काठमाडौं । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्प समर्थकले गरेको हंगामाको संसारभर आलोचना भइरहेको छ । यस घटनाबारे नेपाली नेतामध्ये नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो धारणा सार्वजनिक भएको छ । उनले बुधबार अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । अमेरिकी संसद भवनको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको… Continue reading अमेरिकी संसद भवनमा भएको घटनाले स्तब्ध बनायो : देउवा
Category: अमेरिका
अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित
अमेरिका । अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ । स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो । बिहिबार बिहान ट्रम्प समूहले गरेको हिंसात्मक आक्रमणका कारण इलेक्टोलर कलेज… Continue reading अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयोग गर्ने सबै समाजिक सन्जाल २४ घन्टाका लागि ब्लक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्ने सबै सामाजिक सञ्जाल (ट्वीटर, इन्स्टाग्राम र फेसबुक) २४ घन्टाका लागि ब्लक भएका छन् । ट्रम्पले ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा हिंसा भड्काउने गरी पोस्ट गरेको र त्यसपछि अमेरिकी संसदमाथि नै आक्रमण भएको आरोपमा सामाजिक संजालसँग सम्बन्धित निकायले उनले प्रयोग गर्दै आएको फेसबुक, ट्वीटर र इन्सटाग्राम बन्द गरेका हो… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयोग गर्ने सबै समाजिक सन्जाल २४ घन्टाका लागि ब्लक
ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, १५ दिनसम्म आपतकाल घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ। मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ। अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको… Continue reading ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, १५ दिनसम्म आपतकाल घोषणा
अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको संसारभरबाट आलोचना
वासिंटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले वासिंटन डीसीस्थित संसद भवनमा गरेको हिंसात्मक प्रदर्शनको विश्वभरबाट व्यापक आलोचना शुरु भएको छ । खासगरी विश्वका नेताहरुले यो कदमले संसारलाई नै लज्जित बनाएको प्रतिक्रिया दिएका छन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न कंग्रेसको बैठक बसिरहेका समयमा ट्रम्पको… Continue reading अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको संसारभरबाट आलोचना
अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु
वासिंटन डिसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित प्रदर्शनकारीको हिंसात्मक प्रदर्शनका दौरान एक जनाको मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने प्रयासमा ट्रम्प छन् । यसका लागि उनले सडकमा उग्र प्रदर्शन गर्न आफ्ना समर्थकलाई उक्साएको अमेरिकी संचारमाध्यमले लेखेका छन् । सोही क्रममा भएको हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको । अहिले राजधानी… Continue reading अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु
सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा
काठमाडौं । सन् २०२० मा नेपालमा पर्यटक आगमनमा ठूलो कमी आएको छ । यस वर्ष सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थिया । तर, आगमन भने मात्र २ लाख ३० हजार ८५ जना रहेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष त्रिभुवन विमानस्थलबाट १ लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार… Continue reading सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा
ट्रम्पलाई अर्को झड्काः सिनेटमा डेमोक्रेट उम्मेदवार थप एक स्थानमा विजयी
अमेरिका । अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको भएको जनाएका छन् । यस स्थानमा हाल रिपब्लीकन पार्टीबाट सिनेटर केल्ली लोफलर पुनः उम्मेदवार थिए । सिबिएस, एनबिसी र सिएनएनले… Continue reading ट्रम्पलाई अर्को झड्काः सिनेटमा डेमोक्रेट उम्मेदवार थप एक स्थानमा विजयी
