपीको १०० प्रतिशत पुग्ने

वासिङ्टन । कोरोना भाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कुल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । अमेरिकी बजेट तयार पार्ने कङ्ग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ । बजेट घाटाको… Continue reading अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर, आगामी वर्ष राष्ट्रिय ऋण जीडीपीको १०० प्रतिशत पुग्ने

अमेरिकी राष्ट्रपति चुनाव अब दुई महिनामा, बाइडेनको लोकप्रियता उच्च

प्रभात भट्टराई/न्यूयोर्क अमेरिकी राष्ट्रपति निर्वाचन आउन ठिक दुई महिना बाँकी रहँदा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनको लोकप्रियता उकालो लागेको छ । अगष्ट अन्तिम साता सम्पन्न रिपब्लिकन राष्ट्रिय सम्मेलनमा ‘कानूनी शासन’को चर्को वकालत गरेपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाताको भरोसा जित्न सकेका छैनन् । दुबै दलको सम्मेलन पश्चात सार्वजनिक भएका अधिकांश मत सर्भेक्षणमा बाइडेनले ट्रम्पसँग प्रष्ट अग्रता लिएका… Continue reading अमेरिकी राष्ट्रपति चुनाव अब दुई महिनामा, बाइडेनको लोकप्रियता उच्च

अगष्टमा बाइडेन क्याम्पेनले उठायो ३६४.५ मिलियन डलर चन्दा, मासिक चन्दा संकलन नयाँ रेकर्ड कायम

न्यूयोर्क / डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनको क्याम्पेनले अगष्ट महिनामा ३६४.५ मिलियन डलर (३६ करोड ४५ लाख अमेरिकी डलर) चन्दा संकलन गर्न सफल भएको छ । अमेरिकामा कुनै पनि राष्ट्रपतिय उम्मेद्वारको क्याम्पेनले एकै महिनामा यति धेरै रकम उठाएको यो पहिलो पटक हो । अगष्ट पहिलो साता सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेद्वार चयन गरेपछि बाइडेन क्याम्पेनको… Continue reading अगष्टमा बाइडेन क्याम्पेनले उठायो ३६४.५ मिलियन डलर चन्दा, मासिक चन्दा संकलन नयाँ रेकर्ड कायम

लुइजियाना आँधिमा ६ को मृत्यु, जनजीवन प्रभावित

लइजियाना । अमेरिकाको लुइजियाना राज्यमा समुद्री तुफानले जनजीवन नराम्रोसँग प्रभावित बनाएको छ । लोरा नाम दिइएको उक्त आँधीले अहिलेसम्म ६ जनाको ज्यान गइसकेको बीबीसीले लेखेको छ । तीव्र गतिमा आएको हावा र पानीका कारण रुख ढलेका छन् । कमजोर संरचना उडाएको छ । यसले ६ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । लोरा तुफानका… Continue reading लुइजियाना आँधिमा ६ को मृत्यु, जनजीवन प्रभावित

क्यालिफोर्निया डडेलोमा ६ को मृत्यु, हजारौं मानिस विस्थापित

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाका पहाडी भेगमा डडेलोले उग्र रुप लिएको छ । यहाँ थुपै स्थानमा डडेलो फैलिएको र यसले धनजनको क्षति गरिरहेको बीबीसीले लेखेको छ । अहिलेसम्म डढेलोमा परी ६ जनाको मृत्यु भइसकेको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म दर्जनौँ स्थानमा डडेलो फैलिएको हो । आगलागीपछि चलेको तातो हावाले यस भेगको… Continue reading क्यालिफोर्निया डडेलोमा ६ को मृत्यु, हजारौं मानिस विस्थापित

सीमा पर्खालका लागि उठाएको रकम दुरुपयोग गरेपछि ट्रम्पका पूर्व रणनीतिकार पक्राउ

न्यूयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व निकट सहयोगी स्टिभ ब्यानन पक्राउ परेका छन् । ट्रम्पको २०१६ को मूख्य चुनावी एजेन्डा रहेको मेक्सिकोको सिमानामा पर्खाल लगाउने भन्दै उठाएको पैसा दुरुपयोग गरेको पाएपछि विहीबार बिहान ब्यानन सहित चार जना पक्राउ परेका हुन् । ब्यानन २०१६ को चुनावमा ट्रम्पको क्याम्पेन म्यानेजर थिए । ट्रम्प निर्वाचित भएपछि उनले ह्वाइट हाउसमा… Continue reading सीमा पर्खालका लागि उठाएको रकम दुरुपयोग गरेपछि ट्रम्पका पूर्व रणनीतिकार पक्राउ

अमेरिकामा संक्रमितको संख्या ५६ लाख नाघ्यो

न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ५६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा यस मुलुकमा एकै दिन ४० हजार २१६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । यसले अब अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ११ हजार ६३१ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २९ लाख ७० हजार ४७४ जना संक्रमणमुक्त भइसकेको तथ्यांक… Continue reading अमेरिकामा संक्रमितको संख्या ५६ लाख नाघ्यो

सुरु हुँदै डेमोक्र्याटको राष्ट्रिय सम्मेलन, बाइडेन र ह्यारिसलाई राष्ट्रपतिको टिकट दिने

न्यूयोर्क डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन सोमबार साँझ सुरु हुँदैछ । चार दिन चल्ने सम्मेलनले पूर्व उपराष्ट्रपति जो बाइडेन र सिनेटर कमला ह्यारिसलाई राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वारको रुपमा औपचारिक मनोनयन गर्नेछ । विसकनसनको मिल्वौकीमा तय भएको सम्मेलन कोरोना भाइरसका कारण अनलाइन (भर्चुअल) सञ्चालन हुन गइ रहेको छ । देशभरैबाट हुने नेताहरुको भाषण एवं सांगितीक प्रस्तुती टिभी… Continue reading सुरु हुँदै डेमोक्र्याटको राष्ट्रिय सम्मेलन, बाइडेन र ह्यारिसलाई राष्ट्रपतिको टिकट दिने

सिन्धुपाल्चोक पहिरो पिडितलाई सिन्धु-अमेरिका कल्याणकारी समाजको आर्थिक सहयोगको तयारी

न्युयोर्क अमेरिकामा सकृय सिन्धु-अमेरिका कल्याणकारी समाजले सिन्धुपाल्चोक जिल्लाको जुगल गापा- २ लिदीमा गएको पहिरोबाट पिडित समुदायलाई रु. ४ लाख आर्थिक सहयोग तयारी गरेको छ । उक्त पहिरोको प्रत्यक्ष मारमा परेका ३७ घरधुरीलाई अगष्ट १५ तारिखको संस्थाको निर्णय अनुसार रकम नेपाल पठाउने तयारी गरेको हो ।   सिन्धुपाल्चोकमा अविरल वर्षासँगै आएको पहिरोमा परि हालसम्म १७ जनाको… Continue reading सिन्धुपाल्चोक पहिरो पिडितलाई सिन्धु-अमेरिका कल्याणकारी समाजको आर्थिक सहयोगको तयारी

अमेरिकी राष्ट्रपति ट्रम्पको भाइको मृत्‍यु

न्युयोर्क अमेरिकी राष्ट्रपति डोनाल्डका ट्रम्पका भाइ रोवर्ट ट्रम्पको ७२ बर्षको उमेरमा मृत्‍यु भएको छ । भाइ रोवर्ट ट्रम्पको न्युयोर्कको अस्पतालमा मृत्‍यु भएको राष्ट्रपति ट्रम्पले एक बिज्ञप्ति मार्फत पुष्टी गरेका छन् ।   ट्रम्पले बिज्ञप्तिमा भनेका छन्; “गह्रौ मुटुले बताउँदै छु कि मेरो प्रिय भाइको आज राती मृत्‍यु भएको छ । उ मेरो भाइ मात्र होई,… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पको भाइको मृत्‍यु

अमेरिकामा मेईपछि एकै दिन सबैभन्दा धेरैको मृत्‍यु बुधबार; बिद्यालय खोल्न हतारिंदै ट्रम्प

न्युयोर्क पछिल्लो २४ घण्टामा अमेरिकामा मेई महिनापछि सबैभन्दा धेरै मानिसको एकै दिन मृत्‍यु भएको छ । बुधबार अमेरिकामा देशभर कोरोनाको कारण मृत्‍यु हुनेको संख्या १५ सय जना भएको जानकारी गराइयो । एकै दिन मृत्‍यु हुनेको यो संख्या मेई महिनाको मध्य पछिको सबैभन्दा धेरै हो । अमेरिकामा बिगत १७ दिनदेखि दैनिक औसत मृतकको संख्या  १ हजार… Continue reading अमेरिकामा मेईपछि एकै दिन सबैभन्दा धेरैको मृत्‍यु बुधबार; बिद्यालय खोल्न हतारिंदै ट्रम्प