अमेरिकी सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित
न्युयोर्क । अमेअमेरिकी सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचितरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित भएकी छिन । आइतबारदेखि सुरु भएको संसद बैठकले ८० वर्षीया पेलोसीलाई सभामुख निर्वाचित गरेको हो। पेलोसी १७ वर्षदेखि हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टी नेता रहँदै आएकी छिन् । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको शक्तिशाली पदका रुपमा सभामुखलाई लिइन्छ।… Continue reading अमेरिकी सभामुखमा न्यान्सी पेलोसी पुनः निर्वाचित
अमेरिका र भारतमा समेत देखियो कोरोनाको नयाँ भाइरस
काठमाडौं । बेलायतबाट पहिलो पटक पुष्टी भएको कोरोना भाइरस कोभिड १९ को नयाँ जिवाणु अमेरिका र भारतमा समेत पुष्टी भएको छ । अमेरिकाको कोलोराडोमा एक व्यक्तिमा नयाँ जिवाणु पुष्टी भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ती व्यक्तिको ट्राभल हिष्ट्री सार्वजनिक गरिएको छैन । उनलाई आइसोलेसनमा राखिएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार उनको सम्पर्क र… Continue reading अमेरिका र भारतमा समेत देखियो कोरोनाको नयाँ भाइरस
कोरोनाबाट प्रभावित अमेरिकाबासीले पुनः २ हजार डलर राहत पाउने, २ लाख नेपाली लाभान्वित
काठमाडौं । अमेरिकामा नोवेल कोरोना भाइरसको महामारीबाट प्रभावित बनेका व्यक्तिहरुले पुनः २ हजार डलर बराबरको राहत रकम पाउने भएका छन् । अमेरिकाले महामारीको चपेटामा परेकालाई तत्कालै पाउने गरी पुनः २ हजार डलर बराबरको राहत चेक वितरण गर्न लागेको हो । यसअघि अमेरिकाले अप्रिलमा कोरोना संक्रमित आफ्नो नागरिकलाई १२ सय डलर बराबरको राहत चेक वितरण गरेको… Continue reading कोरोनाबाट प्रभावित अमेरिकाबासीले पुनः २ हजार डलर राहत पाउने, २ लाख नेपाली लाभान्वित
चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने
काठमाडौं । चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ। यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा ५ वर्ष छिटो हो। सेन्टरका अनुसार कोभिड–१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ।भारतको अर्थतन्त्र भने सन्… Continue reading चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने
‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमसीसीसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने… Continue reading ‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री
राष्ट्रपतिद्वारा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मंगलबार राष्ट्रपतिले नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले… Continue reading राष्ट्रपतिद्वारा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप
वासिंगटन डिसी । अमेरिकी नवनिर्वाचित राष्ट्रपतिमा जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले फाइजर–बायोएनटेकले बनाएको कोरोना भाइरस विरुद्धको खोप लगाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । खोपबारे सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । उनले डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले निर्धक्क भई खोप लगाउन आह्वान गरेका छन्… Continue reading अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप
इजरायलले अमेरिकी कम्पनीको कोरोना खोप वितरण थाल्यो, दैनिक ६० हजारमा लगाइने
काठमाडौं । इजरायलले आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । दैनिक ६० हजार नागरिकमा खोप लगाउने लक्ष्यसहित इजरायलमा विभिन्न १० अस्पताल र खोप केन्द्रबाट खोप लगाउन शुरु भएको हो । आइतबारबाट शुरु भएको यस अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मीले खोप प्राप्त गरेका छन् । स्वास्थ्यकर्मीपछि ६० वर्ष भन्दामाथिका उमेर समूहका नागरिकलाई खोप लगाइने भएको… Continue reading इजरायलले अमेरिकी कम्पनीको कोरोना खोप वितरण थाल्यो, दैनिक ६० हजारमा लगाइने
अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप
काठमाडौं । अमेरिकी उपराष्ट्रपति र माइक पेन्स तथा उनकी श्रीमतीले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गरेका छन् । नागरिकमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले शुक्रबार कोभिड १९ विरूद्धको खोप लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । खोप लगाउँदा संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । उच्च सरकारी अधिकारीले खेप प्रयोग गर्दा… Continue reading अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप
अमेरिकाले दियो कोरोनाविरुद्धको दोस्रो खोपलाई समेत मान्यता
काठमाडौं । अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोपलाई समेत प्रयोगको अनुमति दिएको छ। कोरोना खोप अध्ययन गर्न बनेको विज्ञहरुको टोलीले मोडर्ना खोपलाई तत्काल प्रयोग गर्न सकिने गरी खाद्य तथा औषधि प्रशासन एफडीएलाई अनुमति प्रदान गरेको हो। मोर्डना खोपलाई विज्ञहरुको समूहले अनुमति दिएपछि अमेरिकाले अब एक साता पछि दोस्रो खेप समेत प्रयोगमा ल्याउन पाउने भएको छ ।… Continue reading अमेरिकाले दियो कोरोनाविरुद्धको दोस्रो खोपलाई समेत मान्यता
नेपालमा विवादमा परेको एमसीसी श्रीलंकाबाट फिर्ता
काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) श्रीलंकाबाट फिर्ता लिएको छ । नेपालमा जस्तै श्रीलंकामा पनि विवादित बनेपछि अमेरिकाले एमसीसी श्रीलंकाबाट फिर्ता गरेको हो । अमेरिकाले श्रीलंकाबाट ४८ करोड अमेरिकी डलर बराबरको परियोजना रद्ध गर्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । एमसीसी सम्झौता अन्तर्गत ४८ करोड अमेरिकी डलर अनुदानको यातायात पूर्वाधारको स्तरोन्नति गर्न… Continue reading नेपालमा विवादमा परेको एमसीसी श्रीलंकाबाट फिर्ता
नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा
काठमाडौं । विश्वकप क्रिकेट २०२३ को छनोट अन्तर्गत नेपालले दोस्रो सिरिज आगामी मार्च २०२१ मा खेल्ने भएको छ । यस सिरिजमा नेपाल, अमेरिका र ओमान भिड्नेछन् । विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज २०२१ मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा हुने गरी आइसीसीले खेल तालीका सार्वजनिक गरेको छ ।… Continue reading नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा
अमेरिकामा दुई नर्सलाई खोप दिएर थालियो कोभिड खोप वितरण
न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारण मानिसमा लगाउने अभियान प्रारम्भ भएको छ । कोरोना भाइरसबाट संसारमा सबैभन्दा बढी प्रभावित यो मुलुकले यूरोपेली मुलुक बेलायतले खोप लगाउन थालेको एक सातापछि सर्वसाधारणलाई खोप वितरण थालेको हो । पहिलो चरणमा अमेरिकाले कोरोना भाइस विरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएका जनशक्तिलाई खोप लगाउन लागेको हो । सोही क्रममा न्यूयोर्कको… Continue reading अमेरिकामा दुई नर्सलाई खोप दिएर थालियो कोभिड खोप वितरण
अमेरिकामा आजदेखि सर्वसाधारणमा कोरोना भाइरसविरुद्धको खोप लगाइने
न्यूयोर्क । अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणमा लगाउन सुरु गरिदैछ । पहिलो चरणमा जोखिम क्षेत्रका काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्ने र ज्येष्ठ नागरिकलाई खोप दिने तयारी रहेको छ । विश्वमा सबैभन्दा बढी प्रभावित तथा मानवीय क्षति भएको अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाउने कार्यक्रम तय भएको… Continue reading अमेरिकामा आजदेखि सर्वसाधारणमा कोरोना भाइरसविरुद्धको खोप लगाइने
राष्ट्रपतिय चुनावको परिणाम उल्टाउने ट्रम्प प्रयास सर्बोच्चबाट खारेज
न्यूयोर्क आफु पराजित निर्वाचनको परिणाम उल्टाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास सर्बोच्च अदालतले खारेज गरि दिएको छ । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग पराजित भएपछि ट्रम्पले परिणाम उल्ट्याउन बिभिन्न हथ्कन्डा जारी राखेका हुन् । यही क्रममा पछिल्लो पटक टेक्सासका महान्यायाधिवक्ताले ट्रम्प हारेका चार राज्यको नतिजा अश्विकार गर्न माग गर्दै सर्बोच्चको… Continue reading राष्ट्रपतिय चुनावको परिणाम उल्टाउने ट्रम्प प्रयास सर्बोच्चबाट खारेज
अमेरिकामा ४० वर्षिय पुरुषलाई दिइयो मृत्युदण्ड
इन्डियाना । संयुक्त राज्य अमेरिकामा एक ४० वर्षिय पुरुषलाई मृत्युदण्ड दिइएको छ। संघीय कानुन अनुसार उनलाई विहिबार मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई मृत्यु दण्ड दिइएको हो । उनलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको जनाइएको छ । उनी सन् १९९९ मा भएको एक… Continue reading अमेरिकामा ४० वर्षिय पुरुषलाई दिइयो मृत्युदण्ड
गरिबलाई कोरोनाको खोप दिलाउन थप २५ करोड डलर दिने गेट्स फाउन्डेसनको घोषणा
न्यूयोर्क । अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ । सन् २०२१ मा सबैका लागि कोभिड–१९ सँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको… Continue reading गरिबलाई कोरोनाको खोप दिलाउन थप २५ करोड डलर दिने गेट्स फाउन्डेसनको घोषणा
कार्यकालको पहिलो १ सय दिनमै १० करोडलाई खोप लगाउने बाइडेनको घोषणा
डेलावर । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १ सय दिन भित्रै १० करोड नागरिकले कोरोना खोप प्राप्त गर्ने बताएका छन् । मंगलबार डेलावरमा पत्रकारहरुसँग बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले सो अवसरमा आफ्ना स्वास्थ्यमन्त्रीको नाम समेत सार्वजनिक गरेका थिए । आफ्नो कार्यकालको १०० दिन भित्रै कोभिड–१९ को कोर्ष चेन्ज हुने… Continue reading कार्यकालको पहिलो १ सय दिनमै १० करोडलाई खोप लगाउने बाइडेनको घोषणा
युनाइटेड शेर्पा एसोसिएशन अमेरिकाद्धारा स्वयम्भूका संरचना नभत्काउन माग
काठमाडौं । युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग अमेरिका)ले चक्रपथ बिस्तारका क्रममा स्वयम्भू क्षेत्रमा रहेका संरचना नभत्काउन माग गरेको छ । नेपाल सरकारले काठमाडौं उपत्यकाको कलंकी देखि चाबहिल सम्मको सडक विस्तार गर्ने नाममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप र केही महत्वपूर्ण मूर्तिहरु लगायतका धार्मिक संरचनाहरु भत्काउन लागेको… Continue reading युनाइटेड शेर्पा एसोसिएशन अमेरिकाद्धारा स्वयम्भूका संरचना नभत्काउन माग
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनको अभियान ‘एक सय दिन मास्क’
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो अभियान मास्क लगाउनेबारे गर्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प मास्कको विरोधी छन् । उनी यसलाई चिनियाँ कल्चरका रुपमा लिने गर्छन् । तर, कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क महत्वपूर्ण सावित भइरहेको छ । उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै… Continue reading अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनको अभियान ‘एक सय दिन मास्क’
प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति
एजेन्सी । सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने ‘सफा मासु’ उपभोगका निम्ति स्वीकृति दिएको छ। उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ। शुरुमा यो मासु केवल नगेटका मात्र प्रयोग गरिनेछ तर कम्पनीले कहिलेदेखि त्यो बजारमा उपलब्ध हुन्छ भनेको छैन। स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण… Continue reading प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति
बाइडेनले घोषणा गरेका प्रेस टिममा सबैजना महिला
अमेरिका । अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनले आफ्नो ‘प्रेस टिम’ घोषणा गरेको छ। उनले घोषणा गरेको टिममा सबै महिला रहेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकाको इतिहासमा नै महिलामात्रै रहेको टिम गठन भएको यो पहिलोपटक भएको दाबी बाइडेनको कार्यालयले गरेको छ। प्रेम टिमको नेतृत्व के बेडिङफिल्डले गर्नेछिन्। यसअघि उनले बाइडेनको चुनावी प्रचारप्रसारमा उपप्रमुख भएर काम गरेकी… Continue reading बाइडेनले घोषणा गरेका प्रेस टिममा सबैजना महिला